-निरमा पौडेल-
सैपू : रामेछापको एउटा विकट पहाडी गाउँ। छरछिमेकमा धेरै छोरीहरुले स्कुल जान पाएका थिएनन्। गाउँका मै हुँ भन्नेले पनि छोरीहरुलाई स्कुल त पठाउँथे तर पढ्नको लागी घरमा पर्याप्त समय दिँदैनथे। घरधन्दा, मेलापात भ्याएर स्कुल जाँदा गृहकार्य नगरेको भएर कक्षामा लज्जित हुनुभन्दा पढाई नै छाड्न उचित ठानेर धेरैले स्कुल छाड्थे। गाँउमा यस्तो परिवेश थियो। तर पनि एउटा शिक्षित परिवारमा जन्मिएर हुर्कने सौभाग्य पाएको हुनाले मैले घरधन्दा र मेलापातमा मात्र भुल्नु परेन। मेरा बुवाआमाले मलाई घर नजिकैको सरकारी स्कुलमा पढ्ने अवसर जुटाइदिनु भएको थियो। आफूसँगैका गाउँका छोरीहरु मेलापात, घरधन्दा र गाईबाख्राको गोठालोमा मात्र सीमित भएको देख्दा र म आफु चाँही स्कुल जान पाएको सम्झँदा म आफूलाई निकै भाग्यमानी ठान्दथेँ।
हामीले स्कूल पढ्दा द्वन्दकाल थियो। हामी जति-जति माथिल्लो कक्षामा चढ्दै थियौँ, द्वन्द्व झनै चर्किँदै थियो। बिहान श्री चण्डेश्वरी हाइस्कूल हिँड्ने बेलामा झन्डा बोकेर ‘बुर्जुवा शिक्षा मुर्दाबाद ‘ भन्दै भिरको बाटो कता लाग्नुपर्ने हो भन्ने चिन्ताले सताउँथ्यो।
त्यसरी नारा लगाउँदै हिंडेको बेलामा माथिबाट हवाइजवाज उड्यो भने मुटुको धड्कन दोब्बर गतिमा चल्न थाल्दथ्यो। हरेक पटकको यस्तो कार्यक्रममा १०-१२ जना स्कूले विद्यार्थीहरु अबिर लगाएर पार्टी प्रवेश गरेको भन्दै जानी,नजानी लालसलाम गर्दै अगाडि उभिएका देखिन्थे। एक दुई महिना स्कुलमा देखिदैन थिए र केहि महिना पछि तिनै विद्यार्थीहरु आएर आफ्नै गुरुहरुलाई धम्क्याउँदै ‘स्वैच्छिक चन्दा’ मागिरहेका देखिन्थे।
गाउँका शिक्षकहरुलाई त बानी परिसकेको थियो तर बल्लतल्ल फकाएर ल्याइएका बाहिरी शिक्षकहरु जो अङ्ग्रेजी,गणित र बिज्ञान पढाउनु हुन्थ्यो, उहाँहरु चाँही डराउदै भोलिपल्ट नै फेरि शहरतिर लाग्नुहुन्थ्यो। विद्यार्थीहरु हेरेको हेर्यै। ६-७ कक्षामा पढ्ने हामीलाई त गाउँकै शिक्षकहरुले पनि पढाउनु हुन्थ्यो तर बिचरा ती ९-१० कक्षामा पढ्ने दाइदिदिहरु त आफै शिक्षक आफै विद्यार्थी। अनि एसएलसीको रिजल्ट आउँदा स्कुल निल अर्थात् सबै फेल। धन्न हाम्रो स्कुलबाट चै त्यस्तो अवस्थामा पनि एक न एक जना पास हुन सफल भएर निल हुनबाट जोगिन्थ्यो।
जन-आन्दोलन सुरु हुँदा हामी कक्षा नौ को परिक्षा दिएर बसेका थियौ । दश कक्षामा पास भएर जाँदा द्वन्द सकियो । शिक्षकहरुले विद्यार्थीहरुलाई निर्धक्क भएर पढाउन थाले, विद्यार्थीहरुले पनि झन्डा बोकेर हिंड्न परेन ।बर्खाभरी हाम्रो स्कुलको छानो चुहेर पढाई हुदैनथ्यो । नयाँ स्कुल बन्यो, भाँचिएका थोत्रा बेन्च सबैको सहयोगमा बनाइए । हाम्रो लागि त त्यती हुँदा मात्र पनि दशै आएजस्तो नै भयो । एस एल सि परिक्षा आयो, सेन्टर पर्यो नजिकैको साँघुटार बजार । जम्मा चार घण्टाको बाटो । हाम्रो दाइ दिदिहरुले त एस एल सि परिक्षा दिन पुरानो सदरमुकाम बजार पुग्न पर्दथ्यो। बिहानै घर बाट हिड्यो भने साँझमा मात्र पुगिन्थ्यो । कसै-कसैले त घर बाटै आफुलाई चाहिने सामल बोकेर जानुहुन्थ्यो । बिचरा पढ्नको लागी किताब बोक्नु कि खाने सामल , कती गार्हो हुन्थ्यो होला ? त्यत्रो बाटो हिंडेर गयो बस्ने कोठाको ठेगान छैन । पुरै जिल्लाभरिका विद्यार्थी बजारका त्यती थोरै लजमा कसरी अटाउनु ? गाउबाट परिक्षा दिन गएका विद्यार्थीलाई माअोबादी भन्दै रातभरी प्रहरी चौकिमा यातना दिएर भोलिपल्ट छाडीदिन्थे रे । कसै-कसैलाई त उतै थुनेर पनि राख्थे रे । धन्न ! हामिले चाँही त्यस्तो केहि भोग्नुपरेन । आफन्तकोमा बसेर मेजमान खादै एस एल सि परिक्षा दिन पाइयो ।
असारको दोस्रो हप्तातिर एस एल सि परिक्षाको नतिजा पनि प्रकाशित भयो । रीजल्ट बेलुका नै भएको भएता पनि हामिले बिहान मात्र थाहा पायौ । रीजल्ट थाहा पाउनको लागी भर्खरै किनेर ल्याएको हाम्रो घरको सबै जनाको साझा नयाँ मोबाइल बोकेर कुद्\दै डाँडातिर लागेँउ । पास भएछु । मामाले पनि त्यती नै बेला फोन गरेर बधाई दिनुभयो । कती सजिलै थाहा पाएउ हामीले त रीजल्ट पनि ।अघिल्लो बर्ष सम्म पनि ४-५ दिन पछी बल्ल थाहा हुन्थ्यो रीजल्ट । हाम्रो स्कुल ओखलढुङ्गाको पश्चिमी भेग र रामेछापको पुर्बी भेगबाट काठमाडौं जाने बाटोमै पर्दथ्यो । चौतारामा बसेर काठमाडौंबाट आउने मान्छेहरुको प्रतिक्षा गरिराख्नुभएको हुन्थ्यो सर हरु । जब कोही मान्छे झोला बोकेर आउछ उसलाई गोरखापत्र ल्याउनुभएको छ भनेर सोध्नुहुन्थ्यो । कसैले ल्याएको रहेछ भने आफ्नो स्कुलको रीजल्ट हेरेर फेरी फिर्ता दिनुहुन्थ्यो ।त्यतिबेला काठमाडौं बाट हाम्रो गाउ सम्म पुग्नको लागी दुइ दिन लाग्थ्यो । एक दिन गाडीमा र अर्को दिन पैदल यात्रा गरेपछी मात्र हाम्रो गाउ पुगिन्थ्यो । कम्तिमा पनि तीन दिन पछी एस एल सि को रीजल्ट थाहा हुन्थ्यो त्यो पनि भाग्यबश । रीजल्ट भएको भोलिपल्ट नै आफु पास भएको थाहा पाउने हामी भएनौ त भाग्यमानी ?
एस एल सि प्रथम श्रेणीमा उत्तिर्ण भएपछी मेरो काठमाडौंको यात्रा सुरु भयो । हाम्रो स्कुलबाट हामी छ जना(तीन केटा/ तीन केटी) प्रथम श्रेणीमा पास भएका थियौ । तिनीहरु मध्येबाट विज्ञान बिषय लिएर पढ्ने अवसर पनि मैले नै पाए ।जब साईन्स पढ्न भनेर कलेजमा भर्ना भए त्यतिबेला बल्ल म आफुलाई अभागीहरुको दर्जामा राखेर हेर्न थाले। बल्लतल्ल अङ्रेजी बिषयमा पास भएको दुर्गम गाउको सरकारी स्कुलमा पढेर आएको विद्यार्थी म, जो कहिल्यै पनि फर्स्ट्/ सेकेन्ड पोजिसबाट तल झरेको थिइँन । त्यै विद्यार्थी म आज अङ्ग्रेजी माध्यम बाट टिचरहरुले पढाँउदा केहि नबुझेर ट्वाल्ल मुखमा मात्र हेरिरहन्थे । फर्स्ट डिभिजन ल्याए भनेर दङग पर्दै काठमाडौं पढ्न आएको म डिस्टिन्क्सन ल्याएका साथिहरुको अगाडी विलाएको हुन्थेँ । अनी वल्ल पो थाहा पाए मैले, विकट गाउँको सरकारी स्कुलमा पढ्ने अभागीहरुको विचमा मात्र पो भाग्यमानी रहेछु म त ।
म तपाइलाइ असाध्यै भाग्यमानी मान्छु, देशको त्यस्तो संक्रमणकालीन अबस्थामा पनि आफनो लक्ष्य प्राप्तीको लागी पछि हटनु भएन , र सहर आएर सहरी प्रतिस्पर्धामा आफुलाई अभागि ठान्नु यसमा तपाईको कुनै दोस छैन । यो हाम्रो देशको शिक्षा प्रणालीमा छ , सबै चाहे त्यो गरिव होस बा धनि सबैलाई एक समान शिक्षा दिने प्रणली हाम्रो देशमा भएको भए तपाइ हामी जस्ताले आज आफु लाई अभागि ठान्नु पर्ने थिएन । u are the best
भाग्यमानी मात्रा होइन सौभाग्यमानी हौ म पनि तेही भन्छु तर तिमी शहरमा पढेको साथीहरुको बिचमा हराएँ भन्छौ उनिहरु कुनै बिषयमा निपुण होलान तर तिमी पनि अर्को बिषयमा निपुण छौ जसमा शहरीया हरु अल्मल्लिन्छन
उनीहरु आउथे , पुरा स्कुल का बिद्द्यार्थी लाइ बन्दि बनाएर लान्थे , बुजुर्बा शिक्ष्या को अन्त गनुपर्छ भन्थे |
अब उनीहरु पैसा र सत्ता सिबाय केहि न देख्ने भएका छन् | खालि अत्तो थापेर सहमतिको नाउमा करोडौ कुम्ल्याउन पल्केका छन् |
अनि समाज जहि को त्यहि ,बिकास जहीको त्यहि , पहिले सुरुङ्ग युद्द गर्नुपर्छ भनेर चर्चित भए , अब उनको सुरुङ्ग युद्द त् सुरुङ्ग बाट जनताको आँखा छलेर लुत्त भारतीय को तलुवा चाट्न जाने रहेछ त् के गर्नु ?
खै आजकाल सिमाना मिचियो , भारतीय सुरक्ष्या बल ले नेपालि सिमा भित्र आएर गोलि चलायो , कतै चुँ सम्म भयो ? न सदन , न सरकार |
यमन मा नेपालि अलपत्र परे , भारतीय सग नेपालि ल्याउन सहयोग माग्ने रे ?
यता लुते नेतालाई खोकी लागे पनि एयर अयाम्बु लेन्स बाट दिल्ली , सिंगापुर पुर्याउने ?
धेरै धेरै शुभ कामना छ नीरमा बहिनि !
अब बिस्तारै तपाईं लाइ अम्रिका तिर हानिने विचार आयेनाछा भने मलाइ भन्नुस.
सरल वाक्य अनि जीवनका तितामीठा भोगाई पश्चात मीठो नतीजा पश्चात संघर्षरत……to continue
निरमा बहिनी, संसारमा सबैभन्दा दुखी बनाउने कुरा “आफुलाई आर्को संग दाज्नु हो” / अरुसंग दाज्नु भन्दा पनि मानिसले समयको गति संगै आफुलाई आफैसंग दाज्नु पर्छ / मुख्य कुरा, आफ्नो लक्ष प्राप्ति गर्न लगनशील, प्रतिबद्द र मेहनतसाथ लाग्नु पर्छ / अर्जुन दृस्टी दिएर / एकदमै अन्तरमन ले / मन, बचन र कर्मले / यसरी नै सफलता को शिखरमा पुग्न सकिन्छ / कुरा रह्यो अंग्रेजी को / यो त केवल माध्यम मात्रै हो / केही मेहनत गरेर पढेपछी एकाध बर्षमा बुझ्ने भैहालिंछ नि / गाउको फर्स्ट डिभिजन सहरको डीष्टीङ्ग्सन भन्दा ठूलो हो / Good luck!
लेखेको मन पर्यो. सटिक र मिठो छ अनि यथार्त पनि हो धेरै सफल मान्छे हरुको. तपाई लाइ सुभकामना. Where there is a will, there is a way. This phase will go away, you will shine. Thanks for the post.
अगाडी बढ्दै जाउ बैनी छिट्टै सहरमा पनि भाग्यमानी कहलिने छेउ.
सरल अनुभव, प्रस्तुति ! विस्तारै परिपक्व उमेर, शिक्षाले दिदै जान्छ, डन्ट वरि| सूनको महत्व सजाईदा हुन्छ, याद रहोस, प्रयोगमा फलाम बढी हुन्छ| लेखाई continue होस्..!
फेरी एकपटक सोच्नुस तपाई भाग्यमानी नै हुनुहुन्थ्यो
सैपु को बजै पर्नु भएछ प्रतिभा नहुनेत कुरै भएन ! कतै मन्त्रि ज्यु , मात्रिका हरुको नातेदार त पर्नु भएन? सारै सरल र सटिक लेख ! गौरीसंकर को पहिलो श्रेणी पश्चात काठमाडौँको मेरो प्रतिबिम्ब !!!! फेरिफेरि लेख्दै गर्नुहै बज्यै , सुभकामना !!!
सबै लै येस्तै अनुभूति हुञ्छ, यो बास्तबिकता हो !!!!प्राय नेपाली ले कहिँ न कहिँ , कुनै न कुनै संदर्व मा अनुभव गरेकै हुञ्छ यो !
जो जहाबाट जता लागे पनि , कुरो सिर्फ स्थान परिवर्तन मा छ, चाहे उ गाम को सरकारी स्कुल बाट सहर मा आएको हुन् , कि सहर को धनाड्य का सन्तान ले पढ्ने लिंकन स्कुल बाट अमेरिका को बिश्वबिद्यालय मा गएका हुन्, ( लिंकन स्कुल बाट अमेरिका झरेका बिद्यार्थी को मुखबाट मैले प्रत्यक्ष्य सुनेको )
Thumbs up
मन् छुने कुरा , काठमाडौँ का बच्चाहरुले कहिले बुझ्ने होला कसैलाई कत्ति दुख छ. धन्यवाद छ नीरमा बहिनि लाई
straight forward – एकदम सिधा र सरल भाषामा, यो लेखले ८० प्रतिसत भन्दा, धेरै नेपालीको बास्तविक जीवन कथालाइ बरण गरेको छ ! सफल भविसेको सुभकामना बहिनी निरमालाइ !
Very realistic! this story represents many students who come from hilly and mountain region of Nepal, however your realization is a great sign of future success! Keep it up.