सार्वजनिक सवारीमा छुट्टै महिला सिटको व्यवस्थालाई अहिले कडाइका साथ लागू गरिएको सञ्चार माध्यमहरुबाट सुनियो। झट्ट विचार गर्दा यो एउटा राम्रो शुरुवात हो, तर विश्लेषण गरी हेर्ने हो भने यो व्यवस्था त्रुटिरहित भन्न मिल्दैन जस्तो लाग्छ। म कुनै लेखक वा पत्रकार होइन, तर पनि आफ्नो मनमा लागेको कुरालाई सचेत नेपाली नागरिकको हैसियतले माइसंसारको माध्यमबाट व्यक्त गर्न चाहन्छु। मेरो मनमा खड्किएका कुराहरु बुँदागत रुपमाः
१. म २७ वर्षकी तन्दुरुस्त महिला हुँ, मेरो बुवा ८० वर्षको वृद्ध हुनुहुन्छ। उहाँ र म एउटै बसमा यात्रा गर्दैछौं। बसमा महिला सिट मात्र खाली रहेछ भने नियम अनुसार म आफू सिटमा बसेर बुवालाई उभ्याउनु पर्ने भयो। किनभने म महिला हुँ र मेरो ८० वर्षे वृद्ध बुवा पुरुष हुनुहुन्छ। तर मेरो आत्माले मलाई यसो गर्न दिंदैन।
२. महिला सिटमा म बसिरहेको बेलामा, कोही बैसाखी टेकेको अपाङ्ग पुरुष आउनुभयो। अब मैले उहाँलाई उभिइरहन दिनुपर्यो, किनभने म महिला सिटमा बसेकी छु। तर मेरो आत्माले मलाई यसो गर्न दिंदैन।
३. महिला सिटमा पुरुष बसिरहेको बेलामा पछाडिबाट फोटो खिचेर फेसबुकमा राखी पुरुषलाई गिल्ला गरेको पनि देखियो। यसको मतलब महिला सिट खालि छ भने पनि त्यसमा कोही महिला आएर नबसेसम्म, बस खचाखच भएपनि महिला सिट चाहिँ रित्तै हुनुपर्यो। अर्थात् खाली सिटलाई आँखाले हेरेर पुरुषहरु चाहिँ उभिइरहनुपर्यो। यतिसम्म अलि उचित भएन कि।
४. १८, २० वर्षकी स्वस्थ युवतीको लागि भएपनि ५०, ६० वर्ष कटेका पुरुषहरुले सिट छोड्नु पर्यो जुन अलि सुहाउँदो नहोला। म पनि एक महिला हुँ। हो, मलाई आफूले अधिकार पाउँदा खुशी लाग्छ तर अधिकार सही ढङ्गले ठिक्क मात्रामा लिनुपर्छ। प्रकृतिले महिलाको शरिरलाई पुरुषको तुलनामा अलिकति नाजुक बनाइदिएको त हुन्छ, तर वृद्ध, अपाङ्ग र अशक्तहरु चाहे पुरुष नै किन नहुन, उनीहरु अझ नाजुक हुन्छन्।
त्यसैले मेरो विचारमा महिला सिट भन्नु भन्दा पनि यसलाई परिमार्जन गरेर, “प्राथमिकता सिट” (गर्भवती, दुधे बालक बोकेको व्यक्ति, वृद्ध, अपाङ्ग र अशक्तहरुको लागि) भन्दाखेरि उपयुक्त हुन्छ होला। जापानको ट्रेनभित्र प्रत्येक डिब्बामा दायाँ र बायाँतर्फ प्रायोरिटी सिट भनेर ३,३ वटा सिट छुट्याइएको हुन्छ। सिटको माथिपट्टी बैसाखी टेकेको मानिस (अपाङ्ग), लौरो टेकेको मानिस (वृद्ध), गर्भवती महिला, दुधे बालक बोकेको व्यक्ति र पेसमेकर आदि राखेको व्यक्तिको चित्र बनाइएको हुन्छ, जो कोहीले हेर्ने वित्तिकै सजिलै बुझ्ने गरी। यदि आफू चढ्दा त्यो सिट खालि छ भने जो कोही बस्दा हुन्छ। तर गर्भवती, दुधे बालक बोकेका व्यक्ति, वृद्ध महिला वा पुरुष, अपाङ्ग र अशक्तहरु आफ्नो अगाडि देखिएपछि सिट छोडिदिनुपर्छ।
मेरो विचारमा हाम्रो देशमा पनि यस्तै व्यवस्था भएदेखि उत्तम हुन्थ्यो होला। यसो भएमा सबै पक्षलाई समेट्न सकिन्छ। लोकल सार्वजानिक बसमा एकपटक चढ्दा बढीमा एक घन्टाको यात्रा गरिएला, उमेरदार र स्वस्थ महिलालाई एकघन्टा उभिंदा त्यति फरक नपर्ला भन्ने मेरो ठम्याई छ। हामी महिलाहरु सदियौं देखि पछाडि परेका छौं, हामीले आफ्नो अधिकारको लागि लड्नैपर्छ। तर सँगसँगै यो पनि सोच्न जरुरी छ कि आवश्यकता भन्दा बढी अधिकार खोज्न थाल्यौं भने हामी झन परनिर्भरता तिर धकेलिने छौं, नारी र पुरुष बीचको खाडल झन बढ्नेछ, जब कि त्यो खाडल पुर्नु चाहिं हाम्रो सफलता हुनेछ।
[यो ब्लग माइसंसारका पाठकले लेखेका हुन्। तपाईँ पनि आफ्नो भोगाइ, अनुभव वा माइसंसारका अरु पाठकलाई रुचिकर हुने कुनै पनि विषय पठाउन चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]
नियम बनेको राम्रो हो, तर नियम भन्दा पनि बडी मानिसमा नैतिकता र बिबेक छ भने एस्तो नियम बनि राख्नु पर्दैन..
सधै नहोला, तर कहिले काही ५० बर्से woman भन्दा २५ बर्से ठिटोलाइ (मानि लिऊ बिरामी छ, सन्चो छैन) सिट जरुरि हुन सक्छ…. एस्तो बेला नियम भन्दा पनि बडी नैतिकता र बिबेकले काम गर्छ..
this is my opinion and opinion may vary!!
शारदाजी,
राम्रो कुरो उठाउनु भयो | मानबियता भएकाहरु जहिले पनि बृद्ध बृद्धा, अशक्त, महिलालाई प्राथमिकता दिएकै हुन्छ भने नकचरोहरुलाई के भन्ने ?
फाइदा लिने ठाउँमा महिलाहरु अधिकार खोज्छन् , मानबियता खोज्दैनन् | महिला पुरुष बराबर भन्छन् – बसमा सिट खोज्छन्, कहिँ लाइन बस्नु परे महिला भनि अगाडि बस्छन्, सबै ठाउँमा प्राथमिकता खोज्छन्, काम गर्नु परे ‘महिला’ तर तलब, भत्ता, ज्याला, सुबिधा सबै बराबर पुरुष सरह खोज्छन् | निशाजीले डेनमार्कको उदाहरण दिनु भएको जस्तो नेपालमा हेर्न कति दशक/पुस्ता नै कुर्नु पर्ला | राम्रो कुरा आउन पो ढिलो हुन्छ नराम्रो, बिकृती त छिट्टै आउँछ |
सार्बजनिक सवारी साधनमा सिटभन्दा बढि मान्छे नराख्ने हो भने यो (महिला सिट) सम्भव होला तर हाम्रो देशमा त यस्तै हो कहीं नभएको जात्रा …… भने झैं |
यस्तै, सानो दसजना अट्ने टेम्पो, सानो माइक्रो बसमा पनि आरक्छ्यण लेखिएको हुन्छन् यसको औचित्य के होला ? कि त सवारी चालकले त्यो सिटलाई खाली नै राखेर चलाउनु पर्यो अथवा महिला, अशक्त नआउन्जेल कुर्नु पर्यो | केहि गरि त्यो सिटमा कोहि बसेको भए महिला, अशक्त आयो भने बसेको व्यक्ति झर्नु पर्यो या उठेर ठाउँ छोड्नु पर्यो यो सम्भव त छैन |
– दीदब श्रेष्ठ
I dont think it is necessary to have seats reserved for females. Personally I find it more like man trying to dominate women. Instead of women’s reserved seats; it will be fruitful to comeup with priority seats; where by people can generously give up those designated seats to more needy people like elderly people, pregnant women.
