Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अपराधी मारेर अपराध मर्दैन

Posted on August 12, 2014 by mysansar

-सुमन बराल-

कुनै पनि मान्छे मर्नु-मारिनु आफैमा दुखद कुरा हो। कसैको मृत्युलाई हर्ष-उल्लास र उत्सवको रुपमा लिइनु मानव धर्म होइन। जनावर, पशु, पन्छि आदिको अधिकारको चर्चा चल्ने २१ ओउ सताब्दीमा एउटा मानिसको हत्या हुनु लाई राम्रो कदापी मानिनु हुदैन। कुनै पनी मान्छे बाच्न पाउने उसको नैसर्गिक अनि जन्म सिद्ध अधिकार हो जसलाई राष्ट्रिय अन्तरास्ट्रिय कानुनहरुले सुरक्छित गरेको हुन्छ। प्रकरण प्रहरी मुडभेडमा मारिएका भनिएको एमाले पूर्व नेता कुख्यात डन दिनेश अधिकारी (चरी) को हो। सामान्य अवस्थामा एउटा मानिस बाच्न पाउने अधिकार हुन्छ, तर मानिसले आफ्नु बाच्न पाउने अधिकार उपभोग गर्दा अरुले बाच्न पाउने अधिकारको पनी सम्मान गर्नु पर्छ। समाजका लाखौ मानिसलाई सुरक्षाको प्रत्याभूति दिन अपराधीको अपराध अनुरुपको राष्ट्रिय-अन्तरास्ट्रिय कानुनले सजायको व्यवस्था पनि गरेको हुन्छ।

चरी मारिनु भन्दा पनी प्रहरीले पक्डेर थप अनुसन्धान गरि कानुनी कारबाई गरेको भए -उसका थप संजाल र अपराधिक गतिविधिलाई रोक्न सफलता मिल्न सक्थियो र तेसै गरिनु पर्थियो। तर विभिन्न नेताहरुले डनहरुको संरक्षण गर्ने गरेकाले निरिह बनेका प्रहरी प्रसासनले जवाफी कारबाई गर्न नपाउने हो भने किन बोक्ने हतियार? किन चाहियो प्रहरी? एउटा गुन्डालाई प्रसय दिने राजनीतिक नेताहरु अनि समाजका बुद्धिजिबी भनौदाहरु रहे सम्म अपराध निर्मूलन होला?

नेपाल प्रहरीका अनुसार हत्या प्रयासको अभियोगमा फरार रहेका ‘कुख्यात गुन्डा’ दिनेश अधिकारी (चरी) बुधबार प्रहरीसँगको मुठभेडमा मारिए। आफूलाई पछ्याउँदै आएको प्रहरी टोलीमाथि गोली हानेका चरीलाई प्रतिकार फायर गर्दा मारिएको प्रहरीको दाबी छ। अब प्रहरीको कुरालाइ बिश्वास गर्ने की प्रहरी मुठभेडमा मारिएका डन चरीलाई प्रहरीले गैरन्यायीक हत्या गरेको भन्दै एमाले मूख्यालयमा दबाव दिन पुगेका उनका समर्थक तथा आफन्त र गुन्डाहरु लाई संरक्षण गर्ने सभासदहरु केपी शर्मा ओली, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, गुरु बुर्लाकोटी, धनवहादुर घलेहरुलाइ बिश्वास गर्ने? केपी शर्मा ओलीले डन दिनेश अधिकारी चरीको सुनियोजित हत्या भएको भन्दै निष्पक्ष छानविनको माग गर्नु जायज छ। एदी बस्ताबमै कुनै प्रहरीको व्यक्तिगत रिशिबीले मरिन्छ भने त्यो गलत हो। ओलीले चरी निर्दोष छन भनेका हुन् अथवा उनलाई प्रहरीले पक्डेर कानुनी कारबाई गरिनु पर्थियो भनेका हुन्? त्यो ओलीलाइनै थाहा होला। तर यो देशमा दिन दहाडै एउटा न्यादिशको गोलि हानी हत्या गरिन्छ, प्रख्यात डाकटर र ब्यापारीहरु अपहरित हुन्छन, एउटा संचारकर्मी सुरक्षित भनिने राजधानी काठमाडौँको सडकमा मरिन्छ। तर यो देशका संसदले सर्वदलीय संसदीय समिति वा अन्य निष्पक्ष छानबीन समिति गठन गर्नुपर्छ किन भन्दैनन? हाम्रो मुलुकमा सामान्य मान्छेको हत्या हुदा छानबिन गरिन्छ तर राज परिवार मारिदा किन गरिएन? पटक पटक सत्तामा पुग्दा एमालेले जननेता मदन भन्डारिको रहस्यमय हत्याको छानबिन किन गरेन?

