Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

न्युयोर्के स्यालहुइँया !

Posted on October 28, 2014October 28, 2014 by mysansar

-शशांक लामा-

maha “तिमेरुले संघीयता विरोधी कुरा किन गर्यौ? हामी तिमेरुको कार्यक्रम नै बिथोलेर तिमारुलाई कालो मोसो दलिदिन्छौँ। अबदेखि संघीयताविरोधी कुरो गर्दिन भनेर एउटा बकपत्र लेखेर सही धस्काऊ”

न्युयोर्कस्थित जनजाती महासंघका उपाध्यक्ष्य मणि वाङ्देल र सचिव मन राना मगरले रातको १२ बजे मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य बसेको ठाउँमा गई त्यस्तो धम्कियुक्त कुरो गरेका थिए रे भनेर न्युयोर्कका केही भुइंफुट्टा ब्यक्तिहरुले निराधार, बिना आधारको अनर्गल प्रचार गरेका छन्। त्यही गलत प्रचारलाई नकेलाई थुप्रैले स्यालहुइँया गरेको पनि पाइयो। कागले कान लग्यो भनेको सुनेर आफ्नो कानै नछामी कागको पछाडि दगुर्ने उखान यसपालि न्युयोर्कमा चरितार्थ भयो। मन राना मगरले उक्त गलत हल्लाको खण्डन पनि गरेका छन्। त्यो धम्की थियो वा संवाद थियो मोहन ज्ञवाली लगायत थुप्रै रिचुउडेहरु साक्षीको रुपमा त्यहाँ उपस्थित रहेछ‌न्। वक्तब्य कसरी तयार पारिएको हो भन्ने कुरा मणी वाङ्देलले प्रष्ट्याइसक्नु भएको छ।

मान बहादुर रानामगर (मह-जोडी संगको छलफलमा महासंघको तर्फको एक सहभागी) लेख्छन्-

बास्तबिक्ता र बजारको हल्ला….
अहिले मह-जोडी र आदिवासी जनजाति महासंघ अमेरिका खुबै चर्चाको बिषय बनेको छ | हिजोको दिनमा कैयौ कार्यक्रमहरु सम्पन्न हुदा पनि तातो न चिसो हुने न्युयोर्कका केही साथीहरु मह-जात्रा न्युयोर्कको दोस्रो कार्यक्रम पछि अत्यन्त रहस्यमय रुपमा फेसबुक मार्फत बहसमा उत्रदा फेसबुक बजार राम्रै तातेको छ | अब तात्नु पनि पर्छ |

उक्त बजारे बिषयको बारेमा कार्यक्रम आयोजक ज्युहरुले बारम्बार कार्यक्रमको बारेमा छलफल गरौ भन्नु भए पछि हामी (मणि बांग्देल र मान बहादुर रानामगर) ले पनि आयोजकहरु: भुवन अधिकारी, शहकुल खत्री, मोहन ज्ञावली, पत्रकार भोला आचार्य, रभि लामिछाने र कलाकार हरिबंश आचार्य सहित थुप्रै कलाकार तथा रिजउडका साथीहरु सहित कुराकानी भएको हो | हामीले कुराकानीको क्रममा वहाहरुलाई बाहिर सामाजिक संजालमा आएको संघियता विरोधीको रुपमा आएको प्रचारबाजीहरुको बारेमा स्पस्ट पार्दिनु भए कार्यक्रम लाई अझै बढी सहयोग पुग्ने बिचार राखेका हौ | हाम्रो कुरा सुने पछि वहाहरु कार्यक्रम प्रति चासो राख्दै छलफलमा आईदिनु भएको प्रति खुशी ब्याक्त गर्दै सामाजिक संजालहरुमा भएको दिग्भ्रमित कुराहरु प्रति स्पस्ट पार्न प्रेस-बिज्ञप्ति निकाल्न तयार हुनु भएको हो र सो बिज्ञप्ति कलाकार हरिबंश आचार्य ज्युको सहयोगमा पत्रकार भोला आचार्य जीले टाईप गर्नु भएको हो | जुन समाचार सबै भन्दा पहिला भोलाजी ले नै सम्प्रेषण गर्नु भएको हो |

अब भन्नुहोस् साथीहरु बिज्ञप्ति कसले तयार पारेर लगेर हस्ताक्षर गर्न लगाए होला ??

कार्यक्रमको दोस्रो सस्करणको समापन पछि यो समाचार बडो गम्भीर रुपमा बंग्याएर बाहिर आउनु र ल्याउनु आफैमा रहस्यमय मात्र नभई संघियतामा प्रतिबध्दता जनाएको प्रति कटाक्ष गर्दै महजोडीको खिल्ली उडाउने काम भएको छ | जहासम्म आदिवासी जजजाती महासंघ र महासंघका पदाधिकारीहरुको बारेमा साथीहरु कुरा स्पस्ट छ | महासंघले बिगत देखिनै पहिचान सहितका संघिय गणतन्त्रको पक्षमा नेपालको सम्माननिय प्रधानमन्त्री, माननीय मन्त्रिज्युहरु लगायत बिभिन्न भिचारधारका नेता तथा बुध्दिजीबी हरु संग छलफल तथा बहस गर्दै आएका छौ र जस्तो सुकै परिस्थितिमा पनि हामी हाम्रो माग, मुद्दा र बिचारमा स्पस्ट थीइउ, छौ र रही रहन्छौ |

जहाँ सम्म न्युयोर्कका केहि साथीहरुलगायत थुप्रै साथीहरुको बिचारहरु प्रति हामी अप्रत्यक्ष रुपमा जानकार छौ र पनि यसरी सतहमा आएर फेसबुक मार्फत आफ्नो बिचार ब्याक्त गरि यो बिषयलाई बृहत छलफल र बहसको बिषय बनाई दिनु भएको प्रति हार्दिक धन्यबाद ब्यक्त गर्दछु |

अब हामी ढुलमुल भएर, दिग्भ्रमित बनाएर, बिचमा बसेर दोहोरो फाईदाको प्रतिक्षामा बस्ने भन्दा पनि आफ्नो बिचारलाई स्पस्ट कित्तामा लगेर यसरी नै बहस गर्दा समस्याको सामाधान निकाल्न सजिलो हुन्छ | त्यसैले अझै पनि हामी बहस को लागि सार्बजनिक रुपमै पनि राउन्ड टेबल छलफल मा बस्न सक्छौ |

मणि बाङ्गदेल लेख्छन्-

हामी भेट्नु जाँदा निकै ढिला भैसकेकोले रिजउड नेप्लिस सोसाइटिका महासचिव शकुल खत्री जी लाइ बाटैमा भेटेर उहाहरु ( मह जोडी ) धेरै थाक्नु भएको होला आराम गर्नु दिउँ हामि नभेटी फर्किन्छौ भनेको पनि हौँ ! तर त्यहि बेला कार्यक्रम आयोजक भुवनेश्वोर जी को फोन आयो र भेटेर जानुस भने पछी उहाकै निवास्थान मा गयौं ! र बाँकी के भयो सबै फिफ्ना का महासचिव मान रानामगर जी प्रस्टाई सक्नु भएको छ ! प्रेस बिज्ञप्ति तयार भैसक्दा हामीलाई हाम्रो संस्थाको नाम र हाम्रो पद मात्र सोधिएको थियो ! र अन्त्यमा तयार भएको बिज्ञप्ति लाइ फोटो खिची हाम्रो फेसबुक को वाल मा पनि पोस्ट गरि दिनुस भन्ने उहाहरुले आग्रह गर्नु भएको थियो ! तर त्यसो गर्नु मलाई उचित लागेन र गरिन पनि ! तर यहाँ त हामीले मह जोडीलाई कुनामा खाँदेर ल्याप्चे लगाउनु लाको जतिकै पो लेख्छन त पत्रकार मित्र हरु !!

mahajodi-lai-apaman

मह अर्थात मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य राष्ट्रिय छविप्राप्त बरिष्ठ कलाकारहरु हुन्, सम्पूर्ण नेपालीहरुको आदरणीय ब्यक्तित्वहरु हुन्। हाम्रो देशमा अवस्थित नौरङ्गी राजनीतिक आस्था मध्य उहाँहरुको पनि कुनै न कुनै आस्थामा झुकाउ होला। झुकाउ राख्न पाउनु उहाँहरुको गणतान्त्रिक अधिकार हो। तर राष्ट्रिय छविप्राप्त गैरराजनितिक ब्यक्तिले धार्मिक र राजनीतिक अभिब्यक्ती दिँदा बडो होश पुर्याएर दिनुपर्दोरहेछ भन्ने कुरा त गायिका अन्जु पन्तको केसबाट थाहा लागिहाल्यो। बिगतमा महबाट त्य्स्तो गल्ती हुन गएको भए हालै आएको महको बक्तब्यले त्यो सच्चिएको ठान्नुपर्‍यो।

कुरो यतिकैमा टुङ्ग्याउनु पर्नेमा हरहमेसा राजनीतिले गांजेका केही ब्यक्तिले यही कुरोलाई इस्यु बनाएर जनजाति आन्दोलनलाई बदनाम गर्ने नियत राख्दै जनजातिका पदाधिकारीहरुको महसँगको सम्बादलाई अतिरञ्जित बाख्या गरे। ती उटपटाङ्गे दिमागहरु मह जोगाउन नभएर महलाई प्यादा बनाएर आफ्नो निकृष्ट सोचलाई संघीयताबिरोधी कृयाकलापमा कसरी ढाल्न सकिन्छ भन्ने कुरोमा निर्देशित छन्। त्यसै त नेपालीहरु बीच सदभाव धमिलिएको छ, झन यस्ता बतासे कुरा गरेर सदभावलाई बिटुलो नपारौँ है ! न्युयोर्के पत्रकारहरुले सदभाव सल्टाउन अहम भूमिका खेल्न सक्छ, र खेल्नु पनि पर्छ।

45 thoughts on “न्युयोर्के स्यालहुइँया !”

  1. Shankar says:
    November 1, 2014 at 10:33 am

    एकाध घटना लाइ लिएर तिन दशक देखिको मह को नेपालि हास्यबिधा को क्षेत्र मा अनबरत तपस्या लाइ अब मुल्यांन न गरौ | यो चै येस्तै भयो भन्ने ठानम | तिनीहरु बुढा पनि भैसके , धुर्मुस , गजुलेर, मुन्द्रे , इमान इजेत र प्रेस्तिज बोकेका नया पुस्ता आइसके |
    मह हरुले मोडेल अस्पताल खोले , नमुना तरकारी खेति गरेर जनतामा प्रेरणा देखाए , मद्क्रिष्ण ले अन्तरजातीय बिहे गरे , हरिबम्स ले विधाबा बिहेगारे येस्मानेमा मह हरु गुणी व्यक्ति हुन्, अरुले उनीहरुबाट प्रेरणा लिन सक्छन , घुस खाएर , देश लुटेर आय आर्जन गर्ने भन्दा आफ्नो कर्म ले गरेका हुनाले जायज छ |

    अब सिब प्र्काश्ज्यु ले उठाउनु भएको प्रशंग पनि जायज छ | उहा हरु जस्तो बिद्द्वान ले नसुहाउदो र अपाच्य क्रियाकलाप को बिश्लेसन गर्नु जरुरि छः , हिजो ठुला भनिएका हरुले आज गलत न गर्लान भन्ने छैन | इटाली को प्रधान मन्त्रीलाई १८ बर्से युवती सग समागम गर्ने बुद्दि कहाबाट आयो ? फ्रान्स को रास्त्रपतिको उम्बेदार , इन्टर नेसनल मनितरी फन्द को अद्क्ष्य लाइ कट्टु फुकालेर , जन्नेंद्रिय लाइ हात मा लिदै मेक्सिकन नोकर्नी को पछि लाग्ने बुद्दि कहाबाट आयो ? मह हरु तेती तल ओर्लेका छन् भन्न खोजेको चै हैन है फेरी |

    Reply
  2. Neeraj says:
    October 30, 2014 at 4:22 am

    महले मध्य रातमा लिखितममा बक्तब्य निकाल्नु परने वाध्यता के हो बुझ्न सकिएन| कसैले बुझाइदिनु होला| अमेरिकामा विधिको शासन छ क्यारे, जो कोहीले धम्काएर धम्किने होइन|
    बिराएर बक्तब्य निकालेको हो कि?

    Reply
  3. Karma Ten says:
    October 29, 2014 at 5:49 pm

    आजभोलि अमेरिका तिर ‘इबोला भाइरस’ को बिगबिगी छ क्यारे, हो त्यसै को पुरानो रुप होला जस्तो लाग्यो/
    तर, यो चाहि ‘तालिबानी मानसिकता भित्र को ‘रुवाण्डालि नाच नाच्न खोज्ने ‘सुडानी सुत्र’ बोक्ने हरुले – हो तेसै लाई मलजल गरि रा जस्तो पो देखियो त बा… /

    ‘बिनास काले बिपरित बुद्दि ‘

    # Holding on to anger is like grasping a hot coal with the intent of throwing it at someone else; you are the one who gets burned.

    # We are shaped by our thoughts; we become what we think. When the mind is pure, joy follows like a shadow that never leaves.

    – भगवान बुद्ध

    Reply
  4. Devendra Basnet says:
    October 29, 2014 at 5:03 pm

    होइन के को पहिचान खोजेका हुन् हाम्रा यी jati बादी हरुले ? नेवार ले नेवार भएर बचेका छैनन् ? राई लिम्बु ले राई लिम्बु नै भएर बचेका छैनन् ? थारुलाई सबैले थारु भनेकै छन् . गुरुगं लै गुरुङ तामांग लै तामांग र शेर्पा लै शेर्पा भनेकै छ त . काम गरेर खान पनि यिनीहरु कुनै जात लै अरु कुनै जातले रोकेको छ जस्तो लाग्दैन . परम्परा देखिको चाड पर्ब त झन् अहिले सरकारले रस्त्रिये बिदा नै दिन थालेको छ. के पुगेन ? मन्त्रि प्रधानमन्त्रि बन्न पाएन भन्छौ भने राजनीति गर्न स्वोतन्त्र सबै छौ? तै न तुइको डलरे हरु , देशमा अशान्ति मच्चाएर भएपनि छोटे राजा बन्ने बाटो बनाउदै छौ. अरु केहि होइन.

    अन्त मा देश संघियेता गएपनि देश सुहाउदो थोरै प्राकृतिक प्रदेश हरु हुनु पर्छ , यो कुनै एउटा जात को नाम बाट हुने संघियेता चाहिदै चाहिदैन.
    ल ज.

    Reply
  5. लौटन अवधि says:
    October 29, 2014 at 9:23 am

    खोइ म अवधि भए पनि पहिला देश त्येस पछि समाज अनि वर्ग को कुरो गर्छु ! चवन्नी भुइफ़ुट्टा हरु केहि जान्ने सुन्ने भए भन्दै मा जातिय नारा को लेप लाउदै हिड्छन ! यो लम्बेतान लेख्नु मा कुनै तुक देख्दिन बरु ससांक ले आफ्नो गरिमा आफै घटाए !!!

    Reply
  6. Lalit Narayan says:
    October 29, 2014 at 4:44 am

    आरोप प्रत्यारोप लगाउनु भन्दा जातीय पहिचान सहितको राज्य भनेको के हो, यसको मोडल कस्तो हुन्छ, साशन व्यवस्था कसरि चल्छ भन्ने र महले कार्यक्रम चलाउदा कहानेर कसरि पहिचान सहितको राज्यव्यबस्थाको बिरोध भयो भन्ने बारे कसैले प्रस्ट पारिदिए जति हुने थियो l

    Reply
  7. Bibhinna Raj Kirat Rai says:
    October 29, 2014 at 1:14 am

    शशांक जी,
    पंचायत कालमा कुनै कार्यक्रम गर्नु पर्दा सिडिओको अग्रिम स्वीकृति लिनै पर्ने जमानालाई नमिठो संग सम्झाउने गरि बक्तब्य निकाल्न बाध्य पार्ने मात्र होइन दस्तखत नै गर्न लगाईएको घटनाप्रति असन्तोष जनाउने स्वरहरु चाहिं श्याल हुइया, उक्त घटनालाई नक्कली रंग रोगन लगाउन चाहने तपाईहरु जस्ता चाहिं महलाई जोगाउने “मसिहा” !
    त्यति सारो चाहिं दुनियाँलाई नहसाउ हौं |
    के हो शशांक जी आजकल श्याल बसाई सरेर तपाई कै गाउँ तिर आएको छ कि कसो ? कागले कान लग्यो भन्दा आफ्नो कान नछामी कागको पछाडी दौड्यो भन्ने गुनासो पोख्नु भएछ| के गर्ने शशांक जी ! कान छामेर हेर्दा आफ्नो कान आफ्नै टाउकोमा सहि सलामत भेटिए पनि होइन मेरो कान त त्यै कागले लगेको छ भनि दौडने तपाईहरु जस्तालाई देख्दा उदेक लाग्छ |

    Reply
  8. सिर्जने says:
    October 29, 2014 at 12:22 am

    बिज्ञप्ति निकाल्नुपर्ने अबस्थासम्म किन पुग्यो भनेर सहजै अनुमान गर्न सकिने कुरो हो शशांक जी / अरु ठाउमा बिज्ञप्ति निकाल्न नपर्ने, न्युयोर्कमा चै बिज्ञप्ति निकाल्नु पर्ने अबस्था किन बनाइयो यी बिचरा वरिष्ठ कलाकारहरुलाई? मानौ, यिनले अम्रिकाभरि नेपालमा संघियता हुनु हुदैन भन्दै फुक्दै हिडेका हुन् भने पनि (त्यसो भनेका छैनन् है) त्यसो भन्दै हिड्ने अधिकार संघियताका समर्थकहरु लाई जति छ, संघियता बिरोधीहरुलाई पनि उत्तिकै छ / यो प्रजातान्त्रिक अभ्यास हो, जंगली शाशन होइन / मेरो बिचार ब्यक्त गर्ने अधिकार मलाई छ, तपाइको बिचार तपाई लाइ राख्ने अधिकार छ / मुख हुदा हुदै हात चै किन चलाउनुपरेको यी रिजउडे संघियता प्रेमीहरुलाई?

    Reply
  9. Shankar says:
    October 28, 2014 at 11:55 pm

    हुँ !!भनेपछि न्युवोर्क समेत नेपालि ले गन्हाउने बनाउन भ्याई सक्यो | अब चन्द्रमातिर जानु पर्ला जस्तो छ |

    Reply
  10. बिनोद says:
    October 28, 2014 at 9:31 pm

    क्रिपया हाम्रो देशको राजनितीमा तपाईहरूको अनावस्यक चासोको जरूरी छैन । ईच्छ्या छ भने र नागरीकता त्यगी सक्नु भाको छैन भने फर्कनुस र देशमा आएर राजनिती गर्नुहोस, अनावस्यक अर्ति उपदेशको जरूरी छैन । यो के भनेको “हामीले कुराकानीको क्रममा वहाहरुलाई बाहिर सामाजिक संजालमा आएको संघियता विरोधीको रुपमा आएको प्रचारबाजीहरुको बारेमा स्पस्ट पार्दिनु भए कार्यक्रम लाई अझै बढी सहयोग पुग्ने बिचार राखेका हौ ? एउटा बच्चाले पनि बुझ्छ यो तपाईको धम्की हो की के हो भन्ने कुरा । यो त हिजो को दिनमा माओवादी साथीहरूले तपाई संग एउटा कुरा बुझ्नुछ भनि सुतेको ठॉऊ देखि बाबु आमाको किरीया वसेको ठॉउ सम्म बाट नम्र भषामा बोलेर लगि घॉटि रेटेको जस्तै हो ।

    Reply
    1. kedar says:
      October 29, 2014 at 1:44 am

      उमेर पुगेर पनी आफ्नो पौरख देखाएर खान नसक्ने छोराले बाउआमा संग अंस देउ भन्दै जसरि झगड्या स्वभाब देखाउंछ तेसरी नै औंलामा गनिने दुइ चार वोटाहरु आफ्नो पौरखले पहिचान बनाउन नसकेपछी उचालिएको भरमा जातिय राज्य माग्दैछन | लोकतन्त्र पनी चाहिने र सामन्ती संस्कार बोकेको आदिम जातिय राज्य पनी चाहिने कस्तो जंगली इच्छा हो यो ?

      आज सबै जात जातिका लाखौँ युवाहरु बिदेसियका छन् के ति पहिचानका लागी बिदेसिएका हुन् ? एदी पहिचान मुख्य थियो भने किन नेपाल मै पहिचानका लागी लडेर बस्न सकेनन ? देशमा बाँकी रहेकाहरु पनी मौका नपाएर मात्रै अड्किएका छन्, चान्स पाउने बित्तिकै ति पनी विदेश दौडिन्छन, किन तिनिहरु पहिचानको लडाई लड्न छोडेर भाग्न खोज्दैछन ? एक पल्ट सोच्नुस ति बिदेसियेका र तिनमा आश्रित परिवारको प्राथमिकता के हो ? पक्कै पनी आर्थिक नै हो | आर्थिक अभावमा उ सबै लडाई छोडेर पैसा कमाउन हिड्दैछ | अभाबमा जिउनेलाई सबल नबनाई दियिएको जातीय पहिचान जोगाएर बस्न सक्ला अहिलेकै हालतमा कसैले ? र आर्थिक रुमपा सबल भैसकेको व्यक्तीले तेसै पनी आफ्नो पहिचान बनाउन सक्छ र आफ्नो जातीय, धार्मिक र सांस्कृतिक पहिचान र परम्परा जोगाउन वा प्रचार प्रसार गर्न सक्छ |

      निको हुन् सक्ने बिरामी मान्छेलाई दबाई मुलो गर्दै जाने र लौरोको सहारा (आर्थिक सबलता) दिन सको भने उ बिस्तारै निको भएर आफैं हिड्न सक्छ, बिस्तारै दौडिन्छ, अझ राम्रो भएपछी आफ्नो काम आफैं गर्दैअरुलाई पनी सघाउने बन्न सक्छ तर त्यही बिरामीलाई बिचरा बिरामी छ भनेर अर्काले साहारा (जातिय पहिचान र जातिय राज्य) मात्रै दिई राख्ने तर दबाइ मुलो र सहारा दिने लौरोको ब्यबस्था नगर्ने हो भने संधै अर्काको सहारामा हिंडडुल कहिले सम्म सम्भब हुन्छ ?

      Reply
  11. बादेश says:
    October 28, 2014 at 6:54 pm

    महको विरोध वा उनीहरुको कार्यक्रमप्रति कुनै आपत्ति नजनाईकनै उनीहरुले यसरी विना कारण विज्ञप्ति निकाले भनेर विश्वास गर्न सजिलो छैन | त्यै कार्यक्रम कुनै विना विरोध, वाधा व्यवधान सर्वत्र भयो सजिलै सम्पन्न भयो | तर न्युयोर्कमा मात्र त्यसै विना कारण विज्ञप्ति निकाल्ने मह जोडी बेकुफ रहेछन् ?
    मणिको भनाइ “….हामी भेट्न जाँदा …” भन्ने भनाइ राखिएको छ | महका कार्यक्रमप्रति आपत्ति जनाएकोले नै त हो भेटघाटको कुरा उठेको होला | तर भनाइ र यो लेख पढ्दा त महले ‘आओ आओ….साथीहरु, म यस्तो विज्ञप्ति दिन्छु’ भनेर भन्ने आशयको लेख पढ्न पर्दा मज्जा लागेन |

    Reply
  12. kedar says:
    October 28, 2014 at 6:43 pm

    पुलिस खोज्न आउँदा हाम्रा बाउ त् भकारी भित्र लुकेका छैनन भनेर बच्चाले भने जस्तो गफ नगरौं न हौ लेखक ज्यू |

    बिना कुनै बक्तब्य १४ वोटा स्टेटमा कार्यक्रम गरिसकेर न्युयोर्क आइपुगे पछी कार्यक्रमको पूर्व सन्ध्यामा मणी वाङ्ग्देल राई र मान बाहादुर रानामगर संग सौहार्दपूर्ण बाताबरणमा कुराकानी भयो भनेर बक्तब्यनै निकाल्नु पर्ने स्थितीले आफैँ बोल्छ कि कर काप र छुद्र मतीको कुछ खिचडी पाकेकै थियो | लेखकले भने जस्तो दुइ चार जना बसेर गरेको सामान्य कुराकानी, सर सल्लाह र सुझाबहरुलाई अन्यत्र कतै निकाल्न नपरेको बक्तब्य साएद महजोडीहरुले न्यूयोर्कमा चैं रहरले निकालेनन होला | त्यो भन्दा अगाडी १४ वोटा स्टेटमा कार्यक्रम गरुन्जेल मह जोडीहरुको कसै संग सर सल्लाह र गफ नै भएन होला त ?

    Reply
  13. ashok says:
    October 28, 2014 at 5:52 pm

    जे कुरा गरेपनि मह डलरको खेती गर्ने कलाकारको रुपमा चिनिन थालेका छ !

    Reply
    1. kedar says:
      October 29, 2014 at 4:29 pm

      जनजातीका नाममा जनता भडकाउन र समाज दुइ भागमा विभक्त बनाउन खुलेका दोकानहरुले डलर यूरो कमाको कुरो कसैले भन्दियेनछन तपाइंलाई | महहरु त तै बरु आफ्नो कला बेचेर कमाउंदै छन्, २ तिन घण्टा भएपनी दर्सकले हाँसो किन्दैछन

      Reply
  14. Nabin mishra says:
    October 28, 2014 at 5:14 pm

    मह जोडीलाई तेती अबेला तेस्तो छेउ न टुप्पको बक्तब्य निकाल्नु परेको चाही किन? के बूढाहरुले त्यो पनि कमेडी गर्दिए ? जातिबाद नेपाली समाजको इबोला हो ! तिमीहरु भाइरस हो! यो लेख र अन्ग्काजी को भाषण मा केहि फरक छैन

    Reply
  15. Raamesh says:
    October 28, 2014 at 2:19 pm

    पानि माथि ऒभानो नबन्दा राम्रो हुन्थ्यो | सुन्दा नि कति उदेक लाग्दो के “अमेरिकाका आदिबासी रे … अमेरिका का आदिबासी त रेड इन्डियन हरु हैनन् र ??”

    https://www.facebook.com/photo.php?fbid=10205231514333789&set=p.10205231514333789&type=1&theater

    Reply
    1. Lalit Narayan says:
      October 28, 2014 at 8:28 pm

      महले कार्यक्रम पनि अम्रिकाने आदिबासी ” रेड इन्डियन” लाइ देखाउन गएछन कि क्या हो ? 😛

      Reply
      1. Raamesh says:
        October 28, 2014 at 11:18 pm

        हुदा हुदा अमेरिका को ग्रीनकार्ड लिएर उतै सेटल भएकाहरु नि जनजाति/आदिबासी रे लौ … | माफ गर्नु होला साथि हरु कतिपय रोजगारी/अध्ययन को लागि नि जानुभएको छ | तर कतिपय शरणार्थी /आप्रबासी हैसियत का कथित नेताहरु नेपाल मा पहिचान को तर्क दिदै जातिय राज्य को वोकालत गर्दछन |

        Reply
    2. shiva says:
      October 29, 2014 at 2:52 am

      “तिमेरुले संघीयता विरोधी कुरा किन गर्यौ? हामी तिमेरुको कार्यक्रम नै बिथोलेर तिमारुलाई कालो मोसो दलिदिन्छौँ। अबदेखि संघीयताविरोधी कुरो गर्दिन भनेर एउटा बकपत्र लेखेर सही धस्काऊ”
      यो फेसबुक पेजले त ठ्याक्कै त्यहि भन्या रहेछ — तर यो सहि हैन, अनर्गल प्रचार हो भनेर लेखकजीले सफाई दिनु भएको हो भने कुरा राम्रै हो |

      Reply
  16. narayan says:
    October 28, 2014 at 11:23 am

    प्रिथिवी का मानबजाति सबै आदिबासी हुन् , कोहि जाति छैन , जनजाती किन बन्नु पारो भाते हो , नेपालमा बस्ने सबै नेपली अरु जातिनै हुनुहुन्न , हामि एउतै जाति सबै नेपाली , जाति अनुसारको राज्य माग्ने हरु देश लाई तुक्रयेउन खोज्ने देशद्रोही हुन् यिन लाई सजाय हुनुपर्छ , अमेरिकामा आएर येति बुद्धि घूसा तिमीहरुका दिमागमा

    Reply
    1. पाखरिन says:
      October 28, 2014 at 11:03 pm

      यसैले त खाएको छ गम साथी | भन्दा खेरि हजारौ पल्ट हामी सबै एकै नेपाली ‘रे भनेर दोहोर्यायो अनि राजनीति, प्रसाशन र सबै ठाममा मज्जा संगले एका दुई जातको खसी काटेर मासु बाँडेको जस्तो आपसमा भागबण्डा लाउने को हुन्? खोइ के हो नंया नेपाल र गणतन्त्र भनेको? हेर्नुस त् आजको मन्त्रिमण्डल,प्रशासन, न्यायपालिका? परराष्ट्र अनि सेना र प्रहरीको माथिल्लो तह सबै एका दुक्का जातिको क्लब सरह छ| यही हालीमुहालीको थमौती भयो भने भोलिको स्थिति भयावह हुनेछ| जनै जाति र जनजातिको विभेदमा मुलुक टुक्राउने को हुन्?
      तपाईलाई आज नभए पनि भोलिको पींडीले यो कुरा बुझेर सही कदम लिनेछन जस्तो लाग्दैन? तर भोलिसम्म कुर्दा कति पी सुधारमा बिलम्ब नहोला भन्न सकिन्न|

      Reply
  17. Uttam says:
    October 28, 2014 at 9:29 am

    आजको युगमा आएर जातजाति को कुरा गर्नेहरु तिमीहरु नै पाखण्डी हौ / जाओ जंगली युग मा तिमीहरु नै …..

    Reply
    1. Rajaram says:
      October 28, 2014 at 2:38 pm

      तेसो भए, इंगलैंड – स्कटल्याण्ड – आएरल्याण्ड अनि नजिकै को बंगाल, पन्जाब, तामिल नादु सबै जंगली हैन त? कु तर्क नि कति गर्न सकेका.

      Reply
      1. bishnu says:
        October 28, 2014 at 9:26 pm

        पन्जाब, बिहार, इंगलैंड भनेको कुनै जात को नाम होइन त्यहाँ भित्र पनि सयौ अरु जात छन् र दर्जनौ अरु भाषा भाषी छन् त्यो त एउटा संस्कृतिक प्रदेश हो , हाम्रो भाषा नेपाली हो र हाम्रो एउतै देश छ त्यो हो नेपाल ! नेपाल तुक्र्यौन खोज्ने भाते हरु हो समयमै बुझ, यो देश मा १०० भन्दा बढी जात जाति छन् के अब नेपाललाई १०० वटा प्रान्त बनाउने ??

        Reply
        1. Rajaram says:
          October 30, 2014 at 5:39 am

          Scotland (scots ), Ireland (Irish ) जाति बाट र इंगलैंड (english ), पन्जाब, बङ्गाल, आदि भाषिक आधार मा बनेका प्रदेश हुन्. कमेन्ट गर्नु भन्दा अगाडी अलिकति पढ्ने बानी गर उप – बुज्रुक .

          Reply
      2. Raamesh says:
        October 28, 2014 at 11:08 pm

        हो नि हेर्नुस न

        बंगाली हरु लाइ = बंगलादेश छ
        तमिल हरु लाइ = तमिल नाडु
        गुजराती हरु लाइ = गुजरात छ
        बिहारी हरु लाइ = बिहार छ
        तेस्तै गरि
        बंगाली हरु लाइ = बंगलादेश छ
        ब्रिटिश हरु लाइ = ब्रिटेन छ
        अमेरिकी हरु लाइ = अमेरिका छ
        अब
        लिम्बु लाइ = लिम्बुवान चाहिएन त ??
        तामांग लाइ = ताम्सालिंग चाहिएन त ??
        नेवार लाइ = नेवा प्रदेश चाहिएन त ??

        Reply
        1. Lalit Narayan says:
          October 29, 2014 at 8:33 pm

          होर भन्या? लौ यस्ता जात पनि रहेछ भनेर आजै थाहा पाए हौ l
          —————
          मुहम्मद बंगाली, भाभ्य तमिल, इंदरजित गुजराती, लालु बिहारी, पाउल ब्रिटिश, जोन अमेरिकी
          ————–

          Reply
    2. Saroj Nepali says:
      October 28, 2014 at 7:36 pm

      जाति र भाषा रहेन भने देश पनि रहन्न, हामीले आफ्नो रास्ट्रीयत भुल्नु हुन्न तर आफ्नो जाति र भाषा लाई मेटाउन हुन्न
      त्यसैले जनजातिको कुरा गरौ भाषा को कुरा गरौ सबै जात जाति को सम्मान गरौ
      केंद्रिये प्रणालीमा क्षमता अनुसार सबै जात जाति को प्रतिनीधित्वो हुनु पर्छ
      राजनैतिक घुसपैठ को बहिस्कार गर्नु पर्यो

      Reply
    3. Prem says:
      October 29, 2014 at 11:56 pm

      कुरा गर्नेहरुको कुरा छाडौ| जब देशमा एक दुई जातिको मात्र हालीमुहाली छ र त्यसैलाई निरन्तरता दिन मेची महाकाली जोड्दै बाईस चौसट्टि कुरा गरेर लाजै पचाएर अरुलाई पाखण्डी भनिरहेको छ, त्यस्ता देखि सतर्क र होसियार रहन पर्छ| वास्तविक पाखण्डी को हुन् त्यस्ताहरुको मकुण्डो उदाङ्गो हुने दिन आएको छ|

      Reply
  18. Bibhinna Raj Kirat Rai says:
    October 28, 2014 at 9:11 am

    सतहमा आएको कुरालाई केलाई गहिराई सम्मको रहस्य बुझ्दा के कुरो प्रष्ट हुन्छ भने “आदिबाशी जनजाति” का साथीहरुले मदनकृष्ण हरिबंश हुनु भएकोले मात्र तथा वहाँहरुको स्पष्ट दृष्टिकोण र छबि वा track record को कारणले सोझै बिरोध र बद्ख्याई गर्न आट नगरेको हो | मह को उक्त कार्यक्रम आफैले पनि प्रत्यक्ष हेरेकोले जातिय राजनीतिलाई भर्याङ्गको रुपमा प्रयोग गर्ने हरुले राम्रै ठगि खाने भाँडो बनाउने लख राम्रै संग काटेको थिएँ | नत्र भने राजनैतिक, सामाजिक तथा सांस्कृतिक कोणबाट राम्रो संग सन्तुलित कार्यक्रममा जबर्जस्ति आफ्नो तथाकथित “आदिबाशी जनजातीय” racist thought घुस्याउन खोज्नुको पृष्ठभुमि हामी Nepal भित्र रहेका भूगोलको नेपाली तथा नेपाल बाहिर रहेका भावनाको नेपालीलाई ठुलो अभिशाप हुनेछ |

    जादाजादै:— आफुले महको उक्त कार्यक्रम टेक्सासको Austin मा हेरेको थिएँ | यो कार्यक्रम ज्यादै सफल रहेको थियो |
    —” मूल लेखमा चर्चामा आउनु भएको मणि बांग्देल राई जी लाई म राम्ररी चिन्दछु |”

    Reply
  19. bekhalal nepal says:
    October 28, 2014 at 9:00 am

    Nepal भनेको धुवा निकाल्ने मुलुक हो क्या “Chimney State” पश्चिमा मुलुकले यहाँ धुवा निकालेर India तथा China को आखा पिरो जो पार्नु छ| जनजाती तथा ब्राह्मण-छेत्री लै पालै पालो लगानी गरेर यो देशमा धुवा निकाल्ने काम बखुबी भैराखेको जो छ. यहाँ मिलेर बस्न कदापी दिने वाला छैन.

    Reply
  20. Ramesh Shrestha says:
    October 28, 2014 at 8:19 am

    मह संचार ले बिज्ञप्ति किन निकाल्नु पर्यो र….मह जोडी मा सम्पूर्ण नेपाली हरु को विश्वास छ… यो बिज्ञप्ति निकाल्नु नै संखा लागको कुरा हो …

    Reply
  21. Tanka Kafle says:
    October 28, 2014 at 8:17 am

    यो पनि बाहुनलाई गालि गर्ने अखडा भो है अनि बाहुन क्षेत्री गालि गर्यो बस्यो. बरु पहिचान सम्बन्धि चेतना फैलाउन हिड्नु नि यसो गर्नु भन्दा ,काठमाडौँ का केहि बाहुन ले देश डुबाउदै मा मैले किन जिम्वेवारी लिने? अर्को कुरा ग्रीन कार्ड बोकेर डलर कमाएर नेपाल मा यसो हुनुपर्छ या उसो हुनुपर्छ भन्ने अधिकार छैन त्यो बाहुन होस् या क्षेत्री या अरु कुनै जनजाति. They can just be well wishers.

    Reply
  22. Ram Bdr Thapa says:
    October 28, 2014 at 7:33 am

    राजाराम / टिका ji,

    जनै लाउने ले जनंजाती तो अधिकार बारे नबोल्ने हो भने एउटा रओं पनि हल्ली दैन नेपाल मा/ गुरुङ जी काठमाडौँ मा नेवार को नाममा राज्य भए अरु जाति kata जाने / सबै एकै ठाउ मा मिलि बसौं न / के गुरुङ भागेर फोखारा जाने/ के पोखरा मा गुरुङ को मात्र राज्य सम्भव छ/ के गुरुङ जनकपुर मा छैनन्? एउटा सिंहदरबार धान्न गारो छ , १३० जातका सिंहदरबार कति बनाउने/

    Your comment does not help anyway.There are majority Bahun Chetri leaders fighting for Jananjaati, महिला र दलित को right, your comments like above has no substance, only irritates people like me who think all should have equal right no matter what you are.

    Reply
    1. Rajaram says:
      October 28, 2014 at 2:21 pm

      राम बहादुर थापा (छेत्री पर्नु भयो कि ?) ! जनजाति को अधिकार को लागि बोलि दिने , लडी दिने हरु जनै लाउने बाहुन नै भए पनि उनीहरु ले जनजाति को प्रतिनिधित्वो गर्छन र म वहाहरु को ठुलो छाती को सम्मान गर्छु. जो मगर वा नेम्बाङ्ग भएर पनि आफ्नो पहिचान मा गर्व गर्न सक्दैन, आफ्नो अधिकार को लागि चू सम्म बोल्दैन , तेस्ताले जनजाति को प्रतिनिधित्वो गर्दैन र जनजाति भन्नु नि पाउदैन.
      रह्यो कुरा मिलेर बस्ने, सबैको आत्मा सम्मान हुनुपर्छ , पहिचान हुनुपर्छ, अधिकार हुनुपर्छ भन्दा नमान्ने; मै खाउ , मै लाउ गर्न थाले पछि, कि तपाइले जस्तो आत्म-समर्पण गर्नु पर्यो, कि आफ्नो पुस्ता को लागि लड्नु पर्यो.

      Reply
      1. silviya amatya says:
        October 28, 2014 at 10:34 pm

        प्रचण्ड कस्ता हुन् थाहा हुँदा हुँदै तपैहरुको हो मा हो मिलाए वहाँ लाई खुल्ला छातीको सलाम तर हिजो सम्म सारा नेपालीको मान पाएका गुरुङ होस् या नेम्बांग लाई चाही गालि. वह , सलाम छ तपाइलाई.
        रह्यो आत्मा सम्मानको कुरा ” मेरो बाउ- बाजे फलाना हून मलाई सम्मान दिनु “भने कसैले दिने वाला छैनन्.RESPECT IS TO BE EARNED. र यो इज्ज़त , सम्मान पाउन कर्म गर्नुस न तपाइलाई जात ले रोक्छ न त धर्म ले नै.
        यहाँले ” आफ्नै कर्म ले सम्मान पाउने चाही न-जनजाती र जात को आधार मा सम्मान पाउनु भनेर धारणा राख्ने चाही जनाजति ” भन्न खोज्नु भएको जस्तो लग्यो. आफुले जस्तो भ्यायो त्यस्तै सोच्ने त होनी . तपाइको आफ्नो विचार.

        जादा जादै ऐले चलेको एउटा जोक्स जाओस है त .
        बाहुन , छेत्री [भोलि पर्सि ] – “आफु त पढ़िन्न, गफ हानेर, गुच्चा खेलेर बसिन्छ , भोलि जनजाती हुँ मलाई अधिकार दे भनिन्छ ” [इन्टरनेट मा भेटेको ]

        Reply
        1. rajaram says:
          October 30, 2014 at 4:01 am

          अलिकति तेइ बाहुन ले लेखेको भएपनि नेपाल को इतिहास पदने गर्नुस अमात्य ji, अनि थाहा पाउनु हुनेछ जात र धर्म ले के के रोकेको छ भनेर . तपाई जस्तो मान्छे हेरेर आफ्नो धारणा बनाउने मान्छे होइन हामी . हामी agenda हेर्छो, जनजाति को वकालत जसले गर्छ, उसलाई सम्मान र समर्थन गर्छो. तपाइलाई नेवार भएको मा हिनताबोध भएजस्तो लाग्यो , र त नेवा सब्द सुन्न चाहनु हुन्न .

          Reply
  23. xyz says:
    October 28, 2014 at 7:09 am

    No one has really attempted to unmask the characters of these two people.

    Reply
  24. kishor says:
    October 28, 2014 at 6:29 am

    Strange, divisive mentality even in USA, “Barma gaye pani karma sangai” bhaneko yehi hola. Many of us may be US green card holders but we love to poke our divisive arguments through public domain. It seems like some Nepali Janajatis love to hate Nepali Bahuns and Chhetris as a whole although many of Nepali bahuns and chhetris are also on the “pidit barga” equally from ruling class bahuns, chhetris, madhesis and janajatis. The poorest districts in Nepal, Karnali has majority of Bahun and Chhetris. Yes, Bahuns and Chhetris are in high numbers in ruling class because they represent the major demographic in Nepal. If you compare by population proportion, it is Newar that has the greater proportional government position, greater educational position and greater power among all the ethnicities in Nepal. It is not surprising because Newari community is mostly business owners and lives in centers, so more money, more access to education and therefore more power. Gurung, magars are in more numbers for British armies. It is sad that at this day and age, we are still discussing about making states in the name of ethnicity in a multi ethnic country like Nepal. It is appalling especially because these voices have been bolstered by those who have seen the benefit that a society gets from racial and religious integration, living in New York, where more than 200 nationalities lived in harmony. Lets raise our thinking level, it will do good to us and our society.

    Reply
  25. gajen limbu says:
    October 28, 2014 at 3:59 am

    संघियेता बिरोधि जहाँ पुगे पनि संघियेता बिरोधि को हालत येस्तै हुनेछ संघियेता बिरोधि हरु होसियार सनासर को जुन सुकै ठाउँ मा हामी छौ तेसैले संघियेता को बिरुद्धमा बोलने कसैलाई नाछाधने

    Reply
  26. Rajaram says:
    October 28, 2014 at 1:18 am

    जनै बादी हरु काम थोरै, कुरा धेरै गर्छन. तेसैले त देश लाइ यो हालत मा पुर्याएर छोड्यो नि.

    Reply
  27. saabin says:
    October 28, 2014 at 1:12 am

    बिदेशमा बशेर पनि नेपाली कु-राजनीतिक विचार राख्ने , देश टुक्राउने , भाइचारा फुटाउने , दोव्न्द निम्त्याउने व्यक्ति हरुलाई धिक्कार छ , जात जाति , भाषा भाषी , हिमाल तराइ पाहाड को नाम मा राजनीति गर्ने हरु नामर्द हौ .ब्यक्तिगत स्वार्थको लागि आमाको छाती चिर्ने नर पिचाश हौ

    Reply
  28. अरुन says:
    October 28, 2014 at 1:10 am

    उता नेपाल मा भने ”आ-आफ्नो अडान छाडदै नौ भनेर सहमती भो रे”

    नेपाली कारटुन

    Reply
  29. Tika gurung says:
    October 28, 2014 at 12:56 am

    ठिक कुरा गर्नु भयो, जनैबदी पाखण्डी राज्नितिक्ग्य हरु को छल कपट बुझौ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme