– लेखनाथ काफ्ले/ताइवान-
म कालो सडक भएको शीतल शहरमा नयाँ, ठूलो र आफ्नै घरमा बस्छु, मेरा बाआमा हिले बाटो भएको गाउँको थोत्रो घरमा। बा को मुख हेर्ने दिन आज बिहानै आफ्नो छोरालाई र श्रीमतीलाईसंगै राखेर “भोइस अन” गरी फोन गरे। बा आमा संगै रहेछन।
म: बा दर्शन, आज बाको मुख हेर्ने दिन।
बा: आशिर्वाद छ बाबु। तिमीहरु सबै आरामै छौ?
म: हामी सबै ठिक छौ बा। तपाईंहरुलाई कस्तो छ बा ?
बा: खोलामा कहिले भेल-बाढी आउछ, भदौरे घाम चर्को छ, हावा हपहप्ती पोल्ने आउछ भदौमा। भर्खरै बर्खे काम सकेको शरीर तन्ग्रिएको छैन। आमा अलि सन्चो छैन भन्छे। कहिले मलाई सन्चो हुदैन। पालो गरीगरी पकाउने खाने त गरेकै छौ। गाउँका सबै बलिया मान्छे विदेश र सहर पसे। यता त बिरामी हुँदा अस्पताल लैजाने मान्छे पनि पाउन गारो हुन थाल्यो बाबु।
मेरो छोराले कुरा बुझ्यो बुझेन थाहा भएन। श्रीमतीको बिग्रिएको अनुहारले मलाई बा आमालाई फर्काउने जवाफ थाहा भयो।
म: के गर्नु बा, जताततै समस्या नै समस्याहरु छन्। जे जस्तो छ त्यसैलाई मिलाएर तपाईंहरु बस्नु होला। म समय समयमा फोन गर्दै गरौला।
मैले यसपाली पनि शीतल शहरमा केहि दिन आराम गर्न र राम्रा डाक्टरलाई देखाउन आउने बाआमाले गरेको संकेत बुझेर पनि बुझिन। पैसा छ छैन सोध्न समेत सकिन।
बा: हामीलाई त यस्तैमा बानी परिसक्यो बाबु। तिमीहरु राम्रोसंग बस्नु। पराया ठाउँ, शहर बजारमा होस गरेर चल्नु। पढेलेखेका, जान्ने सुन्ने तिमीहरु नै छौ, हामी त अनपढ भैयो आफै फोन गर्न पनि आउदैन, फोन गर्दै गर्नु।
यस्तै गन्थनले फोन सकियो।
फोन सकिएपछी छोराले “हाप्पी फादर्स डे” भन्दै मलाई “गिफ्ट” दियो। मैले मेरा बाको लामो प्रशंसा लेखेर फेसबुकमा बाको पुरानो फोटो समेत राखे। मेरा फेसबुकका सबै साथीहरुले पनि त्यसै गरेका रहेछन। हामीहरुले “लाइक” साटासाट गर्यौं।
अफिसमा म पुग्ने बित्तिकै पानी ल्याइदिने केटो पो देखिन। उ त बिदा लिएर आफ्नो गाउँतिर गएछ। मलाई थाहा थियो, उ फेसबुक नजान्ने र अबिबाहित नै थियो।
कस्तो राम्रो स्टोरी ….brilliant
सही छ कथा
मन छुने कथा / कसैको जीवनमा एस्तो नपरोस /
लेखनाथ काफ्लेको कथा आधुनिक समाजको वास्तविकता हो । म पनि गाउ बाट शहरीया भै टोपल्लियको १० बर्ष भन्दा बढी भै सक्यो तर न आफ्नो लागि केही गर्न सकियको छ न त बाबु आमालाई के ही गर्न सकियो। आमाबाबु को मन छोरा छोरी माथी छोराछोरिको मन बुहारी र आफ्नै श्रीमान माथि भन्छन, तेस्तै भएको छ। धेरै पढेका हरु भन्दा थोरै पढेका र धनी भन्दा गरीब हरुले नै आफ्ना बाबु आमालाई धेरै माया दिन सकेका छन। धेरै पढेका र धेरै पैसा कमएकाहरु डिजिटल संसार मा रमाएका छन, उनिहरुलाई आमा र बाबु भन्ने फुर्सद छैन, उनी हरु त फेशबूक र अन्य सोसिअल साईट हरुमा लाइक र कमेन्ट गर्न मै ब्यत छन ।
आजको बास्तबिकता/ कति राम्रो लेखेको/ बाबाको मुख हेर्ने दिन हो/ फोन गर्ने दिन होयिन/
हाम्रो वास्तविक जिबन बिहे र facebook ले घुमाइराछ्ह
धेरै राम्रो छ।पढ्ने अवसर मिल्यो।।।धन्यबाद काफ्ले सर।।।
सटिक कथा .
प्रशंशा गर्ने शब्द नै फिका लागिरहेको छ ——–
कथा होस् त यस्तो सबै कुरा आफ्नै आँखाले देखे जस्तो ——–
लेखनाथजी मलाई त यो वाक्य मन पर्यो -” उ फेसबुक नजान्ने र अबिबाहित नै थियो।”
साच्चीहो – समय र परिस्थितिले सबै कुरा बुझेर पनि नबुझेको जस्तो गर्नु पर्दो रहेछ यो जिन्दगिमा//////
तपाइको लेख राम्रो लाग्यो, मन छुने तर पनि बास्तबिकता बाट त्यति टाढा त सकिन्दैन! येस्तई
छ यहाँ.
धेरै पछि राम्रो कथा पढ्न पाए.
मन छोयो चसक्क!