Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उच्च रक्तचाप, अल्प रक्तचाप

Posted on August 13, 2014August 12, 2014 by mysansar

blood pressure 2छाती छाम्यो भने पनि प्रस्ट थाहा हुन्छ, अझ कसैको छातीमा कान टाँसेर सुन्यो भने त ठूलै आवाजले धड्केको सुनिन्छ मुटु। हाम्रो बोलीचालीको भाषामा त्यसलाई मुटु चलेको भनिए पनि वास्तवमा त्यो मुटुले रगतलाई शरीरका विभिन्न भागमा पुर्‍याउनको लागि जोडले धकेलेको हो। हाम्रो शरीरका हरेक कोषले जीवित रहनको निमित्त आवस्यक पर्ने तत्वहरु जस्तै खाना, हावा आदि रगत मार्फत नै प्राप्त गर्दछन्।

मुटुबाट धकेलिएको रगत सुरुमा धमनी (Artery) मा जान्छ। त्यसपछि सिरा र केसीका (capillary) नामका नसाहरुमार्फत् शरीरका हरेक कोषमा पुग्दछ। धमनी भनेका मुटुसँग दायाँबायाँ जोडिएका नली जस्तै ठूला नसाहरु हुन् भने सिरा र केसीका भनेका धमनीसँग जोडिएका साना नसाहरु हुन्।

bloodमुटुले धकेलेको रगत दायाँतर्फको धमनीमार्फत् फोक्सोमा जान्छ भने दायाँतर्फको धमनीमार्फत धकेलिएको रगत सिरा र केसिका हुँदै शरीरका हरेक कोषमा पुग्दछ। नसाहरुलाई रगत हिँड्ने बाटाहरु भन्दा पनि फरक पर्दैन।

मुटुदेखि शरीरका हरेक कोषसम्म रगत पुग्ने प्रक्रियालाई चितवन सिंचाई योजनासंग दाँज्ने हो भने मुटु भनेको नारायणीबाट पानी तानेर मुहानको ठूलो नहरमा पानी पठाउने पम्प हो, धमनी भनेको मुहानको ठूलो नहर, सिरा भनेका शाखा नहरहरु, केसिका भनेका खेतसँग जोडिएका कुलाहरु, र हाम्रो शरीरका कोषहरू भनेका खेतका गराहरु हुन्।

मुटुले जोडले धकेलेको रगत धमनीहरु मार्फत् सही तरिकाले अगाडि जानको लागी धमनी पनि सही प्रकारको हुनु पर्दछ। धमनीलाई साइकलमा हावा हाल्ने पम्पमा जोडिएको रबरको नली (Pipe) संग तुलना गर्न उचित हुन्छ। पम्पबाट राम्रोसंग हावा पास हुनको लागि उक्त नली लचकदार हुनु पर्दछ, कडा हुनु हुँदैन अनि नलीमा कुनै फोहोर तथा कचडा जमेको वा पसेको हुनु हुँदैन। नली कडा भएको छ भने अथवा भित्र केही फोहोर छ भने पनि उक्त नलीबाट हावा त केही मात्रामा जान्छ तर पम्पलाई बढी बलले दबाउनु पर्छ।

त्यसरी नै धमनी पनि पर्याप्तमात्रामा खुला र लचकदार हुनु पर्दछ। यदि धमनी कडा भयो भने अथवा यसको प्वालमा कुनै कुराले साँगुरो बनायो भने मुटुले पनि बढी जोडले रगत धकेल्नु पर्छ। बढी जोडले धकेल्नु भनेको नै मुटुले सकिनसकी बढी काम गर्नु भनेको हो जसको कारणले ब्लड प्रेशर बढ्न जान्छ। धमनी कडा हुनुको मूल कारण नुन बढी खानु हो भने प्वाल साँगुरो हुनुको कारण बोंसो लाग्नु हो।

धमनीबाट राम्रोसंग रगत पास हुन नसक्नुको अर्को पनि असर हुन्छ। जसरी मुख्य तथा सहायक नहरहरू आवश्यक मात्रामा फराकिला र सफा नहुँदा खेतमा राम्रोसंग पानी पुग्न सक्दैन त्यसरी नै धमनी तथा सिरा र केसीका मार्फत पूर्ण स्तरको रक्त प्रबाह हुन नसक्दा शरीरका बिभिन्न भागका कोषहरूले चाहिँदो मात्रामा आवश्यक तत्व प्राप्त गर्न सक्दैनन्। त्यसो हुनु पनि शारीरिक असर नै हो।

रक्तचाप (Blood Pressure) दुई प्रकारका अंकको आधारमा नापिन्छ। माथिल्लो अंकलाई systolic भनिन्छ भने तल्लो अंकलाई diastolic भनिन्छ। systolic भनेको मुटु खुम्चिएको बेलाको धमनीको प्रेसर हो भने diastolic भनेको मुटुको धड्कनको दुई गतिको बिचमा मुटुले आराम गर्दाको प्रेसर हो। मानौं तपाइंको प्रेसर १२०/८० छ भने १२० systolic हो भने ८० diastolic प्रेसर हो। उपल्लो अंक १००=१४० र तल्लो अंक ६०-९० बिचमा छ भने त्यो रक्तचाप सामान्य हो। त्यो भन्दा बढी हुनु भनेको उच्च रक्तचाप (High Blood Pressure) को अवस्था हो भने कम हुनु भनेको अल्प रक्तचाप (Low Blood Pressure) को अवस्था हो। यदि रक्तचाप १२०-७५ छ भने त्यो एकदम राम्रो, आदर्श (Ideal) हो |

यसै कारणले रक्तचाप High अथवा Low हुन्छ भनेर ठ्याक्कै भन्न मिल्दैन। यो बंशाणुगत (Hereditary) पनि हुन सक्छ, र व्यक्तिले आफ्नो जीवन यापनको तरिका नमिलाउँदा पछि आर्जित (Developed afterwards) पनि हुन सक्छ। त्यस्तै मुटुको माम्सपेसीको तन्दुरुस्ती पन, धकेल्न सक्ने क्षमता, धमनीको कडापन, धमनीको साथै नासाहरुको फराकिलो पन, खानपान, धुम्रपान, सुरापानको मात्रा, शाररीक परिश्रम आदिबाट पनि प्रभावित हुन्छ।

High Blood Pressure तथा Low Blood Pressure दुवै हम्रोलागी खरब हुन्छन्। टाउको दुख्नु, नाकबाट रगत आउनु, स्वास फेर्न असजिलो हुनु, मुटु अस्वाभाभिक जोडले धड्कनु, आँखाले धमिलो देख्नु, अनुहार रातो हुनु, झड्याङ्ङ रिस उठ्नु, नाथ्रो फुटिरहनु, निद्रा नलाग्नु, आदि उच्च रक्तचाप (High Blood Pressure) का लक्षण हुन भने बिस्तारै टाउको दुखिरहनु, रिंगाटा लागेर लड़ला जस्तो हुनु, मुटुको धड्कन अचानक घट्नु या बढ्नु, वाकवाक लग्नु, दुबिधा हुनु, जतिखेर पनि निद्रा लाग्नु, आँखा धमिलो हुनु, कान टिन्न गर्नु, जराकजुरुक गर्दा अचानक बेहोस भएर लड्नु आदि रक्त अल्पता (Low Blood Pressure) का लक्षण हुन्।

निम्नकोटीको मधुमेह (Type-2 Diabetes) हुने ३०% र उच्चकोटीको मधुमेह (Type-1 Diabetes) हुने ८०% व्यक्तिलाई ढिलो वा चाँडो High Blood Pressure हुन्छहुन्छ। त्यसको अतिरिक्त मृगौलाको समस्या हुने, शरीरमा हार्मोनको ठिक अनुपात (Balance) नहुने, धुम्रपान गर्ने, मधपान गर्ने, Ideal weight भन्दा ५ किलो भन्दा पनि बढी तौल हुनेलाई, राती काम गर्नेहरुलाई, प्रयाप्त नासुत्नेहरुलाई, फलफूल र हरियोपरियो कम खानेलाई, तेल र बोसोयुक्त खाना बढी खानेलाई, नुन तथा मसला बढी खाने चलन भएका अफ्रिकी र दक्षिण एसियाली मुलका ब्याक्तिहरुलाई, शारीरिक परिश्रम नगर्नेहरुलाई, गर्भवती तथा गर्भनिरोधक चक्की प्रयोग गर्ने महिलाहरुलाई, ४० बर्ष कटिसकेका व्यक्तिहरुलाई High Blood Pressure हुने धेरै सम्भावना हुन्छ।

Blood Pressure बढ्यो भने मृगौला बिग्रिने, श्वासप्रश्वास तथा मुटु सम्बन्धि धेरै प्रकारका रोग लाग्ने, अन्धो हुने, हृदयघात हुने, मस्तिष्कको नसा फुटी मस्तिष्कघात हुने लगायतका जीवनलाई नै जोखिम पार्ने नराम्रा परिणाम हुन सक्छन्।

खानपानमा सुधार गरे, धुम्रपान र मदपान त्यागे, समस्या पर्दा पनि पृथ्वी नै पल्टेजस्तो गरी नभुट्भुटिई स्वाभाविकरुपले लिने गरे, हरियो चिया प्रसस्त पिउने गरे, बेलैमा र दिनको कम्तिमा ८ घण्टा सुत्ने गरे, शारीरिक परिश्रम गरे दुवै प्रकारको Blood Pressure नियन्त्रण हुन सक्दछ। दिनमा आधा घण्टा मात्र छिटोछिटो हिंड्यो भने पनि महिना दिन भित्रामा Blood Pressure मा धेरै नै सुधार हुन्छ। सकेमा र समय मिलेमा दिनमा १० हजार पाइला हिंड्ने हो भने त १ महिना मै Blood Pressure ठिक अनुपातमा आउँछ। औषधि नै खानुपरे पनि ढुक्कसाथ खानु पर्छ। औसधि खायो भने खाइराख्ने बानी पर्छ भन्ने भनाई धेरै नै सुन्न पाइन्छ, त्यो सरासर गलत कुरा हो।

[गौतमले हरेक साता विज्ञान ब्लग लेख्ने गर्छन्। पुराना ब्लग पढ्न यहाँ क्लिक गर्नुस्]

9 thoughts on “उच्च रक्तचाप, अल्प रक्तचाप”

  1. rajesh says:
    August 18, 2014 at 4:12 pm

    जानकारीमुलक लेखको लागि धन्यबाद उच्चरक्तचापको बारेमा अझै बढी जानकारी मुलक लेख पढ्न पाइयोस

    Reply
  2. सुगतश्री शरण says:
    August 13, 2014 at 5:09 pm

    यो बाहेक उच्च रक्तचाप सामान्य तुल्याउने अरु पनि सरल उपाय छन –
    १. तामाको लोटा मा ६-८ घन्टा राखेको पानि सबेरै दिनहुँ पिउने.
    २. रातो च्याउ (Ganoderma Lucidum) को चिया हरेक दिन २ कप पिउंदै गर्ने.
    रातो च्याउ को लागि निम्न स्थानमा सम्पर्क गर्न सकिनेछ –
    Brown rice & Health Foods , Ason Kathmandu tele.phone : 4-224434.

    Reply
  3. devendra says:
    August 13, 2014 at 3:06 pm

    तिते करेला को तरकारी खाए पछि मेरो प्रेसर लो हुन्छ, किन होला?

    Reply
  4. Rabin says:
    August 13, 2014 at 2:10 pm

    अमूल्य जानकारीको लागि धेरै–धेरै धन्यवाद छ । अनि यो उच्च रक्तचाप हुनेहरुले कफी कतिको पिउनु हुन्छ ? कफी पिउनु कतिको लाभ छ ?

    Reply
  5. anjan says:
    August 13, 2014 at 12:12 pm

    पत्रकार महाशयले लेख्नुभएको सबै कुरा एकदम ज्ञान बर्धक लाग्यो तर अन्तिम हरफमा लेखेको कुराले मलाई दुबिधामा पार्यो किनभने मैले अर्का मुटुरोग बिशेषज्ञको लेख पढ्दा त्यसमा उहाँले उच्च रक्तचापको औषधि सम्भव भए सम्म नखानु खानै परे डाक्टरको सल्लाह बिना नछोड्नु भन्ने सल्लाह दिनु भएको थियो किनरे भने उच्चरक्तचापको औषधिले रक्त नलीको लचकता घटाउने हुँदा औषधि छोडेपछि दिमागको नसा फुट्ने सम्भावना धेरै हुन्छ | त्यस कारण पत्रकार महोदयहरुलाई लेख लेख्दा यस्ता अपुरा लेख नलेख्न अनुरोध गर्दछु | धन्यवाद

    Reply
  6. लौटन अवधि says:
    August 13, 2014 at 9:33 am

    ब्लड प्रेसर धेरै छ अब डाक्टरी दबाइ खाने सुर मा हुनुहुन्छ भने त्यो भन्दा पहिला कृपया केवल ३ पटक सर्पगन्धा को जढ़ सानो (सुपारी को आधा दाना बराबर) बिहान खाली पेट मा दिन को एक पटक चिसो पानि संग चपाएर खानुहोस यो ३ दिन सम्म लगातार गर्नुहोस सायद तपाइँ को प्रेसर घटेर नर्मल हुनेछ ! अन्यथा डाक्टरी परामर्स को दबाइ नै सबै भन्दा भर पर्दो बिकल्प हो !

    Reply
  7. shailen says:
    August 13, 2014 at 2:49 am

    गौतम जी का लेखहरु हामी जस्ता पाठकहरुको लागि सधै स्वागत छन्. तपाइको सरल अनि बुझ्ने लेखबाट धेरै ज्ञानहरु बटुल्ने अवसर दिनुभएकोमा माईसंसार र गौतम जीलाइ मुरी मुरी धन्यबाद

    Reply
  8. Narayan Panta says:
    August 13, 2014 at 1:39 am

    शिरा धमनीको शाखा होईन यो त शरीरको अन्यभागबाट रंगत मुटुमा ल्याउने नली हो

    Reply
  9. krishna sharma says:
    August 13, 2014 at 1:07 am

    धेरै राम्रो जानकारी | मलाई पनि ७ बर्ष अगाडी देखि High Blood Pressure थियो| मेरो परिवारमा पनि बुवालाई pressure को बिमार भयकोले शायद बम्शानुगत रुपमा भाको होला | मैले ५ बर्ष देखि औषधि नियमित रुपमा खाएको छु| आफुलाई high भाको जस्तो feel नभएपनि समय समयमा चेक अप गराउनु पर्छ| अनि आफ्नो lifestyle बदल्नु पर्छ , मुख्य कारण भनेको …आजकलको बदलिदो lifestyle हो| खानपानमा बिशेस ध्यान दिने, अनि कसरत गर्ने; stress कम गर्ने (योग र ध्यान गर्ने बाणी बसाल्ने ) गर्नु पर्छ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme