Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोटरसाइकलको पनि सरुवा?

Posted on November 13, 2014November 13, 2014 by mysansar

कर्मचारी सरुवा भएको त सबैले सुनेकै हो तर सवारी साधन त्यो पनि मोटरसाइकल सरुवा भएको कहिल्यै सुन्नु भएको छ ? पत्यार नलागे तलको फोटो हेर्नुस् त। कोही कोही निजामति कर्मचारीलाई सरकारी पैसाले खरिद गरेको सवारी साधन आफ्नो बिहेमा दाइजो आएको मोटरसाइकल जस्तो लाग्दो रहेछ, आफ्नो सरुवासँगै नयाँ कार्यालयमा पनि लैजाँदा रहेछन्। जसो गरे पनि हुने, जसरी कागज मिलाए पनि हुने। निजामति प्रशासनमा के प्रवृत्ति हावी देखियो भने “इच्छाशक्ति हुनुपर्छ जसो गरे पनि मिल्छ”।

10530520_813892888641741_3523317454906969019_o
मैले भन्नुपर्दा यस्ता प्रवृत्तिका कर्मचारीको मृत्यु पश्चात ती सवारी साधनलाई सति जान दिने व्यवस्था सहित विद्यमान ऐन नियममा संशोधन गर्नुपर्छ नत्र भने रोमियो र जुलियटको हालत हुन के बेर ?

सम्बन्धित कर्मचारीको मनोवृत्ति सँगसँगै आफ्नो कार्यालयको नाममा रहेको जिन्सीको संरक्षण गर्न नसक्ने/ नचाहने प्रवृत्ति बोकेका कार्यालय प्रमुख/जिन्सी प्रमुखहरु पनि उत्तिकै जिम्मेवार छन्, पुरानो कसैले लगिदिए पो आफ्नो लागि नयाँ किन्न पाइयो त।

मनोदशा नै यसरी विकास भै सक्यो कि – कति लुट्छन लुट्न देऊ, आफू अथवा आफ्नो लुटिएको हैन क्यारे, किच्चोमुको कथा जस्तै।

वास्तवमा यो मोटरसाइकल नापी कार्यालय कलंकीले खरिद गरेको रहेछ तर अहिले सरुवा हुँदा हुँदै कति कार्यालय डुलिसकेछ।

यो त प्रतिनिधि घटना मात्रै हो, यस्ता घटना देशभर कति घटि रहेका छन् कति । कसलाई के चासो, कसलाई के ………… अब राष्ट्रिय अभियान नै चलाउनुपर्छ, ‘सवारी साधन सम्बन्धित कार्यालयलाई – फिर्ता गर, फिर्ता गर ।’

5 thoughts on “मोटरसाइकलको पनि सरुवा?”

  1. हिमाल शर्म says:
    November 23, 2014 at 1:26 am

    यो मोटरसाइकल गनिले ४ बर्ष देखि घरमा राखेर petrol को बिलको पैसा समेत खाने गरेका छन नपत्याए अफिसमा गयर चेक गर्नुस यो मोटरसाइकल नापी साखा नवलपरासी मा छैन यो मोटरसाइकल उनले सरकारी कामको दौरानमा प्रयोग नगरी आफनो निजि सवारीको साधनको रुपमा बिगत ४ बर्ष बानेश्वर स्थीत निवासमा प्रयोगमा छ
    अक्तियार अनुसन्धान आयोगका आखा छैननकि चिम्लेको हो /

    Reply
  2. Max Thapa, Sydney says:
    November 14, 2014 at 11:40 am

    नेपालमा यौटा कुरा मात्र बिग्रेको भए पो ? जो अगुवा उही बाटो हगुवा भएपछी यस्तै हो | कि त कुनै सत्य हरिस्चान्द्र वा राम जन्मिनु पर्यो कि त कृष्ण जन्मिनु पर्यो अनि मात्र कलियुगका रावण र कन्सहरु बाट छुटकारा पाइञ्छ | अनि हामी आफैपनि आफ्नो फाइदा हुने कुरामा ध्यान दिने गर्छु न कि देस को |

    Reply
  3. dipesh says:
    November 14, 2014 at 10:34 am

    “हे प्रभु सक्ने भए वा अस्तित्व साँच्चिकै भए कृपया मलाई नेपालि भाषा बुझ्न, लेख्न, बोल्न सक्ने शक्तिबाट बिमुख गरिदेउ हेैन भने मलाइ पनि छलकपटि बनाइ देउ। तेति पनि गर्न सक्देैनौ भने नेपालि पत्रिका पढ्ने बानि बाट मुक्त गरिदेउ वा म बसेको देशमा नेपालि भाषाको वेभपेजनेै ब्लक हुने सिस्टम बानइदेऊ” भनेर पो भन्नु पर्ला जस्तो छ अब।

    Reply
  4. बादेश says:
    November 14, 2014 at 2:35 am

    प्रमुख नापी अधिकृतको जिम्मामा रहेको जिनिस प्रमुख नापी अधिकृतकै जिम्मामा परेको व्यहोरा भएको चिठ्ठीमा प्रमुख नापी अधिकृतले नै सहि गरेपछि कसैले केहि नाप्न सक्छ ? अर्थात्, राख्ने, दिने सहि गर्ने एउटै | अनि जसले जे गरे नि भइ हाल्यो नि |
    केहि वर्षपछि जिन्सी खाताको पाना नं ९१ नै गायब हुन बेर छैन | यसकोपनि हेक्का कसले पो राख्ने हो कुन्नी |

    Reply
  5. प्रविण कुमार के.सी. says:
    November 13, 2014 at 11:22 pm

    व्यक्तिगत सुविधाको लागि सरकारी मोटरसाईकल किनिदिएको त होईन होला ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme