– शिव प्रकाश –
• ‘हामीले पैसा तिरेको छ। देखाउनेले पैसा लिएर रमिता देखाएको छ। फोकटमा हेरेको हो र? उठेर सम्मान गर्नु पर्ने किन? सम्मान त हामी ग्राहकलाई पो गर्नु पर्ने !’ उद्घोषकको त्यो उद्गार ‘महान्’ शब्दको अर्थ खोजेँ। शब्दले जे अर्थ दिन्छ, त्यो त्यहाँ पाइन। म पछाडिको मुखसँग सहमत भएँ। हो, हसाँउने उनीहरुको व्यवासय हो; हामी तिनका ग्राहक हौं । यहाँ क्रय र विक्रय भएको छ। प्रतिमान्छे पच्चीस अमेरिकी डलर तिरेर करीब पाँचसय मान्छेले तीन घण्टाका लागि हाँसो किनेका थिए । त्यो दोकानको एउटा ग्राहम म पनि थिएँ। मलाई महान् शब्दले पछ्याइरह्यो। पेशा अर्थात् व्यवसाय गर्ने मान्छे महान् हुन्छ भने नेपालका सबैभन्दा महान् मान्छे विनोद चौधरी हुन्। उनी सबैभन्दा ठूला अरबपति पेशेदार हुन्। दान र सेवा गर्ने मान्छे महान् हुन्छ भने उहाँहरुले कार्यक्रमबाट उठेको पैसा कहीँ कतै दान गरेको उल्लेख गरिएन। सेवा गरिएको हो भने त्यति मँहगो टिकटबाट उठेको हजारौं डलर आयोजक सँस्थाको सहयोगार्थ भनेको पनि सुनिएन। आखिर ती नेपालीकै सँस्था त थिए। नसुने पछि मलाई लाग्यो– उहाँहरुले पनि बाँच्नका लागि अपनाएको एउटा व्यवसाय हो । हँसाउनु त्यही व्यवसाय अन्तर्गतको पेशा हो। अमेरिकी राजदूतावासले दिएको पाँच लाख छ सय डलर(झण्डै पाँचकरोड रुपिया) पनि पेशा अन्तर्गत कै एक ‘स्पेशल डील’ होला! एक दुई ग्राहकले भनिहाले– अरुलाई व्यङ्ग्य गर्ने आफ्नो आङ्को भैसी चैं नदेख्ने। जति जे भने पनि सबैका छोराछोरी अमेरिकामै सेटल भएका रहेछन्। अरुको खिल्ली किन उडाउनु ?
• ‘हामीले महसित कन्ट्रयाक्ट गरेका थियौं तर पैसा लिने बेलामा contract भन्या चौतारी मुनि धूलोमा लेख्ने हो भन्नु भो। हामीलाई उहाँहरुले धेरै “हार्ड टाइम” दिनुभो। सम्झौता जति थियो त्योभन्दा ………!’ रकम उल्लेख गर्नु भएन। पुरानो घाउ धेरै कोट्याउन चाहनु भएन। ‘मान्छेले विश्वास मान्दैनन्, हामीले बोलेर–लेखेर के हुन्छ?’
मह दोकान अमेरिका
– शिव प्रकाश –
हामी जस्ता देखिन्छौं, त्यस्ता छैनौं। जस्ता छौं, त्यस्ता देखिदैनौं।
स्थानः बोस्टन, अमेरिका।
दोकान खुलेको समयः साँझको ७.३० बजे।
दोकान बन्द भएको समय : रातिको १०.१५ बजे।
मूल्यः $ २५।
परिकारः रासन बाहेक सबै।
हिजो अलिकति हाँसो किनेको थिएँ। अरु जस्तै हिजो म पनि हाँस्दै थिएँ। तर किनेको त्यो हाँसो ओठमा मात्र थियो, मनमा थिएन। अरु धेरै सायद खुशीले हाँसेका थिए, म भने दुःखले हाँसेको थिएँ।
सोचेँ– ‘लाइफ’ पनि ‘आइटम’ हो, पीडामा पनि हाँस्नु पर्ने।
सबै हाँस्दा म नहाँसु त समाजले मलाई नै पागल भन्छ। पागल नभएका महाकवि देवकोटालाई पागल बनाएर राँची पठाउने समाज हो हाम्रो।
हुन त उद्घोषकले कास्टिङ्मै हँसाएका थिए। भन्दै थिए– हामी अमेरिका यात्रामा त्यसै आएका हैनौं। हाम्रा मौलिकता…सँस्कृति…लाई चिनाउन, बढाउन, फैलाउन…. आदि–इत्यादि! हामी हाम्रा पहिचानलाई गुम्न दिदैनौं। हाम्रा भेषभुषालाई कति माया गर्छौ आदि–इत्यादि।
एक ग्राहकको मुखबाट मन फुत्त निस्किहाल्यो– पैसाको कुरा चैं किन नगरेको ?
उनी बोलिरहँदा ताली बजिरहेका थिए। उद्घोषक स्वयं चाहिँ सुराल जस्तो सुलित्त परेको फूलपाइन्ट, टिनिक्क परेको सेतो गञ्जीमा बोली बेच्दै थिए। त्यसमाथि कम्मरमा घनटाउको बेल्ट पनि सुहाएको थियो।
हुन त पहिरन उनको व्यक्तिगत स्वतन्त्रताको कुरा हो। खाली ओठको आदर्श र लुगाको अनुहार नमिलेको मात्र हो।
हाँस्नु बाध्यता थियो मेरा लागि। म नहाँसे समाज मैमाथि हाँस्ने थियो। समाज नहँसाउन म हाँसे। म हाँसिरहँदा यसै माइसंसारमा प्रकाशित भएको एउटा ब्लग मेरो मस्तिष्कमा डुलिरहेको थियो। प्रकाशित मिति मे ११, २०१४। शीर्षक थियो–‘अमेरिकाले बारम्बार डलर दिएर माया गरेकाहरुको सूचि।’
माइसंसारमा प्रकाशित भएपछि ‘अमेरिकन दुतावासबाट हण्डी खाने ख्यातिप्राप्त नेपालीहरु’ जस्ता शीर्षकमा कोरिएर ती समाचाहरु जताततै प्रकाशित भएका थिए।
हिजो मलाई हँसाउनेहरु पनि त्यो समाचारको सूचिपत्रका मुख्य पात्र थिए। हाँस्दाहाँस्दै हाम्रो मानवीय चरित्रलाई सम्झेर फेरि हाँसे। त्यो हाँसो पनि दुःखको हाँसो थियो।
आफूले आदर्शका प्रतिमूर्ति मानेर हार्दिक सम्मान गरेका मान्छे ! तिनका व्यवहारका बारेमा अपत्यारिला तुच्छ लाग्ने कुरा सुन्नु र पढ्नु पर्दा हामीलाई हुने पीडाको अनुभूत गरेकै हुन्छौं। मलाई त्यस्तै भयो। मन मुटु दुःख्यो। मस्तिष्क मडारियो। दुःखी–दुःखी हाँसे म।
म कति आदर्शवादी छु ? म स्वयंलाई जति अरु कसैलाई थाहा हुँदैन। मैले समाज ढाँटे पनि आफूलाई ढाट्न सक्दिनँ। तर उनीहरु मजस्ता धेरैका आदर्श थिए। आदर्शको त्यो हिमालमा लागेका मैलो मेरै अनुहारमा पोतिएको अनुभूत भइरहेको थियो।
धमिलो मन लिएर हाँसिरहेँ। निक्कैबेर हाँसेपछि उद्घोषकले फेरि हँसाए। यसपटक अरु हाँसेनन् म मात्र हाँसे। तर म हाँसेको कसैले देखेन। ओठले हैन म मनमनै हाँसेको थिएँ।
उद्घोषकले भने– यी महान् कलाकारलाई तपाइँहरु कसरी सम्मान गर्नुहुन्छ ? गरिदिनुस् भव्य सम्मान्!
अर्थात् सबै जना सीटबाट उठिदिनुस्। करिब पाँच सय मान्छे सीटबाट उठे। ताली बजे।
म भने मेरो मनमा खेलेका कुरासँग हाँस्दै थिएँ। मेरो मनकै जस्तो कुरा पछाडिको एउटा कुनै मुखबाट फुत्त निस्कियो– ‘हामीले पैसा तिरेको छ। देखाउनेले पैसा लिएर रमिता देखाएको छ। फोकटमा हेरेको हो र ? उठेर सम्मान गर्नु पर्ने किन ? सम्मान त हामी ग्राहकलाई पो गर्नु पर्ने !’
उद्घोषकको त्यो उद्गार ‘महान्’ शब्दको अर्थ खोजेँ। शब्दले जे अर्थ दिन्छ, त्यो त्यहाँ पाइनँ। म पछाडिको मुखसँग सहमत भएँ। हो, हसाँउने उनीहरुको व्यवासय हो; हामी तिनका ग्राहक हौं। यहाँ क्रय र विक्रय भएको छ।
प्रतिमान्छे २५ अमेरिकी डलर तिरेर करीब पाँचसय मान्छेले तीन घण्टाका लागि हाँसो किनेका थिए। त्यो दोकानको एउटा ग्राहक म पनि थिएँ।
क्रय–विक्रयको क्रमसँगै मस्तिष्कमा सिनेमाको रिल धुमे झै अनेक कुराहरु फन्फनी घुम्न थाले। हँसाउने श्रृङ्खलावद्ध दोकानदारीको सायद सत्रौं स्टल थियो बोस्टन।
महान् शब्दसँगै जोडिन आएका समाचर र टिप्पणीहरुले घेरे मलाई। सुनका अण्डा दिने चरी ठानेर ठेकदारले महान् भनेको भए कुरामा विवाद छैन।
“विचौलियाले गर्दा …. जात्रा अति महँगो।” “…….ले दर्शक त हँसाए, तर आयोजकलाई रुवाए।” “एउटा कार्यक्रमको ४० हजार डलरसम्म मागे।”
सामाजिक र समाचार सञ्जालमा फैलिएका यस्ता शीर्षक पढ्दा पीडाको पासोमा झुन्डिएको अनुभूत भएको थियो मलाई।
दुई दिन अघि एक मित्रले ग्रुप इमेलमा एउटा यस्तो प्रतिकृया पठाएका थिए–
‘contract भन्या चौतारी मुनि धूलोमा लेख्ने हो भन्लान है ! पुरानो अनुभव !’
अर्थ बुझिनँ। हिजो बिहान मित्रलाई फोन गरेँ। उहाँले रामकहानीलाई श्यामकहानी बनाएर छोटकरीमा बताए। सुनेर छाँगाबाट खसे जस्तो भएँ।
‘हामीले कन्ट्रयाक्ट गरेका थियौं तर पैसा लिने बेलामा contract भन्या चौतारी मुनि धूलोमा लेख्ने हो भन्नु भो। हामीलाई उहाँहरुले धेरै “हार्ड टाइम” दिनुभो। सम्झौता जति थियो त्योभन्दा ………!’
रकम उल्लेख गर्नु भएन।
पुरानो घाउ धेरै कोट्याउन चाहनु भएन। ‘मान्छेले विश्वास मान्दैनन्, हामीले बोलेर–लेखेर के हुन्छ?’
फोन वार्ता सकियो। पाँच वर्ष अघि बोस्टनमै हेल्प नेपालका लागि भनेर गरिएको दोकानदारीको घटनाले झन् स्तब्ध बनायो मलाई।
एक मनले यी मेरा आदर्शपुरुषहरुका बारेमा आएका सबै कुरा मिथ्या होलान् भन्ने लागिरहेको थियो। तर त्यो मनले हार्यो। अर्को मनले जित्यो। अर्को मनको त्यो जितप्रति खुशी हुन सकिनँ तर स्वीकार्न बाध्य भएँ।
पाठक वृन्द यो प्रसङ्ग हो– महजात्रा अमेरिकाको। क्षमा गर्नु होला औषधिहरु तीता हुन्छन्। सत्यहरु झन् तीता र नमीठा हुन्छन्। खानु पर्दा र स्वीकार्नु पर्दा झन् वाक्वाकी आउने हुन्छन्।
मलाई महान् शब्दले पछ्याइरह्यो। पेशा अर्थात व्यवसाय गर्ने मान्छे महान् हुन्छ भने नेपालका सबैभन्दा महान् मान्छे विनोद चौधरी हुन्। उनी सबैभन्दा ठूला अरबपति पेशेदार हुन्।
दान र सेवा गर्ने मान्छे महान् हुन्छ भने उहाँहरुले कार्यक्रमबाट उठेको पैसा कहीँ कतै दान गरेको उल्लेख गरिएन। सेवा गरिएको हो भने त्यति मँहगो टिकटबाट उठेको हजारौं डलर आयोजक संस्थाको सहयोगार्थ भनेको पनि सुनिएन। आखिर ती नेपालीकै संस्था त थिए।
नसुने पछि मलाई लाग्यो– उहाँहरुले पनि बाँच्नका लागि अपनाएको एउटा व्यवसाय हो। हँसाउनु त्यही व्यवसाय अन्तर्गतको पेशा हो। अमेरिकी राजदूतावासले दिएको पाँचलाख छ सय डलर(झण्डै पाँच करोड रुपिया) पनि पेशा अन्तर्गत कै एक ‘स्पेशल डील’ होला !
अभिष्ठा जस्तो भए पनि मुखले हामी सबै निष्ठाकै मन्त्र जपिरहेका हुन्छौं। हो, होइन तर अचम्म मानिन।
भन्नेको मुख टाल्न सकिदैन। एक दुई ग्राहकले भनि हाले– अरुलाई व्यङ्ग्य गर्ने आफ्नो आँङ्को भैसी चैं नदेख्ने। जति जे भने पनि सबैका छोराछोरी अमेरिकामै सेटल भएका रहेछन्। अरुको खिल्ली किन उडाउनु ?
तिनै ग्राहक भन्दै थिए– पशुपतिको दर्शन पनि सिद्राको बेपार पनि।
ग्राहक सधैं असन्तोषी ! तिनका मुख कसले बन्द गर्ने ? महजात्राका बारेमा आएका समाचार उल्लेख गर्दै बोल्ने मुख बोलिरहेका थिए– यो ‘महजात्रा’ हो ‘हमजात्रा’ हो ? पाएसम्म हम् हम् गर्ने। अनि भन्न चै…….!
व्यवसाय गर्ने मान्छे महान् हुन्छ कि सेवा गर्ने मान्छे महान् ? प्रश्नको पेटारोमा मस्तिष्क अल्झियो। अहिलेसम्म पनि अल्झिएकै छ। उत्तर तालुकदार र पाठकहरुबाट खोजेको छु।
दोकानमा राखिएको शिवहरि र किरण केसीको ‘खप्पर’ आइटम रोचक र उत्कृष्ट नै लाग्यो। तर ‘थुक्क’ भनेर भुइँतिर थुक्ने शब्दले बालमस्तिष्कमा कस्तो असर पार्छ ? सोच्नु पर्ने जस्तो लाग्यो। त्यहाँ ससाना बालबालिका पनि थिए। त्यस्ता शब्दको साटो धिक्कार जस्ता अलि स्तरीय शब्द प्रयोग गर्दा के बिग्रेला ?
महजोडीको नेवारबहादुर र बाहुनबहादुरले समाजलाई जोड्न खोजेको हो कि फुटाउन खोजेको हो ? मलाई भने बुझ्न गाह्रो भो। त्यसमा प्रयोग गरिएका स्तरहीन भाषा, शब्द, शैली र अभिनयलाई हेर्दा हाम्रो कुन समाजको विम्ब हो त्यो खोज्न मन लागेको छ।
सस्तो प्रस्तुतिले सतही आँखालाई मनोञ्जन दिएर दर्शकका मुख च्यात्न लाउने हो र महको स्तर त्यही हो भने भन्नु केही छैन। तर त्यो जात्रा हेरेका कुनै बालबालिकाले भोलि आफ्ना मातापिता अथवा भगवान्लाई ढोग्दा पुठ्ठो टाँसिदिए भने आश्चार्य पनि मान्नु पर्ने छैन।
ढोग्ने कुरा गर्दा पुठ्ठातिर हात लानुले के संकेत गर्छ ? मैले बुझ्न नसकेको हो कि ?
बाहिर निस्कदै गर्दा आफूलाई ग्राहक ठान्ने केही दर्शक भन्दै थिए– पुरानै स्वादको महँगो खाले ‘मह दोकान’ रहेछ।
I was also one of the audience at the Maha Jatra show. The show overall was good. However, in one of the episode Maha Jodi started talking about Bahun Bahadur and Newar Bahadur and they started using cheap words which is beyond Maha Jodi’s standard. They were many kids at the show what they will learn from it? We have good culture and tradition that we should be teaching our kids. They need to learn these as they are already lost trying to figure out their way in this country. Maha Jodi is very respectful and well renowned face of Nepal and if they continue to give the show like this then their fame will be lost soon. I was also born and raised in Kathmandu never heard such bad words from either Bahun or Newar culture.
शिव प्रकाश को पहिलो हरफ को लागि:
youtube जस्ता वेब साइट हरु बाट फोकटमा download गर्ने र हेर्ने बानी परेकोले पैसा तिरेर हेर्न असहज भएको हुन सक्छ । पैसा तिरेर हेर्न सकिन्न भने कार्येक्रममा नजानेहो फोकेडमा हास्न मन छ भने हजारौ एस्ता साइट छन जसबाट फोकड़मा मनोरंजन लिन पाउनु हुन्छ ।
मह जोडी ले आफ्नो पेसा लाई न्याय गर्न पाउनु पर्छ आफ्नो कलाकारिताको इमान्दारीका साथ व्यवसाय गर्नु नै उनीहरु ले आफ्नो पेशा प्रति न्याय गरेको सम्जनछौ हामी ।
फोकटमा पाए जे पनि लुडाउने मुल्य तिर्न परे टाउको चिलाउने भएन भनेर खोइरो खन्ने ।
देशको लगानीमा विदेश गएर भागेको होइनन तिनीहरु ।
देशको दुकुटी बाट तलब खान्नन तिनीहरु ।।
सरकारी अस्पतालमा कामगर्ने डाक्टर बिरामी लाई आफ्नो क्लिनिक बोलाउछन ।
सरकारक बाट भत्ता खाने सभासद, नेता जनताको काम गर्दा घुस कमिसन खाने ।।
-आफ्नो कामको पैसा लिन पनि नपाउने-
काम गर्ने मरेर, फोकटको नाम, दाम छैन, के गर्ने ? इतिहास मा कलाकार राम्रै हो अभाबमा बित्यो जिन्दगि मह जोडीको अर्को कथा लेख्ने ?
All MaHa hater, we couldn’t help you. First of all the way you put your logic shows that most of you are living in USA or aboard. It obvious that you have intention to preach others those staying in Nepal or visiting aboard considering them inferior to you by any means. MaHa has the satirical “prahashan” based on current sociopolitical situation in Nepal which you don’t have any first hand experience and if you say you have you are dead wrong.
OK who hates MaHa ?
1.Those communal leaders who have been spreading wrong, communal, racist, divisive, socio-destructive messages to the traditional ethnic communities. e.g. some leaders from Rais, Limbus, Newars, Gurungs, Sherpas, Magars, Tamangs etc.
2. Those people who hates inter-caste marital relationship and social movement directing towards eradicating discriminative caste system. The biggest irony is that they act like they support it but they oppose it in big time from heart, e.g. Brahmins, Chhetris, Newars, Rais etc. They act like the satire MaHa has thrown, has struck right into their heart, therefore they find” Bahun bahadur and Newar bahadur” offensive. Guys you need to have gut and courage to admit what wrong practices are going on in our society instead of covering it. MaHa has that gut to expose it and you MaHa hater find if lowly and offensive. What a hypocrite you guys are!!!!!!
शोवाब परिवर्तनसिल छ:
महको शोवाब परिवर्तन भाको रैछ. .
छेमता मा बेजोड कमि ahhako रैछ.
I am not very smart, that day i had pre plan to laugh.
Still they couldn’t make me laugh कुरा साफ साफ.
Old days were different. Now money drives the world.
The topic they came to make people laugh, that was really cold.
My question is: Do MAHA really think they did a good job?
If they think so that would be bad.
The best artist of our country can’t come with more then that which makes me even more sad.
MAHA are the people i had kept in my heart.
I m still thankful their contribution on many part.
But,
sorry, MAHA.
The program was really weak. If you really think we are your God as you said then we have to give you a second chance.
We were not waiting to catch your one mistake but sorry MAHA if you play बेमौसमी बाजा we can’t dance.
I know you are already tired with lot of traveling we are sorry if we made u feel bad.
It just a honest comment but I still love you just like my grand pa, grand ma and my dad.
“सबैले लेखककै गालि?” कसरी, कहाँ, किन भनेर यहाँ कुरा..छैन I सिधै भन्दा, ” आई हेट मह जोडी”I फेरि कसरि भनेर..”गो ब्याक एण्ड रिसर्च” पो भन्छुं ! मैले धेरै अघि “१५ गते” बाट हेरेको हास्यकला जोडी २०१४ सम्म आइपुगिदा प्राय:ले महान उपमा दिएको हुनुपर्छ’को २ पटक (लाइभ २००६ & २०१४-UK ) हेरिदा बुझेको धेरै इतिहास, उमेर, शिक्षा, कला, अनुभव, प्रस्तुति, आवरण दजाइदा तल्लो, कमजोर र अप्रसन्सनिय लाग्यो ! उनीहरुका चरम चहल-पहलमा देखिएका “केहि काम भने ऒके”! नत्र, मैले नजिकबाट जति मानेको.., त्यो भन्दा अरु हास्य कलाकारहरु बेटर छन् है! दाजेर हेरौं, कुरा गरेर, हेरेर, बुझेर मुख खोलौं! संगीत र गायनकै कुरा, फिल्म र हास्यव्यंगकै कुरा, सामाजिक, राजनीतिकै कुराहरु, अन्तरवार्ता, ब्यक्त्तिगत जिबनकै कुरामा पनि ‘मह’ मन परेन! त्यहाको ‘मह दोकान’ जे जस्तो भो, “७०% शिवकै पछि, लु जा”!
“१. के हो कनट्रयाक्ट भन्या चौतारी मुनिको धुलो? के सांचै भनेका हुन्? “मिलनजीले भने जस्तो लेखक शिवप्रकाशले यसलार्इ प्रुफ गर्नु हुन्छ ? त्यो एउटा प्रश्नमा म पनि सहमत छु ।”
शिव प्रकासले प्रुफ दिनै पर्दैन, हामीसंग छ जबाफ । मैले पनि पाए तो ईमेल ! सयौलाइ था छ पाँच बर्ष अगि हेल्प नेपालकाे सहयोगार्थ गरेको प्रोग्राममा के गरेका थिए मह महानुभावहरूले ।
ल मेरो पनि च्यालेन्ज ल देखाऊ एउटा सुद र एउटा मोर्याटी भएर ईन्डिया र अमेरिकाको मह जात्रा ? अनि म पनि मानुला महान् र सच्चा देशभक्त ? बाहुन र नेवार देखाएर, घटिया डाइलग हालेर मिलेर बसेको समाजलाई पनि नकारात्मक सन्देस दिएर कसको दुनु सोझो गर्न खोज्या हो ? अन्यथा नठान्नु होला, रत्नपार्कमा लुतोको दवाई वेच्नेले पनि त्यति तल्ला स्तरका शब्द प्रयोग गर्दैन थिये होला !
हसाउने भनेर दसदेश घुमेर आफ्नै देश आफ्नै नेपाली दाजुभाइको वेइजती गर्ने ? सक्नु हुन्छ भने हामीलाई िय प्रश्नको जवाफ दिनुस । तर कृपया अरूले हैन मह स्वयंले ।
चुपचाप मह वेपार गरेर बस्नुस । महज्यु तपाईहरूलाई महान् मान्ने अझै हामी धेरै छौ । चल्ता रहेगा ।
ल महासय
अब यहाँले आफ्ना बाउआमा ढोग्दा मुखमा थुकीदिनु । निधारमा पीँध(चाक) दल्दिनु । बाउन बहादुर र नेवार वहादुर सिकाएको त्यै त हो नि !
शिव प्रकाश जी को लेख देखेर सार्है दया लाग्यो मलाई . मह जोडी यस्ता कलाकार हुन् जुन पंचायत कालमा रसरंग भन्ने रेडियो कार्यक्रम देखि आज सम्म देश विदेश सम्म गएर हामीलाई मनोरंजन साथै नेपाली समाज लाइ जागरुक बनाउने काम गरेका छन् . जातभातको कुरा गर्दा “१५ गते” भन्ने टेलिभिजन कार्यक्रम देखि आजको “बाहुन बहादुर र नेवार बहादुर” सम्मको प्रस्तुतिले छर्लंग देखाउछ उनीहरुको जातपात बिरोधि भावना . “लालपुर्जा” मा उनीहरु भू माफिया र अव्यवहारिक कानुनले गर्दा सोझा र साधारण मान्छेले पाएको पिडा देखाउछन .”लक्ष्मी” मार्फत आर्थिक अनियमिता र जागरुकता जगाउछन .” मह चौतारी” मा क्रुर माओबादी र अराजक राज्य बिचको अन्तरद्वन्द ले गर्दा साधारण जनताले पाएको दुख देखाउछन . “आहा” भन्ने tv serial मा कुष्ठ रोग सम्बन्धि स्वास्थ्य चेतना फ़ैलाउछन .त्यस्ता कति छन् कति .
जो कलाकार पंचायत को दमनदेखि क्रुर माओबादी कथित जनयुद्ध मा पनि तिनीहरु माथि कटाक्ष्य गर्न डराउदैन , जो कलाकार हरेक राजनीतिक परिवर्तन मा जनताको साथ् दिन्छ , जो कलाकार कुनै पनि पार्टीको झन्डा समात्दैन . ति “मह” हुन् .
मेरा स्वर्गीय माता पिता देखि अमेरिका मा हुर्कदै गरेको मेरो ८ बर्षीय छोरो समेत उहाहरुको fan हो भने उहाहरुको कला र क्षमता को अन्दाज लागिरहनु पर्दैन .
उनीहरु तेसै “मह” भएका होइनन . संसारमा लगभग २०० देशहरु छन् ति सबै देशमा कलाकार हरु छन् ति सबै कलाकारहरु प्रस्तुति दिन्छन तर “मह” को कुनै पनि कार्यक्रम संसारको कुनै पनि अरु कलाकारको प्रस्तुति र कथा संग मेल खादैन , उनीहरु सुद्ध नेपाली माटो को भाषा बोल्छन, सुद्ध नेपालको कथा खोज्छन र त मह भएका छन् .
कुरा आयो पैसाको अमेरिकी दुतावासले उनीहरुलाई ५ लाख डलर दिन्छ भने देवोस अर्को जापान ले नि देवोस जर्मन ले नि देवोस त्यो त हाम्रो लागि गर्व को कुरा हो. हामीले के दिन सक्छौ र ? $२५ तिरेर जाने , त्यहाँ हास्ने पनि अनि आएर खुरापाती कुरा गर्ने त्यति त हो .
अब आएर महले माईसंसारमा यँहा खुलाएका प्रश्नहरुको एक एक जवाफ दिनपर्यो| हतार हतार बिज्ञप्ति निकाल्ने तर सही प्रश्नहरु अनुत्तरित रहन दिनु भएन| अरुलाई हसाउने नत्र उनीहरु स्वयम् हाँसोको पात्र हुनेछन|
लेखक शिवप्रकाशले त्यत्राे ठुलो काम गरेका छैनन् । शैली र बान्की मिलाएर लेखेका छन् । तर त्यसमा उनलार्इ न त गाली गर्नु पर्ने कारण देख्छु । न त चाहिने भन्दा बढी धन्यवाद नै दिनु पर्ने । बरू सत्य के हो खाेतल्दा राम्राे । तर अब अवस्था अर्कै अाएछ । म पनि चुपलागेर बसेको थिएँ । कमेन्ट सबै पढ्रदै मात्र थिएँ ।
मलाइ त सुनकाे मुर्ति ठानेको महले त जलप मात्रै सुनको लाएको रहेछ जस्तै लागो ,। सबै कुरा छाेिडिदिउँ ५ लाख ६० हजार डलर लिएकाे त हो नि ? अाफु चैं विदेशीको एजेन्ट भएर पैसा खानु र हाम्रा नेताकाे, समाजको चै विदेशमै अाएर खिल्ली उडाउनु हामी नेपालीलार्इ मन पर्छ भने महका बारेमा शिवप्रकाशको साहसलार्इ दुस्साहस मान्नु पर्छ । हैन भने मेरा लागि पनि “मह” मह हैन महकाे उल्टाे जे हुन्छ ती हुन् ।
“१. के हो कनट्रयाक्ट भन्या चौतारी मुनिको धुलो? के सांचै भनेका हुन्? “मिलनजीले भने जस्तो लेखक शिवप्रकाशले यसलार्इ प्रुफ गर्नु हुन्छ ? त्यो एउटा प्रश्नमा म पनि सहमत छु ।
दाेस्राे प्रश्न महजाेडीलार्इ, हामी नेपाली जनताले यत्राे, माया, ममता, स्नेह र श्रद्धा गरेर दिएको सम्मान र पैसाले तपाइँहरूलार्इ खान पुगेन ? किन लिनु भो भित्रभित्रै अमेरिकी एम्बेसीबाट पैसा र गुपचुप बस्नु भाे ? के तपाइँहरूलार्इ अमेरिकका भन्दा ठूला महान् कलाकार भनेर दिएका हुन् ?
तेस्राे प्रश्न पनि महजाेडीलार्इ नै, ल त्याे बाहुन र नेवारलार्इ हाेच्याए जस्तै गरी अमेरिका ।र नेपालकाे बारेमा प्रहशन गरेर देखाउनुस् त हामी तपाइँका लागि उभिने मात्र हैन, खुट्टा ढाेगेर पूजा गर्छाै । सकनु हुन्छ अमेरिकी र इण्डियन स्वार्थका विरूद्ध चुँ गर्न ? गर्नु भएकाे छ कहिल्यै ? वाहा ! महान् कलाकार, तथा हास्वव्यंग्यका धराेहर के सबै नेपाली बेबकुफ छन् ।
इण्डियाले के सम्म गरेकाे छैन नेपालमा र नेपालीहरूलार्इ ? कहाँ छ विवेक? गएकाे छ तपाइँहरूकाे कला ? के हाम्राे मस्तिष्कमा गाेबरमात्र छ भन्ने ठान्नु भएकाे छ ? जवाफ दिनुस् हामीलार्इ ।
कसलार्इ धिक्कार भन्ने ? एउटा कलम बाेकेर साहस गर्ने लेखकलार्इ कि हाम्राे बुद्घीलार्इ ?
” शिव प्रकाश टपरटुइँया लेखक हैन । उनका धेरै गहकिला, खोजपूर्ण, सत्यतथ्य र जोखिमपूर्ण लेख मैले नेपालका राष्ट्रिय पत्रपत्रिका देखि माइसंसार र सेतोापाटीमा प्रसस्त पढ्ने गरेकी छु । मलाई अझै सम्झना छ रमेश खरेलका बारेमा लेखेको लेख ? कति साहस र जोखिम उठाएर लेखेका थिए ।” N0bil
जी ले भने जस्तो म पनि उनको पाठक हुँ । मैले लेखक र मह दुबैलार्इ चिनेको छु । एउटालार्इ तस्वीर र लेखमा । एउटालार्इ कार्यक्रममा । मेरा लागि दुबै बराबर हुन् तर अब भएनन् ।
मैले अरू पनि धेरै सुनेकाे छु महका बारेमा नराम्रा कुरा अावश्यक परे खोल्दै जाउँला ।
पहिले लेखकका बारेमा पनि बुझाै कस्तो लेखक हो भनेर अनि मात्र हावादारी स्तरहिन कमेन्ट राखाैं । बाैदिक कंगाल बननाैं । तपाइँले प्रयाेग गरेका शब्दले तपाइँको परिचय दिन्छ । तपाइँको तस्वीर त्यसमा अाउँछ ।
म गर्व गर्छु माइसंसार र याे लेखकप्रति अब । जसले यस्तै साहस गर्छन् । राजा ज्ञानेन्द्रका पालामा भूमिगत भएर पनि हामीलार्इ सूसुचित गराए । धन्य माइसंसार । जय होस् ?
जब कसैले अन्यथा औल्याईदिञ्छन, कुनै गहन कुरोलाई पनि राम्रोसंग नबुझी केलाई जिलाई नगरी हाम्रा कति साथीहरु आफ्नो सोचलाई पुरानै पूर्वाग्रह भित्र राखेर एकाएक मन्तब्य दिन थाल्छन| हामी बक्स भित्र मात्र रहन चाहन्छौ| आउट अफ बक्स सोच्ने पनि गर्नपर्यो कैले कंहि|
शिव प्रकाशज्युले कतिवटा चाहिदा र तथ्य कुराहरु औल्याईदिएका प्रष्ट देखिन्छ| उंहाले आफ्नो बायस पनि पोखेका छन् तर हामी संधै एउटै रट मात्र लगाउने बानी परेकोले उँहाको यो विचरण योग्य लेखलाई कतिले विचारै नगरी पन्छाएका छन्|
केही उदाहरण हरु:
१. के हो कनट्रयाक्ट भन्या चौतारी मुनिको धुलो? के सांचै भनेका हुन्?
२. पैसा तिरेर हाँस्न जाँदा किन उद्घोषकले जबर्जस्ती दर्शकलाई उठाएर सम्मान गराउन लाउने? के हो महान भन्या? ग्राहक महान कि बिक्रेता?
३. आजको नेपालको जातपातको बिकराल स्थितिमा नेवार बहादुर र बाहुन बहादुर शीर्षकले कस्तो संदेश जान्छ? आदर्शको बोक्रे नाटक रचाउने भन्दा टोलीमा को को छन् त्यही हेरे पनि थाहा पाईन्छ कति समावेशी व्यवहारमा ल्याएको रहेछ|
मलाई लाग्छ सबैजना एकै मुरलीको तीखो धुनमा आलाप गर्ने परिपाठी बनेको बेला शिव प्रकाशजीको आँटिलो लेखले महलाई भविष्यमा सचेत रहन र सुधार गर्न तिर अवस्यै मद्दत मिल्नेछ|
माइसन्सार पनि पढिरन्थे तर कमेन्ट नलेखुँ भन्थे । तर लेख्न बाध्य भएँ । दिल मानेन ।
नेवारालाई त्यस्तो तल्लो स्तर, असभ्य तथा जंगली देखाएको र बाहुनलाई त्यस्तो दरिद्र तथा तुच्छ देखाएको सबैलाई मन पर्छ भने भन्नु केही छैन । मदन कृष्ण र हरि वंशले यसैलाई हास्यव्यङ्ग्य बनाएर आफूलाई महान् कलाकार ठान्छन् भने म चैं धिक्कार भन्छु ।
के आशा गर्नु ? हाम्रो समाजमा सुधार आउँछ भनेर । चेतना छ भनेर के विश्वास गर्नु ? हेर हाम्रो बुद्धि ? सोचौं पहिले । ध्यानपूर्वक विचार गरौं, एउटा लेखकले किन लेख्यो होला ? शिव प्रकाश टपरटुइँया लेखक हैन । उनका धेरै गहकिला, खोजपूर्ण, सत्यतथ्य र जोखिमपूर्ण लेख मैले नेपालका राष्ट्रिय पत्रपत्रिका देखि माइसंसार र सेतोापाटीमा प्रसस्त पढ्ने गरेकी छु । मलाई अझै सम्झना छ रमेश खरेलका बारेमा लेखेको लेख ? कति साहस र जोखिम उठाएर लेखेका थिए ।
जथाभावी नलेखौं, बुझेर लेखौं । नबुझे खोजी गरौं । सभ्य तरिकाले लेखकसँग स्पष्टिकरण मागौं । मैले पनि हेरेँ त्यो नेबार र बाहुनबाला सो । घटिया नै लाग्यो । मेरो पनि चित्त दुखाए यिनले ।
बाँकी डलर खाएको सत्य हैन भनेर कि महले भन्नु परो ? कि लेखकले माफी माग्नु परो ?
आरोप कसैलाई लगाउन पाइदैन । हामी सुधारियौ भने मात्र हाम्रो समाज सुधारिन्छ । धन्यावाद ।
हँसाए साथीहरुले एक जनाले राष्ट्रिय कलाकार भन्नु भएछ, महजोडीलाइ राष्ट्रिय कलाकार भनेर अपमान गर्ने ? उहाँहरु त अन्तर्राष्ट्रिय कलाकार । अमेरिकाले समेत पत्याएर पाँचकरोड झ्वाम्मै दिएको ।
अर्कोले भन्नु भएछ, २५ डलरको कुरा, हो त नी ५लाख ६० हजार डलर भित्र भित्रै पाउने मान्छेका लागी नाथे हामीले २५ डलर दिँदा के को दुःखेसो । तर बुझ्नु पर्ने यो २५ डलर अमेरिकन एम्बेसीको हैन, खुट्टा फुटाएर कमाएको हो । नेपालीको दुख पसिनाको कमाइ हो । म पनि यही छु कति दुख गरेको छु मलाइ थाह छ ।
एकजानाले भन्नु भएछ, अमेरिका आउने जाने टिकट, हुटेल खर्च रे ? अन्त त था छै, बोस्टनमा चै नेपालीकै घरलाई हुटेल बनाएर बसेका थे । सपरिवार । कति पैसा तिरे तपाइँकै आदर्शवादी हरुलाइ सोध्नुस् । टिकटको कुरा त था छैन तर भोली इण्डीयन एम्बेसीले दिएको भनेर आयो भने पनि अचम्म मान्नु पर्दैन । त्यसको लिस्ट आउन बाँकी छ । पाले ठानेर पालेपोसेको त धेरैलाई छ । कुनै दिन आउँला ।
मैले पनि हेरेँ नेवार र बाहुन बाहादुर । त्यति सस्तो र तल्लो स्तरको बोली बोल्ने असभ्य नेवार काँ छ मदनकिस्नलाई थाह होला ? काटो खाने बाहुन काँ छ हरिबंसलाइ थाह होला ?
धेरैले लेखकलाई गाली गरेको लेखकले पनि डलर पाएर मदनकिस्नले हरिबंसले अमेरिकाले सम्मान गरेर पाँच करोड दिएको भनेको भए सबैको चित्त बुझ्थो होला हैन ? नेवार यस्तै असभ्य छन् भनेको भए चै के हुन्थाे होला ? पहिले त्याे सो हेर, ध्यान दिएर अनि बोल । तेसै बकबक नगरूम् साथी हो ।
तेसैले त नेता र हाम्रो समाजका यस्ता आडम्बरीले हामीलाइ भेडा र मुर्ख ठान्छन् त । आजसम्म कसैले लेख्न नसेको एउटा लेखकले साहस गरो । कसैले निकाल्न नसकेको हण्डी खानेको लिस्ट माइसंसारले निकालेर हामीलाई चिन्ने मौका दियो ।
साहसलाई मेरो पनि सलाम ।
आदरणीय पाठकवृन्द,
सर्वप्रथम, प्रसस्ती र स्तुति लेख्न नसकोको क्षमाप्रार्थी छु । कतिपय सत्यले स्तुतिको स्वभाव र स्वरुप लिन सक्दैनन् । त्यसैले सत्यहरु स्तुतिमैत्री हुदैनन् ।
लेखक जहिले पनि संकटमा हुन्छ– “पपुलारिटी”मा जाने कि “रियालिटी”मा ?
“रियालिटी”को भागमा प्रायशः आलोचना र गालीकै परिकार बढी हुन्छ । लेखकले त्यो खानै पर्छ । पचाउनै पर्छ ।
मलाई लाग्छ म प्रायः “रियालिटी”को कित्तामा छु । जुन समाजलाई पचाउन गाह्रो हुनु स्वाभाविक पनि हुन्छ ।
अपवाद बाहेक हाम्रै ओरिपरीका, हाम्रै समाजमा भएका कवि, लेखक, साहित्यकार, समाजसेवी र अझ नेतालाई हेरौं । निष्ठा नजप्ने को छ ? तर निष्ठामा बस्ने कति छन् ?
भलै पूजन दीर्धजीवी नहोस् तर समाजमा प्रायशः पूजित तिनै हुन्छन्, जोसँग ढाट्न, छल्न, ठग्न सक्ने कला छ । नसक्ने घृणित हुन्छ भने घृणाको विष पनि पिउनु पर्छ । म स्तुति गाउन सक्दि, तयार छु ।
हाम्रा देवकोटा पनि बाचुञ्जेल घृणित भए । मरेपछि महान् भए । महान् भोल्टेयरले पनि त्यही दशा भोगे, जीवनभर समाजका लागि घृणाको पात्र भए । सेन्टपललाई ढुङ्गा खुवाइयो । समाजले सत्य पचाउन नसक्दा सुकरातले हलमेक विष पिए । पूर्वीय मिथकमा शिवजीले कालकुट विष पिए । न्याय र सत्यविमुख समाजले २६ वर्षिय युवती रेहनेह जब्बारीलाई गएको हप्ता मृत्यदण्ड दियो ।.
नठान्नु होला विद्वता देखायो, उनीहरु जस्तै हुन खोजेको भनेर । यी सत्यहरुका बारेमा हामी धेरैलाई थाह छ । सत्यहरु यस्तै हुन्छन् भनेर पुनर्दृष्टान्त मात्र गरेको हूँ ।
मैले केही लेखेवापत न कुनै परिश्रमिक पाउँछु ? न कुनै स्वार्थ र अभिप्रायले लेखेको हुन्छु । न कसैलाई होच्याउनु र गाली गर्नु छ । न कसैलाई महान् बनाउनु छ । न कसैको पक्ष र विपक्षको कित्तामा उभिनु छ । देखेको, सुनेको र भोगेको कुरालाई अक्षरमा उतार्ने काम मात्र गर्छु । समाजमा देखाउने काम मात्र गरको छु । हेर्न आँखा समाजसँग छन् ।
महात्मा गान्धीका पनि कमजोरी थिए, तिनलाई केलाउने मान्छेलाई के भन्ने ? मूर्ख, दरिद्र, दुराग्रही, पूर्वाग्रही, धृणित वा अरु केही ? गान्धीका कमजोरीहरुबाट जीवनको पाठ सिक्न सकिन्छ की भन्ने तर्कपट्टि हामी किन जादैनौं ?
महजोडी जस्ता कलाकारहरु हाम्रा लागि एकप्रकारले गान्धी पनि हुन् । अहिंस्रक बाटो लिएर विकृति बिरुद्ध समाजलाई आन्दोलित गराइरहे । तर के उहाँहरुमा कमजोरी छैनन् ? हामीले ईश्वर मानेका भगवान् राममा पनि कमजोरी थियो । जो सुनका मृग देख्दा लोभिए ।
त्यो कमजोरी देखाउनेलाई के नास्तिक भनेर घृणा गने ? दुष्टाचारी , पापी भन्ने । भनिन्छ भने म त्यो पनि हुन तयार छु ।
हामी मान्छे हौं, हरेकका स्वार्थ र कमजोरी हुन्छन् । आफूलाई अनुभूत भएसम्म र सकेसम्म म स्वार्थबाट माथि उठ्ने र कमजोरीलाई आत्मसात गर्ने प्रयत्न पनि गर्छु । तर हामीभन्दा धेरैले स्वार्थलाई जीवनको स्वप्निल उकालो चढ्ने सिँढी बनाउँछन् र हामीभन्दा माथि तिनै पुग्छन् । जो माथि हुन्छ समाजले तीनकै पूजा गर्छ ।
महजोडी कसैका पेवा हैनन्, हामी सबैका हुन् । उहाँहरुका राम्रा पक्षलाई आत्मसात गरेर जीवनमा ज्योति खोज्ने र कमोजोरीलाई औल्याउने टुकी बालिदिने अधिकार हामी सबैमा छ ।
कमजोरी औंल्याउनु भनेको होच्याउनु र गाली गर्नुको अर्थमा महजोडीले पनि बुझ्नु हुन्छ भने उहाँहरुले पनि अरुका कमजोरी औंल्याउन छोड्नु पर्छ । यो लेखमा लेखिएका कुरा सबै झुठा हुन् भनेर भन्न सक्नु पर्छ ।
आलोचना भनेको हिड्दा हिड्दै बाटो बिराइयो भने सही बाटो देखाउने कम्पास पनि हो । म पाठकका आलोचनासँग असन्तुष्ट कहिल्यै छ्रैन । सभ्य भाषामा जति आलोचना गर्नुस् त्यो मेरालागि प्रेरणदायी र पथप्रदर्शक पनि हुन सक्छ । तर हामी धेरैको “विश्वास अरे”मा र “काम भरे”मा अड्किएको हुन्छ ।
महजोडी व्यक्ति हैन, सँस्था हुन् । त्यो सँस्थाका हामी सबै सदस्य हौं । एउटा सदस्यले आफ्नो सँस्थामा असन्तुष्टि राख्ने नपाउने ? न्यायका दुई अनुहार हुन्छन् तर ती दुबै वैधिक र नैतिक हुनु पर्छ ।
कलाकारहरु राष्ट्रका गहना हुन् । जसले हाम्रो हृदय सिँगारेका हुन्छन् । महजोडी लगायतका कलाकारप्रति मरो पनि त्यति नै सम्मान र नमन छ, जति अरुलाई छ । मेरो हृदयको सिंहासनमा बसेका मान्छे सधैं बसिरहुन भन्ने कामना पनि हो ।
भनिन्छ– कमजोरी औल्याइदिने मान्छे सबैभन्दा ठूलो शुभचिन्तक हो ।
जहाँसम्म प्रस्तुतिको कुरा छ– बाहुनबहादुर र नेवारबहादुरको समाज कहाँ छ भनेर खोजिगरेको हुँ । बाहुनलाई ढोग भन्दा पछाडि पुठ्ठो(पिँध) तिर हात लगेर के देखाउन खोजिएको हो ? अर्थ बुझिन । कहाँ छ अहिले त्यो समाज ? नेपालमा कहिले कहाँ थियो त्यो खाल्को असभ्य नेवार मान्छे र नेवार समाज ? पुठ्ठोलाई नै मेरो निधार भनेर देखाउने नेवारको विम्ब कहाँबाट आयो ? ढोग्ने र ढोगाउने चलन समाप्त भै सकेको छ । बरु त्यस किसिमको सन्देश दिन सकेको भए, नबुभेकाले पनि बुझ्थे होलान् ।
त्यही प्रसंगमा काट्टो खाने बाहुन भनिन्छ । कुन बाहुनले काट्टो खान्छ ? हो, राजको काट्टो खान्थे होला केही बाहुनले । तर अहिले राजा छैन । सान्दर्भिकता तर्फ पटक्कै गम्भीर नभएर ज्यादै हल्कारुपमा प्रस्तुत भएको महशुस भयो । नेवार शब्दले जस्तै बाहुन शब्दले सम्पूर्ण ब्राम्हण जातिको प्रतिनिधित्व गर्छ । तपाइँहरु दुई मध्ये एक बाहुन होला, एक नेवार होला ! के तपाइँहरु ढोग्दा पुठ्ठो देखाउनु हुन्छ ? काट्टो खानु हुन्छ ? के सन्देश दिन्छ यसले एकपटक गम्भीर भएर सौचौं !
जुन कुराहरु नयाँ पुस्तालाई थाह छैन, याद पनि गरेन र गर्न पनि चाहेन । के उनीलाई सिकाउन खोजेको हो ? बाहुन र नेवारबिच यस्तो गर्नु पर्छ भनेर ! अन्त्यमा सौहाद्रताको सन्देशदिनु बेग्लै कुरा हो तर मानव मनोविज्ञानले बताए अनाुसार पोजेटिभको दवाईभन्दा नेगेटिभको विषले छिटो असर गर्छ हामी मान्छेलाई । यस तर्फ सोच्छ जरुरी छ कि छैन ?
जहाँसम्म २५ डलरको कुरा छ । पैसा अनुसारको स्तर भएन भन्ने असन्तुष्ट दर्शकको प्रतिनिधित्व गरेको हुँ । बुझाइ, हाम्रो आ–आफ्नो भएको मात्र हो ।
चित्त नबुझको कुरा यिनै हुन् । गल्ती भए पुनः क्षमाप्रार्थी छु । पाठकले आफ्नो तरिकाले बुझ्नु उहाँहरुको स्वतन्त्रताको कुरा हो । म त्यो स्वतन्त्रताको कदर गर्छु ।
आदरणीय पाठकवृन्द, तपाइँ असल हुनुहन्छ, तपाइँको असल भाषालाई प्रयोग गर्न नविर्सिनु होला । धन्यवाद ।
लेखक ज्यु रियालिटी नै देखाउने हो भने :
सानो छउन्जेल बाबुआमाले देखेको सुसू, बुबु हरु ठुलो भए पछि पनी मेरा बाउआमा हुन् देखेकै त हुन् नि भनेर ठुलो भए पछी पनी खोलेर देखाइदिने ?
भगवानमा त अबगुण भेटिएका छन् भने मान्छेहरुमा गुण त हुन्छन नै तर तपाइले २५ डलर खर्चेर कती फाइदा भयो भनेर हिसाब गरे जसरी गुण अबगुणको मात्र हेरेर मान्छे र समाजले कसैलाई सम्मान गरेको हुन्छ | अबगुण भन्दा गुण धेरै भएर नै तल कमेन्टमा देखिए जसरी नेपाली समाजले मह जोडीलाई धेरै सम्मान गर्ने गर्दछ | जब खोजी खोजी सानातिना अबगुण खोतलेर गुणहरुमा दाग लगाउन खोजिन्छ तेस्लाई छुद्र मती भनिन्छ |
अमेरिकामा आय आर्जन गरेर बसेको तपाइलाइ नेपालदेखी खर्च बेहोरेर गएको मह जोडीको जम्बो टोली के सित्तैमा जात्रा देखाईदिनु पर्ने ? कि तपाइले भनेजतिमा टिकटको को भाउ तोकिदियेनन भन्न खोजेको ? नेपाल छोडेर ठुलो भाग कमाउन तपाई चै अमेरिकामै थेचरिन हुने तर उनीहरुले आफ्नो कला बेचेर कमाउन जाँदा ठग भए मह हरु ?
लेखकज्यू तेत्रो अरुको अरुको रियालिटी देखाउने सोख पालेको भए आफ्नो पनी मिसाएर देखाउने गर्नुस |
ओ मि. केडार अन
अमेरिकामा आय आर्जन गरेर म पनि बसेको छु ! मेहनत गरेको छु । तर नेपाल मा वसेर भित्र भित्रै विदेशिको हाण्डी खाएर नेपाल आमालाइ वलत्कार गरेर बाहिर बाहिर देशभक्त र अादर्शवादी भएर पाखण्डीपना देखाएको छैन !
ितम्रा मह विदेसीको हन्डी खाने टप टेन महान भित्र पर्छन !
पुजा महान्को त हुन्छ नि अझै गर ।
सत्य खोतल्ने साहसि लेखकलाई सलाम !
मैले MAHA जात्र हेर्न त पाएको छैन तर मलाई यो लेखक को बुद्दि देखेर सारै दिक्क लग्यो. प्रहसन, सिनेमा, नाटक मा काल्पनिक कुरा हरु हुनु स्ववविक मात्र होइन आवस्यक नै हुन्छ. दिन दिन नै घर घर मा, भट्टी भट्टीमा , गल्लीगल्लीमा देखिने कुरा हरु मात्र समेटेर नाटक, सिनेमा बनाउनु सम्भव छैन, बनेमा सफल हुनसक्दैन. अझ अलि अलि पागलपन, हावादारी कुराहरु नभईकअन हास्य कार्यक्रम बन्दैन वन्ने कुरा थाहा नहुनेले के लेख लेखिरख्नु.”कुकर मा चामल, पानी हाल अनि सिट्टी लगाऊ भात पकाऊ” कोहि पानी हस्दैन.
पहिलाे, लेखककाे स्पष्टीकरण पनि पढुम् ।
‘मान्छेले विश्वास मान्दैनन्, हामीले बोलेर–लेखेर के हुन्छ?’ भुक्तभाेगीको यो अनुभवका बारेमा पनि केही साेचेर प्रतिकृया लेख्ने की ?
नेवार बहादुर र बाहुन बहादुरले मलाइ पनि नकारत्मक असर गराे । हास्यवंग्य समाजका विकृति हटाउन सन्देश दिइन्छ तर त्यहा गरिएको प्रहसन अति हल्का र वाहियात नै लागो । नकारात्म सन्देश पाए मैले । भाषा, शैलीमा निक्कै कमजाेरी पाएँ ।
दोस्रो, म पनि काठमाडाैंको नेवार समुदाय बिच जन्मेर हुर्केकाे हुँ,असनमा । म बाहुन परिवारकै हुँ । २०, २५ बर्ष अघिसम्म बाअामालाइ बाजे बजै भनेर टाउकाे निसहुराउने चलन िथयाे । अहिले हात मिलाउने र नमस्ते गर्ने चलन छ । हामी नेवार बाहुन सधैं सँगै हुर्कियाै तर कहिल्यै अापसमा छुद्र र तल्ला स्तरका बोलि र गालि निकालेअाैं ।
कलाकारले हैन ठेकदारले धेरे बार्गेनिङ गरेको पनि सुनियो ।
तँ काटो खाने बाहुन र त भैसीकाे लादी खाने नेवार जस्ता शब्द प्रयाेग गरिएकाे महको हास्य काेसेली बाेकेकाे हाम्राे समाज काठमाण्डु भन्दा बाहिर छ भने था भएन ।
महले यस्तो सस्तो प्रहसन नदेखाउन् भन्ने सन्देश पनि छ जस्तो लाग्छ याे लेखमा ।
मैले धेरै राम्रोसँग हेरे महको शाे ….. महजाेडी भन्दा पनि महको बेपार गर्न अाउने बीचको अर्को ठेकदारको चुरिफुरी निक्कै बढी थियाे । मान्छेकाे अाक्राेस त्यता ठाेकिन्थाे । ;
१) अमेरिकामा सेटल हुनुमा नराम्रो के छ? अमेरिकामा सेटल हुनु नराम्रो भए के गर्नु चाही राम्रो? नेपालमा नै चरी, मनांगे, चक्रे, भएर बसेको राम्रो? कि नेपालमा बसेर दलाल, नेता भएको राम्रो?
२) थुक्क सब्दले बल मस्तिस्कमा केहि असर पर्दैन. सायद बच्चाहरुले एउटा नया नेपाली सब्द सिक्नेछन. तपाईले सानो हुदा यहि थुक्क सब्द सुनेर तपाइको मस्तिस्कमा अलिक असर परेको हो कि कसो?
३) हास्यब्यंग तथा मनोरन्जनात्मक कार्यक्रम नैतिक सिक्ष्य को किताब पठन गरेर हुदैन. हावादारी, र काल्पनिक कुरा हरि हुनु जरुरि हुञ्छ. मह को कार्यक्रम हेर्न जाने अनि ज्ञानेन्द्रको अभिनन्दन जस्तो खोज्ने?
तेसोभए आफ्ना वच्चालाई थुक्क तिम्रो बाआमा भन्न सिकाउनुस् I किताब ढोग भनेर आफ्नै पिंध दल्न सिकाउनुस् I हैन भने खरावलाई खराव भन्न सिक्नुस् !
आफ्नो छोरा छोरी लाई मह ले तेस्तै सिकको जस्तो लाग्यो भने पैले तिमी बिदेसी च्यानल ईन्टरनेट हरु बन्द गरी देउ आफ्नो सन्तान लाई। उनिहरु ले आज भोली त्यै बाट धेरै कुरो सिक्छन। justin bieber र miley cyrus हरु बाट बचाउ। तेसो त तिमी आँफैले पनि घर मा छोरा छोरी को अगाडि सधैं साधु भगवान बनेर त बसेनौ होला। त्यहा बाट पनि धेरै सिएको होला छोरा छोरी ले।
कार्यक्रमको गुणस्तरको बारे कुरा गर्न सकिन्छ। मह भन्दैमा सबै कार्यक्रम बेजोडकै हुन्छ भन्ने छैन। तर यो लेख चरम पूर्वाग्रहले ग्रस्त छ। पैसा तिरेर हेरेको भन्दैमा सम्मान गर्नु पर्दैन भन्ने कुरो मिलेन। स्कुलमा पनि गुरुले तलव लिएर पढाउछन्, गुरुको सम्मान नगर्ने? गाएकले पैसा लिएर नै गाएको हुन्छ। लेखकले पनि पु्स्तकको रोयल्टी लिन्छन्। घरमा पूजा लगाउन आउने पंडितले पनि दक्षिणा लिन्छन्। हामी सबैको सम्मान गर्छौ त। कलाकारिता महहरुको पेशा हो तर पेशा गर्दा गर्दे पनि पञ्चायतकालदेखि हाँस्यब्यंग, प्रहसन मार्फत कुशासन् ,भ्रष्टाचार,कुरीति बिरूद्द प्रहार गर्दै आएकाले महजोडीको बिशिष्ट श्थान भएको कुरा देख्नुहुन्न? कलाकारको रुपमा पनि उनीहरु जतिको उचाइको अन्य कमै छन्।
कार्यक्रमको स्तर राम्रो थिएन भनेर आलोचना गरेको भए बुझिने कुरा हो। कार्यक्रम कसैलाई राम्रो नलाग्न सक्छ, तर यो हाँस्यब्यंग, प्रहसन हो र यो कार्यक्रममा नैतिक शिक्षा लिन जाने कार्यक्रम हो र? अमेरिकी राजदूतावासबाट रकम लिएको, कार्यक्रमको पैसा महंगो भएको देखि लिएर कार्यक्रमको गुणस्तर राम्रो नभएको यावत कुरा गर्नु भएको छ,कुनै कुरा त सुनेको भरमा पनि लेख्नु भएको छ। म मिनियापोलिसमा बस्छु। यहाँ प्रवेशशुल्क तीस रुपिया राखेको थियो। करिव ५०० जना दर्शक थिए। हामीलाई त कूर्चीबाट उठेर सम्मान गर भनेर भनेन त। हामी स्वतस्फूर्त उठेका थियौं। बसुन्धरा भुसालललाई पनि त्यसरीनै उठेर सम्मान गरे। आयोजकले कलाकारहरुसबैलाई खादा ओडाए। सम्मान पत्र पनि दिए। मञ्चमा उनीहरुसंग तस्वीर खिचाउनेहरुको भीड लागेको थियो। मन ठूलो बनाउनूस लेखक ज्यू। हरेक कुरालाई पैसाले किन्ने बस्तु नसम्झिनूस्। महजोडीले नेपालको कला रंगमञ्च र समाजमा दिएको योगदानलाई तंपाईले अवमूल्यन गर्नुभयो।
जहाँसम्म कार्यक्रमको रकम वढी भएको कुरा हो, आयोजकले महको ब्यबश्थापकहरुसंग मोलतोल गरेर र त्यसमा मञ्जुर भएर कार्यक्रम गरेको होईन? जस्ले महको टोलीलाई अमेरिकासम्म बोलाएर कार्यक्रम गर्यो, यो आर्थिकरुपमा आफैमा ठूलो जोखिम होईन? १० जनाको टिकट, होटेल, खाना खर्च कस्ले लगानी गर्यो? जस्ले जोखिम मोल्छ, त्यसले नाफा त खान्छ नै । विचौलियाले पैसा खायो रे? कस्तो हाँस्यास्पद कुरा। रेष्टुरेन्टमा गएर मेनु हेरेर खाना खाइसकेपछि खाना मिठो भएन भन्न सक्नुहुन्छ, तर पैसा बढी लियो भन्न मिल्छ?
एक पटक एक जना मानिस बाटो मा लडी राको रहिछ एउटा अर्को धार्मिक बटुवा ले देखे छ भनेछ ओहो ल हेर उहाँ ले त बाटो मै भगवान को ध्यान गर्दै हुनुहुदो रहेछा अर्को जाँड खाएर मानिस आयेछा र भनेछ ओहो ल हेर कति ध्होकेछा बाटो मै लड्ने गरेर.
केहि वर्ष पहिले मा नेपाल घुम्न जाँदै ठिएँ केहि साथि हेरुले भने नेपाल मा फोहोर छ, धुलो छ. जाँ हेर्यो तेन्ही फोर छ त कसरि एक महिना बस्छास मैले भने मा त्यो हेर्न जान् लागेकै होइन मा त परिवार भेट्न, पोखरा, नगरकोट घुम्न जान् लागेको! जसले जे हेर्न जान् लागेको हो तेस्ले तेही खोज्छ अनि तेही मात्र देख्छ.
फूल को आँखामा फुलै संसार !
मेरो जहान ले दिन को तिन पटक सोद्ध्छे ये हजुर सुनिस्यो न मदन क्रिसने र हरि बनसे अमेरिका मा प्रोग्राम गर्दै छंरे हाम्रो सहर मा कहिले आउञ्छन हाम्रो छुट्ला है मैले अहिले भन्द्य छ.
शिव प्रकास जी ले मनको भरांस, काम को तेन्सिओन, २५ डलर को रन्को पोख्नु भ्हो जस्तो छ.
आफु त जे हेर्न जाने हो तेइ हेरिञ्छ रमाइलो गरिन्छा आइन्छा.
मित्रहरू,
पहिले लेखकको कुरा सबै राम्रोसँग पढ्म । लेखकको प्रतिकृया पनि पढुम् । मह जोडी हामी सबैक प्रिय हुन् वा थिए । समाजका अादर्श थिए वा छन् । तर के उनीहरूले अमेरिकी सरकार एम्बेसी बाट पाँच करोड लिएकाे हैन ? यि अादर्शबादीले कुन नैतिकताले दियाे त्यो पैसा खान ? के का लागि लिए ? कहा गो ताे पैसा ? खै पारदर्सिता ? के हो र के थियो नियत ?
मह संचार भनेको व्यक्ति हाेइन । सस्था हाे । यसले सधैं जनताको पैसा उठाएकाे छ । खै त्याे पैसाकाे पारदर्शिता । कहा गो अादर्श ? नेतालाइ मात्र गाली गर्ने उहाँहरू पनि जनातकै पैसाले कराेडपति हुनु भएको छ कि छैन ?
कतै बाहुनबदार र नेवारबाहुर तँ रूए जस्तो गर म कुटे जस्तो गर्छु भनेर तेसकै बलमा डिजाइन गरिएकाे त हैन ? मलाइ पनि मन परेन बाहुन र नेबार बादुर । मैले पनि राम्रोसंग बिचार गरेर हेरे ।
बुझेर लेखुम । हामिले चै कति दरिद्रता देखाइरहेका छुम् ?
महमा त्यस्तै दम छ भने अबको दुइ बर्ष भित्र शो गरेर देखाओस अमेरिकामा | चरो मुसो सम्म देखा पर्ने छैन | के कुरा गरेको ? यस्ता स्तरहिन हास्य कलाकार पनि रास्ट्रिय कलाकार हुन्छ र भन्या ?
त्यो २५ dollar मा १० थपेर déjà Vu (पोपुलर show girls ) छिरेको भए खुसि हुने थियोउ होला मित्र. राष्ट्रिय कलाकारलाइ सम्मान गर्न डर लाग्दो रहेछ. मन लाग्दैन भने तिमीलाई त्यो धोति संग काम छुट्टी मागी मागी किन जानुपर्थ्यो. काम गरेर खाएको देख्न नसक्ने यस्ता मान्छेहरु देखि मह Jodi लगायत अरु राष्ट्रिय कलाकारहरुले बिचल्ली हुनु पर्दैन||
जानु पनि पर्ने अनि आलोचना पनि गर्नु पर्ने ? यो पटक गल्ति गरि हालेउ लेखक जी , अर्को पटक न गर्नु , त्यहि २५ डलर सकिएको त हो नि हैन र ?
आखिर किन गयेको होला ?
हिजो आजको नेपाली हास्यव्यंग्यले नया पिंढी, बिषेस गरि बालबालिकाहरुलाई नराम्रो संदेश चाँही पक्कै दिईरहेकोछ I कस्तो सम्बाद बोल्दा उनीहरुमा कस्तो संदेश जान्छ कुनै पनि कलाकारले ख्याल गरेको देखिदैन, जबर्जस्ति मुख च्यात्ने उपाय मात्र सोचेर कलाकारको खल्ती त पक्कै भरिएला तर समाजमा राम्रो संदेश जादैन I
As compared to other shows in USA , $25 is not at all expensive for the show INCLUDING food. We paid about 30$ and we all enjoyed the show to the fullest. If you don’t like them, why you have to go to the show..Everyone has their own style of comedy and humor so if you don’t like then just ignore or avoid them. Just don’t write such bullshit to waste reader’s time…
कस्तो दरिद्र सोचाई हो यो लेखक को? लेख्ने सैली राम्रै लग्यो तर लेख्न आउछ भन्दैमा एस्तो लेख्नु को आवश्यकता देख्दिन! म पनि महको जात्र हेर्न गएको थिए! हास्य कार्यक्रम थिओ मज्जा ले हँसाए म पनि हासे! ३ घण्टा एकै छिनमा बिते जस्तो लग्यो! तिनी हरु को प्रस्तुति मा कुनै कमि लागेन ! सोचे भन्दा स्तरिय थियो! थुक्क भन्नुमा केहि गल्ति देख्दिन…यो लेखक ले त थुक्क भन्नु भनेको फ* भन्नु जस्तै हो भन्ठानेको कि के हो? “नेवारबहादुर र बाहुनबहादुरले समाजलाई जोड्न खोजेको हो कि फुटाउन खोजेको हो ?” तिनी हरु समाज बनाउने वा बिगार्ने जिम्मा लिएर आएका होइनन हसाउन आएका हुन् हँसाए. त्यो भन्दा बढी के खोजेको थिएउ र कार्यक्रम हेर्न जादा?
“जति जे भने पनि सबैका छोराछोरी अमेरिकामै सेटल भएका रहेछन्। अरुको खिल्ली किन उडाउनु ?” उमेर पुगेको छोरा छोरि जहाँ बस्न मन लाग्छ तेही बस्चन! तेस्मा मह को के गल्ति बरु छोरा छोरि लाइ जबर्जस्ति नेपाल बस भन्यो भने चाइ छोरा छोरि को अधिकार हनन हुन्छ…त्यो त आफै ले राम्रो बुझ्नु नै भाहोला. $२५ तेस्तो महँगो नै लागेको भए जादै नगाको भएनी हुन्थ्यो कसैले कर गरेको थिएन होला? कार्यक्रम मन नपरे मन परेन भन्न पाइन्छ तर अर्काको तेतिकै मानहानी गर्नु चै अलि न मिल्ला कि? लेखक महोदय को लेखन सैली राम्रो हो तर धेरै दरिद्र सोचाई लाग्यो..भबिष्य मा अलि सकारात्मक कुरा पढ्न मिलोस !
अरुको सोचाई लै दरिद्र भन्ने मेरो सोचाई पनि दरिद्र नै होला तर खैर केहि छैन…भन्नु मन लागेको भन्दिए ! मन सारै रिसायो के यो लेख पढेर सक्दा सम्म! तर लेखक को सोचाई तेस्तो दरिद्रनै न भए पनि नकारात्मक चै पक्कै हो!
खै एता ह्युस्टन तिर पनि हामी मह को कार्यक्रम हेर्न गयौ/ ३० डलर तिरेको हो / यहाका ग्राहक हरु त धेरै सस्तो भो टिकट भन्दै थिए/ १०० – २०० तिरेर भारतीय कलाकार हेर्न हाना थाप गर्ने नेपाली हरु लाइ आफ्नै देशका प्रसिद्ध कलाकार लाइ २५ डलर मा हेर्दा लुटिएको अनुभव भो रे/ के भन्नु र खै/
मह जोडी नेपाल क सबै भन्दा बढी पाखण्डी हुन्, अमेरिका बाट गुपचुप हुण्डी खादा रहेछन, बाहिर भने खुब आदर्श देखिन खोज्दछन.संसार मा अमेरिका ले निश्वार्थ कतै पैसा दिएको होला?
शिव प्रकाश आफुले त कति राम्रा शब्दको प्रयोग गरेका मुख च्यात्ने को सट्टा अर्को कुनै शब्द थियन तिम्रो शब्द कोषमा ? यो अरू क्यै नभई $२५ तिरेको चित्त दुखाई हो
सामाजिक संजाल मा “भनाउदा”जस्ता शब्द हरु प्रयोग नगर्नु भा भए हुने,बिचार संग असहमत हुनु छुट्टै कुरा हो र असहमति जनाउन मज्जाले पाइन्छ
तपाईंलाई अरु भन्दा पनि उठेर सम्मान गर्नु परेको मा रिस उठेको जस्तो लाग्यो। तर नबिर्सिनुस् मह को यात्रा ३-४ दसक पुरानो यात्रा हो। शायद तपाईं नजन्मदै सुरु भाको पनि हुन सक्छ। अरु को सम्मान गर्नुस् अनी आफु लाई पनि आस गर्नुस्। तपाईं त बिदेश मा बस्नु भाको Fox news म Bill O’Rielly को Program चै तली पिती पिती हेर्नु हुन्छ होला नि। उस्ले पनि नेपाली क्षेत्र ma सम्मान्जनक काम गरेकालाई सम्मान को सातो हासो बनाएको थियो, अपाङ्ग सुदर्सन सुबेदी.
आज ३ महिन पछि साबिक ठाउँमा आएर माइ संसार हेर्न मनलाग्यो / पस्ने बित्तिकै अमेरिकमा महको दोकान भित्र छिर्न पुगीयेछ, दोकानको सजावट ग्राहकको घुइचो ,किन बेच कारोबार राम्रो लाग्यो , किनेर खानेले पक्कै महको स्वाद पनि थाहा पाए , अझ बेपारिले त स्वादभित्रको पौष्टिकता पनि मापन गरे होलान / तर हेर्न जानेले मह र चुकको स्वदंतर भनौ या तुलना गर्न त सक्छ नै / लेखकलाई धन्यवाद /
दाजुलाइ घिसारेरै लगेकेा जस्तेा कुरा गर्यैा त य गांठे । नेपालमै हामीले १००० खुसिसाथ तिरेर हेर्दथ्यैा, तिमीलाइ अमेरीका बसेर जाबेा २५ डलरमा तेत्रेा घमन्ड । एउटा स्टारबक्स कफीकेा कति पर्छ तिम्रा अमेरीकामा । जनजाती भनाउदा साथीहरूले टन्नै ख्वाएछन जस्तेा छ नी हैन । दाजुलाइ घिसारेरै २५ डलर तिर भन्दै लगेकेा जस्तेा कुरा गर्यैा त य गांठे । भारतीय कलाकारकेा सेा भए पुछारमा बसेर ५० डलर भन्दा बढी तिरेर हेर्दथैा बडा ठुला कुरा गर्छैा । अनी रह्येा अायेाजकका कुरा, अायेजकहरूले कति कलाकारलाइ ठगेका समाचार पनि नसुनिएकेा हैन । यहां त हरेक कुरा जबरजस्ति लादिएकेा जस्तेा पेा गर्दैछन त । अनि अर्केा कुरा, सबै ब्यंग्यहरू शिक्षाप्रद नै रहन्छन या हुन पर्दछ र । के यि विशुद्ध मनेारजंनकालागी हुन सक्दैनन् । साइन्टीफिक फिक्सनमा बनेका काल्पनिक फिल्ममा पनि शिक्षा खेाज्ने हेाला हैन ।
मेरो विचारमा तितो भै सक्यो मदन र हरि ।
मलाई पैसा, पैसा, पैसा मात्र घोकेको लाग्छ यिनीहरुको कार्यक्रम ।
मेरो अनुभव:
पहिलो पल्ट सन् १९९८ मा एटलान्टामा कार्यक्रम हेरेको थिए । समाजका कुरीतिको सुधारका कुरा भन्दा अरुलाई होच्याउने धेरै लागेर त्यसपछि आज सम्म फेरी यिनीहरुको कार्य क्रममा पैसा र समय कहिलेपनि खैर गरिन ।
सुरज मास्के
“अरुलाई व्यङ्ग्य गर्ने आफ्नो आङ्को भैसी चैं नदेख्ने। जति जे भने पनि सबैका छोराछोरी अमेरिकामै सेटल भएका रहेछन्। अरुको खिल्ली किन उडाउनु ?”
अरूकाे खिल्ली उडाउर लाखाै डलर कमाउनेले अाफ्नु अांङको भुइँसी देखाइदिनेलार्इ पनि पैसा तिर्नु पर्छ ।
“व्यवसाय गर्ने मान्छे महान् हुन्छ कि सेवा गर्ने मान्छे महान् ?”
यो लेख मा नजानिँदो पाराले मह लाइ भक्कु गालि गर्न खोजिएको कुरा त मैले बुझे तर गालि नै गर्नु पर्ने खास कारण त मैले केहि देखिन त. कार्यक्रम स्तरिय भएन भनेर भन्नु खोजेको हो कि अन्त्यमा उठेर तालि बजाउनु पर्यो भनेर गालि गरेको हो. तथ्यगत कुरा त के हि छैन. उसले एस्तो सुनेको रे उसलाई एस्तो गरेको रे भनेर गालि गरेको सुहाएन . Negative सोच राख्ने हो भने त संसार सबै खत्तम जस्तो लाग्छ होइन र. मह पनि अब buda भैसके मदन कृष्ण लाई त अझ parkinsons disease छ क्यारे सधैं आफुले खोजेको जस्तो भएन भनेर complain गर्नु ठिक होइन होला. जिन्दगि भरि कहिले मह को program लाई सुको नतिरी हेरियो tv मै किन नहोस अनि कति हासिंछ तेइ सम्झेर. पहिलोपल्ट $२५ तिरेर हेर्दै मा एस्तो गालि गर्नु पर्दैन होला
“हामी जस्ता देखिन्छौं, त्यस्ता छैनौं। जस्ता छौं, त्यस्ता देखिदैनौं।”
“अभिष्ठा जस्तो भए पनि मुखले हामी सबै निष्ठाकै मन्त्र जपिरहेका हुन्छौं।”
बाह !@ लेखक
हिम्मतलाइ सलाम ।
ढिसकुरो देखे थ्याचा बसिहाल्ने , पहेलो ला को देखेपछि पुजिहालने ( रामदेव , आशाराम ,पाइलट बाबा र अरु धेरै ), सात समुद्र पारीको देउता भनेपछि आफ्नो देउता लाइ फालेर उसकै पछि लागिहाल्ने , मार्क्स ,लेनिन र मावो को फोटो मुख मा टासेर आउनेलाई यो नै सक्कली रे छ भनेर आफ्नो मन ,बचन ,कर्म सबै सुम्पने , ये तँ त् बलियो बहादुर नि भन्दा सनक्क संकिने , तारिफ गरेको कि गिज्याएको पनि भेउ न पाउने हुदा हुदा रक्सि लाइ दुध मा मिसाएर खाएजस्तो मदन ,हरिलाई नै देश चालौंन दिउ भन्ने पनि निस्क्याथे !
नेपालि ले कुनबेला काँ के गाइजात्रा गर्ने हो ठेगान हुन्न , तेसैले हेर्नुस , सके मनोरंजन लिनुस न सके चुप चाप बस्नुस जैसी करनी वैसी भरनी , जैसा करेगा वैसा वोयेगा , आफ्नो तालुको रौ झारेरे साध्य छैन सिब्प्रकाश जी |
लेखक ज्यु , सारै अचम्म मान्नु पर्दैन. हामी नेपाली हरुको बनि नै छ अलिकति मनपरे भगवान नै मान्ने र अलिकति मन नपरे राछेस नै ठान्ने. तर बास्तबिकता मा राम्रा मान्छे मा पनि केहि नराम्रा कुरा हरु हुन्छन . सर्वगुण सम्पन्न कोहि पनि हुन्न . भन्नु पर्दा मह लाई नराम्रोनै चाही भनि हाल्न नमिल्ला . तपाइको पछिल्लो अनुभब पक्कै राम्रो भएन तर मह ले गरेका पछिल्ला २० / ३० वर्ष को काम हेर्दा एउटा ब्यापारी को भन्दा निक्कै माथिल्लो छ.
एउटा कुरा तपाइले पनि भुझनु पर्छ , यो उनीहरुको कार्येक्रम बयेस्कका लागि हो. बच्चाहरु लिएर अभिभावक हरु जाने नै हैन. हो , सम्मान भित्र बाट आउनु पर्छ . उदघोसकले निर्देसन दिने हैन.
हास्य व्यंग्य हेर्न जादा पनि आदर्श र नैतिक शिक्षाको अपेक्षा गर्ने भए आफ्ना बच्चा लिएर रामायण र माहाभारत हेर्न जानु | हास्य कलाकारको सफलता भनेकै दर्शकलाई “मुख च्यातेर” हास्न बाध्य बनाउनु हो | तपाइको मुख च्यातियो, पैसा असुल भो | मुख च्यात्नै पर्छ भन्ने उर्दी त थिएन होला | तपैका बाल बच्चाहरु लाई रंगमंचमा मह जोडीले नैतिकता र आदर्शको शिक्षा पढाउन थाल्ने हो भने “खै मुख च्यात्ने गरि हसाउनै सकेनन, पैसो खेर गो” भनेर तपाइकै अर्को ब्लग न आउला भन्न सक्ने अवस्था रहेन |
सर हजुर को कुरै बुजिएन . अलिक बुझिने भाषामा प्रष्ट संग लेख्या भए कसको दोकान मा के बेच्न राख्य रैछन था हुन्थ्यो.
सहि लुटियछन् !!!! चौटा खांनु गाको बुढी झोल मा डुबेर मरीछ भनेको येही हो.. के के न खाउला भनेर गाका हैनौ .. खायौ हैन .. कटी हास्नु …
माफ गर्नु होला ! बुझ्न सकिन तपाई को लेख |
नकारात्मक सोच र अहरिसे सोचाई, शिव प्रकाश…हो येस्तै मान्छे समाज को सबै भन्दा खराब र दुर्गान्दिद हुञ्छ. बच्चा ले जस्तो कुरा गर्छ.
दोकानमा के समान राख्ने नराख्ने त्यो दोकानदारको मन त्यहा गएर समान किन्ने नकिन्ने ग्राहकको मन अब मह दोकान कति पुरानो हो त्यो भन्नुनपर्ला र त्यहा नया र ताजा सामानको आश गर्नु पनि बेकार होला हामी त्यो दोकानमा केवल तिनको अस्तित्वको लागि जान्छौ जसले नेपाली हास्य विधाको धरोहर खडा गरे जसले कैयनलाई हास्न र हसाउन सिकाए यदि लेखकज्यु पैसाले कसैको हाँसो देख्न पाइन्छ भने तपाइको लागि होला ति गरिब नेपालीहरु त जिन्दगीमा कहिले हास्दैन थियो होला …तर तपाइको लेख भने हास्यास्पद मै राखे हुन्थ्यो कि ..?
बेकारको कमेन्ट. महले पैसा कमाए भनेर टेन्सन भयो जस्तो छ. कलाकार लाइ रुवाएर, उनीहरुलाई जबर्जस्ति कुनै संस्थाको लागि नाच्न गाउन लगाएर महान बन्न खोज्ने दिन गए जस्तो छ, उनीहरुले पनि बार्गेनिङ्ग गर्नसक्ने भएछन. नत्र त पहिले अमेरिका घुमाइदिए, दुइ जोर कपडा हालिदिए,अझै पैसा माग्छास भनेर हल्लागारने आयोजक मात्र हुन्थे.