एउटा मानिस कसैले पनी मार्नु हुदैन, प्रहरी ले पनी नियोजित ढंग ले मार्नु हुदैन। तर हाम्रा नेताहरु किन केवल कुख्यात अपराधी , तस्कर हरु लाई मात्रै संरक्षण गर्छन? हजारौ सर्बसाधारणको हत्या अपराहद अभियोगमा फरार हुने हरुलाई किन आसय दिन्छन? देशको नीति निर्माड तक्मामा बसेर लोकतन्त्रमा यसै गर्ने हो? सुनियोजित हत्या हो, सर्वदलीय संसदीय समिति वा अन्य निष्पक्ष छानबीन समिति गठन गर्नुपर्छ भनेका ओलीले अब आफुले छानेर लगेका बिबाधित न्यादिश प्रयोग गरि जवाफी कारबाईमा आफ्नु अत्मरख्स्य गर्न पाउने अधिकार प्रयोग गर्ने प्रहरीहरु लाईनै निलम्बन गर्ने?

मुडभेडमा कुनै एउटा फरार अपराधी मरिन्छ। उसका समर्थक बिरोध मा उत्रिन्चन, गृहमन्त्री भवन घेर्चन र नेताहरु छानबिन हुने प्रतिबद्दता जनाउछन्। एस्तो देशमा अपराध उन्मुलन होला? प्रहरीले जोखिम मोलेर समाजमा डर, त्रास उत्पन्न गराउने सत्रुलाई पाकडिन खोज्दा मारियो-एस्लाई प्रोत्साहन गरेर प्रहरीको मनोबल बडाउने की प्रहरीलाई बदनाम गरेर देशमा अपराध मोउलाउन दिने? एउटा डनलाइ संरक्षण गर्दै संसद चल्न दिन्न भन्दै गर्दा एउटा एस्तो सभाषद छैन हाम्रो देशमा जसले अपराध अनि अपराधीलाई प्रसय दिने सभाषदलाई पनी कारबाई गर भन्न सकोस? अनि चरी मारिनु हुदैन, उसले बाच्न पाउने अधिकार थियो भन्ने हरुले चरीजस्ता गुन्डाहरु द्वारा अपराहित र हत्या गरिएका हरुको बाच्न पाउने अधिकार हनन भएन, कि तिनीहरु कुकुर बिरालो सरह मारिदा पनी केहि हुदैन? के चरीले गरेको भनिएको ७ फाइरिङ्गले प्रहरी मारिनु राम्रो हुन्ह्यो त? एदी मारिएको भए , छोरा छोरि टुहुरा हुन्थे, श्रीमती विधवा।

प्रहरी जवान मरेको भए, केहि दिन फरार भन्दै संरक्षित हुन्थे, कतै जेल केहि दीन चलान भैहाले पनी, निर्दोष साबित गरि फुल-माला सहित सहर परिक्रमा गरेर स्वागत गरिन्थियो। उनीहरुको निम्ति बोल्ने को हुन्थे? जनताको जनधनको रक्ष्याको निम्ति खटिने निर्दोष प्रहरीहरु मार्ने चरी जस्ता गुन्डा नपक्डे सम्म संसद चल्न दिन्न भन्थे हाम्रा संसदहरुले? निर्दोष छान बिन आयोग गठन होस् भनि ओली उफ़्रिन्थे? चरीलाई पक्दिनु परो भनेर जनता गृहमन्त्री भवन घेराउ गर्न जान्थे? जादैनन् -के हाम्रो देशमा न्यायमा बिश्वास गर्ने , अनि अपराध लाई प्रोत्साहन दिनु हुदैन भन्ने जनता नै नभएको हो त? छन् भने चरी जस्ता अपराधीहरुलाई संरक्षण गर्ने नेतालाई किन बारबार जिताऊछन् ? मानिसले गल्ति २ पटक गर्न सक्छ, तर एउतै गल्ति पटक पटक गरिरहनु जगन्य अपराध सरह हो। सधै भ्रस्ट अनि गुन्डाहरु लाई संरक्षण गर्ने गुन्डाका नाइकेहरु लाईनै जिताउने हामी जनता कसरि इमान्दार अनि असल?

काठमाडौं प्रहरी प्रमुखको राजीनामा माग गर, संसद चल्न नदेयो, जवाफी कारबाई गर्ने प्रहरीलाई दण्डित गर्दै निलम्बन गर। अनि अब चरीलाई सहिद घोसणा गर्न शक्ति प्रदशन गर। चरीका समर्थकहरु अनि तिनलाई संरक्षण गर्ने नेता हरुले रमेश खरेल, डा. उपेन्द्र देवकोटा, डा. भगवान कोइराला, डा. गोविन्द केसी, महाबिर पुन लगायतका देशको निम्ति आफ्नु सम्पूर्ण योगदान दिएर देश बिकाश गर्नेलाइ जेलमा थुन अनि गणेश लामा, चक्रे मिलन लगायतका राष्ट्रका गहनाहरुलाई सम्मान गर्दै बाकी मनोनित हुने २६ सभासद बनाएर देश समाल्न सरकारको जिम्मा किन नदिने? चरी भन्दा त ति नेता झन् ठुला अपराधी हुन्। तिनले खटाएको, अराएको काम गर्ने न हुन चरीहरु, तेसैले अपराध हटाउने हो भने चरीलाई होइन तिनलाई प्रयोग गर्ने नेताहरुलाई कठालो समातेर कठ्घारामा उभ्याएर कानुनी कारबाई गर्नु पर्छ। तेस्को निम्ति न्यायप्रेमी जनताले दबाब दिनु पर्छ, अत्मारक्ष्यको निम्ति गोलि चलाउने प्रहरी होइन, गुन्डालाई संरक्षण गर्ने नेतालाई जेल चलान हुनुपर्दछ। तर भ्रस्टाचार र अपराधको सजाय पाएर जेल बाट निस्केका अपराधीलाई फुलमालाले ठुलो युद्ध जितेर आए जसरि सम्मान गर्ने समाज हुन्जेल यो देश को बिकाश होला ? अपराध घट्ला?

संसद राजेन्द्र पाण्डेले भनेझै नागरिकलाइ बाच्न पाउने अधिकार छ, अनि अपराधी (चरी) पनि मान्छे हो र बास्तबमै गुण्डालाइ मार्ने हैन, गुण्डाहरलाइ प्रहरीले पक्डेर अनि तिनलाई पालान , पोसान अनि संरक्षण गरेर राजनीति गर्दै आएका गुण्डाका नाइकेहरुलाइ पनि पक्डेर अनुसन्धान गरि कानुनी कारबाई गर्नु पर्थियो. यो देशमा जीवनजल, सिटामोल नपाएर मर्नेको पनि बच्ने अधिकार हुदैन? सुत्केरी बेथाले मर्ने, चिसो र सित लहरले मर्ने, बोक्षीको आरोपमा मर्ने, गैरजातीय बिबाह गरेका मारिने, बडी-पहिरो बाट मर्ने हरुको बच्न पाउने अधिकार छैन? चरीको प्रेम कथा कति सुन्दर भन्ने हरुले उनले टुहुरा अनि बिदुहा बनाएका हरु को प्रेम कथा थिएन? झडप हो भने कुनै प्रहरीलाइ किन गोलि लागेन भन्ने संसदलाइ अब इमान्दार पोलिसले बुट बजारेर सलाम ठोक्न सक्छन? पाण्डेले “प्रहरी आफुले छोड्न मन लागेको बेला पैसा खाएर छोडछ” भनेर रमेश खरेलले चर्चा गरेको प्रहरी बडूवामा हुने घुस प्रकारड पुस्टि गरेनन?

प्रहरीलाइ राष्ट्रिय अन्तरराष्ट्रिय कानुन भित्र बसेर जवाफी कारबाई गर्ने अधिकार हुन्छ। समाजलाई सुरक्षा दिने प्रहरीले आफ्नु आत्मारक्षा गर्न पाउँछ। एदी कुनै अपराधीलाई जवाफी कारबाई गर्न प्रहरीले नपाउने हो भने किन प्रहरी चहियो? प्रहरी कार्यालय,जेल, अधालत किन चहियो? सबैले बाच्न पाउने अधिकार छ भन्दै तेस्को अपब्याख्या गर्ने हो भने, सबै जेल खाली गरिदिए हुन्छ।

अन्त्य मा बाच्न पाउने सबैको अधिकार सम्मान सबैले गर्नु पर्दछ। कुनै एक अपराधीको मृत्युले सम्पूर्ण अपराधिक गतिविधि घट्दैन । अपराधी मारेर अपराध मर्दैन। तेसैले अपराधीलाई मार्नु भन्दा . अपराधी किन र कसरि बन्छन; अपराध कहाँ, कसरि अनि किन हुन्छ भन्ने कुरा बुजेर अपराधिक गतिविधिलाइ जरै बाट उन्मुलन गर्ने प्रयास गर्नु पर्छ ताकी समाजमा अपराधी मौलाएर नजाउन। तेस्को निम्ति इमान्दार नेत्रित्वो, जागरूप जनता हुनु पर्दछ। अनि सबैले आफ्नु ठाउँ बाट चरीजस्ता समाजक गुन्डा अनि तिनको संरक्षण गर्ने-गराउने गुन्डाका नाइकेहरुलाई निरुत्साहित गर्नु पर्दछ, बहिस्कार गर्नु पर्दर्छ- सुभकामना

[यो ब्लग सम्पादन बिना जस्ताको तस्तै प्रकाशन गरिएको हो]

24 thoughts on “अपराधी मारेर अपराध मर्दैन”

  1. tirtha says:
    August 14, 2014 at 1:46 pm

    सुमन बराल जी,
    मलाइ याे तपाइकाे सही बिचार र बिश्लेषाणले मन छाेयाे । देश र जनतामारा नेता भनाउदाहरूलाइ याे गतिलाे प्रहार हाे । यस्ता नेताहरूलाइ जेलमा सडाउने हिम्मत गरिनुपर्छ । अपराधीहरूकाे संरक्षक यिनै नेताहरू हुन भन्ने कुराकाे गतिलाे प्रमाण हाे याे । यस्ता अपराधिक नेताहरूबाट कसैले केहीकाे अाशा नगरेहुन्छ । एमाले अध्यक्षले नै याे कुरा बाेलेपछि एमाले कस्ताे दल हाे भन्ने जनतामा के छाप पर्रयाे । यसाे भन्दा एमालेका इमान्दार नेता र कार्यकर्तामा नमीठाे लाग्छ नै त्यसैले एमालेका यी इमान्दार नेता र कार्यकर्ताहरूले साेच्ने बेला अएकाे छ अाफ्नाे दललाइ जनता र देशकाे पहरेदार दल बनाएर अपराधीहरूकाे उन्मूलनल गर्ने दलकाे रूपाम प्रतिस्थापित गर्ने । मैले मलाइ याे लेखकाे मन परेकाे बाट धेरै बढी मन परेकाे अनच्छेद कपि गरेकाे छु.

    “काठमाडौं प्रहरी प्रमुखको राजीनामा माग गर, संसद चल्न नदेयो, जवाफी कारबाई गर्ने प्रहरीलाई दण्डित गर्दै निलम्बन गर। अनि अब चरीलाई सहिद घोसणा गर्न शक्ति प्रदशन गर। चरीका समर्थकहरु अनि तिनलाई संरक्षण गर्ने नेता हरुले रमेश खरेल, डा. उपेन्द्र देवकोटा, डा. भगवान कोइराला, डा. गोविन्द केसी, महाबिर पुन लगायतका देशको निम्ति आफ्नु सम्पूर्ण योगदान दिएर देश बिकाश गर्नेलाइ जेलमा थुन अनि गणेश लामा, चक्रे मिलन लगायतका राष्ट्रका गहनाहरुलाई सम्मान गर्दै बाकी मनोनित हुने २६ सभासद बनाएर देश समाल्न सरकारको जिम्मा किन नदिने? चरी भन्दा त ति नेता झन् ठुला अपराधी हुन्। तिनले खटाएको, अराएको काम गर्ने न हुन चरीहरु, तेसैले अपराध हटाउने हो भने चरीलाई होइन तिनलाई प्रयोग गर्ने नेताहरुलाई कठालो समातेर कठ्घारामा उभ्याएर कानुनी कारबाई गर्नु पर्छ। तेस्को निम्ति न्यायप्रेमी जनताले दबाब दिनु पर्छ, अत्मारक्ष्यको निम्ति गोलि चलाउने प्रहरी होइन, गुन्डालाई संरक्षण गर्ने नेतालाई जेल चलान हुनुपर्दछ। तर भ्रस्टाचार र अपराधको सजाय पाएर जेल बाट निस्केका अपराधीलाई फुलमालाले ठुलो युद्ध जितेर आए जसरि सम्मान गर्ने समाज हुन्जेल यो देश को बिकाश होला ? अपराध घट्ला?”

    Reply
  2. Shankar says:
    August 14, 2014 at 1:15 am

    समाज का खुमरे किरा हरु सखाप पार्नु उत्तम कर्म हो , जुन पुलिस ले हात बाट सायद न जानी न जानी हुन् गयो ( सरकार को अनुसार )|

    तर ओली बामदेब को शक्ति साली गठबन्धन को बेला मारिनु के रहस्य मे छैन ? किनकि ओली ,राजेन्द्र पाण्डे आदि का पाल्तु भनेर चिनिन्थे मारिने व्यक्ति |

    हल्ला गुल्ला सुने अनुसार बास्तबिकता चै चरी लाइ काजु मिठो न लागेर गैडा को सिङ्ग समाउन गएको थ्यो रे |

    Reply
  3. ekraj says:
    August 13, 2014 at 5:36 pm

    यो ब्लग मा कमेन्टमा धेरै कमेन्ट हरु नेपाल का सत्ता चलाउने र पार्टी चलाउने हरुलेनै धेरै अपराधीहरुलाई सम्रख्श्याँ दिएका छन् भन्ने कुरा घाम जस्तै छर्लंग छ| यहा केपी ओली जस्ता लाई डन हरुलाई कारबाई हुनु पर्छ भन्ने कुरामा धेरै जन सदरणहरु सहमत पनि हुन्छन|
    तर एहाँ नेतालाई दोषी देख्ने कमेन्ट हरुमा समर्थन गर्न हरिओ औंठा मा भोट हाल्न कन्ट्रोल गरियो जस्तो लाग्यो|
    के डन को धम्कि एहाँ सम्म आइ पुगोकी केहो?

    Reply
  4. kamal says:
    August 13, 2014 at 5:34 pm

    अहा गुण्डा मर्यो भनेर खुशीले न उफ्र
    खास के कुरा हो चिन्तन गर
    आजका डन गुण्डा – हिजोका कुण्डले मण्डले
    हिजो गर्थे पंचायत को नाममा, आज गर्छन प्रजातन्त्र को आडमा
    भ्रस्ट हिजो भ्रस्ट आज
    औषधि गर्न गयो विदेश एउटा गुण्डाको पोषक
    मौका छोप्यो अर्को डनको पोषकले
    मौकामा चौका – competition त कम हुने भयो
    खाग तस्करी र रुख कटाई अनि बालुवाको ठेक्का
    अब अर्को डनको मुखमा अनि त्यसको रक्षक को गोजीमा

    – रक्षक र राक्षस —- शब्द पनि केहि लवज ले मात्र भिन्न छन
    को रक्षक र को राक्षस ? बुझ

    Reply
  5. Dal Bahadur Tamang says:
    August 13, 2014 at 5:21 pm

    चरी मर्दा यत्तिका धेरै मानव अधिकार बादीहरु सके सबै तिनै चरिका अरौटे भरौटे होला। नत्र किन खोतल्छस एइ पत्रकार अरु काम पाईनस? जस्ले जस्तो कार्य गर्छ त्यस्ले त्यस्तै सजाय भोग्छ । खै पुलिसले अरु सर्बसाधरण त मारेको छैन त्यै चोर लुटेरा मार्दा तिमेर पित्त दुख्ने के कारण छ जाओ जेनेभामा अब चरिको न्यायको लागि न्याय खोज्न जाँठाहरु काम पाउदैनस लेख्छस।

    Reply
  6. Vijay dai says:
    August 13, 2014 at 5:07 pm

    प्रहरीले जेगर्यो ठिक गर्यो .नेता चरीकोबारेमा कुर्लियेकाछान इनिहरुपनी पहिला गुण्डा नैहोलान तेसैले चित्तबुझेकोछैन गुन्देनेताहरुलाई. अझै मानव अधिकारका कुरा रटेर नथाक्ने हरु चरीले सकेसम्म धम्काएर लुट्ने नमाने सांघातिक हमला गरेर लुट्दा काहाथियो इचोर बिराला समुह. जनता होशियार हुनुस अब आउनेचुनाउमा यो ठुलापाटिकानेताले भोट माग्दा दिएनभने इनैले गोलिठोकिदीनसक्छन इ बदमास नेताभनाउदाले .

    Reply
  7. bibek dhakal says:
    August 13, 2014 at 4:07 pm

    अपहरणकारी, बलात्कारी, लागु औसध तस्कर, जीव जन्तु तस्कर र चरी जस्ता सामाजिक किरा हरुको हकमा मानव अधिकार लागु गर्नु मानव अधिकार को बिपरित हुन्छ भन्ने मअलाई लाग्छ

    Reply
  8. krishna says:
    August 13, 2014 at 2:14 pm

    सैदान्तिक रुपमा ठिक होला तर ब्याबहरिका मा कहिले कहिँ त्यसो पनि गर्नु पर्ने जस्तो देखिन्छ ..जति जेलमा हुल्यो बाहिर को बाहिर भएसी ?
    राजेन्द्र पाण्डे , बुर्लाकोटी , घले वोली आदिले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने हो क्यार ….

    Reply
  9. ambika says:
    August 13, 2014 at 9:25 am

    सुद्दा शुद्धि हेरेर हाल्नु पर्नेमा नहेरी हालिएको रहेछ । त्यसैले पढ्न जागर चलेन

    Reply
  10. Surungi Magar says:
    August 13, 2014 at 9:13 am

    डन हरु लाई संरक्षण गर्ने सभासदहरु केपी शर्मा ओली, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, गुरु बुर्लाकोटी, धनवहादुर घलेहरुलाइ पो कारबाही गर्नु पर्ने होइन र अब?????

    Reply
  11. डिल्ली says:
    August 13, 2014 at 8:28 am

    “चरी” निसन्देह सामजकै उपज हो र अझ भन्नु पर्दा चरी दुषित राजनीतिको उपज हो । चरी देखिएको आवरण बोकेको गुण्डा थियो भने राजनीतिज्ञका आवरणमा अपराधी गुण्डाका सरदार नेता र सभाषदहरू हुन् । खड्क वली आफैँ पनि झापामा टाउको काटेर राजनीतिज्ञ बनेका हत्यारा हुन् जगत जाहेर छ । उनको राजनीतिको शुरू जसरी भयो त्यो हत्यारा प्रवृत्ति कहीँ न कहीँ उनको मगजमा घुमिरहेको होला । त्यसैले त्यस्तै छिनाउने मार्ने हान्ने जस्ता साँढेहरू उनको आसपासमा छन् । महेश बस्नेत, पर्शुराम बस्नेत, मरिसकेका चरी डन खड्काम्रेडकै सेरो फेरोमा नाचे वा नाचिरहेका छन् । वामदेव-प्रदिप नेपाल परिचालित चक्रे वा एमाले परिचालित नै बाहुन डन सबै एमालेका प्रखर डनहरू हुन् । महा-डनहरू खड्ग वली, राजेन्द्र पाण्डे, बुर्लाकोटी, तुलाधर आदि इत्यादि सबै राजनीतिका खोलभित्रका महा-डनहरू हुनपुगे । यी सर्वहारा परिचालित करोड वा अर्वपति यी डनहरू सर्वहारा राजनीतिको मेरुदण्ड बनिरहेको छ ।
    यो अवस्थामा कानुन पालन कस्ले गर्ने ? पुलिसले ज्यान माया मारेर पक्रन्छ । नेताले जुलुस लगाएर फूलमाला पहिर्याएर जेल छुटाउँछ । पहुँचविहीन सर्वसाधारण मारिन्छ डनको हातबाट, अपहरित हुन्छ वा लुटिन्छ । चुनाव जिताउने राजनीतिक अस्त्र यस्ता डनहरू परिचालन गर्न सके जनताले भोट दिए पनि के नदिए पनि के सक्नेले जितिहाल्छ ।
    जनताले चुनाबमा भोट दिएर जिताए खराबलाई नै जिताए पछि ….. भन्ने जुन आरोप देखिन्छ जनताको नाममा डनले भोट दिन्छ । भोट नदिए भोट दिने हात हो कि कस्लाई भोट दिने भनेर सोच्ने टाउको छुट्टिन्छ भने निरिह जनताले के गर्ने भोट दिने कि आफ्नो वा आफ्नाको टाउको दिने भन्ने स्थिति विहारी शैली चुनावको शुरुवातले झस्काउन थालेको छ । अपराधी जोगाउन दिलोज्यान दिएर लाग्ने नेतालाई नै मृत्यु दण्ड दिने कानुन बनाउनु आवस्यक हो कि ! तर के बनाउँथे नीति निर्माता उनीहरू नै त परे ।

    Reply
  12. harry bhattarai says:
    August 13, 2014 at 8:05 am

    ठिक हो,
    ठोक्ने पर्छ
    अपराधी lai
    अनि तिनी हरु का नाइके नेता भनौदा lai नि
    जेल अलि ठुलो बनाउनु परेको छ .

    Reply
  13. xyz says:
    August 13, 2014 at 7:47 am

    The issue here is a clash between mind and heart. The mind says what is right and what is wrong. The heart says what you like and don’t like. Those who are pleading on behalf of Gunda Chari are speaking their mind and those who are heralding the actions of Nepal Police are speaking from their heart. Clearly, we have a situation here – the heart is winning over the mind – emotions winning over the rationality. Obviously, this is not a good a situation yet there is no alternative to Nepali populace.

    Reply
  14. गगने says:
    August 13, 2014 at 4:31 am

    अपराधि मारेर अपराध मर्दैन,
    तर कुनै कुनै अपराधीलाई मार्दियो भने अपराध नमरे पनि अपराध बढ्दैन जुन तिनीहरुलाई छाड्दा र जिउदो राख्दा बढ्ने सम्भावना हुन्छ!
    यो कुरा सत्य हो तर चरीको हकमा कतिलागु हुन्छ चाहि ठ्याक्कै भन्न सक्दिन!

    Reply
  15. गोकुल पाण्डे says:
    August 13, 2014 at 3:42 am

    लाखौ जनता मरेर ल्याएको लोकतन्त्रिक गणतन्त्रिक संविधानको दुई पटक हत्या भ ई सक्यो त्यसको कसलाई चिन्ता छ र तर एउटा गुण्डा मर्दा नेताहरुलाई यत्रो चिन्ता???

    Reply
  16. Lax zeal says:
    August 13, 2014 at 3:29 am

    हात्ती र हात्ती छाप उस्तै उस्तै हुन,भने जस्तो हो चरी र बिचरी को, सानो कॉमेंट गर्दा 25 दिन यातना दिने पुलिश प्रसासन ले यो चरी को भरौटे लाई के ही गर्ने आट छैन की कसो?

    Reply
  17. Fugyaljen says:
    August 13, 2014 at 2:37 am

    आपराधी मरेर आपराध निमुॅल हुदैन भन्ने कुरा सरासर ग़लत हो।

    Reply
  18. Babu says:
    August 13, 2014 at 1:43 am

    धेरै ताली बजायेउ साथीहरु चरीको मृत्युमा , मलाई थाहा छ ९९.९ मान्छेहरु खुसि नै छन्, तर याद राख्नु राज्यको पुलिश , कानुन , अदालत कसैले न्याय दिन नसकेको दिन तिमेरु सबैको अन्तिम भरोशाको बिन्दु भनेको बार , मानव अधिकार कर्मी र उनि हरुबाट नि नभए अन्तर रास्ट्रीय अदालत वा संयुक्त राष्ट्र संघ गुहार्ने छौ, आफुलाई परेको दिन थाहा पाउछौ , यहाँ करिब १० प्रतिशत मान्छे माओबादी द्वन्दको बेला आर्मी पुलिश बाट प्रताडित नि छौ होला, मान्छेलाई गैर न्यायिक थुनामा राखी टर्चर गर्ने हाम्रै आर्मी अफिसर कुमार लामाको कथा त थाहै छ, अपराधि जति सबलाई गोलि ठोक्ने भए किन चहियो अदालत र जेल, दर्जन मान्छे मारेको शोभ राज त नेपालमा आरामको जेल जिबन बिताउदैछ भने चरी ले त कुनै मान्छे मारेका थिएनन् , नत्र शोभ राज लाइ नि ठोक्दे हुन्छा गोलि ! चरी हत्या यसै सेलाउने वाला छैन! नेपालको कानुन माथि राखिएको राजा ज्ञ्यानेन्द्रले त बिरेन्द्रको सन्तान मर्दा छानबिन आयोग गठन गरेका थिए भने जनताको सेवक पुलिशले चरी घटनामा छानबिन आयोग गठन गर्न किन डराउछ? मुठ भेट्नै हो भने तेही सत्य सार्बजनिक गरन त ! अबत सारा सबुत नस्ट गर्ने , सरुवा गर्ने, तेस दिनको ड्युटी मा नाम बदल्ने सबै काम सक्यो होलाता !

    Reply
  19. prakash_Edmo_canada says:
    August 13, 2014 at 1:35 am

    अपराधी मारेर अपराध मर्दैन – तर बन्दु कम चाही अबश्य हुन्छ ! आज को संसार मा अपराद बन्द गर्न सकिदैन यो त कम गरिने मात्र हो |

    Reply
  20. karbir says:
    August 13, 2014 at 1:19 am

    सबै कुरा चित्त बुझ्यो र हामि पनि कानुनि राज्यको पक्छेमा छौ यो एसएस पी रमेश खरेल, डा. भगवान कोइराला, डा. गोविन्द केसी, महाबिर पुन को बीचमा यो ब्यापारी डा. उपेन्द्र देवकोटा कहाँ बाट आयो ? अलि बुझेर लेख्ने कि ?

    Reply
  21. Bishnu Pantha says:
    August 13, 2014 at 12:16 am

    यी नेताहरु पनि त पहिला चरी नै थिए नि, चरीलाई मार्ने कोहि निस्कियो ,त्यो मोर्यो / यी नेताहरुलाई कसैले केहि गरेन आज नेता बने, चरी पनि नामोरेको भए केहि बर्समा मन्त्रि भैहाल्थ्यो नि/

    Reply
  22. सिर्जने says:
    August 12, 2014 at 11:43 pm

    सुमनजीले कानुनि राज्यको वकालत गर्नुभो, धन्यबाद/ चित्त बुझेको कुरा “जनताको जनधनको रक्ष्याको निम्ति खटिने निर्दोष प्रहरीहरु मार्ने चरी जस्ता गुन्डा नपक्डे सम्म संसद चल्न दिन्न भन्थे हाम्रा संसदहरुले?”
    लेख अलि लामु भयो, प्रचण्डको कुन्नि केजाति बाद जस्तो हो पनि होइन पनि जस्तो कुरा लेख्नुभा’को छ धेरै ठाउमा /
    प्रहरी र नेता दुइटैले आफ्नु बिश्वसनियता गुमाइसकेको हुनाले कसको कुरा पत्याउने भन्ने चै मैले अहिले निर्णय गरेको छुइन, हेर्दै जाउ कस्तो काम गर्दै जान्छन / मुख्य कुरो कानुनको पालना सबै पक्ष्यबाट हुनुपर्यो /

    Reply
  23. Prakash koju says:
    August 12, 2014 at 11:43 pm

    सुरुङ भित्र लुकेर बसेका सद्दाम हुसेन लाई पक्रेर फाँसी दिन्दा , ( मुठ्भेद भएको थिएन ) कोइ नागरिक अधिकार्कर्मी बोल्यो ? नागरिक अधिकार कर्मी अमेरिकाका पाल्तु एजेन्टहरु हुन ।

    Reply
    1. ranzeet says:
      August 13, 2014 at 12:00 am

      एकदम ठिक कुरा गर्नु भो. चित्त बुझ्यो नेपाल को मानव अधिकार कर्मी भनेको आफ्नो घर मा आगो लगाएर जात्रा हेर्ने हरु हुन् .

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme