Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेसबुक फ्रेन्डसँग स्वास्नी पोइल गएपछि बिचल्ली

Posted on March 24, 2014March 24, 2014 by mysansar

facebook “मैले साउदी अरबमा काम गरेर सबै पैसा पठाएँ र तिम्रो लागि स्कूटर पनि किनिदिएँ। मलाई किन धोका दियौ ?”

साउदी अरबबाट भर्खरै फर्किएका लोग्ने पोइल गएकी आफ्नी श्रीमतीलाई काभ्रे जिल्ला प्रहरी कार्यालयमा यस्तो प्रश्न सोध्दै थिइन्।

यस्तो घटना धेरै ठाउँमा भएको होला, तर एउटा प्रतिनिधि घटना आइतबारको द हिमालयन टाइम्समा छापिएको छ। पहिलो पेजमा छापिएको सो समाचार अनुसार फेसबुकबाट गाँसिएको परपुरुषसितको सम्बन्धले परिवार टुक्रिन पुगेको देखियो।

घटना नाटकीय देखिन्छ।

काभ्रे घर भए पनि २६ वर्षकी श्रीमती स्वयम्भूस्थित भाडाको कोठामा बस्थिन्। गएको मंगलबार साउदी अरबबाट श्रीमान् फर्केका थिए। त्यही साँझ तरकारी किनेर आउँछु है भनेर पाँच वर्षकी छोरी र श्रीमान्‌लाई छाडेर स्कूटर चढेर गएकी उनी फर्किनन्।

खासमा उनी फेसबुक फ्रेन्डको बनेपास्थित घरमा पुगिसकेकी थिइन्।

साढे चार वर्षदेखि साउदी अरबबाट कमाएर पठाएको पैसा सबै लिएर स्वास्नी बेपत्ता भएपछि लोग्नेले जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दर्ता गरे- लौ न खोजिदिनु पर्‍यो।

गएको बिहीबार प्रहरीले ब्वाइफ्रेन्डसहित स्वास्नीलाई हिरासतमा लियो।

अनुसन्धान गर्दा थाहा भयो, तीन वर्षअघि फेसबुकबाट उनले यी ब्वाइफ्रेन्डलाई चिनेका रहेछन्।

छ वर्षअघि जीवन र सम्झनाको बिहे पनि लभ म्यारिजै रहेछ। साउदी अरबमा काम गर्न जानुअघि जीवनले स्वास्नीका लागि स्वयम्भूमा भाडामा कोठा लिएर छाडेर गएका थिए।

लोग्ने विदेश गएपछि सम्झनाले पनि छोरीलाई स्याहार्दै एक वर्ष बिताइन्। छोरी हुर्कँदै गइन्, सम्झनाले फेसबुक चलाउन थालिन् र युवराजलाई उनले साथी बनाइन्। दुवैले आफूलाई अविवाहित भनेका रहेछन्। फेसबुकको भेट डेटिङसम्म तन्कियो। त्यसपछि अनैतिक सम्बन्ध बढ्न थाल्यो।

युवराजसँग रोमान्सको क्रममा सम्झनाले जीवनले साउदी अरबबाट पठाएको सबै पैसा उडाउन थालिन्। ब्वाइफ्रेन्डसँग सहज हुनका लागि उनले आफ्नी छोरीलाई पनि घरमा पठाइदिइन्।

सम्झना र युवराजले जीवनले साउदी अरबबाट पठाएको १६ लाख रुपियाँमात्रै पच नगरी नातेदारहरुबाट जग्गा किन्ने भन्दै एक लाख ३० हजार नगद र करिब चार तोला सुन समेत ऋण लिएको आरोप छ।

अघिल्लो शुक्रबार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा जीवनले छोरीको अभिभावकत्वसहित स्वास्नीसँग सम्बन्ध विच्छेद चाहेको बताए। जीवनले आफूले पठाएको सबै पैसा, किनिदिएको स्कूटर र नातेदारहरुबाट लिएको ऋण तिर्नुपर्ने माग गरेपछि कुरा मिलेन। सम्झनाले पैसा फिर्ता गर्न दुई महिनाको समय मागिन्।

