Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अलबिदा श्रीकृष्ण तिमीलाई

Posted on August 12, 2014August 12, 2014 by mysansar

-ध्रुव थापा, क्यालिफोर्निया-

photo (11) कृष्णको लीलानै बुझ्नै नसक्ने हुन्छ भन्ने कुरा त हामीले धर्म शास्त्रमा पडदै आएका छौ तर नेपाली चलचित्रको कृष्णले पनि त्यस्तै लीला देखाएर हामीलाई छाडेर गएको घटनाले एउटा प्रश्न उब्जाएको छ। के वास्तवमै उनलाई र उनले हालै बिवाह गरेर हनिमुन समेतमा रमाउन न पाएकी स्वेतालाई उनीहरुको बैवाहिक जीवन एति छोटो र अधुरो रहन्छ भन्ने थाहा थियो? सायद थिएन होला, नत्र भने कुन नारी बिवाह गरेको ३१ दिनमै बिधवी हुन् चाहन्छिन वा कुन पुरुषले अब म मरनै लागे हतार हतार बिवाह गरि हाल्छु भनेर सोच्थ्यो होला। यो जीवन चक्र पनि कस्तो अनौठो र रहस्यमय हुन्छ। नत्र किन स्वेता खड्का बिहान आफ्नो बिरामी श्रीमानलाई “श्री उठ्नु न “ भन्दा श्रीकृष्ण को अचल सरिर देखेर त्यहि उनकै सिरानीमा मुर्छा पर्थिन होलि र ? कति करुणादायी : स्वेताको ३१ दिने बैबाहिक जीवन ????

हालै पत्र पत्रिकामा आएको जानकारी अनुसार र दैनिक खबरमा लेखिए अनुसार ”अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन निमोनियाको कारण मात्रै नभएको खुलासा भएको छ ।श्रीकृष्ण निकटका निर्देशक आकाश अधिकारीका अनुसार ‘वोन क्यान्सर’ का कारण श्रीकृष्णको ज्यान गएको हो । श्रीकृष्णलाई सुरुमा सुख्खा खोकी देखिएको थियो । त्यसपछि ‘डिप निमोनिया’ देखिएको थियो । एक साता अघि मात्रै ‘वोन क्यान्सर’ भएको पत्ता लागेको थियो । यद्यपि परिवारमा तनाव हुने भन्दै यो खबरलाई गोप्य नै राखिएको थियो ।श्रीकृष्णको फोक्सोको समस्या पुरानै थियो । श्रीकृष्णलाई केही वर्षदेखि सुगर पनि थियो । फोक्सोमा समस्या, सुगर, सुख्खा खोकी, निमोनिया र अन्तिममा ‘वोन क्यान्सर’ नै श्रीकृष्णको निधनको प्रमुख कारण बन्यो ।”

मृत्यु को मुखेन्जी आएर समेत मृत्युलाई चिन्न नसक्नु मानव बिकाशले हासिल गर्न नसकेको अहिले सम्मको उपलब्धि हो। हामि जत्ति नै नया कुराको अविस्कार किन नगरौ मृत्युलाई रोक्न सक्दैनौ न कि यसलाई रि प्रोग्रमिंग गरेर पुन संचालन गर्न सक्छौ। भनिन्छ इश्वरले जन्मदै मृत्यु र जीवन साथी लेखि दिएको हुन्छ भनेर तर यस्तो निर्दयी भाबी किन लेखि दिएको होला इश्वरले ? यस्तो जोडी जुराउनै थियो त कमसे कम केहि बर्ष न भएपनि केहि महिना सहि बैवाहिक दाम्पत्य जीवन एकसाथ बिताउने अवसर त् दिनु पर्ने हो। बिवाह बन्धनमा बाधिएका नव दम्पतिको जीवनमा चन्द्रमाको लाली चद्न नपाउदै औसीको त्यो कालो अन्धकारमा सारा सपना, बिपना र चाहानालाई त्यो कालो अन्धकारले निस्ठुरी बनि खोसेर लागिदियो। यो कस्तो तिम्रो लिला? यो कस्तो दैबको खेल ? यो कस्तो जीवन चक्र ?

अहिले नेपाली सिने जगतले जत्तिको दुख र शोकको अनुभव गरेको त्यो भन्दा पनि लाखौ गुणा शोक र दुखले विक्षिप्त बनाएको छ स्वेतालाई। उनीहरुको हजारौ सपनाहरु अधुरै रहे, उनले निर्माण तथा अभिनय गरेको चलचित्र ‘कोहिनुर’ अहिले हलमा लागिरहेको छ । लामो समयको प्रेमपछि नायिका श्वेता खड्कासँग बिहे गरे लगत्तै उपचारका लागि भारतको सिमला पुगेका श्रीकृष्ण आफ्नो चलचित्र “कोहीनुर’ को प्रदर्शनमा नेपाल आउने आशा सबैले राखेका थिए तर त्यसो भएन । उनीहरुको अन्तिम चलचित्र कोहिनुर संगै बसेर हेर्ने धोको मात्रै अधुरो रहेन उनीहरुको संगै बाच्ने र दाम्पत्य जीवनलाई लिएर बुनेका सारा सपनाहरु कहिले पुरा नहुने गरि शोक र वियोगमा हराएर गयो, यदि यो घटना मात्र चलचित्रको पर्दामा भएको भए सायदै निर्देशक र चलचित्र निर्माताले निक्कै राम्रो ब्यापार गर्न सक्थे होलान तर दैबले गरेको उनीहरुको जीवनको निर्देशनले सबैलाई सदाको लागि बिचलित र विक्षिप्त बनाएको छ। यस्तो घटना कसैलाई पनि न परोस र यस्तो पिडा सहन सक्ने क्षमता स्वेतामा रहोस बस यहि कामना मात्र गर्न सक्छौ र मुक दर्शक भएर इस्वरको यो लीलालाई हेर्न र सुन्न बाध्य हुन्छौ।

वि.सं २०४५ सालमा ‘भूमरी’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएका नायक श्रेष्ठले नायकको रुपमा भने ‘नाता’ चलचित्रबाट करिअर अगाडि बढाएका हुन् । आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहा भेटिएला जस्ता हिट सिनेमा दिएका श्रीकृष्ण निक्कै मिलनसार समेत मानिन्थे । कहिले बिबादमा नमुछिएका सबैले मनपराएका नेपाली चलचित्रका नायक स्वर्गिय श्रीकृष्ण श्रेष्ठको नायक राजेश हमाल पछिका नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय नायकको रुपमा स्वदेशमै रहने र नेपाल नेपालीको हितमा काम गर्दै आएका उनि एक सफल र लगनसिल कलाकार मानिन्थे । उनको चलचित्रमा नेपाली दर्शकले अभिनय मात्र होइन एउटा राम्रो नृत्य समेत पाउथ्यो र नै यतिका बर्ष सम्म उनि सफल र लोकप्रिय नायक बन्न सफल भए। नेपाली सिने जगतले एउटा राम्रो नायक गुमाएको छ जसको पूर्ति सायदै आउदो दिनहरुमा होला।

जन्मदै मृत्युको घडी लिएर आएको यो मानव चोलालाई यस्तो निर्दयी तरिकाले बिछोड हुन् नपरोस , स्वेताको जीवनमा फेरि पनि नया बिहानी संगै औसीको रात चिर्ने सुर्यको किरण आवोस बस यहि कामना गर्न सक्छौ हामि दर्शक भएर। अन्तमा निपली सिने जगतमा मात्रै नभई सम्पूर्ण नेपाली आकाशमा श्री कृष्ण अमर भएर बस्ने छ , उनको आत्माले चिर शान्ति पावोस र उनको बैकुण्ठ बाश होस् भन्ने कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु। शोक सन्तप्त परिवारमा इश्वरले धैर्यता प्रदान गर्ने शक्ति प्रदान गरुन।

[पाहुना ब्लगरका रुपमा माइसंसारका पाठकले लेखेको यो ब्लग बिना सम्पादन प्रस्तुत गरिएको हो। तपाईँ पनि आफ्नो सामग्री यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]

6 thoughts on “अलबिदा श्रीकृष्ण तिमीलाई”

  1. Prabhat says:
    August 15, 2014 at 1:15 pm

    महेंद्रजी,
    तपाईले कहा र के सुन्नु भयो त्यो त मलाइ थाहा छैन तर मैले कूनै पनि पत्रिका वा समाचारमा स्वेता नायक श्री कृष्णको मृत्यु हुदा उसको साथमा थिएन वा नेपालमै थिइन् भन्ने पढेको वा सुनेको जस्तो लाग्दैन , एक पल्ट गुगल गरेर हेरे यहाको भ्रम हट्ने थियो होला .
    दोश्रो ” स्वेताको जीवनमा फेरि पनि नया बिहानी संगै औसीको रात चिर्ने सुर्यको किरण आवोस बस यहि कामना गर्न सक्छौ हामि दर्शक भएर। ” भनेर सयाद लेखकले त्यो दुखको घडीलाई भुलेर जीवनमा नया ज्योति सुर्यको किरणको रुपमा आएको भनेको जस्तो लाग्छ, कहिँ कतै पनि औसीको रातमा वहाको स्वर्गबाश भएको भनिएको जस्तो लागेन . म लेखकलाई चिन्दिन तर वहाको भावनाको कदर गर्छु, यो लेखमा वहाले श्रदान्जली अर्पण गरेर आफ्नो भावणा व्यक्त गरेको जस्तो छ , यो कुनै साहित्यिक लेख रचना होइन जस्तो लाग्छ र ब्याकरण र भाषागत त्रुटी मात्र खोदल्नु , सहि हो जस्तो लागेन . यो लेख पढेर अर्का कमेन्ट लेख्नेले पूर्वाग्रह राखेर भने जस्तो “बालुवा नै बालुवा मिसिएको हलुवा खाएजस्तो हुन्छ, ” मलाइ त त्यस्तो केहि लागेन , ब्लग लेख्दा साहित्य लाइ भन्दा भावना लाइ महत्व दिनु पर्छ , सबै ब्लग लेखी साहित्य होइन , आफ्नो भावना प्रस्फुटित गर्ने माध्यम हो , जो अहिले को चल्ती वेबसाइट हरुलाई हेर्दा र युनिकोडमा लेख्दा केहि त्रुटी हुनु स्वाभाविक हो तर यसले अर्थको अनर्थ भने पुरै लाग्नु हुदैन भन्ने मेरो बुझाई छ , मैले पनि लेख्दा लेख्दै धेरै सच्याउन नसक्ने सब्दहरु टाइप भइ रहेको अनुभव गरेको छु .
    त्यसैले कसैको भावनालाई भाषागत त्रुटी देखाएर निरुत्साहित गर्नु ठिक होइन, बरु मित्र यहाको एउटा राम्रो रचना ” युनिकोडमा शुद्ध नेपाली कसरि लेख्ने ?, ब्लग कसरि लेख्नु पर्छ ? भन्ने बारेमा एउटा लेख यहि माइ संसारमा प्रकाशित गर्नु भए , धेरै को भलो हुने थियो होला. नत्र भविस्यमा कसैले आफ्नो विचार मनमा लागेका कुराहरु लेख्न समेत हिच्किचाउलान भन्ने डर लागेको छ . यहाको सधै भलो होस् ” please be positive” “We can complain because rose bushes have thorns, or rejoice because thorn bushes have roses.” ― Abraham Lincoln सयाद मेरो कुरा बुझ्नु भयो होला ??
    एक फेर आफ्नो कमेन्ट हेर्नु होला – किन यहाहरु दुवै जनाको कमेन्टमा ” मन परे हरियो नपरे रातो !” भन्दा रातो मात्रै आएको होला त्यो पनि सोचे राम्रो होला हैन र ?

    Reply
  2. Subash Timalsina says:
    August 13, 2014 at 9:28 pm

    विद्वान हरुलाई आफु विद्वान छु भनेर आफुलाई चिनाउन हो कमेन्ट मा भाषा गत त्रुटि देखाएको ? लेखक लाइ द्वोष देखाउन जत्ति सजिलो हुन्छ त्यति सजिलो हुदैन लेख लेख्न भनेर कसले बुझाइदेला यिनीहरुलाई !!

    Reply
  3. Mahendra says:
    August 13, 2014 at 2:44 pm

    लेखकजी,
    मैले सुने अनुसार, स्वेत खड्का श्री कृष्णको इहलीला समाप्त हुँदा नेपालमा नै थियिन, पछि खबर पाएपछि दिल्ली गएकी हुन् |
    अर्को कुरा, श्री कृष्णको स्वर्गवास जनै पुर्णिमाको एक दिन अगाडी भएको हो, कुनै औंसीको रात वा अन्धकार थिएन आकाशमा | अलिक नेपाली क्यालेन्डर पनि हेरेको भए हुन्थ्यो कि ? नत्र आकाशतिरै हेरे पनि देखिन्थ्यो उज्ज्यालो | कि यताको पूर्णिमा अमेरिकामा औंसी भयो ?
    भाषाको के कुरा गर्नु, तपाइंले नेपाली भाषाको त खिचडी नै बनाउनु भयेछ | शिमला लाइ सिमला, पीडा लाइ पिडा, चाहना लाइ चाहाना, विवाद लाइ बिबाद, हामी लाइ हामि, अझ कति भनौं | हिन्दी वेबसाइटहरुमा पनि युनिकोड नै प्रयोग हुन्छ तर उनीहरुको भाषा प्रयोग र टाईपिङ्ग कति शुद्ध हुन्छ, व्याकरण सुन्दर हुन्छ भनि रहनु पर्दैन, पढे पुग्छ | लेख्ने रहर त पूरा गर्नु भो, यसो राम्रो लेखनतिर पनि ध्यान दिनु हुनेछ भन्ने अपेक्षा गरौँ कि ?

    Reply
  4. Sanjeev says:
    August 13, 2014 at 6:25 am

    यो लेख र यसभन्दा अघिल्लो सुमन बरालको लेखमा पनि थुप्रै भाषागत त्रुटिहरू छन्। सालोक्यजी, तपाईंले सम्पादन गर्न भ्याउनुहुन्न भने लेखकलाई विनम्रतापूर्वक ‘तपाईंको लेख छाप्न योग्य त छ, तर कृपया कोही साथीभाइको सहयोग लिएर भए पनि यसलाई शुद्ध भाषामा लेखेर पठाउनुहोला’ भनेर फिर्ता गर्नेतर्फ पो सोच्ने हो कि?

    बालुवा नै बालुवा मिसिएको हलुवा खाएजस्तो हुन्छ, यस्ता लेखहरू पढ्दा।

    Reply
  5. punam shakya says:
    August 13, 2014 at 12:02 am

    श्रीकृष्ण को आत्मा ले चीर शान्ती पाओस भनि कामना का साथै शोकाकुल परिवार लाई हार्दिक समबेदना प्रकट गर्दछु !
    श्री पुनम शाक्य , एल सेरिटो कैलिफोर्निया

    Reply
  6. subash Timalsina says:
    August 12, 2014 at 11:14 pm

    श्री तिमिलाई कति पिडा भयो होला ८६ बर्षीय बुढि आमा नव विवाहित दुलही स्वेता साथै नाताकुटुम्बहरुलाई सम्झि मृत्यू सैयामा बस्नु पर्दा !! तिम्रो आत्मा को शान्ती एबम शोक संतब्द परिवार प्रती भगवान ले धैर्य धारण् गर्ने क्षमता प्रदान गरुन ! ……

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme