-डा. विजय ज्ञवाली –
क्लिनिकल मनोविज्ञ
खेलले समाजलाई जोड्ने काम गर्ने भन्ने उदाहरण हामीले केही महिना पहिले नेपाली क्रिकेटले पाएको सफलता र त्यसले नेपाली जगतमा ल्याएको सकारात्मक उत्साहलाई हेरेर सजिलै बुझ्न सक्छौं। खेल समाजमा ऐक्यवद्धता ल्याउने स्रोत मात्र होइन यसले समाजलाई विभाजन पनि गर्छ भन्ने कुराको उदाहरण पछिल्लो विश्वकप फुटबललाई लिन सकिन्छ।
खेल एउटा युद्ध जस्तै हो जसमा हार र जीत हुन्छ र जहाँ बम बारुदको सट्टा बल र गोलले महत्त्व राख्छ तर फरक यति मात्र हो कि युद्ध जस्तो विध्वम्सात्मक परिदृश्य खेलमा हुँदैन। खेलले समाजमा पनि ठूलो प्रभाव पार्छ कि कोशौं टाढा रहेर पनि यसका फ्यानहरु अर्को देश र उक्त देशका खेलाडीसँग कुनै साइनो नभएको देशको निम्ति मरिहत्ते गर्न सक्छन्।
प्रशंसकहरुको इतिहासमा एकरुपता नभएता पनि सम्भवत यो त्यति बेलादेखि सुरु भएको हुनु पर्छ जति बेला मानिसहरु झुण्ड झुण्डमा बस्ने गर्दथे। एक जना राजा अथवा नाइके हुने गर्थ्यो जसको छनौट खेलबाट नै हुन्थ्यो। खेलमा जित्ने राजा र उसका प्रशंसकहरु प्रजा हुने गर्दथे। हाम्रो नेपाल कै इतिहास हेर्ने हो भने पनि गोर्खाको लीग लीगे दौड जितेर राजा हुने र बाकी प्रशंसकहरु प्रजा हुने परिपाटी थियो। अहिले फरक यति मात्र छ कि पहिलेका खेलाडी द्रव्य शाहहरु हुन्थे भने अहिले मेस्सी, थोमस मुलर र नेमारहरु छन्।
फ्यान मनोविज्ञानको क्षेत्रमा केहि अनुसन्धानपनि भएका छन्। सन् १९९८ मा फ्रोस्बरी स्टेट युनिभर्सिटी (Frosbury State University) का प्रोफेसर पल बर्नहर्ट (Paul Bernhardt) ले गरेको अनुसन्धान अनुसार आफुले समर्थन गरेको टिम वा समुहले जितेको खण्डमा पुरुष फ्यानहरुको टेस्टोस्टेरोन हर्मोन २० प्रतिशत बढेको र हार्दा २० प्रतिशत घटेको कुरा उल्लेख गरेका छन्। यसै गरि इन्डियाना युनिभर्सिटी ( Indiana University ) का अर्का प्रोफेसर एडवार्ड हार्ट (Edward Hirt ) ले गरेको अनुसन्धान ले जीतको खुशियालीमा फ्यान हरुको आत्मविश्वास बढेको, मानसिक र शारीरिक परिक्षणमा राम्रो नतिजा आएको तर हार्दा त्यसको विपरित पाइएको उल्लेख गरेका छन्।
विश्वकपको सुरुवात संगै नेपालमा पनि प्रशंसक हरुले आफ्नो टिमको समर्थनमा जुलुस निकाल्ने, पूजा पाठ गर्ने, आफुले समर्थन गरेको टिमको जर्सी लगाउने जस्ता रमाइला परिदृश्यहरु देखा परे। अझ सामाजिक मिडियामा समर्थक र बिरोधिहरुको मोर्चा नै देखा पर्यो।
यस्तै केहि रमाइला घटनाहरु पत्रपत्रिकामा आइरहेका बखत ब्राजिलको हारका कारण एकजना १५ वर्षीय बालिकाले आत्महत्या गरेको दुखद घटना सार्वजनिक भएको छ। हाम्रो लागि कुनै बिशेष साइनो नभएको ब्राजिलले हार्दैमा एक बालिकाले आत्महत्या गर्नु भनेको दुखद साथै अनौठो घटना भयतापनि फ्यान मनोविज्ञानको क्षत्रमा यो नयाँ घटना होइन। फ्यान मनोविज्ञान भित्र यस्ता धेरै उदाहरणहरु पाइन्छन जसमा खेल र अन्य क्षेत्रका फ्यानहरुले पीडामा आफ्नो जीवन अन्त्य गर्ने गरेका छन्।
मनोविज्ञानको आधारमा भन्ने हो भने यो अवस्था भनेको आशा र त्यसको परिणाममा संयोजन नहुँदाको नतिजा हो। फ्यानहरु आफुले समर्थन गर्ने देश र खेलाडी प्रति अतिनै धेरै विश्वास र भरोसा गर्छन। कतिपय अवस्थामा यो नियन्त्रण भन्दा बाहिर पुग्छ र उनीहरुले खास गरि हारको परिणामलाई स्वीकार गर्न सक्दैनन्। जसको फलस्वरूप अप्रिय घटना घट्न जान्छ। सुनसरीमा भएको आत्महत्याको घटनामा ब्राजिलले हार्नु एउटा कारण भए पनि आमहत्याको निम्ति प्रेरित गर्ने अझ धेरै कारणहरु हुन सक्छन्।
समूहमा खेल हेर्दा आफुले समर्थन गरेको टिम हार्दा साथी भाईले बोल्ने अप्रिय बोलि बचनलाई पचाउन नसक्ने संबेदनशिल मनोवृति भएका व्यक्तिले क्षणिक आवेगमा आएर अप्रिय निर्णय गर्ने सम्भावना रहन्छ | पत्रपत्रिका मा आएको समाचार लाई आधार मान्ने हो भने सुनसरीमा भएको फूटबल प्रेमी को आत्महत्या त्यसैको कारणबाट भएको देखिन्छ | १५ वर्षीय बालिकाको आत्महत्या संग अर्को गम्भीर प्रश्न हाम्रो सामु खडा भएको छ। स- साना घटनामा आत्महत्या गर्ने परिपाटी हाम्रो समाजमा बढी रहेको छ। जसलाई रोक्न समाजमा हरेका पक्षले सशक्त भूमिका निर्वाह गर्नु जरुरि छ। यसरी आत्महत्यालाई प्रेरित गर्ने कारणहरु हाम्रो वरिपरि नै हुन सक्छन जसको पहिचान गर्ने जिम्मा तपाईं र हाम्रो साझा विषय हो। [email protected]
भावना सीमित क्षेत्रमा सीमित नहुने भयो!
हाम्रो समाजको लागि अब चाहिने कुराहरु : खेलको सन्धर्भमा मनोबैज्ञानिक चेतनाको बिकाश, खेल र एथार्थ संसार, खेलहरुले पार्ने सकारात्मक र नकारात्मक असरहरु / अन्यथा समाज मनोबैज्ञानिक रुपमा नजोडिनेगरि वर्गीकृत हुने खतरा हुन सक्छ /
यो लात्ती भकुण्डो को लागि किन नेपालि यति क्रेजी भएको ?
ल युवा हरु त् जोस मा होस् हुन्न भनम, यो बुढा हरु समेत ब्राजिल , जर्मन , अर्जेन्टिना को भेस्ट लाएको देखेर अचम्म लाग्छ | येस्तै हो भने केहि समय पछि नेपालि सभासद समेत जर्सी लाएर सदन पसे भंने अचम्म न मान्नु पर्ने हुन्छ |
I dont know why we are making this kind of conclusion about her suicide. There is no suicide note that she killed herself because of this reason. People are making speculation to make things easier and to popularize themselves. In another sense she might have been murdered by someone and the blame went to Brazil and FIFA
Arati Jee, you raised a good point. If her (victim’s) relatives (or friends) have any speculation about this case, there is 35 days (from the date of accident) to report this case to police with a defensible cause/witness. I am not sure if there was postmortem and its report saved in police office (or elsewhere). If there were a little doubt about this case being murder, her parents would have been filed the case against the suspects.
आत्महत्या मूर्खताको परिचायक हो / आफु र आफ्नो जीवनको लक्ष संग सम्बन्धित नभएको यो हार (जीत) केबल एउटा ‘प्यासन’ वा ‘अब्सेसन’ बाहेक केही होइन / यो (आत्महत्याको) घटनाले आफ्नो छोरा-छोरी को जीबन को लक्ष र प्राथमिकता सिकाउने बुद्दिमान आमा-बाबु को खाँचो टड्कारो रहेको देखाउछ / लहै लहै मा र भिडको पछाडी नलागी आफ्नो बुद्दिले काम गर्नु राम्रो हुनेछ /
I think media, peer pressure created by social media, and of course the zealots who rallies with the team jersey very provocatively, as if brazil or argentina are their own country are equally responsible for this incident. know people will blame the mental state of the poor girl, but let’s look at this way, where in a earth you would find a horde of youth wasting their time and energy not only watching, but insanely following foreign sport team. Nepal needs to find happiness inside than salvage fake happiness from outside. Personally I enjoy watching any sports purely from the entertainment stand point, it is completely insane to buy foregin jersey- (money could have been used to provide clothing to poor childrens) flaunt those as if they are brazilian native for me is a utterly insane, meniac and nauseating thing! one precious life is lost because of 1000 meniac let’s look at it this way!!
मलाई त सारै रिस नै उठेर आयो
आफ्नो देश नेपाल को लागि,आफ्नो बाबा र आमा को लागि केहि गर्नु छैन, ब्राजिल ले फुटबल हारेयो भनेर आत्महत्या गर्ने, यस्तो हावा दारी छोरा र छोरी को, बाबु र आमा लाई सम्झेर सारै असाध्यै दुख लागेको छ,. ब्राजिलका खेलाडी लाई केहिभा छैन सम्झिदा पनि लास्टइ रिस नै उठेर आउच कोहि नभाको जात्रा नेपाल मा नै हुन्छ..
यो चै मानसिक चेतनाको कमि भएको मान्नु पर्छ. अब नेपालले बंगलादेश संग क्रिकेट मा हार्दा केहि फरक नपर्ने तर त्यो कहाँ हो कहाँ को देशले हार्दा आत्महत्या गर्ने,? यसमा खास गरि हाम्रो समाज नै दोसी छ किनकी समाजमा साना कुरा हरुलाई पहाड बनाउने प्रवृति मौलाएको पाइन्छ. उनले सपोर्ट गरेको टिम ले हार्दैमा नाना थरिका कुरा गरेर मानसिक यातना नदिएको भए सायद त्यस्तो अप्रिय घटना पक्का पनि घट्दैन थियो होला. अब यस्ता कुरा हरुमा हामीनै सतर्क हुने कि? कतै मैले जोक गर्दा अरु कसैलाई ठुलै हानी पर्ला कि भनेर सोच्ने पालो अब हामी तपाइको.
Idle mind, devil’s workshop. नेपालमा प्राय मान्छेसंग टन्न फुर्सद छ अनि येस्तै येस्तै कुरामा आफ्नो फुर्सदको सदुपयोग गर्छन
खेल का लागि आमनेसामने हुने खेलाडी प्राय सबै बराबरी जस्तै हुने हुदा हर जित को टुंगो लगाउन सकिने कुरा होइन मात्र अड्कल लगाउने हो यदि यसै ले नै जित्छ भन्ने हुदो होत कप सिधै उसको देस मा पठाय हुने थियो किन खेल को आयोजना गर्नु पर्ने थियो फेरी आफुले मन परायाको टिम ली हर्दा आफुलाई दुख लाग्छ भने अर्को व्यक्ति ले रोजेको टिम ले हार्दा उसलाई पनि त दुख लाग्दोहो भन्ने कुरा लाइ मनन नगरी आबेस आउने व्यक्ति कै कमजोरी हो र साथि हरु ले पनि अनाबस्यक रुप मा तेरो टिम ले हार्यो भन्ने खिसितिउरि गर्नु किन के उनीहरुले रोजेको टिम ले अहिले सम्मान हारेको छैन ???
यो असाध्यै दुख को कुरा हो…कहाँ गइ रहेको छ हाम्रो समाज? किन हामी हाम्रो जीवन लाइ यति सस्तो बनाइ रहेका छौ? नेता को लागि मर्ने नि हामी नै, सरनार्थी नि हामी नै, अनि अर्का को देश ले खेलेको फुटबल को लागी मर्ने नि हामी नै??? किन ??? ब्राजिल ले हरेको मा कुनै पनि ब्रजिलीयन ले आत्महत्या गर्या छैन , किन हामी चै मर्ने? किन हामी यति सस्तो हरे शिव !!!!!! जहाँ नि नेपाली मर्ने , अफगानिस्तान होस् या बर्मा को युद्ध, भुटान होस या इराक को बग्दाद ….के हामीले अब सोच्ने बेला आएन र? हे दैब कसो गरि मेरो देश बचाई देउ, तिमीले जे भन्छौ तेइ गरौला …………