कान्छा हाम्रो पनि एसरी नै चिल्ला सड़कमा सर्रर गुडने दिन आऊला नि ?
तिनकुनेबाट गोठाटार जाने गाड़ी चढ़न कोटेश्वर तीर जादै गर्दा उसले सोधेको थियो मलाई | सायद म सामू उसले राखेको प्रश्न , प्रश्न नभैइ वास्तवमा बच्चै देखि ठुलो मान्छे बन्नूपर्छ भन्ने समाजबाट प्रत्यारोपित भाबी योजना र ठूलाबड़ा मानिसहरु नै निजी गाड़ीका चद्छ्न भन्ने स्टीरियोटाइप कै जगमा करीब पाँच-छ वर्ष अघि काठमांडू छिर्दा उसले बुनेका सपनाहरु मध्य एक थियो होला |
अधिकांश नेपाली बालबालिकाहरु जस्तै भविष्यमा आफु इन्जिनियर हुने र सोही पेसाबाट आफ्नो मात्रीभूमिको बिकाशमा तेवा पुगाउने सपना उसले पनि बुनेको थियो | तेहि सपना साकार पार्न करीब पाँच-छ वर्ष अघि एसएलसी बिशिष्ठ श्रेणीमा उत्तीर्ण भई काठमांडू छिरेको थियो ऊ | परिबारको न्यूनतम सहयोगका बाबजूद थापाथलीमा स्कालरशिपमा डिप्लोमा गरेको थियो |
तेसपछि उसका साथीहरुले पुलचोक क्याम्पसको प्रबेश परीक्षाका निम्ति बिभिन्न इंस्टिट्यूटहरुमा भर्ना भए | उसलाई पनि भर्ना लिन नसुझाएका होइनन तर परिबारको आर्थिक स्तिथिबारे पूर्ण भिज्ञ उसले कुनै तेस्ता इंस्टिट्यूटहरु धाएन बरु आफन्त दाईकोमा बसी आफ्नै बलबुतामा तयारी गर्न थाल्यो | अन्तिम समयसम्म आफ्नो भाबी सपना र भविष्य बारे उसको मनमा पनि बिभिन्न बिचारहरु नखेलेका होइनन | आफुले आफ्ना साथिहरु झै तेस्ता इंस्टिट्यूटहरुमा भर्ना नगरी गलती त गरेको होइन नि जस्ता भाबनाहरु पनि नअएका होइनन | एस्ता नानाथरीका प्रश्न र बिचारहरु खेलौदा खेलाउदै उसको टाउको चडकेर आउथ्यो | बालापनले अरू केही नदिए नि एसरी पैदा हुने बिभिन्न बिचार र प्रश्नहरुका छाललाई साम्य बनाउने क्षमता चै दिएको थियो उसलाई |
ईन्त्रांस सम्मै बिभिन्न बिचार र प्रश्नहरुका छाल आउने र साम्य बनाउने कार्य चलिरह्यो | रिजल्टको दिन मिहेन्तको फल मिठो हुन्छ भनेर सानो देखि नै पद्दै सुन्दै आएको कुरा हो जस्तो लाग्यो उसलाई , आखिर जो नाम मेरिट लिस्टमा माथि नै निस्केको थियो | इनटरनेटमा आफ्नो रिजल्ट हेर्दा खुसीको सिमा नै रहेन , ऊ सुन्य भयो | दिमाग खाली भयो , आँखा बाट आन्यासै बरर खुसीका आँसू बगे , स्वर भासियो | घर तीर फ़ोन गरेर आफ्नो नाम निस्केको खबर सुनायो | बा-आमा लगायत सम्पूर्ण आफन्त खुसी भए | साथी भाई र आफ्नतबाट बधाईको ओहिरो लाग्यो | तेस बखत उसलाई संसार नै जिते जस्तो लाग्यो | उसलाई पनि आफनो इन्जिनियर हुने सपना पूरा होला जस्तो लाग्यो | बा-आमाहरुलाई पनि अब आफ्नो दुःखका दिनहरु चारपांच वर्ष मै सिमित होला जस्तो लाग्यो , चारपांच वर्ष पछि आखिर छोरो जो इन्जिनियर हुदै थियो |
एस्तैमा दशै आयो | ऊ फुरुंग परी दशै मनाउन गाउँ तीर लाग्यो | गाउँतीरका साथीहरु पनि उसलाई भेट्न उतिकै लालायित थिए | साथीभाई र गाउँलेहरुबाट राम्रै मानसम्मान पायो | शिक्षकहरुबाट पनि आशिर्बाद संगै भविष्यको सुभकामना पायो | उसले जस्तो पढ्नु पर्छ भन्ने उद्हारण आफन्तले भाई बहिनीहरुलाई दिन थाले |
आफ्नो उपलब्धिबाट रोमान्चित र भविष्यबारे चिन्तित हुदै ऊ मंसिर एक गते पुलचोक क्याम्पसको ढोका भित्र प्रबेश गर्यो | थोरै बोलने स्वभावले होला उसका साथिहरु पनि औलामा गन्न सकिने थिए | पुलचोक लागयत आंगिक क्याम्पसहरुमा हुने बिधार्थी राजनीतीले उसलाई लोभ्याएन | उसलाई थाहा थियो यी बिधार्थी राजनीतीले ऊ जस्तोलाई दिने केहि होइन | मुलूकका राजनीतिज्ञले त आस्वासन र नैरस्यता बाहेक केही दिन नसेकेको बेला तिनकै आड़मा तिनकै भातृ संगठनका रूपमा उदाएका बिधार्थी राजनीतीले धेरै दिए सवारी साधनको भाडा र इन्धन लगायतको मूल्य घटाउन दबाब दिने हो भन्ने उसले राम्ररी बुझेको थियो |
प्रथम बर्षको बार्षिक परीक्षा सम्म उसको दैनिकी जसोतसो चलेकै थियो | तर तेसपछि भने पारिवारिक आर्थिक स्तिथि झन झन खसकीदै गयो | स्कालरशिपमा पढ़े पनि काठमांडू बसाई उसको निम्ति असहज हुदै गयो | जसो-तसो ल्याब एग्जाम सम्म ऊ काठमांडू बस्यो र परीक्षा पछि ऊ गाउ तिर हान्नियो | पारिवारिक आर्थिक स्तिथि नाजुक देखे पछि उसले काठमांडू नफर्किने निर्णय गर्यो | बस तेही एक निर्णयले गर्दा उसको सानै देखि देखेको इंजिनियर बन्ने सपना गर्भमै तुहिदैथियो | आजसम्म उसले गरेको मेहिनत र संघर्ष खेर जादै थियो |
आफ्नो निर्णयले ऊ आफै स्तब्ध थियो | ईस्वर पनि कति निर्दयी हुनसक्दा रैछ्न , दुःख र ब्यथा जती सबै गरीब कै पोल्टामा रखिदिने रैछ्न भन्ने बिचारको छालले केही दिन उसको मनलाई बगायो | तर कति दिन सम्म छालले बगाउन सक्थियो र ? आखिर एक दिन त त्यों छाल पनि साम्य हुनु नै थियो | केही दिन पश्च्हात ईस्वरप्रति को उसको सम्पूर्ण रिस राग मथर भएर गयो र जसोतसो उसले आफ्नो मनलाई बुझायो |
केही वर्ष घरको खेत र भन्सामै बिताएपछि उसले अब बिदेश जाने निर्णय गर्यो | र फेरी एकचोटी भिन्न सपना बोकी काठमांडू छिर्यो |