Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रेमिट्यान्समा रमाउनेलाई तर्साइदिने समाचार

Posted on February 15, 2015February 15, 2015 by mysansar

कहिलेकाहीँ विदेशतिर बस्नेसँग च्याट गर्नुपर्छ, क्या ठूलो गफ दिन्छन्- हाम्रो रेमिट्यान्सले देश चलेको छ, हाम्रो रेमिट्यान्स। उनीहरुले विदेशमा कमाएर पठाएको पैसा सिधै नेपाल सरकारको कोषमा जम्मा भएर त्यही पैसाबाट बजेट आउने त होइन तर देशको अर्थतन्त्रमा २७ प्रतिशत योगदान रेमिट्यान्सबाटै हुने चाहिँ हो। तर रेमिट्यान्स सस्तो किसिमले भने आउँदैन। प्रियजनबाट टाढा रहने मूल्य चुकाउनु पर्छ रेमिट्यान्समा। स्वभाविक रुपमा यसले व्यक्तिका इच्छा, आवश्यकतालाई अस्वभाविक रुपमा पूर्ति गर्नुपर्ने स्थिति निम्त्याउँछ। त्यस्तो अस्वभाविकपनालाई स्वभाविक रुपमा लिन नसक्दा कस्तो परिणाम आउँछ, आज खोटाङबाट आएको एउटा समाचारले प्रष्ट पार्छ।

कुरो के परेछ भने गएको माघ २ गते खोटाङको फेदी-४ को एउटा घरमा आगलागी हुँदा २२ वर्षकी निर्मला उर्फ सुश्मा राईको मृत्यु भएको खबर आयो।

सुश्माको परिवारलाई शंका लागेर प्रहरीमा उजुरी दिएछन्। लाशको पोस्टमार्टम गर्दा पाँच महिनाको गर्भ रहेको पनि खुल्यो।

पुलिसले अनुसन्धान अगाडि बढायो। अनि पो थाहा भयो केको आगलागीमा मरेकी हुनु, उसकै लोग्ने २४ वर्षका सुदीप राईले मारेको रहेछ। मारिसकेपछि लुकाउन घरमा आगो लगाएछ।

विदेशबाट घर आउँदा स्वास्नीले पेट बोकेको थाहा पाएपछि दुई जनाबीच मार झगडा परेको रहेछ। त्यही रिसमा रातको २ बजे मारेकफ रहेछ।

पुलिसले स्वास्नी मार्ने लोग्नेलाई हत्याको मुद्दा लगाउने भएको छ। अर्का एक युवक दुर्गाधन राईलाई पनि प्रहरीले अनुसन्धानको क्रममा पक्रेको रहेछ। हत्यामा संलग्न नभए पनि सुश्मासँग सम्बन्ध जोडिएकोले पक्राउ गरिएको रहेछ। अब यिनलाई केही मुद्दा लगाउन त सकिन्न। बिचरी स्वास्नीले ज्यान गुमाइन्, लोग्नेले अभियोग प्रमाणित भए आजीवन जेल बस्नु पर्छ। यो त एउटा प्रतिनिधि घटना मात्र हो। यस्ता धेरै घर बिग्रिएका छन्। रेमिट्यान्स निकै महँगो मूल्य चुकाएर पो आउँछ त!

20 thoughts on “रेमिट्यान्समा रमाउनेलाई तर्साइदिने समाचार”

  1. Bimal says:
    February 17, 2015 at 12:24 pm

    “हाम्रो रेमिट्यान्सले देश चलेको छ” यो भनाइहरु मैले पनि धेरै
    सुन्ने गरेको छु आज भोलि …!!! कसरि ?

    Reply
  2. wang li says:
    February 17, 2015 at 6:53 am

    कुरा सहि हो .अब बाहिर अरु तिर नगए त धेरै राम्रो हो तर विदेश गए पछि न श्रीमान ले न श्रीमती ले रिमोट कन्ट्रोल ले जसरि कन्ट्रोल गरेर राखन त पक्कै सक्दैनन् होला ..तेसैले मान्छेहरु मा यस्ता कुरा को जन चेतना फलाउनु जरुरि भै सक्यो ..

    Reply
  3. डिल्ली says:
    February 16, 2015 at 12:27 pm

    स्वर्ग जस्तो देशमा अपराधको मल छरेर पापको फल फलाउने दल, निर्दल र दलैदल मिलेर देश दलदलमा फँसाउँदा यसरी नैतिकता शुन्य बन्दै अपराध बृद्दी भए जस्तो लाग्छ । रेमिट्यानस्मा अर्थतन्त्र प्रत्यक्ष नधानिए पनि परिवार धानिएको रेमिट्यान्सले नै हो भन्नु पर्ने स्थिति छ । जग्गा जमीन बाँझो छोडेर सदरमुकाममा रेमिट्यान्सकै आयले चाउचाउको तरकारी पकाएर खाने परिवारको बढोत्तरी भएको छ । पारिवारिक र शारीरिक आवस्यकता यी दुई भिन्न पाटाले के गाउँ के शहर सबैतिर नैतिकता ह्रास भएको छ । रेमिट्यान्स भित्र्याएर सुन्दर परिवार बनाउन विदेशिने कि पत्नी शारीरिक मोहले गाँजेर परपुरुषको आलिङ्गनमा बाधिन जाँदाको अवस्थाले पराकाष्टा नाघ्दाको जघन्य अपराध हो । यदी परिवारसँगै बस्ने अवस्था आएको भए सायद यो स्थिति नै आउने थिएन वा आए पनि धेरै कम प्रतिशत भित्र पर्ने थियो र परे पनि रेमिट्यान्स भित्र पर्ने थिएन । विदेशिएको परदेशीको रेमिट्यान्स भित्रै गाँसिएको अपराध हो यो ।

    देशमा सरकारले बैदेशिक रोजगारीलाई लक्ष साँधेको छ । अर्थमन्त्रीले बजेटमा हुलेको रेमिट्यान्स भित्र्याउने लक्ष, विदेशिएकाले देशमा भित्र्याउने रकममा करको दर तोक्न तयार रहेको अर्थमन्त्रीको “अर्धनग्न” चरित्रले यस्ता अपराधमा परोक्ष अर्थ राख्छन् । किनकि परिवारसँगै बस्न नपाउने अवस्था दलको दलदल र निर्लज्ज सरकारले नै मलजल गरेको हो । भविश्यमा यस्ता घटना नघटुन भन्ने कामना ।

    Reply
  4. Shankar says:
    February 16, 2015 at 2:00 am

    समस्या बिदेसिएर मात्र भन्दा पनि अरु कुरा हरु पनि छ |
    १) परिबार नियोजन को अस्थायी साधन मा पहुच कम या ज्ञान कम भनौ |
    २) नैतिक शिक्ष्या को अभाब
    र अरु कुरा हरु पनि छन् | बिदेसिनु रहर न भै धरैलाई बाध्याताको परिवेश पनि हुन् सक्छ |
    समाज मा फितलो नियम कानुन ले एक्ली तरुनी देख्ना साथ् जाल बुनि हाल्ने , सेक्स अब्युज आदि कुरा पनि छन् |

    Reply
    1. xyz says:
      February 16, 2015 at 9:46 am

      मित्रको तर्क – परिवार नियोजन , नैतिक सिच्च्या सुनेर ताजुब लाग्छ , कामकुरा एकातिर कुम्लो बोकी थिमी तिर, Issues like these will continue to happen in our society as long as we send able bodies in foreign lands. Imagine the problems created in foreign countries by the male/female counterparts? How many daughters lost their asmita due to Gurkha bharti kendra? Don’t you think Devkota wrote Muna Mandan for nothing?

      Reply
      1. Shankar says:
        February 16, 2015 at 10:42 am

        Dont be surprised my friend, rather think seriously how important these moral educations are for a disciplined life and enlightment if one means it to be. You will learn its importance and value if you are a father.
        Also talking family planning , birth control pillls is not irrelevant if we are touching the sex subject. Sex is like a sword if you mishandled it, read the above article what happened to Rai family.
        I already mentioned, leaving motherland is nobodies choice and nobody either are forcing someone to leave their country. Neither We are sending or Our government is sending as you said( except few), Majority of people are leaving for their own cause.
        As long as we can not prevent people travelling abord for employment and education, the least effort we can make is to cope with this imminent situation. Better options are always on floor and we should be able to recognise it.

        Reply
        1. xyz says:
          February 16, 2015 at 2:42 pm

          नैतिकताको कुरापनि गर्ने फेरी परिवार नियोजनको साधन पनि बोका भन्ने, कुरा आली मिलेन Do you honestly think all those people who went abroad for work left the country voluntarily? How naive you are? Then tell me why chunk of those who left the country are from Terai or jana jatis from mid hills. Why there are less number of bahuns and chhetris going to Gulf countries, Malaysia or S. Korea for jobs?

          Reply
          1. Shankar says:
            February 16, 2015 at 5:22 pm

            You are little educated ignorent. So no one can answer you in words.
            Problem and issues were ”this happened in our society and it is heading towards – – – – – – – ” .
            I presented some solutions ” moral education, family planning pills, – – – -”
            So it is obvious these are two different ways and there can be third one even more different than both

            Regarding your jati questions, where did you get these statistics?
            You seems to have corrupted ugly mind. Make an habit of watching into a glass every day rather than pointing fingers to others. You might be surviving low life
            in some corner overseas and vomiting poison.
            Also some Bahun , chhetris are getting honeymoon clelbration in national budget, why would they go to 45 degree temperature?
            Majority of them are poor even going to meditorian line and Alaska for living and education.

            Of course many of them Voluntarily you moron, गरिबी र बाध्यताले व्यक्तिगत लेबल मा म्यान पावर एजेन्ट मार्फत from Nepal , some through India , |
            अनि मदिसे भन्दैमा तलाइ ला खा भन्दैमा इन्डिया सरकार ले त् दिदैंन , इन्डियन हरु झन् बादी छ अरब मा नेपाल सरकार आफै माग्ने छ कहा दिन सक्छ ?
            Many janjaati ( kshetri also is included) went to Arab the same way.

            Reply
            1. xyz says:
              February 17, 2015 at 7:41 am

              Your language you use speaks of your status, class, personality and, of course, your psyche.

              Reply
              1. रमेश says:
                February 19, 2015 at 12:22 pm

                हो हो| शंकर ब्रो खत्तम रैछ भन्ने बुझियो| उँहाको अरु पोस्टिङ्गमा पनि देखिएको छ| सादर तर्क गर्न नसक्नेको स्तर के भनौ?

                Reply
                1. Shankar says:
                  February 20, 2015 at 4:30 am

                  नाम बदल्दैमा मन को कुरुपता छिपिने कुरा हो र |हामि तिमीजस्तो परमेश्वर ले पाइप बाट पानि खन्याएर चोखो बनाएको परेनम त् खत्तम हुने नै भयो |
                  आर्को कुरा मुख मा कोच्याइदि सकेपछि पनि अब जबाफ को लागि ठाउ छ र भन्या ?

                  Reply
      2. Bayan says:
        February 16, 2015 at 9:40 pm

        जर्मनीको स्पेलिंग बिग्रदैमा कसैलाई नाना थरिका कुरा राखेर गाली चै नगरी हालम/ बास्तवमा शंकरज्युको कमेन्ट माथिको बिसयमा सर्बोत्कृष्ट कमेन्ट हो/ कमेन्टमा वान्हाको शब्दको छनोट अथवा भन्ने तरिका फरक पर्यो होला तर भन्न खोजेको आशय अत्यन्तै जायज छ/ मेरो बिचारमा शंकरजीले lesser of two evils भन्न खोजेको हो/ श्रीमान विदेश कमाउन जाँदा उनकै कमाई खांदै नेपालमा नाठो खेलाएर बस्नु कदापी राम्रो कुरा होइन/ तर एक जनाको हत्या हुनु, अर्को आजीवन काराबास बस्नु पर्ने हुनु जसले गर्दा बूढाबुढी बाबुआमाको बुढेश कालको सहारा गुम्नु र छोरा छोरीको बिचल्ली (छोराछोरीहरु पनि भएको भए) हुनु भन्दा शंकरज्युले भनेको जस्तो गरेर काम चलाउनु धेरै नै राम्रो हो (यदि आफुलाई कन्ट्रोल गर्न सकिंदैन भने)/

        Reply
        1. रमेश says:
          February 20, 2015 at 10:44 pm

          जे पनि भन्नुस, पूर्वाग्रहरहित हेर्दा मैले पनि शंकरजीको कमेन्टमा विरोधाभास पाए| एकातिर
          परिवार नियोजनको साधन र अर्कोतिर नैतिकताको कुरा| तर सम्भवत कैले काँही विरोधाभास देखा पर्न त्यति ठुलो कुरो होइन| तर यस्तो फोरममा लेक्चर छाट्न खोज्नेको तर्क गर्ने स्तरीयता नहुनु हुन् चाँही नमिले जस्तो लाग्यो| बस मलाई यति थप्न मन लाग्यो|
          शंकरजीको शंकालु मनलाई यो कमेन्टकार xyz होइन भन्ने पनि जानकारी गराउन चाहन्छु|

          Reply
          1. Shankar says:
            February 21, 2015 at 5:17 am

            रमेश जी
            तेसो भए मैले भन्न खोजेको कुरा पनि त् स्पस्ट नै त् छ नि | यी दुइ फरक फरक बुदा हुन् |
            उक्त समस्या को समाधान कुन कुन कुरा ले सम्भब छ भन्दा यी यी कुराले भन्न खोजेको हो |
            जस्तो कि यो समस्या को एक कारण मानिस को यौन चाहना हो |
            यौन लाइ यात आफु ले आधात्मिक साधना बा नैतिक बल तिब्र पारेर जित्न सकिन्छ अब जित्न न सक्ने हो भने पनि यो बिबादास्पद बिषय भएकोले येस्मा जानुनै पर्ने भए
            येस्बात पछि आउने समस्या बाट बच्न कन्दम को प्रयोग गर्न पर्यो |
            मूल उद्देस्य यहा समाज मा उठेको समस्या जस्तो कि ति राइ नानीले मर्नु पर्यो तेस्को निराकरण यो यो तरिकाले हुन् सक्थ्यो भन्ने कुरा हो |
            यो कुनै आफु सग न भएको ग्यान छाट्ने उद्देस्य का कुरा थिएनन् |
            मूल समस्या माथि केन्द्रित भएर भिन्न भिन्न जस्तो लाग्ने तर दुइ समाधान , पुग्ने बाटो येउतै |
            फेरी यो कुरा तेती तन्काउनु पर्ने ,सबाज जबाफ गर्ने कुरा पनि त् थिएँन |

            Reply
  5. Mk says:
    February 16, 2015 at 12:47 am

    धन्यवाद मेरो संसार लाई एस्तो सांदर्विक स्समाचार को लागि/ एस्तो घटना घटाउन वाध्य पार्ने सरकारले दोष स्विकार्नु पर्छ /
    एस्ता तथा अन्य वास्तविक र जघन्य घटनाले नेपाल सरकारको घैटो मा घाम कहिले लाग्ने हो, कुन्नि ? समस्या हरु लुकाएर होइन कि फुकाएर सामना तथा समाधान गर्नु पर्छ/

    Reply
  6. gambhir says:
    February 15, 2015 at 11:20 pm

    वाईहात , यो समाचार ले रेमिय्याँस घटछ कि बड्छ ? हैन माई संसार ले अब बिसय र समाचार पाउन छाडेको हो?यस्ता समाज मा हुने अपराधिक घटना लाइ रेमिट्यान्स संग लेना न देना /

    Reply
    1. महेन्द्र says:
      February 15, 2015 at 11:26 pm

      हाहाहा यी गम्भीर भनाउँदालाई मिल्ने शीर्षक राख्नु भएछ ब्लगको
      कुन देशमा रेमिट्यान्सको फुर्ति लाउँदै होलान् कुन्नि बेस्कन तर्सेछन् ।
      माइसंसारले विषय र समाचार पाउन छाडेको हो भनेर सोधेछन् । के यो विषय होइन ? के यो समाचार होइन ? यो त झन् गम्भीर विषय हो ।
      रेमिट्यान्ससँग लेना न देना रे ? बूढो विदेशमा बिग्रेन, बूढी नेपालमा बिग्रने रेमिट्यान्ससँग सीधै सम्बन्ध छ फुट्या आँखाले देखेन कि शुतरमुर्ग जस्तो टाउको लुकाएर देखिनँ देखिनँ भनेको हो ?

      Reply
      1. gambhir ,germny says:
        February 16, 2015 at 5:37 am

        मित्र यस्ता समाचार दिनहु पडिञ्छ अकबार मा, कुरो सामाजिक अपराध संग जोडिएको छ …के रेमिट्यान्स नपठाउने समाज मा यस्ता घटना घत्दैनन ?बिसय यहा अर्कै छ ,हत्या को. ..कुरो को उठान मा रेमिट्यान्स जोडियो / मित्र कुरो को चुरो बुझौ रामरी पडौ…बिना पत्ता मा उल्टो बान्ता नगरौ /

        Reply
        1. महेन्द्र says:
          February 16, 2015 at 9:45 am

          गम्भीर मित्र, कुरोको चुरो आफैले राम्ररी बुझौं। जर्मनीको स्पेलिङ जर्मनी हुन्छ germny हैन। अनि त्यहाँ बसेर दिनहुँ अखबार पढिन्ंछ भनेर जोत चैं नहानुम् ल। कुरोको चुरो रेमिट्यान्स हो। पैसा कमाउन लोग्ने बाहिर जाँदा स्वास्नीले यौन आवश्यकता पूरा गर्दा भएको घटना हो। बाहिर जाने लोग्ने बिग्रिएका छन्, घर बस्ने स्वास्नी बिग्रिएका छन्। कुरोको चुरो यो हो। जर्मनीमा रेफ्युजी बनेर बसेकोले होइन भनेर टाउको लुकाउँदैमा हुन्छ ? बरु घरतिर हेर्नुस्, कतै तपाईँकै बूढीलाई कुनै लाठेले फकाइरा त छैन ?

          Reply
          1. xyz says:
            February 16, 2015 at 3:20 pm

            महेन्द्रजी ,
            बिद्वोता छाट्ने हो भने आफ्नो नामपनि Capital letter बाट लेख्नु पर्यो भानुसना?

            Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme