Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एसएलसी रिजल्ट : पोहोर १५ जनाले आत्महत्या गरे, यस पटक ० बनाउन यी कुरामा ध्यान दिऊँ

Posted on June 12, 2014 by mysansar

-डा. विजय ज्ञवाली-
क्लिनिकल मनोविज्ञ

प्रतेक वर्ष जस्तै यो वर्ष पनि एसएलसीको नतिजा आउने समय भएको छ। सुनिन्छ ३० गते नै रिजल्ट आउँदैछ। कुनै आस्चर्यजनक परिणामको अपेक्षा नगर्ने हो भने यो वर्ष पनि लगभग ४०- ५० प्रतिसत बिद्यार्थीलाई पास र बाँकीलाई फेल अनुतिर्णको घोसणा गरिनेछ। उतिर्ण बिद्यार्थी का फोटो लाई माध्यम बनाएर फेरी स्कूल हरु बिज्ञापन छाप्ने छन्। प्रतिसत लाई आधारबनाएर कलेज हरु ले भर्ना मा छुट को घोसणा गर्ने छन्। सर्बोतम नतिजा लिएर आउने बिद्यार्थी का आमा बुवा ले सामाजिक संजाल मा अबिर ले सजिएका छोरा छोरीमाथि गर्व का सब्द लेख्नेछन्। यी सब घटना का परिदृश्य बिच नतिजा कै कारण फेरी हामी ले हाम्रा होनहार युवा बिद्यार्थी लाई गुमाउने छौ। यो क्रम बर्सौ देखि चलिरहेको छ। तर यसलाई रोक्न हामी सित कुनै योजना र तयारी छैन। १० कक्षा उतिर्ण गरेर ११ मा जाने बाहेक यो परीक्षा को कुनै औचित्य छैन। बिगत ३ वर्ष को एस एलसी परिणाम लाई हेर्ने हो भने लगभग १५ जना भन्दा बढी ले नतिजा कै कारण जीवन गुमाएको समाचार पत्रपत्रिका मा आएको छ। यो सख्या अझ बढी हुन सक्छ।यसबाट उनि हरु मा परेको मानसिक आघात र तनाब को त कुनै लेखाजोखा छैन।

धेरैजसो बिधार्थीहरुले आफ़्ना अभिभावकको आशामा खरो नउत्रिदा सामाजिक दबाब र आफु प्रतिको हिनताबोध बाट टाढा हुनको लागि पनि आफ्नो जीवनको अन्त्यगर्ने गरेको देखिन्छ। एस. एल. सी. सामाजिक प्रतिष्ठाको रुपमा प्रचारित भएको छ। मिडियाले एस. एल. सी. लाई दिने उच्च प्राथमिकता र केहि व्यसायिक शैक्षिकसंस्थाले सिर्जना गरेको अनावस्यक डरका कारण बिधार्थीमा अनावस्यक दबाब सिर्जना भएको छ। अभिभावक स्वयम ले पनि एस. एल. सी. लाई प्रतिष्ठाको रुपमालिइदिंदा अबोध बालबालिका हरुले कठोर निर्णय लिनु पर्ने वातावरण बढाई दिएको छ।

यति बेला हामी अभिभाबकहरु एस. एल. सी. को नतिजाको प्रतिक्षामा छौ। यो अवस्था मा सम्बन्धित निकायले केहि गर्ला भनेर उनिहरुको मुख ताकेर बस्नु भन्दाहामीले नै हाम्रा छोरा छोरी को जीवन रक्षा को लागि केहि कदम चाल्नु पर्ने देखिन्छ।यसको लागि हामी ले सर्ब प्रथम हाम्रा बिर्धार्थी को मन बाट एस . एल .सी . को भुतलाई हटाउनु पर्छ। सम्भावित नतिजा को लागि हाम्रा छोरा छोरीलाई तयार गरौ। जुन सुकै परिणाम आए पनि उनि हरु लाई हतोत्साही नपारी अर्को पल्ट को राम्रो हुनेकुरा मा बिस्वस्त पारौ।उनीहरु मा आफ़्नो इच्छा आकांक्षा लाई नथोपरौ। नतिजा कै कारण गाली गर्ने ,सार्बजनिक रुपमा लज्जित पार्ने नगरौ।एस . एल .सी. परिणामलाई बिजनेस रुप मा प्रयोग गर्ने स्कूल र कलेज लाई निरुत्साही गरौ।

यति गर्दा गर्दै पनि यदि हाम्रा छोराछोरीले निराशा पूर्ण कुरा गरे र तपाई लाई अप्रिय निर्णय को डर छ भने आफै ले केहि पहल गर्नुपर्छ।
-स्थिर र सन्तुलित हुनु होस्।

-आत्महत्या गर्ने विचार मनमा आएको छ कि?भनि सिधा रुपमा सोध्नु होस्।

-समस्या सुन्नु होस् / गलत र सहिको निधान नगर्नु होस्।

-निरन्तर निगरानी राख्नुहोस् / एक्लै नछोडी दिनुहोस।

-घरमा आत्माहत्या लाई सहज पर्ने कुराहरु छन भने त्यसलाई हटाउनु होस्.|

-तुरुन्त मानसिक रोग विशेषज्ञ अथवा परामर्श दाताकोमा लानु होस्।

-एक पटक आत्महत्याको प्रयास गरेको मान्छेले फेरी प्रयास गर्ने सम्भावना बढी हुन्छ। तसर्थ एकपल्ट आत्माहत्या टर्यो भनेर त्यो कुरा लाई सामान्य रुपमा नलिएरसमस्याको निराकरणको लागि बिज्ञको सहयोग लिनु होस्।

-आत्महत्या बाट रक्षा गर्ने सबै भन्दा ठुलो अस्त्र माया प्रेम हो। आफ्ना नजिकका मानिसको सधै प्रसंसा गर्नु होस्। उनिहरुलाई सुन्नु होस्।

-त्यस्तो अवस्था मा गाली गर्ने , उसको कुरा सुन्न छोडेर आफ्नो अर्ति उपदेश दिने नगर्नुहोस। धर्य गरेर उसको कुरा सुन्नुहोस। सल्लाह मागेको खण्डमा उसको विचारलाई सम्मान दिएर सकारात्मक रुपमा आशाको कुरा गर्नुहोस।

एस. एल. सी. परिणाम आउन लागेको यो परिस्थिति मा यदि सबै ले प्रयास गर्ने हो भने परिणाम कै कारण ले हुने आत्महत्या लाई नियन्त्रण गर्न सकिन्छ। यो पल्टको एस .एल .सी लाई आत्महत्या शुन्य पार्न सबै ले पहल गरौ।

7 thoughts on “एसएलसी रिजल्ट : पोहोर १५ जनाले आत्महत्या गरे, यस पटक ० बनाउन यी कुरामा ध्यान दिऊँ”

  1. kedar Sh says:
    June 13, 2014 at 9:33 am

    हाम्रो देश मा mental health professionals को धरै खाचो छ. हुन त अरु बिकशित देश मा पनि यो बिषय लाई अरु health related problem भन्दा अलिक कम महत्त्य दिएर हेरिन्छ. अमेरिका लगाएत अरु देश मा अहिले mental health professionals को खाचो धरै बढेको छ especially US मा इराक आफगानिस्तान लडाई पछि.

    Reply
  2. subash says:
    June 12, 2014 at 11:39 pm

    यो लेखमा हिज्जे धेरै नै त्रुटिपूर्ण देखिन्छ, कि यस्तै हो आजकलको चलन?

    Reply
  3. Syanu Paija says:
    June 12, 2014 at 11:36 pm

    SLC खारेज गरेर ग्रेडिङ सिस्टम मा लैजानु पर्छ।

    Reply
  4. Dam Chhiring Sherpa says:
    June 12, 2014 at 12:24 pm

    यो धेरै राम्रो विचार र कुरो हो किनकि हाम्रा बल्बचालाई पद्दैपद्दैना फेल्वायो भनेर कहिलेए कराउनु गलिगर्नु हुन्दैन उनिहरुलैता झनै शम्झई भुझई र माया पनि गर्नु पर्छ.

    Reply
  5. बशन्त राज says:
    June 12, 2014 at 11:22 am

    मैले एस एल सी २०५७ सालमा नया कोर्षको पहिलो ब्याचमा दीएको
    थिय/ ३९ जनाले एस एल सी दीएको जम्मा तिन जना मात्र पास भाको थियो / त्यो भन्दा अघिल्लो बर्ष २०५६ (पुरानो कोर्ष) मा पनि ४० जनामा मात्रै ३ जना पास भाको थियो जसमा / अझ २०५५ मा मात्र १ जना पास भाको/ त्यो बर्ष निल जनाबाट जोगीए पनि २०५८ को बेला भने हाम्रो स्कुल निल नै गाको थियो / कारण थियो सरकारी स्कुल अनि सरहरू तलब पचाउन मात्र आउने अनि छात्र छात्र पनि खासै पठन मन नगर्ने / त्यो समयमा मेरो गाउमा राम्रो पठनेहरु भर्खरै खुलेको निजि बोर्डिंग स्कुल जान्थे / निजि स्कुल १०० मा १००% पास गराउने तर सरकारी भने निल गयो भने कुनै नौलो हुदैनथ्यो/ सरकारी बाट अलि धेरै पास भयो भने आडोऊ आसचर्य हुन्थ्यो/ तर त्यो बेलामा कसैले पनि एस एल सी फेल भाकोमा आत्माहत्या गरेनन है/ हाम्रो एक जना साथी थियो उसले एस एल सी १० पटक दीयर पास गर्यो/ एस एल सी पास गर्ने बित्तीकै दाजुको सहयोगमा (उसको दाजुको आर्मीमा राम्रो जान पहिचान थियो) आर्मीको क्लार्कमा नाम निकालेर हाल आर्मी मुख्यलामा काम गर्छ/ म सरासर एस एल सी पास गरेको मान्छे खाडीमा पाले भाको छु/ ८ बर्ष विदेश बसेर पनि एउटा घर बनौन सकियन/ तर एस एल सी फेल भाको साथीहरु गाउमै बसी कुखुरापालन, दुक्ध बेबसाया (गाई भैसी पालन), सुन्तला खेति, बेमौसमे तरकारी खेति, टनेला राखेर गरीने गोल भेडा खेति, मासुकोको लागि बाख्रा पालन आदि गर्दै कामाउदै गाउमै नया घर ढलान गरेर बनाएर बसेका छन/ यो सब देख्दा बेकारमा एस एल सी पास भएछु जस्तो लाग्छ/

    Reply
  6. G P Khatiwada says:
    June 12, 2014 at 11:01 am

    नेपालका बोर्डिंग स्कुल र प्लस टू कलेजहरुले आफ्नो ब्यापार प्रबर्धन गर्ने बहानामा यो परीक्षालाइ अनाबश्यक प्राथमिकता दिएका छन जसको चंगुलमा सोझा अभिभावक र निर्दोष बिद्यार्थी परेका छन र त्यसमा सरकारको निकम्मापन पनि काफी जिम्मेवार छ…

    Reply
  7. vijay says:
    June 12, 2014 at 8:40 am

    कति राम्रो लेख / सबै जनाले बेलैमा विचार पुराए समाज राष्ट्र सब को कल्याण हुञ्छ/ hats off to bijaya gyanwali ji for your article./whover secure distinction is not the good human being you never know what you could be in future.If you see the history of succesful person like steve jobs from apple,william gates from microsoft and mark zuckerberg from facebook all are college drop out and never graduated but millions of distinction holders are working for them under the same roof.Be a person of value not the person of competitive rank.Remember , at the end of day just realise that we were born naked and will leave this world naked….So be happy what you have or what you can do or what you can be…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme