Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

न्यूयोर्कमा नेपालका प्रधानमन्त्री

Posted on July 22, 2014July 22, 2014 by mysansar

– नारायण श्रेष्ठ –

देशको स्वस्थ राजनीतिका लागि स्वस्थ नेताको अपेक्षा गरिन्छ। अक्सर नेताहरुमा बेजोडको आत्मविश्वास हुन्छ। तर दीर्घायु कसैको पनि निश्चित हुन्न। फोक्सोको क्यान्सर उपचार गर्न अमेरिकाको न्युयोर्क आइपुगेका प्रधानमन्त्री सुशिल कोइरालाले पनि नेपाल फर्किनुअघि भेट्दा त्यस्तै विश्वास देखाए।
narayan
‘कत्तिको आत्मविश्वास छ पार्टी र सरकारलाई नेतृत्व गरेर लान सक्छु भन्ने?’ मेरो प्रश्न भुईंमा खस्न नपाउँदै प्रधानमन्त्रीले टिपिहाले, ‘मलाई त पूरा आत्मविश्वास छ। पार्टीमा पनि साथीहरु छन्। सहयोग गरिहाल्छन्।‘

हँसमुख प्रम
हँसमुख प्रम

पटक-पटकको रेडियो थेरापीपछि पनि उनको अनुहार मैले अनुमान गरेजस्तो ‘क्लान्त’ थिएन। ‘शान्त’ मात्रै थियो। गतसाल सानेपाको पार्टी कार्यालयमा भेट्दा जत्ति ‘चमक’ चैं थिएन। हुन त सुशिल दाको अनुहार खसै चम्किलो हैन, झुस्स दारी, चुच्चो नाक, खाल्डो परेको आँखा। सायद त्यसैले जीवनभर अविवाहित रहे।

म्यानह्याटनस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनको आवासमा स्वस्थलाभ गर्दै रहेका प्रधानमन्त्रिलाई भेट्न कार्यकर्ता र शुभचिन्तकहरुको सानो सानो लर्को नै थियो।

प्रमलाई भेट्न आएकाहरु, युएन आवासमा
प्रमलाई भेट्न आएकाहरु, युएन आवासमा

मलाई पनि भेट्नेबित्तिकै भने, ‘तपाईं त यता आउनुभएछ।‘ म पनि प्रधानमन्त्रीलाई भेट्न मेरिल्याण्डदेखि न्युयोर्कसम्म पुगेको थिएँ। न्युयोर्कको Memorial Sloan-Kettering Cancer Center मा रेडियो थेरापीपछि कोइराला स्वाभाविक नै देखिन्थे। कालो टोपी र बाँकी पुरै सेतो कमिज सुरुवालमा सजिएका कोइराला बीचको कुर्चीमा थिए। वरिपरि भेटघाट र भनसुनका लागि जानेहरुको लर्को। त्यो सरकारी आवासमा उनीसंग रहेकाहरु भन्थे, ‘आज निकै फ्रेस होइसिन्छ।‘

सायद नेपाल फर्किने बेला भएर हो कि!

‘सबै काम भद्रगोल हुन लागिसक्यो उता।‘ प्रधानमन्त्री आफै पनि देशको चिन्ता गर्थे।

‘कुराकानी त अलि शान्त ठाउँमै गर्नु पर्‍यो नि हैन?’ क्यान्सर उपचार गराएको उनको जिब्रोले बोलेको अलिअलि लटपटिने आवाजलाई मैले यसरी बुझें। आवाज भित्रबाट आएको थियो तर प्रष्ट थिएन।

भित्र कोठामा सस्याना दुईवटा बेड र एउटा कुर्सी थियो। टिटेवलमा ओखतिका बट्टाहरु। गम्छा पन्छाएर उनी कुर्चीमा बसे। म बेडको डिलमा।

प्रमको दायाँ निजी चिकित्सक डा. योगी र बायाँ सुरक्षा सहयोगी प्रकाश देउजा
प्रमको दायाँ निजी चिकित्सक डा. योगी र बायाँ सुरक्षा सहयोगी प्रकाश देउजा

कुराकानीको सुरुमै प्रधानमन्त्रीले भने ‘नेपाल फिर्नेबित्तिकै २६ जना सभासद र राजदूत नियुक्त गर्छु। काङग्रेसको भागमा परेको ९ जनाको लिष्ट मसंग तयार छ।‘

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा कविरनाथ योगी र सुरक्षा सहयोगी प्रकाश देउजा भित्तामा अडेस लागेर बसिरहे। प्रधानमन्त्रीले संविधान जारी गर्ने आफ्नो योजना, स्थानीय चुनावको आवस्यकता र अरु राजनीतिका बारेमा आफ्ना योजनाहरु मलाई सुनाए। करिब १८ मिनेट लामो कुराकानी सकिंदा बाहिर ब्रडवेमा एम्बुलेन्सको साइरन बजिरहेको थियो। लन बाहिर भेटघाटका लागि आउनेहरुको लर्को

मानिसहरु आफ्ना स्वार्थहरु कानेखुसी गर्थे। कोइराला चुपचाप सुनिरहन्थे। केही बेरमा सुरक्षा सहयोगी देउजाले बाहिर निस्कने समय भएको संकेत गरे।

‘डाक्टरले सँधै आधा घण्टा हिंड्न भनेका छन,‘ कोईराला कुर्चीबाट उठे।

बाहिर निस्कन तयार हुँदा सेतो कमिजमाथि कोट थपिएको थियो।

आठौं तलाको सरकारी निवासबाट लिफ्टमा तल झर्दा डाक्टर योगी सँगै थिए। लिफ्टबाट झरुन्जेल पनि प्रधानमन्त्रीको स्वास्थ्यको चर्चा चलिरह्यो। ‘प्रधानमन्त्रीको फोक्सोमा क्यान्सर’ भनेर नेपालमा आफूले गरेको डायग्नोसिस अमेरिकामा पनि सहि प्रमाणित भएकोमा उनी खुसी देखिन्थे। ‘क्यान्सर प्रामाणित नभएको भए आफ्नो इज्जतको खतरा, प्रधानमन्त्रीको ज्यानको खतरा’ उनले हंसाए। केही समयअघि राष्ट्रपतिको पेटको रोग र जापानको उपचारको प्रसंग पनि उनले थपे।

बाहिर सडकमा कोइरालाका लागि गाडी तयार थियो। ब्रुकलिन ब्रिजमुनको पार्कमा इभिनिङ वाकमा प्रधानमन्त्रीसँग जान चाहनेहरुको लर्को पनि लामै थियो।

७० वर्ष नाघिसकेका प्रधानमन्त्रीको हिंडाईमा आत्माविश्वास देखिन्थ्यो।

इभिनिङ वाकका लागि उनी निस्किए। म्यानह्याटनको गगनचुम्बी भवनहरुको चेपबाट डुब्न लागेको घामको उज्यालो मात्र छिरिरहेको थियो।

[नारायणले लिएको अन्तर्वार्ताको भिडियो र टेक्स्ट यहाँ पढ्न सकिन्छ]

प्रम इभनिङ वाकमा निस्कनुअघि अरु सहयोगीहरुका साथ
प्रम इभनिङ वाकमा निस्कनुअघि अरु सहयोगीहरुका साथ

22 thoughts on “न्यूयोर्कमा नेपालका प्रधानमन्त्री”

  1. Tulash Karki says:
    July 30, 2014 at 3:29 pm

    इमान्दारिता र त्यागको कुरा गर्ने हो भने यी बुढाले ९९.९% पौछन,तर ब्यबस्थापन र देश हाक्ने कुरामा २०% पनि मुस्किल होला| लौ एकछिनको लागि उनको रोग र अस्पष्ट बोलीलाई एकछिन छोडौ| भाषा त subtitles को मद्दतले पनि बुजिंथ्यो होला, तर यिनको त देश र जनताको हितको लागि निर्णय गर्न सक्ने क्षमता ज्यादै न्युन छ| अनि कसरि देश अगाडी बढोस्|

    Reply
  2. santosh says:
    July 24, 2014 at 3:35 pm

    how much taxpayer money we going to spend on him even though everybody knows he is No good for anything ..just going to USA is just informal visit … if he really trust neplease health sector and our best doctor , he could of done his health check up here , what a disgusting politics and political people just after it ..

    Reply
  3. dipendra says:
    July 23, 2014 at 10:14 pm

    डाक्टर योगी को diagnosis मन्नै पर्छ ,राष्ट्रिय पुरस्कार दिने कि .?

    Reply
  4. Avinash Pandey says:
    July 23, 2014 at 5:42 am

    प्रधानमन्त्री ज्यु पनि कस्तो सुभ साइत परेर बिरामी भाको जस्तो, बिरामी पनि भारत ले नेपाल को नदी आखा लाउदै खेरि बिरामी हुने हो त ?

    Reply
  5. Suman Gurung(UK) says:
    July 23, 2014 at 4:41 am

    शिघ्र स्वाथ्य लाभ को कामना प्र. म. लाइ !!

    Reply
  6. Basant says:
    July 23, 2014 at 1:43 am

    नेताहरुको औसधि उपचार सरकारी ढुकुटी बाट गर्ने काम तुरुन्त बन्द गर्नु पर्यो

    Reply
  7. diwakar says:
    July 22, 2014 at 7:55 pm

    होइन हाम्रा प्रधानमन्त्री लाइ भेट्न रास्ट्रपति बाराक ओबामा किन नआएको ? १ महिना भन्दा बेसी भयो कोहि अमेरिकाको सिनेटर ले नेपाल को प्रधानमन्त्री लाइ भेटे कि भेटेनन ! तुरुन्त खबर पाउ त !

    Reply
    1. Moon Gurung says:
      July 23, 2014 at 11:26 pm

      नेपालमा न तेल छ न ग्यास, न सुन न चाँदी…. केइ नभाको देसको मंत्रीलाइ अमेरिकाको लागि तातो नि छारो भने जस्तै होनी, नेपालमा तेलको भण्डार भाको भए……

      Reply
  8. bishnu says:
    July 22, 2014 at 7:20 pm

    मलाई त बुढाले बोलेको सुन्दा ….आउला जस्तो पो भयो त, कुनै पनि देश को ठुलो पदमा बस्नेहरु को ब्येक्तित्तो सार्है नै महत्तोपुर्ण कुरा हुन्छ , तर नेपालमा त रोगि बुडा-खडा र हेर्दै घिनलाग्दो र बोलेको पनि नबुझिने र शिक्षा र योग्येता को त कुरै छाडौ , ले देश कसरि चलाउलन र हरे शिव !!

    Reply
    1. saru says:
      July 23, 2014 at 3:56 pm

      के कुरा गर्नु हुन्छ, उहा त युवा नेता re काँग्रेस को? तपाई लाई थाहा छैन ?

      Reply
  9. Bal Rai, Dubai says:
    July 22, 2014 at 7:02 pm

    Get well soon prime minister you have a lot to do in our nation.

    Reply
  10. Shree Basanta says:
    July 22, 2014 at 4:26 pm

    पार्टीको भन्दा रास्ट्रको चिन्ता गर्ने प्रधानमन्त्रि जस्तो लाग्या छ शुशिल कोइरालाको
    शुरुका हाउ भाउ हेर्दा | तर बिचरा केहि गर्न नपाउंदै क्यान्सरले गाल्यो | तैपनि भित्रि मनसाय त देश बनाउने, संबिधान बनाउने नै छ | अरु नेता जस्तो आफ्नो पार्टीलाई राष्ट्र भन्दा ठुलो देख्ने र आफ्ना कार्यकर्तालाई मात्रै जनता देख्ने काम उनबाट भएको छैन जस्तो लाग्छ र भबिस्यमा पनि नहोस | सुस्वास्थ्यको हार्दिक कामना छ !!

    Reply
  11. sushil paudel says:
    July 22, 2014 at 3:40 pm

    कोहि कोहि त बि पी कोइराला को देहाबेसान पछि गणेशमान सिंह को बाम मोर्चा संग तालमेल गर्ने अख्तियारी ले ४६ साल को परिबर्तन सम्भब भएको भन्ने धारणा पनि राख्दा रहेछन

    Reply
  12. Ananta says:
    July 22, 2014 at 3:22 pm

    ब्येक्तिगत रुप मा म प्रधान मन्त्रि ज्यु को स्वाथ को कामना गर्छु . हाम्रो जस्तो रोगि देश मा निरोगी र निडर नेता ले देश चलाए हुन्थ्यो.

    Reply
  13. राम चन्द्र says:
    July 22, 2014 at 11:45 am

    कति देस को सम्पति हावामा उड़ाउने राम्रो संग फेरी फर्कनु नपर्ने गरि ठिक भएर आउनुस सु स्वस्थाको कामना .

    Reply
  14. Shankar says:
    July 22, 2014 at 10:10 am

    देश को लागि चाहिने बाबुराम , छ सुसिल | बाबुराम लाइ क्रान्तिकारी गरेरै फुर्सद न हुने , सुसिल लाइ राम्रो सग जाउलो घाटी बाट छिरेको दिन र २-४ नियुक्ति गरेको दिन खुब काम गरे जस्तो हुने |

    Reply
  15. Lenin Gurung says:
    July 22, 2014 at 9:20 am

    गाडीको स्टेरिङ समातेर गाडी हाँक्ने ड्राइभर बिरामी भयो भने के हुन्छ गाडी भड्खालोमा पर्छ ! देश चलाउने यस्ता रोगीहरु त देशको प्रधानमन्त्री, पार्टीको सभापतिहरू छन अनि यस्ता रोगीले देश कसरी चलाउन सक्छ ? बेकारमा मर्‍यो भने सरकारी बिदा थप्न र काट्टो खाएर जुठो बार्नु मात्रै ! सबै पार्टीको युवा नेताहरु अघि सर्नु पर्छ !

    Reply
    1. Shankar says:
      July 22, 2014 at 11:51 am

      अब तपाइनै ने नाम अनुसार को काम गरेर देखाउनु पर्यो |

      Reply
  16. Priti Rana says:
    July 22, 2014 at 8:50 am

    नारायण जी यता आउनु भो….तर देशले धेरै मिस गर्यो .

    Reply
  17. Regmi says:
    July 22, 2014 at 6:59 am

    स्वास्थलाभ गरि आत्माविश्वासका साथ फर्कियका प्रधानमंत्रिज्युलाई सुभकामना छ/ आशागरौं पक्ष विपक्षले वहाँको स्वास्थ्यको ख्यालगरि अनाबस्यक तनाब नदियकै बेश होला/ आगे श्री पशुपतिनाथको कृपा/

    Reply
  18. Deepak Bista says:
    July 22, 2014 at 6:48 am

    I wish you Prime Minister the fastest recovery!

    Reply
  19. max says:
    July 22, 2014 at 6:40 am

    उच पदमा बस्ने देसको नेता हरु रोगि नै रोगि अनि कसरि हुन्छ त छिटो कामको निर्णय ???

    बिहान कहिले हुन्छ र घाम तपौन्ला भनेर कहिले सम्म कुर्ने हो हामी जनता हरु ले ?

    के देशमा अरु नेत्रितो लिन सक्ने बेक्ती नै छैन क्या हो??

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme