Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुर्सीमा उभिएर प्रधानमन्त्रीको भाषण

Posted on October 2, 2014October 3, 2014 by mysansar

-रमेश कँडेल-
pm
प्रधानमन्त्री सुशील कोइराला बिहीबार साँझ नेपाल पुगिसक्नुभएको छ। नेपाल फर्कनुअघि बेल्जियममा उहाँले अप्ठेरो अवस्थामा भाषण गर्नुभएको थियो।

छिमेकी देशका प्रवासीहरु प्रधानमन्त्रीको भाषण सुन्न ठूला ठूला हल भाडामा लिएर इज्जतका साथ कार्यक्रम गर्छन्। हाम्रा नेपाली प्रवासीहरु, त्यो पनि बेल्जियमको हालत हेर्नुहोस् त। हाम्रा बूढा बिरामी प्रधानमन्त्रीलाई भित्तामै टाँसेर भाषण दिन बाध्य पारेछन्। साथमा रहेका राजदुत त झन् ट्वा.. परेर हेर्दैछन्। हाम्रा प्रवासी साथीहरुको चैँ करेसाबारीमा भाषण सुन्न तँछाड मछाड।

यो फोटो नेपाली दूतावास बेल्जियमको करेसाबारीमा खिचिएको हो। प्रमले भाषण कुर्सीमाथि चढेर गर्नुभएको थियो। राजदूतावासको लापरवाहीको एक नमूना।

pm

pm1
यी फोटोहरु कृष्ण रेग्मीले खिचेका हुन्।

प्रधानमन्त्रीले के भन्नुभएको थियो ? हेर्नुस् भिडियो-

भिडियोः नारायण सिलवाल

22 thoughts on “कुर्सीमा उभिएर प्रधानमन्त्रीको भाषण”

  1. kisan says:
    October 8, 2014 at 2:40 am

    खै के खै के भन्ने —– न त जङलबाट आएको पार्टिले आफ्नो कोटाको राज्दूतको नियुक्ती नै राम्रो पठाएको छ यस बेल्जियममा न त अहिलेको यन आर यन को निर्बचित अद्यछ्य लाई नै संघ-सङ्था को ज्ञान छ | उछित्टियर् र् भोट्मा धादली गरी जितेको अहम्ले यो सबै हामी भोगिरहेका छौ | जसले गर्दा हामी बेल्जियम बासी नेपालको मात्रा हिजो अपमान र बेइजत थियो, ४ अक्टोबर २०१४ देखी सारा नेपालीहरुको पनि हाम्रो बेल्जियम बासी नेपालीको जस्तै हालत पारीदियो | प्रधानमन्त्रीलाई करेसा बारीको मेचमाथि राखेर राज्दूतले अौकात् प्रस्तुत गर्ने त यन आर यन ले बिगत ५ सालसम्म नेपाल मेला भव्य-सभ्य थियो, यो २ साल त कहिले आसेन्ता सँग पुछर जोड्ने कहिले npl bel frnd org सँग गर्दै तहस नहस नै पर्‍यो |

    Reply
  2. Girish kumar sharma says:
    October 5, 2014 at 7:23 pm

    राज दुत को कर्म के हो ? धर्म के हो ? जिम्मेवारी के हो ? रास्ट्र को इज्जत कसरि राख्नु पर्दछ? बिदेशी मुलुक मा बसेर विहंगम दृस्टी कसरी राख्नु पर्दछ? , सरकार प्रमुख आउदा उनीहरुको मर्यादा कसरि जोगाई दिनु पर्दछ आफ्नो रास्ट्र को इज्जत कसरि बढाउनु प्रदछ। देशो को छबि कसरि बढाउनु पर्दछ भन्ने सामान्य ज्ञान सम्म पनि नभएका राजदूत हरु लाई भाग बण्डा को भरमा नियुक्ति गरे पछि यस्तो अवस्था हुन्छ। प्रधान मन्त्रिका सल्लाहकार पनि कस्ता हुन्? स्कुल मा छात्र लाई गुरुजी ले उठाए जस्तो उठ्ने। यसको पछाडिको पक्ष यिनी हरुको सोच्ने क्षमता छ त ? गल्ति पिछे गल्ति गर्ने कस्तो कम्जोर हस्थी लाई चयन गरेको हो ? लाज लाग्दछ यस्तो देख्दा र सुन्दा पनि।

    Reply
  3. Dr. Suraj Maskey says:
    October 4, 2014 at 7:40 am

    २०७१ “बिजया दशमीको शुभ कामना”

    खै हाम्रा निजामति राष्ट् सेवकहरुलाई तालीमको कति कमी छ भन्ने कुरा यस्तो घटनाबाट स्पष्ट हुन्छ । साथै उच्य शिक्षा हासिल गरी अमेरिकाका बहुसंख्यक नेपालीहरुका हालतपनि यस्तै यस्तै छ ।

    अंग्रेज़का पालादेखिनै भारतमा सरकारी सेवामा तलैदेखि केन्द्रीय स्तरका अधिकृतहरुलाई सरकारी सेवा शुरुआत संगै लामों तालिम दिन्छन । जस्तै भारतमा प्रशासनिक र बिदेशी सेवामा मंसुरीमा एक बर्ष, बन सेवाको देहरादूनमा दुइ बर्ष त्यस्तै सुरक्षा निकायकालागी दुइ दुइ बर्ष र अन्य सेवामा एक बर्ष तालिम पछि मात्र ज़िलामा ज़िम्मेवारी दिइ मातहतमा खटाइन्छ । तर नेपालमा तात् तातो विधार्थी पछि लोक सेवा पास गर्ने बित्तिकै खटाइन्छ । अनि जहाँ गए पनि नेपाल निजामति सेवकहरुको ब्यवहारको स्तर कसरी खारिएको हुने ?

    धैरै जस्तै विकासशील देशहरुमा सामाजिक जन चेतना र नागरिक समाज ब्यवहारको विकाशको अावस्यकता छ । तसर्थ नेपालमापनि राष्ट्र सेवकहरुलाई सेवा अघि राम्रो तालिमको आवश्यकता छ।

    डा. सुरज मास्के

    Reply
  4. Bam bahadur says:
    October 3, 2014 at 11:10 pm

    बेमतलबका चाटुकारहरुको भिडलाई करेसाबारीमै भएपनि दर्शन दिएर चित्त बुझाउन सफल भएकाछन् हाम्रा पीएम ! शुसिलबालाई राम्रैसंग थाहा भैसकेकोछ , चाटुकारहरुको रहर नपुर्याईदिए
    टोइलेटनै गर्न दिदैनन , कट्टु र कन्दनिनै बाध्न नपाई दाजिएर फोटो खिच्न हाम फाल्छन !

    Reply
  5. bishnu says:
    October 3, 2014 at 5:55 pm

    झुसिलकोइराला जीलाई आफ्नो दायाबाया मा के हुँदै छ र के भै रहेको छ भनेर केहि पत्तै नहुँदो रहे छ भनेको !!

    Reply
  6. Alikhit says:
    October 3, 2014 at 3:21 pm

    बुढा आफै उत्ताउलो भएर कुर्सिमा चढेको रे, दीपक ज्योति पौडेलज्यूले भनि सक्नु भो नि माथि | देख्नेले नै यसो भएको हो भनिसकेसि कति गालि गर्ने राजदूतलाई ?

    Reply
  7. hari har sharma says:
    October 3, 2014 at 1:42 pm

    सु को लाई कुर्ची चाहियो बस / उठेरै भय नि ठोक्यो /

    Reply
  8. Tenzing Gaba says:
    October 3, 2014 at 1:36 pm

    यस्ता दृश्य देखेर हास्नु कि रुनु ???

    “सुको.” को सुको जतिको पनि भाउ छैन रहेछ भनेर ……एकछिन हासे
    आफ्नै प्रधान मन्त्रीको यो बिजोग देखेर …………………रुनु मन लाग्यो
    ……………………………………..
    कुटनीतिज्ञ, शिस्ताचार खै के के पाल, केके पदधारण गरेका घोर पाखे प्राणिहरुलाई भवानी माताले शभ्यता र शिस्ताताको एक तुरको ज्ञान प्रदान गरुन ……जदौ.

    Reply
  9. Tulash Karki says:
    October 3, 2014 at 1:18 pm

    म नेपाली कांग्रेस को कार्यकर्ता वा समर्थक होइन तथापी मा यो कुरामा बिस्वस्त छुकी जसले देशमा २/२ ठाउँ बाट चुनाब जितेर आएका, भ्रष्टाचार वा पद्लुप्त जस्ता बिषयमा कहिल्यै बद्नाम नभएका सोझा प्रधानमन्त्री विदेश आउंदा NRN हरुको ओइरो लग्न सक्छ| कतारको मरुभूमिमा मजदूरी गर्ने हरुले भाडामा हल लिन पछि पर्दैनन् भने, बेल्जियम जस्तो सभ्य र बिकसित देशमा बस्ने NRN हरुले र आफ्नै दुताबासले तेत्ति पनि महसुस गर्न नसक्नु अनि एउटा हलको व्यवस्था गर्न नसक्नु कम्जोर र लाचारी नभएर अरु के? आफ्नो कम्जरी छुपौना कस्तो कस्तो कमेन्ट लेखेका पाजिहरुले!! अब के अमेरिकामा कट्टु लगाएर कार्टून झैँ PM को पछाडी उभिने बेसरम कार्टून को सन्दर्भमा पनि उहा एकदम साधारण मान्छे, उहाले नै कट्टु लगाएपनि वा बिल्कुलै केहि नालागयेपानी हुन्छा भन्नु भएको हुन सक्छ भन्ने?

    Reply
  10. Rajaram says:
    October 3, 2014 at 7:43 am

    खाते सरकार , खाते दुतावास , खाते ब्यबस्थापन . के भन्नु र खैइ

    Reply
  11. श्रीजन , भर्जिनिया says:
    October 3, 2014 at 5:51 am

    कुटनीतिक मर्यादा कुन चराको नाम हो (भाग 4)

    Reply
  12. subash says:
    October 3, 2014 at 2:26 am

    यो त हामी नेपालीहरुको आफ्नै “style” हो क्या!

    ठुलठुला होटेलमा बेकारको पैसा किन खर्च गर्नु, करेशाबारी हुँदाहुँदै. मितबयीताको ज्वलन्त उदाहरण हो यो त!

    Reply
  13. सिर्जने says:
    October 3, 2014 at 1:06 am

    लापर्बाहिको चरम नमुना! भित्रै कोठामा कुर्शिले नपुगे भुइमै बसेर प्रधानमन्त्रीको कुरो सुन्न सक्थे होलान नि, किन एस्तो गाइजात्रा गरेका? झुसिल’दाको हुर्मत मात्रै लिएनन, नेपाल र नेपालीको समेत बेइज्जत गरे इ तोरी हरुले /

    Reply
  14. सिर्जने says:
    October 3, 2014 at 1:03 am

    बिचरा बुढा प्रधानमन्त्री कुर्सीबाट लड्या भए कत्रो बेइज्जत हुन्थ्यो नेपालको! कुर्सीमाथि उभिन सुरक्षित नहुने हुनाले व्यक्तिगत सुरक्ष्या (safety) प्रति साबधान हुने देशहरुले कुर्सीमाथि उभिन प्रतिबन्ध लगाएका छन्, EU (बेल्जियम) पनि ति देशहरुमध्ये एउटा हो / यो अर्थमा बेल्जीयमको नेपाली दुताबासले कुटनीतिको मर्यादालाई मात्रै धोति लगाएन, बेल्जीयमको सुरक्ष्या सम्बन्धि नियम पनि तोड्यो / आफु काम गर्ने देशको नियम नजान्ने दुताबासका कर्मचारी कस्ता? तिनले दशैमा आफ्नै करेशाबारिमा खशी काटे भने बेल्गियमको पुलिसले समातेर लैजादैन? हो त्यस्तै हो, हाम्रो प्रधानमन्त्री भए’नि बेल्गियममा हुदा त्यहाको नियम मान्नुपर्छ /

    Reply
  15. दीपक ज्योति पौडेल says:
    October 3, 2014 at 12:48 am

    प्रधानमन्त्री नेपालीहरु संग सगै बसेर कुराकानी गर्नु भएको थियो| उहालाई लाग्यो सबैले सुन्न सकेनन कि भन्ने | उहा आफै जुरुक्क उठ्नु भो र सबैले सुनुन भनेर कुर्चीमा चढेर बोल्न शुरु गर्नु भो| यसमा न त राजदूतको दोष थियो न त गैर आवासीय नेपालीहरुको |न त दूतावासमा हल र अन्य सामाग्रीको नै कमि थियो | उहा सामान्य रुपमा प्रस्तुत हुन् चाहनु हुन्थ्यो र त्यस्तै भएको हो बेल्जियमको सन्दर्भमा |

    Reply
    1. bibek dhakal says:
      October 3, 2014 at 1:50 pm

      रेफ्यूजी मानसिकता भनेको यहि हो. जस्तो सुकै देशमा पुगेनी बुद्दि त त्यै हो नि .

      Reply
      1. Sunil (Belgium) says:
        October 4, 2014 at 3:43 am

        Bibek Dhakal जी म पनी Belgium बस्छु , यो कुरा मा 101% सहमति छु / मेरो नेपाली तेती राम्रो छैन / I have only contact with 3 Nepali peoples, we doesn’t talk about politics, if we go to Brussels ,Leuven, Bruges, most of them are talks about politics and all of them wants to be politicians, actually they had ruined our Nepali politicians in Nepal, There are few Nepali people who thinks about motherland, I knew some Nepali people who lives other city called Sint-Niklaas, there are only 5 Nepali but they have really unity they want to get rid of politics, they are also not eager to contact amongst Nepali community co’s of to much politics. In Leuven, Brussels, Bruges and Gent most of them competition, no unity, no generosity, only playing cards for money, atrocious behaviour, last years there was a police raided in Leuven city while they were playing cards, they have to pay heavy fine. Once I had visited our Nepal embassy, Our embassy condition is really fragile but I had found employee were very helpful. Other story, one time Nepali lady, she is telling to her friend on telephone on Nepal, she earns Nepali rupee one lakh fifty Thousand(€1500 i.e. gross) but she have to pay tax too at the end she can hardly save net only €300 or €250. She is staying more than 10years she cannot even speak Nederlands(Vlaams) language one sentence properly. If she have to work in Nepal she cannot even earn more than Rs. 5000. I don’t know why they want to show off. One more interesting, on 2nd October 2014, I met Nepali couple about age 35 to 43 years in one office called Labour union( ABBV), if we became sick or jobless or something problem at work, we go there complain about our problem during work or racisms did by team leader etc or other reasons, if we are jobless or became sick and couldn’t work than at end of the month we have to drop control card, we won’t get direct money from company, I was there too drop my control card co’s I was sick , I live far from city and looking for apartment in Gent proper city, I heard two couple conversation in Nepali , I thought they know something about apartment in city, I went in front of those couple and asked Dai ! Did you have some idea about apartment in Gent !!!! Instead of giving information, his answer was so awkward and irritation to hear, instead of giving information, he replied me I have own house. This is obviously show off, I have seen Indian, Pakistani, Bangladesh, Sri Lanka , Afghanistan, Tibet so on in EU ,they have really unity and harmony and help each other literally people living in Netherland were same as Belgium, there is no unity amongst. They know how to assault each other only. I found in Switzerland Nepali people were little bit better morality than living in other European country. I don’t have idea about England. At end whatever Bibek Dkhal ji wrote is absolutely right.

        Reply
        1. Prakash (Nepal) says:
          October 4, 2014 at 12:27 pm

          सुनिल जी तपाइको English पनि राम्रो रैनछ ! सरी ल ।

          Reply
          1. Sunil (Belgium) says:
            October 4, 2014 at 6:11 pm

            Prakash ji Thank you for your positive comment, my English was not a good, your comment gave my more courage to learn and improve my English, Better you did correction and
            re- posted it. So, that I can improve more English and I was trying to explain there is no unity amongst Nepali, as far as concern my English, I am adopted when I was 5 years old by Belgian but I learn myself Nepali to read it and little bit to write it, I had learned English watching movies and news. If I had wrote you here in Nederlands(Felimsh), hope you had well more understand it. Am I right Ph. Prakash ji? I live in Flemish part and we speak Flemish not English and our all subjects are in Nederland(Flemish) language not in English, At last but not the least once again thanks for your comment. Have nice time. Cheers 

            Reply
            1. Tulash Karki says:
              October 9, 2014 at 3:50 am

              Dear Sunil Jee Namaskar, Just let you know that your both English and Nepali is not bad at all. Just because someone decided to be cold and judgmental doesn’t mean that is the end of the world!
              Having to known that you had been adopted by Belgian when you were 5 and you most probably never had opportunity to speak Nepali while you growing up and not a lot of English either!! Knowing all that, you had learnt yourself very very good. In fact I am really really surprise that you still have and exhibit that much Nepaliness in you is absolutely Amazing. I have known many Nepali expats that whose children barely speak Nepali even with parents although their parents first language was nothing but Nepali. You are still so keen about Nepal and you appeared to have great deal of Knowledge about Nepal and Nepali politics is another good thing to admire about you.
              However, the only one thing I do disagree your opinion is the lack of your interest towards politics. In my opinion, a country like where you live or those where the System is systematically established “may not hold significance value” for not having political interest. Myself too live in the UK and even half of the population of UK not showing interest on politics may not matter a lot. However, country like Nepal and Afganistan may be different story. Educated and reasonably settled with job and life, it may not make much difference to yourself and me and thousands of other who is in similar or even better position to us but it really make different to those who are really poor and terribly neglected by their own very Governments and who have nothing much to live on.
              What I mean is at least we as an educated citizen who dearly love our homeland and our mother Nepal, at least we can help her by casting vote or initiating to cast the vote to change the leadership!! A good example is the Most notable Constituency-II Election held in Nov 2013 in Nepal, where Maoist have been terribly Resized to small the 3rd position from their Significantly strong 1st position on the previous election. In another words they became a a pussy cat from a roaring Lion. AND NO BODY ELSE WOULD DESERVE THAT MUCH. This is the way the democracy can punish to bad leaders marginalized their right or wrong doings. Hope it makes sense. Anyway, Good luck to your further learning to Nepali.

              Reply
  16. ram says:
    October 3, 2014 at 12:40 am

    this is no big deal. I think he sounds like a cool PM. may be he himself got onto the chair because he could not see everyone. you cant expect to have a dias everywhere….may be it was an informal event. please don’t blame people without enough information.

    Reply
  17. Anuradha Poudel says:
    October 2, 2014 at 11:50 pm

    नेपालमा बसेर बोल्नीलाई कति सजिलो हो । दुताबासको क्षमता कस्तो छ कत्रो छ प्रधानमन्त्रीले बेल्जियम पुग्नु पहिला राजदूतलाई के भन्नुभएको थियो । उहाँ शान्त सँग बस्न चाहेकोले हल सल नखोज्न भन्नुभएको पो थियो कि । त्यहाँ पुगेपछि प्रमलाइ भेट्न थुप्रै मान्छे आएकोले दुताबासको बैठक कक्षमा ठाउँ नपुगेको हुन सक्छ । त्यो नबुझि कूर्चि माथि चढेको र भित्तामा टँसाएको भन्नुभएछ यहाँहरुले । धन्न राजदूतले कूर्चिमा मात्र चढाउनुभएछ । अन्त भको भए उस्तै परे लिस्नोमा उकाल्न पर्थ्यो होला ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme