अङ्ग्रेजी पत्रिका दि हिमालयन टाइम्सका इमेल र पासवर्डहरु १६ सेप्टेम्बर २०१४ मा पेस्टबिन नामको साइटबाट लिक भएको छ।
मैले यो लिक बारे https://haveibeenpwned.com बाट जानकारी पाएको थिएँ। यो साइटले तपाईँको इमेल एड्रेसको पासवर्ड लिक भएको छ कि छैन भन्ने बारे जानकारी दिन्छ।
मैले आफ्नो इमेल जाँचेर हेर्दा १० हजार प्रयोगकर्ताको तथ्याङ्क लिक भएको पाएँ, जसमध्ये एक मेरो छ।
यत्रो ठूलो संख्यामा जानकारी लिक हुँदा पनि किन विदेशतिर जस्तो यहाँ समाचार बनेको छैन ? आफ्ना व्यक्तिगत जानकारीहरु लिक भएको थाहा नपाएका र त्यही पासवर्ड अरु इमेल सेवाहरुमा पनि प्रयोग गर्नेहरुलाई धेरै समस्या पर्न सक्छ।
मैले यो बारे हिमालय टाइम्सलाई पनि जानकारी गराएको थिएँ। तर उनीहरुले यसलाई गम्भीरतापूर्वक लिएनन्। कम्तिमा पनि तिनीहरुले आफ्ना पाठकहरुलाई पासवर्ड चेन्ज गर्न भन्नुपर्थ्यो।
[यो ब्लग माइसंसारका पाठकले पठाएका हुन्। तपाईँ पनि आफ्नो सामग्री यहाँबाट पठाउन सक्नुहुन्छ]