Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१० प्रकारका आमा

Posted on April 18, 2015 by mysansar

आज आमाको मुख हेर्ने दिन। अङ्ग्रेजी भाषा नै चलाउन रुचाउनेहरुले आजको दिनलाई मदर्स डे पनि भन्ने गर्छन्। फेसबुक र ट्विटरतिर आज आमा, मम्मी, ममको फोटो राख्नेे लहर चलेको छ। साथीकी आमा चिन्नुहुन्न? आज सोसल मिडिया छिरिहाल्नुस्।

जन्म दिने आमाको तुलना कसैसँग हुन सक्दैन। यो आदर्श वाक्यलाई आदर्शमा मात्रै सीमित गरेर आमाहरुलाई हुर्केका छोराहरुले गर्ने हेला हाम्रो नजरबाट लुकेको छैन। के हो यसको कारण ? कारण जिन्दगीमा अरु आमाहरु पनि हुन्छन्। तीमध्ये कसैलाई बढी महत्व दिँदा जन्म दिने आमा छायाँमा पर्न गएका हुन्छन्। १० किसिमका आमा यस्ता छन्-

१. आफ्नी आमा/जन्म दिने आमा
सबभन्दा मान्नुपर्ने आमा यिनै हुन्। बाउ बरु विश्वासको नाता हो। विज्ञानको भाषामा पुरुषको शुकाणुसँग मिलेर बच्चाको विकासको लागि अण्ड प्रदान गर्ने महिला आमा हुन्। आमाले त्यो शुक्राणु यही पुरुषको हो अर्थात् यही बाउ हो भनेपछि विश्वास गर्नुपर्छ। आजभोलि त डिएनए परीक्षणको कुरा पनि आउँछ। विश्वासको यो नाताविपरीत आमा भने आफूलाई नौ महिनासम्म कोखमा राखेर, दुःखपीडासहित हुर्काउने महान् पात्र हुन्।

२. सासू आमा
आमा त आमा नै हुन् यिनी पनि तर स्वास्नीकी। आफ्नी प्राणप्यारीलाई नौ महिना कोखमा राखेर हुर्काउने पात्र।

३. हजुरआमा (घरको)
आफूलाई जन्म दिने पितालाई नौ महिना कोखमा राखेर हुर्काउने पात्र हजुरआमा। आफ्नो छोरा अर्थात् हाम्रो पिताकै सानो रुप देखेर होला यिनले पनि हामीलाई निकै माया गर्छिन्।

४. हजुरआमा (मावलको)
आफूलाई जन्म दिने आमालाई नौ महिना कोखमा राखेर हुर्काउने पात्र। आफ्नी छोरी अर्थात् हाम्री आमाको सानो रुप देखेर होला यिनले पनि हामीलाई निकै माया गर्छिन्।

५. सानी आमा
हामीलाई जन्म दिने आमाकी बहिनी।

६. ठूली आमा
हामीलाई जन्म दिने आमाकी दिदी।

७. बडीआमा
हामीलाई जन्म दिने बुबाको भाउजु।

८. गुरुआमा
हामीलाई शिक्षा दिने।

९. सौतेनी आमा
जन्मदिने बाउले जन्मदिने आमाबाहेक अरुसित गाँसेको त्यस्तै सम्बन्धको प्रतिफल

अनि

१०.
.
.
.

दशौँ प्रकारकी आमा को हुन् त ?
.
.
.
.
.
.
.
.
.
.

धेरैले गेस गरिसक्नुभएको होला
.
.
.
.
.
.
.
.
यही पात्रले गर्दा पनि जन्मदिने आमा कहिलेकाहीँ छायाँमा पर्न जान्छिन्
.
.
.
.
.
.
.
.
.
.
.
.
यी आमा ती आमा हुन…..

जसलाई आफ्नो जन्म दिने आमाले भन्छिन्- ‘कुनचाहिँ तेरी आमासँग रात-रात भर फोनमा कुरा गरेर बस्छस् हँ….?’

बाँकी कुरा आफै बुझ्नुस् 😛

(पहिलो पटक April 29th, 2014 मा प्रकाशित)

7 thoughts on “१० प्रकारका आमा”

  1. R.J Budhathoki, USA says:
    April 22, 2015 at 12:28 am

    दशौ आमा चाँही भुन्टे कि आमा !

    Reply
  2. yogi says:
    April 21, 2015 at 5:15 am

    अनि धाई आमा खै त… आमा बराबर नै हुन् उनि पनि

    Reply
  3. Mannu says:
    April 18, 2015 at 7:06 pm

    काकी आमा चै छुट्नु भएको जस्तो छ

    Reply
  4. Prakash says:
    April 18, 2015 at 6:15 pm

    मितिनी आमा अर्थात् आमा कि मितिनी अनि मित्र आमा साथी को आमा

    Reply
  5. dawn prince says:
    April 18, 2015 at 1:23 pm

    झन् मेन आमा छुटे छ नी! खै त समाबेस गरेको “नेपाल आमा “

    Reply
  6. B.P. bhattarai says:
    April 18, 2015 at 12:22 pm

    खुशी लाग्यो आज फेसबुक खोल्ने बित्तिकै सबैका वालमा आफ्ना ममता मई आमाहरुको
    फोटो देख्न पाइयो र मैले पनि राखौ कि भनेर फोटो छान्न सुरु गरे तर फेरी मन बदलियो वालमा सजिएका प्राय जसो आमाको फेसबुक त छैन तर पनि उनीहरुले गरेको माया हाम्रो भन्दा कति हो गुना बडी छ त्यसैले आजलाई आमाको फोटो फेसबुकको वालमा भन्दा हृदयमै राख्ने विचार आयो,,,,,,,,,, ” जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी!”

    Reply
  7. nimesh, bkk says:
    April 18, 2015 at 11:33 am

    अर्को एउटी आमालाई बिर्सनु भएछ, आधुनिक जमानाकी आमा अर्थात भाडाकी आमा surrogacy mother

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme