Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एमआरपी भर्नेको दुःख – जानेर पनि फाराम भर्न सक्दिनँ भने पढ्नुको के अर्थ?

Posted on July 17, 2014July 17, 2014 by mysansar

step-to-print मेरो नाम सुब्रत नेपाल हो। म युएईको कुनै एक राज्यमा अवस्थित एक कम्पनीमा कार्यरत छु। धेरै नपढे पनि अनपढ चाहीँ हैन। सुन्छु,बुझ्छु,पढ्छु र लेख्छु पनि। नेपाली, अङ्रेजी र अलि अलि अरबी भाषा। टेक्नोलोजीको माध्यमले बिश्व सानो सानो बन्दै गईरहेको बेलामा म पनि इन्टरनेटको सामान्य तर आफूलाई चाहिने जति ज्ञान राख्दछु।

तर अहिले मलाई के अनुभव भइरहेको छ भने मैले आजसम्म पढेको बेकार रहेछ। मैले जानेको इन्टरनेटले मलाई काम नदिएपछि मैले इन्टरनेट सिकेको पनि झन बेकार रहेछ। किनकी म मेरो काम आँफै गर्न सक्दिन। जान्दिन हैन, जानेर पनि सक्दिन भने पढ्नु को के अर्थ?

प्रसँग, एम आर पी पासपोर्ट बनाउन नेपाल एम्बेस्सी जाँदाको हो। एमआरपी पासपोर्ट बनाउनको लागि म गत साता नेपाल एम्बेस्सी गएको थिएँ। जानु भन्दा पहिले मैले नेपाल एम्बेस्सीको वेबसाइट पढेँ, जहाँ एमआरपी को फारम कसरी भर्ने भनेर लेखिएको छ। मैले त्यसै त्यसै गरे।

मैले मेरो कम्प्युटरमा बसेर मेरो आफ्नो फारम भरें। बाउको नाम, ठेगाना, जन्ममिति, पुरानो पासपोर्टको विवरण जे जे उल्लेख गर्नु पर्ने हो सब लेखेँ। अनि भने जस्तै गरी प्रिन्ट पनि गरें। बेलुका स्टुडियोमा गएर फोटो खिचेँ। भने अनुसारको साइजको अनुहार ठूलो भएको बोर्डर नभएको फोटो बनाएँ। अनि भरेको फाराम ३-४ प्रति (हस्ताक्षर गरेको र नगरेको दुबै) र फोटो बोकेर नेपालको राजदुताबासमा हानिएँ।

बिहान ५ बजे कोठाबाट हिँडेको १० बजेतिर दुताबास पुगेँ। सबै जना कहाँ कसो गर्ने भनेर खोज्दै थिएँ, म भने पढेको मान्छे, फारम र फोटो पनि हातमै छ भनेर भित्रभित्रै पुलकित थिएँ। सरासर काउन्टरमा गएँ। पैसा र फारम बुझाएँ।

एक जना बहिनीले सुरुमै सोधिन- कहाँ भरेको फारम?

मैले भनेँ- मैले आँफै।

ए ल हुन्न। ऊ त्यहाँ जानुस्, फारम भर्नुस्। अनि फोटो पनि खिच्नुस् र आउनुस्- उनले भनिन्।

मैले तपाईंहरुको वेबसाइटमा गएर भने बमोजिम नै कम्प्युटरमा भरेर ल्याएको हुँ। सबै जस्ताको त्यस्तै छ, फोटो पनि भने जतिकै साइजको छ। फोटोमा अनुहारको साइज भने जति र बोर्डर पनि नभएको छ, हुनुपर्ने हैन र ?

मेरो भनाई के झरेको थियो, उनले भनिन्- तपाईंको फाराम म राखिदिन्छु तर पासपोर्ट भने आउँदैन।

त्यसो भए म हातले लेख्छु नि हुन्न भनेर सोध्दा पनि हुन्न रे।

अनलाइनबाट सिधै भर्ने अथवा बार कोड रिडिङ सिस्टम नभएसम्म हातले लेख्नु र कम्प्युटरमा टाइप गर्नुको भिन्नता मैले चाँही देखेको छैन। उनले कसरी देखिन्, उनी नै जानुन्।

अब हुन्न, पासपोर्ट नै आउँदैन भनेपछि मैले फेरि सँगै कम्पाउन्डभित्र नै रहेको टापिङ सेन्टरमा गएँ। फारम भराएँ, फोटो पनि खिचाएँ। त्यति गरेबापत २० दिर्हाम शुल्क तिरेँ। भिडमभिड थियो। झन्डै आधा घण्टा लाग्यो। फाराम बुझाएँ, त्यस्तै साढे एघार बजेतिर। ३ बजे मेरो पासपोर्ट फिर्ता पाएँ। अनि म पढ्नु र पढ्नको लागि मेरो अभिभावकले गरेको लगानीलाई धिक्कार्दै आफू बसेको ठाउँमा फर्केँ। यातायातको असुविधा र ट्राफिक जामले गर्दा राति ११ बजे मात्रै कोठामा आइपुगेँ। साथीहरुले बनाएको खाना सेलाएर बसेको थियो। खाएँ र सुतेँ।

मलाई पढेर पनि अनपढ हुनुमा धिक्कार थियो। पढिसकेपछि एउटा फाराम भर्न जान्दिनँ भने के पढ्नु र जस्तो लागिरह्यो।

अहँ, हैन। एकजना मित्रसँग भलाकुसारी गर्ने मौका मिल्यो। मनको बह पोखेँ। उनको केही न केही हदसम्म एम्बेस्सीमा पहुँच छ।

कुरो त यस्तो पो रहेछ-

दुताबासमा दैनिक ५०० देखि १००० सम्म सेवाग्राही आउँछन् रे। शुक्रबारको दिन त दुई तीन हजार हुन्छन् रे। कहिले हो सात हजार पनि पुगे रे। ल ५०० नै आए, र ती सबैले २०/- शुल्क तिरे भने दैनिक कति होला? मात्र १०,०००/- । महिनामा कति हुने भो? ३ लाख। बिजुली र त्यहाँ काम गर्ने कामदारको तलब गरेर १ लाख रे। अनि अरु दुताबास कर्मचारी लाई ५० हजार। राजदुतलाई त १ लाख ५० हजार रे। दिर्हाम है। भएन र मालामाल। यो त कम्तिमा पो रे!! राजदुताबास परिसरभित्र कसले दियो दुकान खोल्न? कति भाडामा लगाएको हो? केही छ हिसाब किताब? यो भ्रस्टाचार भित्र पर्दैन? युएईबाट टाढा नेपालमा रहेको अख्तियारलाई के थाहा?

अनि त्यहाँ काम गर्ने कामदार चाँही खै कसैको सेटिङमा आएका रे। भिसा सेटिङ।

कोही छ बोल्ने? एनआरएन छ? पार्टीका संगठन छन्? जिल्लाका नाममा खुलेका समाज छन्? जनजाति कता छन्? सब चाकरी मै रमाउने, को बोल्ने? सबैलाई यिनै भ्रस्टाचारी राजदुतको प्यारो हुनु छ। के मतलब?

(नेपालको फेसबुकबाट साभार)

57 thoughts on “एमआरपी भर्नेको दुःख – जानेर पनि फाराम भर्न सक्दिनँ भने पढ्नुको के अर्थ?”

  1. Limbu HarataraH says:
    July 22, 2014 at 2:45 am

    बेलायतको पनि पालो आयो, भनुँ कि? कस्ले भन्छ सजिलै भो? कोहि छौं हामी? पासपोर्ट बनाउन पनि ३-५ महिना लाग्छ? दुताबास नै धाउनु पर्छ? रकम बढेको बढ्यै छ, फोटो पनि कतिवटा (?) फर्म पनि कतिवटा ? जहाँ (यहाँ)पनि चाट्नेको कमि छैन ! छ र ?

    Reply
  2. डिल्ली says:
    July 20, 2014 at 10:24 am

    नेपाली घुसखोरी र ठगी संस्थागत बन्दै गइरहेको छ । मेरो बुझाइमा एक यस्तो ठगी जसका ठगहरू बेइमानसाथ इमान्दार देखिन खोज्छन् । मैले पनि यस्तै भुक्तान भोगेको छु पहिले काठमाण्डुको सिडियो कार्यालयबाट । पढेकै जस्तो लाग्थ्यो अन्य देशकालागि २-४ वटा फारम पनि भरिएकै थिए गल्ति भयो भनेर फिर्ता पनि गेनन् विदेशीले पत्याएकै थिए नोकर बनाउन योग्य नै देखे । नोकर हुनुमा गर्वै गरिदैँ छ । नयाँ नोकर बन्न बिदेशी सामु आफूले दिएको निवेदनमा सहीछाप गर्दै इमेल मार्फत नोकरी नामा आइलाग्यो । स-परिवारले फारम भर्ने र “बाहिर गएर आएको” फुईँ झार्ने विश्वास अयोग्य हस्तलिखित राहदानीको असामयीक इहलिला समाप्त गर्न उफ्रिदै काठ्माण्डु सिडियो कार्यालय दगुरेको थिएँ । हामी २ थान माऊको हाते खोष्टो राहदानी थियो । बच्चोको थिएन । विदेशीका इन्टरनेट फारम भर्दा मिल्थे त्यसैले परराष्ट्रले इन्टरनेटमा राखेको फारम मैले पनि भरेँ । तर यो एमआरपी भर्न काठमाण्डुमा पनि जानिन विदेशमा पनि जानिन । बच्चाको फारम काठमाण्डु सिडियो कार्यालयको गेट भित्रैको दलालखानाबाट भरेर बुझाएँ । “राजधानी बाहिरको” भएकोले बसाईँ सरेको प्रमाण बोकेर जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाण्डु पुगियो । सम्बन्धित जिल्लाको नागरिकताकालागि भेरिफिकेसन फारम पनि गेटकै दलाल खानाबाट फ्याक्स गरियो । नातेदारलाई लौन भनेपछि उनले जसो तसो सम्बन्धित जिल्लाको जिप्रकाबाट प्रमाणित गराएर फ्याक्स गरिदिए । तर त्यतिले पुगेन नागरिकताको नक्कल काठमाण्डुबाट बनाएर निवेदन दिनु नत्र मिल्दैन राहदानी लिन समेत भन्न भ्याए काठमाण्डु सिडियो कार्यालका निलो कोट र निधारमा रातो टीकाधारी सज्जन(?) महोदयले । यो कुराको असहमति कार्यालयका टाउके नं २ (टाउके नं १ सिडियो हुन् भन्ने मानेर) समक्ष पनि प्रस्तुत गरेँ तर निर्लज्जता ती राष्ट्रसेवक(?)का कुरा पनि उस्तै हुने रहेछन् । मैले जानेबुझेसम्म हराए वा बिग्रेमा मात्र नागरिकताको प्रतिलिपि लिन पाउने हो जुन जिल्लाको नागरिकता भए पनि भेरिफिकेशन गराउनु पर्ने मात्रै हो बसाइ सराइ गरेका वा बेजिल्लाबाट बनाउनु पर्नेहरूका हकमा । काठमाण्डुको झन्झटबाट बच्चाको मात्र राहदानी बनाएर आफ्नो चाहीँ विदेशस्थित नियोगबाटै बनाउने निधो गरेँ । विदेश पुगेको केही महिना पछि त्यसकालागि आफैँले फारम भरि लिएर निवेदन दिएँ ।

    स्वदेशमा नमिलेको आफैँ भरित फारम विदेशमा पनि निवेदन मिलेन । महामहिमकै नातेदारको “पसल” रहेछ दूतावासको गेटबाट केही मिटर अगाडी । भर्न लगाएँ शुल्क करिब नेपाली ५०० जति पर्न गयो । फोटो चाहीँ टाउको कन्याउँदा कनिकुथी मिल्न गयो । ३ महिना पछी आफैँले फोन गरेर सोधेपछि मेरो पनि एमआरपि बनेर आएको पत्तो लाग्यो । हुलाक खर्च सहित पुरानो ६४ पाने हस्तलिखित राहदानीको २ वर्ष अघाबै असामयिक निधन गराउन नागरिकताको सक्कल र उक्त सक्कल राहदानी दूतावास पठाएँ । राहदानीको आयु त १० वर्षकै छ क्यारे शुल्क चाहीँ करिब रू. १४,००० पर्न गयो । पेज सङख्या पनि ३२ हो कि ३६ छ क्यारे । भिषा र डिपार्चर नामधारी छाप ठोक्नका लागि चाहीँ २०-२५ पेज जति छ होला । पुरानो हस्तलिखित जस्तो बाक्लो र आकर्षक पाना पनि रहेनछन् । सबै पाना पहिलेका भन्दा दुब्ला पातला नै छन् । सायद मोटो भयो भने भारी भएर राहदानी बोक्नेलाई वा राहदानी आफैँलाई हर्टअट्याक हुन्छ भनेर हो कि ! पहिले बनाउँदा त राहदानीले प्लास्टिकको ज्याकेट लागाएर आउँथे । आजकल महङ्गिए पछि त नेपाली नेता जस्तो एमआरप पनि नाङ्गै आउँदो रहेछ । यो पनि सायद ग्लोबल वार्मिङको तातोले गर्मी नहोस् भन्ने चाहना भएर होला । कति नकारात्मक जस्तो सोच्नु सकारात्मक पनि सोचिहेर्नु पर्यो । नेपालीले विदेश स्थित नियोगबाट राहदानी बनाउन शुल्क पनि २ थरी लाग्ने रहेछ । कतै अम्रिकाने डलर ८० त कतै १५० वा परिवर्तित स्थानीय मुद्रा । सायद नागरिक पनि फरक फरक हुन्छन् होला कि कसो हो !

    आजकलको दरिलो खेति ! काठमाण्डुमा त बाहुन-क्षेत्री नै थिए क्यारे कार्यालय र फारम भर्ने ठाउँमा । त्यसैले तिनले अत्तो तागाधारी शैलीमा थापे हुँदा हुन् । यो विदेशी भूमीमा फारम भरिदिने दोकान चाहीँ (अ?)समानता बिरोधी जनजातिकै रहेछ सुनेबुझेसम्म महामहिमका नजिकका आफन्त हुन् । सायद भोको पेटको सवाल हो काठमाण्डु होस् कि विदेश भोकले जात केलाउँदैन कि कसो बुझ्न सकेको छैन ।

    Reply
  3. Ramesh Adhikari says:
    July 20, 2014 at 3:06 am

    यो एकदम ठिक लेखेको हो , मलाई पनि येस्तै va थ्यो , घर मा प्रिन्ट गरेको हुन्दैन रे ३० दिरहम तिरे पछि मात्र वायो रे, हेर्दा खेरि उसले प्रिन्ट गरेको र मेरो मा केहि पनि फरक छैन, अझ मेरो रंगिन थियो वने त्यहा प्रिन्ट गरेको ब्लैक एंड white थियो.

    Reply
    1. khatiwada shankar says:
      July 20, 2014 at 9:38 pm

      हैन मित्र, यहाँ तपाईको भनाई अनुसार मैले तपाईको सानाे त्रुटी देखें । फर्म रंगिन हुनु हुँदैन । हामीले भरेको फर्म अो सी अार बाट स्क्यान हुनुपर्ने हुँदा टेक्निकलली गलत भएको हुनुपर्छ ।

      Reply
  4. Gore Pun says:
    July 19, 2014 at 8:02 pm

    नेपाली कर्मचारी जुनै देश गएर काम गरे पनि सुध्रियनन हामी नेपाली हरु ले गर्दा नै तिनी हरु ले जागिर पाएछ हाम्रो सेवा गर्नु को सट्टा तिनी हरु लै नै जिउ जिउ गर्नु पर्ने लात्ता ले पानि पेट मा भयाच्च दिनु र

    Reply
  5. mangal tamang says:
    July 19, 2014 at 10:57 am

    आफ्नो देश म त लुटे-लुटे अरुको देश म त झन् छाड्ने कुरै भएन! नमस्ते हजुर(भ्रष्टचारी हो)…हामी गरिब लाई नी जयून देउ!!!!!!!!!!!!!!

    Reply
  6. khatiwada shankar says:
    July 19, 2014 at 6:49 am

    पहिलो कुरा,
    MRTD अर्थात मेशिन िरडेबल ट्राभल डकुमेन्ट सम्बन्धी मपदण्ड बनाउने, निर्धाारण सम्बन्धी कार्य नेपालको कुनै मन्त्रालय, विभाग, कार्यालयले गर्ने होइन । यस्को अाधिकारिक संस्था ICAO (International Civil Aviation Organisation) हो । यो कुरो बुझौं । त्यसैले यस्तो मिलेन, उस्तो मिलेन, फोटो मिलेन अादि कुराहरु कसैको स्वार्थका कारण मात्र उब्जाउने गरिन्छ ।
    कहीं कहीं सरकारी कर्मचारीहरुले अाफ्नो सेटिङबाट मात्र काम अाअोस भनी यस्तो अवस्था सिर्जना गर्ने गर्दछन् । तपाईले http://www.cpo.gop.np मा गई अनलाइनबाट पासपोर्ट फर्म डाउनलोड गरी ICAO को फोटोको ढँाचा अनुसारको फोटो राखी दरखास्त फर्म तयार गर्नुभयो भने कसैले केही भन्ने ठाउँ रहँदैन । ICAO को पासपोर्ट सम्बन्धी फोटोको रिक्वायरमेन्ट यहाँ हेर्न सकिन्छः
    http://www.icao.int/Security/mrtd/Downloads/Technical Reports/Annex_A-Photograph_Guidelines.pdf
    दोस्रो कुरा
    यती गर्दा पनि कसैले यस्तो मिलेन, उस्तो मिलेन भनी दुख दिन्छ भने त्यस्तो कर्मचारीबाट त्यही फर्ममा के के मिलेन लेखेर दिनुहोस् भन्न सकिन्छ । सरकारी कार्यालयमा कुनै काम कुन कुन कारणले हुन सक्दैन वा यो यो कुरा भए मात्र काम हुन सक्छ भन्ने कुरा सेवाग्राहीलाई लिखित रुपमा दिनु पर्ने नियम छ ।

    Reply
  7. Dhruba says:
    July 19, 2014 at 12:47 am

    मित्र मैले पनि यो सास्ती बेहोरेको हु गए साल हामीले भरेको फर्म र आफुले खिचेको तस्बिर जति नै मिले पनि दुताबासको कर्मचारीले हुदैन भन्छन कुरा गरेर साध्ये नै छैन उनीहरु पढेलेखेका हामी गबार नै हुन्छौ उनीहरु को लागि सब भन्दा डर भनेको फर्म दिनुस पासपोर्ट आउदैन भंचन अनि क गर्नु !! कठै नेपाली दुताबास

    Reply
  8. Shankar says:
    July 18, 2014 at 10:15 pm

    एता यम आर पी बनाउने नाउमा नेपाल सरकार जनता ठग्दै गर्दा उता सभासद हरुले लग बाग ५ करोड बाढेर लिए ( स्मरण गरौ पहिले लिएको १० लाख लाइ व्यक्तिगत पेवा झैँ गरेका थिए )|
    नेपालि हरु धेरै बाठो भएर भुटान बाट लखेटिए ,नेपालि नेता हरु धेरै बाठो र राजनीति गर्न जान्ने भएर हात मा एउटा प्रधान मन्त्रि पद बाकि छ , भोलि कतै नेपालि नै नेपाल बाट लख टीन जाने त हैन ?
    गिलास को पानि ले समुद्र सग अंकमाल गर्न जानुको परिणाम के ?

    Reply
  9. raju says:
    July 18, 2014 at 7:32 pm

    हैन एउटा online system बनाउन सक्दैनन् भनेको? संसार को जुनसुकै ठाउँ बाट पनि online form भर्यो, फोटो upload गर्यो , system ले नै गल्ती कहाँ कहाँ भएको छ देखाई दिन्छ, फोटो मिलेको छ कि छैन बताई दिन्छ अनि सब मिलाएर submit गर्यो| confirmation copy प्रिन्ट गरेर embassy वा nepal मै बुझायो, सब data central system मा पुगी सकेको ले Embassy ले Information Authentic हो कि हैन original document हेरेर तेही system मा validate गर्ने बनायो | पैसा अहिले जसरि तिरेको छ तेसरी नै तिरे भो | नभए credit card हुने हरु ले Credit Card बाट तिरे भो वा paypal बाट तिरे भो | एस्तो सिस्टम नेपाल मा रहेका राम्रा राम्रा software company ले ३ ~६ महिना भित्र बनाई दिन्छन| खर्च पनि धेरै पर्दैन| ४ $ पर्ने passport लाई १५० $ मा बेच्दै छन् ( US मा भएको नेपाल दुताबासको website अनुसार) ३५ गुना नाफा छ | त्यो नाफा को पैसा ले एस्तो system बनाए हुन्न? हैन गुरु अलिकति त computer को सदुपयोग गरूम| कति Facebook मात्रै हेर्नु हुन्छ| कि जनता लाई सुख होला भन्ने पिर भयो हाकिम हरु लाई? हामी नेपाली जनता ले हण्डर नै खानु पर्ने?

    Reply
  10. Ratna Thapa Magar says:
    July 18, 2014 at 6:33 pm

    कसैले नचलयाको यमरापी तेस्को बाजेको टाउको रुलर नापेर फर्म check गर्छ, अनि उनीहरुकै फर्म किन्न लगाउछ, एउटा PC गर्ने मेसिन पनि छैन, सारही दुख दिन्छा यो लण्डनको दुताबासले,

    Reply
    1. धर्म says:
      July 18, 2014 at 9:06 pm

      नेपालीको नाताले सकारात्मक सोंचका साथ भन्नु नै पर्दा धेरै थोरै राज्यलाई हरेक नेपालीहरुले कर /भन्सार तिर्नु सकारात्मक पक्क्ष हो । दुःखको कुरा भन्नु पर्दा ती ग़रीब जनताहरुबाट उठाईएका कर/भन्सार सप्ता शाषण सम्हालेका ब्वाँसाहरुहरुले ब्यक्ती वा पार्टीको निमीत दुरुपयोग गरी नेपाली जनताहरुलाई थांनामा सुताउने काम गरेकाले कर/भन्सार नतीरेनी हुन्छकी भन्ने सोंच पनि आउछ । जस्तैःउदाहरणको लागी सादाहरण बिरामी हुँदा पनि नेताहरु बिदेस तिर कुद्नु ।

      Reply
  11. kedar says:
    July 18, 2014 at 5:37 pm

    सेटिंङ्ग नै सेटिंङ्ग ले चलेको देशको संबिधान मै सेटिंगलाइ ब्यबस्थित गरेदेखि टन्टानै साफ हुने थियो |

    Reply
  12. Pramesh says:
    July 18, 2014 at 5:31 pm

    यो फारम मा भर्नु पर्ने विवरण भनेको आफ्नो नाम, ठेगाना, नागरिकता र पासपोर्ट को सामान्य विवरण र आफ्नो नजिक को आफन्तको बिबरन मात्रै हो| यस्तो सामान्य विवरण भर्न सामान्य लेखपढ भएको मान्छे जसले पनि सक्छ| सरकारी निकायको काम जनतालाई दुख दिने हैन सेवा दिने खालको हुनु पर्छ| बरु फारम लिदा भरेको मिले नमिलेको सरसर्ती हेरेर रुजु गर्ने सरकारी कर्मचारी हुनुपर्छ| यस्तो सामान्य कुरामा जनतालाई दुख दिनु हुदैन|

    Reply
  13. Pramesh says:
    July 18, 2014 at 5:18 pm

    कुनै पनि सरकारी निकायले यसरि एउटा निजि व्यापारलाई प्रबर्धन गर्न मिल्दैन| यो भ्रस्टाचार हो|

    Reply
  14. bam pun says:
    July 18, 2014 at 5:14 pm

    good topic राम्रो प्रसङ्ग यो पनि एक प्रकार को भास्ताचार नै हो यसको बारेमा हामी सबैले आवाज उठाउनु पर्छ

    Reply
  15. Kb Gurung says:
    July 18, 2014 at 4:31 pm

    मेरो हिजैको एउटा अनुभब, हिजै मात्र MRP लिएर आए ! यस्तै बेला दिशा पिसाब पनि कति लागेको ! जब ट्याक्सी चढे सोचेको थिए दुताबासमै टोइलेट छ, उत्तै फेर्नु पर्छ तर जब म टोइलेट भित्र छिरे झन्डै दुर्गन्धले बेहोस भै ढले ! दिशा गर्नु त कुरै छैन जेन तेन पिसाब फेरे तर दिशा रोकेर दिशालाई नै सराप्दै बसे ! एकजना नचिनेको साथिले त्यहीकै कर्मचारी लाइ सोधे टोइलेट मा किन पानि नभाको ? तर उनको जबाफ थियो आजै मात्र नभाको तर टोइलेट को हालत हेर्दा महिना दिन जति सफाई नभएको जस्तो देखिन्थ्यो !

    यस लेखको सार वास्तविक धरातल बाट MRP बनाउन जाँदा भोगिएको तितो यथार्थ बाट प्रस्तुत छ ! MRP को नाममा लुटेराहरु बिदेशमा पनि सल्बलाएका छन्, ब्यापार फस्टाएका छन् ! कालो बजारी लाई टेवा दिएका छन् र सीक्षित र क्षमताहरुलाई उल्लु बनाउदै शिक्क्षित जमातका शिपहरुलाई डसट्बिन (रद्दीको टोकरीमा) फ्याकिदै छन् !

    Reply
  16. Ritesh says:
    July 18, 2014 at 4:10 pm

    — They Will Have Slow Painful Death —
    पिर नगरु मित्र !, एस्तो पारिश्रमिक, गरिब, सोझो जनता ठग्ने लाइ समय ले ठग्छ एकदिन, र तेही पैसा ले उसलाई र उसको परिवार लाइ पिर्छ – यो धुर्ब सत्य हो |
    उनीहरु को साथी, संगी , उसैको परिवार , नातागोता ले उनीहरुलाई नै सामुहिक बहिस्कार गरौ | अनि पो अरु ले नि lesson पौछां |

    Reply
  17. biplav ghimire says:
    July 18, 2014 at 3:33 pm

    यो आर्थिक सोषण तथा खुलेआम भ्रस्टाचारको बिसय प्रधान मन्त्रीको नोटिसमा नपुगेको होला, बिरामी छन् हस्पिटलमा छन्, तर कामु प्रधान मन्त्रि, पररास्ट्र मन्त्रि,मुख्य सचिब, पररास्ट्र सचिब, सम्बंदित भ्रस्टाचार र आर्थिक सोसन मा संलग्न राजदुत तथा कर्मचारी हरुलाई यो जानकारी छैन भनेर पत्याउने ठाउँ छैन / मुख्य सचिब लिलामणि पौडेलको कार्यछेत्रधिकार भित्र नपर्ने भएर कि किन यो बिसयमा ध्यान नपुगेको ? कि होइन विदेश गएको मौकामा अलि अलि लुटुन भनेर छोडिदिएको ? होइन भने अधिकारिक WEBSITE मा लेखिए अनुसार गर्दा किन सम्बन्धित दुताबासले फारम स्वीकार गर्दैन? कि WEBSITE को उक्त जानकारी DELETE गर होइन भने प्रक्रिया पुरा गरेको फारम का भरेको भनेर किन सोध्ने EMBASSY का स्टाफले ? को हो एसको जिम्मेबार, मुख्य सचिब कि पररास्ट्र मन्त्रीकी कि सम्बन्धित देशको राजदूत, कृपया जवाफ दिनु होला. यो देशको अन्तरास्ट्रिय बेइजोती पनि हो /

    Reply
  18. क्षिर ध्वज says:
    July 18, 2014 at 2:29 pm

    यस्तो प्रवृतिलाई तत्काल दह्रो कारबाही गर्छु भनि सम्बन्धित निकायबाट जवाफ यहीं फोरम बाटै आवस..|

    Reply
  19. Rupesh says:
    July 18, 2014 at 1:37 pm

    यो त बाहिर को भयो नेपाल कै कुरा गरौँ कहिले २ वोटा फोरम रे कहिले ३ वोटा खै कुरा बुज्न गारो……………….

    Reply
  20. krishna says:
    July 18, 2014 at 1:37 pm

    यो त सरासर भ्रस्टाचार भयो हैन यो अख्तियार के हेरेर बसिरा छ हँ यदि सुब्रत नेपालको कुरो साचो हो भने त त्यो राजदुत होकी लाज नभाको दुत लाई कारबाही गर्नु पर्यो नि होइन

    Reply
  21. विष्णु प्याकुरेल says:
    July 18, 2014 at 1:17 pm

    दुख लाग्यो युएइका भ्रष्ट कर्मचारीहरूको भ्रष्टाचारी काम देखेर । साउदीमा भने यस्तो केही देखिनँ । मे को अन्तिममा जाँदा कर्मचारीहरू सहयोगी पाएँ । अनुभव बाँडेको मात्रै हुँ । मैले लगेको फारम परिमार्जित भएर नयाँ आएको रहेछ, थाहा भएन, तर दूतावासकै कर्मचारीले भरिदिए । न त भरिदिए वापत शुल्क नै मागे । फोटो बाहिरै खिचाएकोले त्यो आवश्यक परेन । एमआरपीको लागी लाग्ने शुल्क ३१० साउदी रियाल बाहेक अतिरिक्त तिर्नु परेन । तपाइको युएइको अनुभव हेर्दा साह्रो दुःख लाग्यो । त्यहाँका NRN र समाजसेवीहरू के हेरेर बसेका छन् खै ?

    Reply
  22. Siyan says:
    July 18, 2014 at 1:01 pm

    MRP पासपोर्ट लिन फारम भरेर बुझाउनु भै पासपोर्ट हात पर्न पर्खि बस्नु भएका सम्पूर्ण मित्रहरुलाई अग्रिम शुभकामना, शुभकामना यस अर्थमा पासपोर्ट चाडै र तपाइको हात पर्दा सम्पूर्ण कुरा सहि हुनु ठुलो भाग्य को कुरा रहेछ, यो मैले आफुले भोगेको कुरा गर्दै छु.
    पासपोर्टको फारम भरेर बुझाउदा सम्म नै अनेकन हण्डर खानु पर्छ ४५/५० डिग्रीको घाम २-४ घण्टा ताप्दै, यो त अब सबैलाई थाहा भएकै कुरा पर्यो, तिन महिनाको लामो प्रतिक्षा पछि जब पासपोर्ट हात पर्यो हेर्छु त SHRESTHA को ठाउमा NHRESTHA पो छ मेरी बाबै next of kin को ठाउमा स्पस्ट पुलिंग को नाम हुदा हुदै relation मा त MOTHER पो लेखेको छ ये रात्तै….जबकी फारममा मैले स्पस्ट BROTHER लेखेको थिए, मैले भरेको फारम सबै ठिक थियो, मैले बुझाउनु अघि स्कान गरेर राखेको थिए धन्न तेरो फारम नै त्यस्तो भरेको थियो भन्ने बाटो पाएनन्, मलाई पुन फारम भर्ना लगाइयो र थप दस्तुर भने लिएन धन्न परमात्मा….(गल्ति प्रिन्ट गरिएको नया पासपोर्टको कपी, मैले भरेको फारम जसमा embassy को हाकिमको sign पनि छ को कपि सुरक्षित छ अहिले सम्म पनि)
    अर्को पासपोर्ट को प्रतिक्षामा छु हे भगवान कुनै गल्ति नभईकन मेरो पासपोर्ट पठाई देउ छिटै अन्यथा मेरो छुट्टी जाने कुरा चौपट हुन्छ…

    Reply
  23. Hari Prasad Lamichhane-साउदी says:
    July 18, 2014 at 12:27 pm

    By qualification I am CA and still unqualified to fill this f…….ing form. I can just imagine how irritating our system is, thousands of people around the world (because Nepalese citizens are around the world now and they are in ques for MRP) are suffering on daily basis.

    Reply
  24. Basant says:
    July 18, 2014 at 12:06 pm

    सबै दुतावास पार्टीको भागबन्डा मा पर्छन अनि प्रतेक पार्टीले हाईटेक महाअधिवेशन गर्छन राजदुत प्रहरी प्रमोसन मा ब्रिफकेस भरि खर्च पुरयाउछन अनि लगानी उठाउनु परेन मित्र हो उजुरी हाल्नुस एक कपि अख्तियारमा एक एक कपि एन आर एन र अनेक संघ संस्था हरुलाई बोधार्थ दिनुस नेपाली मेडिया हरुलाई… हामीले तिरेको कर बाट तलब खाएर हामीलाई नै लुट्ने डाकाहरुलाई..

    Reply
  25. Anz says:
    July 18, 2014 at 11:40 am

    सुब्रत जी लाइ जस्तै मलाई पनि येहा नेपालमा तेस्तै भन्यो, फर्म online भरेर सबै भने जस्तै गरेर सबै requirement लादा पनि यो फर्म मिल्दैन तेहा परको पसलमा गएर भरेर आउनुस पो भन्दै थिए चोरहरुले…मा त एकछिन discuss गरे पनि, तर के गर्नु आखिर काम त उनीहरु बाटै गराउनु पर्छ हामीले… अनि फेरी आर्को फर्म भर्न गए तेही संगैको पसलमा गएर …these government offices, their systems, officers & their working styles are really very poor & disgusting …no positive thoughts ever rose for these useless people…they are always impolite to others…really so annoying.

    Reply
  26. Nirajan says:
    July 18, 2014 at 10:22 am

    नेपालको त झन् कुरै नगरौ ! ,, अस्ति पासपोर्ट बनाउन गएको फर्म आफैले भरेर तर खै के के मिलेन भन्यो र तेसैले फर्म भर्ने ठाउ देखायो, फोटो खिच्ने स्टुडियो पनि उसैले लग्यो ,,,२०० रुपया फर्म भरेको र २५० फोटो खिचेको लियो , ल ठिकै छ अब बन्लानि त भनेर बुझाएर आयियो ३ हप्ता पछि फोन गरेर तपाइको फर्म भरेको मिस्टेक रैछ परराष्ट्रबाट फिर्ता आयो एकपटक हेर्न आउनुस भनेर फोन काट्यो…

    Reply
  27. कुमार थजाली says:
    July 18, 2014 at 9:56 am

    मलाई पनि यस्तै भयको थियो म तपाई को कुरामा 100% सहमत छु

    Reply
  28. devendra says:
    July 18, 2014 at 9:47 am

    ….खरिदार साब मेडमहरु को त काठमाडौँ मा ३/४ वटा घर कसरि बन्छन त? अरुको कुरै नगरौ.. नेपाली राजदुताबास भनेकै मालामाल हुने कुटनितिक नियोग, जनताको बिजोक

    Reply
  29. राई धरान says:
    July 18, 2014 at 9:25 am

    मेराे साथीलाई पनि त्यही गरेकाे थियाे । तर साथीले पनि एक पटक बाहिर निस्केर त्यही फाेटाे हुदैन भनेकाे थियाै । त्यही फाेटाे टाँसेर अाएर फारम बुझाएकाे थियाै । हुदैन भनेकाे फाेटाे फेरी मिल्याे र साथी एक हप्ता पछि राहदानी पनि प्राप्त गर्याे । तर एउटा कुरा साथीले खिच्दा लगाएकाे सर्ट नै त्यही बेला पनि लगाएकाे रहेछ । नत्र दुख बढ्थ्याे ।

    Reply
  30. xyz says:
    July 18, 2014 at 8:17 am

    The system is all designed to extract money from the customers.

    Reply
  31. आशा says:
    July 18, 2014 at 7:13 am

    नेपाली कर्मचारी तन्त्र, प्रजातन्त्र आयपनी, गणतन्त्र आयपनी उही राणाकालीन तरिकामा चलिरहेको छ | एकपटक घोकेर घुसेपछे जे गरेपनि जागिर जोगिने, कारवाहीको त कुरै छोडौं | विकशित देशको जस्तै जनताद्वारा स्वतन्त्र मुल्यांकन गर्न पाउने र तेसै अनुरुप सरुवा, बढौती, थमौती हुने नियाम हाम्रा साम्सद/सभासाद हरुले कहिले बनाउने होलान ? तिनीहरुले एस्ता निक्रिस्ट कार्य गरि द्रव्य असुल गरेको ज्वलन्त प्रमाण हुँदा पनि कतै केहि नहुने भयपछि गणतन्त्र त तिनैलाई मात्रै पो आयको रहेछ भन्दा अत्तियुक्ति नहोला !! अस्तु |

    Reply
  32. dan parajuli says:
    July 18, 2014 at 6:53 am

    मा पनि यस्तै १ पीडित हु फर्स्ट छो ति जादा फोरम छोटो भयो रे 1 एंड अर्को दीन फाटे अलिक लामो उसले वने जस्तो मिलाएर लेर गए यो त वो तर ४ महिना पछी राम्ररी बनेर अको म र पी लीन जादा ३ खेप धाउनु परदै जादाँ पो मा त दङ्ग परे पोहिला दीन नै ओल्ड पस्स्पोर्ट एंड नगरिक लेर म र pee लीन गाको पछी लास्टमा ३ क्लास धेखी स.ल सी सम्मका शरिपिकेट जामा गर्नु परों यस्तै छ कसलाई के व्हनौ आफै जील पर्यो

    Reply
  33. Dinesh Pradhan says:
    July 18, 2014 at 6:49 am

    हो हजुर मलेशियामा पनि यस्तै छ कति ठाउँमाहामी ठगिने ? कस्ले बुझ्छ हामी गरीबको दुख न घर परिवारको मान्छेले न मालिकले को बोल्छ ?॥सबैलाई भाग्यमा पर्छ त

    Reply
  34. kanchha thapa says:
    July 18, 2014 at 6:43 am

    यी त उदाहरण का पात्रा मात्र हुन् ! यहाँ त एम आर पी ले तिनीहरु को लाईफ बनाऒने मौका मिलेको छ ! खोइ सरोकार वाला निकाय हरु कता कान मा तेल हालेर बसिराका?

    Reply
  35. Lalit Narayan says:
    July 18, 2014 at 4:09 am

    जनताको सेवा गर्न बसेको दुतावासले उल्टै जनताको शोषण गर्ने?
    नत्र बाहिर बाट भरेर लगेको फारम र फोटो किन नलिनी? यो सरासर ठगि हो l
    यो कुरो सम्बन्धित निकायमा तुरुन्त पुर्याउनु पर्यो र जिम्मेवार राजदुत वा कर्मचारीलाइ कारबाही गर्नु पर्यो l

    Reply
  36. premji says:
    July 18, 2014 at 3:50 am

    नेपाली कामदारको खाडीको गर्मिमा चुहाएको पसिना चुस्ने “मर्यादित” पदमा आसिन महानुभावहरुको यो कर्तुत उनीहरुका छोरा-छोरीहरुलाइ सुनाइदिनु — उनीहरुले या त भविष्यमा यस्तो गरिमामय काम सम्हालेर बस्लान, या त आफ्नै अभिभावकलाइ धिक्कर्लान !
    गरिबको पैसा चुस्ने चुसकहरुलाई जेल सजाय होस् श्री नेपाल सरकार !

    Reply
  37. Subba Vishwakarma says:
    July 17, 2014 at 11:58 pm

    दुरुस्थै मिलौनो भो साथी ले म पनि एक एस्नातक पढेको र एक राम्रो पद मा कार्यरत छू.मेरो पनि आफैले भरेको र कम्पनी का नेपाली साथी हरु को मा आफै फारम भरे सबै नेट निर्देश अनुसार तर झुर भो सबै मिलेको छैन भने र तेपिंग सेन्टर मा भर्नु परेओ तेह झन् दुताबास भन्दा पनि कानून जानेका जे पनि हामी ले भरेको र लेखेको चल्छ भन्छन.

    Reply
  38. अम्बिका says:
    July 17, 2014 at 11:45 pm

    नेपाल जी ले लेख्नु भएको कुरा सत्य र जायज छ , मसंग पनि दुताबसकै सामग्री छ तर म इमेलमा पठाउन चाहन्छु इमेल पाए हुन्थ्यो किनकि डकुमेन्ट र अडियो रेकर्ड पनि छ

    Reply
  39. NS says:
    July 17, 2014 at 11:23 pm

    Recently i have been to the Nepali Embassy in the Moscow to apply for the MRP. I found staff in the embassy helpful. They have helped to type and print and even to stick the photo without any hesitation. Hope soon i will get my new passport.
    I think staff of the embassy should be like that. They are to help us and to guide when we need.

    Once again thank you to the staff of the Nepali Embassy in the Russian Federation.

    Reply
  40. Jenish says:
    July 17, 2014 at 11:19 pm

    लण्डनमा पनि खाली cash मात्र लिन्छ क्रेडिट कार्ड, बैंक ट्रांस्फेर, चेक केहि लिदैन. cash चै सिधै खाम मा जमा गर्छ! कता जान्छ यो पैसा?

    Reply
  41. Santosh Lamichhane says:
    July 17, 2014 at 10:42 pm

    यो त अति भो ! नेपालमा मात्र होइन बिदेशमा पनि नेपाली ले नै नेपालीलै ठग्ने? कति सम्म पतित , यो कुराको राम्रो छानबिन हुनु पर्यो, यदि अनियमितता हो भने त्यो राजदूत लाइनै घोक्रेठ्याक लाउनु पर्ने मैले ठानेको छु | पहिला तो यो कुरा अक्तियारमा पुर्याउनु पर्यो अनि यो ब्लग मैले बिबिसी नेपाली सेवामा पनि पठाइदिएं |

    Reply
  42. Jay says:
    July 17, 2014 at 10:12 pm

    राज्य ले यसरि गरिब, दुखि लाई लुटी रहदा पनि केहि बोल्न मन नै लागेन !! धिक्कार छ , हामी सबैलाई !!!!

    Reply
  43. chatur rai says:
    July 17, 2014 at 9:38 pm

    सारै चित्तबुझ्दो कुरा, अनि कता हराएछन त ति एनआरएन र हरियो घाँस र रसलीलाको बहानामा च्याउसरि उम्म्रिएका संघ सस्थाहरु ?

    Reply
  44. rohit kumar says:
    July 17, 2014 at 9:30 pm

    धिक्कार छ म नेपाली भएको मा कारण म सानो मुलुकमा जन्मिएको मा हैन न कि गरिब मुलुक मा जन्मिएको मा नै ।मेरो स्वर्ग जस्तो मातृभुमी लाई म सपनामा पनि गालिदिन सक्दिन तर यी दुई खुट्टाले हिड्ने मानव रुपि कुकुर को समाज मा जन्मेको मा आफुले आफुलाइ धिक्कार छ ।जहाँ गयो यस्तै छ ।एक ले अर्कोलाइ लुट्नुमानै आफुलाइ सर्बमान्य सम्झिन्छन ।कहिले आउँछ होला नेपाली मा ज्ञा न ?राज्नितिक कार्यकर्ता हेरो तेस्तै छन देश को पुलिस प्रसासन हेरो तेस्तै छन।नेता हेर्दा तेसतै छन ।कसैले केही राम्रो गर्न खोजो भने तेस्को कुन्डली नश्ट गरि दिन्छन।कर्मचारी को त के कुरा गर्नु र?अनि दलाल गुन्डा हरुको उत्पादन बड्दो छ ।कसरी बाच्नु होला हामी जस्ता सर्बसाधारण जो कसैको कुभलो सोच्दैनोउ ।

    Reply
  45. subash says:
    July 17, 2014 at 9:20 pm

    राम्रो समसामयिक मुद्दा उठाउनु भएकोमा सुब्रतजी लाई धन्यवाद | तर यो मुद्दा युएई वा अरु कुनै बाहिरि रास्ट्रमा मात्रै होइन नेपालमै पनि लागु हुन्छ |

    मैले पनि बर्षदिन अघि नेपाल मा एमआरपीको फारम भर्दा “दलाल” कहाँ भरेकै फारम चाहिने रे. आधिकारिक वेबसाइत बाट डाउनलोड गरेको उनीहरुकै फारम पनि नमिल्ने रे! अनि किन राखेको त अनलाईनमा फारम?

    बाहिरको दलाल लाइ पैसा दिएर फारम नभर्ने अठोट नै खाएँ | झगडै गरि गरि आफ्नै फारम बुझ्न लगाएँ |

    सबै पैसाकै खेल. जनतालाइ सजिलो गराउने त कता कता दलाल संग सुकुटी खाने ब्यस्त.

    Reply
  46. bijay says:
    July 17, 2014 at 9:05 pm

    नेपाली हुनु दुर्भाग्योको कुरा हो, जता गएपनि आफ्नै मान्छेबाट ठगिनु पर्छ जहाँ गएपनि/ मलाई पनि मुख छोड्न मनलाग्छ एस्तो कुरा सुन्दा/

    Reply
  47. Aalok says:
    July 17, 2014 at 9:05 pm

    मलाई अझै पनि याद छ, जिल्ला मा पासपोर्ट फारम भर्दा पनि केके को रसिद काटेरले भनेर मैले ५०० रुपैंयाको काटेको| यी सब कर्मचारीका सेतिंग हुन् यिनको तत्काल अन्त्य हुनु आवश्यक छ|

    Reply
  48. नेपाली यूवक says:
    July 17, 2014 at 9:05 pm

    सुब्रत जि,
    तपाईँ जस्तै गरि नेपाली दूतावासबाट पिडीतहरुको सङ्ख्या गनि साध्य छैन। यूरोप, अमेरिका, अस्ट्रेलीया, खाडी जता ततै कहिले एम आर पी त कहिले के को नाम मा दु:ख पाएको पायै छौँ हामीले। कति लागमर्दो! राजदूताबासको काम भनेको विदेशमा रहेका नेपालीलाई अप्ठेरो पर्दा सहयोग गर्नु र नेपाल सरकारको उपस्थिती छ है भन्ने आभाष गराउनु हो, तर ठिक विपरीत, त्यही राजदूतावासले नै विदेशीले भन्दा धेरै र घीनलाग्दो तरिकाले दु:ख दिन्छ।
    मेरो एक पैसाको सल्लाह, यदि तपाईँले आफ्नो सहि नाम यहाँ लेख्नु भएको हो भने तुरुन्तै हटाएर छद्म नाम प्रयोग गर्नु होला, नत्र तिनै कर्मचारीले तपाईँको निवेदन वा तपाईँको पासपोर्ट गायब पार्लान। किन भने मलाई त्यस्तो परिसकेको छ।

    Reply
  49. AMAN RAI says:
    July 17, 2014 at 8:56 pm

    सर मलेशिया को पनि ठ्याक्कै तेस्तै छ . यो कम कसले कसरि रोक्ने होला .

    Reply
  50. rajan shrestha says:
    July 17, 2014 at 7:28 pm

    कुरो येस्तो पो रै६ ? नेपाली कर्मचारी जहाँ गए पनि भ्रस्ट नभई नहुने कस्तो चलन I

    Reply
  51. teku thapa says:
    July 17, 2014 at 7:18 pm

    मैले पनि साउदी अरबको नेपाल दुताबासमा ५ महिना पहिले आफैले फारम भरेर दिएको थिए मा संगै जम्मा गरेका सबैको राहदानी आइसक्यो र त्यो भन्दा १५ दिन पछी मेरो साथीको फारम मैले नै भरेर दिएको त्यो पनि आइसक्यो तर मेरो अहिले सम्म कुनै खबर नै छैन मलाई त अहिले कता कता संका लाग्दै छ कि आफैले भरेको फारममा कतै संकेत राखेर ढिलो प्रक्रिया मा राखेको त होइन, होइन भने किन बेखबर हुन्छ र किन रेप्लाई आउदैन कि फर्म नै नमिले को भए फेरी भरौला तर पहिले के नमिलेको हो जानकारी त दिनु पर्योनी

    Reply
  52. Subarna says:
    July 17, 2014 at 7:14 pm

    यो त अति भयो
    Embassy भित्र को काउन्टर Mai भरेको फारम मात्र बैधानिक ? लुट्ने राम्रो बाटो पाएछ

    Reply
  53. कृष्णकुमार के सी says:
    July 17, 2014 at 6:55 pm

    मैले पनि हिजो एम आर पि को फारम भरेर आए । त्यहाँ नै टीइपिगं र फोटो खिच्न पर्ने रहेछ बाहिर वा आफ्नैले भरेको अस्वीकार गरिदो रहेछ । अझै दुतावाससँगै जोडीएको टरोमा फोटो र फारम भर्दा १०/१० दिरामले नै हुनी रहेछ दुताबास बाहिर पनि फारम भरिदो रहेछ र फोटो पनि खिचिदो रहेछ त्यहा त २०/२० दिराम पो लिइदो रहेछ ।
    सबैले आफ्नैले भर्न जानेका हुदैनन् सेवा दिनु राम्रो हो तर जानेकाहरुले र बाहिरबाट भने बमोजीमको साइज़ को फोटो र फारम भरेर लागेको लाई अस्वीकार गर्नु चाहि नहुनी हो सिधै सिडीकेट लगाएको जस्तो लाग्यो ।

    Reply
  54. bishal says:
    July 17, 2014 at 6:38 pm

    खै के बोलम र मुख छोड्न मन लाग्छ नि तर सालोक्य जी ले BLOCK गर्दिनु होला!!!!

    Reply
  55. राम चन्द्र says:
    July 17, 2014 at 6:11 pm

    नेपाल बस या बिदेस एनी हाउ दाम कमाउ . अरु लै ठगे त कोची हाल्छन ठग्ने नै नेपालि लाइ त हो जहा पनि

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme