- हाम्रो भौगोलिक संरचना अनुसार जल तथा मौसम पूर्वानुमान महाशाखाले भविष्यवाणी गरिदिएन। पहाड र तराईमा जसरी हिमालमा घना पानी पर्दैन। पहाडमा पानी झार्ने बादलले हिमाली क्षेत्रमा बरफ बनेको पानी अर्थात हिउँ खसाल्ने हो। विभागले जानेर वा नजानेर उच्च हिमाली भेगमा हिमपातको सम्भावना औँल्याइ दिएन। अझ मनाङको थोरङ्गला क्षेत्र, मुस्ताङ, धौलागीरी, डोल्पा र मनास्लु क्षेत्रमा पर्न सक्ने हिउँको कल्पनै गरिदिएन।
- फेरि हामी नेपाली माझ मौसम ख्याल गरेर हिँड्नु पर्छ भन्ने बानी कै विकास पनि भएको छैन। हामी कहाँ बस्छौँ ? कार्य क्षेत्र कहाँ हो ? त्यहाँको आजको वातावरण कस्तो हुन्छ ? सायदै हामीले ख्याल गरेर हिँडेका हुन्छौँ। त्यसैले हामी झरीमा रुझ्दै हिँडेका हुन्छौँ। चिसोमा टिसर्ट मात्रै लगाएर लुगलुग गर्दै दौडिरहेका हुन्छौँ, चर्को घाममा ज्याकेट, स्वीटर लगाएर खलखल पसिना बगाइरहेका हुन्छौँ। इन्टरनेट र प्रविधिको पहुँचमा भएकाहरुले पनि मौसमको ख्याल नगर्ने बानी हाम्रो अज्ञानता हो।
- नेपाली सहयोगीले मौसम आंकलन गरी हाल्यो भने पनि पैसा तिरेको छु भन्दै केही पर्यटक जसरी पनि गन्तब्यमा लैजान दबाब दिन्छन्। फर्कन मान्दैन, अनि जितिन्छ भनेर मूर्ख बन्दै जोखिम मोल्नुको विकल्प रहन्न। परिणाम जित या मृत्यु जे पनि हुन सक्छ।
- भदौको च्याउझैँ उम्रिएका ट्रेकिङ्ग एजेन्सीले आफ्ना नातेदार जो कोहीलाई पनि गाइड भनेर गोराको अगाडि लगाइदिन्छन्। भाषामा निपूण त हुन्छन् उनीहरु तर घोरेपानीबाट दिस इज एभरेष्ट भन्दै धौलागिरीलाई देखाई दिन्छन्। हातमा नक्सा छ, नक्साले धौलागिरीनै भन्छ तर गाइड सगरमाथा! खैरे जिल्ल। अब कल्पना गर्न पनि सकिन्न कि बिपदमा यस्ता गाइडले आफु र पर्यटकलाई कसरी जोगाउँछन्? एक हदसम्म मनाङ, थोरङ्गला र मुस्ताङमा यो समस्या पनि कारक बन्यो भने बिना नेपाली सहयोगी एक्लै पर्यटनमा निस्कने खासगरी इजरायली पर्यटक पनि विपद्मा फँसे।
- नागरिक दैनिक बाहेक अरु कुनै पनि सञ्चार माध्यमले हुदहुदले नेपालमा पार्न सक्ने प्रभावबारे समाचारलाई प्राथमिकतामा राखेनन्। करिब तीन सय पचास भन्दा धेरै रेडियो, सयौँका संख्यामा रहेको अनलाइन पोर्टल, हजारौँ सानाठूला अखबार, दुई दर्जन हाराहारी टेलिभिजन कसैले पनि देशैभर पानी पर्छ भन्नुको अर्थ हिमाली भेगमा पनि हिउँ पर्न सक्छ भनेर अनुमान गरेनन्। सञ्चार माध्यमले भुले कि सेप्टेम्बर र अक्टोबर नेपालमा पदयात्राको समय हो। हजारौँ विदेशी पदयात्री नेपालमा छन्। उनीहरुसँगै सहयोगीका रुपमा लाखौँ नेपालीहरु हिमाली क्षेत्रमा पुग्छन् र आँधीको प्रभावले हिमपात भए उनीहरुलाई समस्या पर्छ। खासगरी विद्युतीय सञ्चार माध्याम रेडियो, टिभी, अनलाइनले