-डा. विजय ज्ञवाली-
एन.आर.एन. को बारेमा आम नेपाली धारणा भनेको यसमा लाग्नेहरु भनेका पैसा हुनेवाला हुन। खाडी मुलुकका आम नेपाली र बिद्यार्थीसम्म यसको पहुँच पुग्न नसक्नुले यस कुरालाई केही हदसम्म बल पुगेको छ। अझ प्रत्यक पटक यसको पदाधिकारीको चयन पश्चात उसको कार्य भन्दा उसको धनको चर्चा हुनुले यो कुरालाई बल प्रधान गरेको छ।
यतिबेला मुलुकमा भएको विनियोजित बजेट उचित ढंगले पनि खर्च गर्न नसक्ने स्थितिमा रहेको छ। भएको आर्थिक स्रोत लगानीको अभावमा फ्रिज भएर अलपत्र परेका योजनाको लाइन लागेको बेलामा योजना कार्यन्वयनको उचित बाटो नखोजी लगानी भित्राउने नीतिलाई मात्र यो सम्मेलनले सम्बोधन गर्यो भने त्यो सुन्दा मात्र पनि कर्णप्रिय लाग्ने छ।
जापानमा हुन लागेको एनआरएन क्षेत्रीय सम्मेलनप्रति हाम्रो अपेक्षा
डा. विजय ज्ञवाली
यति बेला जापानमा रहेको एउटा वर्ग गैर आवासीय नेपालीको क्षेत्रीय सम्मेलनको चटारोमा जुटेको छ। भिन्न भिन्न देशमा आफ्नो जीवन व्यतित गरिरहेका नेपालीलाई एउटा साझा ठाउँमा जम्मा हुने अवसर प्रदान गर्ने भएकोले यो सम्मेलनको आफ्नो ठाउँमा निकै महत्व रहेको छ।
देशको कुल गार्हस्थ आम्दानीको २६ प्रतिशत भन्दा बढी धानेका विदेशी भूमिका नेपालीको छाता संगठनको रुपमा परिकल्पना गरी स्थापना गरिएको यो संस्थाप्रति विदेशी र स्वदेशमा बस्ने नेपालीको चासो हुनु स्वाभाविक पनि हो। पछिल्लो समयमा एन. आर. एन. ले नाम र बदनाम दुवै कमाएको छ। विदेशमा आइपर्ने कतिपय आकस्मिक समस्यामा धेरै देशमा यसले ती समस्याको निराकरणको लागि अग्रणी भुमिका खेलेको छ भने कतिपय ठाउँमा आफ्ना उद्देस्यलाई प्रस्ट पार्न नसक्दा बदनामी पनि कमाएको छ। तर त्यस्ता सन्दर्भहरुलाई प्राथमिकतामा नराखी यो लेखमा नजिकै आइ रहेको सम्मेलन र उक्त सम्मेलनप्रति विदेशी भूमिमा बस्ने आम नेपालीले गर्ने अपेक्षाको बारेमा चर्चा गर्ने प्रयाश गरिने छ।
– अहिलेसम्म आयोजक मार्फत जति पनि सूचना बाहिर आएका छन् ति सूचनाको आधारमा भन्ने हो यो सम्मेलनको प्रमुख मुद्दा मुलुकको आर्थिक सम्बृदी प्रष्ट छ। बिगत लामो समयदेखि सक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको मुलुकको निम्ति यो भन्दा उपयुक्त मुद्दा हुनसक्दैन। तर यतिबेला मुलुकमा भएको विनियोजित बजेट उचित ढंगले पनि खर्च गर्न नसक्ने स्थितिमा रहेको छ। भएको आर्थिक स्रोत लगानीको अभावमा फ्रिज भएर अलपत्र परेका योजनाको लाइन लागेको बेलामा योजना कार्यन्वयनको उचित बाटो नखोजी लगानी भित्राउने नीतिलाई मात्र यो सम्मेलनले सम्बोधन गर्यो भने त्यो सुन्दा मात्र कर्णप्रिय लाग्ने छ। सम्मेलनमा अर्थमन्त्री लगाएत मुलकको आर्थिक क्षेत्रका विज्ञलाई आमन्त्रित गरिएको अवस्थामा उनिहरुलाई आफना योजना प्रष्ट रुपमा राख्ने र उनिहरुबाट मुलकमा लगानीको वातावरणको प्रत्याभूति दिने सम्मेलनको रुपमा यो सम्मेलन अगाडी आउने पर्ने देखिन्छ। योजनाको कार्यनवन गर्नको लागि राजनीतिक वातावरण निर्माणको ग्यारेन्टी लिन सकियो भने आम नेपालीको लागि यो सम्मेलन अर्थपूर्ण हुनेछ।
– बिदेशी भुमिमा भएका कामदार विशेष गरि अरब र खाडी मुलुक भएका कामदारलाई पर्ने विविध आपतविपत परेको अवस्थामा उद्दार र सहयोगको लागि एनआरएनले नेपाल सरकारसंग सहकार्य गरी विशेष योजना ल्याउने पर्ने देखिन्छ। विभिन्न मुलकमा आपतकालिन सेल्टरको स्थापना गर्न नेत्रित्त्वदायी भुमिका एन.आर.एन. ले खेल्न सक्छ। अन्य मुलुकको तुलनामा एशियन देशमा कामदार समस्या बढी देखिएकोले यो क्षेत्रीय सम्मेलनमा यो मुद्दाले ठाउँ पाउने अपेक्षा गर्न सकिन्छ।
– देश पूर्णरुपमा उर्जा संकटको स्थितिमा गुज्री रहेको अवस्थामा मुलुकका साना तथा ठुला उर्जा परियोजनाहरुमा लगानी बढाउन विभिन्न देशमा रहेका गैर आवासीय नेपाली लगानीकर्ता कर्ताबिच यो सम्मेलन मार्फत संयुक्त लगानीको निम्ति कुनै ठोस कुरा अथवा सहकार्य भयो भने यो सम्मेलन सार्थक सम्मेलन साबित हुनेछ।
– एन.आर.एन. को बारेमा आम नेपाली धारणा भनेको यसमा लाग्नेहरु भनेका पैसा हुनेवाला हुन। खाडी मुलुकका आम नेपाली र बिद्यार्थीसम्म यसको पहुँच पुग्न नसक्नुले यस कुरालाई केही हदसम्म बल पुगेको छ। अझ प्रत्यक पटक यसको पदाधिकारीको चयन पश्चात उसको कार्य भन्दा उसको धनको चर्चा हुनुले यो कुरालाई बल प्रधान गरेको छ। तसर्थ यो संस्थालाई लगानीकर्ताको संस्थामात्र नभएर बिदेशी भूमिमा बस्ने नेपाली अनुसन्धानकर्ता , प्रोफेसर र अन्य पेशाकर्मीको साझा संस्थाको रुपमा अगाडि ल्याउने कुरामा छलफल हुनु जरुरी छ। बिदेशी भुमिमा मुलक कै गौरव हुने किसिमका अनुसन्धानमा जुटेका नेपाली अनुसन्धानकर्तालाई संस्थागत रुपमा नै प्रोत्साहन र उनीहरुलाई काम गर्ने वातावरण बनाई दिन एन.आर.एन. ले भुमिका खेल्न सक्छ। यो क्षेत्रीय सम्मेलनमा पक्कै पनि यसका केन्द्रीय सदस्यको भेला हुनेछ। यदि यस्ता विषयवस्तुको बारेमा यी भेला मार्फत थप योजना सहितका निर्यण भए भने आम नेपालीको आकर्षण यो संस्थाप्रति हुने थियो।
– यो सम्मेलन मार्फत नेपालमा स्थापना गरिने एनआरएन भवनको लागि आर्थिक संकलनको कुरा पनि बाहिर आएको छ। यो भवन कुन उद्देश्यको लागि स्थापना हुदैछ त्यसको बारेमा यो लेखक अनभिज्ञ छ तसर्थ त्यसको बारेमा केहि लेख्न उपयुक्त नहोला। तसर्थ त्यो भवन सार्थक कामको लागि प्रयोग हुने जानकारी यो सम्मेलम मार्फत आओस भन्ने कामना मात्र गर्न सकिन्छ ।
देशको विकासको निम्ति एउटा संस्थाले मात्र लागि परेर हुने त होइन तर पनि यति बेला एन.आर. एन. मार्फत हुने क्रियाकलापमा आम नेपालीको चासो रहने गरेको छ। दिन प्रति दिन बिदेशी भुमिमा आउने नेपालीको संख्या बढी रहेको अबस्थामा बिदेशी भुमिमा हुने हरुको सामाजिक ,अर्थिक र मानसिक सुरक्षाको निम्ति एन. आर. एन. ले भूमिका खेल्नु पर्ने देखिन्छ। टोल , जाति विशेषको नाममा बिदेशी भुमिमा धेरै संस्था खोलिएका छन्। निश्चित वर्ग विशेषको लागि खोलिएका ति संस्थाले राम्रो काम गरेता पनि सबै नेपाली त्यसमा अट्न गार्हो छ। तसर्थ अहिलेलाई एन. आर. एन. मात्र यस्तो संस्था हो जसमा सबै नेपाली समाहित हुन सक्छन। असर्थ यो क्षेत्रीय सम्मेलनले बिदेशी भुमि रहेका सबै नेपालीको अविभावकको रुपमा एन.आर.एन.लाई विकास गर्न भूमिका खेलोस। हामी सबै नेपालीको यहि शुभ कामना।
NRN – Non Reliable Nepalese – How can we trust you – You change your color according to situation!! Sorry Guys !! better be Nepali then Non Reliable Nepali
NRN कार्यमा बस्ने नेपाली भनेको सरकार र जनतालाई झुक्याने व्यक्तिहरु को संस्थान हो /जसले जापानमा रेस्तुर्नत चलाएर सोझा नेपाली को कुक काम लगाएर नेपालीको संगै १२ देखि १५लख सम्म लिएर visa रेस्तुरांत खोलेर बसको हो / येनिहरु स्वदेशी को पैसा विदेश मा कुम्लायौने अनि नाम नेपाल मा NRN बनेर नेताहरु सम्म पहुंचा पुगने दौमरेरे नेपालको धन कमाउने खेल खेल्ने खेलाडी मात्रहो /
सबै नेपाली ले थाहा हुन् अवास्येक छ यो NRN संघत्न मा लाग्नेहरु प्रति /
कागलाई बेल पाक्यो हर्ष न बिस्मात !
NRN को सधै आफ्नो समस्या र मागले आम नेपालीहरु र नेपाल सरकार वाक्क !!
यस पटक दसैं मनाउना मिलाएर काठमाडौँमा सम्मेलन न गरेकोमा गजब लाग्यो !!!
नव धनाढ्याहरुको रमाइलो गर्ने जमघट राम्रो देखिन्छ !
सुरुमा राजाले, अनि रास्त्रपतिले उद्घाटन गर्ने प्रधानमन्त्रि समेत पुग्ने !!
अहिले अर्थ मन्त्रीले श्रब्य दृश्याले संदेश दिने !!!
चन्द्र-सुर्य मास्के
अमेरिका
जुन उद्देश्यले NRN खोलिएको थियो अनि सुरुवात गर्ने मान्छे नै नभयेपछि यी संथागत रुपका लुटेरा हरुको के काम?
हद्दै गरिसके बिदेशिएका नेपाली सस्थाहरुले!
In my opinion I feel like “Non reliable nationals (NRN) of the world.” Majority of this unit always want their benefits rather than giving back to nation of origin.
Suraj Shrestha Maskey
देशको कुल गार्हस्थ आम्दानीको २६ प्रतिशत भन्दा बढी धानेका विदेशी भूमिका नेपालीको छाता संगठन NRN रे ? बिद्यार्थी हरुको बारेमा केहि भन्न सकिन्न ति पढाई सकेपछि नेपाल फर्कन्छन कि फर्कंनन भनेर तर खाडी मा कामगर्ने हरु जसले विप्रेषण को मध्यम ले देसको अर्थतन्त्र मा ठुलो योगदान देका छन् तिनीहरुको नाम मा ये NRN वाला हरुले फुर्ति लाउने? म केवल म होइन म धेरै को प्रतिनिधित्व गर्छु NRN वालाको, पाए नेपालको सम्पति बेचेर येतै ल्याउने कोसिस म छु , अहिले पनि ल्याएकै छु तर हुण्डी मार्फत. DUAL CITIZENSHIP को कुरा त्यहाँ नेपालमा भाको सम्पति कानुनी र सहज रुपले बिदेस ल्याउने खेल हो . जो सहि मानेमा NRN को वकालत गर्छन ति बिकसित देसमा छन् , तिनेहरुले नेपाल म पैसा पठाउने हैन नेपालको चै ल्याउने गर्छन अनि २६% को तथ्यांक वोकल्छान
जसलाई देसले लगानी गर्यो त्यहि देशलाई चटक्क छोडेर हिदेपछी फेरी के को tyas tyas ..
अझ voting rights पनि चाहियो रे ,
हासो उठ्छा बा
नेपाल ले त्येस्तो बाताबरण र विश्वास जगाउनु पर्छ ! जुन विदेश बाट रु ५ पनि अनलाइन इन्वेस्ट गर्न सकियोस र त्येश को प्रतिफल पनि विदेश बाटै लिन पाइयोस ! नेपाल सरकार कति निर्लज्ज छ भने विदेश बाट पैसा नेपाल ल्याउन पाइने अरे अनि त्यो पैसा विदेश लान नपाइने अरे ! कोइ मुर्ख छ जानी जानी बल्छी मा फस्न जाने ?