-सौगात शर्मा पौडेल-
अङ्ग्रेजीमा आत्मबललाई “self Esteem” भनिन्छ । जब एउटा मान्छे को आत्मबल गिर्छ त्यसलाई अङ्ग्रेजीमा भनिन्छ “Low Self Esteem” । आज म यसै गिरिएको आत्मबलको बारेमा केहि लेख्दै छु । मेरो बिचारमा यो एक रोग हो “मानसिक रोग” । यो रोगको मुख्य कारक तत्व भनेको “समाज” हो । म सन्सारमा चलिआएका ठुला ठुला ब्यक्तिको उदाहरण दिन चाहन्न । मलाई लाग्छ मेरै उदाहरण काफी छ कि यो समाज कति निच छ र कति गिरेको छ । आत्मबल कसरी गिर्छ र आत्मबल गिराउने तत्व के के हुन् त ???
१. खिसि ट्यूरी
उमेर थियो त्यस्तै ७-८ बर्ष । मेरो बोली स्पस्ट थिएन । छिमेकको एउटा घरमा खेल्न पुगेको थिएँ, खोइ के प्रसङ्गमा हो “हरियो चप्पल” भन्नु पर्नेमा स्पस्ट बोली नभइदिनाले “हगियो चप्पल” भने । त्यो दिन देखि लगभग सबैले मलाई चप्पल हगिस भन्दै सोध्न थाले । खोइ जिस्काका हुन् कि के गरेका हुन् तर त्यो कुरा को यति चोट परेछ कि आज सम्म पनि “हरियो” भन्नु पर्दा “Green” शब्द प्रयोग गर्छु । बिस्तारै थाहा पाएँ मैले “र” शब्दको उच्चारण राम्रो सगँ गर्न नजान्ने रैछु, कसैले मलाई त्यो सुधार्न सल्लाह दिएन कसैले केहि भनेन । अहिले आएर थाहा पाएँ त्यहि बेला oral exrcise गरेको भए त्यो समस्या हल भइसक्ने रहेछ तर कसैले सकरात्मक हिसाबले मेरो समस्या हल गरिदिने अबसर नै दिएन ।
यसरी “र” , “ड” जस्ता २-४ वटा अरु अक्षरहरु बोल्नमा समस्या हुने रैछ भनेर बुझ्दै गए र आज सम्म पनि यहि समस्याका कारण धेरै चोटी हाँसो को पात्र बन्ने गरेको छु । मेरा लागि ३६ अक्षर युक्त वर्णमाला घटेर ३० अक्षरिय भइसके । यसरी कलिलै उमेरमा अस्पस्ट बोलीका कारण मेरो आत्मबल घट्न सुरु भयो । कक्षा ४ मा आइपुग्दा खासै नमौलाएको मेरो आत्मबल र आफ्नै बोली देखि तर्सिने मेरो बानीको बाबजुत पनि मैले ज्ञानकुन्ज स्कुलमा बतृक्त्वकला प्रतियोगीतामा दोस्रो स्थान हाँसिल गरें । २-३ बर्ष अगाडि “हरियो चप्पल”ले देखाएको त्रास अब कम हुन थाल्यो । म साथि भाइ सगँ घुलमिल हुन थाले । रमाउन थाले र कक्षा ४ सकियो । मलाई कक्षा “६”मा भर्ना गरियो, स्कुल परिवर्तन गरियो । नयाँ ठाउँ, नयाँ साथि भाइ सबै आफू भन्दा अग्ला अग्ला, डरले नै पनि मेरो बढेको आत्मबल गिर्यो, त्यसमाथि कक्षा ५ नपढि ६ पढ्ने भाको पढाइ पनि सकियो, वाक शक्ति पनि सकियो र म शिथिल हुँदै गएँ ।
२. इच्छा शक्तिको हत्या
नयाँ स्कुल “पिनाकल स्कलर्स एकेडमी, कलङ्की” मा सङ्गीत सिकाइने रहेछ । गितार बजाउन साह्रै रहर लाग्यो । म पनि सिक्छु भन्दै गितार कक्षा छिरे । तर गितार गुरुले ठाडै भनिदिए , ” तेरो औलाँ सानो छ गितार बजाउन सक्दैनस् ” यत्ति भनेर गितार गुरुले मलाई कक्षाबाट निष्काशन गरिदिए । रुन मन लाग्यो तर रोइन र त्यो घटनाको प्रभाव यस्तो बसेछ कि १० बर्ष सम्म पनि म त्यहि सोच्दै बसें, औला सानो हुने ले गितार बजाउन सक्दैनन्, तर सबै झुट्टा रहेछ नसकिने त केहि पनि रहेनछ । यसरी मेरो सङ्गीत सिक्ने चाहनाको चिरहरण भयो । मेरो आत्मबल फेरी नाङ्गीयो ।
सायद ५ कक्षा नपढेकाले होला मेरो पढाई धुजा धुजा भयो, कक्षा ७ सम्म आइपुग्दा हाम्रो स्कुलका प्रध्यानध्यापक ज्यूले कमजोर बिधार्थिहरुको छुट्टै समुह विभाजन गरिदिनु भयो । कक्षामा बस्दा पनि सगैं बस्नु पर्ने, पुस्तकालय जाँदा नि सगै जानु पर्ने, कमजोरको साथि कमजोर र जेहेन्दारको साथि जेहेन्दार नै गराउनु भयो । उहाँले यसो गर्दा अलि अलि बन्न लागेका साथिहरु नि छुटे, प्रिन्सिपलले गाली गर्छ भन्ने डरले उनिहरु पनि बोल्दैन थिए, म पनि सधै चुप ।
३. आरोप
आमाले सानै देखी लेख्न प्रेरित गर्नु हुन्थ्यो, लेख्थे पनि । कक्षामा पढ्ने र नपढ्ने हरुको समुहमा विभाजन भए देखी मनोबल गिरेको थियो । त्यहि पनि त्यो स्कुलमा भानु जयन्तिका दिन कविता प्रतियोगिता हुने रहेछ । हामीलाई एक हप्ता अगाडि नै जानकारी गराइयो । साढे एक बर्ष अगाडि बतृक्त्वकलामा दोस्रो भए देखी मैले केहि पनि जितेको थिइन, कहाँबाट यस्तो इच्छा शक्ति मौलायो कि सोँचे यो कविता प्रतियोगिता मेरै हो । र हप्तै भरि तयारी गरें दत्त चित्त भएर कविता लेखे । मलाई याद छ अझै त्यो कविता ती हपुवाहरुको भन्दा उत्कृष्ट नै थियो । म कविता बाचन गर्न स्टेजमा गएँ, ४ हरफ बाचन गरिनसक्दै प्रिन्सिपल ज्यूले मलाई सुटुक्क बोलाउनु भयो र बाचन गर्न दिनु भएन, उहाँले भन्नु भयो त्यो कविता मैले कसैको सारेको हुँ, मैले त्यो कविता चोरी गरेको हुँ । यसरी आफ्नै कविता आफैले चोरेको भन्ने आरोप लाग्यो र म चोर कहलिएँ ।
४. मानसिक दवाव
सानैमा निमोनिया र कलङ्कीको धुवाँ धुलोको दुस्प्रभावले गर्दा “दम” भन्ने घातक रोग देखिइसकेको थियो । स्कुलमा पुस माघमा खेल कुद आयोजना हुन्थ्यो । साह्रै प्रिय लाग्ने खेल “क्रिकेट” खेल्ने इच्छा थियो तर मलाई दम छ भन्ने जानकार पाएका शिक्षकहरुले खेल्न दिएनन् । केहि नगरे पनि विकेट किपर बस्छु भन्दा पनि सुनेनन्, ७ बर्ष कै उमेर देखी रातो क्रिकेट बलको सिम पकड्न सिकेको मलाई क्रिकेट खेल्न कहिल्यै दिइएन, रोगको कारण देखाइ मेरो गिरेको आत्मबलको फाइदा लिनेहरु मेरै साथिहरु थिए । शिव खेराको किताब “You Can Win” मा उनले लेखेका छन् एउटा रोगिलाई जति रोगको बारेमा त्राश देखाइन्छ रोगले त्यत्तिनै चाँडै थला पार्छ तर यो कुरा कसैले बुझेनन् म खेल्ने कोशिस गर्छु भन्दा पनि निर्दयीहरुले कहिल्यै खेल्न दिएनन् । म राणाकालिन पिडित जनता मात्र बन्न सकें, क्रान्तिकारी गङ्गालाल कहिल्यै बन्न सकिन केवल मेरो गिरेको आत्मबलले गर्दा ।
यसरी नै म मा विकसित हुन सक्ने बिभिन्न प्रतिभाहरु पतन हुँदै गयो, १२-१३ बर्षको उमेरमा नै उच्च रहनु पर्ने आत्मबल यत्ति नमज्जा सगँ गिर्यो कि के भन्नु ? अब कक्षा १० सम्ममा आइपुग्दा म न त कसैसगँ बोल्थे न त मलाई कुनै कुराको चाख थियो, ४ बर्षमा मेरो आत्मबलको जन्मन नपाउँदै हत्या गरिएको थियो, “भ्रुणहत्या” । हत्या गरेको थियो मेरा नव स्कुलका मित्र, निकृष्ट शिक्षक र समस्त स्कुल प्रशासनले ।
५. मित्रतामा फाटो
साथिको नाममा खास कोहि थिएनन्, पढाई त आलु थियो । कक्षामा प्राय प्रथम हुने साथिसगँ बस्थे । निकै नै तेज उनिसगँ धेरै कुरा सिक्न पाउँथे । उ सगँ त्यस्तो हेपाहा प्रबृति त थिएन तर जब आफू कमजोर भइँदो रहेछ तब आफ्नै गल्लिको कुकुरले नि भुक्ने रहेछ । एकदिन यस्तो घटना घट्यो जुन मैले केवल फिलिमहरुमा मात्र देख्ने गरेको छु । एकदिन ती तेज साथिको बुबा स्कुल आउनु भयो, आफ्नो छोरोलाई हेर्नु भयो र सायद प्रिन्सिपललाई गएर सोध्नु भयो, “त्यो मेरो छोराको छेउमा बस्ने को हो?” उसको छेउमा बस्ने म थिएँ। प्रिन्सिपल र साथिको बुबा बिच केहि वार्तालाप चल्यो, एकैछिनमा प्रिन्सिपल कक्षा कोठामा आए र मलाई प्रथम हुने देवकोटा जी सगैँ नबस्न भने र मेरो झोला लगेर अन्तै राखिदिए ।
त्यसबखत त मैले कुरा बुझिन, भोली पल्ट त्यहि साथिसगँ बसौला र केहि ज्ञान गुणका कुरा सिकौला भन्ने आशयले सगै बसें तर देवकोटा जीले यस्तो जवाफ दिए “सौगात तिमी पढाई मा कमजोर छौ, मलाई मेरो बुवाले तिमीसगँ नबस्न भन्नु भाको छ, म आज देखी तिमीसगँ बस्दिन र तिमी मेरो घरमा फोन पनि नगर्नु” । जिन्दगिमा त्यो बेला जस्तो गहिरो चोट कहिल्यै पनि परेको छैन, घुटुक्क थुक निले र भने जस्तै गरें । आत्मबल पछि को भ्रुण हत्या पछि पनि त्यहि लासलाई पनि बलात्कार गरे जस्तो लाग्यो ।
म सायदै जिन्दगि मा त्यति धेरै दुखी भएको छु । एक दिन ती मित्र घुम्दै घर आइपुगेका थिए, भित्र सम्म बोलाउने जाँगर पनि चलेन । ती मित्रका बाउ गोरखाका देवकोटा हुन् धेरै पढेका धेरै ज्ञानी गुणी, सायदै गोर्खे पानी नै राम्रो होला । त्यहि साथिको बाउले पढेको बिषय पढेर म पनि केहि गरम्ला झै लाग्थ्यो र गरे पनि म पनि आज एउटा इन्जिनियर भएँ, ती जस्तै सिभिल इन्जिनियर । साथ साथै सामाजिक कार्यकर्ता भएँ, समाजको लागि गरेको छु भनेर शिर ठाडो बनाउन सक्ने भएँ । स्कुले जिन्दगिले धेरैलाई सुनौला पल दिन्छ तर मलाई केवल आँशु दियो । यो समाजले मलाई कहिल्यै प्रोत्साहन गरेन, सधै मेरो कमजोरीलाई eyeglass लगाएर देखाइदियो कहिले मलमपट्टी गरेन ।
अन्ततः
मैले जस्तो समस्या अरुले भोग्न नपरोस्, ती खिसि ट्यूरी गर्ने गर्नु भाको छ भने सोच्नु होला, एक अबोध बालकको कमजोरी औलाइदिनु भन्दा पनि कमजोरी को निकाश दिनु ठुलो कुरा हो । बालापनमा धेरै सकरात्मक इच्छा हरु जाग्न सक्छन् तर असहयोगी परिवार र मैले भोगे जस्तै असहयोगी स्कुल प्रशासन कसैले भोग्न नपरोस् । त्यो कलिलो उमेरमा जे एउटा बालकले सुन्छ त्यहि सिक्दै जान्छ, उसको सिक्ने चाहनालाई लाठि चार्ज गर्नु भन्दा उसको मनोभावना बुझ्नु जरुरी हुन्छ । यसरी नै यदि तपाईहरुले पनि मेरा पिडकहरुले झै कसैलाई ब्यबहार गर्नु भएको छ भने आजै बाट बन्द गरिदिनु । गिरेको आत्मबललाई फेरी उकास्न निकै नै गाह्रो पर्ने रहेछ ।
आज जब म आफ्नो अतित सम्झन्छु, म खुसि हुन्छु । आत्मबल बटुलेर फेरी ब्यूतिएको छु । त्यो चार कक्षे बतृव्तकलाको प्रतियोगि भएर ब्यूतिएको छू, आवाज स्पस्ट नहोला, फेरी “हरियो चप्पल”लाई “हगियो चप्पल” नै भनिएला तर म आज खुसि छु । यत्तिका बर्ष सम्म अपहरित मेरो आत्मबल आज म सगै छ ।आजकल त धेरैले मलाई भन्छन्, मैले मेरो बोली पनि चुइगम तन्काको झै तन्काउछु रे तर हरेक शब्द शब्द मा म मेरो अतित सम्झदै बोल्दै हुन्छु, म यत्तिका बर्ष सम्म टालिएका ओंठ र काटिएका जिब्रो पुनः आफ्नो स्वरुपमा आउँदा खुसी छु । मेरो आत्मसम्मान फर्कि आएकोमा खुसी छु । म चिच्याइ चिच्याइ बोल्न चाहन्छु, म त्यहि माइक समाउने चार कक्षे बालक बन्न चाहन्छु ।
केही कुरा खोज्ने क्रममा ९ वर्ष अगाडिको लेख पढ्न पुगेछु । तर यो अनुभव सँधैका लागि चिन्तन मनन् गर्नै पर्ने कुरा हो । धन्यवाद यति सरल र छोटो तरिकाले पस्किनु भएकोमा ।
डिग्रीको भण्डार लीने भन्दा पनि असल र सकारात्मक सोचको मानिसले अगुहाई गरने भने हरेक बय्क्ति भीत्रको मनोबल बडेर जान्छ | आफ्ना प्रगति भन्दा पनि अरुको कामको बदी चासो, आरोप लगाउने, गल्तिलाइ हासो माजक बनाउने| यी सबई सामाजिक
शिक्षाको देन हो जस्तो लाग्छ |
Thanks for sharing your experience through this article. I have following understandings and suggestions.
1. Try to forget the past and live in present. Do not imagine about future. Past is DEAD future DOES NOT EXIST. So, concentrate on present so that you can live and work 100% on what you are working/busy.
2. People do mistakes (misbehave) because they did not have chance to learn it (as their circumstances did not permit them). Probably, their family education or social practice did not teach them how to behave properly or responsibly.
3. People do not grow by AGE. A 25 years old person can be wiser than 75 years old. So, spent your every minute as “Quality Time”. Positive thoughts, humility, simplicity, limited desires, loving others (unconditionally) regardless their flaws (manufacturing defects are more or less in all people varying in degree), self-value (it’s not ego but self-respect) and similar positive traits will help you.
4. Forgive to those who mistreated you. The forgiveness is not for their benefit, but it is for your own benefit as it would create peace of mind and happiness within yourself. Your mind is not a garbage can, so do not collect all the garbage like hate, anger, envy, prejudice as it does not trouble them, but troubles yourself. Those who misbehaved you would not know what you have in your mind (I mean all these bad feelings for revenge).
5. The ultimate goal of our life is “Happiness” and “Peace of MInd” regardless we are Bill Gates or Mukesh Ambani, Barak Obama or Mr. Modi, or any noble laureate. In other words, there is no meaning of money, social or political status, academic degree or any honor given in the society if your are not happy or you lack peace of mind (and cannot sleep well).
Saugat Jee, remember you are not the only victim in this Nepal (as some of them have shared in this forum) to lose self-respect or self-esteem. There may be worse cases than yours in Nepal but we would not know until we do credible research on this topic. I have seen those courageous ladies returning from Mumbai and running anti-prostitution agencies, a street lady running Raksha Nepal for special target group, and similar other examples can be found in Nepal. So, the past moments of your life may guide you to work for those victims who were similar psychological victims like yours.
मलाई लाग्दछ तपाईमा डिप्रेसन छ.
कृपया मनोचिकित्सकसग परामर्श गर्नुहोस. Bullying सामाजिक अपराध हो. तर तपाई अघि बढ्न छाडेर हिजो अस्ति के भएको थियो तसैको सेरोफेरोमा present ब्यर्थ व्यतित गर्दैहुनुहुन्छा .
सर्वप्रथम त सौगात जी लाइ धन्यबाद , खासै ध्यान नदियिने संबेदनशील बिषयमा आफ्नो भोगाइ समेटेर लेख प्रस्तुत गरिदिनुभएकोमा. बिशेषगरि खस्किएको आत्मबल, नकारात्मक सोच, डर, हिच्किचाहट, हिनताबोध आदि धेरै समस्याहरुको जड यस्तै बाल्यकालका सामान्य घटनाहरुसंग सम्बन्धित हुन्छन. ति घटना जुन हाम्रो अर्धचेतनमा बसेको हुन्छ कि तिनले ज्योतिष हरुले भन्ने गर्य जस्तो नक्षत्र प्रभाव जस्तै जीवनको हर क्षेत्रमा ठुलो प्रभाव पारिरहेका हुन्छन. तर समस्या के भन्दा हामि यी २ ३ ४ दशक अगाडिका घटनाहरु राम्ररि सम्झिन सक्दैनौं जसको लिंक अहिलेको समस्या हरु संग गर्न सकियोस. अनि कतिपया यस्ता घटनाहरुमा हाम्रो घर, परिवार, साथि, सिक्षक हरु जिम्मेवार हुन्छन.
हो सौगात जी तपाइले सिक्षक, समाज प्रति जुन द्वेष पोख्नु भो त्यो एकदम जायज छ. म यो मामलामा तपाइसंग ‘ empathize ‘ गर्न सक्छु . बाल्यकालमा मैले पनि यस्तै साथीहरुको हेपाइ सहनु पर्यो जसलाई अंग्रेजीमा bullying भनिन्छ. मेरो कम्जोर ज्यान र बोल्न नसक्ने अनि घरमा वा मास्टरहरु कसैलाई नभन्ने बानीले गर्दा ति bullying हरुले पछि सम्म प्रस्रय पाए र यहाँ सम्मकि मेरो प्रोफेशनल करियरको सुरुवाती बर्षसम्म यसको प्रभाव बसिरह्यो जसको केहि अंश ( मच्योरिटि को साथ् धेरै नै कम भैसकेपनि ) अहिले पनि बाकि छ. त्यसै गरि म बच्चामा कुरा अलि ढिला सिक्थे, विशेषगरी व्यहवारिक कुरा. जस्तै चप्पल उल्टो लगाउने, कमिज उल्टो लगाउने, अरु केटाकेटीले एकैपटकमा टिप्ने कुरा मलाई दस पटक लाग्ने, हरेक खेलकूदमा सारै कम्जोर, आदि. मलाइ त्यसै भएर घर तिर कस्तो केइ नजान्ने लाटो, ग्वांच भनेर बोलाउथे, मास्टर मास्टरनी ले नि लाटो भन्थे र पछि सम्म तपाईं त कस्तो लाटो मान्छे यार यति नि बुझ्नुहुन्न भनेको सुनियो. मेरो अर्धचेतन( subconscious ) मा म साचै नै लाटो छु रहेछ जस्तो लागिरह्यो. तर अहिले आएर थाहा भयो त्यस्तै खालको रोग हरु ( ADHD , ADD ) भन्ने हुँदो रहेछ जसको Diagnosis केटाकेटी बेलामा भए समयमै निदान गर्न नि सकिने रहेछ. तर नेपालमा सायदै कसैले यस्तो केसमा आफ्नो छोराछोरीलाई बिशेसज्ञ कहाँ लान्छन होला. बरु उल्टो थपिन्छ तपाइंले भने जस्तो खिसी ट्युरो.
तर द्वेष पोखेर वा समाज परिवर्तन भैदिनु पर्यो भनेर यसरि बिन्ति गरेर हुँदैन सौगात जी. समाज भनेको एकैपटक परिवर्तन हुँदैन. एकैचोटी परिवर्तन हुने भनेको नेपालमा राजनैतिक व्यवस्था मात्र हो, आर्थिक सामाजिक क्षेत्रमा त धेरै गारो छ जसको कारणहरु मलाइ भन्दा ( एक सामाजिक कार्यकर्ता भएको हिसाबले) तपाइंलाई थाहा होला. तपाइंको यो लेखमा आग्रह गरिएका कुरा व्यवहारमा लागु गर्ने नया विचारका केहि बाबु आमा मात्र होलान.
तर तपाईं मा जस्तोले ति प्रभावबाट आफैं मुक्त हुन सम्भव छैन त? छ, किन नहुनु . यी प्रभाव बाट मुक्त हुन गर्ने भनेको सर्वप्रथम आफ्नो कमजोरीहरुको बाल्यकालका लिंकहरु ( घटनाहरु) पत्ता लाउनुपर्यो. त्यसपछि जिम्मेवार पक्ष( परिवार, छिमेकी, समाज, विद्यालय ) लाइ मनमनै ति घटनाको लागि माफी दिएर द्वेष निकाल्नुपर्यो ( grudge release ). अनि आफ्नो त्यो कमजोरी ( कम्जोर आत्मबल, हिच्किचाहट, नकारात्मक र पेसीमिस्टिक सोचाइहरु) लाइ आफैं बिस्तारै सेल्फ हेल्प उपायहरु लगाएर( त्यति गम्भीर छैनन् भने ) वा प्रोफेशनलको सल्लाह लिएर ( अलि गम्भीर केसमा) हटाउदै लानुपर्यो.
म अझैपनि low self confidence र low esteem बाट पूर्ण मुक्त भैसकेको छैन. अरु समस्याहरु त छन् नै तर यी दुइ समस्याको कारणले मैले आफ्नो उर्वर उमेरमा धेरै अवसरहरु बाट हात धुनु पर्यो. त्यसैले यी समस्यालाइ पन्छाउदै जाने र समय अनुसार ठिक भैहाल्छ भनेर छोड्ने सल्लाह म कसैलाई दिन्न. सकेसम्म यसलाई चाडै अड्रेस गर्नु पर्छ. यदि तपाईं कुनै काम गर्नु अघि दस वटा नकारात्मक नतिजा सोच्नु हुन्छ, बोल्न र नया कुरा सुरु गर्न हिच्किचाउनु हुन्छ जस्तै नबुझेको कुरा सोध्न हिच्किचाउन हुन्छ र नजानेको काम गर्दा बिग्रिने हो कि अनि अरुले खिसी गर्ने हो कि भनेर डराउनु हुन्छ , डिसिजन लिंदा अरुको सल्ल्लहबाट चाडै नै प्रभावित हुनुहुन्छ, अरुले के सोचिरको छन् भनेर नचाइदो ध्यान दिनुहुन्छ भने तपाइंको सेल्फ इस्टिम कम हुन सक्छ. तुरुन्तै यसलाई आफूबाट हटाउने प्लान बनाइ हाल्नुस.
सौगात जी लाइ फेरी पनि धन्यबाद र फेरी त्यहि ४ कक्षको बक्तृत्वकला प्रतियोगी हुन सक्नुहोस सुभकामना. म पनि यो बर्षको पहिलो अर्धबर्ष भित्रै आफ्नो जीवनमा सेल्फ इस्टिम्लाइ धेरै माथि पुर्याउने रिजोलुशन लिएको छु हेरम सफल हुन्छु होला. सफल भएको खण्डमा म आफ्नो सारा अनुभव समेटेर सबैलाई उपयोगी हुने एक बिस्तृत लेख सालोक्यजिको इमेलमा पठाउनेछु. नया वर्षले सबैमा नया उर्जा थपोस. ह्याप्पी निउ इयर दुइ हजार पन्ध्र./…..
मेरो बाबा का चार दाजु भाई मा आर्थिक स्थिती मा हामी धेरै पछि काका बढाबा को छोरा छोरी ले हामी लाई कहिले आफ्नो दर्जा को सम्झेनन् , एक दिन त काका को छोरा ले हदै गरे मेरो कपडा देखेर म सङ्ग बजार जानै मानेनन् , उनि हरु जिन्स लगाउथे म सङ्ग कपडा को पाईन्ट मात्र थियो , मेरो दिदी हरु उतिकै हेपिएका थिए , हामी लाई चित्त दुख्यो तर हार मानेनौ , अहिले मेरो २ जना दिदी हरु परिवार सङ्ग खुसी र सुख साथ लन्डन मा बस्नु हुन्छ , म tokyo मा , म त्यो दिन सम्झन्छु र प्रत्येक महिना तलब आऐ पछि केही न केहि कपडा किन्छु .
मलाई पनि तपाइको यो जीवन अनुभब सार्है मार्मिक लग्यो, हुनत म तपाई र यहाँ कमेन्ट गर्ने अरु साथीहरु जस्तो अब्बल खालको बिद्यार्थी थिइन ठ्याक्कै उल्टो चाहिं परें, सानो मा राम्रो जति ठुलो हुँदै गए त्यति नपढ्ने भए। यस्तो खालको जीवन अनुभवले बिद्यार्थी, अभिभावक, शिक्षक सबैलाई राम्रो संदेश दिन्छ, सतर्क बनाउछ।धेरै धेरै धन्यवाद यहाँ लाई मेरो ।
सौगात सर तिनीहरु लाइ त धन्यबाद पो दिनु पर्नेमा उल्टो गालि पो | केत्केटी पन अझै हटे छैन जस्तो छ तपाइको | त्यो इखले नै यहा सम्म आइ पुगेकोमा धन्यबाद दिनुस उनिहरु लाइ | रिसाउनु भए येत्रै सित्ति |
मेरो पनि स्कुलमा छंदा सानो बेलाको कुरा याद भयो/ लेखकले भन्नु भए जस्तै त्यो बेलाको घटनाले धेरै पछि सम्म नराम्रो छाप बसायो/ हामी त्यो गाउँमा अलि पर बाट बसाईं सरेर आएका थियौं/ हामीलाई धेरैले हेप्थे/ कुनै कुरा अरुले चोरेको भएपनि हामीलाई दोष लगाइन्थ्यो/ अहिले आएर थाहा भयो त्यसलाई बुल्लिंग भन्दा रहेछन/ अर्को कुरा हेडमास्टरको भानिज र म कहिले एउटा त कहिले अर्को पहिला हुन्थ्यौं/ भानिज पहिला हुँदाको सालमा हेड मास्टरले original FLAME कलम पुरस्कारमा राख्नु हुन्थ्यो म हुँदा डुप्लिकेट ल्याउनु हुन्थ्यो/ तपाईं हरुको जानकारीको लागि: original लाई रु. ३.५ पर्थ्यो र डुप्लिकेट लाई रु. २.५/ एकचोटी पाँच क्लास बाट छ मा जाँदाको रिजल्ट सुनौन्दा मलाई दोश्रो भईस भनेर सुनाइयो र त्यसको दुइ चार दिन पछि तोतालिंग्मा गल्ति भएको रहेछ भनेर मलाई तेश्रो बनाएर तेश्रो भएको लाई अपग्रेड गरेर दोश्रो बनाइयो/ मलाई थाहा छ काम गर्दा गल्ति हुन्छ/ तर सबै बिद्यार्थीहरुको मार्कशिट डबल चेक गर्नु पर्ने त्रुटी हुन् नदिन, त्यसमाथि पनि पहिलो, दोश्रो र तेश्रोको त झन् तिन चोटी चेक गरेर रिजल्ट सुनाउनु पर्थ्यो/ त्यतिखेर म सानो बच्चो लाई धेरै नराम्रो लाग्यो/ तर अर्को साल क्लास छ बाट सातमा जाँदा म पहिलो भएँ/
ओहो बयान जी कुरै कुरामा तपाइंले फलेम पेन को याद दिलाउनुभो. जे होस् फलेम पेन ले नि लेखियो है ? त्यो फलेम पेन जस्तै मसि तान्ने चाइनिज पेन हुन्थ्यो नि जुन अलि पैसावालका छोरा छोरीले प्रयोग गर्थे हाहा.
निसन्देह तपाइले उठाका केहि बिषय सोचन योग्य छन् तर त्यो भन्दा नि माथि डार्बिन को सिधान्त लागु हुन्छ सबै जीव को लागि “”Survival of the fittest” त्यो भुल्नु हुदैन .
मित्र तपाई सारै नै sensitive हुनु हुदो रहेछ , तपाई लाई “हगियो चप्पल” भने कै बिषय मा समाज लाई निच र गिरेको भन्न मिल्दैन मित्र | यी भनेका सामान्य कुरा हुन र जुन सुकै समाजमा मा नि ब्याप्त छन् सायद मान्छे को स्वभावले होला कति बेला साथी भाई हासी ठट्टा गर्ने गर्दा नि यस्ता कुरा हरु हुन्छन | तर तपाई को sensitive स्वभाब अनुसार तपाइले यी कुराहरु गम्भीर रुपमा लिनु भो र तपाई लाई जिस्काउने मान्छे लाई उचित जवाफ दिन आएन फल स्वरुप “जो सोझो उसको मुखमा घोचो” भने झैँ तपाई लाई हेपदै गरे जस्तो लाग्छ मलाई |
हामी सबैको सबै भन्दा पहिलो र अनिवार्य शिक्षा घर परिवार बाट सुरु हुन्छ र तपाइको sensitive स्वभाव तपाइको family भन्दा अरु लाई राम्रो संग थाहुदै त्यै भएर मलाई लाग्छ कि यहाँ ले प्रार्थमिक शिक्षा नै राम्रो संग पाउनु भने कि ?
मेरो पनि यस्तै अनुभव छ- “५. मित्रतामा फाटो” जस्तै | म ६ क्लासमा पढ्दै गर्दा म जहिले पनि पहिलो बेञ्चमै बस्थे | मेरो पनि सबै साथीहरु क्लासका पहिलो दोस्रो तेस्रो बिद्यार्थीहरु नै थिय | तर आफु भने रोल नम्बर ४० पछि नै थियो | यक दिन चौथो बिद्यार्थी आएर मलाई भन्यो “फर्स्ट बेञ्च मा पहिलो – दोस्रो – तेस्रो – चौथो मात्रै बस्छ | तँ पछाडी लास्ट बेञ्च मा जा |” म संग उसलाई दिने जवाफ थिएन | अलि बेइज्जत भएको महसुस भयो | आँखा रसाए | केहि नभनी सबभन्दा पछिल्लो बेञ्च मा गइ बसें | तेही दिन मैले मन मा इख लिएँ – “म तिमीहरु सबै लाइ जित्छु !” अर्को वर्ष रोल नम्बर ४ भयो, त्यस पछि सबै क्लास मा रोल नम्बर १ |
अन्नेथा नलिनुहोला त्यो घटना नभएको भय तपैमा इख जग्दैनथो अनि प्रगति हुदैनाथियो
तेसिअले No Pain No Gain
अती सान्दर्भिक र मर्मस्पर्शी लेख |
मेरो पनी तेस्तै एउटा अनुभब: पढाइमा अब्बल नै देखेर होला आमा बुवा र घरमा डेरा बस्ने एकजना साइनोले मामाले ४ कक्षा पास गरेपछि फडकाएर अर्को स्कुलमा लगेर एकैचोटी ६ कक्षमा एडमिसन गरेको ६ महिना बित्दा नबित्दै मातृशोक बेहोर्नु परेपछि पढाइ बिग्रिदै जान थालेपछि अरु त अरु सपार्ने जिम्मा पाएका मास्टरहरु SLC टेस्ट बिग्रिउञ्जेल सम्म हेपेर बोलाउथे | SLC पास गर्ने उद्देस्यले त्यो स्कुल छोडेर बिगतका कसैले नदेख्ने नभेट्ने अलिक टाडाको स्कुल जाने बेलामा पनी स्कुलका हेडमास्टरले दाजुलाई तेरो भाइ संसारको जुनसुकै कुनामा पुर्याएपनि SLC कुनै हालतमा पास गर्दैन भनेको कुरा मनमा इख पालेर आफुलाई पुरै परिबर्तन गरेर नयाँ स्कुलमा आत्म बलका साथ् प्रस्तुत हुँदा सरहरु देखी अखिले मण्डले भुरा भुरी सबैको हाइ हाइ भएको थिए | आत्मबल गिराउने पछिल्ला तत्वहरुले नयाँ परिवेसमा पछ्यायेनन भने पनी जिबनमा आकाश जमिनको फरक आउँदो रहेछ भन्ने अनुभब गरेको थिएँ | जिबनमा सबैभन्दा लामो समय गुजारेको त्यो पुरानो स्कुलको न त् कहीं कतै मायाँ नै लाग्छ न त सम्झना नै आउँछ तर एक बर्ष मात्रै बिताएको फलामे ढोका उघारिदिने स्कुल किन किन १ कक्षा देखिनै पढेको की भन्ने भान भएर आउँछ मानसपटलमा |
मलाई यो लेख एकदम मार्मिक लाग्यो। धेरै धेरै धन्यवाद लेखक सौगात शर्मा ज्यू। म आफूले त्यस्तो नभोगे पनि देखेको अवश्य छु। म आफू शिक्षक भएकोले होला र म व्यक्तिलाइ अध्ययन गर्छु। व्यक्ति मात्र हैन समाजको पनि अध्ययन गर्छु। हाम्रो समाजमा धेरै कुरा परिवर्तन गर्नुपर्ने कुरा देख्छु म। सर्व प्रथम त हजुरको बोलिको कुरालाइ सम्बोधन गर्न चाहन्छु्। हाम्रो समाजले पश्चिमि शिक्षालाई भित्र्याएर पूर्वी संस्कार र शिक्षालाई लात हानेको अवस्था छ। अँग्रेजि बोले ठूलो हुने नेपाली राम्रोसँग बोल्न नजाने गर्व गर्ने समाजमा विकसित हुदैछ हाम्रो समाज। वास्तवमा संस्कृत मात्र एउटा भाषा हो जसले सम्पूर्ण ध्वनिहरु सुन्न र उच्चारण गर्ने क्षमता प्रदान गर्छ। यसलाई त हामिले उहिले लात हानेर पठाइसक्यौं। यस्ता विषय पढाइनुहुन्न भनेर आन्दोलन सम्म भएसकेको देश हो यो। पश्चिमि भाषाहरुले शब्द नपाएको खण्डमा संस्कृतबाट सापटी लिन्छ। सानै देखि संस्कृत सिकाइने भएको भएदेखि यो उच्चारणको समस्याबाट हजूरले मात्र हैन अरु कसैले यो समस्या भोग्नु पर्ने हुँदैन। तर हामी त्यही पश्चिमि भाषा र ज्ञानको पछि परेका छौं।
आजकल ज्ञान र शिक्षा पैसामुखी भएको छ। पैसा आर्जन गर्नसके जे पनि सहि भन्ने समाजको निर्माण भइरहेको छ। मान्छे पैसा भन्दा ज्ञानलाई महत्व दिन सक्यो भने मात्र खुशियालिले भरिएको समाजको सृजना हुन सक्छ। ज्ञान मात्रले हामिभित्रको अहंकार, रिस, राग, लोभ, इर्श्या आदिको नाश गर्न सक्छ। जब सम्म हामी आफ्ना यि अवगुणहरुलाई ज्ञानको माध्यमले हटाउन सक्दैनौ, पश्चिमे Psychology भन्ने विषयले केहि गर्नेवाला छैन। अहिलेको समयमा हाम्रो समाज, घर, विद्यालय र हरेक कुरामा पैसाले बढि महत्व पाएर ज्ञान लोप हुदै गइरहेको छ संगसंगै खुशि पनि हराउदै गइरहेको छ। मान्छे राम्रो हुनुपर्छ भन्ने कुराको ज्ञान दिने ठाउँ हाम्रो शिक्षा पद्दतिमा छैन।
हजुरले जे भोग्नुभयो त्यो यहि कमजोरिहरुको उपज हो।
हाम्रा नेपालीहरुले बुद्ध नेपालमा जन्मिएका थिए भनेर छाती फूलाएर भन्छन। कसैले अन्यथा भन्यो भने जाइलाग्न पनि पछि पर्दैनन तर त्यही नेपालीलाई बुद्धबाट तिमिले के ज्ञान सिक्यौ त भन्ने प्रश्न गरियो भने जवाफ हुँदैन। बुद्ध नेपालमा जन्मिय तर यो धर्म मान्ने नेपाली निकै कम छन् कारण हाम्रो समाजले ज्ञानको कदर गर्न जान्दैन।
तपाईको लेखले केहि मानिसको घैंटोमा घाम लागोस भन्ने कामना गर्दछु तर हाम्रो नेपाली समाज सुध्रिन युगनै परिवर्तन हुनुपर्ने देख्छु म।
एकदमै सत्य कुरो
हाम्रो समाज ले पछाडि परेका लाई पनि अघाडी लानु पर्छ भन्ने वारेमा कहिले पनि सोच्ने गरेको छैन
जहिले पनि प्रथम लाई हौसला अन्तिम लाई तिरस्कार
परिवर्तन अत्यन्तै जरुरी छ
तर यो त्यती सजिलो चाँही छैन
बहुसंख्यक बालबालिका तथा पछाडि परेका लाई समेट्ने लेख
आज सम्म मा माई संसार को पुरा लेख अनी कमेण्ट पढेको भनेको यसैको हो मैले
नत्र अन्य हल्का हेर्यो छोड्यो
मन छोयो
धन्यवाद लेखक मित्र लाई
मेरो पनि प्रतिनिधित्व गरिदिनु भएको मा
हम्रो समाज येस्तै छ/ पढ्न खोज्नेहरुको किताब च्यातिदिंछ, लेख्न खोज्नेहरुको कलम भाचिदिन्छ, बोल्न खोज्नेहरुको मुख थुनिदिञ्छ/ यसै गरि काम गर्नेहरुको हात बाधिदिन्छ, हिड्न खोज्नेहरुको खुट्टा नै भाचिदिन्छ/ हामीलाई यी सबकुराहरु थाहाछ/ त्यसैले जिन्दगीमा धेरै पटक आफुले गरेका प्रयाशहरुलाई आफैले मुल्यांकन गरि आफैलाई धन्यवाद दिने गर्नु राम्रो होला/ हाम्रो समाजले बल देला र अगाडी बदुला भनेर बस्नु भयो भने कोहि पनि अगाडी बढ्ने अवसर कसैलाई पनि प्राप्त होला जस्तो लाग्दैन/
लेखक ज्यु ले जसरि आफ्नु आत्म बल पुन प्राप्त गर्नुभयो, उहालाई परेका दुखहरु हामी धेरैलाई परेका कुराहरु हुन्/ उहाले हिम्मतका साथ यी कुराहरु लेख्नु भयो उहालाई धेरै धेरै धन्यवादका साथै हार्दिक बधाई/ यो लेखले धेरैको आत्मबल बढोस यहि मेरो सबैलाई सुभकामना/
सौगात भाइको कथा-व्यथा पढेर , २०३३ तिर
आफूले रचेको एक गीतको केहि हरफहरु सम्झना भो –
(यो नेपालभाषामा थियो ,
जुन उपत्यकाव्यापी संगीत प्रतियोगितामा
सर्वोत्कृष्ट चयन भएको थियो ;
त्यसको अनुवाद पनि साथमा )
” थक्व गंगु कथुं , ललद्या:गु थ्व म्यें
खाखातुगु सलं …गथे जिं हाले म्ये !! ” अर्थात …
+ + + +
सुकेको यो तालु र बटारिएको जिव्रो ली
थर्थराउँदो स्वरले कसरी गीत गाउं म !!
स्कुलमा कार्यकुत्ता बाहुन मास्टरचा ले नेवार केटा केटी हरु लाई ट र त र ड र द को फरक बताएर सिकाउनु को सट्टा झन् होच्याएर “न्यार तेरो जिब्रो भैंसीको जस्तै बाक्लो छ , म म खाएकोले” भनेको जस्तै भो त !
हो, म नेवार हुँ / नेवार शिक्षेकले नेपाली पढायो / अनि मेरो “त र ट” छुतिन्न / धेरै नेवारको समस्या देखेको छु / भाषा तेती स्पस्थ हुन्न मेरो / अनि बाहुन क्षेत्री भेट भो भने तेहीं हो / र जसले मलाई खिसी गर्यो, उ संग मैले गहिरो सम्बध गास्ने छोडें / जसले यस्तो होइन यस्तो भनेर सिकाए, मैले सिक्ने प्रयास नि गरें / अहिले धेरै सुध्रे छ भन्छन /
अनि मैले मेरो उपनाम नै “शर्मा” बाहुन राखें /
An excellent artical – very close to reality – an example to the society! Good work
मार्मिक . यसले चाइल्ड साइकोलोजी प्रति सबैलाई गम्भीर हुन सिकाउछ .
भयानक सत्य!!
पीडित म,
तर लेखेको छैन, लेख्ने प्रेरणा दियो लेख्नेछु एक दिन…….
तपाईको कुरा एकदम ठीक लाग्यो । हाम्रो सामाजिक संस्कृतिनै खिसी ट्युरी, चागडी अनि बढाई चढाई गर्ने खालको छ । अरूको के कुरा, आफ्ने घरमा, आफ्नै आमा-बुबाले, ‘लन्डु, ल्वाँड्, हेर फलानोले कस्तो राम्रो गर्याछ, तैँलेत त्यस्को गु खाएनी हुन्छ ‘ भन्दै गाली समेत गरेको सुनेको छु । आमा-बुबाको आसय राम्रो होला, तर तरिका विल्कुलै गलत । कालो वर्णकोलाई ‘काले’, मोटोलाई ‘मोटे’, होचालाई ‘गान्टे’, ‘चिम्से’, ‘तालु’, ‘भकभके’,’लुरे’ सबैलाई उसको कमजोरीले नाम किटेर बोलाउँछौं । यहाँ निर्धालाई सम्मान हैन हेप्ने, र बलियाको अगाडि नतमस्तक हुने परम्परा छ । गाडीको खलाँसी, मधेसका व्यापारी, फोहोर उठाउने खाते, आदिलाई सम्मानको साथ व्यवहार धेरै कमैले गर्छन ।
I am not sure how is the field of teaching these days in Nepal, but when I look back at my own days I find it pretty frustrating.
I agree that generating a healthy amount of competitive environment among peers is a good thing. But all those educators who never got tired of praising a bright kid in class and who thought that punishing a kid for his weaknesses and for things he/she did not know (instead of trying to help him out of it), actually failed in performing their own duty as educators.
This reminds me of an incident that took place in my class years ago. We used to be graded for this 1 page handwriting homework everyday. One day this teacher ridiculed one of my buddies whose handwriting was “not so good” in front of the whole class for his “bad” handwriting and bad score he got for it. As bad as my buddy’s handwriting was, he made a very loaded comment “If someone’s handwriting is bad then it makes not sense to do handwriting assignment because one would get bad score in it and fail anyway. So why go through all the pain, fail and be ridiculed”
Education should be about giving opportunity to learn, develop and grow, not about promoting cut-throat competition, ridiculing, punishing and discouraging those who are not so good in a certain field. It is like plucking away a plant before it even has opportunity to grow instead of nurturing it.
If a kid knew everything from birth, there would be no need for him to go to school.
मर्मस्पर्शी आत्मकथा | समाजले या आफैलाई ठुला-बडा ठान्नेहरुको हेपाइको बाबजुद संघर्ष गरेर यहा सम्म पुग्न सफल हुनुभएको मा बधाई छ | पक्कै पनि तपाईंको लेख धेरैलाइ हौसला बन्ने छ |
आफुले खोजे जति अरुको ध्यान पाउन सकिएन भनेर निच नै त् न भनौला हो साथि | सायद घर मै उचित संस्कार पाउनु भएन कि?? तपाइको हात मा १० ओटा पैसाको नोट छ तपाइको ध्यान नया , चट्ट परेको पट्टि जान्छ कि जादैन ?
मानबिय गुण हो राम्रो हेर्न चाहने ,मिठो खान खोज्ने , बलेको आगो ताप्ने |
जुन दिन तपाइँ इन्जिनियर हुनु भो , जागिर खानु भो तपाई आज सन्तुस्ट हुनुभो | आज तपाइलाइ सबै ले हाइ हाइ गर्ला |
तपाइँ ले उहिबेला अरु को पुरा ध्यान पाएको भए आज यत्ति प्रगति पनि गर्नु हुन्न थ्यो कि ?( यो भन्दा अगि बढ्ने सायद तापाई सोच्नु होला )
यो पति त् प्रश्न छ |