Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

साइट ह्याक भएको टेलिकमलाई पत्तै छैन

Posted on April 10, 2014 by mysansar

-संकल्प पोख्रेल-

नेपाल टेलिकमको वेबसाइट ह्याक भएको धेरै दिन भइसक्दा पनि त्यहाँका हाकिमहरुलाई पत्तै छैन जस्तो छ।

टेलिकमको वेबएसएमएसको पेज ह्याक गरी अर्कै पेजमा रिडाइरेक्ट हुने बनाइएको छ। वेबएसएमएस इन्टरनेटबाट एसएमएस पठाउनलाई टेलिकमले दिएको एउटा सुविधा हो। आफ्नो मोबाइल नम्बरलाई युजर नेमका रुपमा राखी यसबाट टेलिकमको नेटवर्कका नम्बरहरुमा एसएमएस पठाउन मिल्छ। विगत केही दिनदेखि यसैको पेजमा ह्याक भएको हो।

अहिले वेबएसएमएसमा लग इन गर्ने बित्तिकै ‘हनुमानढोका निजीकरण गर्न पाइँदैन’ लेखिएको उज्यालो नेटवर्कको एउटा जेपिजी फोटो फाइलमा पेज रिडाइरेक्ट हुने गर्छ।

त्यसैले वेबएसएमएसबाट कसैलाई पनि एसएमएस पठाउनै मिल्दैन।

हेर्नुस् भिडियोमा यस्तो भइरहेको छ-

9 thoughts on “साइट ह्याक भएको टेलिकमलाई पत्तै छैन”

  1. Pingback: ह्याक भएको WebSMS को समाधान यसरी गरौँ « Mysansar
  2. Mahesh dahal says:
    April 13, 2014 at 4:58 pm

    WebSMS मा आएको समस्याको समाधान यसरि गर्नुस । म्यासेज मज्जाले जान्छ ।
    http://www.mysansar.com/2014/04/11908/

    Reply
  3. Pushpendra says:
    April 11, 2014 at 10:26 am

    यो त एउटा उदाहरण मात्र हो, सरखारी साइट अधिकांस ह्याक हुने गरेका छन् ,
    सस्तोमा साइट बनाउने र धेरैको बिल पेश गर्ने कारणले यो समस्या देखा परेको हो ,
    नेपाल खेलकुद परिसद को साइट http://nsc.gov.np/ ,http://rismfp.gov.np , http://www.tibet-handicraft.com/, http://www.nepalfilmpa.com/
    माथि दिएको सबै साइटको news सेक्शन मा website Hacked भनेर normal संदेश मात्र छोडिएको छ

    Reply
  4. Suman Bjra. says:
    April 11, 2014 at 7:19 am

    सबैजना खाओबादी कर्मचारी भएपछि जे ह्याक भयपनी हुन्छ / नेताले नपदिकन जांचा दिएर पास गर्ने पदेन विद्यार्थीको भबिषय बिगारे जस्तै तलब खुरु खुरु हात मा आएपछि कसको टाउको दुखाउनु /

    Reply
  5. Lalu says:
    April 10, 2014 at 7:31 pm

    NTC को वेभसाइटमा टेलिफोन नम्बर चेक गर्ने ठाउँमा पनि समस्या छ। धेरै भैसक्यो तर अझै बनेको छैन।

    यो हेर्नुहोस: http://www.ntc.net.np/telsearch.php

    Reply
  6. दिलिप, भक्तपुर says:
    April 10, 2014 at 1:36 pm

    मेरो प्रिपेड, नम्बर राख्दा पनि माथि भिडियोमा देखाए जस्तै आउन्छ, तर पोष्ट पेड नम्बर राख्दा त्यसतो आउन्दैन, एस.एम.एस. पठाउन मिल्छ र जान्छ पनि । एक छिन पासवर्ड राखि साईत खुल्दा http://websms.ntc.net.np/login.jsp आउँछ अनि त्यसको १० सेकेण्ड पछि http://ujyaaloonline.com/mediastorage/images/Hack.jpg को साई को पेज दिस्प्ले हुन्छ ।

    आखिर के रैछ यो खास ?
    के साच्चै ह्याक भएको पेजले देखाए जस्तै हाम्रो काठमाण्डौको हनुमानढोका दरवार क्षेत्र निजिकरण गर्न लागेकै हो त ?

    Reply
  7. Dipesh says:
    April 10, 2014 at 12:31 pm

    नेपालका सरकारी साइटहरु ह्याक हुनु कुनै नौलो कुरा हैन, मैले १२:१५ बजे हेर्दा पेज खुलेको थियो ! सायद टेलिकमका कर्मचारीहरु आफ्नो वेबसाइट नहेरी माइसंसार डट कम हेर्छन क्यार !! नत्र भने पहिलेनै ह्याक भएको वेबएसएमएस आज आएर मात्रै किन खुल्यो त ?

    Reply
  8. Mahendra says:
    April 10, 2014 at 12:30 pm

    NTC website is overcrowded with unnecessary stuff. The worst website to check telephone bills online. There is no easy system to register and view PSTN or mobile phone usage online. We can only view a vintage bill of 3 months back. NTC cannot and may never be able to show the customers their latest telephone calls, balances and previous balances on account. The current bill system is probably the worst in the world. Nepal now has excellent web developers in the private sector, but NTC’s web developers are still sleeping sound. So may be there are also other pages the customers got frustrated with, so they might have hacked. No surprise. Unless NTC improves its Online Bill (viewing) system, NTC cannot claim as a modernised organisation. The Bill system is still lumbering in Panchayat era.

    Reply
  9. Damodar Kuinkel says:
    April 10, 2014 at 11:03 am

    खोइ सर मरो कम्प्युटर बाट जान्छ त हजुरको मा के भयो कुन्नि ? मैले बिहानै पनि २ ओटा एस एम एस गरेको थिए अहिले यो खबर थाहा पाए पछी चेक गरेको मजाले चल्छ भिडियोमा देखाउनु भए जस्तो केहि हुदैन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme