Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चाउरी, एक फांको खैनी र मारा

Posted on March 17, 2015 by mysansar

unnamed
-लेखनाथ-
उमेरको पछि-पछि लाग्दै गर्दा बालापनको झझल्को झन टड्कारो हुँदै गयो। निधारका चाउरी र जवानीमा आएका डण्डिफोरका रहलपहल दागहरु मेटाउन एक चम्चा मह र एक चम्चा दहीमा कागती निचोरी यसको लेपन अनुहारमा लपक्कै दल्दा आफैंप्रति लज्जाबोध भएको थियो।

घडीका सुइराले घोचेजस्तो भयो। यी नानीले गिज्याए जस्तो भान भयो। यी नानीको हेराई मलाई सन्देहपूर्ण लागेको थियो। उसो त यी नानी को हुन्, कसो हुन्, मलाई केही जानकारी भएन। बालापनको झझल्को नै भन्नुपर्छ, मलाई यस तस्विरले यस्तरी खिच्यो कि यो चित्र कोर्दा मलाई कहिल्यै अल्छि लागेन। आँखा, नाक र ओठ बनाएपछि यीनको मुहार खुल्यो। त्यत्तिकैमा मैले यिनको नाम मारा राखिदिएँ।

unnamed
त्यसो त मारा नाम गरेका कोही व्यक्ति मैलै प्रत्यक्ष रुपमा चिनेजानेको छैन। कुन तानामा यिनको नाम मारा रहन गयो, थाहा भएन।

माराको कपाल कोर्न उत्तिकै समय लाग्यो। चित्र कोर्दा सोच्थें मारा, तिमी कफालको टुप्पामा पलाएकी मुनाजस्तै छ्यौ। तिमीलाई जीवनको बाटो कोर्न सहज होस्। अहिले त केहि हप्ता लगाएर म तिम्रो तस्विर कोरुला, त्यो मेरो टेबिलको घर्रामा थन्किएकला।

म चित्रकर्मी होइन। दुई दिनको रहर पर्‍ुर्याउने क्रममा तिम्रो तस्विर उत्रेको हो। यो क्षणिक धर्रामात्र हो। केही समयमै तिम्रो चित्रमा धुलो लाग्छ, रङ खुइलिन्छ, सर्लक्क परेको तिम्रो लामो कपाल फुंग उड्छ।

चित्रकलालाई रिटच गरिरहने मेरो बानी पनि छैन, फुर्सद पनि छैन। तिम्रो हेराई नै सन्देहपुर्ण छ। म त्यो बाटो फेरि फर्कन्न। समयले साथ दिएछ भने बरु एउटा चौतारामा बसी एक फांको खैनी केलाई–तुल्याई ओठमा च्याप्नेछु र अर्कै बाटो हिडेकी उमेर खाइसकेकी बुढी मार्था कोर्नेछु।

नपाउनु एक जुनि, पाइसकेपछि आँखाले भ्याउञ्जेल जीवन चियाउनु तिम्रो मात्र होइन हामी सबैको नियति हो । सारा ब्रम्हाण्ड समग्रमा एउटै हो भन्नु सबैको जीवन गोलमटोल उस्तै हो भन्नु हो।

हेर्ने आँखा फरक हुन्छन्, हिड्ने बाटो फरक । तिम्रो चित्र कोर्दा मैले करिब ३० घण्टा बिताएको छु । हिंडेको भए धेरै पर पुगिसक्थें । मेरो हिंड्ने बानि छ । हिंड्ने बाटोपनि पहिल्याइसकेको छु । कुन शर्तले अनुहारमा लेपन दल्नतिर लागेर अल्झिएं । हिड्दा नलड्नु र जीवन चियाउदा देखिने औडाहा र भयावह दृश्यकोपनि सरल बिम्व आंखामा नबिझाउने गरी राख्नु – अनन्तसम्म देखिने दृश्यमा आफैं चमक आउंछ, अनुहारमा अनेकथरी लेपन दलिहरनु पर्दैन, यो दिव्यज्ञान तिमीले लगाएको गुन भो। सके तिरम्ला।

1 thought on “चाउरी, एक फांको खैनी र मारा”

  1. Mr. R says:
    March 18, 2015 at 2:24 am

    तपाई को चित्रकला निकै राम्रो छ/ तपाई को सिर्जना लाई म कदर गर्छु/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme