– पवन राज फुयाल/कतार-
नेपालीहरूको प्रमुख वैदेशिक रोजगारीको गन्तव्यको रूपमा रहेको खाडी मुलुक कतारमा लाखौँ नेपालीहरू विभिन्न पेसामा कार्यरत छन् । सङ्ख्याका आधारमा पनि मलेसिया पछि सबैभन्दा बढी नेपालीहरू रहेको मुलुक कतारमा नेपालीहरूको सङ्ख्या कतारको पुरा जनसंख्याको करिब १७% भन्दा बढी अर्थात् ४ लाख भन्दा बढि छ जुन यहाँका मुलबासी कतारीहरु भन्दा झन्डै दोब्बर हो । कतारबाट नेपालमा बर्षेनि अरबौ रुपैयाँ रेमिट्यान्सको रूपमा भित्रिने गरेको छ । जसले बिगतको दशक देखि नेपालको अर्थतन्त्रको उल्लेख्य हिस्सा ओगटेको छ विशेष गरि नेपालमा बढ्दो बेरोजगारीका कारण विदेशिनेको सङ्ख्या दिनानुदिन बढ्दो छ । उता विदेशमा भोग्नु परेको पिडा र बाध्यता सहन नसकेर केही पैसा कमाएर घर परिवारलाई हेर्ने र दुई पैसा आर्जन गरेर जीवनस्तर उकास्ने सपना दिनानुदिन लासको रूपमा बाकसमा प्याक भएर फिर्ता हुन्छ । नेपालमा बसे केही गरी खाने ठाउँ छैन । सरकारले लाखौं युवा शक्तिहरूलाई कुनै नीति कार्यक्रम ल्याएर वा कुनै अवसर प्रदान गरेर देशमै केही न केही योगदान गर्ने व्यवस्था मिलाउन सकिरहेको छैन फलस्वरूप लाखौँ दक्ष युवाहरू पलायन भइरहेका छन् भने अर्कातिर सामान्य योग्यताको स्तर भएका युवाहरू बेरोजगारीको चरम बाध्यताका कारण खाडी लगायतका मुलुकमा अत्यन्त सस्तो मूल्यमा आफूलाई बेच्न बाध्य छन् । त्यो पनि मानव तस्करिको रूपमा दलालहरूको हातबाट कैयौँ पटक बेचिन बाध्य छन् । जसलाई नियमन र नियन्त्रण गर्ने न त कुनै बलियो सरकारी निकाय छ न भएकाहरूले काम नै गर्न सकेका छन् ।
नेपालीहरूका लागि जसरी युरोप अमेरिकाको सपना धेरै महँगो र झन्झटीलो छ कतार या मलेसिया जस्ता मुलुक जानको लागि पनि त्यति सजिलो छैन । यो क्रम सुरु हुन्छ कुनै मेनपावर या मेनपावरमा दलाली गर्ने कोही चिनजानको मान्छेबाट अनि सुरु हुन्छ बेचिने क्रम पनि । कुन देश जाने, कति पैसा लाग्ने, के कामको लागि जाने भन्ने विषयमा हुन्छ बार्गेनिङ । नेपालीहरूलाई कतार, मलेसिया, साउदी अरेविया लगायतका मुलुकमा अधिकांशजसो अदक्ष कामदारको लागि घर, सडक, पुल आदि बनाउने देखि सेक्युरिटी गार्ड, होटेल मजदुर आदिको लागि भिसा मिल्छ त्यो पनि फ्री भिसा अनि पत्रपत्रिकामा निकालिन्छ विज्ञापन फ्री भिसा ! फ्री भिसा ! फ्री भिसा ! भनेर लागत खर्च बढीमा २० हजार लेखेको हुन्छ । मेनपावर खोज्दै पुगेर सोधेपछि खुलेआम भन्छन् त्यो त लेखेको मात्र हो कम्पनीको नियम अनुसार यति पैसा लाग्छ जाने भए फर्म भर्नुस् नत्र जानुस भनिन्छ ।
उता मेनपावरमा चिनाई दिए बापत २०/३० हजार सम्मको सम्झौता हुन्छ दलाल र मेनपावर बीचमा पनि । यस्ता भिसाहरुको लागि वैदेशिक रोजगार विभाग र नेपाल सरकारले तोकेको पुरा लागत खर्च २० हजार हुन्छ उता मेनपावरमा कम्पनीको रेट भनेर १ लाख भन्दा बढी सुरुमै मौखिक सम्झौता गरिन्छ । यस्तो खुलेआम ठगी हुने गरेको जानकारी हुदापनि केहि गर्न सक्ने अवस्था हुन्न कसैसग । उजुरी गरेर बसे जानु छ विदेश २/४ पैसा भएपनि कमाएर तिर्नु छ ऋण, घर परिवारको दुःख र पीडाले पोलेको बेला यो सबै कुराको सोच पनि आउँदैन । उता बर्षौदेखि चलेको खुलेआम यस्ता ठगी धन्दा रोक्ने प्रयास समेत कुनै निकायबाट हुदैन । यसबाट पनि प्रस्ट छ कि यो ठगी गिरोहको संजालको जालो बलियो छ । अनि कैयौँ पटक मेनपावर धाउँदा र दलाललाई फोन गर्दा गर्दै साहूसँग महिनौदेखि लिएको ऋण पनि सकिदै जान्छ ।
अब झनझन उसलाई सकेसम्म छिटै मिलाइदिनको लागि दबाब नै दिनुको विकल्प रहँदैन । अनि जाने दिनसम्म पैसाको कारोबार हुन्न जब एयर पोर्टमा जाने बेला हुन्छ सबै हस्ताक्षर लगायतका लेनदेनका काम । अनि के थाहा हुन्छ अफर लेटरमा के-के लेखेको छ, के-के सुविधा कति तबल पाउने भन्ने कुरा । यही हतारोमा पैसा लेनदेनको काम हुन्छ २० हजार तिरेको विलमा हस्ताक्षर गरेर १ लाख तिरेर पासपोर्ट र प्लेन टिकट माग्दा फेरि यो खर्च उ खर्चको नाममा पैसा पुगेन अलिकति नथपेसम्म पासपोर्ट दिइँदैन अनि फेरि मजबुर बनाइन्छ तब २/४ हजार दिएपछि बल्ल छुटकारा मिल्छ । उता भारत लगायतका तेस्रो मुलुकबाट दलाल मार्फत बिदेशिनेहरुको पीडा त कता हो कता दर्दनाक छ । हजारौं सपना बोकेर सबै थोक बिर्सेर उड्दा मन पनि हावासँगै उडेको हुन्छ । मनभरि कौतूहल बोकेर जीवनका कैयौँ सपनाहरू सँगालेर हावामा उडेको गन्तव्य खाडीको तातो भुमिमा अवतरित हुन्छ ।
नेपालको विमानस्थलदेखि नै पासपोर्ट र टिकेट हातमा बोकेका नेपाली दाजुभाईको भिड देख्दा लाग्दैन कि कुनै बिदेश गईराखेको जस्तो । दुबई र कतारको एयरपोर्टमा पुगेर हेर्दा हातमा पासपोर्ट र झोला भिरेर लाईनमा थकित र कौतुहल मुद्रामा खडा नेपाली युवाहरुको भिड देख्दा पिडाबोध हुन्छ ।
अनि सुरु हुन्छ कर्मथलोमा कठिन परिक्षा । कतार लगायतका खाडी मुलुकमा सबैभन्दा कठिन त यहाँको हावापानी नै हो । मरुभूमिको तातो हावा र औसत ४०-४५ डिग्रीको घाममा काम गरेर रातमा चिसो एयर कन्डिसनको हावामा सुतेकै अवस्थामा प्राण पखेरू उडाउछ । कतिको मरुभूमिमा खेति गर्दा र भेडा र उँट चराउदा रगत र पसिनाले जीवन बगिरहेको पत्तो हुदैन । खाडी मुलुकमा नेपालीहरू बिशेष अत्यन्तै कम पारिश्रमिक र बढि परिश्रम पर्ने सडक, घर र यहाँ बन्दै गरेका ठुला ठुला निर्माण मजदुरको रुपमा ल्याइन्छन । यस लगायत सुरक्षा गार्ड, क्लिनिङ, होटल तथा घरेलु मजदुर र ड्राइभिङ पेशामा नेपालीहरूको सङ्ख्या उल्लेख्य मात्रामा छ । हुनत केही नेपालीहरु दक्ष कामदारको रुपमा कतिपय राम्रो पारिश्रमिक र सुबिधा भएको ठाउमा पनि भेटिन्छन । केहिले आफ्नै पेशा र व्यबसाय पनि गरेर वसेका छन । तर आम रुपमा नेपालीहरूको अवस्था पिडायुक्त र दयनीय रहेको छ । फेरि सबैभन्दा महत्त्वपूर्ण कुरा त के भने जो कोहिलाई पनि एउटा कम्पनीमा भनेर ल्याइन्छ र कन्ट्याक्ट्मा अरुनै ठाउमा काम गर्न पठाईन्छ । यसरी पनि खुलेआम बेचिन बाध्य हुन्छन नेपालीहरु ।
अर्कोतिर नेपालीहरूलाई कसरी हेरिन्छ ? नेपालीहरूलाई आम रुपमा कसरी चिनिन्छ बिदेशमा भन्ने कुरा छ । जसरि हामी वीर गोर्खालीको देश, सगरमाथा र गौतम बुद्दको देश भनेर गर्व गर्छौ त्यो भन्दा अत्यन्तै फरक हुन्छ काम गर्ने ठाउमा । नेपालीलाई सोझा र ईमन्दारीतामा त केही राम्रो रुपमा हेरिन्छ तर सगसगै नेपालीहरुले जसरी तल्लो स्तर र कम दक्षता हुने ठाउमा काम गर्छन त्यस्कै आधारमा निमुखा प्राणी र दुनियाकै गरिव देशका मान्छे भनेर हेपिन्छन । फेरि छिमेकी भारतीयहरुको बर्चस्व र बाहुल्यता रहने यस्ता मुलुकमा नेपालीहरुलाई त्यति सम्मानजनक दृष्टिकोणले हेरिन्न व्यबहार गरिन्न । ब्यबहारिक रुपमा भन्ने हो भने विशेषगरी कतारमा “नेपाली” र “बंगाली” भन्ने शब्दहरु सबैभन्दा अपहेलित शब्दहरु हुन भन्दा फरक पर्दैन ।
यसको मुख्य कारण भनेको नेपालबाट कुनै खास र बलियो बैदेशिक रोजगार नीति अन्तर्गत निश्चित मापदण्डअनुसार दक्ष, आवश्यक न्युनतम सीप र तालिम प्राप्त जनसक्ति पठाउन नसक्नु साथै सम्बन्धित रोजगारदाता देशहरूसँग रहेको फितलो र अब्यबहारिक श्रम सम्बन्धि संझौताहरु मुल्यांकन गरि संसोधन र नबिकरण गर्न चासो नदेखाउनु रहेका छन । उता सम्बन्धित मुलुकहरुमा नेपाली कामदारको हकहितका लागि काम गर्नुपर्ने नेपाल सरकारका निकायहरुको कमजोर उपस्थिति र गैरजिम्मेवारपुर्ण प्रबृत्तिका कारण पनि मुलुकको बदनाम समेत भैरहेको छ । अर्कातिर नेपालीहरुको अवस्था केकस्तो छ र के कति सङ्ख्यामा छन भन्ने बारेमा न त कुनै चासो छ नत कुनै सरोकार समेत गरिन्छ । नेपाल सरकारको प्रत्यक्ष प्रतिनिधित्व गर्ने नेपाली दुताबासले पनि नेपालीहरुको समस्या र पिडालाई सम्बोधन गर्ने बिषयमा खासै चासो दिदैनन । एउटा पासपोर्ट नबिकरण गर्नको लागि ४/५ महिनाको समय लगाईन्छ त्यसमा पनि केही त्रुटी भएको बारेमा पनि ४/५ महिनामा मात्रै जानकारि गराइन्छ । तलब समयमा नदिएको, जबरजस्ती श्रम र यौन शोषण, यातना दिईएका लगायत धेरै प्रकारका समस्याहरु लिएर दुताबासमा जानेको भिडको खासै सुनुवाई गरेको पाईदैन ।
यस्ता कैयौं तनाव लगायतका प्रतिकुलताले ग्रस्त नेपाली कामदारहरुमा अर्को डरलाग्दो रोग फैलदैछ बिदेशी भुमिमा; त्यो हो मानसिक तनाव ! मानशिक तनाव र हृदयाघात लगायतका क्षणिक रोगहरुका साथसाथै आत्महत्या आदिका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्दैछ । उता सम्बन्धित मुलुकका ट्राफिक नियम र कार्य स्थलमा अपनाउनु पर्ने सतर्कता आदिको अनबिज्ञताका कारण हुने दुर्घटनामा परि धेरै नेपाली कामदारहरुको मृत्यु भएको खबरहरु पनि आईरहन्छन् । एक तथ्यांकलाई मात्रै आधार मान्ने हो भने कतारमा मात्रै ठुला ठुला संरचना जस्तो रङ्गशाला, सडक र भवन निर्माण स्थलमा हुने दुर्घटनामा परि ज्यान गुमाउने नेपालीहरूको सङ्ख्या अन्य मुलुकका मजदुरहरुको तुलनामा धेरै र बढ्दो छ । यस सम्बन्धमा अन्तरास्ट्रिय मानब अधिकारबादी सस्था र सम्बन्धित सरोकारवालाहरुले समेत चासो देखाउदै कतार सरकारलाई कामदारको हकहित, सुरक्षा र मानब अधिकारको ग्यारेन्टी गर्न र कफला लगायतका प्रतिकुल कानुनहरुमा परिबर्तन गर्नको लागि दबाब दिइरहेका छन् ।
त्यतिमात्र होइन बैदेशिक रोजगारीका कारण घर ब्यबहारबाट टाढिएका हजारौं नेपालीहरुको घर गृहस्थी पनि नराम्ररी ध्वस्त भईरहेको छ । खासगरि रोजगारीका सिलसिलामा टाढिएका परिबारहरु टुक्क्रिदै छन । यसरी एक्लिनुको बाध्यता र पिडाले सल्केको आगोले बिकराल रुप लिईसकेको छ । जसका कारण समाजमा बलत्कार लगायतका यौनजन्य अपराध, समन्ध बिच्छेद र हत्याका घटनाहरु बढ्दैछन । यसरी छिन्न भिन्न भएका मनहरु र घरहरु केले जोड्ने होला !
यसरी पराइको भुमिमा पिडा माथि पीडाको भारि बोकेर कुण्ठित जीवन बिताउन बाध्य छन नेपालीहरू । यस्तै बाध्यताले कति त १० औँ बर्ष देखि मरुभूमिमा रगत र पसिना बगाउन बिवस छन । बिदेशी भुमिमा नेपालीहरु पीडित निमुखा र सामान्य मानव अधिकारबाट समेत बञ्चित छन ।
यस्तो अवस्थामा सर्ब प्रथमतः देश मै उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै आर्थिक विकासका अबसरहरु श्रृजना गरि बिदेश पलायन हुने लाखौंको युवा जनसक्तिलाई परिचालन गरेर बढ्दो बेरोजगारी समस्याको समाधान गरि खाडी लगायतका मुलुकमा तल्लो स्तरमा काम गर्न जाने सङ्ख्यालाई कम गराउदै लैजान सकिन्छ । साथै नेपाल सरकारले तत्काल आवश्यक अध्ययन गरि मजबुत बैदेशिक रोजगार नीति बनाएर यसको प्रभाबकारी कार्यान्वयन गर्ने र सम्बन्धित मुलुकसँग आवस्यक समन्वय र परामर्श गरि बिद्यमान अब्यबहारिक श्रम नितिहरुलाई नबिकरण गर्दै दक्ष र शिपयुक्त जनशक्तिलाई बैदेशिक रोजगारीमा पठाइ देशको आर्थिक उन्मुक्ति र समग्रमा गिरेको नेपाली शानलाई थप उचाइ दिलाउन सकिन्छ ।
नेपाली को शान नेपाली किताब र केहि गीत मा बाहेक अन्त कतै ठाडो छैन सबै तिर झुकेको नै छ !
त्येहा त कमसेकम दुख गरि खाएका छन् ! लेबर सम्म को पहिचान त बनाएका छन् ! राज्य ले नै म भिखारी हुँ, मलाइ भिख चाहियो भन्दै दुनिया देश को दैलो दैलो चाहार्ने नीति लिएको छ ! त्येसैले नेपाली को सान खाडी मा झुकेको होइन – बरु अन्यत्र मगन्ते को रुप मा उदाएको छ ! सरनार्थी को देश भनेर चिनिएको छ !
good news thank u for posting the news …
nepali ko awasta thik news ma vane jastai pida dayi nai x…aha help garni kunai nikaya xina jaslai samasya paryo usalai le voogna parx….yahi badya ta bibasta ma kam garnu parx .
nepal sarkar name matra ko sarkhar x….nepali mare pani matlab xina……..baidesik sarm niti ma change garera nepali patauna sake nepali ko vabisya hune thiyom.dhanyabad
विदेश रहर कर वा शान जे कालागि गए पनि पराइ भूमी पराइ नै हुन्छ । परदेश पिडा कारक नै हुन्छ । थोरै पैसामा किनिने अदक्ष कामदार हामी नेपालीको दक्षता के मा छ ? हेरिल्याउँदा दक्षता जुलुस निकाल्न हड्ताल गर्न भए पक्कै नम्बर १ पर्छौँ होला । दश वर्षे बन्दुके युद्धमा थप दक्षता हासिल गरेको भनेको हान्न वा हानिन, छप्काउन वा छप्किन, लुट्न वा लुटिन र टुक्र्याउन वा टुक्रिन मात्रै हो । अदक्षता जहाँ रहन्छ दु:ख सम्भवत: त्यहीँ बढी हुन्छ । अदक्षरुपमा अमेरिका नै छिरे पनि दु:ख नै हात लाग्ने हुन्छ होला । फरक यत्ति हो कानुनी राज भएको देश वा मुख वा लहडमा कानुन लादिने देश जहाँ गयो दु:खको मात्रा अलिकति घटबढ होला । हेरि र भोगी ल्याउँदा विदेशिने वा विदेशमा हुने नेपालीले दु:ख कसैबाट पाएको छ भने नेपालीकै कारण बढी हुने गर्छ । चाहे पैसा तिरेको हवाइजहाज वा देश छोड्ने बेलाको सरकारी इमिग्रेशन वा भिषा लिनु अघि म्यानपावर भन्ने पशुहाट जहाँबाट युवा नामका प्राणी निर्यात प्रकृया थालनी हुन्छ । जत्रै अपराध गरे पनि रुपैँयाले गोदान गरे पछि दोष मोचन गरिदिने सरकारी कर्मचारी वा भ्रष्ट र अत्याचारमा लिप्त नेता नामका व्याभिचारी जता पनि जोडिन्छन् । “कामदार” अदक्ष भएर नोकर बन्छ भने दूतावासका कर्मचारी कतै कतै त दक्ष लुटेरा नै छन् रे । विमानस्थल छिर्नु अघिदेखिको लुटेराको लर्कोले विदेश पुगे पनि छोड्दैन । विदेशिएका युवाले कामको भारीसँगै केही पैसामा बैँश साटेर घरवालीको मायाँ किन्न खोज्यो उता घरमा कतिका मायालुले रेमिट्यान्सको डलर थपेर भुस्तिग्रेसँग बैँश साटी भ्याउँने । घर फर्किदाँ खल्ति नि रित्तो विस्तारा नि रित्तो भण्ट्याङ भुण्टुङ चिचिलाको हरिविजोक । के गर्ने बर्मा गयो कर्मसँग नेपाल गयो कपालसँग भन्या जस्तो ।
जब सम्म पाखे नेता हरु दण्डित हुदैनन् यो क्रम रोकिन्न |किनकि देश को सम्पूर्ण ठेक्का लिने तिनै हुन्छन |सिद्दानत् कांग्रेस , कम्निस्ट ,माउबादी , क्रान्तिकारी जे भनेपनि येउतै उद्देश्य कुर्सीमा बस्ने र बेस्करी देश चुस्ने मात्र भएको छ यिनको | आपस मा मिलेको छ , तल कार्यकर्ता लाइ जुधाएको छ , मिलुजुली सरकारी सुख सुबिधाको दुरुपयोग भएको छ |