-शिव प्रकाश-
भनिन्छ– स्वार्थ मिले गोरु र गाधाको पनि हल बाँधिन्छ । हल बाँधिन पनि सहमति चाहिन्छ । खुशीको कुरा– देश सहमतिमा चलेको छ ।
सहमति भनेको स्वार्थ–मिलन हो । स्वार्थ मिल्छ, सहमति हुन्छ । झन् खुशीको कुरा– देश स्वार्थ–मिलनमा डुबेको छ ।
सहमतिमा चलेको देशमा सहमतिका लागि पनि सहमति हुन्छ । सहमति पछि सहमति तोड्ने पनि सहमति हुन्छ । उल्टोपाल्टो जताबाट होस्, सहमति देशको परम्परा भएको छ ।
सहमतिमै सधैं देश बनाउने छलफल चल्छ । छलफलमा ‘फल’ कहिल्यै लाग्दैन । तर ‘छल’ कहिल्यै मर्दैन ! यसलाई पचास प्रतिशत सफलता मान्नै पर्छ ।
सहमतिले पनि अहिले नयाँ मोड लिएको छ । नेता बिरामी हुनेमा होड चलेको छ । सहमति अनुसारै नेता पालैपालो बिरामी भै रहेछन् । उपचार गाराउन पालैपालो विदेश गै रहेछन् ।
सहमति अमर रहोस् । ‘भला’मा भन्दा ‘बुरा’मा, काममा भन्दा कुरामा सहमति गर्ने हाम्रा नेता अमर रहुन् । जुन तन्त्र आए पनि देशमा यस्तै नेता जन्मिरहुन् ।
नेतालाई रोगै रोगले छोपेको छ । त्यसमाथि कहिल्यै निको नहुने रोगले चापेको छ । कस्तो अचम्म ! जति चापो उति फापेको छ । सत्ताको फित्ता सधैं नापेको छ । दिन दुई गुना, रात चौगुना, नेताका हात सधैं छगुना । जनताका मुखमा सधैं चुना ।
ज्यानको रोगभन्दा मनको रोगले उखरमाउलो पारेको छ । मगजभरी घनपुत्ल, मनमा सधै धनपुत्ता । सबै रोगको उपचार छ । उपचार बिहिन यो रोगसामू देश सधैं लाचार छ । बिरामी नेताको बोझले देश आफैं बिरामी भएर थाकेको छ । भित्रभित्रै पाकेको छ ।
सीटामोलको चक्कीबिना जनता मर्छन् । उपचार गर्न नेता सधैं सात समुद्र तर्छन् ।
रोग पनि कस्ता कस्ता ? नेता सस्ता महँगा रोग ! जीवनको यो कस्तो भोग ? सर्वहारा भुडीवाला । समाजवादीका चाउरे गाला । छिमेकीवादीको एउटै ओखती– दिउँसो न राति, हातमा सधैं उताकै पाती !
देश पनि चलेकै छ । नेताको आतेजाने पनि चलेकै छ । देशको शास्त्रिय राजनीतिक सँस्कार हो, कसैले तोड्दैन– माउ दुब्लो भएर के गर्नु बाछाले दूध खान छोड्ैन । बाछाको कर्मले पाएको छ । धर्म अनुसारै खाएको छ ।
गाई मान्छेकी पो माता हुन् । बाछाकी त दाता हुन् ।
बाछा जस्ता बबुरा नेता । मन कालो भुत्ला सेता । गाली गर्नु बेकार छ । जयजयकार गर्नेप्रति सधैं उपकार छ । धारेहात लाउनेले आफ्नै कर्र्म धिक्कार्छ ।
देशमा कवि, लेखक, पत्रकारको ठूलो बगाल छ । तर भित्रभित्रै धेरैको मन कङ्गाल छ । पाए सबै स्वीकार छ । नपाए निष्ठा र आदर्शको डकार छ । मान, पदवी, पुरस्कारको दर्कार छ । लाउन र पाउन ताँती लाग्छन्, पाती चढाउँछन् । नेता हुन् की, नेता बनेका दुराचारी, भ्रष्टाचारी, अत्याचारी, राष्ट्रघाति जसले दिउन्, शिर निहु¥याउँछन् । पुरस्कार पाउँदा छाती फुलाउँछन् । फेसबुकमा फोटो टास्छन् । खोटो मनको छोटो बुद्धि देखाई छाड्छन् ।
राजधानीमा पुस्तकाल जलेको छ । खुसीको कुरो, तै पनि देश सहमतिमा चलेको छ । राजनीतिको भेषमा, किताब जलाउने देशमा यो चलन पुरानै हो । चाहिने त यिनलाई फलामे चुरा नै हो । तर देशमा कुरा यिनकै बिक्छन् । यिनकै भरमा सत्ता टिक्छन् । कागत नाथे जलाउँदा यिनलाई चुरा भिराउने कसका बाउको तागत ?
विद्यार्थीले बुझेका छन्– पढ्ने हैन, लड्ने हुनु पर्छ । नेता भनेको डोरी नाघ्दै अघि बढ्ने हुनु पर्छ । उहीले राजा बन्न दौड जित्नु पथ्र्यो, अहिले नेता बन्न डोरी नाध्नु पर्छ ।
जसले बढी तामस देखायो, त्यही ठूलो नेता भयो । घुमीफिरी सत्ताको कुर्सी, हालीमुहाली सधैं चलायो । नियम–कानून मुडल्नु मुडल्यो । देशका आन्द्रा–भुँडी हुडल्नु हुँडल्यो ।
नेतालाई चोर–बिराला भन्छन्, गाली गर्छन् । थाह छैन, किन सधैं धारे हात लाउँछन् ? चोर हैन, यी हुन् हाम्रा साधु बिराला । गाली नगर, सधैं जप्छन् सिध्राको माला ।
नेता पनि मान्छे हुन् । मान्छेले मान्छेलाई कुकुर भन्छन्, सधैं सराप्छन् । कुकुर भए त हुन्थ्यो नि ! कति इमानी छ कुकुर बिचरा ? विष्ठा खाएर के भो र ? निष्ठा कहिल्यै खादैन, स्वामिभक्ति छोड्दैन ।
पुस्तक जलाए, ज्ञान छैन । के गरुन् ? बिचरा नेता ! के खाने; के नखाने ध्यान छैन ।
नूनदेखि सुनसम्म, जलदेखि ढलसम्म, पुलदेखि तुलसम्म, माटो–बाटो के के खाए ? जे खाए ‘नि धन्न भन्नु पर्छ । अरुको खाएनन्, इज्जत फालेनन् । देशकै खाए । जसको खाए उपचार खर्च उसैलाई तिराए । हाम्रा नेताले के बिराए ?
एक दुई गाईपरानी । बाँकी सबै महाहरामी ! बिरामी भए, विदेश भए । आफ्नै हात जगन्नाथ । देशको ढिकुटी छदैछ । भित्रभित्र हाँस्दैछ । बाहिरबाहिर रुदैछ । गोहीको आँसु चुहिदैछ ।
नेता पकापक बिरामी भईरहेछन् । भकाभक् होलान् भन्ने डर बढाइरहेछन् । डरमाथि डर ! नेताको खडेरी लाग्यो भने सत्ताको घडेरी नबिक्ला कि भन्ने झन् ठूलो डर !
खै कस्ता हुन हाम्रा देशका अस्पताल पनि ? नेताको उपचार हुदै नहुने ! जनताले उपचार गर्नै नसक्ने !
कसका लागि बनेका छन् ? यस्तालाई फेरी अस्पताल नै किन भनेका छन् ? सुनिन्छ– पैसामात्रै गनेका छन् । कस्ता महँगा, पाँचतारे हुटेल जस्ता ! गोडा भाँचियो, उपाचार गरायो । अस्पतालको फिसले ढाड भाँचेर आयो ।
त्यमाथि पटकपटक चटक हुन्छ हाम्रा अस्पतालमा । अस्पताल हुन् कि पाताल हुन् ? अझ त्यसमाथि बेलाबेलामा “पैसा फेको, चमत्कार देखो” ।
हाम्रा पाताल जस्ता अस्पतालमा कैले कसका बच्चा हराउँछन् । कलै कसका बच्चा साटिन्छन् । कहिले जिउँदा बच्चा भित्रै हुन्छन्, मरेका जिम्मा लागाई दिन्छन् । कहिले जिउँदालाई म¥यो भन्छन्, ठाडै उर्दी जारी गर्छन् । कहिले घाँटीको क्यान्सरको उपचार गर्न गएकाको पाठेघर निकालेर मिल्काइदिन्छन् । कहिले मुखको घाउमा भुडीको अप्रेशन गर्छन् । कहिले मस्तिष्कमा रक्तश्राव भएकालाई पखालाको दवाइ दिएर ठरहै पार्छन् ।
ताल–बेताल छ, काल नआए अस्पताल छ ।
कानमा हाल्ने तेल छैन हाम्रो देशमा । खै ! के हालेर सुतेका छन् मदौराहरु सरकारको भेषमा ?