अहिले सम्झना फेसबुकबाट चिनेर बनेको ब्वाइफ्रेन्डका साथ प्रहरी हिरासतमा छन्।

अघिल्लो हप्ता बाराको सिमराबाट पनि त्यस्तै खालको एउटा समाचार आएको थियो। त्यो घटनामा श्रीमान् भने उपस्थित थिएनन्। श्रीमान् विदेशमा रहेकै अवस्थामा ससुराले बुहारीलाई ब्वाइफ्रेन्डको जिम्मा लगाइदिए प्रहरीको रोहवरमा।

छोरो विदेशिएका बेला परपुरुषसँग बुहारी भेटिएपछि दुवैलाई कोठामै रातभर थुनेर ससुराले भोलिपल्ट प्रहरी कार्यालय पुर्‍याएका थिए। स्थानीय गाउँले र माइती पक्षसमेतको रोहवरमा बुहारीले त्यही युवकसँग जीवन बिताउने बताइन्। प्रहरी कार्यालयमा सहमति पत्रमा हस्ताक्षर गर्दै ती युवकले पनि आफूले प्रेम गरेकाले श्रीमतीको रुपमा स्वीकार गर्ने बताए। महिलाको अहिलेसम्म सन्तान नभएको र युवक पनि अविवाहित भएकोले अरु अप्ठेरो परेन।

वैदेशिक रोजगारीका लागि दिनहुँ सयौँको संख्यामा युवा विदेशिँदै गरेको अवस्थामा यस्ता सामाजिक समस्या दिनहुँ बढ्दो छ। यसलाई नियन्त्रण गर्न मनोवैज्ञानिक, सामाजिक, नैतिक परामर्श दिने काम भने हुन सकेको छैन।

त्यसो त अमेरिका जस्ता देशमा पनि सम्बन्ध विच्छेदमा फेसबुकले बढावा दिइरहेको रिपोर्ट नआएका हैनन्। बेलायतमा पनि ३३% ले सम्बन्ध विच्छेदको कारण फेसबुक भनेका रहेछन्। नेपालमा यसबारे खासै अध्ययन भएको छैन। वैदेशिक रोजगारको पाटो त्यसमाथि फेसबुकजस्तो सजिलो सम्बन्ध विस्तारको माध्यमले परिवारमा परिरहेको असरको झलक भने माथिको घटनाबाट पाउन सकिन्छ।

[तपाईँले पनि फेसबुकका कारण यस्तै केही घटना भएको देख्नु, सुन्नुभएको छ कि ? तल कमेन्टमा आफ्नो कुरा बाँड्न सक्नुहुन्छ]

19 thoughts on “फेसबुक फ्रेन्डसँग स्वास्नी पोइल गएपछि बिचल्ली”

  1. Yukta says:
    March 27, 2014 at 4:49 am

    यो आईमाई ले जसरि आफ्नो लोग्ने लाई धोका दिएर अर्कै संग गई यो दुइ दिन को रमझम हो ! भबिश्य मा कुकुर ले नपाउने दुख पाउछे !

    Reply
  2. devendra says:
    March 26, 2014 at 5:04 pm

    बिहे गरेर विदेश जानु भनेको अर्कैलाई श्रीमती दिनु हो त? पक्कै होइन होला, श्रीमान श्रीमती दुवै इमान्दार हुनु पर्यो, एक अर्कालाई विश्वास दिलाउनु पर्यो, होइन भने अन्तमा पिडा बाहेक केहि पाइन्दैन …..

    Reply
  3. amrite says:
    March 25, 2014 at 4:36 pm

    मैले आज सम्म देखेका केटी मद्दे सबै भन्दा खतरनाक एकजना केटि , उसको पहाड घर बिर्सिए , रत्नराज्य मा स्कुल र प्लस टु पढेकी केटि, अनुहार गोरो , पातली साचिकै राम्री थिइ ! मेरो ex girlfriend को मिल्ने साथी थिइ ! उसको जिन्दगि को कथा सिर्फ उसलाई, उसको साथी यानकी मेरो एक्स लाइ अनि मेरो एक्स को थ्रु मलाई बाहेक कसैलाई था थिएन ! छैन पनि ! उसले करिब पाच बर्स आगाडी उसले झापाको एकजना केटा संग परिबारको बिरोद्को बाबजुत प्रेम बिबाह गरि ! मैले सुने अनुसार केटो मोटे र अलिकति कालो हुनु पर्छ, मैले देखेको छैन ! बिबाह गरेर काठमाडौँ मा कोठा खोजेर राख्यो , अलि महिना पछि फेरी जडिबुटी मा केटा को कोहि आफन्त संग सायद दिदि भिनाजु सग मिलाएर राख्यो ! केहि समय पछि केटो काम को सिलसिलामा इजरायल गयो ! केटो विदेश गएपछि केटि का दिन सुरु भए ! हातमा सुनका औठी थपिए, कुर्था सुर्बार ले बिस्राम पायो , चाउमिन मोम को ठाउमा पिज्जा , बर्गर आउँन थाले, केटि टेम्पो चढेर जडिबुटी देखि कलेज बानेश्वोर को रत्नराज्य सम्म आउथी , अब स्कुटर चडन थालि ! प्लु टु सकी, पढेर मात्र, पास भएर हैन !!! समय बित्तै गयो , शायेद फेसबुक बाट नै हुनुपर्छ , एकजना उमेर ले उ भन्दा कान्छो, तर paisaale उ भन्दा जेठो एकजना काठमान्डूको न्युरोड मा घर भाको केटो सग भेट भयो ! केटो धनि भएपनि , परिश्रमी थियो ! ncell मा काम गर्थ्यो, कलेज जान्थ्यो ! बिस्तारै यो दुइ को सम्बन्द एकदमै सुमधुर भो, केटो को अफिस सकिएपछि सधै भेट्ने गर्थॆ ! केटि ले आफ्नो बिबाह भाको कुरा लुकाएकी थि ! इजरायल बाट बुढोले पैसा पठाउथ्यो , यता बोए फ्रेन को पनि जागिर !! उसलाई कुनै कमी भएँन ! समय बित्तै जादा उसको श्रीमान लाइ संका लाग्न थाल्यो !! उसले इजरायल बाट नै उसलाई डिभोर्स दिने बतायो ! केटि माइत मा बस्न थालि, बुढो ले पैसा पठाको पैसा, सुन, स्कुटर छदै थियो ! अब उसले आपनो सबै कुरा केटा साथि लाइ बताउने निर्णय गरी ! केटोको दसै को बिदाको बेला पारेर पोखरा गए दुबैजना ! दुइ दिन बसे, केटि ले सबै कुरा बताई ! केटिले आफुलाई बुदाले धोका दिएको गलत कुरा बताई, उसलाई डिभोर्स दिएर आफ्नो सम्पति क्लेम गर्ने कुरा बताई ! नाना भातिका गलत कुरा सुनाएर आफुलाई निर्दोस साबित गरी केटो को सामु ! उमेर ले सानो, इमान्दार केटो साचिकै नै केटि प्रति क्रेजी थ्यो ! उसले बिबाह गर्ने , र दुवै जना बिदेस जाने प्लान गरे !! अहिले लगभग दुइ बर्स भयो ! खै के भयो , ऐले त्यो केटि कहाँ छ , उसको पहिलेको बुडा कता छ , मलाई केहि था छैन , मेरो gf सग मेरो ब्रेक अप भए पछी ! तर त्यो केटि येति खतरनाक छ कि तेस्ले फेरि पनि त्यो केटा लाइ धोका दिएर अर्को सग जान्छे ! जसलाई पनि इम्प्रेस पार्न सक्ने खुबी छ !

    Reply
  4. Hari Prasad Lamichhane-Saudi Arab says:
    March 25, 2014 at 3:24 pm

    मेरी चाहि असल अरु मात्र तेस्ता हुन् भन्ने बस्ने के गर्ने ?? आफु पनि साउदी कै लाहुरे परियो गाँठे……………….:)

    Reply
  5. दिलिप, भक्तपुर says:
    March 25, 2014 at 12:18 pm

    आज भोलि फेसबुक भन्दा भाईबरले सम्बन्ध बढाउन सजिलो भाछ क्यारे, नेट कनेक्ट भएसि जहाँ बसेरनि कुरा गर्न मिल्ले । सदुपयोग गर्न जाने फाईदै फाईदा नत्र घाटै घाटा ।

    Reply
  6. कुसुम ज्ञवाली says:
    March 25, 2014 at 10:38 am

    फेशवुकलाइ दोश दिनु र बुढेशकालमा अनुहारमा मुजा देखिन थाले पछि एेनालाइ दोश दिनु उस्तै उस्तै हो ।

    Reply
  7. suman p says:
    March 25, 2014 at 9:32 am

    कसै लाई दोष दिनु बेकार हो बेकार , यो त बेक्तिगत आचरण हो …..

    Reply
  8. लौटन अवधि says:
    March 25, 2014 at 8:13 am

    हाम्रो सामाजिक नियम बिपरित यो सहज डिभोर्स र सहज बैबाहिक स्थिति को प्रचलन को सुरुवात भएर हामि लाइ अति -सयोक्ति लागेको छ ! येस्ता घटना हुदै जान्छन – अनि सामान्य लाग्न थाल्छन ! व्यक्ति ले आफ्नो स्वतन्त्रता उपभोग गर्न पाउनु पर्छ – त्येश भित्र को जिम्मेवारी र कर्तब्य बहन गर्नु नगर्नु उस को इमान्दारिता मा निर्भर गर्दछ !

    ” रहेमन तागा डोर कि – जो कभी ना टुटे – अगर टुटे तो नाजुड़े – अगर जुड़े तोह गांठ पड जाए”

    बिबाह यस्तो डोरी हो जुन कहिल्लै टुट्दैन – टुट्यो जोडिदैन – जोडियो भने गाठो पर्छ ! त्यो हुना ले आफ्नो जिम्मेवारी र कर्तब्य नभुलोउ !!

    Reply
  9. Deepak Bista says:
    March 25, 2014 at 6:23 am

    Facebook is a tool and it is upto one to use as it fits or one is capable to use it.

    Reply
  10. Sandesh says:
    March 25, 2014 at 1:45 am

    मानव जीवन छोटो हुदैछ, समयमै जिबनको मज्जा किन सक्नु जरुरि छ. जिबनमा यौनको अत्याधिक इच्छा हुनेहुनाले नव बिबाहित जोडी हुन् अथवा पुराना जोडी दुवैलाइ आफ्नो संगी साथमा नभए पछि यौन प्यास मेट्न अनेक नाटक रच्नु पर्ने हुन्छ. ती नाटकका परिणाम यस्ता घातक सम्म हुन सक्छन. अब यसलाई समाजको कुकृति नमानिकन सजिलै स्वीकार्न सक्नु पर्छ. आफुलाई मर्कै पर्ने गरेर एक्लो जिबन बिताउन गार्हो छ. समाजले एक्लो बसेको मान्छेको मर्का बुझ्दैन. संगी विदेश गएपछि फर्केर आउदैन, पैसाले मात्र सन्तुस्टी हुने कुरै हैन, त्यसैले शारीरिक सन्तुस्टीको लागि केहि गर्नु पर्ने हुन्छ. शारीरिक सम्बन्धसंगै मन मिल्दै गएपछि नया संगी नै प्यारो हुन पुग्छ. यो त प्रकृति को नियम हो. त्यसैले आर्थिक बिचल्ली नगराईकन अनुशासनका साथ् जान्छन भने श्रीमती हुन् वा श्रीमान, जान पाउनु पर्छ जस्तो मलाइ लाग्छ. आफुले HANDLE गर्न सकिन्न भने अर्काको जिबन बिचल्ली पारि दिनु हुन्न. नदीको पारीपट्टि उनलाई उनको उज्वल भविस्यले पर्खि रहेको हुन्छ. त्यो नदी वारीपट्टिको बिबश व्यक्तिले देख्न सक्नु पर्छ.

    Reply
  11. P r baral London says:
    March 25, 2014 at 12:45 am

    धन्न गाडी किन्देनछ नत्र त २ बर्ष पहिलानै पोइला जाने रैछ I

    Reply
  12. rajkc says:
    March 24, 2014 at 9:11 pm

    हो फेसबुकले धेरैलाई डुबाएको छ तर अचम्मको कुरा त के भने एक जाना बिबाहित महिलले मेरो फेसबुकमा एड रिक्वस्ट पठाईन नचिनेकाले मैले शुरुमा एड गरीन तर एक हप्ता पछी एक्सेप्ट गरे ४ ५ दिनु कहिले काही हाई हेलो हुन्थ्यो छैठौ दिनमा उनले मलाई माईन्ड नगर्ने र गोप्य राख्ने भए एउटा कुरा गर्छु ,,,,,,, आफुलाई पैसाको आवश्यक परेको र २ ३ महिनाको लागी ३ लाख चाहियो भन्दा त म छक्क परे न चिनजान छ न वास्तबिक घर नै थाहा छ यो कुरा सुन्दा मलाई पनि बुढोको कमाई ईस्कुटर र ब्वाई फ्रेण्डमा गए जस्तो लाग्यो होईन नेपाली आईमाई हरु कति सम्म गिर्ने सकेका

    Reply
  13. jharana says:
    March 24, 2014 at 8:14 pm

    खोइ यो त फेसबुकलाइ कसरि दोस दिने र? अब त्येही मान्छेहरु गाडी चढेको बेला भेट भएर सम्बन्ध मौलायो भने गाडी को दोष हो र? या पानि भर्ना जादा सम्बन्ध मौलाए कुवाको दोष हो र? यो त बरु बिदेसिने क्रम र त्येश्ले ल्याएको नकारात्मक असर पो हो त| एसमा फेसबुकको डम्फु पिट्नु जरुरि लागेन| त्यो त मात्र माध्यम हो|

    Reply
  14. kusan sharma says:
    March 24, 2014 at 6:18 pm

    facebook पिडित संघ खोल्नु पर्यो,त्यसको नेता C.P.Gajurel लाई

    बनाएर Mark Zuckerberg संग क्षतीपूर्ति दाबी गर्न मेरो सल्लाह छ l

    Reply
  15. anuj says:
    March 24, 2014 at 4:35 pm

    स्कूटर किनिदिए पछि झन् स्विकुछा ठोक्न सजिलो भएछ…

    Reply
    1. Bishnu Nepali says:
      March 24, 2014 at 7:22 pm

      स्कूटर किनी दिन नहुने रहेछ , सबैलाई चेतना भया !!

      Reply
  16. Dambar Shrestha says:
    March 24, 2014 at 3:48 pm

    बढ्दो सामाजिक संजालहरुले ल्याएको बीकृति ,नेपालीहरुको बिदेसिने लहर अनि बेरोजगार नेपाली समाज को धनि धनाडये राजनीतिक नेताले ल्याएको अराजकता माथि को प्रतिबिम्ब हो यो l

    Reply
  17. Resham says:
    March 24, 2014 at 3:08 pm

    फेसबुक भनेको जान्नेलाई श्रीखंड नजान्ने लाई उत्तिसको काठ हो.

    Reply
  18. Mahesh says:
    March 24, 2014 at 12:55 pm

    खै पत्रिकामा केटीहरु फेसबुके साथीसँग जाँदा बेचबिखनमा लान लागेको आरोपमा भारतिय सीमामा उद्धार गरेको सम्म पढेको हो ।
    अरु साथीहरुले लेख्नु होला ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme