Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मानवशास्त्रीसित सल्लाह नै नगरी समलिङ्गी सम्बन्धलाई कानुनी मान्यता किन ?

Posted on September 27, 2014 by mysansar

जनसंख्या मन्त्रालयले पनि सतही हिसाबले गे एक्टिभिस्ट, एलजिबिटी एक्टिभिस्ट अनि ह्युमन राइट्स एक्टिभिस्टले भनेको के–के न नयाँ मुद्दा हो भन्दै मलिङ्गी सम्बन्धलाई वैवाहिक मान्यता दिने भनि विभिन्न गृहकार्यहरू भैरहेको छ। तेश्रो लिङ्गीको जनसंख्या समेत प्रकाशित गर्दै इतिहासमै कलङ्कित बन्ने कदम समेत चालिएको छ। भारत, बेलायत जस्ता देशहरूमा तेश्रो लिङ्गीको तथ्याङ्क लिइए पनि यसले समाजमा विकृति निम्त्याउने खतराका कारण ती तथ्याङ्कहरू प्रकाशित गरिँदैनन्। बरु राज्यले त्यस्तो व्यवहार दर्शाउने व्यक्तिहरूलाई छुट्टै कार्यक्रम ल्याउने गर्छ। मैले अनुसन्धानमा वैवाहिक जीवन बरु हिट्रोसेक्सुअलको भन्दा होमोसेक्सुअल नेचर भएका व्यक्तिहरूको धेरै सफल भएको पाएको छु। विवाह भनेको विभिन्न कार्यहरू गर्ने इन्स्टिच्युसन भएको र विवाहपश्चात् हिट्रोसेक्सुअल पुरुषहरू अरु परस्त्रीसँग आकर्षित रहिरहने हुन्छन्। यस्तो व्यवहारले श्रीमतीहरू अरु मानसिक तवरले तनावग्रस्त हुन्छन्। यो जेनेटिक यथार्थ हो। होमोसेक्सुअल पुरुषहरू अरु महिलाप्रति आकर्षित नहुने हुँदा ऊबाट उसकी श्रीमती एकदम तृप्त हुने गरेको पाइएको छ। तर यिनै पुरुषहरूलाई विवाह गर्न निरुत्साहित पार्न र हाम्रो संस्कृति, सभ्यता र सृष्टिचक्र मेटाउने खेलको निम्ति होमोसेक्सुअल म्यारिज जस्ता अप्राकृतिक सम्बन्धलाई कानुनी मान्यता दिलाएर डलरको खोलो बगाउँदै हामी र हाम्रो समाजलाई प्रयोगशाला बनाइएको आपत्तिजनक विषयमा ध्यानाकर्षण गराउँछु।

श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय, कास्की।

मार्फत्
माननीय सभाध्यक्ष ज्यू,
संसद सचिवालय, नया बानेश्वर
काठमाडौं, नेपाल।

विषय : ज्ञापन–पत्र पठाएको बारे।

दलगत स्वार्थ र अहंकारले ओतप्रोत नेताहरू र अति राजनीतिकरणको चपेटामा देश रुमल्लिएको सङ्क्रमकालीन अवस्थामा बिना कुनै अध्ययन, बिना कुनै अनुसन्धानात्मक खोज र बिना कुनै विज्ञ, मानवशास्त्रीको राय, सुझाव प्राकृतिक नियम अनि सृष्टि चक्रलाई नै चुनौती दिने, नेपालमा प्रचलित सम्पूर्ण धर्मले समेत वर्जित गरेको “समलिङ्गी सम्बन्ध” लाई कानुनी मान्यता दिने निर्णय गरिएकोप्रति ध्यानाकर्षण गराउन चाहन्छु।

यसका लागि कुनै मानवशास्त्री, धार्मिक संघसंस्था, निकाय वा व्यक्ति कसैलाई बोल्ने अवसर दिइएन। हामी मानवशास्त्री र सम्बन्धित विज्ञहरूलाई नै पर पन्छाइयो। लगाम लगाएको घोडा झैँ दायाँ–बायाँ, तल–माथि समेत नहेरिकन डलरखेती गर्दै संस्कृति, सभ्यता र प्राकृतिक नियममा नै चुनौती दिने गरी पोस्ट मोर्डनिज्मको नकारात्मक असरको रूपमा आएको होमोसेक्सुआलिटी इस्युलाई उठाइयो।

म स्वयं विगत १ दशकदेखि “समलिङ्गी सम्बन्ध” सम्बन्धमा मानवशास्त्रीय अनुसन्धानमा संलग्न भइआएको छु। “समलिङ्गी व्यवहारलाई प्रकृतिप्रदत्त गुणको रूपमा लिन नमिल्ने, गलत नशा एवं सृष्टिको नियमसँग प्रतिकूल व्यवहार” भएको मेरो अध्ययनको निचोड छ। तेश्रो लिङ्गी, चौथो लिङ्गी समेतका कुराहरू मानवशास्त्रीय वर्गीकरणका कुरा भएको तर मेडिकल साइन्स अनुसार मात्र २ वटा लिङ्ग; पुरुष र महिला हुन्छ। तर पनि यो मानवशास्त्रीय वर्गीकरणलाई कानुनी मान्यता दिने क्रममा कुनै मानवशास्त्रीलाई सोधपुछ नै नगरिकन सतही तवरले मानव अधिकार, यौन अल्पसंख्यक अधिकारको रूपमा अति प्रचार गर्दै समाज, मानवीय सभ्यता अनि सृष्टिचक्रको विरुद्धमा गई समलिङ्गी सम्बन्धलाई नेपालमा कानुनी मान्यता दिने गलत र क्षणिक निर्णय भएकोमा एक मानवशास्त्रीको हिसाबले घोर आपत्ति जनाउँछु।

जसरी डाक्टर रोग उन्मूलन, रोकथाम र निवारणको लागि आफ्नो पेशाप्रति समर्पित हुन्छ, हामी मानवशास्त्री, समाजशास्त्री पनि सामाजिक, मानवीय समस्या समाधान गर्ने डाक्टर अनि सामाजिक इन्जिनियर पनि हौं। हाम्रो दायित्व समाजमा नयाँ रोग ल्याउनु होइन रोगको उपचार गर्नु हो।

तेश्री लिङ्गीको वर्गीकरण मावनशास्त्रीय आधारमा गरिएको भए पनि समाजमा यसलाई समस्याको रूपमा ल्याइने कुरा, सृष्टिचक्रलाई असर पारी प्रकृतिको नियमविरुद्ध चल्न, चलाउन मानवशास्त्र, समाजशास्त्रले कहिल्यै भन्दैन।

नेपालमा सतही हिसाबले मानवशास्त्रीय मान्यता विपरित समलिङ्गी सम्बन्धलाई शुरुबाटै विवाहसँग जोड्ने र समलिङ्गी विवाहको सोचका साथ समलिङ्गी सम्बन्धलाई सतही हिसाबले कानुनी मान्यता दिइएको पाइन्छ।

तर विवाह र समलिङ्गी सम्बन्ध यी धेरै फरक विषयहरू हुन्। सतही तवरले हास्यास्पद हिसाबले केटाकेटीको खेल जस्तो गरिकन यी अलग विषयलाई एकत्र गरी कानुनी मान्यता दिइएको छ।

विवाह सृष्टिचक्रसँग सम्बन्धित भई सन्तान उत्पादन, परिवारको उत्पत्ति, नाता सम्बन्धको विस्तार, यौन सन्तुष्टि, लगायतका थुप्रै कार्य गर्ने सर्वव्यापी कानून प्राप्त इन्स्टिच्युसन हो। यसका अनेकन सांकेतिक अर्थहरू छन् र परापूर्वकालदेखि चल्दैआएको छ।

बाइबलका अनुसार विवाह यहोवा परमेश्वरले पहिला उत्पत्ति गराएको मानिस आदमलाई स्वास्नीमानिस हब्बा पैदा गराएर विवाह गराई सुरुवात गर्नुभएको कर्म हो। (उत्पत्ति २ : २१–२२) परमेश्वरको सृष्टि चलाउनका निम्ति २ लिङ्गको मात्र उत्पत्ति गराउनुभएको थियो पुरुष अनि महिला, त्यसैले हाम्रो हर्मनको गडबडीले व्यवहार जे भए पनि मानिसहरू पुरुष र महिला मात्र २ लिङ्गमा सीमित गराउनु पर्दछ।

ई.पू. २५ मा लेखिएको बाइबलको १ कोरिन्थी ६–९ मा स्पष्टसँग अवैध यौन सम्बन्ध राख्नेहरू, आफ्नो पति वा पत्नी बाहेक अरुसँग यौन सम्बन्ध राख्नेहरू, अस्वाभाविक यौन सम्बन्धका लागि राखिएका पुरुषहरू, पुरुषसँग यौन सम्बन्ध राख्ने पुरुषहरू, शैतान भएको र उनीहरूलाई समेत परमेश्वरले माफ दिएको प्रसङ्ग दिइएको अवस्थामा हिन्दू, मुस्लिम, शिख, बुद्ध प्राकृत सबै धर्मले वर्जित गरेको समलिङ्गी सम्बन्धलाई मानव अधिकार र समलिङ्गी हकको नाममा गलत तवरले अति प्रचार गरिकन अन्य कुनै पनि देशले समलिङ्गी सम्बन्ध र विवाहलाई अलग–अलग रूपमै लिएको अवस्थामा नेपालमा यी दुवैलाई एकैसाथ जोडेर हामी मानवशास्त्री र समस्त नेपालीलाई नै दुखित पार्ने घृणित कार्य भैरहेको छ।

जनसंख्या मन्त्रालयले पनि सतही हिसाबले गे एक्टिभिस्ट, एलजिबिटी एक्टिभिस्ट अनि ह्युमन राइट्स एक्टिभिस्टले भनेको के–के न नयाँ मुद्दा हो भन्दै बाइबलमा २ हजार वर्ष अगाडि नै मानवहितको प्रतिकूल प्रमाणित भै धार्मिक हिसाबले समाज सु–सञ्चालनार्थ कानुनी तवरले दण्डित र धार्मिक तवरले पापकर्मको रूपमा लिएको समलिङ्गी सम्बन्धलाई वैवाहिक मान्यता दिने भनि विभिन्न गृहकार्यहरू भैरहेको छ। तेश्रो लिङ्गीको जनसंख्या समेत प्रकाशित गर्दै इतिहासमै कलङ्कित बन्ने कदम समेत चालिएको छ।

भारत, बेलायत जस्ता देशहरूमा तेश्रो लिङ्गीको तथ्याङ्क लिइए पनि यसले समाजमा विकृति निम्त्याउने खतराका कारण ती तथ्याङ्कहरू प्रकाशित गरिँदैनन्। बरु राज्यले त्यस्तो व्यवहार दर्शाउने व्यक्तिहरूलाई छुट्टै कार्यक्रम ल्याउने गर्छ।

मैले अनुसन्धानमा वैवाहिक जीवन बरु हिट्रोसेक्सुअलको भन्दा होमोसेक्सुअल नेचर भएका व्यक्तिहरूको धेरै सफल भएको पाएको छु। विवाह भनेको विभिन्न कार्यहरू गर्ने इन्स्टिच्युसन भएको र विवाहपश्चात् हिट्रोसेक्सुअल पुरुषहरू अरु परस्त्रीसँग आकर्षित रहिरहने हुन्छन्। यस्तो व्यवहारले श्रीमतीहरू अरु मानसिक तवरले तनावग्रस्त हुन्छन्। यो जेनेटिक यथार्थ हो। होमोसेक्सुअल पुरुषहरू अरु महिलाप्रति आकर्षित नहुने हुँदा ऊबाट उसकी श्रीमती एकदम तृप्त हुने गरेको पाइएको छ।

तर यिनै पुरुषहरूलाई विवाह गर्न निरुत्साहित पार्न र हाम्रो संस्कृति, सभ्यता र सृष्टिचक्र मेटाउने खेलको निम्ति होमोसेक्सुअल म्यारिज जस्ता अप्राकृतिक सम्बन्धलाई कानुनी मान्यता दिलाएर डलरको खोलो बगाउँदै हामी र हाम्रो समाजलाई प्रयोगशाला बनाइएको आपत्तिजनक विषयमा ध्यानाकर्षण गराउँछु।

सन्तान सुख, पारिवारिक सुख अनि वैवाहिक जीवनबाट सन्तुष्टि प्राप्त विवाहको अपेक्षा गर्ने तर अप्राकृतिक सम्बन्ध गर्न पनि मन पराउने धेरै भन्दा धेरै व्यक्तिहरूसँग मानवशास्त्रीय अनुसन्धानको क्रममा धेरै अनुभव बटुलें। धेरै भन्दा धेरै साथीहरूले होमोसेक्सुअल म्यारिजलाई कानुनी मान्यता दिँदा हाम्रो संस्कृति र सभ्यतामा नै असर पर्ने हुँदा हामीहरू पनि Nepal Sectret Lovers Association गठन गरिकन Homosexuality Legalize गर्दै Homosexual Marriage जस्तो क्षणिक सन्तुष्टि र आवेगको विषयलाई कानुनी मान्यता दिने नेपाल सरकार र जनसंख्या मन्त्रालयको गलत र अदूरदर्शी निर्णयप्रति आपत्ति जनाउनु भएकोले बाहिरी भडुवाहरूको डलरखेतीमा आधारित व्लू डाइमण्ड सोसाइटीलाई नै अवैध घोषणा गर्न सुझाव दिएको समेत व्यहोरा अनुरोध गर्न चाहन्छु।

त्यसैले यस्ता महत्वपूर्ण निर्णयहरू जसले समाज, संस्कृति, प्रकृति, नियम, सृष्टिचक्र, मानविय सभ्यता जस्ता महत्वपूर्ण पक्षमा प्रत्यक्ष असर पर्दछन् यी निर्णयहरू गर्नुपर्दा संविधान सभामा छु्याइएका २७ सीट संविधान सभा सदस्य मनोनयन गर्ने क्रममा राजनैतिक भागवडा नगरिकन संविधान सभामा उचित राय, सुझाव दिन सक्ने दक्ष व्यक्ति चयन गरेर मात्र पूर्ति गरी अति राजनीतिको चपेटामा परेको मुलुकलाई छिट्टै लोकतन्त्रात्मक र संविधान निर्माण गरी सफल राज्यको रूपमा प्रतिस्थापित गराउन पहल गर्नु हुनेछ भन्ने पूर्ण आशाका साथ यो ज्ञापन–पत्र पेश गरेको छु।

बोधार्थ :
१) विश्व हिन्दू महासंघ, नेपाल।
२) यहोवाको साक्षीहरुको राज्यभवन, पृथ्वीचोक।
३) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,।
४) महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय।

भवदीय
सुजन बाबु पौडेल (पिएचडी)
अध्यक्ष/अनुसन्धान निर्देशक
डिपिसी नेपाल

6 thoughts on “मानवशास्त्रीसित सल्लाह नै नगरी समलिङ्गी सम्बन्धलाई कानुनी मान्यता किन ?”

