तीन दशकपछि भारतमा एउटा सिङ्गो पार्टीले बहुमत ल्याउने निश्चित देखिएपछि भावी प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरे- ‘अच्छे दिन आनेवाले हैँ।’ भारतवासीका लागि पो अच्छा दिन आउन लागेको, नेपालका लागि नि? छिमेकी देशमा भएको सत्ता परिवर्तनले नेपालमा पक्कै पनि असर पर्छ। धेरैलाई राजनीतिक असरको चासो छ- राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापना आदिइत्यादि। तर आर्थिक नीतिले झन् धेरै असर पार्नेवाला छ नेपालीलाई। हाम्रो सरकारले ध्यान दिएर नीति बनाउन सकेन भने नेपाली किसानका लागि अच्छे हैन ‘बुरे’ (खराब) दिन आउनेवाला छ। आफ्नै घर अगाडिको खेतमा धान रोपेर उब्जाउनुभन्दा भारतबाट आयात गरी घर अगाडिको पसलमा बेच्न राखिएको चामल किन्नु सस्तो पर्नेछ र यसले कृषिबाट गुजारा चलाइरहेका नेपालको दुई तिहाई जनसंख्या बेरोजगारमा परिणत हुने गम्भीर खतरा रहने विश्लेषण आर्थिक न्युजपोर्टल ‘बिजमान्डु’मा मधुसुदन पौडेलले गरेका छन्। मोदी सरकारले नेपालमा पार्ने तीन प्रमुख असरको पूर्वानुमान उनले यसरी गरेका छन्।
१) मोदीले नेपालको विकासका लागि केही गर्ने छैनन्, चासो जलस्रोत मामिलामा हुनेछ
पक्का भए हुन्छ, मोदी शासनमा नेपाली अर्थतन्त्रमाथि जर्बजस्त प्रभाव पर्नेछ, जसलाई नेपालले आफ्नो हितमा प्रयोग गर्न सक्ने क्षमता राख्यो भने नेपाली अर्थतन्त्रको विकासका लागि यो समय निकै सहयोगी सावित बन्न सक्छ। तर मोदी शासन उत्तरार्द्ध पुग्दासम्म पनि नेपाली सत्ताले यसको मतलब थाहा पाउन सकेन भने फेरी पनि हाम्रा लागि उस्तै हुनेछ जुन कागलाई बेल पाक्दा हुन्छ।
हामी अलिकति पनि भ्रममा पर्नु जरुरी छैन, मोदीले नेपालको विकासका लागि केही गरिदेलान् भनेर। आफूलाई असल छिमेकीका रुपमा विश्वमा चिनाउन उनले वित्तीय सहयोगको परिमाणमा बृद्धिको हात अगाडि बढाउन त सक्छन्, तर त्यसले कुटनीतिक बैठकको चियर्सलाई मिठो बनाउने बाहेक नेपालको आर्थिक विकासमा तात्विक भिन्नता राख्नेछैन।
तर, उनको आफ्नै देशको विकास गर्नका लागि केही चिज यस्ता छन् जसका लागि नेपालतर्फ आँखा लगाउनु पर्नेछ। भारतीय अर्थतन्त्रलाई विश्वको तेस्रो शक्तिमा उभ्याउने अभियानलाई अगाडि बढाउन मोदी सरकारका लागि नेपालसँगको चासो जलस्रोतमै हुनेछ । अर्को अर्थमा हेर्ने हो भने मोदी सरकारको नेपालसँगको राजनीतिक सम्वन्ध कति सुमधुर रहनेछ भन्ने बिषयको निर्क्यौल पनि जलस्रोत मामिलाले नै गर्नेछ ।
यसका मुख्य रुपमा दुईवटा कारण छन् । पहिलो, भारतको अर्थतन्त्रलाई तिब्र रफ्तारमा दौडाउन उसलाई बिजुलीको ठूलो खाँचो छ । यो बिजुली उसले तुलनात्मक रुपमा सस्तो मुल्यमा प्राप्त गर्नुपर्ने हुन्छ । जति सस्तो बिजुली प्राप्त गर्न सक्यो भारतीय विकास परियोजनाको ‘कस्ट अफ फण्ड’ सस्तो पर्नेछ जसले भारतीय अर्थतन्त्रलाई अमेरिकी र चिनियाँ अर्थतन्त्रसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियत प्रदान गर्नेछ। त्यसका लागि भारतलाई सबैभन्दा नजिकको नेपालबाट विजुली आपूर्ति गर्नु सबैभन्दा प्रभावकारी विकल्प हो। यहि उद्देश्य हासिल गर्नका लागि नेपालको जलस्रोत विकासको एजेण्डा नेपालको सन्दर्भमा मोदी सरकारका लागि सबैभन्दा प्राथमिकतामा रहनेछ।
दोस्रो, आफूलाई सत्तामा पुर्याएर ऐतिहासिक गुन लगाएको निजी क्षेत्रका लागि लगानीका अवसर खोजीदिनु मोदीका लागि त्यतिकै जरुरी छ । त्यसका लागि निजी क्षेत्रद्वारा उत्पादित वस्तु सरकार आफैले खरिद गरिदिन सक्ने ग्यारेण्टीका परियोजनामा लगानीको वातावरण बनाइदिनु निजी क्षेत्रलाई गुन तिर्ने सबैभन्दा प्रभावकारी माध्यम हुनेछ।
हो, यही उद्देश्य पुर्तिका लागि सबैभन्दा आकर्षक सावित हुनेछन् नेपालका जलविद्युत् परियोजना । जहाँ भारतका ठूला लगानीकर्ताहरुको लगानी खपत गर्न सम्भव हुनेछ । लागत सस्तो पर्नेछ र उत्पादित बिजुलीको उपभोक्ता भारत सरकार अर्थात् मोदी आफै हुनेछन् । यसका लागि नेपालका धेरैभन्दा धेरै जलविद्युत् परियोजनामा भारतीय लगानीको वातावरण बनाउन मोदी सरकार सक्रिय बन्नु स्वभाविक हो । यो काम सिंगो भारतको राष्ट्रिय हित र त्यहाँका अर्बपतिको हितका लागि एउटै मटयाङ्ग्राबाट दुईवटा चराको शिकार गर्नु जत्तिकै लाभदायक हो । बुद्धि भएको कुनै पनि शासकले यस्तो अवसर कहाँ गुमाउछन् र !
के यसले नेपाललाई कुनै हानी पुग्नेछ ? हामीले यसलाई आफ्नो पक्षमा डिल गर्न सक्यौं भने मलाई लाग्दैन, यसबाट हामीलाई सानोतिनो हानी समेत होला । मोदीले निकै मिठो शैलीमा नेपालका प्रधानमन्त्रीलाई सम्झाउने छन्, नेपालको जलस्रोतको विकासका लागि भन्नुस् मैले के योगदान गरुँ ? तपाईका लागि अर्बौ अर्बको लगानी जुटाईदिन म तयार छु ।
यो सुनेर पक्कै पनि हाम्रा प्रधानमन्त्री दंग पर्दै भाषण गर्नेछन् । तर फेरि सम्झिनुस्, मोदीले हाम्रा लागि होइन, भारतीय अर्थतन्त्रको आकारलाई चौडा बनाउनका लागि यसो भन्ने छन् । ‘बाई प्रोडक्ट’का रुपमा नेपालको जलस्रोतको दोहन गर्ने हो । यदि त्यसो गर्दा नेपाललाई फाइदै फाइदा पुग्छ भने मोदीले आफ्नो स्वार्थ पुर्तिका लागि प्रयोग गर्ने मिठासमा हाम्रा प्रधानमन्त्रीले झनै अगाडि बढेर लड्डु खुवाईदिए के फरक पर्छ ?
आजको भारतीय निजी क्षेत्रको चासो सानातिना परियोजनामा होइन, वर्ल्डक्लास प्रोजेक्टहरुमा लगानी गर्ने हो । त्यो अवसर नजिकैको छिमेकी नेपालसँग प्रसस्तै छन् । लगानीका हिसाबले नेपाल भर्जिन कन्ट्री हो भन्नेमा उनीहरु प्रष्ट छन् । भारत र चीनका लागि गोरेटो समेत नलाग्ने सडकहरु हाम्रा लागि लोकमार्ग बनेका छन्।
हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको हैसियत उनीहरुका देहाततिरका विमानस्थलको जस्तै छ । उनीहरुका द्रुत रेलसेवा र मेट्रोहरु पुरानो भइसक्दा हामी जनकपुर–जयनगरको कछुवा रेलगाडीमा चढेर रहर फेर्छौ । यति धेरै विकास पूर्वाधार विकासको आवश्यकता हामीसँग छ कि यो उनीहरुको पुँजी परिचालनको राम्रो अवसर हो । यस्तै मेगा प्रोजेक्टहरुमा लगानी गर्दै त्यसको मुनाफा भारत भित्र्याउने लगानीकर्तातर्फ केन्द्रित रहनेछ, मोदी शासन । अब सवाल हामीसँगै जोडिन्छ, के हामीले छिमेकमा कर्पोरेटतन्त्रको शासन आउँदा त्यसलाई आफ्नो पक्षमा उपयोग गर्न सकौंला वा राष्ट्रवादको नाममा गलफत्ती गरेर फेरि पनि समय खेर फालौंला ?
२) नेपालका किसान बेरोजगार हुने खतरा
मोदी शासनमा नेपालका किसान नराम्ररी प्रभावित हुने अवस्था छ, यदि नेपाल सरकारले उनको नीतिसँग नेपालको कृषि नीतिलाई समन्वय गर्न सकेन भने। मोदीले भारतीय किसानलाई केन्द्रमा राखेर ‘कस्ट प्लस थ्यौरी’ लागू गर्ने घोषणा गरेका छन् जसमा किसानको कूल लागतमा सरकारको तर्फबाट ५० प्रतिशत अनुदान उपलब्ध गराउने सोच छ।
अहिले नै भारतले आफ्ना किसानलाई कृषिमा सिंचाई, रासायनिक मल लगायतमा दिएको अनुदानका कारण नेपालका किसानले आफ्ना खेत बाँझै राख्नुपर्ने अवस्था रहेको पृष्ठभूमिमा मोदी सरकारले उपलब्ध गराउने थप अनुदान नेपाली किसानको घाँटीमा झुण्डिएको पासो साबित हुनेछ। किनभने, नेपाली किसानले आफ्नै घर अगाडिको खेतमा धान रोपेर उब्जाउनुभन्दा भारतबाट आयात गरी घर अगाडिको पसलमा बेच्न राखिएको चामल किन्नु सस्तो पर्नेछ।
यो अवस्थामा कृषिबाट गुजारा चलाइरहेका नेपालको दुईतिहाई जनसंख्या बेरोजगारमा परिणत हुने गम्भीर खतरा रहन्छ। सिंहदरबारले यसतर्फ ढिलो नगरी आफ्ना योजना सार्वजनिक गरी कार्यान्वयनमा ल्याउन सक्नुपर्छ। अन्यथा निकट भविष्यमा नेपालमा ठूलो किसान आन्दोलनको सामना सरकारले ब्यहोर्नुपर्नेछ।
३) व्यापार घाटा कम गर्न मोदीले कुनै सूत्र दिने छैनन् हामीलाई
भारतसँग नेपालको ब्यापार घाटाको तीतो अनुभव बोकेर बसेका हामीले मोदी शासनमा त्यसबाट राहत पाउन सकौंला ? हामी कत्ति पनि अलमलिनु पर्दैन, मोदीले नेपाललाई भारतीय वस्तु बेच्ने झनै सुरक्षित बजार बनाउने दिशामै काम गर्नेछन्। कसले पो चाहन्छ र आफ्नो हातमा रहेको बजार हिस्सा आफ्नै कारणले गुमाउँ?
मोदीले आफ्नो राष्ट्रिय हित र आफ्ना लगानीकर्ताहरुको स्वार्थ विपरीत नेपालको ब्यापार घाटा कम गराउने कुनै सूत्र हामीलाई दिने छैनन्। बरु भारतले नेपालबाट प्राप्त गरेको कुल मुनाफाको एकाध प्रतिशत रकम उनले ठूलो प्रचारका साथ नेपाललाई सहयोग स्वरुप उपलब्ध गराउने सम्भावना चाँही प्रशस्तै रहन्छ।
तर हामीले बुद्धि पुर्याउन सक्यौं भने उनको यही नीति कायम रहँदारहँदै पनि भारतसँग नेपालको ब्यापार घाटा कम गर्न सक्नेछौं। त्यसको पहिलो आधार बनाउन सकिन्छ, जलविद्युत् निर्यात। र, दोस्रो लगानीका अवसर खोजेर बसिरहेका भारतीय लगानीकर्ताहरुलाई नेपालमा स्वागत गर्न सक्ने सरकारको चौंडा छाती। उनले आफ्ना लगानीकर्ताहरुका लागि पूँजी परिचालनको अवसर खोजिरहँदा हामीले त्यही पूँजी नेपाल भित्र्याएर हाम्रो बजेटको आकारभन्दा माथि उक्लेको ब्यापार घाटाबाट मुक्ति पाउन सक्छौं।
नयाँ दिल्लीमा मोदीको सत्तारोहण भईरहँदा बेइजिङमा विजय उत्सव चलिरहेको छ। नेपालका दुई छिमेकीहरुबीचको यस्तो सम्वन्ध सम्भवतः इतिहासकै सबैभन्दा सुखद बन्ने सम्भावना छ। दुवै देशका सरकार विकासलाई पहिलो मन्त्र मान्छन्। दुवै एक अर्का देशको विशाल जनसंख्यालाई आफ्नो ग्राहक बनाउन लालायित छन्।
मोदी शासनमा चीन र भारतबीचको आर्थिक सहकार्य एउटा नयाँ उचाईमा पुग्ने निश्चितप्रायः छ। दुई छिमेकीको प्रगतिमा हामीले केही फाइदा पाउदैछौं? हो, हामीले ध्यान दिनुपर्ने यहीँनिर हो। हामीले भन्दै आएको दुई देशबीचको ‘गतिशिल पुल’ वा ‘ट्रान्जिट’ भाषणमा मात्रै दोहोर्याईरहने बिषय हो कि त्यसलाई व्यवहारमा पनि परिणत गर्न सम्भव छ?
भारत र चीनको वित्तीय स्वार्थबीचमा हामीले फेरि पनि बाई प्रोडक्टकै रुपमा भए पनि लाभ हासिल गर्न सक्ने हैसियत प्रदर्शन गर्नुपर्छ। ती दुई देशको ब्यापार बढाइदिने शर्तमै सही, हामीले चीन र भारत जोड्ने विशाल सडकहरुलाई नेपालको उत्तर–दक्षिण जोड्ने पूर्वाधारका रुपमा विकास गर्न सक्नुपर्छ। हामीले आफ्नो देशको विकासको सपना देख्न सक्छौं भने चीन र भारतबीचको रेल सेवाको ट्रान्जिट बन्न सक्ने सम्भावना पनि हामीसँग हुनेछ।
Nepal sholud built by Nepalese not Indians, not even Chinese or Americans etc. Nepal as a nation existed before USA, India or China but The begging habit, the Lahure Culture (Merceneries, Gate Keeper and Kanchha-Kanchhee) damaged 2.5 centuries of Nepal as a Nation. Modi came to power in India by not spreading Hinduism but by creating conduicive environments for development in his Maternal state of Gujarat during his 10 year-long tenure as CM of that state. So Nepali don’t beg or pray for something but do what require to develop your Nation.
Never trust India and never depend on it . India is exploiting Nepal . We have everything except the self-confidence . We can develop our country our self if we change our attitude .
‘पुस्तकालय नजिक बसे विद्वान भइने, बैंक नजिकै कारोवार गरे करोडपति बनिने’ मित्थ्या सपना देख्न छोडी , कसरि आफु आत्मानिर्वर बन्ने, कसरि अत्मगौराब ले बाच्ने सोच तिर लग्नु बेश होला/
नेपालका उधोगपति भनाउदाहरु जनेरेटर खरिद गर्न अरबोउ लगानी गर्न सक्छ तर बिदधुत उत्पादन को लागि लगानी गर्न सक्दैनन् सरकार यस्तै दलाल पुंजीपतिलाई प्रोत्साहनदिन्छ अनि कसरी देश विकास हुन्छ ? हामी नेपाली जनताले जति सुकै रगत पसिना बगाए पनि देश को आर्थिक स्तर कसरि बृद्धि हुन्छ?
नेपालमा गणतन्त्र र धर्म निरपेक्षता रात-रात आएको हो. कमसेकम यसको बारेमा पर्याप्त छलफल र यसले भविष्यमा पार्ने असरको मुल्यांकन गरेर मात्रै यसलाई ल्याएको भए सायद अहिलेको जस्तो अस्त-व्यस्तता आउदैन थियो होला.
अर्को कुरा, यु.पी.ए सरकारका नीति निर्धारकमा प्रायजसो टेक्नोक्र्यात ( मनमोहन सिंह,कपिल सिव्वल, जयराम रमेश, चिदम्बरम आदि)थिए जसको नेपाल र यहाँका राजनैतिक खेलाडीहरुसँग व्यक्तिगत सम्बन्ध थिएन. अब दृश्य अलि बदलिएको छ. अबका नीति निर्धारकहरु ( स्वयम् मोदी, राजनाथ सिंह, अरुण जेटली र नितिन गड्करी)को नेपालका राजनेताहरुसँग व्यक्तिगत सम्बन्ध हुनुको साथै उनीहरु नेपाल मामिलामा खासै चासो पनि राख्छन्. राजनाथ सिंह र मुरली मनोहर जोशीले नेपालको अहिलेको परिवर्तन बारे दिएको टिप्पणीहरु यसका उदाहरण हुन्.
अन्त्यमा आर.एस.एस को भूमिका पनि बिर्सीइनु हुन्. भनिन्छ, भा.ज.पा का नेताहरुका रगतमै आर.एस.एस को सिद्धान्त हुन्छ. यस्तो अवस्थामा आर.एस.एस ले नेपालको परिवर्तन प्रति लिने लाइन पनि हेर्नु पर्ने हुन्छ.
Nepal को electricity नेपाल मा त पुग्दैन….. के को इंडिया लाइ तेस्को लोभ?? जति निकाले पनि नेपाल लै नै पुग्दैन…. नेपाल मा राम्रो उद्योग बनाउने हो भने…..
इंडिया ले atomic energy बाट electricity निकाल्छ, उसलाई नेपाल को electricity को केहि लोभ छैन….. बरु बाध बनाएर agriculture मा use गर्छ….. नेपाल को पानि नेपाल le use नगरोस भन्ने लाग्छ इंडिया लई…. नेपाल को पानि सबै इंडिया पुगोस भन्ने छ….. hydropower मा invest गर्ला तर नेपाल को agriculture लाइ कहिलै favour गर्दैन…..
संकल्प पाण्डे ,
यो पाण्डेजीको भावना बडीभन्दा बडी मानिसलाई उब्जाउनु नै भारतको दिर्गकालिन नीति हुनेछ / सिक्किममा हान्नु अघि येही भावनाको “public consent ” बनेको थियो / जनजाती मुद्दा, मदेशी-पहाडी मुद्दा र घर किचलोबाट दिक्क भै सुरश्याको लागि भारतको छातामुनि बस्न तयार भिड निर्माण गर्नु नै भा ज पाको रास्तीय स्वेम सेवक संगको नेपालको लागि दिर्गकालीन योजना हो जसले तिब्बतपारीको कैलास मानसरोवर देखि कन्याकुमारी र कान्दर देखि इन्डोनेसियाको बालिटापू सम्मको “हिन्दुतो” भावना र गुमेको इतिहासको वकालत गर्छ / अरु त् पुरा हुन्न तर नेपाल सजिको केक हो / प्रिथिवी नारायण शाहले रचेको राजनीतिक भूगोलको महत्तोलाई उपनिबेसिक आक्रमणको नाम दिएर रास्तिया भिभुती र इतिहासमा प्रस्न गर्ने भिड तयार गर्नु भारतको हित छ / रसिया – क्रिमियाबाट पाठ नसिक्ने हो भने नेपालमा मदेसतिर वारिको माटोसंग राम्ररी सम्बन्द नगासेकालाई नागरिकता दिनुको मूल्य ठुलो हुनेछ / आखिर आज पनि एक करोड पहाडेहरुको ( खस, राई,लिम्बु, तामांग ….मगर ) को रोजगारदाता भारत नै हो / यिनले नेपालभन्दा राम्रो पदाई र स्वास्थमा सामाजिक सुरच्या भारतमा छ भन्ने थापा पाई सके /
दिल्लीमा हाछीउ आए भने नेपालमा रुगा खोकि लाग्छ ।
यस्तो छ हाम्रो मित्र राष्ट हिन्दुस्तान संगको शताब्दियौदेखि धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक, भौगोलिक, वतावणरीय र राजनैतिक प्रगाढ सम्बन्ध ।
मेरो विचारमा हाम्रा थोत्रा नेताहरुले बुझ पचाइ हिन्दुस्तानको सत्ता परिवर्तनले नेपालमा नीतिगत रुपमा कुनैै असर पर्दैन भन्ने कुरा बहुसंख्यक नेपालीहरुले पत्याउला जस्तो लाग्दैन ।
हिन्दुस्तानबाट अंग्रेज़ धपाइने बित्तिकै नेपालबाट १०४ बर्षको जंग बहादुरको जहानिया शासन समाप्त भयो । पछि पछि नेपालमा आएका परिवर्तनहरुमा हिन्दुस्थानको भूमिका स्पष्ट देखिन्छ । त्यस्को सबै भन्दा ज्वलन्त सत्य उदाहरण डा़. कर्ण सिंहको २०६२/६३ जनआन्दोलनको उत्कर्षमा नेपाल भ्रमण ।
तसर्थ हिन्दुस्तानको हालको सत्ता परिवर्तन हाम्रोलागी निकै महत्व पुर्ण कुरा भएको यो यथार्थ मुख्य रुपले नेपालको राजनैतिक र आर्थिक विकासमा हामीहरुले आत्मसाथ गर्नु नितान्त आवश्यक छ ।
आदरणीय लेखक ज्युका उपरोक्त ३ विचारहरु मेरो विचारमा भेगपुर्ण जस्तो लाग्यो ।
नेपाल – हिन्दुस्थान बीचको सम्बन्ध मन पर्ने र मन न पर्ने (love and hate) को छ ।
सुरज श्रेष्ठ मास्के
इंडिया ले म्यानेज गर्नु पर्ने हाम्रा बाँदर नेता र शासक भैन्जेल नेपाल मा केहि हुनेवाला छैन| किनकि भनाइ नै छ बाँदर ले न आफ्नो घर बनौछ न अरुको घर बन्न दिन्छा
अब नेपाल का कति दलाल राजनीतिज्ञ, राजा लगाएत आफ्नो बेक्तिगत स्वार्थ को लागि मोदीको धोतिको टुप्पो छुन पाइञ्छ कि भनेर लाइन लागेर बसेका होलान यो सारा समय ले बताउला|
साँचो कुरा हो नेपाल भराज को एउटा प्रान्त भएको भए, न भारत ले नेपाल माथि दुर बेबहार गर्न मिल्ठो न उसको राष्ट्रिय योजना बाट बाहिरनै बस्नु पर्ने हुन्थो|
तेही हो गर्ने केहि होइन खोक्रो राष्ट्रबादको लागि युगौं देखि दलाली मै जीवन बिताएर देश लाई बिपरित दिशा मा धकेली रहेका छन्
पल्लो घर(छिमेकि)को छोरो विदेश बाट आयो मलाइ के ल्याइदियो भनेर आस गरे जस्तै हो यो मोदी सरकार को कुरा,आफु कमाएर केहि गर्न नसक्ने अनि अरु ले के दिन्छ र कसरि हड्डी फयाक्छ र खाउला भनेर पर्खेर बस्ने हाम्रो राजनीति देख्दा अचम्म लाग्छ,अरे मुर्ख हो भारत मा मोदी आओस कि केजरिवाल आओस हामि लाइ बाल मतलब??कहिले सम्म परनिर्भर भएर बस्ने ???कैले सम्म हामि भारतीय औपनिवेसिक भएर बस्ने ??स्वतन्त्र देश भन्ने तर अरु मा परनिर्भर बन्ने अनि दिल्ली ले आफ्नै एउटा प्रान्त जस्तो गरेर कैले कहिँ फ्याक्ने एउटा हड्डी को आस गर्ने ??भारतीय ऐलेको चुनाब को यति हल्ला भयो येति पत्रिका का हेडलाइन बने जति सायद संबिधान सभा को चुनाब मा पनि भएको थियन होला,धन्य छ बा
आशिस
स्विस
खै अफगानिस्तान मा अमेरिकी हमला हुदा नेपाल को माओबादी लै नि एक दुइ बम हान्दिन्छ भन्थे..फुस्सा,ओबामा रास्ट्रपति भएसी गरिब देश को दिन फिर्छ भन्थे …फिस्स…….सुद गए सु-दिन आउछ भन्थे……के के के के राजदूत देखि अम्रिका को रास्ट्रपति परिबर्तन हुदा सम्म ‘साढे को फल झर्छ’ भन्न नछोड्ने काइते हरु छन के कुरा गर्नु/”हिन्दु राष्ट्र र राजा हैन नेपाल लाई ‘भुटान’ हुन बाट रोक्न सके भाग्य ” आफ्नो मोटो बुद्दि ले देखेको येही हो अरु त “डा.” धारी विद्वान धेरै छन यहाँ ….
हामिमा भयकाे खोक्रो रास्ट्रबादले नै हामिलाई खान्छ । भारतले कुनै आयोजना सितैँमा बनाईिदन्छु भन्यो भने पनि हामि त्यसमा सड्यन्त्र देख्छैा अझ भारतबाट लगानी र त्यसको प्रतिफलका कुरा आए भने के होलान? खुब कुर्लियौ महाकाली सन्धी धोका हो भारत लाई मात्र फाईदा छ भन्दै, खोइत उसलाई फाईदै फाइदा हुने प्रोजेक्टको आज सम्म डिपिआर पनि तयार भाको छैन ? हामि हाबामा कुर्लन्छौ मात्र । नत हाम्रो देशमा ठुला लगानी कर्ता छन न हामी भारतीय लगानीलाई पोजेटीभ्ली लिन सक्छौ? एउटा माथिल्लो तामाकोशी बनाउनत ठुलै जोखिम लिएर रास्ट्रको सबै जसो पैसा वाला निकाय लाग्न्नु परेको छ । जब सम्म हाम्रो सोचको बिकास हुदैन तब सम्म हाम्रो देशको पनि बिकास हुदैन ।
Nepal itself should be strong enough to not inflicted by Indian Hegemony. Until nepal depends to India. India tries to make everything for him..without caring Nepal’s prosperity ..see history , did india supporting any neighboring country without self profit?
Dear KP ,
No country will support any other country without any self interest. The article itslef is complete bias. Nepal country has to have its own policy to develop rather why watching India’s policy will change something. Nepal doesn’t have any foreign policy at all. It always changes as the flow goes. Sometimes Nepal goes with India , sometimes against. Unless and Untill Nepal has any policy to deal and with friendly manner nothing will change. Why are you worrying about India and its neighbour. Worry about Nepal and its policy would only lead some hope.
मोदिआयेर नेपाल लाइ फाइदा कि बेफाइदा ? सोच्नु पहिला मोदी किन चर्चित भयो ?
– – – – – – – – –
गुजरात भारतको धनि प्रान्त हो , तेस्को मुख्यमन्त्री थ्यो | हिन्दु कत्तरबादी पार्टी भाजपा को बहुचर्चित नेता र गुजरात काण्ड पछि ( जसमा मुस्लिम धेरै मारिए ) मुसलमान को आँखाको तारो | जसलाई अमेरिकाले समेत भिसा रोक्का गरेको |
मोदी को चुनौती
– – – – – –
आन्तरिक रुपमा प्रखर बिरोधि कांग्रेस आइ , जनता दल ( लालु ) आदिको बिरोध झेल्नु पर्ने | बाह्य पाकिस्तान सग जुध्नु पर्ने | जसरि मोदी आएपछि शक्तिसाली भारत को कल्पना गरेका छन् इन्डियन ले , तर मोदी विश्वमा आधि भन्दा बढी जनसंख्या रहेको मुस्लिम को टार्जेट भएकोले र बम्बै काण्ड जस्ता १-२ घटना दोहोरिए इन्डियन अर्थतन्त्र
खस्कन पनि सक्ने | ( सेप्तेम्बेर काण्ड पछि अमेरिकी अर्थतन्त्र जस्तो }
( अल्जजैरा लगायत मुस्लिम पत्रिकामा धेरैले हिन्दु आतंकबादी नेता लेखेको समेत पढे मैले |
नेपाल मा के असर पर्छ ?
– – – – –
हामि भन्दा अलि बढी नियमकानुन मा चल्ने देश भएकोले र उनीहरुको विदेश नीति हेर्ने निकाय भएकोले | खासै फरक त् पर्ने देखिन्न ?
भारतको सत्ता परिवर्तनले नेपाल सम्बन्धि नीति परिवर्तन हुँदैन । सामान्य परिवर्तन केही होला तर समग्रमा उसले नेपाल प्रति अपनाउने बिगतको नीतिमा परिवर्तनको आशा राख्नु हाम्रो मूर्खता हुन जान्छ । भाजपा सत्तामा आउँदैमा उसले हिन्दू राष्ट्र बन्न सहयोग गर्दैमा नेपालले विकासमा फड्को पनि मार्दैन ।
मुख्यतः भारतको नेपालमा रहेको चासोमा विद्युतका ठूला परियोजना हुन भनिन्छ तर यो सत्य हैन । नेपालको जलविद्युतले भारतको ठूलो शहर दिल्लीलाई पनि पूर्ण आवस्यक मात्रामा आपूर्ति गर्न सक्तैन । त्यसैले उसको चासो नेपालमा हुन सक्ने बहुउद्देश्यमूलक आयोजनाहरू हुन् जसमा एक हिस्सा विद्युतको हुन्छ । उसको मूल उद्देश्य नेपालको महाभारत श्रृंखलाको तल्लो भागमा उच्च बाँध बाँधी सिंचाइकालागि पानी सुनिश्चित गर्नु हो । उसको बर्तमान र भबिश्यको चाहना औद्योगिग विकासका अलावा कृषिमा संसारको प्रमुख राष्ट्र बन्नु हो । त्यसकालागि आवस्यक सिंचाइकालागि पानीको व्यवस्था नेपालको तराई र पहाडको संगम महाभारत पर्वतको प्राकृतिक बाँधमा उच्च बाँधहरूको निर्माणले दिन सक्छ । भारतको गंगा नदीले केही भागमा सिंचाइ गर्न सके पनि विहार र उत्तर प्रदेश जस्ता कृषिकालागि उर्भर स्थान बर्षौ देखि बाढीको चपेटामा रहेका र सिंचाइ अभाव ग्रस्त छन् । भारतद्वारा सिमामा बाँधिएका बाँधले नेपाल मामिलामा अन्तराष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भैरेको छ । यसको जानकार भारतले कानुनीरुपमा नेपालबाट यी कुरा सहज हासिल गर्न खोजिरहेको छ । त्यसैले उसलाई नेपालमा सहज पहुँच र आवस्यकता पूर्तिको माध्यम खोजिरहेको छ ।
यसैको समाधानकालागि मदेशी दलहरू मार्फत भारत समग्र मधेश एक प्रदेशको नारा सफल पार्न जोडतोडले लागेको छ ताकी उसले सहज रुपमा आफ्नो नीति कार्यान्वयन गर्न सकोयोस् ।
अब उग्र राष्ट्रबादी नारा बोकेर मात्र अहिलेको विश्व अर्थतन्त्रमा नेपालले प्रगति गर्न सक्तैन । नेपालले भारतमात्र नभै क्षेत्रीय स्तरमा हातेमालो गरेर जलविद्युतको दीगो व्यवस्थापनकालागि ठूलठुला स्टोरेज आयोजनाहरू र तल्लो तटीय सिंचाइ विकासमा जोड नदिए नेपालीहरू मरुभूमिको सस्तो दास बन्नै श्रृंखला रोकिने छैन । अबको अबस्थामा नेपालले दुइ पक्षीय र बहुपक्षीय हीतलाई ध्यानमा राखी कदम नचाले अहित नेपालकै हुन्छ । नेपालीले देश विकासमा नेपालीलाई नै बाधक देख्ने प्रवृत्तिको अन्त्य गर्दै बहुराष्ट्रिय क्षेत्रीय विकासमा जोड नदिए राष्ट्र बचाउन पनि सक्तैन ।
सम्भवत: मेरो कम्मेन्ट छापिदैन होला तर मेरो भित्रि मनले भन्छ कि यो गरिबीमा, तन्नम स्थितिमा बाँच्नु भन्दा बरु भारतकै एउटा प्रान्त भएर बस्न पाए हुन्थ्यो ! खोक्रो राष्ट्रबादले नेताहरुलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउँछ, ६०१लाई देश लुटाउन दिन्छ तर हामि जनतालाई केहि पनि दिदैन ! अब देशको एकीकरण गर्ने मान्छेलाई शत्रु माने यो देशमा छुटै राष्ट्रको पहिचान पाएर केहि हुनेवाला छैन ! बरु भारतकै एउटा प्रान्त भयो भने महंगी घट्ने थियो, श्रोत साधनको उपयोग हुने थियो !
नेपालकै जस्तो जनसंख्या भएको पन्जाब प्रान्तले १७ लोक सभाका संसद पाल्दो रहेछ भने हामिले चाही ६०१ जना पाल्नु परेको छ ! तातो र छारो सित राष्ट्रपतिलाई अर्बौ खर्च ! अझ संघियतामा गयो भने त सयौं मन्त्री र हजारौ सभासद पाल्नु पर्छ !
लौ मित्रहरु आफैं भनौ त, यो खोक्रो राष्ट्रबादले हामि मध्य कतिलाई फाइदा भएको छ ?
पाण्डे जी ले सायद भावनामा बगेर वा देशको कन्त बिजोगको frustration मा यो प्रतिक्रिया लेख्नु भो भन्ने मेरो अनुमान छ , तर येदि तपाईलाई भारतीय भै यो स्थितीबाट छुटकारा पाइन्छ भन्ने लाग्छ भने यो तपाइको ब्यतिगत स्वतन्त्रता को कुरा हो र तपैलई कसैले रोकेर रोकिने कुरा पनि होइन .. केहि कुराहरु :
सर्ब प्रथम त नेपाल भन्दा धेरै समस्या भारतका छन् र कुनै छिमेक संग पनि उसको सम्बन्ध खासै राम्रो छैन , यो त भयो राजनीतिक कुरा .. मुख्य कुरामा जादा, भारत पनि कुनै सम्रांत देश भने होइन, संसारको झन्डै आदि गरिब भारतमा बस्छन , करिब ४० करोड जनता अहिले पनि दिनको US $ १ भन्दा कम मै बाचेका छन्, संसारको ८० – ९०% माग्ने भारतीय छन् , गरिबी र भोकमरीको स्थिती व्यापक छ (रेल्वे platform मा अरुले vomit गरेको खाने पनि छन् ), प्रतेक २२ मिनेटमा एउटा बलात्कारका घटना हुन्छन, राजधानी दिल्लीमा मात्र प्रति २ दिनमा ३ जना महिलाको बलात्कार हुन्छ , दिनमा ५० भन्दा बडी हत्या हुन्छन, (कु)सुशाशन, मानब बिकाश सूचांकको मामला पनि भारत र नेपालमा खासै केहि फरक छैन,प्रहरी र प्रशाशन नेपालको भन्दा भ्रस्ट छ, भ्रस्टाचार भारतको दिर्गरोग नै हो, ठुलो देस, बदलिएको आर्थिक नीति र बेलायेतिले बनाई दिएका पुर्बाधरको मद्दतले उसको अर्थतन्त्र भने ठुलो छ र अझै ठुलो हुने सम्बह्वाना पनि उत्तिकै छ तर धनि र गरिबको खाडल नेपाल भन्दा व्यापक छ , केहि अत्यन्तै धनि खरबपतिको हातमा भारतको ठुलो अर्थतन्त्र र साशन बेबस्था टिकेको छ … हामीले घुमेको देखेको दिल्ली , मुम्बई , ब्यान्गलुरु मात्र भारत होइन छिमेकका अति गरिब र बिपन्न बिहार,छत्तिस्गद, up र झारखण्ड पनि भारतमै पर्छन जहाँ भारतको झन्डै एक तिहाई जनसंख्या बस्छ ..
हो नेपालमा चाहिने भन्दा धेरै नेता भए, देश भागबन्डामा लुटदै छन्,गरिबी छ, बेरोजगारी छ, सामाजिक सुरक्ष्य र नयाया कम्जोर छ आदि आदि , तर एसको समाधान भारतको एक प्रान्त हुनु पर्छ भन्ने चै पक्कै होइन, के भारतमा यी समस्या छैनन् त ? एक चोटी भारतको उत्तर र पूर्व केहि प्रान्तलाई ( मणिपुर, नागाल्याण्ड ,असम , बिहार, झारखण्ड , up आदि ) पनि नियाल्ने हो कि, जहाँ सम्प्रदैक र नक्सलैत आतंक कति छ ? म त नेपालको प्रसस्त सम्भावना देख्छु , प्रकृतिले त हामीलाई दिनु सम्म दिएकै हो तर हुन पर्यो सहि ठाउमा सहि व्यक्ति र जनतामा सकारात्मक सोच र राष्ट्र प्रति समर्पण.. कुनै पनि मुलुक एक रात वा दिनमा बनेका होइनन र छैनन् पनि , अमेरिकालाई आजको इस्थितिमा आउन पनि २-३ सय वर्ष लागेको थियो , आज संसारमै मानबिय सूचांक , सामाजिक सुरक्ष्या र प्रति व्यक्ति आम्दानीमा सबै भन्दा राम्रो र उच्च स्थान भएको नर्वे बन्न पनि आधा सताब्दी लागेको थियो …
हामी साधन स्रोत नभएर गरिब तन्नम भएका पनि होइनौ, सहि सासक र असल नागरिकको कमीले यो थिति भएको हो … अरुका राम्रा कुराको अनुसरण गर्नु भन्दा तेस्को कमि कमजोरी र नकारात्मक कुरा केलौना नै हामीलाई फुर्सत हुदैन .. हात तान्नु भन्दा खुट्टा तान्नु बहादुरी सम्झिन छौ … जस्तो जनता तेस्तै देश ..
माफ गर्नु होला भारतको एक प्रान्त बन्ने कुरामा चाही सहमत हुन सकिएन तर खोक्र राष्ट्रबादमा भने आडम्बरी प्रगतिसिल भन्नेहरुसंग प्रसस्त बहस गर्न सकिन्छ र यो जरुरत पनि छ .. अलि ठण्डा दिमागले सोचौ र धेरै भावनामा नाबगौ ..सहि तर्क भन्दा भावनामा बग्ने हामी नेपालीको public consumption को लागि भने तपाइको कुरा र खोक्रो राष्ट्र बाद उस्तै उस्तै हुन् जस्तो लाग्छ ..
Agreed, only problem is we don’t have any leader with vision.
They simply know the tricks to attract people by showing big dream and
to remain in power they (leader of all parties without any exception) always try to get blessing from south and north.
Yes Manoj, that’s the biggest upset for us but we have no option than to hope for visionary leaders in the future.
तिमि मेरो घरमा बस्न आउ काम नगरिकन भनेजस्तो खान लगाउन बस्न दिन्छु मान्छौ? येस्तै कुरा हो आत्म सम्मान र विकास भनेको!
As my Indian friend told so far India has been ruled just like the way British did under colonialism. Narendra Modi represents the real Indian people. He understands their misery and suffering. Finally, they have voted for someone who will make a difference in their lives. One thing that really amazes me about Indian people is that India was ruled by Muslims for nearly 800 years and another 200 years by Christians. Despite of all that even today over 80% of Indians are Hindus. I think that is very remarkable. On the other hand, Sonia Gandhi an Italian Catholic and her puppet Prime Minister Man Mohan Singh, a Sikh imposed secularism on Nepal. Within 8 years there have over 4000 churches and 1300 Mosques have been built. The old Hindu and Buddhist temples have been turned into potato storages. Everyone has the right to follow whatever religion they want. However, in a highly heterogeneous society of Nepal where over 125 different kinds of ethnic groups live, what are the social implications of such a rapid changes in the society? I hope that Mr Modi will be kind to neighbors and control the activities of RAW against neighbors especially Nepal. I hope he will stop dismantling and moving the border pillars between Nepal and India. I hope he will stop building dams close to the Nepalese border so that Nepalese people do not have to suffer from flooding due to the Indian Dams. I hope he will adopt fair trade between Nepal and India. I hope he will stop claiming Susta as Indian territory when history and physical evidence clearly shows that it belongs to Nepal. I hope he has the wisdom to remove Indian troops from Kalapani. Above all, I hope he stops supporting terrorists such as Maoists against the Nepali people. I hope he stops meeting corrupt politicians from Nepal giving them blessings the way Sonia Gandhi and Man Mohan Singh did. We the people of Nepal have enormous respect for the Indian people. We rejoice in your success. We would like to be treated fairly for a change. It would be wonderful if you go so far as to abrogate unfair treaties against Nepal. However, that might be too much to ask.
हाम्रा सबै पाटिहरु आन्तरिक कलह र न्यायपरिषद्को बिषयले गर्दा यति व्यस्त छन् कि भारतमा मोदी नेत्रित्वको सरकार आउन लागेको पनि थाहा पाएका छैनन् जस्तो छ हाम्रा विद्वान नेता र कर्मचारीहरु येसो पत्रिकामा २ हरफ लेखेर आफ्नो ज्ञानको परिचय दिन बाहेक केहि गर्न सक्दैनन् त्यसकारण मोदी सरकार हाम्रो लागि कागलाई बेल पाकेको जस्तो मात्र हुने छ. नेपालको अर्थ तन्त्रलाई भारतको रिजर्व बैंकले र त्यहाको सरकारले के नीति लिन्छ त्यसैले प्रवाव पार्ने छ भन्ने कुरा त गत बर्ष भारतीय मुद्रा स्फीति हुँदा नेपाली मुद्रा पनि एक डलर बराबर ११० पुग्दा हाम्रा नामको अगाडी डा लेख्ने विद्वाहरुको मात्र के कुरा खुद राष्ट्र बैंकको गवर्नर समेत टुलुटुलु हेर्न सिबाय केहि गर्न नसकेको कुरा इतिहास भैसकेको छैन
जमिनमा तेतिकै उम्रिने घाँस र रुखको पात मात्रै खुवायर खायर पालिने परिवारमा सुखको दिन आउने भयो भन्दा कोहि आत्तिनु पर्दैन/ तर मासु मात्रै खुवायर खायर पालिने परिबारमा सुखको दिन आउने भयो भनेको सुने मात्रै पनि धेरै आत्तिनु पर्ने हुन्छ र आफ्नो जिउको सुरछ्या कसरि गर्ने हो भनि धेरै धेरै सोच्नु र गर्नु पर्ने हुन्छ/ भारतमा मोदी प्रधान मन्त्रि बने पछि भारतमा सुखको दिन आउने भयो भन्दा हामि नेपाली आत्तिनु पर्छ बा पर्दैन हामीले अब आफ्नो सुरछ्याको बारेमा सोच्नु पर्छ बा पर्दैन भन्ने कुराको जवाव सन् १९४५ मा मात्रै यौटा स्वतन्त्र देसको रुपमा संयुक्त रास्ट्र संघमा दर्ता भयको र सन् १९४७मा मात्रै ब्रितिशको दासत्व बात मुक्त भयको भारतले नेपाललाई इस्ट इन्डिया कम्पनीले भन्दा नराम्रो ब्यबहार गरे बाटै दिन्छ/ छोटकरीमा भन्ने हो भने नेपाल प्रति आजको भारतको ब्यबहार नेपाल माथि सुगौली सन्धि लाद्ने, नेपालको भूभागहरु कब्जा गर्ने इस्ट इन्डिया कम्पनि भन्दा फरक छैन/ भारतमा तेतिबेला शासन गर्नेको छालाको रंग गोरो थियो आजको भारतमा शासन गर्ने को रंग गोरो छैन फरक यतिनै देखिन्छ नीति र नियत दुबैको उस्तै!!!/
सधै अरुले केहि देला र केहि गर्ला भन्ने खालका भावना नेपालीहरुको चाहना कहिले परिबर्तन होला ? के छ ? के छैन ? हाम्रो देश नेपालमा यो कुरा मैले भनिरहन्नु आबसेक छैन जस्तो लाग्छ, तर पनि म बुर्जुव नेताहरु र बुर्जुव बिध्वानहरु प्रति ऒला ठटाऊन चाहन्छु । २०५१ जेठ महिनाको कुरा हो मेरो गाविसमा दिशामुक्त क्षेत्र घोषण गर्ने भयो सबैलाई खुशी लाग्यो तर ५२ घरमा टोइलेट थियन । यी बिपन्न वर्ग च्य्पांग जातिका समुदायहरु थिए । पछि गाविसमा टोइलेट को माग भयो । गाबिस ले जिल्लामा ,जिल्लाले केन्द्रमा गर्दा -गर्दै १ बर्ष भयो तर टोइलेट निर्माण भएन २०५२ साल पछि कोरियाली सस्था लाई गुहारे यी ५२ वोटा टोइलेट र ५२ वोटा भुई तले घरसहित कोरियाले भनायर दिए
च्यापंगहरु खुशीले गदगद भयो हाम्रो गाबिसको कर्मचारिहरु ती कोरियाले भनएको घर र टोइलेटको फोटो खिज्ना अकोथियो २०५२ सालको मध्येबादी चुनाबमा एमाले भन्छन हामीले दियको यो । काग्रेस भन्छन हामीले दियको जिऊदो जनता लाई लास बनाऊने नेताहरु होसियार नेपालको लागि आऊने बिदेशी बजेट भारतले खानसक्छ ।
यथार्थपरक लेख!
१. ‘ठगिने’ डरले जलश्रोतमा लिईने गरेको रक्ष्यात्मक नीति राष्ट्रको हितमा छैन। जलश्रोतलाई वर्गीकरण गरेर कुन कुन बिदेशी लगानीका लागि छुट्टयाउने हो बिचार गरेर, निधो गरेर र अन्त्यमा ढुक्क भएर अन्तरास्ट्रिय लगानी भित्र्याउनु नै बुद्धिमानी हुन्छ, भारतीय लगानी नै किन न होस्।
२. नेपालका किसानहरुले भारतीय किसानहरु संग अहिलेकै परिस्थितिमा प्रतिस्पर्धा गर्न नसक्ने देखिएको हुँदा नेपालका कृषि विशेषज्ञहरुले हाम्रा किसानहरुलाई अन्य कृषि उत्पादनहरु तर्फ प्रोत्साहन गर्दा तुलनात्मक लाभ पाउन सक्छन कि? जस्तै तरकारी खेति… यो अवस्थामा कृषि वैज्ञानिकहरुको भूमिका महत्वपुर्ण देखिन्छ।
३. चीन र भारतको ब्यापार अझ बढ्ने नै छ, त्यसको सिधा फाइदा नेपालले लिन सक्छ। तर त्यसका लागि हामीले आफ्नो तयारी पनि पुरा गर्नु पर्छ: जस्तो कि उत्तर-दक्षिण सडक संजालको निर्माण, यतायातको व्यवस्था; बन्द-हडतालको संस्कृति(बिकृति)को पूर्ण रुपमा अन्त्य आदि
जाँदा जाँदै नरेन्द्र मोदीका पछिल्ला नेपाल सम्बन्धि ट्वीटहरु:
Nepal is an old & deeply valued friend. We are committed to strengthening our relations with Nepal in various spheres.
I thank President of Nepal Shri Ram Baran Yadav, Prime Minister Shri Sushil Koirala & former PM Shri Baburam Bhattarai for their wishes.
पहिलो कुरा हामि सबै नेपालि यो कुरा बुझौ की कुनै पनि देश को सहयोग निस्वार्थ हुदैन, बिदेशि को सानो सहयोग को पछाडि ठुलो स्वार्थ लुकेको हुन्छ । भारत ले यो गरिदिन्छ तो गरिदिन्छ भनेर् हामि ले आशा गर्नु भनेको हाम्रो दरिद्रि मानसिकता को उपज हो । नेपाली राजनितिक पार्टी हरूले मोदी को सरकारले आ आफनो पार्टी को पक्क्ष मा काम गरिदिन्छ र मालमाल होइनछ भनेर् आशा गर्नु भनेको नालयकी, अदुरदर्सी , कुर्सि को लागि रास्ट्रियाता सँग सम्झौता हो, नेपालि जनता लाई धोका हो । नेपाल् र नेपालि को भाग्य विधाता अरु कोहि होईन स्वय्म् हामि नेपालि नै हो । सबै लाई चेतना भया………….
जब सम्म:
१… जब सम्म बैदेशिक अनुदान र सहयोगमा मात्र देश समृद्ध बनाउने सपना देख्छौं
२… जब सम्म राष्ट्रियेताका नाममा भारतीय लगानी लाई छेक्छौँ
३… जब सम्म जादुको छडी सहितको नेपाली राजनेता खोज्छौं
४… जब सम्म रेमिट्यान्सको भरमा बैदेशिक मुद्राको भण्डार सुरक्षित गर्न खोज्छौं
मोदी आउन कि गान्धी
सताब्दी देखि सताब्दी सम्म हामी जहाँ तेहींको तेहीं तेहीं रहनेछौं