प्रिय श्वेता,
सर्वप्रथम म यो दुखद घडीमा ‘तिमीलाई अकस्मात परेको बज्रपात सहनका लागि अदम्य धैर्य र अथाह शक्ति प्रदान गरून्’ भनी भगवानसँग प्रार्थना गर्दछु। तिमीलाई थाहा छ श्वेता, मैले जुन क्षण श्रीकृष्ण श्रेष्ठको अकल्पनीय मृत्युको खबर सुनें, तत्काल तिमीलाई सम्झिएँ। कठै, कसरी सहेउ होला तिमीले त्यो विदेशी मुलुकमा आफ्नु प्रियतमले चटक्क छोडेर गएको खबर! तिमी त आफ्नो विवाहपछि हनिमून मनाउन, आँखामा रंगिन सपना सजाएर इंडियातिर गएकी थियौ, होइन र ? विवाह भएको पुग अपुग एक महिनामा तिमीले वैधव्यको शिकार बन्नु पर्यो। तिमीलाई परेको यो मर्म यहाँ तिमीले बाहेक कसैले पनि बुझ्न सक्ने छैन।
सारा दुनियाँ श्रीतिर खनिएको बेला म भने तिम्रो चिन्तामा डुबेकी थिएँ। तिम्रो अबस्थाका बारेमा जान्न उत्सुक थिएँ। शायद एउटा उम्दा नायक गुमाउनुको पिडामा डुबेको देश र त्यहाँका जनताका नजर तिमीतिर पुग्न सकिरहेका थिएनन्। त्यसैले त सारा संचार माध्यममा श्री मात्र छाएका थिए।
हिजो मात्र मैले तिम्रा बारेमा पढ्न पाएँ। मैले जस्तो कल्पना गरेकी थिएँ, तिमी त्यस्तै अबस्थाबाट गुज्रिरहेकी रहिछौ। भारतमा तिम्रा पतिको प्राण गएदेखि नेपालमा ल्याएर दाहसंस्कार गर्दासम्म तिमी असह्य बेदनामा थियौ रे! अहिले पनि तिमी अर्धमुर्छित अवस्थामै छौ रे! भेट्न आउनेको लर्को छ रे! सहानुभूति दिनेको भीड छ रे! तर श्वेता, तिमी कसैसँग बोल्नसक्ने अवस्थामा छैनौ रे! तिमी छिनमै टोलाउँछयौ, छिनमै रुन्छ्यौ रे! तिमीलाई सम्झाउन र सम्हाल्न करिब एक दर्जन महिला तिम्रो वरिपरि बसेका छन् रे!
यस्ता कुरा पढ्दा मलाई सारै दु:ख लाग्यो, श्वेता! तर यतिबेला तिमीले यस्तो अलाप विलाप गर्नु एकदमै जायज छ। तिमीले आफ़्नु पीडालाई पूर्ण रुपमा अनुभूति गर्न पाउनु पर्छ! तिमीलाई थाह छ श्वेता, ‘मृत्यु’ ‘जीवन’ का लागि जति सत्य छ, यो उति नै कुरुप पनि छ! तर उत्साहजनक कुरा, यो कुरुपताको तहमुनि यसले अति नै महत्वपूर्ण कुरा लुकाएको हुन्छ। ती कुरा हामीले उदिनेर निकाल्न सक्नुपर्छ। अहिले तिमीलाई आफ्नै चोटले घेरेको छ। तिमीमा त्यो घेराबाट बाहिर निस्कन सक्ने साहस आइसकेको छैन। तर म तिमीलाई विश्वास दिलाउन चाहन्छु, जब तिमी आफ्नु पीडालाई अलिकति पन्छाएर बाहिरि संसार हेर्न सक्षम हुन्छेउ, त्यतिबेला तिमीले अनुभव गर्नेछेउ कि तिमी अझै पनि अनगिन्ति मानिसभन्दा भाग्यमानी छौ।
हेर श्वेता, हालसालै दैवी बिपत्तिमा परी सिन्धुपाल्चोकका सयौँ मानिसले कसरी आफ्नो ज्यान गुमाए? रातारात परिवार परिवार नै सखाप भए! यहाँसम्म कि उनीहरुको शव समेत भेटिएन! यस्तो विपदको घडीमा बाँचेकाहरुले आफन्तको कुशको शव बनाई हिन्दू परम्परा अनुसार दाहसंस्कार गरेका थिए। यिनीहरुको तुलनामा तिमी आफुलाई कुन स्थानमा राख्छेऊ? यो त एउटा उदाहरण मात्रै हो। तिम्रो मन संग्लिएपछि तिमी यस्ता अनगिन्ति घटना छर्लंग देखनेछौ र आफुलाई धन्य ठान्नेछौ।
तिमीले श्रीलाई गरेको पवित्र माया त्यसै खेर जाँदैन, श्वेता! त्यहि मायाले तिमीलाई अहिलेको असिम पीडाबाट उतार्नेछ। भौतिक रुपमा तिमीले उनलाई नदेखे पनि आत्मिक रुपमा तिम्रा प्रेमी पति सधैं तिमीसंगै छन्। तिमी आफ्ना अन्तरका आँखा उघारी त हेर! तिमी भित्र हेर, श्रीले दिएको माया त्यहाँ सुरक्षित् छ कि छैन? त्यो माया तिम्रो शक्ति बनेर, तिमीले चाहुन्जेल सधैं तिमीसंगै रहिरहन्छ।
तिमीलाई सहज रुपमा फर्कन समय त लाग्छ ! तर एक दिन तिमी अवश्य तिम्रो शोक पार गरि अर्को छेउमा पुग्नेछउ! यसका लागि तिमीलाई ईश्वरले, श्रीको मायाले, आफन्त तथा साथीभाइको साथले, र मुख्यत: तिम्रै अथक प्रयासले सघाउने छन्।
त्यतिबेला तिमीले आफू कति साहसी र शक्तिशाली रहिछौ भन्ने कुरा थाहा पाउनेछौ। तिमी अझ ससक्त र खुला ह्रिदयकी भएर आफ्नु जीवन सामना गर्न पुन: तयार हुनेछौ। आफ्ना सपना पछ्याउन सक्षम हुनेछौ। अहिले तिम्रो जीवनमा आएको औंसीको रातको समाप्ति अवश्यभावी छ, श्वेता! तिम्रो जीवनमा पूर्णिमाको जून अवश्य उदौनेछ। तिम्रो संसारमा फेरी पनि झलमल्ल घाम लाग्नेछ। मेरा यी कुरामा विश्वास गर, श्वेता तिमी।
अन्तमा, ईश्वरले सधैं तिम्रो रक्षा गरून्।
तिम्री एक हितैषी – व्यन्जना
हाल: अष्ट्रेलिया
तिमीले छोड्यौ र पो जिउन जानेँ मैले
फाटेको कलेजो नि सिउन जानेँ मैले
खाँदैमा जाबो ढोका, बन्द हुँदैनन् ढोका
ढोका दियौ र आँशु पिउन जानेँ मैले
©चर्चित ढुंगेल
खै के लेख्नु, स्वेताको अनुहार हेरेर आफ्नो आखाबाट आशु आउछ ! दैब पनि कति चाडो लाग्यो यिनलाई!
भगवानले धैर्य गर्ने साहस प्रदान गरुन, सुर्य त अवस्य उदाउछ, सधै कालो रात्रि मात्रै त हुन्न!!!
Sweta didi, it is an extremely difficult time for you, and there is nothing that can measure your pain and there is no one that can feel your pain. However we and your family, friends, and relatives wish that God give you strength to overcome this difficult time. You still have a long journey to travel, have to live long, follow your dream and reach your goal!
You have to move on despite the unexpected hardships and difficulties, and we believe that you can do it!
विधिको बिधान लाई स्वेकर्नु पर्छ, एक दिन सबै जानु पर्छ , ढिलो र चांडो को कुरा हो ,हो सारा कला प्रेमी नेपालीहरु स्तब्ध भएको छ, एक कुसल कलाकार को अल्प युगमा नै निधन भएको मा, हामी सबै तपाइको साथ मा छौ ,हरेश नाखानुस आफुलाई सम्हाल्ने कोसिस गर्नोस, श्री कृष्ण जी एस धर्ति मा नभए पनि सधै तपाइको साथमा रहने छ.
यो लेख जुन सोचका साथ लेखन खोजियको हो तेस्तो नभई, ठुलो र धरै को पिडा को अगाडी सानो र यक जनाको पिडा खासै केहि हैन भन्न खोजे जस्तो देखियो/ सकारात्मक भित्र को नकरात्म आलेख जस्तो लग्यो/
Dear Sweta,
We all remember the great memory of generous and unselfish character of Shree. I know how special he is to you. I understand how painful it is, losing someone so dear to you. I have copied one poem written by a David Harkins. I really hope it will bring some comfort to you. I am sure the author wouldn’t mind me sharing it.
He is Gone
You can shed tears that he is gone,
Or you can smile because he lived,
You can close your eyes and pray that he will come back,
Or you can open your eyes and see all that he has left.
Your heart can be empty because you can’t see him
Or you can be full of the love that you shared,
You can turn your back on tomorrow and live yesterday,
Or you can be happy for tomorrow because of yesterday.
You can remember him and only that he is gone
Or you can cherish his memory and let it live on,
You can cry and close your mind be empty and turn your
back,
Or you can do what he would want: smile, open your eyes,
love and go on.
-David Harkins
तिमीलाई सहज रुपमा फर्कन समय त लाग्छ ! तर एक दिन तिमी अवश्य तिम्रो शोक पार गरि अर्को छेउमा पुग्नेछउ! यसका लागि तिमीलाई ईश्वरले, श्रीको मायाले, आफन्त तथा साथीभाइको साथले, र मुख्यत: तिम्रै अथक प्रयासले सघाउने छन्।
what types of letter is this? The words used in first paragraph likely revenge. those words and sentence are not suppose to be used. When I read I felt that way. You are positive but it hurts.
खोइ मैले भनेको कुरा कसै कसैलाई तितो लाग्ला तर यी “डाक्टर व्याँजना शर्मा” को पत्र मलाई त राम्रो लागेन /
फिल्मी तवरले ओभर ड्रामटिक “over dramatic” भएर के के न श्वेताको भित्रि कुरा मैले बुझेकी छु जस्तो, अनि कता कता बाट सिन्धुपाल्चोकका जनताको कुरा जोडेर “तिनको दाँजोमा तिम्रो पिर त केहि होइन” जस्ता छेउ न टुप्पाका कुरा गरेर के के न चाही यी “डाक्टर व्याँजना शर्मा” ले आफुलाई सफल मनोवैज्ञानिक सम्झिनु भएछ क्यार /
मानिसको आफ्नो आफ्नो पिर वेदना हुन्छ / समय लाग्छ आखिरमा वेदना कम दुदै जान /
यस्तो अवस्थामा प्राय जसो साथी संगी , परिवारजन र शुभचिन्तक हरुले केवल “हामी तिम्रो साथ छौं ” भन्ने हो / धेरै बोल्नु पर्छ भन्ने छैन /
के के न उसको पिडा उसले जस्तो नै बुझ्छु जस्तो गरि नाना थरि विश्लेष्ण गरेर , नाना थरि उदाहरण दिएर आफुलाई सफल मनोवैज्ञानिक सम्झिनु भएन / यो वास्तविकता हो कुनै फिल्म वा टेलिभिजन को ड्रामा नाटक होइन /
श्वेता ! अहिले तिम्रो जीवनमा आएको औंसीको रातको समाप्ति अवश्यभावी छ, श्वेता! तिम्रो जीवनमा पूर्णिमाको जून अवश्य उदौनेछ। तिम्रो संसारमा फेरी पनि झलमल्ल घाम लाग्नेछ। मेरा यी कुरामा विश्वास गर
भागवनले स्वेतालाई धैर्य धरान गर्ने शक्ती प्रदन गरुन
यो पढेर म त आफैलाई सम्हाल्ने सकेन ,श्वेता दि लाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन ,
बास्तबिक घटना जसलाई पर्छ ओस्लै थाहा हुन्छ यो लेख ले स्वेता लाइ मलम लागाउने नै छ . अदम्य सहास का साथ् अगि का पाइला सफल होस
श्री को अभाब जति नेपाल र नेपालीले खेपेका छन यो बिस्तारै घट्दै अबस्यनै जानेछ तथापि स्वेताको हकमा यो लागु नहुन सक्छ स्वेत तिमि महान छेउ र भाग्यमानि पनि पनि हो जसले श्री जस्तोको श्रीमती हुने सौभाग्य पायौ भलै यो लामो समयको भयन
श्री संगै कतिको मरण भयो तर कुकुर मरे सरह भय तर श्री मरेर पनि मध्यान्नको सुर्य झैँ झाम्किरहेकै छन त्यो सुर्यको किरणले सधै तिमि हामीलाई ताप दिरहने नै छः
श्वेता, रुनु हुँदैन, अब पनि रोइराख्नु तिमि लाइ राम्रो हुँदैन , आखिर सबै जाने बाटो उही त हो नि मात्र ढिला र चांडो न हो. अब सम्हालिन सिक बस सम्हालिन सिक.!!!!!