Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब देशभित्रै अवसरको खोजी गर्नु पर्छ तर बाख्रा र कुखुरा पाल्दैमा विकास हुँदैन

Posted on September 7, 2014September 7, 2014 by mysansar

राजनैतिक अस्थिरता,
सत्ता र संरचना परिबर्तनका लागि भएको लामो युद्ध,
अनियमितता र भ्रस्टाचारको आंधी,
नाताबाद र कृपाबाद को भुमरीमा देश जगडीएका कारण न देशले बिकास निर्माणमा फडको मार्न सक्यो न त जनताले निम्नतम आबस्यकिय बस्तु र सेवा पाउन सके!
हातमा सिप, मनमा जोस र ज्यानमा जाँगर हुदा हुदै पनि युवाशक्ति सुनिस्चित भबिस्यका लागि मन अमिलो पार्दै, आखाँ बाट पिडा बगाउदै घर परिवार लाई छोडेर बिदेशी भूमिको अपरिचित गन्तब्य तर्फ पलाएन हुने क्रम बढ्न थाल्यो!
युवा शक्ति भारत, कोरिया,जापान साथै खाडी मुलुक लगायत युरोप र अमेरिका काम गर्नका लागि होस् वा उच्च शिक्षा हासिल गर्नका लागि होस् आखिर पैसा कमाई आफु र परिवार सुखी र खुशी हुन का लागि बिदेसियो ! यो आलेखक पनि सन् २००७ मा बुवाको मृत्यु पश्चात बिरामी बुढी आमा, अँगालो भरिकी सुख दुखमा साथ दिने आफ्नी प्यारी जुनकिरी (श्रीमती) र साढें २ बर्षकी छोरि छोडेर पिडा र बेदना भित्र सुनौलो भबिस्यको परिकल्पना गर्दै उच्च शिक्षाको बहानामा युरोपका लागि निस्केको आज यतिका बर्ष बितिसक्यो !

बिस्वको जुन सुकै कुनामा जे गर्दै होस् कुनै पनि नेपालीको मातृभुमि प्रतिको मायाँ र चिन्ता घटेको छैन !
उनिहरु देशमा शान्ति, अमन चयन र संबिधान को प्रतिक्षा गरेर बसिरहेका छन्, उनीहरु अझ बढी सिपवान,श्रमशील र मेहनती बनेर देश फर्कन खोज्दैछन, बिडम्बना राज्य सत्ताले यी गैर आवाशीय नेपालीको सिप श्रम र ईच्छा शक्ति लाई सम्बोधन गर्न सकिरहेको छैन बरु उनीहरु त आन्तरिक कलह र सत्ता मोहमा चुर्लुम्म बनेका छन् भने, देशमै केहि गर्न कोसिश गरेका युवाहरु पनि आफ्नो अडान मा अडिक हुन सकेका छैनन् र बुज्नु पर्ने कुरा उही सोच र उनै श्रोत साधनको भरमा मात्र खेत जोत्दैमा,
आलु र काउली फ़लाउदैमा,
अनि बाख्रा र कुखुरा पाल्दैमा बिकाश हुन्छ भन्ने सोच्नु हुन्छ भने तपाई पर्याप्त हुनुहुन्न !

परिबर्तन र बिकास आर्थिक र भौतिक मात्र नभई सास्कृतिक-सामाजिक, मानसिक, संबेगात्मक र भावनात्मक समेत हुनु पर्दछ !!
आफ्नै गाउँमा बसेर ईलिम गर्ने उद्दमी युवाहरुलाई यो आलेखक सलाम ठोक्न चाहन्छ,

तर त्यसैलाई बिषय बस्तु बनाएर आफु मात्रै परिबर्तनको सम्बाहक मान्ने एबम आफ्नै जन्म भूमिमा रगत पसिना बगाउनु पर्छ भनेर फलाक्ने तर राहदानी र कागज पत्र बोकेर बिदेशी दुताबास हरु मा धाउने र प्रवेशाज्ञा नपाएपछि, हामी जस्ता बिदेशिन बाध्य भएका हरुले गरेको योगदान र देखाएको रास्ट्र प्रेमलाई नकारात्मक टिका टिप्पणी गर्नेहरु प्रति उति नै खेद प्रकट गर्न चाहन्छ !
अनुमान लागाउन समेत सकिदैन यदि त्यी सबै नेपाली जो बिदेशी भूमिमा छन् सदाका लागि नेपाल फर्कने हो भने देशको हालत के हुन्छ भनेर ! दोष अर्कामा थुपारेर आफु उम्कन खोज्ने हाम्रो बानि मा सुधार नआएसम्म कुनै पनि परिबर्तनको कल्पना समेत गर्न सकिदैन! बिदेशिन चाहने हरुको जमात दिन प्रति दिन बढ्दो छ,यो आलेखक लाई पनि सामाजिक संजाल हरुमा होस् या अन्य कुनै माध्यम बाट होस् युरोपका लागि विसा प्राप्त गर्न के के गर्नु पर्छ ? त्यहाँ आईसके पछि रोजगारीको अबस्था के छ ?

कागज पत्र पाउन कत्तिको असजिलो छ आदि सवाल हरु आईरहनछन ! यहाँ को बास्तबिकता नलुकाई भन्ने हो भने कोहि पत्त्याउन तयार छैन, आफु बन्यो म पनि उसको स्थान मा पुग्छु मैले पनि प्रगति गर्छु भनेर नचाहिने कुरा गर्यो, ठुलो बन्यो पहिला जस्तो सहयोगी भएन, युरोप को हावा लागेछ भनेर उल्टै दोष लगाउने को संख्या पनि उत्तिकै छ ! हामीले जति सहज रुपमा सोचेका हुन्छौ त्यति नै बढी कठिन छ विदेशिने हरुको जिबन चक्र, न चाडपर्व न आफन्त न आफ्नो सस्कार न त आफ्नो सस्कृति नै, ठुलो सहर को ठुलो घर को सानो अपार्टमेन्ट कहिल्यै चित्त नबुझ्ने जागिर र आम्दानि भन्दा अरु केहि छैन ! धेरै नेपालीहरु को न कागज न बस्ने घर न काम भएर बर्षौ भौतारिएको देखेको र सक्दो सहयोग गरेको यो आलेखक पु:न एकपटक देशमा बसेर रगत पसिना देश मै चुहाउने पौरखी हरुलाई सलाम ठोक्न चाहन्छ र ति युवा हरु जो विदेशिने सोच बनाएका छन् उनीहरुलाई देश भित्र अबसरको खोजि गर्ने सल्लाह दिन चाहन्छ भने बिदेशमा रहेका युवा शक्तिहरुलाई पूर्ण योजना का साथ देश फिर्ता हुन अनुरोध गर्दै आफु पनि निकट भबिस्यमा स्थाई रुपमा नेपाल फर्कने योजना बन्दै गरेको उल्लेख गर्न चाहन्छ !

श्रीकृष्ण न्यौपाने
सरौखोला ७ पर्बत
हाल वार्षा पोल्याण्ड
(आलेखक गैर आवाशीय नेपाली संघ पोल्यान्डका महा-सचिब एब अन्तरास्ट्रिय कलाकार समाज पोल्यान्डका महा-सचिब तथा साहित्य प्रबर्धन समिति ग्लोबल कमिटिका सदस्य हुनुहुन्छ)

[यो ब्लग माइसंसारका पाठकले पठाएर बिना सम्पादन प्रस्तुत गरिएको हो। तपाईँ पनि आफ्नो सामग्री यहाँबाट पठाउन सक्नुहुन्छ]

14 thoughts on “अब देशभित्रै अवसरको खोजी गर्नु पर्छ तर बाख्रा र कुखुरा पाल्दैमा विकास हुँदैन”

  1. सुशील says:
    September 9, 2014 at 2:53 am

    “बिस्वको जुन सुकै कुनामा जे गर्दै होस् कुनै पनि नेपालीको मातृभुमि प्रतिको मायाँ र चिन्ता घटेको छैन !” अझ म थप्न चाहन्छु कि घटेको छैन मात्रै होइन कि घट्नै सक्दैन | अतिबादी तथाकथित देश भक्त भनाउदाहरुले जति नै गाली गरे पनि स्वीकार्य गर्दै अनेक परिस्थितीका कारण बिदेशिएका सम्पूर्ण नेपालीहरुलाई मूल धारमा समाहित गरे देशलाई घाटा होइन सम्रीधी तर्फ लम्किन सहयोग पुग्नेछ | जय नेपाल !!!

    Reply
  2. न्यौपाने दिल श्री (पोल्याण्ड बाट) says:
    September 8, 2014 at 3:42 pm

    सादर साधुबाद यहाँ हरु सबैलाई मिठो प्रतिक्रियाका लागि, मेरो मानेमा अब बाख्रा र कुखुरा पालन अनि आलु र काउली खेति पनि उही स्रोत र साधनको भरमा नभई नया तौर तरिका बाट गर्नु पर्छ,
    बिदेशमा सबै थोक छ भन्ने भान राख्नु पनि हुदैन र बिदेशमा भएका युवाले देखाएको रास्ट्र प्रेमलाई नकारात्मक टिका-टिप्पणी गरिनु हुदैन!
    जसले जहाँ बाट जति सक्यो त्यसले त्यहि बाट त्यति नै गर्ने हो, सक्नेले सके जति गर्ने हो भने रास्ट्रको यो अबस्था मा अबस्य सुधार आउनेछ !

    Reply
  3. Mohan Subba says:
    September 8, 2014 at 2:47 pm

    नेपालको लागि केहि काम गरि दिन्छु भन्दाखेरी त यति प्रतिसत कमिसन दियो भने मात्र तिमीले त्यो काम गर्नु पाउछौ भन्ने मानसिकता हटाउनु सक्नु पर्यो |योजनाको रकमहरु १००% प्रतिसत नभए पनि कम्तिमा ७५ % मात्र सहि ठाउमा सदुपयोग भयो भने अबको १० बर्समा नेपालको मुहार पक्कै फेरिन्छा|आफ्नो आफ्नो पेसागत छेत्रबाट काम गर्नु जुट्न सक्यो भने देस बन्नु धेरै समय नलाग्ला!

    Reply
  4. लौटन अवधि says:
    September 8, 2014 at 8:42 am

    गायत्री मन्त्र जत्तिकै टेक्नोलोजी लाइ व्यक्ति व्यक्ति सम्म पुर्याउने हो भने देश बिकास हुन्छ ! कुखुरा, बाख्रा लाइ पनि हामीले प्राबिधिक रुप मा अझै सम्म पाल्न सकिएको छैन ! नेपाल को कुखुरा उन्नत प्रबिधि अपनाएर पाल्ने हो भने चीन मै निर्यात गर्न सकिन्छ ! पोल्ट्री भन्दै मा २ – ४ थान टनेल र १०-१५ वटा चिम बालेर प्राबिधिक हुदैन !!!

    Reply
  5. Prakash_Edm_Canada says:
    September 7, 2014 at 11:59 pm

    एक दुइटा कुरा (१) तपाई लाइ अर्थसास्त्र को ज्ञान रहेनछ किनभने कृषि उत्पादन भनेको कुनै पनि देश को net उत्पादन हो. संसार का धेरै देश पशुपालन ले बिकशित भएका छन् | कृषि उत्पादन ले देश बिकाश हुदैन भन्नु मुर्खता हो .
    (२) यो लेख नेपाल फर्के पछि लेखेको भए राम्रो हुन्थ्यो होला |
    (३) विदेश गएर सबै ले दुखः मात्र पाएको छैनन् | बेदेश गएर पढेका हरु ले राम्रो पोजिसन मा राम्रो पैसा कमाएका छन् | विदेश जोस्तो अबसर भेएको ठाउमा त केहि गर्न नसक्ने ले नेपाल मा के गर्ला?

    Reply
    1. premji says:
      September 8, 2014 at 10:05 pm

      “बुज्नु पर्ने कुरा उही सोच र उनै श्रोत साधनको भरमा मात्र खेत जोत्दैमा,
      आलु र काउली फ़लाउदैमा, अनि बाख्रा र कुखुरा पाल्दैमा”

      लेखकले आलु काउली फलाउने, बाख्रा, कुखुरा, पाल्ने कुराले देश बिकास नहुने भनेका हैनन् कि ” उही सोच र उही श्रोत साधनको भरमा” मात्र हुँदैन भनेका होलान जस्तो लाग्छ | अर्थात् नया सोच, शिप र श्रोत साधन प्रयोग गरेर आलु काउली फ़लाउदा बिकास हुन्छ भन्ने बुझिन आयो, बिरोध गर्नु पर्ने कारण छैन |

      Reply
  6. Pramesh says:
    September 7, 2014 at 7:58 pm

    यो युरोप, अमेरिकातिर जाने धेरै नेपालीहरुमध्ये एकथरी नेपाली यस्ता छन्| उनीहरु ठुलो सपना बोकेर छिरेका हुन्छन| टन्न पैसा कमाउला, ठुलो घर बनाउला, श्रीमती छोरा-छोरी पनि आफूसंगै ल्याउला, यस्तै-यस्तै| यी सपनाहरु नौला हैनन्, हामि अधिकांश नेपाली देख्ने सपना जस्तै हुन्| तर फरक के हुन्छ भने दुइ-चार वर्ष बिदेशमा दुख गर्दा पनि, न आफुले सोचेजति पैसा कमौना सकिन्छ, न राम्रो जागिर भेटिन्छ, न स्वास्नी छोराछोरीलाई आफूसंगै ल्याउन सकिन्छ| त्यो देखि बाहेक पहिला आफुले कहिलै नभोगेको समस्या जस्तो कि विदेशीहरुको प्रतक्ष्य-अप्रतक्ष्य हेपाई, आफुमा आउने हिनभावना, लामो समयसम्म परिवारसंगको बिछोड, बढी समय खट्नुपर्ने काम, साथीभाई आफन्तको कमि, आफ्ना चाडपर्ब मनाउना नपाइनु आदि-इत्यादि| यी पनि अधिकांशलाई आइपर्ने समस्या हुन्| तर मैले माथि उल्लेख गरेका यी एकथरी नेपाली कस्ता छन् भने अब लेख लेख्छन, विदेश कसैले नआउनु, बिदेशमा दुख मात्र छ, सुख छिने भन्दै| अनि त्यसपछि आफु त्यो आवस्था आउनुमा नेपाल र नेपालीलाइ दोषी देख्छन गालि गर्छन| लेखक पनि यहि एकथरी नेपालीमध्ये पर्नुहुन्छ जस्तो लाग्यो|

    Reply
    1. Pramesh says:
      September 7, 2014 at 8:07 pm

      “बुज्नु पर्ने कुरा उही सोच र उनै श्रोत साधनको भरमा मात्र खेत जोत्दैमा, आलु र काउली फ़लाउदैमा, अनि बाख्रा र कुखुरा पाल्दैमा बिकाश हुन्छ भन्ने सोच्नु हुन्छ भने तपाई पर्याप्त हुनुहुन्न !”

      “परिबर्तन र बिकास आर्थिक र भौतिक मात्र नभई सास्कृतिक-सामाजिक, मानसिक, संबेगात्मक र भावनात्मक समेत हुनु पर्दछ !!
      आफ्नै गाउँमा बसेर ईलिम गर्ने उद्दमी युवाहरुलाई यो आलेखक सलाम ठोक्न चाहन्छ”

      यी माथिका दुइ लाइन एक-आपसमा बाझेजस्तो लाग्यो, सिर्शक र लेख नमिलेजस्तो भो|

      Reply
  7. HARI PRASAD LAMICHHANE-SAUDI says:
    September 7, 2014 at 6:14 pm

    आलु काउली फलाउने र बाख्रा कुखुरा पालेर देश सब्जी र मासुमा आत्त्मनिरभर बन्न सके बर्सेनि अरबौ रुपिया जोगौना सकिन्छ जुन पैसा ठुला आयोजना मा प्रयोग गर्न सकिन्छ|

    सानो हिसाबले हेर्दा पनि , बाँकी त तपाई जान्ने नै हुनुन्छ |

    Reply
  8. kedar says:
    September 7, 2014 at 5:22 pm

    तेसो हो भने न्युजील्याण्ड र अष्ट्रेलियाले भेंडा र भेंडाजन्य बस्तुहरुको उत्पादन तथा निर्यात गरेर गल्ती गरेछन, स्पेनले काउली लगाएत साग सब्जी तथा फलफुल निर्यात गर्न छोडेर अर्थोक नै गरेको भए उभो लाग्ने थियो होला | इजरायेल लाईनै हेर्नुस, तेती सानो देश भएर पनी मरुभुमीमा साग सब्जी फलाएर यूरोप तिर मनग्गे निर्यात गरेर कृषिको उदाहरण पेश गरिरहेको छ |

    लेखक ज्यू, बिकाश भनेको कम मुल्यमा अधिकतम उत्पादन गरेर मागको आपुर्ती गर्न सक्नु र धेरै भन्दा धेरै निर्यात गरेर बजेट घाटा न्युन वा बजेट नाफा गर्नु पनी हो |

    हामी जस्ता अल्प बिकसित देशका जनताहरुले एकैचोटी सेटलाइट, प्लेन, ट्रेन, गाडी तथा इलेक्ट्रोनिक सामान, Android र Windows उत्पादन गर्ने जस्ता महत्वाकांक्षी सपना देख्ने होइन, आफ्नो धरातलमा टेकेर आ-आफ्नो शिक्षा र शिप अनुसार जसले जे जे सक्छ उत्पादनमुलक काम गर्ने र आयात घटाउने र सक्दै गएपछि निर्यात गरेर अझ समृद्ध हुँदै जाने हो | पछी सक्षम हुँदै गएपछि सक्नेले जता जता छलांग मारे पनी भयो |

    Reply
  9. तुयू भाजु उदास says:
    September 7, 2014 at 2:36 pm

    यो निर्विवाद नै हो कि –
    परिबर्तन र बिकास आर्थिक र भौतिक मात्र नभई सास्कृतिक-सामाजिक, मानसिक, संबेगात्मक र भावनात्मक समेत हुनु पर्दछ !
    यस निम्ति , सर्वप्रथम दुइटा कुरो अपरिहार्य हुन्छन. र ती हुन् –
    ~ अन्तस्करण बाटै आफ्नो माटो को सुगन्ध महसुस गर्ने क्षमता
    ~ जन्मभूमि आमाको दुधको ऋण बाट कसरी उ-ऋण हुने भन्ने सोचाई
    नेपाली आमाको सपुत हुनको निम्ति नभई नहुने यिनै गुणको अभाव छ – कथित नेताहरुमा !

    Reply
  10. सालिन says:
    September 7, 2014 at 2:03 pm

    केही नभनी सुखै भएन
    १) दह्रो पाखुरा भएका,पढेका,केही पैसा जुटाउन सक्ने, भिजा पाउने अथवा कुनै पनि तरहले जान मिलेसम्म नेपाली विदेश नगई छाड्दैन | विदेश भनेको नेपालीको लागी परमधाम हो | जान त पाउछ्स् तर पुग्ने बित्तिकै मर्छस् भने पनि जान्छ नेपाली |
    २) बिदेशमा हण्डर, ठक्कर र कुकुरले नपाउने दुख पाएपछि मात्र नेपालीको चेत खुल्छ, अनि अरुलाई उपदेश दिन थाल्छ | नेपाल फर्केपछि फेरि अर्को देश जान कोशिश गर्छ | नेपालमा हुने गोर्खे फेरि कसैको कुरो सुन्दैन, भाषिन ज्यान फल्छ | यही प्रक्रिया दोहोरिई ररहेको छ |

    Reply
  11. संजय says:
    September 7, 2014 at 1:56 pm

    ए श्री कला जी, आलु र काउलीले देश बन्छ भन्ने यहाका युवाको पनि सोच हैन । आलु काउली हुनेले आलु काउली फलाउने, ढुंगा कुट्ने ढुंगा कुट्ने । पढाउनेले पढाउने । जागीर गर्नेले राम्ररी जागरी गर्दीने । राजनिति गर्नेले नीतिको राजनीति गर्दिने । तर कोहि विदेश पलायन भएर खोक्रो राष्ट्रियताको गफ नगर्ने । जो जस्ले जहा बाट सक्छ त्यही बाट स्वदेशमा स्वदेश बाट गर्ने भनेको हो ।

    Reply
  12. दिलिप, भक्तपुर says:
    September 7, 2014 at 1:12 pm

    ​हातमा सिप, मनमा जोस र ज्यानमा जाँगर हुदा हुदै पनि युवाशक्ति सुनिस्चित भबिस्यका लागि मन अमिलो पार्दै, आखाँ बाट पिडा बगाउदै घर परिवार लाई छोडेर बिदेशी भूमिको अपरिचित गन्तब्य तर्फ पलाएन हुने क्रम बढ्न थालेको तथ्य र तथ्यका नरमाईला कारणहरु प्रति बदो नमज्जा लाग्न थालेको छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme