आज म आफूलाई एकदमै निरीह महसुस गर्दैछु। जब सेवा प्रदान गर्ने र सुरक्षा दिने दुबै सरकारी निकायबाट लात हानिन्छ, हामी जनताले कोसँग आफ्नो गुनासो पोख्ने?
मेरो टोल पोखराको चौथे १४, बेलचौतारा मार्गका १०-१२ घरमा बत्ती नआएको चार दिन भयो आज। चार विद्यार्थी एसएलसी दिँदैछन् र बत्ती नआएर उनीहरुको तयारीमा असर परिरहेको छ। अरु दैनिक समस्याहरुको त कुरै छोडौँ। ४-४ दिन एक सेकेन्ड पनि बत्ती नअाउँदा कस्तो भो होला?
विद्युत प्राधिकरण, कास्कीमा फोन गर्दा भन्छन् हामीले बनाउन भनेर ल्याएको गाडीमा विद्यार्थीहरुले आगो लगाइदिए। त्यसैले माथिबाट जनतालाई जस्तोसुकै दु:ख परे पनि सेवा नदिने आदेश आएको छ। यदि तपाईंहरु सुरक्षा ब्यवस्था गर्न सक्नुहुन्छ भने हामी अाइदिन्छौँ।
सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालयमा गई हात जोड्दा भन्छन्, त्यो हाम्रो क्षेत्र हैन। बैदाम कार्यालयमा विद्युतको हाकिमलाई फोन गर्न लगाउनुहोस्। हाम्रो दुई जना अफिसर विद्युत कार्यालयको गाडीमा चढेर सुरक्षा दिन्छन्।
फेरि विद्युत कार्यालयमा गएर कुरा गर्यो, बैदाममा मान्छे पुग्या छैन रे अहिले जान मिल्दैन।
यसरी दुई सरकारी निकाय बीच हुलाकी बन्ने काम हामी जनताको हो कि दुई सरकारी निकाय आफूले कम्युनिकेसन गरेर जनतालाई सेवा र सुरक्षा प्रदान गर्ने हो?
विद्युत प्राधिकरण गई हाकिमसँग समस्या राख्ने क्रममा दुई जना अफिसर आएर डिअाइजी सापको घर अगाडि पोल ढल्यो रे, हामी सुरक्षा दिन्छौ, तपाईंहरु गइदिन पर्यो भनी आदेश दिएको जस्तो गरी कुरा राखे। हाम्रा हाकिम साप पनि तुरुन्त राजी हुनु भयो र त्यो पोल केही समय मै ठीक भएछ।
जब यसरी एउटा ठूलो मान्छेलाई सानो समस्या पर्छ, तब सुरक्षा दिन मान्छे पुग्ने अनि १०-१२ घरको मानिसलाई ४ दिनसम्म बत्ती नआउँदा चाँही सेवा र सुरक्षा दिन मान्छे नपुग्ने? आखिर पुलिस जनताको सुरक्षाको लागि बसेका हुन् कि ठूला मान्छेको?
ल अब यिनीहरुसँग सकिएन भनेर म आफैले १७०० रुपैयाँ भाडा तिरेर एउटा ढुवानी सेवाको गाडी लिएर विद्युत कार्यालय पुगेपछि उनीहरुका तीन कर्मचारीसहित चाहिने समान हालेर पठाए।
हामी टोलबासी कै सहयोगमा जलेको तार पनि फेरियो। बत्ती आयो।
धेरै दिनपछि बत्ती आएकोले खुशी लाग्यो।
तर खुशी आधी घण्टा भन्दा धेरै टिक्न सकेन।
फेरि बत्ती गयो।
१०-१२ घरमा मात्र नभै पूरै टोलै भरी गयो। लोडसेडिङ तालिका अनुसार बत्ती जाने समय पनि थिएन।
फेरि विद्युत कार्यालयमा फोन गर्यौँ। फेरि उही पहिलेको जस्तै जवाफ।
अब हामीले गुनासो गर्ने त कोसँग गर्ने? सर्वसाधारणले आफ्नो समस्या कस्लाई सुनाउने?
[यो ब्लग माइसंसारका पाठकले पोखराबाट पठाएका हुन्। तपाईँसँग पनि यस्तै गुनासा, अनुभूति छन् भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]
यो क्षेत्र पोखरा उ. प. मा. न. पा. को अति नै पिचादिएको क्षेत्र हो, पोखरा भन्न पनि लाज लाग्ने छ.
यो क्षेत्र मा फराकिला बाट हरु मा छन् तर पनि कालो पत्रे भएको छैन, धेरै ठाउँ मा १० सौ चोटी भातिक्सक्ये तर येह एकचोटी पनि कालो न पोतिएका बाटो हरु छन्.
अझ एरपोर्ट ले बीच बुभाग बाट काटेको छ यो वडालाई,
३५ वर्ष देखि अन्योल छ एरपोर्ट ले के गर्ला भन्ने..
कुसासन चलाउने कर्मचारीहरु भए सम्म यो देशमा बतीको नै आउदैन / मन्त्रि ले तीन वर्ष पछि बिजुली सूचार रुपमा आऊ छ भनेर जुन भासन दियो केवल देखावटी को भासन मात्र हो / एस्तो भासन नेपाल मा पंचायेती काल देखिन हो / समस्या बुझने कर्मचैरी नै छैन /
‘सत्य सेवा सुरछया ‘ र ‘मन, वचन र कर्म’ ले सेवा गरौ भन्ने तिनीहरुको नारा ले हावा खाए जस्तो छ, नि /अव, एउटा गुनासो सुन्ने र कार्यन्नोयें गर्ने मन्त्रालय खोल्नु पर्ला जस्तो छ/
सबै घरबाट महिला र बच्चा सहित घेराउ गर्ने । बिग्रेको बनाउन लगाउँने । घेराउ ताका कार्यालयका कर्मचारीको हर्कतको भिडियो खिचेर ब्लगमा अपलोड गरिदिने । पहिले तिरेको बिल समेत प्राधिकरणको हाकिमको खल्तिबाट असुली नगरी समस्या समाधान हुँदैन । कति दिन सहने जनताले !!
यस्तै समस्या म बसेको ठाउँ खुसिबू नयबज़र काठमाडौँ मा नी छ २४ घण्टा मा २ घण्टा नी औउदैन. सधै बिग्रिने बनाउन आउदै नाउने..फताह करमचारी र घुसिया कमर्चारी
यो त अति नै भयो …