But I have nothing to say, as I had a dispute with this gentlemen, who was traveling in microbus from kalanki to sahidgate. I saw an elderly lady aged not less than 75, the guy was in his mid 20s and though this elderly lady was not in any kind of relatuons to me, I asked him if he could offer the seat to her.but he acted blur.. than I had to tell him, what if someone who is related to you is struggling while traveling ??
In sort, it must come from heart.. all these rules are nothing. What matters most is needy person to get the seat not the fines. So its not just one person but all the Travellers who has to in need offer..
मानबियता हुने हो भने आरक्षण को जरुरत नै छैन मानबियता नहुनेलाई सैदान्तिक आरक्षणको के मतलब
तपाइको कुरा जायेज छ तर येस्ता झिना मसिना कुरा त हामी आफैले बिबेकसिल भएर पनि समाधान गर्न सक्छौ .. सबै कुरामा सरकारी नियम मै भर पर्नु भन्दा जनता पनि सहयोगी हुन पर्यो .. एउटा बृद्ध , असक्त वा काखे बच्चा बोकेकी महिलालाई सिट छाड्नु पर्ला भनेर कान मा earphone कोचेर नसुने, नथाहा पाए जसरि नकचरो भएर बस्ने महानुभाब पनि हाम्ले सार्बजनिक सवारीमा भेटछौ, येस्ताको ओखति छैन .. सबै संस्कार र सोचको कुरा हो ..
कुरा ठिक हो …………..भाषा परिबर्तन गर्दा अझ राम्रो हुन्छ, अर्को कुरा सक्षम लाई आरक्षण दिदा अझ त्यसको डोमिनेट होला जस्तो लाग्छ | क्षमता छ भने लडेर खानु पर्छ मागेर खाने त हुतिहारा हो |
हरेक क्षेत्रमा धुलमिल हुन जती पुरुष लाई सजिलो छ त्यती महिलालाई सजिलो छैन । तर सजिलो छैन भन्दैमा महिला लाई कमजोर पात्र भ नि प्रमाणित पनि त गर्नु भयन नि ? महिला आरक्षणले तत्कालिन परिबेश मा सहयोग गर्ला तर यसले समग्र रुपमा गुणात्मक परिवर्तन ल्याउन सफल नहुन सक्छ ।
धेरै राम्रो लेख. विदेशमा महिला आरक्षण भनेर सिट छुट्याइएको हुदैन र आरक्षित सिटमा पुरुष बस्नु हुन्न भन्ने कहिँ उल्लेख पनि गरिएको हुदैन.
शरम लाग्छ नेपाल को कानुन देख्दा पनि . सानो प्रसङ्ग कोर्न मन लाग्यो नारी प्रधान देश डेनमार्क को कुरा लेख्दै छु म जहाँ म कार्यरत छु . मेरो श्रीमान कोपेन्हागन को एउटा होटेल मा काम गर्नुहुन्छ . एक पटक होटेल मा ४० जना को बूकिंग रहिछ सन्जोग ले त्यो दिन होटेल को भान्छे महिला रहिचन . मेरो बुडो ले उसलाई गारो होला ४० ओटा प्लेट बोक्न भन्ने सोचेर सहयोग गर्न खोज्नु भएछ बुढो लै एकै पटक ४० प्लेट बोक्न गारो भएछ र २०,२० ओटा गरि लान खोज्नु भएको रहिछ तेतिनै बेला तिनी महिला भान्छे आएर मेरो बुढो लै Its my duty . u dont need to help bhandai एकै पटक मा ४० ओटा प्लेट बोकेर गैछन . मेरो बुढो दङ्ग घर मा आएर मलाई भन्नु भो म पनि त्वा परे .
विदेश मा महिला हरु पुरुस भन्दा केहि कुरा मा कमिहुन्नन . we can do it भन्छन नेपाल मा अब गाडी को सिट मा महिला लै सिट चहिएओ . हो महिला हुन् वा पुरुस बुढा बुढी लै सिट हुनु ठिक हो . महिला लै किन कानुन ले नै कम्जोर देखौन खोज्छ खै के खै के .
कानुनले होइन तापैन्हारू जस्ता महिलाहरुको dabal standard ले गर्दा हो नेपालमा महिलाहरु पछाडी परेका/ आफुलाई जे भन्दा फाइदा हुन्छ तेही भन्ने – कहिले म त कोमल नारी यो आइमाइले गर्ने काम होइन लोग्ने मान्छेको काम हो भन्ने, कहिले नारी र पुरुष बराबर तँ भन्दा म के कम भन्ने/ यदि महिलाहरुले कम्जोर नदेखिन खोज्ने हो भने तपाइन्हरुले “हामीलाई दया होइन समान अवसर चाहियो” भन्न सक्नु पर्दछ/
त्यो त हो तर कुनै कुनै काम नारीले गर्न सक्दैनन् जस्तो कि, नारि ले नारि निमोठ्न सक्दैनन् (वा भनौ मिल्दैन)! अनि कुनै कुनै कुरा पुरुषले गर्न सक्दैन नारिनै चाहिन्छ!
तेसैले सबै ठाउमा डबल स्ट्याण्डर्ड भनि हाल्न र सबै नारीलाई कोशी हाल्न पनि मिल्दैन तरपनि भन्ने पर्दा यो नारि जात घुर्की लगाउने सुर्की लगाउने कुरामा धेरै अगाडि नै छ!
शारदाजीको लेख अति सान्दर्भिक छ!
सार्बजनिक यातायातमा सिटको आरक्षण जेष्ठ नागरिक, बिरामी, अपांगता भएका व्यक्ति र बच्चा भएका आमाहरुका लागि मात्र गरिनु पर्दछ.!
महिला भएकै नाताले एउटा युवती (छोरी) लाई आरक्षित सिटमा बसाउने र (बुबा ) बृद्ध पुरुषलाई उठाएर यात्रा गराउने यो कस्तो आरक्षण नीति हो ????????????????
बिदेशका धेरै बस ट्रेनहरुमा पनि सक्षमलाई होइन बृद्ध, बिरामी, अपाङ्ग,र बालबच्चा भएकाहरुको लागिमात्र आरक्षण सिटको व्यवस्था गरियको मैले देखेको छु!
यो बस्ताबमा महिलालाई सुबिधा दिने नाममा उनीहरुलाई होच्याएको जस्तो लाग्छ महिलाहरु पनि उस्तै छन् अधिकार भने बराबरी मागछन् अनि बसमा बस्न सिटको आरक्षण खोज्छन खोइ कसलाई पो के भन्ने दिंदा बढीभो भन्छन नदिंदा चाहियो भन्छन
What is Cooperative Seating?
Cooperative or priority seating areas are available near the front of our buses and the O-Train’s entrances. These seats are intended for customers who may have difficulty standing in a moving vehicle, including:
Persons with disabilities
Senior citizens
Persons with assistive devices, such as wheelchairs, scooters, walkers and canes
Pregnant women
Customers with open strollers
OC Transpo encourages all customers to be courteous and yield the cooperative seating to those who need it. As well, please remember that many customers do not have an obvious disability, but may need these seats because of an invisible disability.
From : http://www.octranspo1.com/riding-with-oc-transpo/cooperative_seating
लेख चित्त बुझ्दो छ यो रातो लगाउने को बारे म़ा पनि बुझ्न पाए हुन्थ्यो
” ….बसमा ‘महिला’ भन्नु भन्दा पनि ‘प्राथमिकता’ भन्नु राम्रो हुन्थ्यो कि!”
म पनि कलेजबाट फर्किंदा टाउको दुखेर सुतिबसेको थिएँ तर एउटा महिला 30 वर्षकोले संग उभिएर सुतेर बस्यो सिट छोडेन भनेर दायेलोग सुनायो. १८ वर्ष अगाडिको कुरा हो. त्यो बेला महिला सिट बेबस्था थिएन तर अरुबेला हेरेर सिट छोड्ने गर्थियें.
शारदाजीको बिचार उत्तम लाग्यो। जापानमा पनि महिला आरक्षण सिट भन्ने छैन । priority सिट छ जुन वृद्ध , वृद्ध , अपांग महिला पुरूष, गर्भधारण गरेका र वच्चा साना भयका महिलाले मात्र प्रयोग गर्छन् नाकि तिघ्रे महिलाहरू। कुनै railway कम्पनीहरूले निश्चित समयकाे लागी महिला प्रयोग डिब्बा छुट्याएका छन् जसमा priority सिट प्रयोग गर्न पाउने व्यक्तिले भने प्रयोग गर्न पाउनेछन् । स्मरण रहोस महिला प्रयोग डिब्बा महिलामा हुने sexual harassment नहोस भन्नको लागी हो ।
मैले कुनै कुनै बसमा त पत्रकारलाई पनि सिट आराछ्य्न गरेको देख्या छु है. तेही बसमा मुस्कान पास नि उभिएरै यात्रा गर्दै थ्यो, सुद्द्ड़ो धन्दै हासेरै मरेन 🙂
सारदाजीको विचार उत्तम लग्यो मलाई त यस्तै बिचारले नै समाजलाई उभो लछ .
नेपाली को चेतना को स्तर जापानी जति छ र ? नेपालीहरु बाट जापानी हरु ले गर्ने व्यवहार को अपेक्छा गर्न सकिन्छ र ? के ठिक के बेठिक खै के भन्ने ? तर कुरा चै राम्रै हो सम्भव भए |
Each and every seat should be priority seat as it need.
मैले पनि देखेको कुरा हो यो , म दक्छिन्काली जादै थिए सिट पुरै भरिएको थियो, अनि महिलाको सिटमा पनि एकजना त्यस्तै ६० वर्ष नाघेका पुरुष बसिरहनु भएको थियो, कालिमाटी बाट एकजना त्यस्तै २३/२४ बर्सकी युवती बसमा प्रवेश गरिन अनि ति पुरुष बसेको महिलाको सिट लाई अंकित गर्दै भनिन “यो त महिलाको सिट हो तपाई उठिदिनुस त म बस्छु ” अनि तुरुन्त ति ६० वर्ष नाघेका पुरुष ले ति २३ बर्सकी युवतीलाई सिट छोडिदिनु भयो , मलाई असहज भयो अनि मैले पनि ति पुरुष लाई म बसेको सिट छोडी दिए . बास्तबमा तपाइले भनेको कुरा एकदमै ठिक हो. यसको मतलब महिला सिट खालि छ भने पनि त्यसमा कोही महिला आएर नबसेसम्म, बस खचाखच भएपनि महिला सिट चाहिँ रित्तै हुनुपर्यो . यस्ता नियम बनाउने हरुले सोचेर नियम बनाई दिए हामी सबै लाई सरल हुने थियो.
कुरा राम्रो हो, हामी सहयात्रीहरुले पनि अलिकति चनाखो हुनु पर्यो, महिला सिटमा पुरुषहरु बसेका र दुधे बालक बोकेर महिला उठेको (जस्ता अबस्था) देखिएमा बस्ने मान्छेलाइ शिष्ट भाषामा भन्न सकिन्छ, अनि त्यो ब्यक्ति कुर्सि छाड्नै नसक्ने निर्लज्ज नेता होइन रहेछ भने सिट छोडीदिन्छ पनि / मैले पनि यस्तो अवस्था देखेको बेला आफ्नु सिट छोडिदिने गरेको छु / बेस्सरी पिएर बसमा हल्ला अनि अपशब्द ओकल्ने हरुलाई थर्काएर चुप पनि लगाएको छु / कोशिश सबैले आ-आफ्नु ठाउबाट गरौ / “सम्बन्धित निकाय” को मुख ताक्ने नगरौ /
हाम्रो भन्दा जापानीको तरिका राम्रो लाग्यो मलाई त |
हाम्रा चाही अ.जा.सु. भएर बिग्रेका हुन् !
शारदा जी को अभिव्यक्ति ठिक लग्यो. येस्ता उदाहरण धेरै छन्. एसले हाम्रो देशको माप दण्ड देखाउ छ. विदेश घुमेर आउने बयान गर्ने तर राम्रो कुरा हरु आफ्नै आँखाले देखेर पनि परिवर्तन गर्न नसक्ने. कति साँघुरो दिमाग होला हाम्रा नेता अनि अधिकार बोकेर बसेका नेपाली ठग हरु.
हरेक कुराको सिमा हुन्छ।
शारदा जि, तपाईंको बिचार लाई हृदय देखी नै सम्मान गर्छु।
भन्ने बेलामा नारी पुरुष बराबर फेरी कि चाहियो आरक्षण?
ताल्चा चाबी सज्जनको लागी मात्रै (चोरले त फुटाइहाल्छ नी) भने जस्तै मान्छे बिबेकशील हुने हो भने आरक्षण सारक्षण केहि चाहिंदैन तर सोमत नै नभए पछि आरक्षणले केहि काम गर्ने होइन | पुलिसले हरेक सार्बजनिक साधनको हरबखत निरीक्षण र निगरानी गर्ने पनी होइन र गर्न पनि सक्दैन | जनस्तरबाटै चेतनाको बिकास गर्दै गराउंदै लैजाने हो भने चैं केहि समयपछि बुझकीहरु निकै उत्पादन हुनेछन |
महिलाहैन प्रायोरिटी सिट भनेर राख्दा उचित हुञ्छ
महिलापुरुस जो असक्त छ उसकै अधिकार होस् यात्रा भरि
शारदा जी तपाईको उच्च विचारलाई सलाम,तर यहाँ तन्दुरुस्त महिलाले दुधे बालक बोकेकि महिलालाई महिला सिट छोड्दैनन् अरु त के कुरा!दैनिक सार्वजनिक यातायातमा यस्ता कुरा देखिन्छन्,कडाईका कुरा कागजमा मात्र सिमित हो।
आरक्षण भन्ने कुरो तपशिल को कुरो हो, आफु भन्दा अशक्त र मान्यजन देखेपछि महिला पुरुष जो सुकै भएपनि आफ्नो सिट छोड्नुपर्छ, मैले त अहिले सम्म गरेकै छु! शारदा जी को उत्तम बिचार!!!
sharada jee is quite right. in many country there are priority seats. normal people can seat on these seats yet they have to.leave if any disable or old person comes to board.
सारदा जी , राम्रो कुरा उठाउनु भयो , यही प्रसंगमा यो कुरा खुलाउँदै छु म अहिले प्रवासमा छु र यहाँको रेलमा पनि आगाडी र पछाडीको केही डिब्बालाई छोडेर बिचको डिब्बातिर लेडिज कोच लेखिएको हुन्छ त्यहाँ हामी गएर बस्ने कुरा भएन, लेडिज कोच खाली हुँदाहुँदै पनि केटीहरु चहि केटा साथीहरुसंग अति नअति लतारिदै बस्न आईपुग्छन हामी त उही उभिएर उनीहरुको चर्तिकला हेर्ने न हो, त्यसैले यो महिला सिटलाई परिमार्जन गर्नु पर्ने देख्छु |
धेरै राम्रो विचार लाग्यो. तर दुखको साथ भन्नु पर्दा हामी नेपाली र बिशेष गरि नया पुस्तामा सम्बेदनशिलता र मानवीयता को कमि भैरहेको छ . राम्रो तर्क /विचार राख्नुभएकोमा साधुबाद .
सबै कुरा नियम कानुनले मात्र लागु गर्न सकिन्न | हरेक व्यक्तिमा संबेदनशीलता तथा मानबियता हुनु पर्चा अनि आफ्नो विवेक प्रयोग गर्नु जरुरी छ जस्तो लाग्छ |
हाँसो लाग्यो ।
शारदाजी चढ्ने बसमा महिला सिट भन्दा अरु सिट नै छैन कि क्या हो ? शारदाजी ले नै ८० वर्षे वृद्ध बुवालाई, अपाङ्गलाई सिट छोड्ने पर्ने ? बसमा अरु यात्रीहरु पनि भलादमी नै हुन्न भन्ने शारदाजीको विचार अलि कस्तो लाग्यो । बसमा अरु पनि सिट छ पुरुषहरुको लागि, तँपाई शारदाजी महिला सिटमै बसी राख्नुस, वृद्ध बुवा र अपाङ्गलाई सिट छोड्न हामी हट्टाकठा पुरुष छदै छम नी कि कसो ।
धन्यावद
नवराज
Well Said Sharada Ji. Balanced opinion and right opinion. सबैलाई चेतना भया
यो लेख राम्रो लग्यो मलाई / सकारात्मक सोचाई ले मानिस को उचाई अझ उन्नत हुन्छ /
सरदा जी को बिचार उत्तम लाग्यो/ बास्तबमा सार्बजनिक बसमा आरक्षण पनि मानवियताको ख्याल गरेर नै गरिएको होला…..सारै भिडभाडमा सामान्य पुरुष भन्दा सामान्य महिलालाई समस्या हुन्छ/ तर नेपालको सन्दर्भमा त्यो सिद्दान्त मै सिमित छ/ मैले प्रत्येकदिन देखेको कुरा हो…..महिला लेखिएको सिटमा तन्नेरी पुरुषहरु मस्त सुतेका र त्यसको छेउमा दुधे बच्चा बोकेकी महिला वा वृद्द आम/ बुबा उभिएका हुन्छन……त्यसैले मानबियता हुने हो भने आरक्षण को जरुरत नै छैन मानबियता नहुनेलाई सैदान्तिक आरक्षणको के मतलब……
महिला को अरक्षन सिट छाड्नु पर्ने नियम “समानता” हो भने सारदाजी ले उठाउनु भएको कुरो “न्याय” को हो !
Less able people भनेर छुत्त्याईएको पनि छन्| शब्दका कुरा हुन्, परिमार्जन गर्न गाह्रो नहोला| तर यसरी आरक्षण राखिएको राम्रो हो|
हो यो सहि कुरा गर्नु भो miss सारदा जी!यसलाई परिमार्जन गर्नु पर्छ,अरु को क कुरा गर्नु यस मा मा आफै नि परेको छु!
कुरो एकदम सहि हो अधिकार हो भन्दै मा आफ्नो कर्तब्य पुरा गर्न पछी हट्न हुदैन ..
आवश्यकता भन्दा बढी अधिकार खोज्न र यस लै राजनीतिकरण गर्न हामी माहिर छौ …..
तर शारदा जी ले जस्तो सोच सबै को भयो भने रथका २ पांग्राभनेर भन्न सकिन्छ नत्र कसरि हुन्छ रथका २ पांग्रा
राम्रो कुरा हो मन पर्यो.. तर लागु हुनु लाई १० वर्ष लाग्छा.