अन्तत: जे हुनु थियो त्यो भयो नै। केटाहरु हारे आफ्ना चिर प्रतिद्वन्दीसँग- चिर प्रतिद्वन्दी पनि के भन्नु छ र? नेपालि मिडियाले बनाएको मात्रै हो, खेल १५ मा जित २, बराबरी २ अनि हार ११ थियो अस्तिसम्म। अब त त्यो आंकडाले पल्टी खायो हार १२। शुन्यका साथ मैदानबाट फर्केको कति पल्ट? योसमेत ७ पल्ट। अब मित्रराष्ट्रको फुटबल टोलीलाई नेपाली टोलीसँग कुनै धक छैन होला- आयो गोर्खाली भन्थे, गोर्खाली नै रैछ उसको टोलीको स्ट्राइकर नै। पारीको गोर्खालीले वारीका गोर्खालीलाई गोल्खाडी पठाइदिएको सुनेर यो (वंशका नाताले) साँच्चैको गोर्खालीको चित्त कम्ता उम्ठेन। हैन कहिले सिक्लान् हाउ हाम्रा भाइहरुले ड्याम ड्याम गोल ठोक्न? यसो उसो गरो शुन्य, थैट। नेपाली फुटबलको साङ्गोपाङ्गो ठेक्का लिएर बसेका बढ़ाकाजी आफै कुम्ल्याउँदा रहेछन खेलाडीलाई आएको रसद, पूर्वाधार बनाउन आएको नगद अनि थुप्रो जितिन्छ? अर्का अख्तियारमा बसेका माझीले हैन भनेपछि हैन, काजिसाब सुनपानीले चोखिइहाल्नु भयो- खेल खत्तम, पैसा हज्जम।
विक्रम सम्बत ३० को दशकको अन्तिम र ४० को दशकको सुरुमा त्यस्तरी रन्किएको नेपाली फुटबल काजिसाबको बरद नेतृत्वमा क्या ‘ अच्छा’ सँग थन्कियो त गाँठे? उतिबेला एन्फा कप भन्ने गज्जबको प्रतियोगिता हुन्थ्यो, चीन, भारत, बंगलादेश, थाइल्याण्ड, कताकति अमेरिकाको युनिभर्सिटीको टोलीले पनि सहभागिता जनाएको मलाई पक्कापक्की याद छ।
जोदाहा टोली थियो नेपालको, कस्ता कस्ता मै हुँ भन्नेलाई बैठ्याउँथ्यो गोल। काजिसाबको कालो छायाँ परेर त होला नि बौरिनै सकेन, कठैबरा। कतिन्जेल धान्दियोस् मोफसलको प्रतियोगिताले? कैले बुढा सुब्बाले बोकिदिनुपरेको छ, कहिले आहाले। करुवा, हुक्का, खसिबाजीले गोल ठोक्ने केटा तै भेटिदिएकै छन्, मोफसललाई नमन।
काजिसाबलाई जस दिने ठाउँ नै नभएको चाहीँ होइन है- बिमल, रोहित जस्ता केटा त फेरि एन्फाले नै उत्पादन गरेको हो, त्यसमा त काजिसाबको नाक फुल्न पाउनु पर्छ।
नेपाली फुटबलमा एउटा कोण कहिल्यै आँखामा परेन- त्यो हो एनारानहरुको सम्भावित सहभागिता। एनारान यानेकि ‘प्रचलित’ भाषामा ‘देश’ छाडी ‘भागेका पिआरधारी ‘भगौडा’- एनआरएन। मन्त्री महोदयलाई खेल भनेको राजनीति मात्रै हो भन्ने लाग्छ भने त एउटा कुरा, हैन भने १३-१४ वर्षका दोश्रो पुस्ताका लोर्के एनारानहरु कस्सेर फुटबल खेल्छन् अमेरिका अस्ट्रेलियामा, यिनीहरुको क्षमता अपरिमेय छ, बाउआमा भोकभोकै कुद्छन केटाकेटीको गेम छ भन्दै, घरि यो लिग भन्या छन्, घरि त्यो लिग भन्या छन्। यी बरा होचा छन् यहाँका भन्दा अनि ब्यबसायिक खेलमा जानु अघि नै फुस्सा।
हो त्यस्ता केटा (केटीहरु पनि) लाई नेपालले स्थान दिन सके तिनका बाउआमा खुसी त हुन्थे नै, बरु पैसा नि आफै हालिदिन्थे होला सके। अफगानी फुटबल टोली होस् कि क्रिकेट टोली, त्यहाँ त्यस्तै आप्रवासीहरुकै बाहुल्यता छ भन्ने सुनेको थिएँ कतै।
उस्तै पर्दा सुनिल छेत्री नै नेपाली टोलीमा पर्ने सम्भावना थियो पो कि त? होइन भने हाम्रो एक मात्र अन्तर्रास्ट्रिय रंगशालामा खेल्न आउने मित्रहरुलाई कैले धोति भन्यो, कहिले चटपटे भन्यो, खाली शिशी भन्यो- बंग्बंगी गोल खायो, ट्वाँ पर्यो, घर फर्क्यो-सुत्यो। एन्फा त व्यवसायिक बन्न सकेन, बिचरा सागर भाइलाई के थुइक्क भन्नु?
उबेला महेन्द्र पुलिस क्लब मैदानमा भयो कि ढिडे भन्थे, अब त बरा हाम्रा सागरभाइहरु खोले खाएर खेल्ने हविगतमा पो छन् कि त्यो पनि नसिब हुन्न? क्लबहरुको नाम अगाडि कर्पोरेट सिङ्ग जोरिएको त छ, त्यो पनि भुत्ते हो कि त? नत्र, सीप, कला र हिम्मतमा नामी कहलिएको नेपाली टोली हरेक मैदानबाट किन हारेर लुरुक्क फर्किरहेको छ?
समर्थक जन्ड भएर मात्रै नहुने रहेछ, नत्र त बेलायती टोलीले सबैलाइ पाहा पछारे झैँ पछारिहाल्थ्यो नि।
कहिले काही त लाग्छ, लात्ताले टायर बाल्ने र ढुंगा हान्ने काम नहुने हुदा फुटबलमा यो दुर्गति भाको हुन सक्छ। छेला फ्याक्ने,भाटा-छेका लडाउने, तारोमा ठ्वाङ्ग हाने , मुङ्ग्राले बैठ्याउने अनि गुटुङ्ग्टुङ्ग यता र उता कुद्नेकर्ममा हाम्रा तन्नेरीले महारथ हासिल गरेका छन् त्यसैले त्यो मार्काको खेलमा पैसो नभानि वर्ल्डकप मै पुगे, झ्याम्झ्याम झटारो हान्यो, आए आँप आइहाल्छ?। बरु त्यहि भाटे-छेले- मुङ्ग्रे खेल तिरै बल गर्दा भो।
क्याहो त्यस्तो खेल नभन्नु होला- क्रिकेट हो त्यो। उसो त क्रिकेटलाई मुर्खले खेल्ने पटमुर्खले हेर्ने भन्थे उहिले उहिले, ५-५ दिन घाममा कुद्यो, नतिजा शुन्य। तर समयानुकुल त्यो परिवर्तीत हुदै गयो, अलि अघि ‘पटापट’ मार्काको ५०-५० ओभरको वन डे आयो, अब त झन् दनादन मार्काको २०-२० आइसक्यो, किन मुर्ख र पटमुर्खको खेल हुन्थ्यो यो? पैसो त्यसैमा छ, २-४ भाइ आइपियल खेल्न पुगे भने कसो कसो विश्व कप नै अबका केहि दसकमै भित्राउन बेर छैन।
यसैमा एउटा प्रसङ्ग- मुर्खले खेल्ने , पटमुर्खले हेर्ने खेल हो क्रिकेट भने अब भन्नै पर्ने हुन्छ महामुर्खले खेलाउने खेल हो यो। छत्रे टोप लाएर बित्थामा घाम्मा टट्टिँदै तिन ठाडा भाटा संगै उभिएर घरी अर्काको टोपी, चस्मा, सिँगाने रुमाल बोकीदिने, घरी चोरौंला ठडाउने, घरी तिघ्रा ठटाउने घरी पिटी खेलेझैं गोडाफाट, सतर्क गर्ने, घरी मुण्टो हल्लाउने, घरी नाचे झैं हात फैलाउने – पटमुर्खै हैन त त्यो?। खेलाडी पनि कहिले काही अल्लि गतिछाडा देखिन्छन, त्यो छेलो घरि ठेउकामा रगडछन्, घरि काछमा दल्छन, घरि पसिना-घरि थुक त्यहि छेलोमा हाल्छन, तर खेल त्यो सुन्दर छ, अब नेपालीले त्यतै बल गरे हुन्छ, संगैको अफगानिस्तान त्यति माथि पुगिसक्यो, नेपाल पनि पुग्ने दरो मौका देख्छु है म त।
The next generartion of Nepali youth growing in UK, US, Canada etc is the hope for Nepali football. Playing football in the sadak with itta and plastic bottle as goal won’t take us anywhere. ANFA has produced a few good youngsters like 17 yo Bimal Gharti Magar, who now plays for the U-19 team of Anderlecht, the best team in Belgium. But In nepal there is too much politics, and the talented players unfortunately will never make it. So if young Nepali kids abroad are enrolled in football at the age of 6, 7, and are properly developed abroad, they could be a golden generation of Nepali football. That’s how many African countries, especially Ivory Coast became so good. They don’t have good training facilities and academies either, but African kids in Europe will attend top-class academies, be very good, and later play for their country. That’s how Drogba, the Toure brothers, Gervinho, Djedje, Gradel, KP Boateng, Atsu, Ayew brothers, Mubarak, V Moses, Mikel, Essien, Eto’o, Assou-Ekotto etc became top players. If Nepal can do the same thing, we can be a dominant force in south asian football, and maybe even asian football as a whole
Reminded me of yesteryears when Police club players including Rupak Raj Sharma , Suresh Panthi were called Dhinde. Gopal Shrestha , a good goalkeeper was nicknamed Gwacha . Lok Bahadur Shahi, Dhirendra Pradhan, Ranjan Bista , Ganesh Thapa were A-one players of that time ( during the period of 2030- 2040 ).
I don’t remeber exact date but it might be 2038 ( I was also a kid ) , Dashartha stadium was full for the first match of 23rd Asian Youth Football Competition played between Nepal n India . The match was awesome though it was raining cats n dogs . India was thrashed by Nepal by 4 – 0 . Narendra Shreshta was one of the scorer.
We Nepali want the same past glory but don’t know when it’ll happen.
Don’t worry, that sure can happen once again given Nepalese government allows to implement the policy suggested by the writer of this blog. Many NRN have their kids well trained by international professionals and proved themselves often times in various occasions. Our national star professionals combined with these skilled players will certainly enhance the performance of our national team.