देशभित्र उपचार नपाएर जनता मर्छन् । देशभित्र उपचार गरे नेता मर्छन् । मर्ने डरले विदेश जान्छन् । जनता मरे केही छैन, सधैं मरेकै हुन् । नेता मरे, कति मान्छे न यता न उता हुन्छन् । नाता–गोता, आसे–पासे, गुण्डा, डण्डा, झण्डा बोक्ने सबै टुहुरा हुन्छन् । यी टुहुरा हुनु भनेको देशै टुहुरो हुनु हो । देश यिनैले चला’का छन् । देशको नियम, कानुन, प्रहरी, प्रशासन सबलाई गला’का छन् ।
अस्पताल आफैं बौला’का छन् । सद्धे छैनन्, तै पनि नेता मौला’का छन् । राजनीतिलाई फला’का छन्, फुला’का छन् । प्रशासनलाई गोडेका छन् । घोडताप्रेलाई छोडेका छन् । फाट्फुट्ट उम्रेने रमेश खरेलहरु जस्ता चिल्ला बिरुवा तोडेका छन् । लिलामणि पौडेलहरु जस्ता अग्राख फोर्न भित्रभित्रै किला–बञ्चरा जोड्का छन् ।
देश अझै शेष भ‘को छैन । बनाउनु छ । बनाउन बचाउनु छ । नेतालाई जोगाउनु छ । चेतना भया ?
यस्ता नेता र भ्रष्टलाइ कि सर्बोस सहित जन्म कैद वा फासी सजाय दिनु पर्छ नत्र कुनै पनि हालतमा देश बन्दैन र हामि गरिब दुखि जनता जहा को त्यहि हुन्छौ उदाहरण हेरौ सिंगापुर मलासिया कतार दुबई कसरि देश बन्यो यी यस्तै कडा कानूनले गर्दा हो !!!
जमाना परिवर्तन भैसक्योप नि लेखकज्यु…. आजकल पाल्तु कुकुरहरुको औसधि उपचार सामान्य मानिसको भन्दा बढी पर्न जान्छ. र यी नेता (नेपालि नेता, बहुदल आएपछिका !) र पाल्तु कुकुरमा फरक केहि देख्दिन म, खालि कुकुर अलि वफादार हुन्छन तेत्ति हो!
अरुका देशका नेताहरु देश कसरी चलाऊने भन्ने सोच्छन
हाम्रा देशका नेताहरु कसरी देश खोक्रो पारेर आफु मोटाउने सोच्चन । ।
शिब प्रकाश जी
अझै गहिरिएर सोच्दा नेपाल मा लिछाबी काल देखि सासन गरिहेका यी बर्ग र यिनका पुस्ता आफै क्रमश आफ्नै देश मा दोस्रो दर्जाको को नागरिक बन्ने क्रम मा छन् , अनि यी के नेता ? यी हुन् एता न उता |
यहा न यिनले कुनै निर्णय गर्न सक्छ , र न यिनले चाहेर केहि हुनेवाला नै छ | तर अचम्म केहि काल यिनकै हात मा सत्ता रहन्छ र यिनले अब सकेसम्म देश लुट्ने हुन् , र भोलि दुलो पस्ने हुन् |
फेरी पनि भारत , युरोपियन देश हरु आफै पसेर आफुलाई चाहेको क्षेत्र मा बिकाश गर्ने हुन् र आफ्नो दुनो सोझ्याउने हुन् |
हालै सशस्त्र प्रहरीको १०+२ को एउटा कार्यक्रम को उद्घाटन गर्न भारतीय राजदुत आए ,
बुढा पाका हरु खास खुस गर्दै थिए हैन प्रचण्ड ,बाबुराम को नया नेपाल मा के हुदैछ भनेर |
सरसर्ती हेर्दा देश ग्रयाण्ड डिजाइन मा चलिरहेछ , चाढै नै देश को पानि ,खनिज , जरिबुती ले कसरि सिमा काट्ने हुन् नेपालि ले देख्ने छन् |
ढुंगा , गिटी ,रोडा ,लकडी त् दिन दहाड़े रक्सौल पारि गृह निर्माण मा जान थालिसके |
नेपालमै भएका जे जति अस्पताल छन् त्यसलाई सुविधा सम्पन्न बनाउनु कता हो कता, हमेशा नेताहरु भने हाछ्यु आउँदा पनि बिदेशी अस्पतालमा चेक-अप गर्न जानु पर्ने, नेपाली जनताहरु भने एउटा सिटामोल नपाएर मर्नु पर्ने र भएका अस्पतालहरुमा पनि नाक थुनेर पस्नु पर्ने र पसे पनि डाक्टहरु भने भेट्न मुस्किल . कस्तो बिडम्बना !
देश को सासन सत्ता चलाउन, मानशिक र सरिरिक तन्दृस्ती , बिकेक्शील, कर्तब्य पारायण, इमान्दार, कर्मठ, विद्वान; निडर र निस्पक्ष; जागरिला, अनुभबी इत्यादी गुण नेता मा हुनुपर्ने होइनर?
जिउदो लाश, सास फेरि हाल्यो भने पनि वरिपरि देखेको सुनेको सबै हुसुल्नु पर्ने; अनुभब भनेको सारा जिन्दगि; जाली र फत्त्यईं, लुट्ने, अपराधीलाइ देशको धिकुदी रित्याएर उपचार गरौन पर्ने कस्तो देश को नीति हो? यो चोर र हराम खोरहरुले ले बनाएको नियेम हो कि ? के हो?
यस्ता मरेर र देश लाइ केहि कम बोज हुने होइनर?
दसा पालेर न कसैको घर सप्रेको छ; नत देशको नै प्रगति हुन्छा|
नेता भन्न पनी लाज लाग्ने नेता ।
धन्यवाद । एकराजजी ।
यस्ता चोटिला र पोटिला लेख हरेक शनिवार पनि अाए हुन्थो नि हउँ ।
दाम्मी छ । मैले त दुइचोटी पढेमज्जा, लागो ।
प्रिय पाठकमा सादर नमस्कार
पठन, प्रतिकृया तथा जिज्ञासाका लागि सबैमा हार्दिक धन्यवाद ।
विनोद तिमिल्सिनाज्यूको टिप्पणीले थोरै लेख्न वाध्य गरायो । मेरो प्रयत्न हो विकृतिलाई हास्यव्यंग्य शैलीमा उतारेर पाठकलाई थोरबहुत भए पनि फरक स्वाद दिने ।
हास्यव्यंगका वारेमा मैले बुझेको- वास्तविकतालाई व्यंग्यको नूनचुकमा हास्यको जिरा खाेर्सानी हालेर रसिलो, स्वादिलो र चोटिलो बनाउनु हो । वास्तविकता बिनाको हास्यव्यंग्य गाउँखाने कथा मात्र हुन सक्छन् भन्ने बुझाइ पनि छ । सोचे जति र खोजे जति हास्यव्यंग्य नहुन सक्छ तर प्रयत्न चैं गर्न खोजेको हूँ ।
विनोदजीको जिज्ञासाका लागि अरू पाठकलाई भन्दा एकपाथी बढी धन्यवाद ।
“वास्तविकता लेखेर हाँस्यव्यङ्ग्य रे,पसाँउनु पर्ने झण्डै रुवायो!!!”
कुरा त राम्रै गरेको हो तर के गर्ने हाम्रा नेता ले यस्ता कुरा कति सुने सुने अनि जति भने पनि बालै भएन
नि : शब्द l
वास्तविकता लेखेर हाँस्यव्यङ्ग्य रे,हसाँउनु पर्ने झण्डै रुवायो!!!
साह्रै गज्जब अनि यथार्थपरक
देखाई ,भोगाइ, सुनाइ र गराई को आधारमा
लेखेको लेखाइ बेजोडको छ !!!
Seriously, What’s wrong with our country!!!
कुरो सोह्रैआना जायज । सस्ता नेता महङ्गो रोग । बास्तबमा यी नेतालाई सात समुन्द्रपारी औषधीको महङ्गो गोली फिटेर चुङ्गेमा हालेर चढाउनु भन्दा लाइनमा उभ्याएर तालिवान शैलीमा लडाउनु देशकालागि हितकर छ ।
कुरा सबै साँचो हो | लेखाई निकै रसिलो छ, पढ्न मजा आउने| समस्या हरुलाई प्रस्ट्याउनु भएको छ, तर अलिकति समाधान तर्फ पनि सोचेर केहि लेख्नु भएको भए सुनमा सुगन्ध हुने थियो|
Very well written!!! What give them right to treat abroad when their fellow citizens are dying in Nepal due to the pollution, contaminated food, filthy water and over all because we poor and simply cannot afford to go to the hospital. And these people, who have no regards whatsoever milk all the money they can from the treasury, purely unethical and intolerable!!!
Jenish
शिव प्रकाश जी ले लेखेको लेख पढ्न पाउदा मलाई धेरै खुसि र हासो लाग्यो तर हाम्रा नेता हरुले त् मनपराउने छैनन् जस्तो लाग्यो मलाई साह्रै तथ्य कुरा लेख्नु भयछ हामी लै शिव प्रकाश जस्ता नेता चाहियो यी मोरा नेता भन्ने हरामिले जनता पनि मारे देश पनि दुवै दुबाया अब हामीले आफ्नै कर्म लाई दोष दिन बाहेक अरु केहि बाँकि छैन
हरि ओम शिव
सनिबारे साहित्य, बिज्ञान शृंखलाहरु जस्तै येस्ताखाले कटाक्ष शृंखला नियमित हुन् सके अझ कती राम्रो हुने थियो मेरोसंसार
‘नेतालाई चोर–बिराला भन्छन्, गाली गर्छन् । थाह छैन, किन सधैं धारे हात लाउँछन् ? चोर हैन, यी हुन् हाम्रा साधु बिराला । गाली नगर, सधैं जप्छन् सिध्राको माला ।
नेता पनि मान्छे हुन् । मान्छेले मान्छेलाई कुकुर भन्छन्, सधैं सराप्छन् । कुकुर भए त हुन्थ्यो नि ! कति इमानी छ कुकुर बिचरा ? विष्ठा खाएर के भो र ? निष्ठा कहिल्यै खादैन, स्वामिभक्ति छोड्दैन ।
पुस्तक जलाए, ज्ञान छैन । के गरुन् ? बिचरा नेता ! के खाने; के नखाने ध्यान छैन ।
नूनदेखि सुनसम्म, जलदेखि ढलसम्म, पुलदेखि तुलसम्म, माटो–बाटो के के खाए ? जे खाए ‘नि धन्न भन्नु पर्छ । अरुको खाएनन्, इज्जत फालेनन् । देशकै खाए । जसको खाए उपचार खर्च उसैलाई तिराए । हाम्रा नेताले के बिराए ?’
शिव प्रकाशजी लाई यो लेखको लागि मुरीकामुरी धन्यबाद छ | लेख औधी मनपर्यो, अझ तलको लाइन त सार्हैनै मन पर्यो:
” ताल–बेताल छ, काल नआए अस्पताल छ । “
यस्तै यस्तै हुदै गएमा देशको आयु पनि छोटो हुदै जाने होला
“ताल–बेताल छ, काल नआए अस्पताल छ” 🙂
शिव प्रकाशको लेख माल छ, बुझ्नेलाई ताल छ, नबुझ्नेको बेहाल छ ।
घोडताप्रेको कुरो छ, त्यसमा आयुर्बेदको चुरो छ ।
जनतालाई यो लेख राम्रो छ, फटाहा नेताहरुलाई चाम्रो छ ।