– ध्रुव थापा, क्यालिफोर्निया –
आज क्रिसलाई आफैदेखि दिक्क र आत्मग्लानीले सताइरहेको थियो। त्यसैले ऊ एक्लै प्रशान्त महासागरको किनारमा बसेर धेरै बेर रोइरहन्छ। कोही छैन उसलाई सान्त्वना र उसको मनको बहलाई बुझिदिने। हो, उसले सुनेको छ , छोरो मान्छे भएर रुनु हुँदैन रे। त्यसैले त ऊ आफन्तको सामु वा आफ्नै श्रीमतीसित समेत आफ्नो दुःख पोखेर मन हलुङ्गो हुने गरी रुन सक्दैन। उसलाई अहिले एक प्रकारको आत्मग्लानीले सताइरहेको छ। आज उसकी छोरीको बिहे। पिताको सबैभन्दा ठूलो कर्तव्य कन्यादान दिनसमेत असमर्थ छ यो अमेरिकाको बसाइले।
९ वर्षकी जेठी छोरी र ७ वर्षको छोरोलाई छाडेर अमेरिका आएको पनि १५ वर्ष बितेछ। यतिका वर्ष कसरी बिते, उसलाई मात्र थाहा छ। उसले भोगेको दुःख र कष्टबारे बताउने हो भने कसैले विश्वास गर्नेवाला छैन। त्यसैले त आज छोरीको बिहेको दिनमा समेत जान नपाएर यहाँ तड्पी बस्नु परेको छ। झन् यही बेला श्रीमतीले रुँदै फोन गरिन् – अर्कैसित बिहे गरेर बस्यौ कि के हो ? नत्र हामीहरुलाई किन बिर्सेको ? किन आफ्नै छोरीको बिहेमा समेत नआएको?
तर उसको बाध्यता उसैसित छ। यतिका वर्ष अमेरिका बस्दासमेत उसको पेपर बन्न सकेको छैन। यदि नेपाल फर्केर जाने हो भने सदाको लागि उसको अमेरिका फर्केर आउने ढोका बन्द हुनेछ।
हुनत धेरै चोटी सबै छोडेर नेपाल फर्कौ जस्तो नलागेको त होइन, तर तिनै सन्तान र परिवारको भविस्य र नेपालको बिग्रँदो परिस्थितिलाई सम्झेर मुटुमाथि ढुंगा राखेर भए पनि अमेरिका बस्न बाध्य बन्यो। तर, आज के पायो उसले ? सिवाय गाली र लान्छना जुन उसले गरेकै छैन। तर परिस्थिति र परिबन्दले गर्दा ऊ विवश छ।
छोरोको मेडिकल कलेजको पढाइ सकिन अझै दुई वर्ष बाँकी छ। आफू अमेरिका बसेर गरेको बलिदानको सबैभन्दा ठूलो फल छोरोलाई डाक्टर भएको हेर्ने हो। छोरी पनि त स्टाफ नर्सको शिक्षा सकेर जागिर खान थालेपछि बिहे गर्दैछे।
के आज ऊ यहाँ आएर यसरी दुःख नगरेको भए नेपालको पूर्वी पहाडको एउटा सानो गाउँको मान्छेले आफ्नो परिवारलाई यो सब दिन सक्थ्यो? आफ्नो छोराछोरीलाई यस्तो शिक्षा दिन सक्थ्यो? के आज काठमाडौँमा आफ्नै घरमा सपरिवारलाई राख्न सक्थ्यो ? तर उसको यो दुःख र बलिदानलाई कसले बुझ्ने ? समय र स्थानसँगै उनीहरुको माग र आवश्यकता बढेको कसले बुझ्ने? उनीहरुको सहरिया परिवेस र रहनसहन बदलेको उनीहरु समेतलाई थाहा हुँदैन। बस हरेक महिना डलर “मनि ट्रान्सफर” भएर उनीहरुको खातामा आइरहेको छ र उनीहरुको स्तर र हैसियत दिन प्रतिदिन बदलिरहेको छ। तर यता क्रिस भने आफूलाई आधारभूत आवस्यकताको लागि भनेर यसो तीन-चार सय डलर राखेर सबै पठाउने गर्छ, त्यो पनि कोठाको भाडा र फोन कार्ड मै सिमित हुन्छ, धन्न खानाको पैसा लाग्दैन, मालिकले उसले काम गरेकै रेस्टुरेन्टमा खान दिएको छ र एक दिन छुट्टी हुँदा समेत आफूलाई पुग्ने खाना बोकेर जाने गरेको छ।
यतिका वर्षमा न उसकोमा क्रेडिट कार्ड छ, न एउटा सवारी साधन नै। उसको हैसियत र हालत कसले बुझिदिने ? के अमेरिका वा विदेशमा आउने सबैले यहाँ सुखभोग गरेको छ ? के सबै यहीँको गोरीलाई बिहे गरेर अमेरिकी जीवनमा मस्त भएर बसेको छ ? कमसेकम आफ्नै श्रीमतीले त मेरो दुःख बुझिदिनु पर्ने हो तर अहँ।
उसलाई आज विश्वासै लाग्दैन कि उसकी त्यो फुच्ची सँधैभरि “बुवा, बुवा” भन्दै काखमा खेल्थी, आज बिहे गरेर अर्कैको हुँदैछे। हरेक सपनी र विपनीमा उसको सामु त्यही फुच्ची बालिका खेलेको मात्र आउँछ। किनकि उसले ठूलो भएका आफ्नो छोराछोरीलाई देखेको पनि छैन र उसलाई विश्वास पनि लाग्दैन। यदि उसले आज अचानक आफ्नै छोरीलाई भेट्ने हो भने छोरी भनेर अंकमाल समेत गर्न सक्नेछैन। न त छोरीले बाबु भनेर धक फुकाएर गुनासो गर्दै रुन नै सक्नेछ।
अचानक फोनको घन्टी बज्दा ऊ झस्किन्छ र हेर्छ साँझको सात बज्नै लागिसकेछ। पारी क्षितिजमा सूर्यास्तको लालिमय वातावरणले उसलाई झनै विचलित पार्दछ र फोन उठाएर हल्लो भन्छ। उसले काम गर्ने मालिकले फोन गरेको रहेछ र सक्छौ भने दुई घण्टा जति भए पनि काममा आउन आग्रह गरिरहेको हुन्छ तर ऊ टाउको दुखेको बहाना गरेर काममा आउन नसक्ने जानकारी दिन्छ र सोझै आफ्नो डेरातिर लम्कन्छ।
डेरामा गएर धेरै बेर सोच्छ। हो, यतिका वर्ष यहाँ बसेर दिनरात मेहनत गरेर आफू र परिवारलाई पुग्ने धनसम्पति कमाएको छु। काठमान्डूमा घर जोडेको छु, यतिका वर्षदेखि पठाएको पैसा बैँकमा समेत केही लाख हुनु पर्छ। फेरि भएन पहाडमा आफ्नो धन सम्पति र खेती छ। अब कति दुःख गरेर एक्लै बस्ने ? अचानक उसलाई के सुर चढ्छ र उसको एक जना चिनेको साथीलाई फोन गरेर आफ्नो सबै दुःख पोख्छ। अन्तमा तिम्रो क्रेडिट कार्डले नेपालको टिकट काटी देउ न, तिमीलाई म क्यास दिन्छु भन्छ। उसले धेरै सम्झाउँछ तर मान्दैन र फर्कने निधो गर्छ।
हैन, बरु तिमी सक्दैनौ भने म अरु कसैलाई भनौँला। तर मैले जाने पक्का निर्णय गरिसकेँ भनेर फोन काट्छ। फ्रिजबाट बिहान कामबाट ल्याएको तन्दुरी चिकेन झिकेर माइक्रोवेबमा तताउँछ र एउटा मुस्ताङ्ग बियर निकालेर पिउन थाल्छ।
अर्को साता नेपाल फर्किसकेपछिको घटना जारी रहनेछ। क्रमशः
अम्रिकामा बस्ने एउटा धेरै सफल दक्षिण भारतीयले भन्थ्यो “this country is a golden handcuff” हो जस्तो लाग्छ अहिले /
यस्तै हो प्रदेसी जिन्दगी,
पैसाको मोह जवानीको बर्बाद!
कथा ले मन छोयो,म पनि १३ बर्ष भयो अरब मा काम गरेको न छाडेर जान सकिन्छ न सदैको लागि भनेर बस्न सकिन्छ यो परदेशी जीवन भनेको पक्क घला को हड्डी रहेछ न निल्न सकिन्छ न ओक्लन बस बिचमा अड्केको छ कहिले सम्म हो/यो कथा संग मिल्ने धेरै पत्र छन ,जति तलब बड्दै जान्छ झन् लोभ लाग्दो रहेछ लोभ गर्दा गर्दै जीवनका जवानी हरु तेसै खेर गहे कहिले कहिँ त जिवन बाट दिक्क लाग्छ
Why do many of our Nepalese fellows be so pathetic? Cuz they come here thinking that “US ma dollar tipna paenchha” without any skills that to illegally. Some get into the trap of earning money before finishing school and get ready to screwed up despite knowing very well that you should finish you school and then work in related domain to have a good life here.Those who come for studies and develop expertise in their domain never face a problem in USA, as it is the land of opportunities. I have seen many of our friends doing so well here, coming and going whenever they need. Even better, some of them going back to Nepal and starting their companies and employing a lot of fellow Nepalese. It is about how you want to remain positive and competitive. The ones who shy away from hard work are ones generally post this pathetic stories. They happen to be Nepalese, that’s only sad thing about it! For skilled people it is a wonderful place to be! By the way, to have good life, you should be good enough, be it in any part of the globe, ain’t it??
आर्को भागमा गाउँको कृष्णले आफ्नो नाम क्रिस भनेर कसरि फेर्न पुग्यो भन्ने प्रसङ्ग नछुटाई राखिदिनुहुन्छ भन्ने आसाका साथ् ब्यग्र प्रतिक्षामा ….
खै के भन्ने , अमेरिका मात्र हैन खाडीमा पनि कति मान्छे १०-१२ वर्ष देखि घर न गएका पनि भेटिदा रैछन, कथा राम्रो छ र त्यस्ता वास्तविक पात्रहरु पक्कै पनि छन् जस्तो लाग्छ मलाई त |
बरु त्यो पल्ला गाउको किस्ने अमेरिका गयेसी क्रिस बनेछ बा ,,,,,,,,,:)
America is a great country and can achieve a lot within few years.
Frstly – enrol to University, learn and at the same time work during holidays, night time/Saturdays/sundays, pay the bills: electricity/water/rent/petrol etc.
.
Learn driving there and get driver’s license on time.
Buy old conditioned car, so that it can run without problems.
Qualify as much as possible, even two degrees into your pockets and gain experience at least 3 or 4 years minimum.
Legalise your status (citizenship) of the USA as fast as possible.
That means, try harder than you can.
become a champion/expert in your area/expert and do the right thing
from the beginning. No time for mistakes.
be positive always.
All will be ok.
यो यथार्थ प्रस्तुति पस्कनु भयकोमा लेखक महोदयलाई धन्न्यबाद दिने पर्दछ ।मैले पनि तिन चार पटक अमेरिका भ्रमण गर्दा भेतियक। अधिकांस दाजु भै हरुको अवस्था एस्त भयको पायको छु ।
फर्कौ है साथी भाइ हरु …. गर्कनुनी भै अमेरिका का त के सोर्ग बस्नु पनि दुखद छ !
म पनि धेरै वर्ष अमेरिका बसेर नेपाल फर्केको छु/ साथीहरु आउनुहोस, फर्कनुहोस नेपालमा नै केहि गरौला/ बिदेशमा अरुले सोचे जस्तो हुदैन भन्य कुरा हामी सबैले बुझेका छौ/ आखिर जति दुख गरे पनि खाने यक चौथाई र लाउने यक झुम्रो न हो/ मर्दा पनि आफ्नै माटो र परिवार तथा साथीहरु वोरिपरी हुदाको आनन्द नै सबै भन्दा राम्रो जस्तो मलाई लागेको छ/ नेपालमा विदेशबाट फर्कनेहरूको यौटा समूह बनाऔ/ आपसमा सरसल्लाह गरौ/ आउनुहोस नेपालमा नै बसौ र केहि गरौ/ नेपाल फर्कनु भयका साथीहरुले सरसल्लाहको लागि [email protected] मा इमेल गर्नु होला/ म पनि नेपालमा साथीहरु बनाउने क्रममा छु/
कन्यादान ? होइन अमेरिका पुगेर पनि अझै छोरीलाई दान कै बिषय बनाएर कथा लेख्नु पर्छ र ? के छोरिहरुलाई सँधै बस्तु संग नै तुलना गर्ने ? अनि छोराहरुलाई चै सँधै दान थाप्ने मालिक/भगवान बनाएर नारी दासता कै कथा लेखेर कुन समाज को प्रतिनिधित्यो गर्न खोज्दै छौं हामीहरु ? अलिकति पढेलेखेका हामी उपबुज्रुकहरुले त समानता को कुरालाई नारा मा होइन ब्याबहार बानि अनि सोचमा लागु गर्न किन सक्तैनौ ? धर्म कै कुरा मा पनि खोइ गीता, बेद मा नारी लै किनबेच अथवा दान गर्ने बस्तु भनेर उल्लेख गरेको त कहिँ पाइन्न, मैले नभुझेको भय माफ पाउ
तपाईं चाहिं अरु छोडेर यस्तै शाब्दिक समानतामा अड्केर बसिरख्नुस. यदि साचै नै “क्रान्तिकारी” हो भने आफ्नी बहिनि छोरीको “कन्यादान” मा सरिक नहुने र कन्यादान भएको कुनै विवाहमा अतिथि नबन्ने घोसना गर्नुस! यस्तो शब्दको परिवर्तनको वकालत गर्नेहरुले भोलि manhole को सट्टा womanhole लेख्नु पर्यो भनेर कराउन बेर छैन. मैले बढी बोलेको भए माफ पाम !
यौटा जिन्दगि रोएर हैन हासेर बिताउनु बेस / वभिस्य को लागि हैन बर्तमान को लागि बाच्नु पर्छ / मरे पछि डुमै राजा, के को टेन्सन /
यो विदेश भनेको घाटी मा अड्किएको हाड रहेछ, निल्न पनि नसकिने, ओकल्न पनि नसकिने.
शाएद मेरो नि यो दिन धेरै टाढा छैन होला. परदेशमा पसिना बगाएको १२ वर्ष भयो, घर फर्कने ठेगान भएन. न घरको भैयो न परदेशको, घर जाउ कुन मुखले जाउ, बसौ कहिले सम्म बसौ/
लौ आफुले गरेको कर्मको फल आफै भोगौला.
जयपशुपतिनाथ /////
यो कथा पड्दा अमेरिकामा तेत्तिकै फ्री भिसा फ्री टिकेटमा लान्छु भन्दा नि जान मन लागेन,बरु खाडीको तात्तो मरुभूमि भए पनि जत्ति खेर घर जान मन लागे तेत्ति खेर जान सक्छौ !अमेरिका ,…अमेरिका . ,,,..अमेरिका चाहियन बरु गुन्द्री बिछ्यार घरको दैलोमा सुत्ने छु तर मलाई चिसो A /C र आकाश छुने डसना चाहियन !
दस होइन बिस लाख मा अमेरिकाको भिसा पाए हजार तयार छन् जानलाई जति दुखको कहानी भए पनि !!!!! भाइ लामा उ त बाध्य भएर पो न त अमेरिका जहिले फर्के नि पाउछ लोभ उसलाई ग्रिन कार्ड को हो!!!!
ए हजुर गौचन जी , धन हुने बुद्धि नहुने मान्छेहरु मात्र १० ,२० लाख तिरेर जान्छ ,..हेर्नुस हामि संग्ग ५ लाख क्याश भयको भय किस्तामा भय पनि, थोत्रो ट्याक्टर किनेर आफ्नो गाउघरमा र आफ्नो फ्यामेली बसेर दिनभर जोद्ने, बेलुकी पाखा डिड़ो र गुन्द्रुक बजाएर आफ्नो घरको बर्तलिमा उपरखुट्टे गरेर सुथ्ये !
धेरै राम्रो कथा बिदेशी जीवन र परिवार संग को बिछोड कस्तो हुन्छ भनेर छर्लंग पारेको छ / its really a heart touching………..