  1. balakji says:
    September 30, 2014 at 11:38 am

    सेक्स पुरुष को लागि मानसिक आवस्यकता हो भने महिला हरुको लागि सरिरिक आवस्यकता हो भनिन्छ / मेरो बिचारमा ..सेक्स. सरिरमा हुने हर्मोन ले … विचार पैदा गराउने हो / प्राकृतिक सेक्स वा अप्राकृतिक सेक्स सबै विचार बाट निर्मित हुन्छन बिचारलाई परिबर्तन गर्न सके मा अप्राकृतिक सेक्स लाई प्राकृतिक सेक्स मा ल्याउन सकिन्छ

    Reply
  2. diwakar says:
    September 28, 2014 at 1:56 pm

    होमोसेक्षुअल भनेको ताक परे तिवारी नत्र गोतामे भन्ने उखान जस्तै हो !! घरमा बुढी हुन्छ बाहिर होमो पार्टनर हुन्छा !! अफिस मा दिनभर सोच्छा आज कहाँ जाने !! जुन मन पर्छ त्यहाँ जान्छ !! त्येसैले मा भन्छु यो होमोसेक्षुअल भनेको दिमाग मा रहेको विकृत सोच मात्रै हो !! केहि हुदैन एस्तो !!यो सरिर भनेको जे मा मन लगायो त्येसैमा लाग्ने हो !!! अब मान्छे ले कुन राम्रो हो होइन त्यो चाही छान्नु पर्छ !!

    Reply
  3. Junga Dai says:
    September 28, 2014 at 8:32 am

    होमोसेक्सुअल पुरुषहरू अरु महिलाप्रति आकर्षित नहुने हुँदा ऊबाट उसकी श्रीमती एकदम तृप्त हुने गरेको पाइएको छ।
    After reading this sentence I knew it won’t have any substance but fear and hatred. Stil I continued hoping against hope. But it was what I previously thought.
    You want to marry a gay male with a girl and hope they will be happy? Do you even know what that mean?
    What is your concern Mr Sujan? why can’t you mind your own marriage and leave other people do what they want?
    Pardon me but as an ‘anthropologist’ you are not qualified enough to analyze this subject that scientists have already concluded. Its the gene thhat causes you to be homosexual. So get over it. But I know you can’t because you want to stir this subject, as seen by your ‘बोधार्थ’ to two religious players, and make an issue out of this.
    Good luck with your bigoted views but Nepali youths are more educated than you think !!!

    Reply
  4. बेखालाल नेपाल says:
    September 27, 2014 at 9:03 pm

    संघियतामा हामीले कति बहस गरिसक्यो? किन कि यसले देशलाई दुरगामी प्रभाव गर्ने वाला छ | होमो बिबाहले नेपाली समाजलाई दुरगामी प्रभाव पर्छ तर यसमा कुनै बहस नै गरेन त| यो सबै डलर र क्रोनर को प्रभाव हो |

    Reply
  5. bibek dhakal says:
    September 27, 2014 at 8:29 pm

    अब चाडैं नै सुजन बाबु जी लाइ सुनिल बाबु जी र उहाका संगीहरुको “लभलेटर” आउला जस्तो छ.

    Reply
  6. दिप श्रेष्ठ says:
    September 27, 2014 at 8:20 pm

    अनि, हिन्दु धर्मकै कतिपय ग्रन्थहरुमा, बिशेष गरि नाथ समुदायमा, तेस्रो लिंगी वर्गलाई सबैभन्दा पवित्र जात र शिव को नजीक भन्ने पनित उल्लेख भएछ|

    त्यसैगरी बाइबलको नया नियम (न्यु टेसटामेन्ट) मा यिशु क्रिस्टले पनि समलिंगी हरुलाई कोहि जन्मलेनै यॆस्ता हुन्छन, कसैलाई अरुले बनाउछन् र कोहि स्वर्ग पाउनलाई येस्ता हुन्छन भनेको छ|

    धर्म र संस्कृति को नाममा राजनीति गर्नेहरु अनि समाजमा चरित्र नाप्ने-जाच्ने ढोंगीहरुकै कारण यो समस्या जस्तो देखिएको हो, नभएत संसार मा कुनैपनि असन्तुलननै हुनेथिएन| यहाँ हरुजस्तै देश र समाजको ठेका लिएकाहरु कै कारण डाँडाकाँडा भरिएर अनेकौ देश मा शरणार्थी र कामदार भै पलायन हुनुपर्ने अनि मारामार लडाई भएको होइन?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme