अहिले हेर्छु जताततै तीजको रन्को लागेको छ। जताततै तीज पार्टीको लहर छ। फेसबुक मा प्रतिष्पर्धा झैँ फोटोहरु देख्न पाइन्छ। साउन र तीजको दिनमा मात्र चुरा, पोते र सिन्दुर लगाएर पत्नी बनिँदैन। लाखौँलाख खर्च गरेर बिहे गर्छन्, बिहेको भोलिपल्ट एउटा टिको, एउटा डोरोपोते लाउँदैनन्।
-सृष्टि-
नेपालमा स्नातक सके पनि +२ को योग्यता रहने सरकारी स्थायी जागिर थियो मेरो। सोच्दै नसोचे पनि अकस्मात् अमेरिका पुगेँ। अमेरिकाको ५ वर्षको बसाईपछि अहिले म युरोप को कोपनहेगनमा बस्छु। नेपाल, अमेरिका हुँदै युरोपमा पुगे पनि यो मन सँधै नेपाली नै छ।
युरोपम़ा तीज मनाएको दुई वर्ष भयो। पोहोर साल पनि म एउटा मात्र दर पार्टीमा गएँ र अहिले पनि एउटाम़ा। पोहोर साल त मलाई खासै वास्ता थिएन तर यो साल छर्लङ्ग देखेँ नेपाली दिदीबहिनीको तड्कभड्क। कोपनहेगनमा मात्र सात वटा दर पार्टी। दिदिबैनी आफू आफू मिलेर जुन महिनामै सुरु गरे चौरमा दर पार्टी। त्यसपछि माओवादीको दर, एमालेको दर, क्रियटिभ नेपाली महिलाको दर, हिमालय रेस्टुरेन्टको दर, पोर्चुगलबाट रातो पासपोर्ट बनाएकाहरुको दर र अन्तिममा एनआरएन गैर आवासीय नेपालीको दर। हैन, एउटा चाडम़ा यत्तिको पार्टी गरिन्छ भने वर्षैभर कति?? आफ्नो सस्कार र सस्कृति लाइ जोगाउनु पर्छ तर प्रतिस्पर्धा गरेर हैन। हामि नेपाली नेपालीम़ा किन र के को प्रतिस्पर्धा???
नेपाल संस्कृतिको धनी देश। इतिहास र संस्कृतिमा हामी विश्वमा धनी छौँ। यही हाम्रो चिनारी हो। तर केही वर्ष यता देखिएको नौटंकी चलन र विकृतिले हाम्रो असल चिनारी दिने संस्कृति नै धरापमा छ भन्न म पछि पर्दिन।
हुनत म न कुनै संस्कृतिविद् न कुनै विद्वान, तैपनि सानोदेखि देखेको चाडबाड, रितिथिति परिवर्तन भएको देख्दा सारै दुःख लाग्छ।
अहिले हेर्छु जताततै तीजको रन्को लागेको छ। जताततै तीजको पार्टीको लहर छ। फेसबुकमा प्रतिष्पर्धा झैँ फोटोहरु देख्न पाइन्छ। तर जुन तीजको दिनमा बसिने कठोर ब्रत र पंचमीमा गरिने कठोर नुहाई धुवाई पूजाआजा त केवल हाम्री आमा र बाँचेका हजुरआमा रुले मात्र गर्नु हुन्छ होला सायद। अरु सबै देखावटी तडकभडक हिन्दी सिरिएलमा चलेका लुगागहनाको प्रतिस्पर्धा आदि इत्त्यादि मात्र देख्छु।
हुनपनि जुन देशका अधिकांश मानिसलाई छाक तर्न धौधौ छ, उही देशमा नानाभाँतिको चलन चलेको देख्छु। साउनमा बोलबम जान पहेँलो लुगा लगाएर जानु पर्ने रे, के यो धर्म हो?
महादेवलाई खुसी पार्न पशुपति जानुस्, स्वच्छ मन राख्नुस्, पहेँलो लुगा लाउनु जरुरी छैन।
अनि फेरि केही वर्ष यता मात्र भित्रिएको चलन साउनमा मेहेन्दी र हरियो चुरा, रातो पहेँलो लुगा – के यो जरुरी हो ? यो धर्म हो?? पढे लेखेका महिलाहरुसम्म यस्तो चलनलाई बढावा दिन्छन्।
साउन र तीजको दिन मात्र चुरा,पोते र सिन्दुर लगाएर पत्नी बनिँदैन। लाखौँलाख खर्च गरेर बिहे गर्छन्, भोलिपल्ट एउटा टिको एउटा डोरो पोते लाउँदैनन्। आखिर किन महिलाहरु यी सब कुरामा प्रतिस्पर्धा गर्छन्?
तीजमा दर खाने, माइत जाने, रमाइलो गर्ने गरिन्थ्यो। किनकि महिला वर्षैभरि खेतिपाती घरधन्दा र कामकाजमा ब्यस्त हुन्थे। अहिलेका महिला महिनौँसम्म दर खान्छन्। किनकि उनीहरु फुर्सदिला छन्। एउटा बच्चा हेर्न घरमा मान्छे राख्छन्। सासु ससुराको कुनै भाउ नै छैन। माइत जान र पार्टीमा जान सोध्नु परेन। सिर्फ लोग्नेलाई मुट्ठीमा राखे भो।
हुनत म पनि महिला हुँ तर देशविदेश जहाँ रहे पनि मेरो मन नेपाली छ। नेपाली संस्कृति प्रति म पूरापुर समर्पित छु। म अमेरिकाबाट फर्केपछि पनि सासुलाई खुट्टामा ढोगेँ। जेठाजुलाई मान राख्न टाउकोमा रुमाल राख्न छोडिनँ। यो गरेर म ठूलो भएँ, के-के न गरेँ भन्न खोजेको हैन, हाम्रो संस्कृतिलाई मान्छु भन्न खोजेको।
चाडवाड भड्किलो भयो, खर्च धेरै भयो भन्छन तर हामी चाडवाडलाई किन सधै साम्यवादी दृस्टीकोण हेर्ने भनेको| ४००० वर्ष अघि, २५०० वर्ष अघि, १००० वर्ष अघि, ५०० वर्ष अघि मनाउने तिज यौटै होइन| चाडवाड पनि समयसंगै परिवर्तनशील हो| सबै ले बुझ्नु पर्छ
पार्टी कल्चर मात्रै कपि गर्र्ने?? काम काल्चार चाही कापी नगर्र्नी??
रमाइलो गर्ने नया संस्कृति लाई अंगाल्ने राम्रो हो.. तर IT मा काम गर्ने आइमाई को बिचारमा मलाई दंङ्ग के लाग्छ भनी, इंडियामा शो हरु हेर्रेय्रा, पार्टी, लुगा, कार, अनेकथरी कापी गर्ने…तर इंडिया को IT एन्दुस्त्रि अनि इंडिया को sucess चै किन कापी नगर्ने?
पौरुष ले रक्सि खदाइम, पैसा उदैदैमा हामी महिलाले तॆइ सिको गर्नु ठिक होइन जस्तो मलाई लाग्छ. कपि गर्र्नु छ त प्रगति को कपि गरूम, उन्नति को कपि गरम, नाचाहीदो तहल्का राम झाम, सय्क्क्ष, छोटो कपडा, रक्क्सी, ड्रग्स आदि एइत्त्यदिको कापी कृपया नगरम. बिकृति नालायाम येत्ति भन्नु छ मलाई.
मलाई चै लेखक को विचार सहि लाग्यो!
तलका लाइन हरुले मन पनि छोयॊ
१) “अहिले हेर्छु जताततै तीजको रन्को लागेको छ। जताततै तीज पार्टीको लहर छ। फेसबुक मा प्रतिष्पर्धा झैँ फोटोहरु देख्न पाइन्छ। तर जुन तीजको दिनमा बसिने कठोर ब्रत र पंचमीमा गरिने कठोर नुहाई धुवाई पूजाआजा त केवल हाम्री आमा र बाँचेका हजुरआमा रुले मात्र गर्नु हुन्छ होला सायद। अरु सबै देखावटी तडकभडक हिन्दी सिरिएलमा चलेका लुगागहनाको प्रतिस्पर्धा आदि इत्त्यादि मात्र देख्छु। साउन र तीजको दिनमा मात्र चुरा, पोते र सिन्दुर लगाएर पत्नी बनिँदैन। लाखौँलाख खर्च गरेर बिहे गर्छन्, बिहेको भोलिपल्ट एउटा टिको, एउटा डोरोपोते लाउँदैनन्। ”
२) “हुनपनि जुन देशका अधिकांश मानिसलाई छाक तर्न धौधौ छ, उही देशमा नानाभाँतिको चलन चलेको देख्छु। साउनमा बोलबम जान पहेँलो लुगा लगाएर जानु पर्ने रे, के यो धर्म हो?
महादेवलाई खुसी पार्न पशुपति जानुस्, स्वच्छ मन राख्नुस्, पहेँलो लुगा लाउनु जरुरी छैन।
अनि फेरि केही वर्ष यता मात्र भित्रिएको चलन साउनमा मेहेन्दी र हरियो चुरा, रातो पहेँलो लुगा – के यो जरुरी हो ? यो धर्म हो?? पढे लेखेका महिलाहरुसम्म यस्तो चलनलाई बढावा दिन्छन्। ”
अचेल इन्डिया/ हिन्दि फिलिम को देखा सिकी गरेर राखी बान्ने चलन पनि आछ!
अचम्म लाग्छ मलाइ!
अब कुन दिन मा अंग्रेजी फिलिम को देखा सिकी गरेर नाङ्गै नाच्ने पनि होलान चाडवाड मा!
सृष्टिजी,
लेखको लागी धन्यबाद | यहाँ केहि पाठकहरुले कुरा नबुझ्नु भएजस्तो छ |
तीजमा रमाइलो गर्न हुन्न भनेर कसैले भनेको छैन. यो हाम्रो संस्कृति हो र मनाउनु पर्छ, खुबै रमाइलो गरि मनाउनु पर्छ | तर रमाइलो गर्न लाइ तडक भडक गर्न जरुरि छैन, एक आपस मा प्रतिस्पर्धा गर्न जरुरि छैन, दस थरि तीज पार्टी गर्न जरुरि छैन |
हाम्रो संस्कृतिलाइ बिकृति हुनबाट जोगाउनु पर्छ | चाडपर्व मनाउँदा त्यसको मूल मर्म पनि बुझ्नु जरुरि छ, न कि तडकभडक र मोजमस्ती मात्र.
sarai ramro lagyo lekh…aajkal ka adhunik bhanaudha mahila harule yo lekh padne phursad paulan ra bhaneko?
– via MySansar App
फेस्बुके तीज हेर्दा, सुन प्रदर्शन , सारी पर्दर्शन र ठाउ हेरी अंग प्रदर्शन यी ३ कुराको समिश्रण पाइयो |
एक दिन भोकै बसेर कोइ पनि मर्दैन , न सक्ने ले न गर्ने सक्ने ले गर्ने , मुस्लिमको रमदानमा एक महिनाको ब्रत हुन्छ , ल न बसम भनेर त कोइ बोलेको सुनिन्न |
हाम्रो धर्ममा भएको लचकताको फाइदा उठाएर हाम्रै धर्मका हरुले हाम्रै धर्म को विरुद्धमा जे पायो त्यहि लेखेको बोलेको देखेर सुनेर उदेक लाग्ने |
आफ्नो खुबी अनुसार सबैले मनाउने के को गन गन हो ?
युरोपमा धूमधामले घरमा तीज मनाउन अलिक अप्ठ्यारो हुन्छ, सबैको छुट्टी को दिन पर्नु पर्छ किन भने सबै जना नेपाली महिला काम गर्छन, कोही घरमा बेकार बस्दैनन् , शहर यति ठुलो हुन्छ कि सबैजना महिलाहरु एकै ठाममा भेला भएर मनाउन असम्भव जस्तै हुन्छ | कुनै पनि समारोह भोज भतेर वा दर खाने कार्यक्रम गर्न अघि स्थानीय निकाय बाट पूर्व स्वीकृति लिनु पर्छ, ठ्याक्कै तीजकै दिन वा नेपाली तिथि परेकै दिन त्यस्तो हल, सभागृह उपलब्ध हुदैनन् | त्यसैले झुण्ड झुण्ड भएर आफ्नो इलाकाका महिलाहरु कुनै निर्दिष्ट ठाउँमा त्यो पनि आफ्नै पैसा लाएर भेटघाट नाचगान खानपिन गर्छन | रह्यो तडक भडकको कुरा, तेसो त राम्रै कमाइ गर्छन ती महिला हरु र सुनका गरगहना, बहुमुल्य राता सारीहरुमा आफ्नो रगत पसीनाले कमाएको ज्याला बचाएर लगानी गर्छन र सोही दिनमा, देखाउने, झल्काउने र अलि अलि घमण्ड पनि गर्ने हुन्छन | के भो त, जे गरे पनि तिनीहरुमा धेरै जस्तो क्लिनर, लेबर, प्याकर, स्वीपर, भान्से, आदि आदि काम गर्ने जमात नै हुन् | त्यो पनि वर्षको एक दिन तीज आयो र देखाउनु पायो | नत्र बिचाराहरु कसलाई देखाउनु ? अरु दिन त्यस्तो झकिझकाउ भएर हिंड्न त्यहाको गोरे समाजमा आफैलाई जोकरनी देखाउनु सरह हुन्छ र जातिवाद (रेसिजम) जहाँ पनि छ , एक ग्रुप भएर मनायो भने कसैले हेप्दैनन, नत्र मन्दिरमा, घर घरमा ढुंगा हान्ने बदमासहरू नभएका होइनन हिन्दुहरुलाई हेप्न | त्यसैले भो अब उनीहरुलाई रोकेर रोक्न सकिन्न, बरु मौका मिलेमा आफै 5० तोलाको ठूलो काँक्रो साइजको सुनको तिलहरी भिरेर गैदियेमा बिदेशीपाराको तीजको मजा पनि आउने थियो होला |
You have seen the modest form of life in America and Europe. You got a chance to visit the first world and have yourself the very developed life. Life of many women in Nepal is very below the average standard of living. If men can drink everyday and sing and dance, why not women can dance and sing once a year. Money is not gone because they eat “dar” but it is gone because of what politicians eat. Whats wrong if a woman who is supressed the whole year wants to buy good clothes and eat delicious food once a year ? So its better if questions are put to corrupt politicians and not to these “bichara” Nepalese Nari. Let them enjoy atleast once a year.
लेखक को personal विचार हो , मलाई मन परेन , गोरे हरुले वीकेंड्स मा जैले पार्टी गर्छन , नेपाली ले बर्ष मा ४ पटक गरे वनेर किन टाउको दुखाउनु ; positive बन्न सिकौ , नेपाली को vetghat भयो , कुरा भयो भनेर खुसि हुनुस ,
अनि अर्को कुरा तपैका हाम्रा आम़ा हजुरआमा ले गरेको तीज ठिक , हाम्रो तीज बेठिक भन्नु भएन ,के अब सबै भोकै बस्ने अनि बेहोस हुने त ?
लेखक जिउ , म पनि विदेश आएको धेरै बर्ष भयो / पहिलो कुरा बोल बम को गरम , जसरि माता काली लै कालो रंग चद्छ , भगवान शिव र गणेश पहेलो रंग चदौने हो / बोल बम जाने ले पहेलो लागौन्छां , हुँदा हुँदा इसाई हरु पनि इंडिया को EASTER को दिन ठ्याक्क बोल बम को जस्तो लुगा लगाएर CROSS बोकेर हिडेको देख्नु हुन्छ / बोल बम जसरि मनाए नि हुन्छ , साएद तपाईं ले मनको छैन होला र देखेको पनि छैन होला /
अब तीज को कुरा गरम , ग्रामिण भेग मा दुख छ , दुख बिर्साउने तीज हो , तर पहिले को जस्तो धेरै नारि हरु ऐले ग्रामिण भेक मा भेटिन्न , तपाईं आफै लै हेर्नुस , तपाईं को हजुर आमा सानो मा बिहा गर्नु भयो गाउँ मा बस्नु भयो , तीज आफु ले सक्दो गरि मनाउनु भयो , तपाईं को आमा सहर मा आउनु भयो , गाउँ भन्दा बेग्लै तरिका ले मनाउनु भयो / तपाईं आज विदेश मा हुनु हुन्छ रातो टिका लगाउन पनि लाश लाग्छ / एस्लाई भन्छ बदलिँदो परिवेश / विदेश मा बसेको तपाईं ले २५ DECEMBER को CHRISTMAS तेता NOVEMBER देखि मनको देख्नु हुन्छ होला/ तेस्लाई पनि केहि भन्न सक्नु पर्यो / खाली एक होरो आफ्नो धर्म को मात्र खेदो गर्नु हुन् /
रमाइलो गर्न पाउने अधिकार सबैलाई छ सृस्ती जी भलै हजुरलाई जे Lagos . बिदेशी माटो मा सधै busy life बाट समय निकालेर Ramailo मनाउनु सामान्य कुरा हो भलै म पनि copenhagen Mai बस्छु !! हजुरको लेखानी को सुरुवात मै हजुरको दम्भ पन प्रस्तुत गर्नु भो !! तीज को प्रसङ्ग लै उल्लेख गरिरहदा ५ बर्ष अमेरिका बसेको प्लुस २ बराबर को एस्थई जागिर खाएको Ani युरोप आएको .. हजुर त Nepal गएर महिला तथासस्कृति मन्त्रि पो बन्नुपर्ने त
नेपालको स्कृतिक मन्त्रीले येति सोचिदिने भए मास्टर्स गरेका हजुर हरु जस्ता नेपालीले कोपेनहेगन मा भाडा किन धस्कौनु पर्थ्यो र हैन?? नेपालमै बसेर बिग्ये र बिद्द्वान्को पद मा आरामले जीवन कतिरहनु भयेओ हुन्थ्यो/
Why people are thinking others as themselvs? Do not think the World is just as you think. And the matters you are talking about might be somehow good topic, we like to celebrate every weekends with shots and cocktails, why not these womens??????
निशा जी लाइ सृस्थी जी ले आवस्यक भन्दा बढी प्रतिक्रिया देखाउनु भो जस्तो छ | लेख लेखे पछि कम्मेन्ट गर्ने त् यो थलो नै हो | कहिले काही अलिकति कम्म्नेट कडा भयो भन्दैमा तेती सारो चै न भनेको भए हुने |
सृस्थी जी तिज को बिकृति बारे सहि लेख्दा लेख्दै पनि चिप्लिनु भो | उहाले लेखे जस्तो पढ्ने ले स्वयम् बुज्छ कि निसाजी भाडामाजेर बसेको हैन , श्रिस्थि जी ले आम रुप मा होच्याउन खोज्नु भएको हो | प्रतिक्रिया प्रति आक्रोश पोख्नु भएको हो |
अब एस्तो रुप देखाई सकेपछि मैले अमेरिका बाट फर्केर सासूलाई ढोके भन्ने कुरा पानि मा गएँन ?
तेसैले लेखिका जी बिद्द्वाता छाटना , लेख लेखेर सामाजिक बिकृति औल्याउँन खोज्नु अति सुन्दर र प्रसंसनिय कार्य हो | साथै यो चुनौती पूर्ण पनि छ |
धैर्यता र सहन्सिलता चाहिन्छ | नारि को गहना सुन्दरता , सुसिलता , सहन्सिलता आदि पो हो त् | येस्ता ब्यबहार पनि यो सार्बजनिक ठाउमा देखाउने अनि त्यो माथि नक्कली भएर
महिना भरि डर खाने नारि भन्दा आफ़ो उच्ह कोटीको ठान्ने ? दम्भ भएँन ?
फुर्सदिला र धन हुनेहरूलाई होला यो भड्काउ “दर” तर गिटी कुटेर खाने, बनिबुतो गरेर छाक टार्नेलाई के को “दर” ! नेपाल संस्कृतिको धनी देश भनिन्थ्यो सायद केही पछि नेपाल बिकृतिको धनी देश हुनेछ । गरिवीको धनी हाम्रो देश । धन दौलतको गरिवी मन कै गरिबीले निखार्दै छ । जोरबल गरेर जोडेको २-४ तोलाले लुटेरा पालिरहेका दिदि बहिनीहरू समाचारमा छाँउछन् । गहना प्रदर्शन के हो थाहा नपाउने महिलाका अघि पनि गहना देखाउँछन् । हुन त छोप्ने भन्दा खोल्ने नै आधुनिक हो क्यारे त्यसैले शरीरको ९० प्रतिशत भाग साउन, तीज र पार्टीमा बाहेक दर्शक दीर्घामा तेर्स्याउँछन् ।
ब्यक्तिगत बिचारमा व्रत बसे आफ्नै शरीरलाई फाइदा हुने हो । करले हैन मनले व्रत बसे फाइदा हुने हो । अरु दिन परपुरुष वा परस्त्री ” पर नभइ वर” हुने कर्के आँखा र लर्के जोवनले सिमाना मिचेको पत्तो नहुने । जाबो १ दिन देखाउन गरिने ढोँगको पनि के अर्थ रहला र ! पति-पत्नी वीचको सम्बन्ध भनेको मनदेखि नै राखिने हो तनले स्थापित गरिने हो तर मन कता चर्न गैरहेको हुन्छ तन कता चरीरहेको हुन सक्छ । देखाउन गरिने “तिम्रैलागि”को अर्थ पनि के होला र ! यो तीज “आउट डेटेड फेस्टिबल” “भ्यालेन्टाइन मय” हुनु पर्ने जमानामा ।
हुन त अद्ययन र अनुसन्धान नगरी भन्न गाह्रो हुन्छ होला । त्यसमा असर गर्ने पाटाहरू फरक हुन सक्लान् । तर नेपालीको खान पान परिवर्तनसँगै रोगका प्रकृति फेरिएका घटना बढि सुनन आएको छ । पक्षघात, हृदयाघात, उच्चरक्त चाप जस्ता समस्या दिनानु दिन बढिरहेको छ जुन पहिले खानदानी रोग मानिन्थ्यो सबै तिर उही रुपमा लाग्न थालेको छ खानपानको परिवर्तनसँगै । यो महिनौँको “दर”ले चाहीँ शरिरमा फाइदा मात्र देला त ?