विज्ञान नपढ्ने मान्छेको पनि सोंच त वैज्ञानिक हुन सक्छ नि !
विज्ञान भन्ने बित्तिकै हामीहरुमध्ये धेरैजसोले केवल biology, physics र chemistry मात्र सोंच्दछौँ। विज्ञानका त थुप्रै हाँगाबिंगा पो छन् त ! मुख्यतया विज्ञान ५० किसिमका छन, हाँगाबिंगा समेत गनेर कसैकसैले त ६३३ प्रकारका सम्म पुर्याएका छन्। त्यस्तै वैज्ञानिक परिणाम भन्ने बित्तिकै भ्यागुता चिरेर, बाँदर वा मुसामा बिभिन्न परीक्षण गरेर, टेस्ट ट्युबमा हालेर, काँचको प्लेटमा राखी सूक्ष्मदर्शक यन्त्रले हेरेर निकालिएका परिणाममात्र वैज्ञानिक हुन भन्ने धारणा राख्छौं हामीहरुले। यो कुरा पनि ठिकै हो, तर पूर्ण होइन। संसारका थुप्रै कुरालाई धेरै प्रकारले प्रमाणित गर्न सकिन्छ। हाल सम्मका महान वैज्ञानिक Charles Darwin को क्रमिक बिकासको सिधान्त (The Theory of Evolution) पनि खासमा वैज्ञानिक सोंचको अवालोकनात्मक परिणाम हो। डार्विनले खासै विज्ञान पढेका पनि होइनन।
डार्विनको समयमा संसार धेरै ठुलो लाग्थ्यो अनि देश तथा ठाउँहरु धेरै टाढा। जमिनका यात्राहरु जनावरमा आश्रित थिए भने समुन्द्रका यात्राहरु डुंगामा। वाफबाट चल्ने पहिलो पानी जहाजको आविष्कार सन् १७८३ मा भए पनि ब्यबसायिक प्रयोग हुन थप ३७ बर्ष लागेको थियो। मोटर र हवाई जहाजको त कुरै नगरौं जबकी प्रथम कार १८०७ मा बनेको थियो भने प्रथम उड्ने इन्जिन Wright दाजुभाइले सन् १९०३ मा आविष्कार गरेका थिए।
अहिले पो कम्प्युटरको एक क्लिकमा संसारको जुनसुकै ठाउँको जेसुकै कुरा पनि आफै पुगे जस्तै गरी थाहा पाउन र देख्न सकिन्छ, डार्विनको बेलामा त केही कुरा जान्न पर्दा त्यो ठाउँमा आफै पुग्नु पर्थ्यो। तर त्यो बेला वैज्ञानिक सोंच र धारणाहरुको पनि तीब्र विकास भैरहेको थियो। सक्ने मानिसको नयाँ ठाउँमा जाने, बुझ्ने, अनुभब गर्ने प्रचलन पनि एकदम बढेको थियो। साधारणहरु डुंगामा नजिकनजिक जान्थे भने अलि सम्पन्नहरु पानी जहाजमा टाढाटाढासम्म पुग्थे र आफ्नो चाख अनुसारका कुरा गर्थे। त्यतिबेलाका यात्राहरुमा मनोरन्जन, जोखिम, सहास, खोजपूर्ण कुरा सबैको मिश्रण हुन्थ्यो।
एकजना जहाजका क्याप्टन Robert Fitzroy संगको दक्षिण अमेरिकाको कुनै बिशेष अनुसन्धानमा तलब नपाउने तर ५ बर्षसम्म प्रकृतिबिध बनेर घुम्न पाउने डार्विनको समुद्रीयात्रा (Voyage of the Beagle) ले पृथ्वीको बनौट तथा प्राणी र वनस्पतिको उत्पत्तिबारेको उनको धारणालाई परिवर्तनमात्र गरेन की उनले प्रतिपादन गरेको The Evolution Theory of Natural Selection ले मानिसका विज्ञान सम्बन्धि पुराना धाराणामै उथलपुथल ल्याएर, अन्ततोगत्वा विज्ञानहरुको अध्ययन गर्ने दिशा नै परिवर्तन गरिदियो।
क्रमिक बिकासको सिद्धान्त डार्विनको बिलकुलै नयाँ सिद्धान्त भने होइन। हाम्रो ब्रह्माण्डमा भएका हरेकखाले कुरा एकदमै रहस्यात्मक भएकोले इसापूर्व कालदेखि नै धेरैखाले बिद्वानहरुले आ-आफ्नै दृष्टिकोणबाट यसमा भएका यहाबत कुराको रहस्य पत्ता लगाउने कोशिस गरे पनि विज्ञानको खास बिकास नभैसकेकोले त्यति बेलाका प्राय धारणाहरु धार्मिक कोणभित्रमात्र पर्न जान्थे। तर डार्विनको समयमा भने Pierre Louis Maupertuis, चार्ल्स डार्विनका पिता Erasmus Darwin लगायतले भने राम्रै विज्ञानसंगत तर्कहरु पनि अघि सारेका थिए। अन्तमा Edward Blyth नामका Zoologist को Artificial Variation भन्ने सिधान्तले त डार्विनको Theory of Natural Selection को लागी ठुलो आधार नै प्रदान गर्यो। यो Theory of Natural Selection नै डार्विनको आफ्नो बिशाल र मौलिक वैज्ञानिक सिधान्त हो। १८५९ मा पूर्ण प्रतिपादित यही सिद्धान्तले नै तर्कसंगतरुपमा (Truly logically) पृथ्वीका सारा जीवको उत्पत्ति र बिकासको लगभग पूर्ण व्याख्या गर्न सफल भएको छ।
त्यसैले हरेक क्षेत्र र विविध कोणका बिचारहरुको अस्तित्व समाज र सिधान्त बिकासको लागी जरुरी हुन्छन्। केही छ भनेमात्र भएको कुरा ठिक छ छैन, पूर्ण छ छैन भन्ने कुराको मापन वा लेखाजोखा गर्न आधार मिल्छ !
के हो त The Evolution of Natural Selection भनेको अनि कसरी बुझ्न सकिन्छ त यसलाई सजिलै गरी ? त्यसबारे अगाडि बढौं।
डार्विनले सामुन्द्रिक यात्रा गर्दा आफूले समुद्रका बिभिन्न टापुमा, खास गरी “गालापागस” भन्ने टापुमा भेटेका एक बिशेष बर्गका भंगेरा जस्ता चराहरुमा टापुपिच्छे भेटेका बिबिधता देखेर, त्यसैको रहस्य पत्ता लगाउने क्रममा आफ्नो सिधान्तको प्रतिपादन गरेका हुन। मुलत अवलोकनमा आधिरित यो सिधान्त त्यतिबेला कम प्रयोगात्म र बढी ब्याखात्मक थियो।
जीवहरुको श्रीष्टि र बिकास सम्बन्धि उनको त्यो ५०० पानाको किताबमा क्रमिक बिकास सम्बन्धि यति धेरै शक्तिशाली तर्क, विस्वासनीय उधाहरण र सिधन्तलाई प्रमाणित गर्ने सक्ने सहायक सिधान्तहरु छन् की जसले त्यतिबेलाका राजनीतिक, सामाजिक, धार्मिक, वैज्ञानिक हरेक क्षेत्रमा खैलाबैला नै मच्चाएको थियो। अहिले त झन यो सिद्धान्त विज्ञानका ब्यापक क्षेत्रमा ब्यापक प्रयोग र प्ररिक्षण भै दिनानुदिन झनै विश्वासनीय र प्रमाणिक बनिरहेको छ। तथापि यो सिधान्तसंग मेल नखाने र यसको आधारमा प्रमाणित गर्न नसकिएका थुप्रै विज्ञानका रहस्यात्मक कुराहरु पनि अझै छन्।
यस्तो महत्वपूर्ण र ब्यापक सिधान्त सर्वसाधारणले बुझ्नै नसक्ने छ त ? कस्ता छन् त यसका आधारहरु ? विज्ञान भनेकै विशिष्ट बर्गको लागी मात्र हो त ? सर्बसाधारको बुता बाहिर छ त ? मलाई त्यस्तो लाग्दैन। जसले पनि बुझ्न सक्छ विज्ञान। आउनुहोस डार्विनको सिधान्त संगसंगै अध्ययन गरौँ।
उनको क्रमिक बिकासको सिद्धान्त निम्न कुरामा आधारित छ र यसरी बुझ्न गर्न सकिन्छ।
१) बिभिन्न बर्गका जीवहरु लामो समयको अन्तरालमा बिस्तारै परिवर्तन हुन्छन, र एउटै बर्गका जीवहरुको पनि ठाउँ अनुसार तिनीहरुको आकार र ब्यबहार फरक हुन्छ:- भन्नुको पहिलो अर्थ अहिलेका जीवहरु आफ्ना पूर्खाहरुभन्दा धेरै दृष्टिकोणबाट फरक छन्। तर पुस्ता भन्ने बित्तिकै बाउबाजेमात्र नबुझी धेरै माथिसम्म जान पर्ने हुन्छ। मरिसकेका तथा लोप भैसकेका तर पृथ्वीको गर्भमा यद्यपि कंकाल बनेर रहेका जीवका अवशेषहरु अध्यन गर्ने Paleontology नामक विज्ञान अहिले यति बिकसित भैसकेको छ की कंकाल खोजेर, र तिनीहरुको अध्ययन गरेर हरेक जीवको उत्पत्तिको शुरुको अवस्था र बर्ग बताउन सक्छ। अघिल्लो पुस्ता र यो पुस्तामा आएका परिवर्तन, अनि एउटै बर्गका जीवमा ठाउँ अनुसार हुने भिन्नता सबै कंकाल अध्ययनबाट प्रमाणित भैसकेका छन्। त्यसको अतिरिक्त हामी आफैले एकदमै सरलीकरण गरेर थुप्रैमध्ये साधारण भन्दा साधारण उधाहरण हेर्नु पर्दा पहाडका काग र तराईका काग, अफ्रिकी गाई र एसियन गाई, मंगोलियन मान्छे र आर्यन मान्छे हेर्दा पनि बिबिधता प्रस्ट थाहा पाउन सकिहालिन्छ नि।
२) क्रमिक बिकास र परिवर्तन अवश्य हुन्छ तर लामो समय लाग्छ :- छोटो समयमा परिवर्तन देख्न सकिंदैन। परिवर्तन एकै पुस्तामा हुने कुरा होइन। हामी सबै एक पुस्तामात्र बाँच्ने भएकोले जीवमा आएका खास परिवर्तन देख्न सक्दैनौं। तर पुराना कंकाल अध्ययन गर्ने हो भने परिवर्तनका चरण, संक्रमणकाल, परिवर्तन प्रस्ट देख्न सकिन्छ। यो कुरा पनि Paleontologists हरुले प्रमाणित गरिसकेका छन्।
३) हरेक एक भन्दा बढी प्रकारका जीवको साझा पूर्खा हुन्छ :- साधारण किसिमबाट सोंच्दा होइन जस्तो लाग्छ तर एउटै बर्गका जीवको मात्र होइन कि एकदमै सम्बन्ध छैन जस्तो देखिने दुई प्रकारका जीवको एउटै पूर्खा हुन्छ। सुन्दा अचम्म लागे पनि जीवको शुरुवात ३.५ अरब बर्ष पहिले पानीबाट भएको कुरामा सबै खाले वैज्ञानिक सहमत छन्। समयको अन्तरालमा वातावरणको प्रभाब र अस्तित्वको लडाईमा प्राणीको बनौट नै परिवर्तन भै जलचरबाट थलचर, थलचरबाट उभयचर र उभयचरबाट पंछी बनेको प्रमाणित भैसकेको छ। त्यतिमात्र होइन थलचरबाट पनि जलचर बन्न सक्छ। डाइनोसरबाट चरा बनेको, जमिनको प्राणीबाट ह्वेल बनेको, ८० लाख बर्ष पहिले चिम्पान्जी र मान्छेको पूर्खा एउटै भएको, र ६ करोड बर्ष पहिले ह्वेल र मान्छेको पूर्खा एउटै भएको कुरा प्रमाणित तथ्य हो ।
४) एउटै प्रजातिका जीवमा पनि धेरै प्रकारका बिबिधता हुन्छ, बिबिधता परिवर्तन हुने र नहुने खालका हुन्छन:- आकार, रंग, आवाज, सन्ततिको संख्या परिवर्तनशील बिशेषता हुन् भने आँखा, नाक, कान, मुख, हड्डीका आकार अपरिवर्तनशील हुन। जीराफ, जेब्रा, घोंडा, खच्चर, गधा, उँट हेरेपछि यो कुरा प्रष्ट भैहाल्छ।
५) जीवका थुप्रै बिशेषताहरु बाबुआमाबाट सन्ततिमा सर्छन तर कतिपय बिशेषताहरु वातावरणीय हुन्छन जो भाबी सन्ततिमा सर्न सक्दैनन:- Gene, जुन DNA को एक भाग हो, भाबी सन्ततिमा सर्छ तर वातावरणले बाबुआमालाई पारेका प्रभाब भाबी सन्ततिमा सर्न सक्दैनन्। यो कुराको सरलीकरण कसरी गर्न सकिन्छ भने कालो जातीको मान्छेको सन्तान कालो हुन सक्छ तर घामले डढेर कालो भएको मानिसको सन्तान कालो हुन सक्दैन अनि बाबुआमाले अभ्यासबाट सिकेको सीप जस्तै भाषा, कुनै कला बच्चामा स्वतः सर्दैन।
६) हरेक प्रजातीका जीवले वातावरणले थेग्न सक्नेभन्दा बढी सन्तान उत्पादन गर्दछन, जसको कारण अस्तित्वको लडाइ हुन्छ, वातावरण अनुकुल बन्नसक्नेका सन्तान बढ्दै जान्छन र नसक्ने बंश नस्ट हुन्छ:- सरलीकरण गर्दा जीवहरुले सन्तान उत्पादन गर्ने उदेश्यले सम्भोग गर्दैनन। त्यसैले कति सन्तान ठिक्क भन्ने थाहा हुँदैन। सही गर्भाधान भै कुसल जन्मिन सकेका कोही पनि मर्न चाहन्नन त्यसैले जीवन रक्षाको लागी संघर्ष हुन्छ। अर्को उदहारण दिनु पर्दा, बनस्पति नहुने ठाउँमा रंगीचंगी, र हरियाली वातावारणमा कडा रंगका कीटपतंग पाइदैनन त्यहाँ बाँच्ने वातावरण अनुकुल भए पनि बँच्ने वातावरण अनुकुल हुँदैन र स्वभाबैले दीर्घकालमा तिनीहरुको अस्तित्व नस्ट हुन्छ। अर्को कोणबाट उदाहरण दिनु पर्दा केही छेपाराले रंग फेर्नु, घाँसमा पाइने साँप हरियो हुनु पनि अस्तित्व रक्षाको लागी वातावरण अनुकुल बन्न गरिएका एक प्रकारका संघर्षका स्वरूप नै हुन्।
तथापि डार्विनको Evolutionary Theory of Natural Selection मा यी तलका अवस्थाहरु कहाँनिर कसरी अटाएका छन मैले बुझ्न चाहिरहेको छु।
१) कुनै प्रजातिको जीवको दीर्घकालीन अस्तित्वको खातिर उत्पादनमा क्षमतामा प्राचुर्यता (bountiful reproduction), साधनमाथि पकड जमाउन सक्ने क्षमता (victory over resources), वातावरण अनुकुल आफूलाई ढाल्न सक्ने क्षमता (Environmental Adaptability) को साथै बंश हुर्काउन सक्ने ज्ञान ( Passing down of bringing up parental knowledge) आफ्ना सन्तति (offspring to the next generation) मा सार्न सक्ने क्षमता हुनु पनि जरुरि हुन आउँछ। जस्तै धेरैजसो जीवका नवजात शिशुहरु न्युनतम अभिभाबकीय संरक्षकत्वबिना बाँच्न सक्दैनन्। निश्चित अवस्था पुरा भएन भने भाले लागेकाका जतिसुकै अन्डा होउन तिनीहरु कुनैबाट पनि चल्ला निस्कंन सक्दैनन्। आँखा नखुलेका चल्ला, मान्छेका नवजात शिशु पनि प्राकृतिक रुपमा छाडिएमा जतिसुकै संख्यामा, जतिसुकै प्रयाप्त साधन, र जस्तोसुकै जीवन धानिन सक्ने अनुकुल प्राकृतिक वातावरमा पनि बाँच्न सक्दैनन्।
२) Environmental Adaptability भित्र Right time Right learning जस्ता non-biological कुरा हरुको भूमिका पनि हुनु पर्छ। Right time Right learning को असर अल्पकालीन र दीर्घकालीन दुवै हुन्छ। अल्पकालीन असर अनुकुलमात्र हुन्छ भने दीर्घकालीन असर अनुकुल प्रतिकुल दुवै हुन सक्छ। अल्पकालीन असरले एक पुस्तालाईमात्र प्रभाब पार्छ भने दीर्घकालीन असर तुरुन्तै अथवा बिस्तारै बंश बिनासको सहायक पनि हुन सक्छ, अनि कालान्तरसम्मका पुस्तालाई अस्तित्वकोलागि अनुकुल वातावरण बनाइदिन पनि सक्छ।
अफ्रिकामा जिराफ र सिंहहरुमा गरिएका ताजा अनुसन्धानहरुले सिंहहरुमा Right time Right learning भैरहेको र जिराफहरुमा नभैरहेको देखाएका छन्। पहिलेपहिले जिराफदेखि सिंह डराउंथे किनकी जिराफको एकमात्र किकले सिंहको ज्यान जान सक्छ। तर अहिले जिराफहरु नै सिंहका सजिला र पुरै परिवार एउटै सिकारले अघाउने आहार भएका छन्। सिंहले साह्रो समथल ठाउँमा जिराफको किकको सम्भाव्य खरातालाई बुझी या त बालुवा भएको ठाउँसम्म धपाउँदै पुर्याएर बल्ल त्यहाँ आक्रमण गर्छन जहाँ जिराफले बलियोसँग किक फाल्न सक्दैन या त धपाउँदै डाँडामा पुर्याई फेरि तर्साएर ओरालो लाग्न बाध्य पारी पछाडिबाट आक्रमण गर्दछन। सिंहमा Right time Right learning भैरहेको छ। यो सिकईले अल्पकालमा सिंह आफै लाभान्वित भैरहेका छ भने कुनै न कुनै रुपमा उसका offspring मा पनि यसको दीर्घकालीन सकारात्मक असर पर्ने पक्का छ। अर्को तर्फ शत्रुको रणनीतिबाट जोगिने Right time Right learning हुन नसक्दा जिराफहरु आफै पनि शत्रुको निसाना भैरहेका छन भने तिनका भाबी सन्ततिमा पनि यसको नकारात्मक प्रबाभ पर्ने निश्चित छ।
अर्को उधाहरण पनि हेरौं। कोइली संसारमा सबभन्दा बढी प्रजाति भएको, सबै ठाउँमा पाइने र प्रसस्त संख्या भएको पंछी हो। मान्न त यसलाई एकदम बाठो मानिन्छ। देख्न पनि त्यस्तै देखिन्छ तर The Theory of Evolution को आँखाले हेर्दा कोइली दुवै दृष्टिले Evolution को Red Zone मा पर्दछ। किनकी कोइलीले अरुलाई झुक्क्याएर आफ्ना सन्तान हुर्काउन त लगाएको छ तर यसमा Right time Right learning पनि भैरहेको छैन, र यसले आफ्ना सन्ततिमा bringing up parental knowledge को pass down पनि गरिरहेको छैन। यदि यसले झुक्याउ सक्ने सबै चराले कालान्तरमा यसको झुक्याउने तरिका बुझेर आफ्ना सन्तानको प्रतिरक्षा गर्न सिके भने जतिसुकै प्रजाति, संख्या र अनुकुल वातावरण भए पनि कोइली लोप हुन सक्छ। यो दीर्घकालीन र बंश बिनासीय असर हो।
३) आज आएर मानिसले स्वाभाविक रुपले हुने जस्तासुकै कुराहरुलाई पनि बदल्न सक्ने भएको छ, र अझ सक्षम हुनेछ। प्राकृतिक परिवर्तनका स्वरुपमा आधारित यो सिधान्तको भविष्यमा हुने आंशिक नौलो प्रकारको क्रमिक विकास प्रक्रियासंग कसरी सम्बन्ध स्थापित गर्न सकिएला त ?
(तर विज्ञानका ज्ञाताहरुका लागी र Evolution Theory of Natural Selection को बिस्तृत अध्ययन गर्न चाहनेहरुका लागी यतिमात्र कुरा प्रयाप्त छैनन्।)
Epigenetic transgenerational inheritance र Lamarckism ले चाहि evolution लाई भिन्दै ढंगले प्रस्तुत गर्छन क्यारे! More environmental, less genetic!
तेती पर न पठाउ होला यहालाई गाह्रो हुन्छ | देस कै मावोबादी नेता हरुलाई हेर्नुस , उहा हरुले टावर , गाबिस भबन भत्काएको ( अहिले नेपाल लाइ भटाभट स्विजर ल्याण्ड बनाएको चै न सम्झनुस )|
गौतम जी को यो लेख राम्रो छ / अन्तिममा उहाले उठाउनुभएको प्रश्न यक्ष प्रश्न हो / मेरो अनुभब र बिचारको आधारमा मान्छेको प्राकृतिक विकासक्रम (evolution) सहि र प्राकृतिक दिशामा गैरहेको छैन / उदाहरण स्वरुप एउटा बच्चा (मान्छेको वा कुनै जनावरको) जन्मेदेखिको बिकासक्रम लाइ हेरौ – प्राकृतिक रुपमा (जंगलमा) सो बच्चा जन्मेको छ भने उसको सबै अंग र इन्द्रिय (हातखुट्टा, अखा, कान, फोक्सो, मुटु, पाचन प्रणाली आदि) तगडा छैनन् भने उसको बाच्ने र हुर्कने सम्भावना धेरै कम हुन्छ / त्यो प्राकृतिक छनौट (Natural Selection) को सिद्दान्त अनुरुप छ / यसको मतलब जो कमजोर छ, त्यो धेरै वाच्दैन, र संतानोत्पादन गर्नुअगाडिनै बिलय हुन्छ/ अर्को भाषामा जो तगडा छ उसले सन्तानोत्पादन गर्दछ र उसमा भएका तगडापनहरु उसका सन्ततिहरुमा सर्दै जान्छ / यो तरिकाले कुनै पनि प्रजातिको प्राकृतिक रुपमा नश्ल सुधार हुदै जान्छ/ मान्छे र मान्छेले कृतिम रुपमा पालेका केहि जनावरहरुमा अहिले त्यो लागु हुदैन, किनभने तिनी हरु पुस्ता दरपुस्ता प्राकृतिक छनोट नभई कृत्रिम छनोट अन्तर्गत चल्दैछन/ सरल उदाहरण लिनुपर्दा म आफैलाई लिउ – म केटाकेटी देखिनै अलि कम्जोर छु, धेरै कुद्न सक्दिन, कान पनि धेरै सुन्दिन/ जंगलमा प्राकृतिक रुपमा जन्मी हुर्केको भए अहिलेसम्ममा मलाई कुनचै सिंहले क्वाप्लाक्क पारिसक्या हुन्थ्यो तर तेसो भएन, किनकि म शहरमा बस्छु / मेरो छोरो पनि कान धेरै सुन्दैन, डाक्टरका अनुसार यो कान नसुन्ने गुण (बैगुन) अनुबांशिक हो रे, अब परेन फसाद? मेरा सन्ततिले कुनैबेला नेपालको यौटा गाउ भरेछन भने त्यो गाउमा अधिकांशले कान सुन्ने छैनन्/ मैले भन्न खोजेको यहि समस्या हो / अहिलेको मानब बिकाशमा कृत्रिम छनौटलाइ परिमार्जन गरी राम्रा अनुबांशिक गुणहरुमात्रै लिई नराम्रा गुणहरु छोड्दै जानसक्ने हुनुपर्छ/ जेनेटिक इञ्जिनियरिङ्गबाट यो सम्भब हुनसक्ला कि? अहिले यो भन्दा धेरै भन्दिन /
Evolution Vs Creationism ( This one is very interesting)
http://m.youtube.com/watch?v=z6kgvhG3AkI
ओहो थ्याङ्क गड| मैले त फेरी कुन चाही +२ पढ्ने नेपाली तोरीलाउरे ले आइन्स्टाइन, न्युटन र डार्विन लाइ फ्लप ख्वायो भन्ठानेको| आर्टिकल पढेर बल्ल सन्चो भयो|
एकदम राम्रो लेख। विज्ञानलाई गैरबैज्ञानिक क्षेत्रका मानिस सम्म पुर्याउने काम पश्चिमी देशहरुमा एकदम धेरै हुन्छ। तपाईंले गर्नुभएको प्रयास एकदम राम्रो छ। यसले समाजलामा बैज्ञानिक सोचको दायरा ब्यापक बनाउन मद्दत गर्छ। तर, त्यसो गर्ने क्रममा भाषाको प्रयोग एकदमै संबेदनशील हुन्छ। बिचबिचमा तपाईले प्रयोग गर्नुभएको अंग्रेजी (ब्राइकेट बाहेकको सिधै अंग्रेजी शब्द, जस्तै bringing up parental knowledge र pass down जस्ता शब्द) ले लेखलाई फेरी कता कता टेक्निकल र दिक्कलाग्दो बनाउन खोजेको छ। जे होस्, धन्यबाद।
गौतम उदय द्वारा प्रस्तुत लेख राम्रो लाग्यो ..
बास्तवमा संसारको प्रकृति बुझ्न सबैले Science पढ्न जरुरि छ..
विज्ञान नपढ्ने मान्छेको पनि सोंच त वैज्ञानिक हुन सक्छ ….
यो लेख धेरै पछि आयो…आज भन्दा दस वर्ष अगाडी मैले एस.एल.सी. दिने बेला तिर आएको भए मेरो विज्ञानमा राम्रो नम्बर त आउथ्यो 🙁
खै किन हो मलाई मान्छे को पुर्खा बाँदर थियो भन्ने कुरामा अझै बिश्वास लागेको छैन . सायद मा यो कुरा बिश्वास गर्ने ज्ञानी बन्न अझै धेरै समय लाग्छ होला .
तपाइँ अमेरिकी पुर्ब रास्ट्रपति जर्ज बुश को फोटो हेर्नुस , न भए उहाको भिदिवो यु ट्युब मा हेर्नुस , उहाले बोलेको , उहाको चर्ती कला हेर्नुस ( सम्झिनुस इराक ) तपाइलाइ पूर्ण बिस्वास हुन्छ |