-सूर्य खड्का-
त्यसो त दिनको सूर्य काठमाण्डुको भूगोलबाट अस्ताइसकेकै थियो। रात घर्किदै थियो। एकाएक सूर्यबहादुर थापाको निधनको खबर माउन्टेन टेलिभिजन हुँदै हावा गतिमा फैलिएपछि वैशाख २ गते बुधबार राति १०:४४ पछि नेपाली राजनीतिको एउटा सदाबहार सूर्य पनि भौतिक रुपमा अस्ताएको छ।
नामैले सूर्य, कर्मैले कहिले पोल्ने सूर्य, कहिले अन्धकारले छोप्ने सूर्य, कहिले बादलले ढाक्ने सूर्य तर सँधैको तेजिलो सूर्य थिए सूर्यबहादुर थापा। हो, जस्तो शासन व्यवस्था उस्तै राजनीतिक नेतृत्व दिन काविल सूर्य बहादुर थापा २००७ देखि अहिलेसम्मको कालखण्डलाई एक जुग मान्ने हो भने एक सफल युगिन सत्ता खेलाडी हुन्। खेलाडी मात्रै हैन शीर्ष खेलाडी पनि हुन्।
२०१७ को महेन्द्रकालीन शाही कूका पनि उनै डिजाइनर र नेतृत्वकर्ता, समर्थक। पंचायतका एक आमा जस्तै। फेरि २०४६ मा वाममार्चा र कांग्रेसले प्रजातन्त्र पुर्नस्थापित गर्दा उनै बने खाँटी प्रजातन्त्रवादी नेता। कतिसम्म भने स्व. गिरिजाप्रसाद कोइरालाले नै प्रस्ताव गरेर उनलाई २०५१ को मध्यावधि चुनावपछि कांग्रेस समर्थनमा प्रधानमन्त्री बनाइयो।
२०४६ को पुर्नस्थापित प्रजातन्त्रलाई सत्ताको रोगले सताएको बेला शक्तिका पुजारी सूबथालाई सत्ताको चिठ्ठा पर्यो, उनले बाजी मारिदिए।
र, गणतन्त्र कालमा पनि उनी सधै शीर्ष नायक मध्येमा गनिनु थापाको मौलिक राजनीतिक विशेषता रह्यो। सँधै निर्णायक राजनीतिक भूमिकामा छाइरहँदा उनी जति बाँचे शान,मान र स्वाभिमानको जीवन बाँचे। यद्यपि उनलाई अवसरवादी नेताका रुपमा पनि व्याख्या गर्न नसक्ने कुनै कारण छैनन्। हत्केलाले सूर्यलाइ छेक्न सक्दैन भन्थे उनी। जता सूर्यको किरण उतै हुन्थ्यो सूबथाका पाइला र चाल। यो नै उनको अवसरवादी चरित्रको परिचायक रह्यो, हो।
पंचायतको जगजगीमा उनले के मात्रै गरेनन् ? सत्ता राजनीतिको केन्द्रमा सदैव आफुलाई लिलामीमा राख्थे। जो जे होस सूबथा सँधै नेतृत्वमा हुनु पर्दथ्यो। संविधानभन्दा माथि दरबार हुँदा पनि उनले दरबारलाई कहिले रिझाएर, कहिले तर्साएर त कहिले बाध्य पारेर सत्तासीन रहन्थे भन्नेहरु पनि प्रशस्तै छन्। नेपाली प्रजातान्त्रिक आन्दोलनका धरोहर जननायक बीपी कोइरालालाई फासी दिनु पर्छ भन्थेरे। थापाले २०३६ मा पंचायत टिकाउने नाउमा चार कोशे झाडी समाप्त पारे रे। पंचायत बचाउन काण्डै काण्ड मच्चाएको आरोप जसले लगाए तिनैले सुनपानी छर्केर उनलाई गाई जस्तै पवित्र बनाए र पूजा गर्दै सत्तामा पुर्याए। यसैकारण उनलाई बात लाउनेहरुको नैतिक बल सूबथासँग पराजित भइरह्यो। शायद २०४६को पुर्नस्थापित प्रजातन्त्रलाई मर्नेगरी रोग लाग्नुपर्ने कारकहरु मध्ये एक यही प्रवृति नै थियो। यसको समीक्षा इतिहासले गर्न बाँकी नै छ शायद।
निडर स्वाभाव, सधै हट्टाकट्टा र निकै स्वस्थ देखिने, बोल्दा बाघ झै गर्जने र आफना कुरामा सधै सतिसाल झैं खडा हुने स्वभावले सूबथाको मृत्युलाई स्मरणीय बनाएको छ। गजबको राजनीतिक संयोग के भने सूबथाले कुनै पनि राजनीतिक आन्दोलनमा नेतृत्व दिएनन्, पंचायतविरोधीहरुलाई सिध्याउन उनले धेरै काण्डहरु मच्चाए। के उनी क्रुर शासक थिएनन् र ? तर उनी हरेक राजनीतिक परिवर्तनपछिका मसिहा साबित हुन्थे। बिना लगानीको बोनस खाने खेलाडी थिए उनी शायद यसै अर्थमा।
सूबथा दिल्लीका दाहिना नेपाली राजनेता मानिन्थे, दिल्ली र सूबथाको खास सम्वन्ध के थियो लोकले जानोस्। तर सूवथाको दिल्ली कनेक्सन नेपाली राजनीतिमा भुकम्प ल्याउन सँधै हतियार झैँ बन्थ्यो। पंचायतकालमा उनले सधै कथित भूमिगत गिरोहको उछितो काढ्थे, तर को थिए ती गिरोहमा ? विवाद र चर्चामा यसैकारण पनि शीर्षमा रहे उनी। भन्नेहरुले उनैलाई भने, उनले अरुलाई नै ईंगित गर्थे। पंचायतमा डा. तुल्सी गिरी र सूबथाबीच कटुताको रहस्य के थियो ? इतिहासले फैसला गर्ला तर पंचायत टिकेको भए सूबथाले कांग्रेस र कम्युनिष्टहरुको शायदै बिऊ नै मासिदिन्थे कि ? तर नेपाल न हो प्रजातन्त्र र गणतन्त्रमा तुरुन्तै समाहित भैदिएर उनले दरबारलाई देखाई दिए, कांग्रेस कम्युनिष्टलाई अवसरवादी चरित्रको पाठ सिकाइदिए।
सूबथालाई सरकार, पार्टी नेतृत्व र सत्ता विना बस्नै नसक्ने नेताका रुपमा चित्रण गरिन्छ। सूबथाले लोकेन्द्रबहादुर चन्दलाई भद्र सहमति विपरीत पछिल्लो समय पार्टी नेतृत्व दिन इन्कार गरेर आफनो अनुदारवादी छवि देखाएकै हुन्। प्रजातन्त्रका हिमायतीको यो माहिर खुरे राजनीतिले चन्दलाई भएको धोखाघडीको महसुस चन्दबाहेक अरुलाई शायदै होला। सूबथापछिको राप्रपालाई खासगरी चन्द पक्षलाई कसरी समायोजन नगरेर बितेका सूबथाले अबका दिनमा पनि स्वर्गमा शान्ति त पाउने छन् किनकि उनी त्यहाँ पनि अरुलाई रिझाउन र आफूलाई समाहित गराउन काबिल सवित हुन नचुक्लान् कि। नेपालको गणतन्त्र संस्थागत गर्न खबरदारी गर्ने एक युगिन नेता सूवथा आफैमा नलेखिएका राजनीतिक पुस्तक थिए। उनको भौतिक जीवनको अन्त्य यसै मानेमा सूवथाका हिमायतीहरुका लागि अपूरणीय क्षति हुनेछ। अन्यथा मर्ने चोला अरुको जस्तै उनको पनि छर्दै थियो। पत्रकारिता कर्ममा मान्छेको मृत्युको खवर संप्रेषित गर्नु सबैभन्दा चुनौतिपूर्ण हुने मात्रै हैन,दुखको घडीमा पनि छिटो पुष्टिसहित समाचार दिन हौसिनुपर्ने ज्यादै नमिठो काम।
थप यो पनि ..
वैशाख २ गते बुधबार राति १०:४४ मा भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको मृत्यु भएको सूचना सहकर्मी रामेश्वर सापकोटा हुँदै म सम्म आइपुग्यो। राप्रपा सहप्रवक्ता किरण गिरीले घटना हो तर कसरी ब्रेक गर्ने म केही थप भन्न सक्दिन भन्नु भो। सहकर्मी तेज वाग्लेले ब्रेक गरौं भन्नु भो। निन्द्रा बिगारेर पनि सहकर्मी जीवन काफ्लेले पुनः भेरिफाई गर्न रोक्नु भो।
फाइनल्ली जीवनजी, तेजजी र मेरो सल्लाहमा माउन्टेन टेलिभिजनले देशलाई नै स्तव्ध पार्ने दुःखद खबर राति ११ को न्यूज लगतै ब्रेक गर्योम। धन्यवाद सबै सहकर्मीहरुलाई। उतिबेला गिरिजाप्रसाद कोइरालाको मृत्यु भैसकेको पुष्टि भएको थियो तर जीवनजी सहित हाम्रो टीमले त्यो समाचार ब्रेक गर्न तत्कालीन नेसनल टिभीमा धेरै कसरत गर्नुपरेको थियो। त्यस्तै त्यस्तै अन्यौल बीच सार्वजनिक गर्योत माउन्टेन टेलिभिजनले सूबथाको मृत्यु खबर पनि फेरि एक पटक। माउन्टेन टिभीपछि नेपाल टेलिभिजन हुँदै यो समाचार अनि त हावाको गतिमा संसारैभर तरंगित भयो। उनी जति बाँचे शान, मान र स्वाभिमानको जीवन बाँचे। शायद मृत्यु पनि उनीसँग हारेर गएको छ। चीर निन्द्रामा पनि शान्ति मिलोस् सुबथालाई।
Go to hell Surya bahadur !!
त्यो को थियो, माथिका मेरा साथीहरुले भनि हाले, फेरी म धनकुटे हुँ! मलाई पनि यस्को टाइटल राखेको मन परेन (Suraj Maske )! अरु साथीहरुलाई कुनै द्विविधा छ भने मलाई सम्पर्क राख्नुहोला |
नेपाली समाज र जनताको चाहनालाई दसकौ पछाडी धकल्ने छट्टु , पदलोलुप , भारतीय बिसेस एजेन्ट खलपात्रको अबसान . यिनले यो देशको लागि एउटा सिन्का पनि भाचेका छैनन् भन्दा पनि खासै फरक पर्दैन .
Why people are so stupid? He didn’t become prime minister 5 times. He was made prime minister 5 times. There is a big difference between ‘become prime minister’ and ‘made prime minister’.
Whater people say he is just a loyal servent of the Palace. He did whatever the palace ordered him to do him. He didn’t have any guts to say right or wrong in front of the palace. He was just made a scape goat by Palace doing all henious works against the people and the nation through him, from behind the bar. The person who lived his whole life as a loyal servant can’t be a hero. Heros are those who protested against the dictetorship, lost their lives or spent most of their life behind the bar are the real heros. Nepali people don’t have such a judgement power to recognize who are the heros and who are the villains because 80% of the people are illetrate. They don’t know what is right and what is wrong. Otherwise Nepal whould have been one of the best contries in the world. Look at how the situation of Nepal is now. The situation of the country is going towards the worst day by day.
सुर्य बाहादुर थापाले सम्झन लाएक त् कुनै काम गरेनन नै तर बेथिति र काण्डहरुका चांग नै लगाएर गए | तर राजा र परिवारको शक्तिले परोक्ष सासन गरेको पंचायेतकालका सबै प्रधानमन्त्रीको हबिगत करिब करिब तेस्तै छ | अराए खटाएको बाहेक प्रधानमन्त्री र मन्त्रीले सिन्को पनी भाँच्न सक्ने अवस्था थिएन | हिजो आजका धेरै लेखहरु पढेर मलाई लाग्छ त्यो बेलाको राजतन्त्रले आफु डोमिनेट हुने गरी प्रधानमन्त्रि लगाएत अरु कसैले जनताको नजरमा राम्रो देखिने काम गरेको देख्न चाहंदैनथियो | राम्रा काम जती आफ्नो भागमा पारेर काण्डहरु जती जस जसलाई तह लगाउनु पर्ने हो उसको थाप्लोमा हाल्ने गर्थ्यो राजपरिवारले |
यो शोषक थापा भारतको छत्र-छायाँमा पांच पांच पटक प्रधान मन्त्रि भए, देश र जनताको लागि केही गरेन, मात्र परिवारको लागि गर्यो- यही कारण यो हत्याराको प्राण पनि भारतमा त्याग गरेका हुन्-
My condolence for his timely demise (as a general person). I completely agree with Suraj Maskey Jee (below). Let us not waste our time praising the politicians (in general) who stick in power for hidden agenda and selfish motive. They are supposed to serve the people, not to give pain to people. I would be better to impartially analyze leaders’ good and bad acts so that we can come up with some conclusions. WE need a leader who produces results that are beneficial for overall people in the country. As far I kow, SBT (Surya Bdr Thapa) was a leader with egoist and pushy personality (although he was smart in memorizing and managing people). He is a guy who did the drama of referendum (I call this a drama because the election process was NOT impartial) for protecting Panchayat regime. He said that Panchayat system was a DEMOCRACY since he could get lot of personal benefits from the system (ranging from sticking in political power to gaining monetary benefits). Later when there was multiparty system, he was equally of the same ideology so that he could stick in the power again. He had done many evil acts (Kukritya) in Panchayat regime. His evil acts have to be analyzed in the future articles. WE do not care he was bold, handsome, healthy; he has a son who is minister (who later appointed him as a constitution assembly member), etc., etc. The country is looking for a leader like Dr. Govinda KC who is selfless and can rise above and beyond their personal benefits, parties, cadres, families, relatives, boss, immediate neighbor. WE expect/need a BIG goal achieved from a good/successful leader so that he/she can be respected and remembered for a long time by common Nepalis. I know he has done millions of things in his five-time prime minister tenure, but nothing phenomenal. Prime ministers (and other ministers) are salaried staff and they are supposed to fulfill their duties. So, in the course of fulfilling his duties SBT has accomplished many (routine) tasks, but did these tasks give the new direction to the country? Where has the country reached compared for last 30-40 years? Is there a major breakthrough in financial transparency, corruption control, exporting products, sustaining/surviving the government corporations, generating employments etc. etc.? I am sure he could have done a lot if he were a competent/successful prime minister. I hope you got the point.
एउटा मानब ता को धर्म र कर्म ले गर्दा दिनु श्रदान्जली दीनु न मन थियो तर फेरी एस्त नेतहरुलाई श्रदान्जली भन्दा नदिनु नै बेश, अरु पनी सगै लग्यो भए आजै नेपाल आमा र नेपाली जन्तना को लागी धेरै राम्रो हुन्थियो / योत्रो नेपाली जनताहरु दुर्घटना भएर मिर्त्यु हुदा, एस्त नेतहुर्ले एक सब्द श्रदान्जली बोल्दैन / एस्त नेताहरु कुनै पनी जन्म फेरी जन्म नहोश/
को नायक को खलनायक चिन्न न सकेको हो कि ?
सु बा था एउटा खल नायक थ्यो |
कुनै पनि व्यक्ति मर्दा मानबिय हृदय बाट श्रदान्जली दिनु मानब धर्म हो ! व्यक्तिगत रुप मा म यो धर्म निभाउछु !
राजनीतिक रुप मा भने उन को मृत्युले एउटा दुर्दान्त कालो र नरपिचास समय को अध्याय सकिएको छ ! अझै धेरै दुर्दान्त काला अध्याय हरु सकिन बाकि पनि छन् ! आउने पुस्ता ले येस्ता नकारात्मक हिरो हरु बाट धेरै पाठ सिक्नु पर्ने आवस्यकता छ ! नेपाली इतिहास को एउटा कालो अध्याय सकस पुर्बक पन्छिएको मा नेपाली जनता लाइ धेरै धेरै बधाई छ !
नेपालमा संस्थागत भ्रष्टाचारको बिउ रोपेर आफ्नो पांच चोटिको प्रधानमन्त्रीकालमा देशलाई करिब एक युगले पछि पार्न सफल “युगपुरुष” पूर्व प्रधानमन्त्री श्री सुर्य बहादुर थापा को निधन मा सरकारले एक दिन बिदा दिएकोमा आभार ब्यक्त गर्दै र दिवंगत आत्मा को चिरशान्ति को कामना गर्दै मेरा दुइ शब्द यहीं टुंग्याउन चाहन्छु/
Nice write up!
खास कुरो के भने पांच पल्ट प्रधान मन्त्रि भएर दिर्घ कालसम्म पावरमा रहे पनि उनले नेपाल र आम नेपालीका लागि उल्लेखनीय केही पनि गरेनन| उनको नेपाललाई देन केही छैन|
उनीबाट जसले केही पाए, उनीहरुले मात्र उनको प्रशंसा गर्ला|
सुर्यबहादुरले जे गरे खालि आफ्नो नाता गोता घर परिवार र आसेपासे हरुका लागि गरे|
बीपीलाई फाँसी दिने उनी प्रधान मन्त्रि हुँदै भएको हो|
आखिरमा छोरोलाई मन्त्रि बनाई छाडे|
छिन्ताङ्गवासीलाई यसबेला संझौ|
what was his significant contribution that helped the country to rise? none! such personals come and go… people don’t care.
जुन देश को लागि मारी मेटेर सेवा गर्यो तेइ देशमा बितेछ, ठिकै हो
यो स्तम्भको शिर्षकनै भएन !
केको उदाई रहने ?
नेपाल लुटन अग्रसर गर्ने नाइकेनै सुर्य बहादुरनै हुन् ।
बिस्वेश्वर लाई फासी, बहुदलवादीहरुलाई मृत्युको घन्टो झुन्ड्याउन माहिर, छिन्तान्ग (धनकुटा) को नर संहार, अंचलाधीशहरु मार्फ़त बहुदलवादी नेताहरुको कति हत्या गराउने सरदार, २०३६/३७ मा नेपालको जंगल बिनाशको नाइके, २०३७ मा झेला गरी निर्दलको बिजय बहुदल हारेको घोषणा गराउने झेली, संवैधनिक राजतन्त्रमापनि गिरिजा संग मोल तोल गरी शासन लिन सक्ने धुर्त, शाहीकालमा पनि मरेको लास खान जाने जल्लाद, कति छन् कति यिनका कुकर्म ।
यस्तालाई के उदाई रहने नाम दिएको ? नेपालको ईतिहासमा कलंक को रुपमा मैले देखेको छु ।
सुरज मास्के
नेपालगंज