ब्रेकिङ, फ्याल्स जस्ता तरिकाले सचेत पार्न सक्थे। मौसमविद्लाई स्टुडियोमा बोलाएर बहस गराउन सक्थे, हिमाली क्षेत्रका सुरक्षा निकाय तथा मौसम सम्बन्धी कार्यलयका कर्मचारीलाई सचेत बनाउन सक्थे। होटलमा रात बसेका पर्यटकलाई बिहान गन्तब्यतर्फ निस्कन रोक्न सक्थे। तर केही गर्न सकेनन्। पत्रकारिता चुक्यो। हिमालमा हुनेले सूचना नै पाएनन्। चुक्यो पनि यो हदसम्म कि घटनास्थलमा सेना बाहेक कुनै सञ्चार माध्यमका सम्बाददाता नै पुगेनन्।
अन्नपूर्ण सर्किट हिम दुर्घटनामा यति धेरै क्षति यसकारण भयो
जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज २८ र २९ गते देशको मौसमी अवस्था कस्तो हुने भनी गरेको भविष्यवाणी आंशिक मिल्यो। विज्ञ र प्रविधि भित्रिएर हो या अँध्यारोमा ढुंगा हान्दा लाग्यो भन्या जस्तो। तर आश्चर्य नै हो कि माहाशाखाको भविष्यवाणी अलिकति भए पनि मिल्यो। महाशाखाले हुदहुद आँधीको प्रभावले देशभर पानी पर्ने, पश्चिमी तराई र देशको मध्यभागमा घना वर्षा हुने सम्भावना औँल्याएको थियो। वर्षा दुई दिनसम्म रहने प्रक्षेपण पनि गरेको थियो।
त्यसै अनुसार पानी पर्यो। तर पानी मात्रै परेन। तत्कालका लागि देशको आर्थीक मेरुदण्ड पर्यटन क्षेत्रलाई नै ध्वस्त बनाउने गरी हिउँ पर्यो, पहिरो झर्यो। देशै भर पानी पर्छ भन्नुको अर्थ हिमाली क्षेत्रमा हिमपात हुन्छ भन्नु हो या होइन ? बिचरा महाशाखाले प्रष्ट्याएन।
हाम्रो भौगोलिक संरचना अनुसार महाशाखाले भविष्यवाणी गरिदिएन। पहाड र तराईमा जसरी हिमालमा घना पानी पर्दैन। पहाडमा पानी झार्ने बादलले हिमाली क्षेत्रमा बरफ बनेको पानी अर्थात हिउँ खसाल्ने हो। विभागले जानेर वा नजानेर उच्च हिमाली भेगमा हिमपातको सम्भावना औँल्याइ दिएन। अझ मनाङको थोरङ्गला क्षेत्र, मुस्ताङ, धौलागीरी, डोल्पा र मनास्लु क्षेत्रमा पर्न सक्ने हिउँको कल्पनै गरिदिएन।
त्यसैले विदेशी पदयत्री र उनका नेपाली सहयोगी गरी सयौँ अलपत्र भए। दुई दर्जन बढीले ज्यान गुमाए। हिमपात र हिउँ पहिरोले गम्भीर घाइते भएका कैयन् अहिले पनि उपचाररत छन्।
प्राकृतिक प्रकोप टर्दैन तर प्रकोपले निम्त्याउन सक्ने असरप्रतिको चेतना हामीमा नहुँदा विपत्ति हेरेर चुक चुकाउन बाहेक विकल्प भएन।
मौसम पूर्वानुमानमा शंका र हाम्रो अज्ञानता
जल तथा मौसम भविष्यवाणी गर्न स्थापित सरकारी संयन्त्रको प्रभावकारिता वैज्ञानिक कारण र तथ्यमा भन्दा पनि श्राद्ध गर्दा बिरालो थाममा बाँध्नु पर्छ भन्ने औपचारिकता जस्तो मात्रै छ। त्यसैले घाम लाग्छ भन्या दिन भिषण वर्षा र पानी पर्छ भन्या दिन टन्टलापुर घाम लाग्छ। अपवाद हुन् संयोगले मेल खाने कुरा। यस्तो काइते भविष्यवाणीमा कसले नै विश्वास राख्छ र ?
फेरि हामी नेपाली माझ मौसम ख्याल गरेर हिँड्नु पर्छ भन्ने बानी कै विकास पनि त भएको छैन। हामी कहाँ बस्छौँ ? कार्य क्षेत्र कहाँ हो ? त्यहाँको आजको वातावरण कस्तो हुन्छ ? सायदै हामीले ख्याल गरेर हिँडेका हुन्छौँ। त्यसैले हामी झरीमा रुझ्दै हिँडेका हुन्छौँ। चिसोमा टिसर्ट मात्रै लगाएर लुगलुग गर्दै दौडिरहेका हुन्छौँ, चर्को घाममा ज्याकेट, स्वीटर लगाएर खलखल पसिना बगाइरहेका हुन्छौँ। हिउँ पहिरो र हिमपात एवं डुबान, पहिरोको शिकार बन्छौँ। हामी इन्टरनेट र प्रविधिको पहुँचमा भएकाहरुले पनि मौसमको ख्याल नगर्ने बानी हाम्रो अज्ञानता हो। मौसम ज्योतिषीहरुको कुरै नगरौँ।
मनाङ थोरङ्गला र मुस्ताङमै किन बढी क्षति?
सगरमाथा आधार शिविर पछि धेरै पर्यटकले रुचाउने पदयत्रा अन्तर्गत पर्छ अन्नपूर्ण सर्किट र अप्पर, लोअर मुस्ताङ क्षेत्र। खासगरी पछिल्लो दश वर्षमा हेर्ने हो भने ठूला हिमाली दुर्घटना यस क्षेत्रमा भएका छैनन्। तुलनात्मक हिसाबले सस्तो, सहज, मनोरम एवं सुरक्षित मानिएकाले पनि मनाङ, थोरङ्गला र मुस्ताङ पुगेर म्याग्दी हुँदै पोखरा झर्न पर्यटक लालायित हुन्छन्।
वर्ष कै सबैभन्दा राम्रो पर्यटकीय सिजन सेप्टेम्बर, अक्टोबर भएकाले धेरै पर्यटक नेपालमा थिए। त्यसमा पनि मनाङ, थोरङ्गला र मुस्ताङ क्षेत्रमा धेरै थिए। भवितब्यको कल्पनै भएन। जब समस्या देखियो समाधान काबु बाहिर थियो। क्षतिको विकल्प रहेन।
खासगरी अग्ला हिमाली पहाड चड्ने भनेकै जितिन्छ भनेर जोखिम मोल्ने हो। थोरङ्गला पास पनि त्यस्तै थियो। उचाइमा धेरै ठाडो उकालो हिँड्न कठिन हुने भएर मुक्तिनाथ हुँदै थोरङ्गला पास गर्ने पर्यटक कम हुन्छन्। तर लम्जुङबाट पदयत्रा सुरुगरी थोरङ्गला हुदै मुक्तिनाथ झर्ने पर्यटक हजारौँको संख्यामा हुन्छन्। थोरङ्गला चढ्ने अघिल्लो दुई क्याम्प थोरङ्ग फेदी र हाई क्याम्पमा मुस्किलले एक रात बाहेक लामो समय पर्यटक बस्दैनन्। कारण यहाँ हरेक दिन सयौँ पर्यटक आउँछन्। सबैले बस्न मन गरे होटलले ब्यबस्थापन गर्न सक्दैन। उच्च हिमाली क्षेत्रमा खान र बस्न कठिनाई हुने बितिकै बिरामी पर्ने भय हुन्छ। तर खासमा मौसमबारे उचित जानकारी लिई थोरङ्ग पास गरेर मुक्तिनाथ झर्न सक्ने नसक्ने आंकलन गर्नुपर्ने स्थान त्यही दुई क्याम्प हुन।
थोरङ्गला क्षेत्रमा ब्यहोर्न परेको मानवीय क्षति पनि त्यही क्याम्पबाट मौसमबारे जानकारी नलिई उक्लिएका पर्यटक र नेपाली सहयोगीहरुको हो। रेडियो, टिभीले विपत्ति पर्न सक्ने आंकलन गरेनन्। हिमालमा रहनेसँग प्रविधि थिएन।
त्यसो त नेपाली सहयोगीले मौसम आंकलन गरी हाल्यो भने पनि पैसा तिरेको छु भन्दै केही पर्यटक जसरी पनि गन्तब्यमा लैजान दबाब दिन्छन्। फर्कन मान्दैन, अनि जितिन्छ भनेर मूर्ख बन्दै जोखिम मोल्नुको विकल्प रहन्न। परिणाम जित या मृत्यु जे पनि हुन सक्छ। तर थोरङ्गला र मुस्ताङ, डोल्पा क्षेत्रमा मृत्युले जित्यो। धौलागिरी र मुस्ताङका अन्य क्षेत्रमा मृत्यु भएकाहरु पनि मौसमी अज्ञानता कै सिकार भएका हुन्।
नेपाली गाइडहरु पनि दोषी छन्
हिमाल चढ्ने र घुमाउने काम कुनै बिश्वबिद्यालयबाट डिग्री पास लगतै गर्न सक्ने पेशा होइन। लामो अनुभव, स्वस्थ र फुर्तिलो शरिर अनि बहुभाषिक ज्ञान भएकाले मात्रै यो क्षेत्रमा राम्रो काम गर्न सक्छन्। आठ दश पटक पर्यटकको भरिया बनेर हिमाल चढेपछि मात्रै ऊ अलि अनुभवी बन्न सक्छ। भरिया, कुक, शेर्पा, सहायक गाइडपछि मात्र एउटा गाइड तयर हुन्छ। उसले सरकारी मान्यता प्राप्त संस्थाबाट तालिम लिई गाइडको अनुमति पनि लिनु पर्छ बल्ल ऊ सक्षम ठहरीन्छ।
तर सबै त्यस्ता छैनन्। भदौको च्याउझैँ उम्रिएका ट्रेकिङ्ग एजेन्सीले आफ्ना नातेदार जो कोहीलाई पनि गाइड भनेर गोराको अगाडि लगाइदिन्छन्। भाषामा निपूण त हुन्छन् उनीहरु तर घोरेपानीबाट दिस इज एभरेष्ट भन्दै धौलागिरीलाई देखाई दिन्छन्। हातमा नक्सा छ, नक्साले धौलागिरीनै भन्छ तर गाइड सगरमाथा! खैरे जिल्ल। अब कल्पना गर्न पनि सकिन्नकी बिपदमा यस्ता गाइडले आफु र पर्यटकलाई कसरी जोगाउँछन ? एक हदसम्म मनाङ, थोरङ्गला र मुस्ताङमा यो समस्या पनि कारक बन्यो भने बिना नेपाली सहयोगी एक्लै पर्यटनमा निस्कने खासगरी इजरायली पर्यटक पनि विपद्मा फँसे।
प्रभावहीन पत्रकारिता
नेपालमा रेडियो टिभीले सधैँजसो समाचारको अन्तिममा मौसमबारे जानकारी दिन्छन्। अखबारले कहिलेकाहीँ मात्र। यस्को महत्व कम भएर हो या महाशाखाले दिने झुट कति प्रचार गर्ने भनेर हो थाहा भएन। नागरिक दैनिक बाहेक अरु कुनै पनि सञ्चार माध्यमले हुदहुदले नेपालमा पार्न सक्ने प्रभावबारे समाचारलाई प्राथमिकतामा राखेनन्। नागरिकले देशैभर पानी पर्ने भन्दै आफ्नो प्रथम पृष्ठमा किसानलाई तीन दिन धान नकाट्न भनेको थियो।
करिब तीन सय पचास भन्दा धेरै रेडियो, सयौँका संख्यामा रहेको अनलाइन पोर्टल, हजारौँ सानाठूला अखबार, दुई दर्जन हाराहारी टेलिभिजन कसैले पनि देशैभर पानी पर्छ भन्नुको अर्थ हिमाली भेगमा पनि हिउँ पर्न सक्छ भनेर अनुमान गरेनन्। पर्यटकीय सिजन सुरुसँगै होटल खचाखच भरिन थाले भन्ने समाचार बजाएका, छापेका सञ्चार माध्यमले भुले कि सेप्टेम्बर र अक्टोबर नेपालमा पदयात्राको समय हो। हजारौँ विदेशी पदयात्री नेपालमा छन्। उनीहरुसँगै सहयोगीका रुपमा लाखौँ नेपालीहरु हिमाली क्षेत्रमा पुग्छन् र आँधीको प्रभावले हिमपात भए उनीहरुलाई समस्या पर्छ।
खासगरी विद्युतीय सञ्चार माध्याम रेडियो, टिभी, अनलाइनले ब्रेकिङ, फ्याल्स जस्ता तरिकाले सचेत पार्न सक्थे। मौसमविद्लाई स्टुडियोमा बोलाएर बहस गराउन सक्थे, हिमाली क्षेत्रका सुरक्षा निकाय तथा मौसम सम्बन्धी कार्यलयका कर्मचारीलाई सचेत बनाउन सक्थे। होटलमा रात बसेका पर्यटकलाई बिहान गन्तब्यतर्फ निस्कन रोक्न सक्थे। तर केही गर्न सकेनन्। पत्रकारिता चुक्यो। हिमालमा हुनेले सूचना नै पाएनन्। चुक्यो पनि यो हदसम्म कि घटनास्थलमा सेना बाहेक कुनै सञ्चार माध्यमका सम्बाददाता नै पुगेनन्।
अकाल मर्न को आउँछ नेपाल ?
हामीसंग बुद्ध जन्मिएको लुम्बिनी छ। विश्वको सर्बोच्च शिखर सगरमाथा छ। आठ हजार भन्दा बढी उचाइका विश्वभरीका चौध हिमाल मध्ये आठ वटा हामीसँगै छ। दुर्लभ एक सिंगे गैडा पनि हामीसँगै छ। अन्य साना ठूला हिमाल, पहाड,नदी र शहर संस्कृतिको सुन्दरता कति छन् कति अथाह हामीसंगै छ। तर यी सबैको मजा लिन आउनेहरु सुरक्षित रहँदैनन् भने नेपाल किन आउने ?
हामीले सबै पनि होइन तर कुनै एक क्षेत्रलाई मात्रै पनि सुरक्षित यात्रास्थल बनाउन सकेनौँ। एक हदसम्म होला विकासोन्मुख मुलुकका हामी सबै पहुँच र सुबिधा छैन तर आधारभुत कुरा मै हामी चुकिरहेका छौँ। हामीलाई के त्यत्रो आकाश नै खस्ने स्रोत साधन चाहिन्थ्यो त हिमाली क्षेत्रमा पदयात्रामा रहेका पर्यटक र नेपाली सहयोगीलाई दुई दिन आफ्नो क्याम्प नछाड्न भन्न ? वर्षको एउटा या दुई ओटा विमान खसिरहेकै हुन्छ, कहिले पहिरो त कहिले हिमपातमा स्वदेशी बिदेशी मरिरहेकै हुन्छन अनि लाखौँ खर्च गरेर ज्यान फाल्न को आउँछ नेपाल ? यो पेशामा बुझेका युवाको आर्कषण कसरी बढ्छ ? अन्नपुर्ण सर्किटको यो बिपतिमा सरकारले के गर्न सक्यो ? बल्खुमा चियाजात्रा ? सञ्चारकर्ममा लाग्नेले दुरदर्शिता अपनाउन पर्छ भनिन्छ नि? अपनाए ? सरकार, शहर मै रुमल्लिएको सूचनाका संवाहक भनिने सञ्चार माध्यामहरु, हचुवामा मौसम भविष्यवाणी गर्ने सरकारी संस्था र कर्मचारीहरु सबैको लाचारीपन प्रष्ट देखीयो। ब्यवसायीहरु पनि अपरिपक्व छन्। अब यो सिजन कै बाँकी समय (अक्टोबर, नोभेम्बर) र अर्को सिजनका लागि आफ्नो नेपाल यात्रा तय गरेका पर्यटकहरु आफ्नो केही पैसा गुमाएर भए पनि नेपाल यात्रा क्यान्सिल गर्दैछन्। नेपाल किन आउने, कसैसँग जवाफ छ ?
मौसम को भबिस्य बाणी न गरिदिएकै जाति तितो अनुभब छ आफ्नो त् , रेडियो नेपाल ले पानि पर्छ भनेको दिन छाता न लि हिड्ने बानी थ्यो आफ्नो अनुमान ठ्याकै मिल्थ्यो रेडियो नेपाल को मौसम भबिस्य बाणी भन्दा पनि |
हो, हर क्षेत्र मा अनिवार्य नियेमन (regulate) तथा अनुगमन गर्नुपर्छ , येदि उन्नति प्रगति चाहने हो भने; एसको विकल्प छैन ; तर यो गर्ने कसले ?
लेख सान्दर्भिक छ र मनन योग्य छ| तैपनि तलका पाठकीय प्रतिक्रिया व्यक्त गर्ने अनुमति चाहन्छु:
१. नाता पर्नेलाई गाइड बनाएर पठाउने| “लौ घुमेर पनि आऊ र पैसा पनि कमाऊ’ भन्दै ट्रेकिंग एसोसिएसन र परमिट दिने हाकिमले आफ्नो मान्छेलाई जबर्जस्ति पहिले अस्थायी रुपमा सरकारी र संस्थानको जागिरमा घुसाएको जस्तो स्वाहा पारने प्रबित्ति र व्यवहार हो|
२. यति धेर शब्द खर्च गरेपछि निकम्मा पर्यटन बोर्डको निश्र्क्रिय भूमिका बारे पनि लेख्न पर्ने हो| देशमा पर्यटन मन्त्रालय पनि छ| अरु देशमा भए मन्त्रीले जिम्मेवारी वहन गरेर राजीनामा दिन पर्ने हो|
३. मेरो बिचारमा सबैभन्दा मुख्य कुरो लेखकले उल्लेख गरेका रहेनछन| थोरोङ्ग्ला पासमा तीन ठाममा, माझमा, पुग्न र निस्कन अघि पर्यटन मन्त्रालयले एउटा गतिलो शेल्टर बनाईदिन पर्ने हो जँहा पैदल यात्रुहरु र सहयोगीहरु उग्र हिम पातमा वा आपातकालमा वास बस्न सक्नेछन|
४. जुन ठामको लागि ट्रेकिंग परमिट लिएको छ त्यो फीको रकम त्यही ठामको ट्रेकिंग वा पर्यटन सम्बन्धी खर्च गरिन पर्छ, राजधानीमा घुसिया हाकिम र कर्मचारीको (हो, घुसिया र निकम्मा) को तलब भत्तामा होइन|
५. अन्तमा, कति निर्दिष्ट ट्रेकिंग स्थानहरुका लागि गाइड बेगर ट्रेकिंग परमिट दिन हुँदैन (सम्भवत यो नियम अहिले पनि विद्यमान होला, नविनजीले धाराप्रवाह रुपमा कसैले वास्ता नगर्ने तातो न छारोको जलवायुको भविश्यवाणीलाई मात्र धेर टार्जेट नबनाएर अलिकति मात्र अनुसन्धान गर्नुभएको भए सो खुलिने थियो)| तर त्यसो भन्दैमा ट्रेकिंग एजेन्सीलाई फोकटमा मोटाउने काम गराउनु हुँदैन| जुन बिदेशी यात्रुले ट्रेकिंग परमिट लिएको छ, उसले ट्रेकिंग को समाप्तिमा देश छाड्न अघि सो ट्रेकिंग परमिट र कुन वा कुन संस्था मार्फत गाइड प्रयोग गरे र कति तिरे त्यसको पनि विवरण बुझाउन पर्छ| पासपोर्ट मै भिसा संग ट्रेकिंग परमिट लिएको भनेर उल्लेख गरिन पर्छ र परमिट स्टेपल गरिन पर्छ| र नियम सहज रुपमा पालना गर्न सकिने उदेश्यले यो खुल्ला रुपमा यो एक पेजमा बिवरण बुझाउन पर्ने पनि उल्लख गरिन पर्छ|
नेपालीहरु मात्र होइन , अब त विदेशीहरु पनि यो पुण्यभूमिमा आएर प्राण विसर्जन गर्ने उपयुक्त वातावरण यहाँका योग्य र सक्षम अधिकार सम्पन्न संस्था र व्यक्तिहरुले संयुक्त रुपमा सिर्जना गरी दिएको स्पष्ट छ…स्वर्गीय आत्माहरुले सबको जयकार गर्दै होला नि.
नबिन जी, एकदम सटिक लेख | हाम्रो समस्यै त्यहि हो| राम्रो काम को जस लिन हामी हाना थाप गर्छौ तर केहि बिग्रियो भने त्यसको जिम्मेवारी लिन कोहि अघि बढ्दैनौ | Accountability भन्ने नै छैन हामी मा |
यती धेरै लाई दोश दिनु नै पर्दैन नि। मुस्ताङ तिर trekking जाने tourist सँग २००० उथाउने ACAP र TAAN दोशी हो। अरुले मौसम को पूर्वनुमन गर्ला नगरला यिनी हरु ले त गर्नु पर्ने हो नि। नत्र किन उथाको त पैसा। कम्सेकम trekking point हरु तिर एउटा सुचना दिने केन्द्र त हल्नु पर्छ। तर के भन्ने, तेत्रो world famous trekking route म एउटा toilet त नहाल्ने ले अरु के राख्ला। म त सिधै ACAP र TAAN को दोश देख्छु। यिनी हरु लाई मान्छे आएकै छन २-४ जना मरेर के भो भन्ने लागेको होला।
“भाषामा निपूण त हुन्छन् उनीहरु तर घोरेपानीबाट दिस इज एभरेष्ट भन्दै धौलागिरीलाई देखाई दिन्छन्। हातमा नक्सा छ, नक्साले धौलागिरीनै भन्छ तर गाइड सगरमाथा! खैरे जिल्ल। अब कल्पना गर्न पनि सकिन्नकी बिपदमा यस्ता गाइडले आफु र पर्यटकलाई कसरी जोगाउँछन ?”
एकदम सहि कुरा गर्नु भो. धौलागिरिलाइ एवेरेस्ट नै भन्ने गाइड त अति नै भो तर अन्नपुर्ण साउथ्लाइ धौलागिरि भनेर देखाउने प्रसस्तै भेटिन्छन. तेस्तो बेला गाला मा चद्काएर पर्यटककै अगाडी बेइज्जत गर्दिने कि जस्तो लाग्छ.
तपाइंले भने जस्तै गाइड को लाइसेन्स नभएको हरुलाई गाइड बनाएर पठाउने चलनलाइ निरुत्साहित गर्नु पर्छ. र गाइड बिना एकल यात्रा गर्न दिन पनि बन्द गर्नु पर्छ. यसो गर्दा एक त लाइसेन्स वाला गाइडको रोजगारी नक्कली गाइड्ले खोस्ने समस्या पनि हुँदैन र पर्यटक हराउने डर पनि कम हुन्छ. प्लस, झोले पर्यटकहरु को समस्या पनि केहि हदसम्म समाधान हुन्छ.
मलाइ यहाँ बिदेशीहरुले तेरो नेपालमा त हिमपहिरो मा यति मान्छे मरेछन, तेरो देशको सरकारले हाम्रो संयन्त्र नभएर यस्तो भाको भनेर माफी मागेको र आइन्दा यस्तो नहुने बचन दिएको छ भनेर बताए. ति मध्ये कति नेपाल जाने भनेर उत्साहित हुने खालका नि थिए. यस्ता घटनाहरुले गर्दा कतिपय हिमाल र नेपाल मन पराउने तर जोखिम मोल्न नखोज्ने पर्यटकहरुले भने दोस्रो सोचाइ लिसके होलान.
यदि पर्यटनलाई राम्ररी व्यवस्थापन गर्न सके र व्यवसायिक बनाउन सके नेपालको ठुलो अर्थतन्त्र यसले धन्नेछ. साथै धेरैले रोजगारी पनि पाउनेछन. त्यसैले यस कुरामा सरकार लगायत सम्बन्धित पक्ष गम्भीर हुनु जरुरि छ. खुला ब्यापार नीति र क्यापिटलिजम लाइ अंगालेको नेपालले ट्राभल एजेन्सी खोल्न कसैलाई रोक्ने कुरा त भएन तर देशको अर्थतन्त्रलाई निजि लाभ भन्दा माथि राख्नु पर्ने जस्तो लाग्छ मलाइ. त्यसैले पर्यटनलाई रेगुलेट गर्ने र सुरक्षित बनाउन तर्फ सबै पक्षको पहलकदमी अब अनिवार्य भैसक्यो.
Instead of blaming this or that actors and factors, why not someone write a good material explaining the total cost – both human and financial – to the Nepali economy. So far 33 lives have been lost, what is the cost of rescue operations and, more importantly, the economic damage done to Nepal’s tourism sector. It is reported that more than 3000 articles related to the disaster have appeared in the global news media. Only such analysis will help our policy makers wearing a kind of blinkers (like we have Everest, we have Lumbini, we have one horn rhino etc.).