इटालीसँगको खेलमा डिफेन्डर चिएल्लिनीलाई काँधमा टोक्ने उरुग्वेका स्ट्राइकर सुआरेजलाई फिफाले कारबाही गरेको छ। फिफाको अनुशासन कमिटीले उनलाई आउँदो नौ खेलका लागि निलम्बन गरेको छ। त्यसैगरी उनलाई चार महिनाका लागि फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधि (प्रशासनिक, खेल वा अन्य कुनै) गर्न पनि प्रतिबन्ध लगाइएको छ। त्यतिमात्र हैन, उरुग्वेको खेल भइरहेका बेला उनलाई कुनै पनि रंगशालामा छिर्नसमेत निलम्बन अवधि कायम रहेसम्म प्रतिबन्ध लगाइएको छ। त्यसैगरी उनले एक लाख स्विस फ्र्याङ्क (नेपाली एक करोड ८१ लाख रुपियाँ) जरिवाना पनि तिर्नुपर्ने भएको छ। फिफाले भनेको छ, ‘यस्तो किसिमको व्यवहार कुनै पनि फुटबल मैदानमा सह्य हुन सक्दैन, अझ फिफा विश्वकप जस्तो करोडौँको आँखा मैदानमा रहेका स्टारहरुमाथि भएको बेलामा त झन्।’ यो प्रतिबन्ध तुरुन्त लागू हुने फिफाले