Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

म हुँ गृहमन्त्री बामदेउ, नियम मिच्ने ठाम देऊ

Posted on May 26, 2014May 26, 2014 by mysansar

bamdev-gautam
आज ‘नयाँ पत्रिका’मा छापिएको ज्ञानेन्द्र कार्कीले खिचेको यो फोटो सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ। नारायण अमृतले यसैमा एउटा व्यङ्ग्य टिप्पणी गरेका छन्-
म हुँ गृहमन्त्री बामदेउ।
नियम मिच्ने ठाम देऊ।
भने जस्तो नभए हान्देऊ।
जे गरे नि, देउता ठान्देऊ।

अरु के के टिप्पणी भइरहेको छ त सामाजिक सञ्जालमा ?

आज बामदेवले ट्राफिकलाई आदेश दिन्छन्, त्यसरी बीच बाटोमा डोरी किन टाँग्या? म पो ठूलो मान्छे नाघ्न सकेँ, केटाकेटी लड्छन्, बाटोबाट डोरी हटाउनू।

— Ananta Koirala (@anantabrt) May 26, 2014

हिजोसम्म अपराध गर्दा "पैले बालकृष्णलाई कारवाहि गर अनि बल्ल…." भन्ने नेपालीहरुले आजदेखि ट्राफिक नियम उलङ्घन गर्दा बामदेबलाई देखाउ पाउने भए।

— मान्ठा (@iMaanthaa) May 26, 2014

किनकि वामदेव पनि नेपाली न परे ! अन्यत्र सडक पार गरिन्छ । हामी नेपाली बाटो काट्छौं । हेरिराखौं, बाटो काट्नेकै नामबाट भोलि सडकको नाम राखिएला ।

— Jotare Dhaiba (@dhaiba) May 26, 2014

बामदेव मन्त्री नभइ अरु कोही भएर त्यसरी बाटो काटेको भए,कति विरोध गर्नेहरु पनि उनकै पछि लागेर हतारमा बाटो काट्थे,ह्या को पुल चढिराखोस भन्दै 😉

— bibek (@bbkbhl) May 26, 2014

आजकलका ठिटाहरुलाई बामदेवले च्यालेन्ज दिएछ, दौरा-सुरुवाल लाएर डोरी नाग्न ! टिमिक्क परेको पेन्ट लाएर, त्यो डोरी नागुन त लु ति ठिटाहरुले 😀

— m@nd!ra (@mandirarayee) May 26, 2014

"बेवास्तावश आफूबाट ट्राफिक नियमको उल्लङ्घन भएकोमा सार्वजनिक क्षमा याचना गर्छु।" - बामदेव गौतम . . . . .(मैले चाहिँ कल्पना गर्न पनि नपाउनु?)

— Kedar Sharma (@kedarsh) May 26, 2014

यसपालिको उपनिर्वाचनमा एमालेले हार्यो भने बामदेवले बाटो काट्दा उचालेको फोटोले बल्खु दरबारमा भिषण भिडन्त निम्ताउने रिखी धमलाको दाबि :ही

— नारायण (@narayan2121) May 26, 2014

नियम मिचेर बाटो काट्दैमा कोहि बामदेव हुँदैन, चेतना भया ! 😀

— रंगीन अध्याय™ (@ColoredChapter) May 26, 2014

अबदेखि ट्राफिक नियम बोर्डमा- "जेब्राक्रसबाट बाटो काट्ने पो काट्ने,जथाभावी बाटो त 'बामदेव'ले नि काट्छ" लेखे अलि प्रभावकारी होला कि ???

— Pritam (@SanbaPritam) May 26, 2014

ट्राफिक नियम पालना नगर्ने नेताहरुले देश हाँक्दैछन्… दुर्घटना त निश्चित छ । 🙂

— Suman (@rocks_pokharel) May 26, 2014

15 thoughts on “म हुँ गृहमन्त्री बामदेउ, नियम मिच्ने ठाम देऊ”

  1. madan bajracharya says:
    May 27, 2014 at 9:23 am

    साँच्चैको लोकतान्त्रिक ब्यबस्था भयको मुलुकको मन्त्रिले आफुलाई नागरिकको नोकर मान्छ नेपालका मन्त्रीले मन्त्रि सब्द्को अर्थ “मालिक” भयको मनाउन जे पनि गर्छ उदाहरण प्रमाण यो पनि हो/

    Reply
  2. abhi says:
    May 27, 2014 at 1:01 am

    We don’t have to go very far away to find cases of high shots fined for traffic rule violations. Most of us hate India but even there, violators are fined no matter who the violator is. See: http://timesofindia.indiatimes.com/city/delhi/Ministers-son-fined-for-traffic-violation/articleshow/12511782.cms

    In Canada, an MP had been fined: http://timesofindia.indiatimes.com/city/delhi/Ministers-son-fined-for-traffic-violation/articleshow/12511782.cms

    Reply
  3. pabel says:
    May 26, 2014 at 4:22 pm

    देश र जनताको लागि २ मिनेट समय पनि किन खेर फाल्नु भनेर sortcut लेको हो कि?
    Think positive…..!!!!!!

    Reply
  4. eklavya says:
    May 26, 2014 at 4:12 pm

    देवहरुको पनि देव महादेवले बिष भाङ्ग जे खाए नि हुने बामहरुको पनि बाम बामदेवले यसरि बाटो काट्न नहुने ……लौ जा (बुरुक्क उफ्रदै )…

    Reply
  5. Madan says:
    May 26, 2014 at 3:38 pm

    मेरी बास्सै त्यो फोटो खिच्दा म त्यै थिएँ . कहाँ बामदेव ले बाटो काटेको हुनु !त्यो त उनि डोरी मा अल्झेका पो हुन् त ! नपत्याए उनकै अंगरक्श्यक लाइ सोधे भई हाल्यो नि .

    Reply
  6. Moti lal says:
    May 26, 2014 at 3:08 pm

    रामायण महाभारत अनि अरु काली दुर्गा को कथा पड्दा सुन्दा दानाबहरु आफु छाडा मिचाहा हुने गरेको अनि बाकी जनता कडा भन्दा कडा अनुसासनमा राख्ने गरेको पढ्न सुन्न पाईनछ ! आज देख्न पाइयो!

    Reply
  7. कमल नेपाल says:
    May 26, 2014 at 2:55 pm

    मलाई त ति नेपाली जनता जस्ले यि बामदेबलाई भोट हालेर जिताएका थिए, तिनका अनुहारको हाँसो हेर्न मन छ , के सोच्दैहोलान तिनिहरु…कि हाम्ले भोट हालेर पठाको बामदेबले काठमाण्डौको डोरी नाघेर कत्रो पुरुषार्थ गरेको छ भनेर….धन्य बर्दिया र प्युठानका महान नेपालीहरु….!

    Reply
  8. Lal says:
    May 26, 2014 at 2:27 pm

    कुकुर , गाई , भैंसी , बाँदरको झुण्ड ले चै मज्जा ले जता पायो तेही बाट बाटो काट्न हुने रे , हाम्रा नेता ले चै किन बाटो काट्न नपाउने .

    Reply
  9. Madhav Thapa ido says:
    May 26, 2014 at 1:25 pm

    तेसकारण मलाई नेता हरु को गाडी लै बाटो छोड्न मन लाग्दैन

    Reply
  10. Sunitamaya says:
    May 26, 2014 at 12:43 pm

    यो त्त एउटा संकेत मात्र हो ; नियम कसरि मिचिन्छ भन्ने कुराको / पर्योभने सिंहदरबार पनि यसै गरि फडकिन सक्छन उनीले धेरै नगिज्यौ उनलाई

    Reply
  11. डिल्ली says:
    May 26, 2014 at 12:35 pm

    यस्तो पो फोटो पत्रकारिता ! कस्तो सटिक । लु त नियम मिच्नेलाई कार्यवाही गरेर देखाउँ । राजाको पालामा त पुलिसको हाकिमलाई कार्यवाही गरेका थिए त हप्ता दिन पछि भए नि जापानिज बाबाले पक्रिदा । प्रजातन्त्रमा कोही छ हुति भा’को बामदेव हो कि दामदेवलाई कार्यवाही गर्ने ?

    Reply
  12. Ram Sampang says:
    May 26, 2014 at 12:29 pm

    एकपल्ट सकारात्मक तरिकाले पनि सोच्ने कि ?
    बामदेवले जनसाधारणलाई, यसरी खुट्टो उचाली उचाली बाटो काटन हुन्न, भनेर सिकाउन पो त्यसो गरेका हुन कि ? के थाहा बामदेवको भनाई आउन बाँकी नै छ । 😀 😛

    Reply
  13. Sabin says:
    May 26, 2014 at 11:50 am

    डन बाद निर्मुल, रुल अफ ल र सुशाशन को ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाउने बामदेब ले सार्बजनिक रुपमा माफि मागे भने सबैले बिचार गर्लान, नत्र भने बामदेव पनि एउटा डन मा नै दर्ज हुनेछन | हेरौं उनले गल्ति महशुश गर्छन कि मिडिया लाइ नै फोटो खिचे भनेर गाली गर्छन |

    Reply
  14. Madhab Bhattarai says:
    May 26, 2014 at 11:11 am

    संस्कृतमा एउटा भनाइ छ “एक लज्जा परितेज्जे, संसारै बिजयी भबे” अर्थात् एउटा लाज भन्ने चिज त्यागे पछि संसार नै जित्न सकिन्छ.

    Reply
  15. Mk says:
    May 26, 2014 at 11:08 am

    ‘जो अगुआ, उही वाटो हगुवा’ – निरङ्कुश पन्चे- मण्डले राज को विरासत धानेकोमा निजलाई वधाई नै दिनुपर्ला/ योग्गेता भन्दा पनि घुर्की र च्याँखे दाउ ले पाएको पद वाट अरु के आसा गर्नु र -नेपाल र नेपाली को विडम्वना !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme