-समाधि हृषिकेश-
आज बुद्ध पूर्णिमा एवम् बुद्ध जयन्ती !
सत्य, शान्ति, प्रेम, अहिंसा, करुणा, मैत्री, सकारात्मकता र आशावादिताका पुजारी भगवान् गौतम बुद्ध, सिद्धार्थ गौतमका रूपमा मानव शरीर लिएर यस नेपाली धरतीमा पदार्पण गरेको दिन।
विवादको उपमा नदिने हो भने जीजस क्राइस्ट मात्र हैन भगवान् बुद्ध पनि विश्वकै ज्योति हुन्, भगवान् कृष्ण, मुहम्मद्, कबीर, नानक आदि जस्तै। बुद्ध र क्राइस्टका जीवन फरक-फरक जस्तै देखिए पनि दुवैमा समानता धेरै छन्। दुवैको आगमन उस्तै-उस्तै खालको छ। भगवान् बुद्धले चमत्कारहरूलाई न्यूनिकरण गर्न खोजे पनि दुवैको जीवन दैविक चमत्कारहरूले भरिपूर्ण देखिन्छन्। दुवैले आ-आफ्ना जीवनलाई लगभग एकै खालको सन्देशका लागी समर्पित गरिरहे। दुःखको कुरो भगवत् बुद्धलाई एसियाको ज्योतिका रूपमा मात्रै सीमित गरिनु ! कसै-कसैले त आजको भारतको भूगोलमा मात्र बाँध्न चाहन्छन् !
हरेक मानवमा बुद्ध बन्न सक्ने बीज छ
राजपाट-धनदौलत आदि जस्ता भौतिक ऐश्वर्यको परम सीमालाई समेत त्यागेर अल्टिमेट्, अब्सोल्युटमा प्राप्त भएका उनी त हाम्रा मात्र गुरु हैनन् ,बरु सारा विश्व कै ज्योति हुन्, अनि भगवान कृष्ण, मुहम्मद्, कबीर, नानक आदि पनि।
गुरु,गुरुत्व, गुरुतत्त्व, ईश्वरत्व, बुद्धत्व वा बुद्धतत्त्वलाई भुगोलले के छेक्न सक्ला र ? तँ रस्सिअन होस्, तँ आउट् भनेर भन्लान् र बुद्धले ? त्यस्तै तँ मङ्गल ग्रह होस्, म पृथ्वीलाई मात्रै मेरो गुरुत्वले बाटो देखाइरहन्छु भन्ला र सूर्यको गुरुत्वले ?
सुन्दै हास्यास्पद !! परब्रह्म परमात्मा विष्णुकै साक्षात अवतार भएर पनि एक मानव राजकुमारका रुपमा यस धरतीमा आएर सिद्धार्थ गौतम बाट भगवान् बुद्ध जस्तो सम्पूर्ण अस्तित्त्वकै अन्तिम गन्तव्य सम्म पुग्दै हरेक मानवमा बुद्ध बन्न सक्ने बीज छ है भनी वैज्ञानिक प्रयोग गरेरै देखाए, “सब्ब लोको प्रकम्पितो” (सम्पूर्ण विश्व प्रकम्पन नै प्रकम्पन हो) भन्ने बुद्धले !
केही समय अघि आएका भौतिकशास्त्रका सिद्धान्तहरू मध्ये “थिअरी अफ सुपर स्ट्रिङ्स” र त्यसको विस्तृतिकरण भएको “एम थिअरी” यसै सत्यबाट प्रभावित देखिन्छन्।
सन्सारकै सबै भन्दा पुरानो भाषा संस्कृतमा लेखिएका हिन्दू धर्मशास्त्रहरूमा वेदहरू चारवटा छन्। क्षीरसागर रूपी ब्रह्माण्ड, त्यसमा नारायण। नारको अर्थ जल हुन्छ। अयन अर्थ त्यसमा आश्रित। अतः नारायण।
अनि यिनै नारायणको नाभीबाट कमलको फूल, कमलको फूलमा आसीन नाभिजन्मा-ब्रह्माजी र ब्रह्माजीका श्वासबाट वेदको उत्पत्ति भएको मानिन्छ। ब्रह्माजीको श्वासबाट सररर वेद निस्किए। त्यो वेद एकै ठाउँमा पर्यो। यसरी एकै ठाउँमा परेर थुप्रिएको वेदलाई क्षीरसागरको एक द्वीपमा जन्मिएका द्वैपायनजीले सजिलोका लागी चार वटामा विभाजन गरे। द्वीपमा जन्मेका हुनाले उनको द्वैपायन नामाकरण भएको हो।
व्यासको अर्थ हुन्छ विभाजन। वेदलाई विभाजन गरेको हुनाले द्वैपायनजीलाई वेदव्यास भनिएको हो। अध्ययन-अध्यापनका लागी सजिलो होस भनेर व्यासजीले विभाजन गरेको वेद चारवटा हुन गए; ऋक्, यजुः, साम र अथर्व।
यी चार वेद मध्येको एक ऋग्वेदमा ब्रह्माण्डलाई मुख्यत: तीन वटा शब्दहरूले सङ्केत गर्न खोजिएको छ। विश्व, जगत् र सन्सार। यी तीन शब्दहरू सुन्दा उस्तै-उस्तै जस्तो लागे पनि ऋग्वेदले यिनीहरूका अर्थहरू बडो गहनताका साथ प्रष्ट्याएको छ। विश्व शब्दले ब्रह्माण्ड जनाउँछ। त्यसैले विश्व व्यापक छ। विश्वमा सबै पर्ने नै भैगयो।
अर्को शब्द जगत् भन्नाले चर वा गतिवान वस्तुहरूको महाकुम्भ हो। यसमा अचर पर्दैनन्। अत जुन चर छ त्यो विश्वमा पर्छ, जगतमा पर्दैन।
ऋग्वेदमा “पृथ्वी”लाई “जगत्” भनिएको छ, अहा कस्तो गहन वैज्ञानिक तर्क। स्वभाविक हो पृथ्वी गतिशील ग्रह हो त्यसैले “जगत”को क्याटेगरीमा पर्नु।
अब “सन्सार” शब्दको अर्थ गतिवान पिण्डहरूको क्रमवद्ध र नियमवद्ध श्रृङ्खला हो। मतलब “सन्सार”मा पदार्थ सँग-सँगै ऊर्जा र समय पनि पर्दछन्। अनादि देखिका यस्ता गहन वैज्ञानिक तर्कहरू हाम्रा यी हिन्दू धर्मशास्त्रहरूका गहन अध्ययनमा मात्र सीमित नराखेर साधना सहितको सहाराबाट फेरी नवीनीकरण गरे स्थितप्रज्ञ बुद्धले।
त्यसैले त मनीषी आइन्स्टाइन हर्षले गद्-गद भएका थिए यी अद्भुत वैज्ञानिक रहस्यहरू थाहा पाउँदा।
भनिन्छ पश्चिमा साङ्गीतिक जगतका निर्वाण ब्यान्डका लीड भोकलिस्ट कर्ट कोबेनमा पनि निर्वाणप्रतिको प्यास अत्यधिक थियो।
भगवान् बुद्धको साधनामा शरणागत हुनका लागी सुरुबाटै यस मार्गका नियमहरू सँग परिचित हुनुपर्ने हुन्छ। पहिलो खुड्किलोमै पञ्चशील भनेर पाँच अनुशासन बताइएका छन्।
पञ्चशीलहरूमा ;
झुटो नबोल्नु,
चोरी नगर्नु,
हिंसा वा जीव हत्या नगर्नु,
ब्रह्मचर्यमा बस्नु,
नसा-पता नगर्नु।
जब एक नव साधक पञ्चशीलहरूका साधनामा अभ्यस्त हुन्छन्, तब उनीहरूले अष्टशीलको नियममा साधना अगाडि बढाउँछन्। अष्टशीलहरूमा अगाडि भनिएका पञ्चशीलहरू र बाँकी थप तीन शील जोडिन्छन् ;
मध्याह्न बाह्र बजे पछि भोजन नगर्नु,
सुगन्ध जस्ता विलासी जीवनका अवयव प्रयोग नगर्नु,
अनि ऊँचो र गद्दावाल बिछ्यौनाको प्रयोग नगर्नु।
आर्य मौन र आइज्याक न्युटन
तर शीलहरू भन्दा पनि पहिले आर्य मौनको नियमलाई गहन रूपले बुझ्नु पर्ने हुन्छ। आर्य मौन; भित्र मनैबाट मौन। आर्य मौनलाई अझ बुझ्नुपर्दा कुनै पनि घटना आफ्नो सामुन्नेमा घट्दैछ भने त्यस घटना प्रति पूर्ण सजगताका साथ त्यस भवितव्य प्रति द्रष्टाभाव सहितको समता भाव राख्ने प्रयासलाई हरदम निरन्तरता दिइरहनु।
यत्र, तत्र, सर्वत्र वर्णन गरिएको छ निः पूर्ण मौन हुन सिक्दा मात्र शान्त प्रकृति बोल्न थाल्छिन् रे आफ्ना गहनतम भन्दा गहनतम रहस्यहरू। अनि जब कसैले मनबाट नै मौनता साँध्दछ, तब कर्मको बन्धन मै पर्ने कुरै भएन अनि त कर्म-अकर्म बाट आउने नतिजाबाट पिरोलिनु पर्ने प्रश्नै रहँदैन।
अहा कति अद्भुत एवम गहन वैज्ञानिक रहस्य। यस्ता गहन विचार स्वयम् बुद्ध भन्दा धेरै पहिले नै वैदिक शास्त्रहरूले “धर्मो रक्षति रक्षित:” भन्दै शङ्खघोष गरेकै हुन्।
यही कुरालाई भर्खर केही सय वर्ष पहिले आएर महानतम् वैज्ञानिक सर आइज्याक न्यूटनले गतिको तेस्रो नियमानुसार क्रिया र प्रतिक्रियाको सिद्धान्तको रूपमा अघि सारे। क्रिया गर्दा पो प्रतिक्रियाले हान्ला त, जब क्रिया नै गरिँदैन भने प्रतिक्रियाले कहाँ भेट्ला र ? हो यही हो आर्यमौनको एक विशिष्ट उदाहरण !! कर्म-बन्धनको जन्जालबाट छुटकाराको अचूक उपाय !!
कुनै पनि कुराको सत्य-चित्तले साधना गर्नाले त्यसमा सिद्धि आउनु स्वभाविक हो। शीलहरूका अभ्यासको निपुणताले सिद्धि हुन्छ। जस्तै वाणीको संयमताले वाक्-सिद्धि हुन्छ। आर्य मौनको कुरामा जोड हाम्रा शास्त्रहरू अनि विपश्वी बुद्धले गर्नु को कारण पनि यही हो।
हामी अर्को उदाहरणका लागी अहिंसाको दैवी सन्देशलाई लिन सक्छौँ। पातञ्जल योग दर्शनको दोस्रो पादको पैतिसौ सूत्रानुसार् ; ” अहिंसा प्रतिष्ठायाम् तत्सन्निधौ वैरत्याग ॥ ” अर्थ ; जो मानिस जति-जति अहिंसाको सन्देशमा प्रतिष्ठित हुदै जान्छ, त्यति-त्यति शत्रुका रूपमा आएका मानव त के, उसप्रति हिंस्रक जनावरले पनि हिंसाको भाव त्यागेर अहिंसा, मैत्री, करुणा, प्रेम आदि जस्ता दैवी गुण दर्शाउँदै एक आत्मीय मित्रवत व्यवहार गर्न थाल्दछन्।
यो एक प्राप्त हुन नसक्ने शास्त्रीय सिद्धान्त मात्र नभएर प्रमाणित योग पनि हो। यस किसिमका उदाहरणहरू हाम्रा वैदिक शास्त्रहरूमा प्रशस्तै पाइन्छन्। जस्तै अगस्त्य मुनि आश्रम वर्णन, बाल्मिकी-आश्रम वर्णन, चित्रकूट-वर्णन आदि।
यी महर्षीहरू आफ्ना आश्रमहरूमा ध्यानस्थ हुँदा वरिपरि विभिन्न घर पालुवा जनावरदेखि लिएर, जङ्गली हिंसक जनावरहरूसम्मले हिंसाभाव त्यजेर मित्रवत भावले महर्षीकै ध्यानस्थ अवस्थासँग एकाकार भएर बसेका देखिन्छन्।
अर्को सामान्य उदाहरण हामी हाम्रा देवी-देवताहरूको प्रतिमाहरूमा नित्य प्रात: समयमा पूजा-आराधना गर्दा दर्शन गरिरहेकै हुन्छौँ। भगवान् शिव-पार्वतीका कोही आराधना गर्छन् भने देखेकै हौँला ; दुवै देवता कैलाशमा ध्यानस्थ हुँदा, शिवजीका वाहन नन्दीजी महाराज र शक्ति-पार्वतीजीको वाहन बाघ कति मैत्री भावले शिव-पार्वतीजीको ध्यान सँग-सँगै ध्यानस्थ भैरहेका हुन्छन्।
त्यो बाघले सँगै भएको नन्दीजी महाराजलाई आक्रमण कहिल्यै गर्दैन।
शास्त्रहरूमा मात्र नभएर यी उदाहरणहरू हाम्रै समाजमा पनि देख्न पाइए र पाइन्छन्। स्वामी विवेकानन्द, शिवपुरी बाबा, खप्तड स्वामी आदिजस्ता महात्माहरूको पनि जीवनहरूमा यी र यस्ता धेरै अन्य उदाहरणहरू चरितार्थ भएका छन्।
आजको दिनमा हामीले सर्वज्ञ बुद्धकै उदाहरण लिँदा पर्याप्त छ। तर हामी कुनै साधकहरूमा साधना गर्दै जाँदा सिद्धि आयो, मलाई भयो अब सब कुरो भनेर यात्राबाट विचलित हुनु गलत हो। भनिएकै छ नि अल्पज्ञान घातक कुरा हो, यसले दुर्घटना निम्त्याउन सक्छ।
एक मुमुक्षुले साधना गर्दै जाँदा सिद्धि आउनु स्वभाविक हो, तर यसैमा अल्झेर बस्दा बुद्धत्व सम्मको यात्राले पूर्णता नपाउला !
प्रतित्यसमुत्पादले गाँजेको विश्व अनित्य छ, शाश्वत त सत्यमात्र छ। यही शाश्वत सत्य सबैको गन्तव्य हो जहाँ पुग्नु अगावै हरेक प्राणीको संसृति भैरहन्छ। यस्तै-यस्तै परिचिन्तन सहितको साधना गर्दै बुद्ध विपश्वी बनेर हामीलाई पनि बाटो देखाएका हुन् । हामीले पनि हिँड्नु छ।
द्यापापृथ्वीलाई जोड्ने यस्ता अद्भुत व्यक्तितत्व भगवान् बुद्धलाई जब-जब हर-कसैले सम्झेर कल्पनामा रम्दछ, तब-तब एक परम शान्तिको अनन्त सागरमा गोता लाउन थालेको भान हुनु स्वभाविक हो।
ब्रह्मज्ञानी श्री शिवपुरी बाबाले भने झैँ “एभर न्यू जोय, एभर न्यू आनन्द” हो रे ईश्वरत्व वा बुद्धत्व वा बुद्धतत्त्व। ईश्वरत्व वा बुद्धत्व वा बुद्धतत्त्वलाई हामी खुदले अनुभव गर्न बाँकी नै रहेकाले एक दृष्टिविहीनले हात्ती छामेर आँकलन गरे झैँ अनुमानकै भरमा पनि हिँड्ने हाम्रो सानो प्रयास जारी रहेको यथार्थबाट हामी प्रेरित हुन सक्नु पर्छ !
एक रूपवतीसँग पहिलै दृश्यमा हजारौँ-हजार वर्ष अघिको प्रेम व्युँतिएर पल-पलमा फेरि-फेरि नयाँ-नयाँ प्रेममा पर्दै गरे जस्तै प्रत्येक सालको यो दिन फेरि एक पटक म यी सच्चिदानन्दसँग प्रेममा परिरहेको महसुस गर्छु ! ! मानौँ एक बालक आफ्ना माता-पिता सँग हरेक नयाँ पल उहाँहरूबाट माया पाउनका लागि व्यग्र छ।
आऔँ यस अद्भुत दिनमा हामी सबै मिलेर शान्ति, अहिंसा, प्रेम, करुणा, मैत्री र सत्य प्राप्तिको कामना गर्दै विपश्वी बुद्धको यस नेपालमाता धरतीमा पदार्पण भएको आह्लादित दिनमा प्रार्थना गरौँ ;
हामी सबै सुखी हुन सकौँ,
सधैँ खुशी हुन सकौँ,
सारा देशै, सारा विश्वनै बुद्धमय, बुद्धत्वमय, बुद्धतत्वमय होस।
सारा सन्सारमा शान्ति छाओस्।
“भवतु सब्ब मङ्गलम ॥”
( हामी सबैको मङ्गल होस् ॥ )
– पाटन संयुक्त क्याम्पस ,पाटनढोका ललितपुर।
चित्तम बुद्धम बदम्ह्या अर्थात् चित्त नै बुद्ध हो
युवा पिडि ले राम्रोसंग मनन गरौ आखिर के हो त श्रिस्टी र undergoing phenomenon को राज, बिशेष गरि भौतिक शास्त्रका बिद्यार्थी हरुले ! good effort hrishikesh
अब धर्म को कुरा चलिरा बेला छुस्स आफु पनि दि हालौ |
”मन हि इसा ,मन हि मशिहा मन से बडा न कोइ ” यो सन्त कबिर ले भने कि, सिबपुरी बाबा , कालीबाबा कसले भने त्यो थाह भएँन तर ठिक भन्यो | भन्ने बेलामा बुद्द ,राम , हनुमान ,अल्लाह भन्छ मान्छे | तेती मात्र हैन मेरो देउता ठुलो तेरो भन्दा भनेर झगडा गर्छ ,फुर्ति गर्छ |गर्ने बेलामा जे मन लाग्छ त्यो गर्छ |जति ठुलो कुरा गरेनी बाटो हिड दा २०-२२ कि सुन्दरी देखेभाने ७० को बुढा को पनि मन हिल्छ |
तेसैले कुनै धर्म को कुरा गर्न पर्दैन , मान्छे ले , बास्तब मा मान्छे ले जे मन लाग्छ तेही गर्छ | अर्थात संझौ न जंगली अबस्था पछि मान्छेले अरुको हात मा जब लड्डु देख्छ तब अरुलाई बहकाएर त्यो आफ्नो बनाउन हेर बाढेर खानु पर्छ ,त्याग गर्नु पर्छ येसो उसो भन्न थाल्छ |
आफ्नो हात मा छ पहिले क्वाप मुख मा हालेर अरु लाइ भन्न थाल्छ हेर लोभ न गर |
तेसैले यो धर्म भनेको बाठो टाठोले फलो न गर्ने ( न पुजारीले गर्छ न भिक्ष्यु ले ) , ज्याक यास , लुजर , अपाङ्ग ले र सद्दे ले नै केहि न लागे पछि गाउने राग हो |
तेसैले साथि हो यो पापी संसार संसार हो | यहा धर्म छैन | यो धर्म भन्ने बाठो टाठोले अरुलाई नियन्त्रण गर्न ,फाइदा लिन युज गर्ने चिज हो |
मार्क्स ले भने झैँ यो बरु अफिम हो |
धर्म पनि अमेरिका ले ,इन्डिया ले गाउने लोकतन्त्र ,प्रजातन्त्र ,मानब अधिकार जस्तै हो |
गरिब अमेरिकी , पुल मुनि बस्ने गरिब इन्डियन लाइ छ लोकतन्त्र ,प्रजातन्त्र ?
हिलारी परिबार , गान्धी परिबार का चै सधै प्रजातान्त्रिक भोज छ |सब वाइह्यात |
”सबै भन्दा ठुलो इश्वर आफ्नो मन नै हो | मन मन्दिर लाइ सफा राखौ | मन लाइ नियन्त्रण गरौ , गलत प्रवृत्तिलाई मन मा घुस्न न दिम बस तेत्ति हो ”
हो ठिक कुरो !!!
यो फिलोसोफी चै अहिले को जमाना अनुसार एकदम ठिक लग्यो संकर जी ,
यो एक वटा हरियो ठोक्ने म हु है !!!!!!
सर्व प्रथम त बुद्ध जयन्ति सुभकामना | यस बुद्ध जयन्ति को प्रसंगलाई जिसस क्राइस्ट, भगवान कृष्ण, मुहम्मद्, कबीर, नानक संग अनि हिन्दु धर्मावलम्बिहरुको वेद र वेदका केहि बैज्ञानिक आधारहरु लाइ यसरि सरल नेपाली भाषामा प्रस्तुत गर्नु भएकोमा हृषिकेशज्यु लाइ धन्यवाद | यस्तै उचित समयमा नेपालभित्र र बाहिर बसेका हामीसबैले हाम्रो संस्कृतिका व्यावहारिक पक्षबारे हामिपछीका पिढीलाई यस्तै सरल भाषामा जानकारी दिन सकेमा यसले भोलिको समाजलाई राम्रो बाटोमा डोर्याउन सहयोग गर्ला कि |
आफुले मानेको ईस्वरको महानता बढाउँन अरु महान व्यक्तिहरुलाई तिनै आफुले मानेको इस्वरको अबतार मान्नुलाई तेती नकारात्मक तरिकाले त् लिनु हुँदैन/ तर बुद्ध बनेको लुम्बिनीको राजकुमारलाइ बिस्नुको अबतार भन्नु ठिक हुँदैन/ बुद्धको जन्म हिन्दु परिवारमा भयको पक्कै हो/ तर उनि हिन्दु धर्म र संस्कारमा भयको बिकृति देखेर बिरक्त भयर आफुलाई हिन्दु जनाउने शिरको टुप्पी काटेर हिन्दु धर्म त्यागेको व्यक्ति हुन्/ गौतम यदि बिस्नुकै अबतार भयको भय टुप्पी काटेर हिन्दु धर्म त्याग्ने थियन/
हिन्दु धर्मको परिल्कल्पना माइ मेरो समझ अनुसार विश्लेषण गर्दा!
देवता (GOD):यसको सम्पुर्ण संयोजन र कार्यभार शिव (महेश्वोर) द्वारा निर्धारित हुन्छ!
ब्रम्हा G: Generator: उत्पत्तिकर्ता, निर्माणकर्ता, सिर्जनाकर्ता, उत्पादन कर्ता
बिष्णु O: Operator: संचालन कर्ता, ब्याबस्थापक, संयोजक
महेश्वोर D: Destroyer: संहारकर्ता, अन्तकर्ता, बिनाशाकर्ता
यी तिनको समानाजस्यता पूर्ण कार्य नै देवता GOD हो! मतलब GOD युनिभर्सको elements को निरन्तर संयोजित प्रक्रिया हो, अझै स्पस्ट भन्दा (elements) तत्वोहरुको संयोजनको एउटा चक्र हो!
यो प्रक्रिया या भनौ GOD को अध्यायन र समझ को लागि हाम्रो एकाध जीवन ले पुग्दैन कयौ जीवनसम्म यात्रागर्ने शक्ति हुनुपर्छ जुन यहि प्राप्याहुने elements मा आधारित जिवन जिउने हामीबाट सम्भब छैन किनकि यो GOD भनिने जीवनचक्र को एक खण्डमा (ब्रम्हा देखि महेश्वोर सम्म) को मात्र हाम्रो जिवन्त र सक्रिय अनि चेतनशील सहभागिता रहन्छ सोहि चक्रमा महेश्वोर देखि ब्रम्हा सम्मको अर्को भागमा हाम्रो कुनै भौतिक र चेतनशील उपस्थिति हुनसक्दैन तेसैले सो कुरालाई हामीले देख्न बुझ्न सोच्न र अनुभब गर्न सक्दैनौ!
अब कुरा रह्यो ब्रम्हा देखि महेश्वोर सम्मको चक्र खण्डको! यो खण्डमा सबैभन्दा ठुलो गहन र महत्वोपुर्ण भूमिका बिष्णु (Operator) को रहन्छ जसले ब्रम्हाबात उत्पत्ति भयादेखी महेश्वोर ले संहार नगरुन्जेल हाम्रो जीवनको संचालन गर्दछ!
यो श्रिस्टिको धेरै कालखनडमा उत्पत्तिका बस्तुदेखी प्राणि अनि मानब जीवन ले धेरै कालखण्ड पार गरि थुप्रै युगान्तकारी परिस्थिति र भोगाइ हुदै गुज्रिदै आयको छ यहि अबस्थितिमा कुनै काल खण्डको कुनै युगमा मानब जीवनलाई ब्याबस्थित गर्न, पार लगाउन, नियन्त्रित गर्न, सामाजिक वा जीवनको अध्यावधिक पिडाहरुबात मुक्ति गर्न हरेक युगमा एउटा युगान्तकारी महामानव को जन्म हुन्छ जसले मानब जीवनलाई परिवर्तन र मुक्तितार्फा डोहोर्याउदछ तिनैलाई बिष्णुको अबतार मानिन्छ!
बुद्द युगान्तकारी महामानव हो तेसैले उनलाई बिष्णुको अबतार मानिन्छ!
गगने बाबा आजको अध्याय यहि तुर्दछ बाकि रहेको कुरा अर्को प्रवचनको मौका परेमा पटाक्षप गर्नेछु!
नेपाल देश को परिकल्पना गर्ने गुरु गोरखनाथ को जन्म जयन्ति पनि हो. हामीले यो कुरा बिर्शुन्नु हुन्न.
“परब्रह्म परमात्मा विष्णुकै साक्षात अवतार” is that true? I have never heard before. I am a dumb or writer is making me dumb!!!!!!!
दुखः सबैमा छ
दुखः को कारण छ
दुखः को निवारण छ
दुखः निवारण गर्ने उपाय पनि छ
यो हो बुद्ध को चतुर आर्य सत्य ….
पश्चिमीहरुले कहिले पनि नेपाल तथा एशियाका राष्ट्रहरुका महान हस्ती तथा प्रख्यात व्यक्तित्वहरुलाई माथि उठेको हेर्न सक्दैनन्/ यो कुरा परापुर्वाकाल्देखी चलि आएको हो / त्यसैले येशु जन्मिनुभन्दा ५०० बर्ष अगाडी जन्मिएका भगवान बुद्ध जसले संसार भरि ज्ञान तथा शान्तिको संदेश छरे, उनैलाई एशिया अझ नभएर भारत बर्षका भनि खुम्च्याइयो / फलस्वरूप येशुलाइ अगाडी सारेर भगवान बुद्धलाइ पछि पार्ने काम भयो /
छोटी मू बडी बात : हिजो आज त नेपालमा नाम चलेका भिक्षु र आनीहरुको जिबन शैली हेर्दा भगवान बुद्धलाइ कति लाज लाग्दो हो
पशुपतिको भट्टहरुको भन्दा त कम होला !