कोरियामा महिलाको लागि महिला नामक संस्थाकी अध्यक्ष जुनुु गुुरुङको कोरियाली नागरिकसंग विवाह गरेर आएका ९० प्रतिशत नेपाली चेलीहरु घरेलु हिंसाबाट पीडित हुने गरेको अन्तरवार्ता सुनेपछि भारतबाट एक राई थरकी युवतीले आहो विवाह गरेर कोरिया छिर्न पाइने रहेछ कसरी विवाह गर्नै भन्ने जिज्ञासा राखिन । अन्तरवार्ताबाट महिलाको पीडा हैन कोरिया छिर्नलाई विवाह एक सजिलो माध्यम भएको ती युवतीको बुझाइ रहयो ।
त्यस्तै पोखराकी एक २३ वर्षिय गुरुङ थरकी युवतीले विवाहको लागि कोरियन केटा खोजिदिन कोेरियामा रहेको आप्mनो साथीलाइ आग्रह गरिन् । उनलाई पनि लाग्यो कोरिया छिर्ने सजिलो माध्यम नै विवाह हो । यी दुई उदाहरणले कोरियाप्रतिको महिला आकर्षणलाई छर्लङगै पार्छ । मासिक एक लाख भन्दा बढी कमाउन सकिने भएकाले महिलाहरु विवाह जस्तो पवित्र बन्धनलाई दाउमा राखेर कोरिया छिर्न चाहन्छन् । म्यारिज व्यूरोलाई आपैm पैसा दिएर मात्र हैन कोरियनको भारी रकमबाट किनिएर भएपनि महिलाहरु कोरिया भित्रिन चाहान्छन् ।
सिन्धुपाल्चोककी एक शेर्पा थरकी १९ वर्षे युवतीलाई आफन्तले नै ३५ वर्षको कोरियन केटासंग विवाह गरी कोरिया पठाइदिए ।केटीको विवाह गर्ने उमेर नपुगे पनि उमेर बढाएर विवाह दर्ता गरी उनी कोरिया आइपुगिन् । श्रीमानसंगै रेष्टुरेण्टमा भेटिएकी ती युवतीले भनिन् आपूmलाई मन नभएपनि आफन्तले कोरिया जस्तो विकसीत देशमा यति राम्रो केटाले मन पराउनु भनेको भाग्य नै खुल्नु हो भन्दै फकाएर पठाइदिनु भयो ।
शुरुमा उमेरका कारण व्यवाहर नमिलेर केटा मन नपरे पनि उनले धेरै माया गर्ने भएकाले अहिले आपूm सन्तुष्ट भएको युवतीले स्पष्ट पारिन । युवती मात्र हैन अभिभावक पनि कोरियाप्रति आकर्षित भएको यो अर्को उदाहरण हो ।
काठमाण्डौमा लाजिम्पाटको म्यारिज व्यूरोकी कोरियन महिलालाई पैसा बुझाएर आपूm भन्दा दोब्बर उमेरका कोरियन नागरिकसंग विवाह गरी बस्नेत थरकी युवती कोरिया आइपुगीन् । आप्mनो व्यूटी पार्लर व्यवसाय बेचेर एउटा नक्कली खुट्टा राखेको युवकसंग उनले राजी खुशी विवाह गरे । त्यसो त पारपाचुके गरिसकेको पत्नीका आपूm समान छोरा छोरी भएको पनि ज्ञात नभएको हैन् उनीलाई । कोरिया आएको २ महिना मै उनलाई मन नपरेको भन्दै छोडपत्र गरिदियो । किन की काठमाण्डौमा नै युवतीलाई मन नपराएपनि व्यूरोले जबरजस्ती भिडाइदिएका थिए । कोेरियाप्रतिको आकर्षणले युवतीहरु यसरी पनि तानिइरहेका छन् ।
हुन त कोरियाली नागरिकसंग विवाह गर्ने धेरै नेपाली चेलीहरु दुः्खी छन् भन्ने समाचार र अन्तरवार्ताहरु आइरहेपनि यसैगरि कोरिया भित्रिने चेलीहरुमा कुनै कमी छैन् । कोरियाप्रतिको मोहमा युवतीहरु स्वयम किन्न र किनिन् म्यारिज व्यूरोमा धाउछन् । कोही कोरिया छिर्न मात्रै व्यूरो धाउछन् त कोही साथीहरुको सुखद दाम्पत्य जीवनबाट प्रभावित हुदै पुग्छन् । त्यसोत फरक देश, संस्कृति र भाषाको कठिनाइका बावजुद पनि नेपाली चेलीहरु रोजाइमा कोरिय परकै छ ।
कोरियामा विवाह भिषामा आएका नेपाली चेलीहरु कति छन् वास्तविक तथ्यकं छैन् । कतिले छोडपत्र गरे , कतिको घर व्यवहार राम्रो छ , कहा कसरी बसेका छन् कुनै अध्ययन अनुसन्धान हुन सकेको छैन् । कोरिया स्थित नेपाली दूतबास पनि यस विषयमा मौन छ । अनुमानित तथ्यकं १ हजार जति सार्वजनि गरिएको छ त्यसैलाई सबैले आधार बनाउदै आएका छन् । वर्षमा एका दुई महिला पीडित घटना सार्वजनिक भएको आधारमा मिडियाले आफै ९० प्रतिशत तथ्यकं निकाल्ने गरेको छ ।
हालै नेपालको मिडियामा पनि कोरियामा विवाह गरेका प्राय चेलीहरु श्रीमानबाट पीडित छन् भन्ने छाएको छ । मानवअधिकार कर्मीको प्रतिवेदनले पनि त्यस्तै भनेपछि कोरियामा सुखद दाम्पत्य जीवन विताइरहेकाहरु चिन्तीत बनेका छन् । नेपालको संचारमाध्यममा छाएको त्यो हल्ला कै कारण आफन्त र शुभचिन्तकको जिज्ञासालाई स्पष्टीकरण दिदा हैरान भएको प्रतिकृया पनि सुन्न पाइएको छ । त्यस्तै कोरियनसंग विवाह गरेका नेपाली महिलाहरुलाई अब नेपाल फर्काउने रे भन्ने भ्रमक हल्लाले यहाँका महिलाहरु त्राही बन्न पुगेका छन् ।
कुनै अध्ययन अनुसन्धान नै नगरी मिडियामा छाउने यस्ता हल्लाहरुले कोरियामा सुखद दाम्पत्य जीवन विताइरहेकाहरुलाई एकातिर मानसिक चिन्ता दिइरहेको पाइन्छ भने अर्को तर्फ जसरी भएपनि कोरिया छिर्न चाहने महिलाहरुलाई यस्ता समाचारले कुनै असर पार्न सकेको छैन् । वैवाहिक भिषामा कोरिया छिरेका कतिपय महिलाहरु विमान स्थलबाटै भाग्ने त कोही मौका पाउनसाथ भाग्ने गर्छन । कोही भने जसो तसो पतिसंग बसेर कोरियन आइडी लिएपछि छोडपत्र गर्छन् । त्यसो त बालबच्चा सहित वर्षौै सुखी दाम्पत्य जिवन विताइरहेका जोडीहरु पनि प्रसस्तै भेटिन्छ ।
नेपाली मिडियामा पढ्दा लाग्छ वैवाहिक भिषामा कोरिया आउने सबै महिलाहरु दुःखी छन् तर वास्तविकता त्यस्तो छैन् । धेरै महिलाहरु सुखी छन् । जसको घर व्यवहार राम्रो छ ति महिलाहरु त सुुखी हुने नै भए । जो कोरियन पति १२ घण्टा काम गर्छ अनि श्रीमति चही स्वजातिय युवाहरुसंग मोज मस्ती गर्दै हिड्छ उनीहरु पनि त सुखी भए नी । तर यस्ता वित्रृmतीप्रति भने मिडियाा चुप छ । एका दुुई घट्नालाई लिएर सबै नराम्रा हुन भन्नु कहासम्मको न्याय हो ।
त्यसो त कागजी विवाह गरी कोरिया भित्रिएका कति युवतीहरु नेपाली तथा कोरियन केटासंग विवाह गरी यतै घरजम बसाएका छन् भने कति चही कोरियामा गैरकानुनी रुपमै बसेर भएपनि आप्mनो आर्थिक अवस्था बलियो बनाउन सफल भएका छन् । तर यस्ता मोटो रकम तिरेर कागजी विवाहबाट भित्रिने प्रकृयामा कोरियन सरकारले कडाइ गरेपछि अहिले कोरियन केटाहरु नेपाल मै पुगेर म्यारिज व्यूरो मार्फत सामान किने झै छानी छानी केटीहरु ल्याउने गरेको पाइन्छ । कोरियाकै म्यारिज व्यूरोलाई भारी रकम तिरेर केटाहरु नेपाल पुगेका हुन्छन् भने कोरियाप्रति मोहित युवतीहरु पैसा तिरेर कोरियन केटा खोज्दै व्यूरोमा धाएका हुन्छन् । यसरी भारी रकमको खेल संगै एक अर्कालाई किन्ने र बेच्ने हुदै नेपाली युवतीहरु कोरिया छिर्ने गर्छन् ।
आखिर यसरी आपैm बेचिएर विवाहको बाहानामा आपैmलाई जोखिममा राखेर आउन चाहनु कोरियाप्रति महिलाहरुको यो कस्तो मोह हो । व्यक्तिगत र सामाजिक मात्रै हैन अन्तराष्ट्रिय भएकाले राष्ट्रियताको सवाल समेत जोडिएको महत्वपूर्ण सम्बन्ध विवाहलाई नै माध्यम बनाएर किन्ने र बेचिने हुदै कोरिया छिर्नु हाम्रो जस्तो गरिब मुलुकका महिलाको यो कस्तो बाध्याता हो !
नेपाली भन्न पनि लाज लग्यो मलाई त यो पढ्दा खेरि कति बिग्रेका हाम्रा नेपाली चेली बेटी हरु / पैसा को लागि चिन्नु न जान्नु का कोरियन भोटे सग बिहे गर्ने / यहाँ अमेरिका पनि नेपाली केटिहरुको चाल निको छैन / धेरै त सोत्तर नै छन्, कालेको / खैरेका
अबको संबिधान मा केटा केटि ले नेपाली बाहेक अरु संग बिहे गर्न नपाउने भनेर लेख्नु पर्छ …रस्तियेता स्वाभिमान नेपालीपहिचान नै हराउने. डर भो …..
त्रेता युगमा हालको नेपाल अन्तर्गत पर्ने मिथिला राज्य थियो / उत्त राज्यमा राजाले हलो जोत्दा त्यो राजाले एक पुत्री प्राप्त गरे / उत्त पुत्री बिबाह योग्य भय पाछि उनले त्यो समयमा मिथिलामा उपरयुत्त केटो नपाएर अयोध्हा बाट रामले बिबाह गरेर लागे / तर रामबाट पनि अपहरणमा परेर राबनले लंक्का पुरार्यो / एक बर्षमा बादरको सहयोगमा खोजबिन गरी सिता पत्तालगाई राबन संग लडाई लडेर राबन मरी सीतालाई अपहरण मुत्त गरी राम सीताले सुख पुर्बक जिबन बिताउनु भयो /
अर्का नारीपात्र भ्रीकुती पनि तिब्बतको राजा संग दोस्रो पत्नीको रुपमा बिबाह गर्नु भो / त्यो समयमा तत्कालिन नेपाल लाई तिब्बतबाट खतरा थियो / बिबाह गरिदिय पछि त्यो खतरा टर्यो/ तत्कालिन भारत राजा असोकले अफ्फ्नी पुत्री चारुमतिलाई ततकालिन नेपालका राजालाई आफ्नो पुत्रीको बिबाह गरीदीए / पछि तिनै राजकुमारीले चाबेल को चरुमति बिहार बनाउनु भयो/ नेपालका एक सिल्पी अरनिको बलबाहु नेपालमा बेरोजगार भयपछि चिनको तीब्बतमा मन्दिर बनाउने ईन्जीनियर बन्नु भयो / पछि उत्तै थाई बसोबास गर्नु भयो / रानाकालमा ब्रिटिश आर्मीमा नेपाली युवालाई निर्यात गरेर नै आजको शिंह दरबार , बाघ दरबार आदि बन्यो / आजकादिन सिन्धुपाल्चोक अनि काभ्रेपलान्चोक बाट नेपाली चेलीहरु भारतको कोढीमा आफ्नै बाबु नातागोता बाट बेचिदै आयका छन् / यो कोरियन केटाको अर्कों नया चलन म्यारिज केन्द्र बाट चल्दै छ / खाडीमा युवा रोजगारका लागि जाने म्यानपाओरको अर्को धन्धा छ / मैले बुझेको यो त नेपाली परमपरा पो रछत गाठे /
येसरी नेपाली समाज मा रहेका नेपाली नारी हरु ले आफ्नो संस्कृति आफ्नो रहनसहन अनि आफ्नो मौलिकता लाइ बिर्सेर भुलेर पैसाको खातिर आफ्नो जीवन नै दाउ मा लगायर korean मानिस हरु संग आँखा चिम्लेर बिवाह गर्नु ले नेपाली नारी हरुको पहिचान अनि उनीहरुको इज्जत को धज्जी उड़याको जस्तो मलाई आभास भो आखिर किन मरिहत्य गर्छन उनीहरु यो कसको कमजोरी हो नेपाली भयर जन्मिनु या गरिबी भयर जन्मिनु ?
सकेसम्म आफ्नै देशमा गरिखाने कोशिष गरौ ! बिदेशीभूमिमा धेरै आँशु बगाउनु पर्छ , सजिलो छैन !
कुरा सुन्दा त कहाली लाग्दो छ अझ भोगाई कस्तो होला !! आफ्नै देशमा केहि गर्न सकिन्छ किन कोरियन को मात्र पछि लागेको आफ्नै देश को बेइजत गरेर!!!
शायद पैसा चिज नै येस्तै हो कि , पैसाको लागि जे पनि गर्नु पर्ने बाध्यता त होला नि ?