अघिल्लो हप्ता आफ्नै निधारमा बन्दुक तेर्सिएको थियो । हिजो विहान काममा जाँदा ढोकैमा रगतपच्छे छ । ए दैब आफ्नो निधारमै बन्दुक ताकेर लुटेको घटनाले मन तर्सिरहेको बेला फेरि अर्को त्रासदी थपियो । भित्र गएँ । दुइ पुलिस अफिसर राति काम गर्ने मेरो साथिलाई केरकार गर्दै थिए । बुझेको त दुइजना ग्राहक एकआपसमा ३ डलरका लागि चक्कु हानाहान गरेका रहेछन् । अस्ति पनि यसरी नै एकहुल प्रहरी आएका थिए । छानबिन गरे । फिगर प्रिन्टदेखि लिएर नाइटभिजन हेलिकप्टरले समेत खोजि गरे तर अहिलेसम्म लुटेराको नामोनिसान छैन । यि त मैले भोगेका भए तर सुन्नलाई दिनहुँ दिनबिराएर यस्ता घटना खाँचो हुन्न । कहीं प्राण उड्छन्, कहीं घाइते मात्रै । अन्जान बस्ती, अन्जान मानिस साँझबिहान त्यसै त्यसै तर्सिएर सास दबाउँदै हिंड्नु पर्ने । गएको महिना मात्रै दुइजना नेपाली गोलि प्रहारबाट मारिए । अरु देशका पनि यस्ता दुर्घटनाका सिकार भए होलान तर नेपालिका चासो बढि हुने रहेछ । बेलाबेला हुने नेपाली जमघटहरुमा कुरा गरेको सुन्छु, ढुक्क भएका, निश्चिन्त भएका मनहरु विरलै छन् । यसो भन्दैमा अन्यन्तै आतंकित पनि होइन । कस्तो भने, मध्यरातमा चिहानघारीको बाटो हिंडे जस्तै ढुकढुकी बढेर मुटु फुलिरहने ।
सपनाको किनबेच
केही महिना अघि अमिरिकी भुमी ओर्लिदा मध्यरात भएको थियो । भोलिपल्ट अबेरसम्म सुतेर बाहिर निस्किएँ । अचम्म लाग्यो । मनमनै सोचें यो अमेरिका हो कि अफ्रिका । यसोभन्दैमा फेरी अब्राहम लिंकनले हटाएको रंगभेदको कुरा चर्काउन खोजेको चैं होइननी । हामीले नेपाल छँदा देखेको, सुनेको अनि परिकल्पना गरेको अमेरिका वास्तविकतामा थिएन । फरक रहेछ, धेरै फरक । सपना सपनै हुने रहेछ जस्तो लाग्यो । अमेरिका अधिकांसको सपना । सपनाको देश । यहाँ भित्रिन हामी मरिहत्ते गर्छौं । ज्यान जोखिममा राखेर सिमाना नाघ्नेहरु पनि उत्तिकै छन् । हिंडेर, पौडेर, दौडेर, उडेर कसरी हुन्छ यहाँ छिर्नु नै सपना हुन्छ आइपुग्नु अघि । यहाँ आएका दिनदेखि सपनाहरु ह्यांगरमा कोट झुण्डिए झैं झुण्डिरहन्छन् ।
आएका केहि दिनपछि एक स्टोरमा काम पाएको थिएँ । भाषा ज्ञानले खोंचे थाप्यो । आउँछ जस्तो लाग्थ्यो तर भुत्लोभाङ केही रहेनछ । आफुले बोल्यो उनिहरु नबुझ्ने, उनिहरु बोल्यो आफ्नै दिमाग रन्थनिने । अनि के गर्नु ? बुझ्नेलाई इशारा काफी छ भन्थे, मैले पनि इशाराको सहारा लिएँ । ग्राहकहरु लोट्रिमा झुम्मिरहन्थे । नेपालमा कहिलेकाँही चाँडपर्वको अवसरमा चिठ्ठाको किनबेच हुन्थ्यो तर यहाँ त बाह्रैमास सरकारी अनुमति पाएर चिठ्ठा ब्यापार गर्दा रहेछन् । दिनभरीमा अरु अत्यावश्यक कुरा भन्दा बढि लोटरीको ब्यापार हुने रहेछ । प्रायजसो सबै ग्यासँ स्टेसन, ग्रोसरी स्टोरमा लोटरीको ब्यापार गरिन्छ । मेगा मिलियन, पावरबल जस्ता नाममा अरबौँ, खरबौँ बराबरको उपहार देखाइएको हुन्छ । चिठ्ठा किन्नेको घुँइचो हुन्छ । म हेर्छु सबैको अनुहारमा सपनाका भारी हुन्छन् । भोकै बसेर, बाटोमा माग्न बसेर पैसा जम्मा गरी टिकट किन्ने पनि भेटिए कति । जितेपछि उपहार रकमको प्रयोग के-केमा कति-कति खर्च गर्ने फेरिस्ता तयार गरेर टिकट किन्न आउनेहरु पनि कम थिएनन् । यो त सपनाको देशमात्र होइन रहेछ । यहाँ त किनबेच पनि सपनाकै भएको अनुभूति भयो ।
निराशा मात्रै ?
होइन । गुनासा हुनु स्वभाविक मानवसुलभ गुण हो । धेरै मनगणन्ते कुराको आस गरेकाहरुको लागि सुरुमा च्वास्स भएपनि निरासा मात्रै पनि छैन । सबै सानाठूला कामलाई गरिने समान इज्जत, परिश्रमको कदर गर्ने थलो पनि यहि नै हो जस्तो लाग्छ । अति नै सामान्य काम गर्दा पनि आवश्यकता पूर्तिमा कठिनाइ हुन्न । योग्यता हुनेहरुले अवसर पनि पाएका छन् । नेपाली जमातको कुरा गर्नुपर्दा मैले भेटेका मध्ये अधिकांसको चाहना/कामना यहाँको मूल्यले आफ्नै देशमा केही गर्ने मनसायकै हुन्छन् । तर मान्छेको जिवन न हो केही न केही परिवन्दले अल्झाइरहेको हुन्छ । आफ्नो देशको अस्थिर राजनिति, अवसरको अभाव, दैनिक जनजिवनको कठिनाई जस्ता कारणले विरक्तिएर वैकल्पिक समाधानमा विदेसिनु बाध्यता पनि हो । आफ्नो देश, जन्मभूमिलाई माया नगर्ने कोही हुन्न । माया गर्ने भए यहीँ बसेर केही गर्नुपर्छ । भगौडा भएर परबाट फलाक्न जसलाई पनि सजिलो छ भन्ने पनि कसैलाई लाग्न सक्छ तर देशलाई माया गर्नु, परिवर्तन ल्याउनु भन्ने बित्तिकै क्रान्ति गर्नुपर्छ भन्ने अर्थ लाग्दैन । सबैले आ-आफ्नो स्थानबाट देशप्रति सकारात्मक सोच बनाउनुले पनि ठूलो अर्थ राख्छ । मैले देखेका भोगेका नेपाली जमातले यहाँ जन्मने/हुर्कने आफ्ना सन्तानलाई यहाँको संस्कार, रितिथिति सिकाउने रहर कत्तिपनि छैन तर यहाँको गुणस्तर र ब्यवहारिक शिक्षा जस्ता अवसरको सदुपयोग गर्ने लोभ छ । आफुजस्तो आफ्ना सन्तानले मध्यम स्तरको काम र जिवनस्तर भोग्नु नपरोस् भन्ने सबै अभिभावकको कामना हुन्छ । यस्तै-यस्तै झिनामसिना अल्झनहरुले मन र जिवन फरक भएर बाँच्नु परिरहेछ ।
There is nothing wrong – working as a clerk at gas station, for that matter, as a cab driver or, as a waiter in restaurant or, as a doctor in hospital or, as an engineer anywhere or, as a teacher in school… You get the job based on your skill. Sooner one realize this happier one can be. But be greedy, be opportunist, be selfish, be hungry, be risk taker, that will take you somewhere. don’t compare what it was then. look forward what one can be! you are just agonizing yourself and wasting time comparing what it was like in Nepal…You are not in Nepal anymore. You chose to be here, get the most of out it.
ग्यास स्टेशन मा गरेको कामको अनुभव ले मात्र सिंगो अमेरिकाको परिचय गर्नु वा गर्न खोज्नु त्यो व्यक्तिको ठुलो अपरिपक्वता हो | कुनै पनि कुरा यस्तै हो भनेर भन्नु वा अझ पत्रिका मै प्रकाशित गरि लेखिदिनु अगाडी जस्तै कि प्रमोद अधिकारीले यहाँ गरिदियाका छन्, त्यसको चारै पाटा बाट लेखाजोखा गरि सर्वत्र रुपले केलाई विश्लेषण गर्नु पर्छ | राम्रा नराम्रा पक्ष सबै समेट्नुपर्छ |
एउटा कुरा मैले नबुझेको, किन हो कुन्नि हाम्रा प्रायजसो (केहीलाई छोडी) नेपाली दाजुभाई दिदीबहिनीहरुलाई नुनको सोझो गर्ने मन नलागेको | जुन देशले नेपालमा डुब्न लागेको लाइ यहाँ औला समातेर डोर्याई मेहनत गर्ने बाटो देखायो उसैको बारेमा नकारात्मक टिका टिप्पणी जतापनि | आफ्नो क्षमताले भ्याउन सक्ने भन्दा धेरै सपना देख्ने आफुलाई गाली गर्नु भन्दा त्यो सपना पुरा गरिदियन भनेर अरुलाइ पो दोष |
पुरानो उखान : आफु हिड्न जान्दैन आगन टेढो |
लागे लाग्छ मोहनी न लागे घरैमा छ तरुनी – भन्ने सौखिन बानि परेका हामीलाई नेपालमा बसेर अमेरिकाको सपनाको महल बनाउनु यौटा कुरा तर अमेरिकामा आयर अनुसासित भयर अध्यन गर्नु वा काम गर्नु चाहि अर्को कुरा हो. सुरुमा कठिन भयपनी लक्ष निर्धारण गरेकाहरुले सफलता प्राप्त गरेका धेरै उदाहरण छन् . सबै ठाउमा राम्रा र नराम्रा कुराहरु छन् . अमेरिका पुगेकाहरुले नेपालमा आयको बेलामा कि म त त्यहाँ प्रबन्धक थिय भनेर अन्तर्वार्ता दिने कि त्यहाँ दुख्ख मात्रै पायं भन्दा उनीहरुको अनुभब खास के हो त भनेर बुझ्न गाह्रो हुन्छनै . सकेसम्म अनुभब अलि बिस्तृत होस र अरुहरुको लागि पनि काम लागोस.
आफ्नो नितान्त विचार हो …..सरल रूप मा प्रस्तुति गरिएकोमा धन्यवाद !
संसार मा कोहि पनि एकै दर्जा को हुन्दैन..यो समय लेखक को लागि हाम्रो शिशु क्लास जस्तो हो.अमेरिका आउने सबै शिशु क्लास भएरै सुरु गर्छन…कति टाढा जाने अथवा कति पढ्ने भन्ने कुरा गएकाले अथवा पढेकाले भने मात्रै थाहा painchha . कोहि पनि गएका छैनन् भन्नु निराशाजनक मनस्थिति को संकेत मात्र हो!
सुरुमा यो प्राय सबैले भोगेको बास्तबिकता हो
” भाषा ज्ञानले खोंचे थाप्यो । आउँछ जस्तो लाग्थ्यो तर भुत्लोभाङ केही रहेनछ ।”
पढ्दै गए.. पढ्दै गए, अब कुन हरफमा चाँही; “मैले नेपाल फर्कने निर्णय गरे” लेखेको होला भन्ठानेको त अधुरै छोडेछ मित्रले !
शिछा नपाय काशी जानु
न्याय नपाय गोर्खा जानु
दुख नपाय अमेरिका जानु /
जसलाइ नेपालमा वरको गिलास पर नसार्ने बानी बसेको छ र जसलाई आफ्नो पाखुरी चलाउने बानी न बसाइ कन अमेरिका पुगेको छ त्यसलाई हुन्छ त्यहाँ दुख |
मेहनत गरि खाने लाइ दुख कतै हुदैंन केवल अवसर कत्तिको पाइन्छ भन्ने कुराको मात्र फरक हो |
प्रमोद को लेखने प्रयाश राम्रो छ. सबै ठाउं र देसका आफ्नै राम्रा र नराम्रा कुराहरु छन्. तर पनि प्रमोद को लेख पढेपछि केहि कुरा लेखन मन लाग्यो.
बन्दुकको कुराबाट सुरुयात भएको लेख अलि डरलाग्दो हुन सक्छ नेपालमा हुने हरुको लागि.त्यो त सहरहरुको character नै हो. सामाखुसी. न्यु रोड़, सातदोबाटो मा पनि लूट भएको हामीले सुनेकै हौँ.अरु त के कुरा म सानो हुदा मेरो गाउँमा माथि खोलाबाट टाउको र सरिर छुटिएको लास बगेर आएको मलाई अझै समझना छ.
संचारको यस्तो तिब्र र सर्बत्र ब्यापकता भएको समयमा पनि अमेरिका स्वर्ग हो भन्ने सोच राखेर आहिन्छ भने हाम्रो अध्यनको कमि हुन सक्छ.अबसरको कुरा गर्दा पक्कै पनि अन्ग्रेजी भाषा सुधार्न मेहनत गर्ने र सकारात्मक सोच राखेर अगाडी बढ्ने हो भने अबसरहरु धेरै दखिन्छन. Gas स्टेशन मा काम गर्ने भनेको सजिलो सुरुवात हो. नेपाल बाट DV परेर होस् या student visa मा अयिएको, केहि समयको लागि मात्रै.
नेपालको socio -political situation केहि हद सम्म हामीलाई विदेशको option सोच्न बाध्य गराउने कारण हो, तेस्मा दुइ मत छैन.तर नेपालको राम्रै स्तिथि हुँदा पनि नेपालीहरु नाबिदेसियेका चाहिं होइनन. मानब जिबन को लालसा नै होला साहेद, मिठो खाने ,राम्रो लाउने, देस विदेश घुम्ने, वृद्धह उमेरको लागि केहि साँच्ने. सकिएमा ???दिन:दुखीको लागि पनि केहि गर्ने.
नेपालमा पनि केहि पनि गर्न नसकिने होइन. तर प्रतिफल मान्छेको त्क्षमता, योग्यता र नेतृत्व मा भन्दा पनि अरुको दुवै राम्रो र नराम्रो सहयोगमा भर पर्छ. सबै राम्रो भए पनि. प्रतिफलको लागि धेरै धैर्य अनि समय कुर्नु पर्छ. मानबिय स्वभावले तेस्को लागि सबैलाई तयार बनाउन्न र कति अबस्थामा जरुरि पनि हुदैन. अर्को कुरा नेपालमा बुवा-आमा को सम्पति र सहयोगमा/ अर्थात् बिरक्त्तामा जिन्दगि गुजार्नु भन्दा पक्कैपनि संसारको जुन कुनामा रहे पनि मेहनत गरेर बुवा-आमा लाई सहयोग पुराउने र देसको माया गर्ने राम्रो होला साहेद. देसको माया गर्ने धेरै तरिका हुन सक्छ; ———१. २. ३… कृपया सोच्नुस के गर्न सक्नु हुन्छ. आफ्नो आम्दामी र परिस्तिथि अनुसार.
USA को कुरा गर्दा केहि आर्थिक, सामाजिक,र संस्कृतिक समस्याहरु आफ्नो ठाउँमा होलान, तर राम्रो कुराहरुको बारे एउटा लेख राखन चाहन्छु : अंगेजी भाषामा छ.सबै कुरामा सहमत हुन नसकिएला तर पढन र केहि कुरा बुझ्न राम्रै छ. http://www.nationalreview.com/articles/207396/10-great-things-dinesh-dsouza
(Source : Dinesh D’Souza’s latest book, “What’s So Great About America,”—-इन्टरनेट बाट साभार)
अधिकारी जी , तपाईंले देखेको र भोगेको अमेरिका भए पनि त्यही मात्र अमेरिका होइन भन्ने कुरा बुझ्न् तपाईंलाई केही समय लाग्छ । जसरी गाडी भन्ने बित्तिकै मारुति देखी पजेरो सम्म छ् । अमेरिका बसाइ पनि त्यस्तै नै हो । मोल अनुसारको उपभोग्य सामाग्री र सुबिधाको देश हो अमेरिका ।
why so many Nepalese work in a gas stations specially night shifts because no one wants to work in that hours. Also gas stations owners(usually Indians and Pakistani) prefer Nepalese because they work harder, speak better English than most south Asian And the owner can yell f word in Punjabi and hindi which they can’t to white or blacks.There’s is a saying among gas stations owner,
Sabi log chorte hai, magar nepali log thoda kum chorte hei.
Despite of Economic disorder in present situation EUROPE is the safest place to live. Being a women, I’ve never experienced any increase of my heart beat while returning home from work at midnight. My husband usually returns late at night after closing the Restaurant duty. There’s no difference whether its day or night.
We were planning to migrate towards USA with investment plans and for wider opportunities. As we’ve also heard that America is the land of opportunities and dream. But it looks like we have to rethink about it.
very interesting. सपना पुरा गर्ने धेरै ठाउँ र तरिका हुन्छ . अमेरिका संसारको सबै मनिस हरुको dream land. तर के को लागि भन्ने कुरा थाहा पाउनु पहिलो प्राथमिकता हो.
हामी गरिब देशका हरुको सपना भनेको पैसा कमाउनु र घर बनाउनु पहिलो तर त्यहाँ धेरै मनिस हरु छन जो पैसा भन्दा पनि तेह हुने new invention and technology or new research को लागि मरिहत्ते गर्छन. जस्तै : फिल्म सेक्टर को लागि यो यौटा सुबर्ण भुमि पनि हो.
Technology: Silicon Valley, every one wants to go there.
For the research: there are couple of university and labs around the world where people wants to work once in a life time.
There are lots of other sector where you want to go and learn.
There are no discrimination for your job. if you are bank manager, if you loose the job then you have to work any kind of job untill you get other. Job means job and money, not like our country. if you work in gas station in nepal, you may feel shy and you feel more kind of lower class people.
It doesn’t matter where you work and what you work so it also creates a freedom of life you live in America and other developed countries.
” तर यहाँको गुणस्तर र ब्यवहारिक शिक्षा जस्ता अवसरको सदुपयोग गर्ने लोभ छ ”
That’s why its a dreamland for everyone.
अमेरिका गए अफ्रीका होकी लाग्ने… अस्ट्रेलिया गए china होकी लाग्ने कुरा सहि हो .
मलाई मेरो भिनाजुको याद आयो-
एक जना भिनाजुका छिमेकिले अमेरिकाको डि भि पारेछन र यस्को खुशीयालीमा पार्टी दिएको कुरा फोनमा बताउनु भो।मैले भने-तपाईका छिमेकिले थाहा पाउँछन अमेरिका आए पछी! भिनाजुले उता बाट भन्नु भो– ए !!!!!!!त्यसो भए डुबेछ त त्यसो बजिया ? खुब पार्टि खुवाउने भएको अमेरिका जान पाँउदा!हुँन त नमरि स्वर्ग देखिदैन।यस्तै हो अमेरिका।
डिवी पर्दा भोज खुवानु हुन् भन्ने धारणा गलत हो ! नेपाल मा सानोतिनो रोजगार को समस्या भयको बेला, उधोयोग धन्दा केहि न चलेको र पटमुर्ख / धुर्त को सासन भएको बेला सयौं नेपाली काम खोज्न बिदेसियका छन् … येसरी नेपाली दाजुभाई न विदेशिएको भए युद्ध ग्रस्त नेपाल को हालत के हुन्थ्यो, रोजगारी को समस्या कति बिकराल हुन्थ्यो ??
मानब अधिकार र दुखः को हिसाब ले अमेरका कामको खोजि मा पसेकाहरु भन्दा बढी पिडित छन् … छुटपुट घटना त् जुनसुकै देश मा भएकै छन् … डीबी पर्दा सानोतिनो साती भै लाई पार्टी दिदा फरक पर्दैन तर अमेरिका गइन्छ अब केहि दुख हुदैन, डलर को बोटमा चदिन्छ सोच्नु गलत हो … तेसैले घर बेचेर पार्टी गर्नु आबस्केक छैन …
अमेरका land of opportunity भएको ले विवेक र लगन भएकोहरु लाई बरदान हुन् सक्छ … दुख को कुरा केहि ले पढाई, राम्रो जागिर र बेपार अगाले पनि धेरै डीबी परेका दाजुभाई कम् ज्याला र जोखिम पूर्ण काम गरिरहेका छन् .. तेसैले कहाँ र के सुबिधा (जोस्तो पढ्न ऋण , आर्मी जागिर ) मिल्छ र तेस्लाई कसरि उपयोग गर्ने बारे परामर्श दिन सम्बंदित निकायक ले पहल गरे राम्रो हुन्थ्यो कि ???
ग्यास स्टेशन जहाँ सडक देखि महलमा बस्नेहरु सम्मको साझा खरिद गर्ने ठाउँ हो, चौबिसै घण्टा खोल्दछ, बदि पैसा को कारोवार हुन्छ, जागिर खान र छोड्न सजिलो, अपराधी लै अपराध गर्न सजिलो, कुनै नेपाली ले भनेको थियो, न्याय नपाए गोर्खा जानु – काम नपाए ग्यास स्टेशन जानु. सन्धर्भ मा – अमेरिकामा तथ्यांक अनुसार सबैभन्दा काम गर्न असुरछित ठाउँ ग्यास स्टेशन हो.
white कलर हरियो डलर
न्युयोर्कको सहर नेपालीको रहर
हलिवुडको तमाशा नेपालीको आशा
लियोनार्दो टम क्रुज सबैको दिमाग फयुज
सेतो र कालो अमेरिकाको घाँदो
नेपाली गए गहुगोरो न हथियार न लौरो …..
अमेरिका गएर जहाज किन्न सक्ने भए पो गएको पमज्जा आउँछ। मोटरसाइकल त नेपाल मै कुल्ली काम गरेर पनि किनेकै छन्। दश दिन ईट्टा बोक्यो परिवार एक महिना पालिन्छ। के खान जानु अमेरिका! त्याहाँ गएर सुन खाने होईन!!
अमेरिकासंग हामीहरु जस्तो गरिब देशका मान्छेहरु धेरै नै अपेक्षा राक्छौ | यहाँ हामीले स्वर्गको आशा गर्छौ, तर यो पृथ्वीमा कहिँ नि स्वर्ग छैन | यहाँका आफ्नै समस्या छन् , यहाँ नि बेरोजगारी छ, रंगमा, ठाउमा भेदभाव हुञ्छ | २-३ $ को लागि ज्यान मार्न नि पछि पर्दैनन् , सबको हात हातमा बन्दुक छ | फरक येति हो, यहाँका मान्छेहरु पुलिसदेखि, कानुन देखि डरौचन, किनकि कानुनमा यहाँ भेदभाब छैन | तर अलिकति हेप्ने, ठग्ने, लुट्ने मौका पाउने बित्तिकै कसैले कसैलाइ छोड्ने वाला छैन, त्यसैले यो कलि युगमा अमेरिकामा धेरै अपेक्षा न-गरेर आफ्नो सुरक्ष्या आफै गर्नु नै बुद्धिमानि हो |
एकदम सहि लेख मलाई त साह्रै चित्त बुझ्यो ! आँखाले नदेखी पत्याउन गार्हो पर्छ भन्छन पंक्तिकार ज्यु लाई पनि तेस्तै परेछ ! हो हामीले सोचेको भन्दा धेरै नै फरक छ अमेरिका, अमेरिका पुग्नु नै समस्याको समाधान चाही होइन, त्यो कुरा सबैले बुझ्नु जरुरि छ !
एक त अमेरिका जानै गाह्रो, पुगे पछि काम पाउनै गाह्रो, काम पाएपछि गर्नै गाह्रो ! तर अमेरिका जानै नहुने ठाउँ हो भन्न खोज्या चाही हैन नि !कडा मिहिनेत नगरी अमेरिकामा टिक्न चाही सम्भव छैन भन्न खोज्या मात्र हो ! Security को हिसाबले हेर्दा अमेरिका नेपाल भन्दा शायद कम्जोर नै होला, कारण खेलौना झैँ बन्दुक जसले पनि राख्न पाउनु ! नियम कानुन नभएको चाही हैन , तर नियम कानुन मा भएका कमि कमजोरीको फाइदा उठाउने हरु प्रशस्त छन् , जसले गर्दा अमेरिकामा होस् नगर्यो भने ज्यान जान बेर लाग्दैन ! ५ डलर को लागि मान्छे मार्न पछि पर्दैनन् अमेरिकन भनाउदा हरु !तेसैले अमेरिका जानु अघि सबै कुराको अध्ययन गरेर , उतै बसेका वा अमेरिका पुगेर आएकाहरुको सल्लाह लिएर गएमा एस्ता अप्ठ्यारो परिस्थिति बाट बच्न मद्दत पुग्छ !एउटा बुझ्नु पर्ने अर्को कुरा अमेरिकामा काम गर्ने भनेको नेपालमा काम गरे जस्तो चाही हैन, नेपालमा ३ जनाले गर्ने काम अमेरिकामा एक जनाले गर्छन वा गर्नु पर्ने हुन्छ, यदि येति कुरा बुझेर अमेरिका जानु भयो भने तपाइको अमेरिका बसाई तेती नराम्रो नहोला !!!!!!
कस्तो भने, मध्यरातमा चिहानघारीको बाटो हिंडे जस्तै ढुकढुकी बढेर मुटु फुलिरहने ।
सहि हो .
आज फेरि याद आयो.
केटी माग्न जाँदा
कतार गएर आएको ः हुँदैन
दुबई गएर आएको ः हुँदैन
साउदी गएर आएको ः हुँदैन
मलेसिया गएर आएको ः हुँदैन
कोरिया गएर आएको ः विचार गरौंला
जापान गएर आएको ः छोरीसँग सोध्छु
अमेरिका गएर आएको ः हुन्छ नि छोरी नि ठूली भैसकिन बरु छिट्टै गर्दा हुन्छ।
चाजो पाजो मिलाउनु भा’को छैन भने छोटो-मीठो गरौंला।
हैन, अमेरिकामा चाहिँ के खाएर आ’को हुन्छ हँ?
पहिला पहिला कलकत्ता जाने ले धक्कु लगाए जस्तो यो अमेरिकी धाक ले केइ समय अझै काम गर्छ मित्र | बिस्तारै गाउको काले , भकुन्डे , चेप्टे, माइला ,साइला , चुचे , आइते ,बुधे , ध्वासे , गोब्रे , तोर्मे , हाडी घोप्टे , ओखर बोटे , पल्ला घरे , लुतुरे , फुतुरे , लाल बुझक्कड
सब अमेरिका पुग्छन तेस्पछि बाउ हरुले छोरी दिने त् परे जावॉस , लाठो खोज्न थाल्छन |
अमेरिका भनेर सबैलाई यस्तो हुदैन | पढेर ग्राजुएट भएर फुल टाइम काम गर्नेहरुले यस्तो दुख देख्नु पर्दैन |
डि भी परेर वा शरणार्थी बनेर आएकाहरुले चाही घन्टे जागीर खानु पर्ने हुनाले यस्तो स्थितिको सामना गर्नु पर्ने हुन्छ | तर जे भने पनि काला जातिले बोलेको चाही जे गरे बुझिन्न !
मुन्त्री ले था पाए फटकार्लान है मित्र लै,
“आफ्नो देशको अस्थिर राजनिति, अवसरको अभाव, दैनिक जनजिवनको कठिनाई जस्ता कारणले विरक्तिएर वैकल्पिक समाधानमा विदेसिनु बाध्यता पनि हो ”
तपाईं येती राम्रो सुख सुभिधा छोडेर उतातिर हानिनु भा को रहेछ अनि काम को मान र काम गर्नेको सम्मान गर्ने ठाउँ मा कर्म पनि गर्दै हुनुहुदो रहेछ, तेश मा पनि मुन्त्री जी लै नेपाला राम्रो काम गर्ने मान्छे के काम गर्न गएछ भनेर फ़ट्कारि हाल्लान है |
खुशी लाग्यो, सुन्धा र भोग्दा को संसार फरक आवश्य नै छ|
अमेरिका अनेक हत्कन्डा गरेर छिर्नु पर्ने सोर्ग होइन ! यो कुनै नर्क पनि होइन | यो प्रथिबी को एक भाग हो, जो अलि बिकसित छ … दुर्घटना जहाँ पनि हुन्छन जसलाई पनि हुन्छन, साबधानी आपनाउनु जरुरि छ … किन हो कुन्नि ग्यास स्टेशन मा येस्ता घटना सधै हुन्छन … दुखको कुरो गैरकानुनी लै काम प्राय गास स्टेशन ले देनछन्