Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्काउटको आमरण अनसनलाई कसैले वास्ता गरेन, पैसा तिर्छु भन्दा पनि विज्ञप्तिसमेत छापिएन

Posted on May 29, 2014May 29, 2014 by mysansar

-हरिराम पौडेल-

ansan सामान्यतया पत्रिकाले पैसा तिरेपछि जसको पनि विज्ञापन छाप्ने गर्छ। विभिन्न विज्ञप्ति विज्ञापनहरु पनि पत्रपत्रिकामा छापिएको हामीले देख्दै आएका हौँ। तर जब एक पक्षको विज्ञापन छापिने अनि अर्को पक्षको चाहिँ पैसा तिर्छु भन्दा पनि नछापिने स्थिति आउँछ, त्यसलाई के भन्ने ?

प्रसंग मिडियाले बेवास्ता गरिरहेको स्काउट आन्दोलनको हो। स्वार्थ नमिलेर हो कि किन हो यो विषय कुनै पनि मिडियाको प्राथमिकतामा पर्न सकिरहेको छैन।

नेपाल स्काउटका प्रमुख आयुक्त श्रीराम लामिछाने १६ वर्षदेखि कायम छन्। राजतन्त्रसँगै गणतन्त्रमा पनि उनको पावर उत्तिकै छ। हरेक पार्टी, मन्त्री र प्रधानमन्त्रीलाई रिझाउन उनी सफल भएका छन्। ।

नेपाल स्काउटको केन्द्रीय कार्यालय वरपर भवनहरु निर्माण हुँदा पनि उनलाई सार्वजनिक खरिद ऐन र नियमावलीले छुँदै छोएन। अख्तियार र राष्ट्रिय सर्तकताले उनलाई हालसम्म छुन सकेको छैन।

स्काउटको ऐनमा भएको व्यवस्थालाई ठाडो चुनौति दिदै उनले शैक्षिक योग्यता नपुगेकालाई आयुक्त बनाएका छन्।

५६ हजार युवाको आस्था र भरोसाको केन्द्र स्काउटभित्र भएका भ्रष्टचार, अनियमितता र शैक्षिक योग्यताको विषयलाई लिएर युवा स्काउटरहरुले आन्दोलन चर्काए। टेबलमा बसेर वार्ता नि गरे। आठ बुँदे सहमति पनि भयो। (तल हेर्नुस् सहमति)

तर सहमति लागू भएन। हरेक उपाय र प्रयास अनि टेबल वार्तामा असफल भएपछि युवा स्काउटरले कठोर आन्दोलन सुरु गरे – लामिछानेलाई हटाउने प्रमुख मागका साथ। स्काउट लिडर गुणराज प्याकुरेल र रमिला नगरकोटी आमरण अनसनमा छन्। प्याकुरेलको आज १७ र नगरकोटीको आज १४ दिन भयो आमरण अनसनमा बसेका।

यो कठोर आन्दोलन अधिकांश सञ्चार माध्यमको आँखामा परेन। कारण उनै लामिछाने हुन्। पैसा तिरेर तलको विज्ञप्ति निकाल्न खोज्दा पनि ‘कान्तिपुर’ले छाप्न मानेन। जबकि अर्को पक्षको विज्ञप्ति विज्ञापनका रुपमा यसरी छापिएको थियो। अन्य पत्रपत्रिका छिटफुटमात्र पुगे र पुगेका जति सबैले समाचार पनि बनाउन जाँगर गरेनन्। समाचार बनेर पुगेका पनि सम्पादकको टेबुलमा पुग्दा त्यही काँटछाँट भयो।

अनसनरतहरुको स्वास्थ्यस्थिति नाजुक बन्दै गए पछि युवामन्त्री पुरुषोत्तम पौडेल अनसनरत लैनचौरस्थित नेपाल स्काउटको केन्द्रीय कार्यालयमा पुगे र आन्दोलनकारीलाई मन्त्रालयमा भेट्न बोलाए। तर उनी मन्त्रालय पुग्दा नपुग्दै उनकै बोली फेरियो। अलि बिजी छु केही दिन पछि भेटौला भनेछन्। भित्री पावरले त्यहाँ पनि काम राम्रैसँग गरेछ।

स्काउटको यो आन्दोलनमा नन स्काउटरहरुको समर्थन भने यथेष्ट देखियो। आमरण अनसनलाई समर्थन गर्दै राष्टि्य परिषदका चारजना सदस्यहरुले राजिनामा पनि दिइसकेका छन्।

आमरण अनसनमा बसेका प्याकुरेल र नगरकोटीले आफ्नो आन्दोलन भ्रष्टाचार र नेपाल स्काउटको आमुल परिवर्तनका मागका लागि भएको हुँदा उक्त माग पूरा नहुन्जेल अनसन जारी रहने बताउँछन्। उनीहरुको स्वास्थ्यस्थिति भने अत्यन्तै नाजुक छ।

विश्वमा स्काउटिङ युवाहरुको लागि लक्षित गरी तयार पारिएको नौलो किसिमको शैक्षिक कार्यक्रम भए पनि नेपालमा भने वृद्ध र वृद्ध सोच भएकाहरुको अवकाशपूर्ण जीवन बिताउने थलो बन्दै गएकोमा युवा स्काउटरहरुले गुनासो राख्दै आएका छन्।

नेपाल स्काउटमा वैशाख ३० गतेबाट आमरण अनसन सुरु भएको हो।

पैसा तिर्छु भन्दा पनि नछापिएको विज्ञप्ति

unpublished

आन्दोलनकारीहरुको पर्चा-
parcha

यस्तो भएको थियो सहमति-
sahamarti1

sahamati

sahamati3

राष्ट्रिय मानवअधिकार आयोगले पनि यसमा चासो देखाइसकेको छ
NHRC

अनसनकारीको अवस्था खराब हुँदै गएपछि आज दुई आयुक्तले राजीनामा दिएका छन्
rajinama

5 thoughts on “स्काउटको आमरण अनसनलाई कसैले वास्ता गरेन, पैसा तिर्छु भन्दा पनि विज्ञप्तिसमेत छापिएन”

  1. shreebatsa Basnyat says:
    May 31, 2014 at 11:56 pm

    https://www.facebook.com/photo.php?fbid=657467567680460&set=gm.703319109727396&type=1&theater

    Reply
  2. रघु says:
    May 30, 2014 at 5:33 pm

    एमालेको भाग बन्डामा युवा र खेलकुद मन्त्रि पाएका पुरोशोत्तम पौडेलबाट केही आशा नगरे पनि हुन्छ|
    मन्त्रि पौडेलको क्रियाकलाप बाट प्रष्ट हुन्छ उनी केवल एमालेका मन्त्रि हुन् देशको होइनन|उनलाई खेलकुद होइन खेलकुद र युवाको भविश्य संग राजनीति र खेलवाड गर्ने मन्त्रि भन्न्पर्छ|
    आमरण अनसनकारी द्वयको ज्यानलाई केहि हुन् गए मन्त्रि जिम्मेवारी हुनेछन|

    Reply
  3. Dhan says:
    May 30, 2014 at 5:43 am

    This is our leading media house which has never been fair and unbiased. Unfortunately, media like Kantipur is so popular. we depend on them and trust them whatever they say.
    So coming to the main point, The head of scout should go and leave it for new people. Why In Nepal every one wants to remain on the position for lifetime once they get there as if its their private company. Shameful !!

    Reply
  4. बशन्त राज says:
    May 30, 2014 at 1:13 am

    मैले गुगलमा हेरेको ठेगाना अनुसार यो स्काउटको मुख्य अन्तरास्ट्रीय कार्यालय हो / सायद यसमा इमेल ठेगानामा इमेल पठाएर नेपाल स्काउटलाई सुधार गर्न सकीएला कि ??
    World Organization of the Scout Movement
    Rue du Pré-Jérôme 5
    PO Box 91
    CH-1211 Geneva 4 Plainpalais
    Switzerland
    Tel.: (+41) 22 705 10 10
    Fax.: (+41) 22 705 10 20
    [email protected]

    Reply
  5. सिर्जने says:
    May 29, 2014 at 10:36 pm

    ए राता मकै ! सहमतिमा भा’का कुराहरु पालना नगर्ने अनि अटेर गरि बस्ने? यस्ता साढे छोडिएका लामि’छाने’हरु लाई छानी-छानी कारवाही गर्नुपर्यो मन्त्रिज्यु / कति ओगटेर बस्छौ ए लामिछाने बाबै, खुरुक्क छोडे भैहाल्यो नि सहमति लागु गर्न नसक्नेले / आफु पनि नगर्ने अरुलाई पनि गर्न नदिनेलाइ के भन्छन कुन्नि? अझ उल्टै पावर लगाउदै बस्दो रै’छ ए, पंचेत होइन गणतन्त्र हो यो गणतन्त्र बुझ्या छ?
    आन्दोलनकारी, आमरण अनशन बस्ने गुणराज प्याकुरेल ज्यु र रमिला नगरकोटी ज्यु हरुलाइ मेरो हृदयभित्रै बाट समर्थन र शुभकामना छ /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme