Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : मन्त्रीहरुको लागि परीक्षा !

Posted on February 28, 2015February 28, 2015 by mysansar

saturday-fiction एक जोडी भर्खर बिबाहित लोग्नेस्वास्नी टाढाको खेतमा मेलोको झन्डै मध्यतिर थिए।

“ए बाबु, तीर्खाले घाँटी सुकेर प्याक-प्याक भो, अलिकति पानी खान दिनुस् न !” लट्ठी टेक्दै बिस्तारै बाटो काट्दै गरेकी बुढी आमाले ठिंग उभिएर घाँटीबाट बल्लतल्ल सास पुर्याउंदै टुक्रे र धोद्रे श्वरमा याचना गरिन।

“लौनु हजुर आमा, पानी !” लोग्नेचाहिंले सान्सानो लोटाभरि पानी टक्र्याए। बुढीमाउले किक्ली-किक्ली पार्दै एकै सासमा सकिन र सकेको बलले दुई तीनपल्ट आ….. गरिन्। “ठुलो धर्म गर्नुभयो बाबु, पानी खान दिएर। भोकले नि त्यस्तै भाउन्न बनाएर डंग्रंङ ढल्छु कि जस्तै भा छ। खाने कुरा पनि केही छ कि बाबुसंग !” पानी खाँदा बढेको सास केही मथ्थर पार्दै थपिन।

“बिचरा !, ल लिनुस् ! यो सप्पै खानुस् !“ भन्दै आफूलाई ल्याएको अर्नी सबै दिए। “आहा, कति मिठो रैछ नि !” “आसिकै लागोस ! मनले चिताएको सबै पुगोस् ! यस्ता दयालु मान्छे पनि पाइँदा रहेछन यो पृथ्वीमा ! कस्तो साइतले हिडिएछ आज ! गासको बिचबिचमा यस्तै फत्फताउँदै सप्पै सकिन र खुसी हुँदै डकारिन्।

देब्रे कुममा भिरेको पन्तरो काखी मुनिबाट अघिल्तिर ल्याइन र खोतलखातल पार्दापार्दै एउटा सानो बाक्सा निकालिन्। “साह्रै गुन लायौ बाबु, लौ यो तिमीलाई बाटाहिड्ने बुढी आमाको चिनो !” भन्दै त्यो बाक्सा ऊ तिर तेर्छ्याइन।

“के हो हजुर आमा यो ? के छ यसमा ?” ती युबकले सोधे।

“बाबु यो जादुको बक्सा हो। तिमीलाई मन लागेको जे माग यसको शक्तिले गर्दा भन्नेबित्तिकै त्यो कुरा तिमी भा ठाँ आइपुग्छ। तर जे मागे पनि तिन्टा इच्छासम्म मात्रै पुरा हुन्छन नि !” बुढीले अर्थ्याइन्।

“तिन्टा कुरा जे चिताए पनि पुग्छन, हजुर आमा ?” ती युवकले एकदम अचम्म पर्दै सोधे।

“अँ तिन्टा मात्रै ! त्यही भएर जे पायो त्यही माग्न हुन्न। राम्रो सोंचेर विचार पुर्याएर मात्रै माग्नु पर्छ।” उसलाई बाक्सा थमाइन र “ ल त बाबु म जान्छु” भन्दै बाटो लागिन्।

ती जोडी पनि मेलो सकेर साँझपख घरतर्फ लागे। घर पुग्दा थकाइले लखतरान, र भोकले चुर थिए।

“आज एकदमै मिठो खाना खान पाऊँ परमेश्वर !” बुढी आमाले दिएको बाकसको नजिकै गएर हात जोडेर बिन्ती गरिन श्रीमतीचाहिंले। नभन्दै ढान्…टा…णा… गर्दै, हेर्दै मुख रसाउने बास्नादार खानेकुरा अगाडि आएर टक्रियो ! दुबैले रमाईरमाई खान थाले।

“वा, क्या दामी ! , उंमम… ! यसैसित अलिकति वाइन पनि खानपाए त क्या मजा आउंथ्यो है बुढी !” मुख कुच्च्याउँदै, आँखीभौं तन्काउन्दै, र मुन्टो हल्लाउंदै भने श्रीमतीको सक्कलमा सक्कल ठोकाएर। श्रीमतीले तु मन्जुर गरिन्। अनि उनले बाक्सातर्फ हात जोडेर पसारे र “ लौ परमेश्वरी, खतरा मिठो वाइन आइज !” भने। टाङ्ग्राङ्… टुङ्ग्रुङ्…गर्दै आएर एक बोतल वाइन टेबुलमा ठडियो ! टिल परुन्जेल दन्काए जोईपोइले नै !
खाली बोतल हेर्दै श्रीमतीलाई सोधे ती युवकले “अरु केके चिताएको पुग्छ यो बाकसले भन त भन बुढी ? भोलि पनि यस्तै मिठो खानेकुरा खान पाइयोस भनेर मागौं ?’।

“पख है पख बुढा, जे पायो त्यही मगौला नि फेरि ! अब एउटा भन्दा बढी कुरा मागेर पाइन्न। अन्तिम एउटामात्रै बाँकी छ। “चिताएको तिन्टा कुरा भन्दा बढी पाइन्न भनेको बिर्स्यौ तिम्ले ?” श्रीमतीले दाहिने हत्केलो हल्लाउंदै भनिन्।

“अँ त नि साँच्चै ! ठिक भनिस् बुढी ! बेलैमा सम्झाइस्। याँ सुन, भोलि यो बक्सा लेर राजा काँ जानु पर्यो र सप्पै कुरा भन्न पर्यो !”
“ल तेइ गर्नु पर्यो !” श्रीमतीलाई पनि ठिक लाग्यो श्रीमानको कुरा।

भोलिपल्ट ब्यानै त्यो बक्सा लिएर श्रीमानश्रीमती नै राजा काहाँ गए, र सप्पै कुरा सुनाए। कुरा सुनेपछि राजाले आफ्ना तीनजना मन्त्रीलाई पनि त्यहीं बोलाए र के कुरा माग्दा ठिक हुन्छ भनी पालैपालो तिनैजना मन्त्रीहरुसंग उनीहरुको राय मागे।

आफ्नो विचार पहिले राख्ने मन्त्रीले यसरी राय ब्यक्त गर्यो “ सरकार ! देशमा अनिकाल छ, जनता खान नपाएर मरिरहेका छन्। प्रसस्त अन्नपात पाइयोस् भनेर माग्नु बेस हुन्छ।”

“तिम्रो के राय छ त यसबारेमा?” राजाले अर्को मन्त्रीलाई सोधे।

“सरकार ! अन्नपात भन्दा त धेरै भन्दा धेरै पैसा माग्नु पर्छ। पैसा छयालब्याल भएपछि जनताले आफूलाई जे चाहियो तेइ किन्न पाउँछन्” दोश्रो मन्त्रीको विचार आयो।

राजाले तेश्रो मन्त्रीलाई पनि त्यसरी नै सोधे।

“अन्नपात अथवा धन माग्ने मूर्ख्याइं गर्नु हुन्न सरकार ! एकदम महत्वपूर्ण अर्कै कुरा माग्नु पर्छ ” उसले आत्मविश्वासकासाथ भन्यो।
“के हो त त्यो कुरा ?” राजाले फेरि सोधे।

“हामीले ________ माग्नु पर्छ सरकार ! त्यसो गरियो भने देशमा अन्नपात, द्रब्य, रोजगारी, बिकास केहीको पनि कहिलै अभाब हुँदैन सरकार !!” ती मन्त्रीले आफ्नो राय राजामा जाहेर गरे !

“आहा ! कस्तो राम्रो विचार ! हो त्यसै गर्नु पर्छ” राजा लगायत सबैले ताली पड्काएर उक्त बिचारलाई समर्थन गरे। त्यसपछि त्यो देशमा अनन्तकालसम्म पनि कहिलै कुनै कुराको अभाब हुन पाएन।

(उक्त मन्त्रीले के कुरा मागे होला ? तपाईं पाठकज्यूहरुको प्रतिक्रियामा पनि उत्तर मिलेन भने बताइने छ। यो कथा मैले अन्य भाषाबाट अनुबाद गरेको हुँ।)

18 thoughts on “कथा : मन्त्रीहरुको लागि परीक्षा !”

  1. prem says:
    March 3, 2015 at 4:51 pm

    next same like box (Magic Box)

    Reply
  2. Bidya says:
    March 3, 2015 at 1:31 pm

    skill

    Reply
  3. naran says:
    March 3, 2015 at 7:43 am

    आर्को जादुको बाकस

    Reply
  4. गौतम "उदय" says:
    March 3, 2015 at 4:11 am

    बिशालजीलाई – मुरीमुरी बधाई छ उत्तर अर्को त्यसै बाकस नै हो | तर त्यसले कसरी देशका सम्पूर्ण समस्या सधैसदाको लागी अन्त गर्छ त ? प्रस्ट पार्नु होला |
    धन्यबाद

    Reply
    1. Vishal says:
      March 3, 2015 at 11:48 pm

      धन्यवाद, गौतम “उदय” ज्यु. पहिले त मलाई लागेको थियो त्यो एउटा बाकसबाट तीन वटा अर्को बाकस, त्यसबाट नौ वटा गर्दै सारा जनतालाई एक एक वटा बाकस दिने. तर सबैले राम्रै उद्देस्यको लागि प्रयोग गर्लान भन्ने ग्यारन्टी भएन. त्यसकारण त्यो जादुको बाकसबाट देशभरिका जनताका लागि सुख, शान्ति, र सम्रिद्दि, यी तीन थोक माग्ने.

      Reply
  5. Vishal says:
    March 3, 2015 at 12:14 am

    अर्को जादुको बाकस

    Reply
    1. bibek dhakal says:
      March 3, 2015 at 1:53 am

      सहि जवाफ
      श्रोत तल छ :p
      http://e-studyonline.org/learning/exam/post-59/

      Reply
  6. Bogati says:
    March 2, 2015 at 10:47 pm

    Honesty

    Reply
  7. गौतम "उदय" says:
    March 2, 2015 at 5:43 pm

    उत्तर अझै मिलेको छैन ! उत्तरमा राजनीति छैन, देशको बिकासको लागि गहन चिन्तन छ, सबैले देशको खातिर गहन चिन्तन गरौँ त उत्तर मिल्छ कि ! त्यो मन्त्रीको विचार साधारण छ, तर अचम्मको र मार्मिक छ | कांग्रेस, कम्युनिस्ट, रा.प्र.पा, जनजाति आदि आदिको बर्गीय तथा पार्टीगत दृष्टिकोणले सोंच्यो भने उत्तर मिल्दैन है ! कुनचाहीं पाठकज्यूको देशको खातिर महान विचार रहेछ, उहाँलाई चिन्ने मेरो तीब्र इच्छा छ |
    सही उत्तर आएको १ घण्टाभित्र मैले सही उत्तर आयो भनी मेल गर्ने छु |

    Reply
  8. Baburam says:
    March 2, 2015 at 2:40 pm

    अनुशासन

    Reply
  9. ekraj says:
    March 2, 2015 at 2:23 pm

    यो सहि उत्तर कुन राज्य र कुन ऐतिहासिक युग को मन्त्रीले दिने भन्ने मा निर्भर गर्दछ|
    १. यदी कानुन को राज्य चल्ने देश हुनेहो भने ” बिबेक” सबलाई बिबेक देउ
    २. नेपालमा राजा को सासन भएको बेलामा हो भने -” बिरोधि लाई भुट”
    ३, नेपाल का हाल का मन्त्रीको उत्तर भन्ने हो भने ” ब्रह्मलूट”

    Reply
  10. binata says:
    March 2, 2015 at 5:06 am

    सहि उतर के हो ?

    Reply
  11. गौतम "उदय" says:
    March 2, 2015 at 4:00 am

    उत्तर गाह्रो छैन तर एकदम विचार पुर्याउनु पर्ने भने छ | अहिलेसम्मका कमेन्ट्समा मिलेको छैन | सबैले कोशिस गरौँ है | उत्तर मिल्ने बित्तिकै मिल्यो भनी मिलाउनेलई बधाई पठाउने छु | [email protected]

    Reply
  12. Raj Regmi says:
    March 1, 2015 at 10:56 pm

    Knowledge

    Reply
  13. arjun shrestha says:
    March 1, 2015 at 7:34 pm

    शान्ति

    Reply
  14. Kanak Piyare says:
    March 1, 2015 at 6:30 pm

    समिधान होला

    Reply
  15. binata says:
    March 1, 2015 at 12:30 am

    काम धेरै गर्नी र कुरा थोरै गर्नी बानि

    Reply
  16. narayan says:
    February 28, 2015 at 11:16 pm

    शान्ति

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme