आज (फागुन २८) १५ सदस्यीय कार्यसमितिको लागि नेपाल इन्जिनियरिङ एसोसिएसन (एनइए) को निर्वाचन हुँदैछ। आफ्ना पक्षका उम्मेदवारलाई जिताउन दौडधुप सुरु भएको केही दिन भइसक्यो। यो दौड राजनीतिक दलको भन्दा कुनै पनि हिसाबले कम छैन। इन्जिनियर जस्तो पेशाकर्मीहरु पनि चुनाव जित्न जस्तोसुकै हतकण्डा अपनाउन तयार रहेको यसअघिका निर्वाचनले देखाइसकेको छ। विगतमा नयाँ सदस्यता बनाउने तथा नवीकरण गर्ने र डिनर तथा लञ्चसहितका प्रचारप्रसारका नाममा लाखौं रुपैया खर्च भएको थियो। यसरी अपारदर्शी खर्च हुने लाखौं रुपैंया कहाँबाट आउछ र के उद्देशश्यको लागि खर्च भइरहेको छ ? कसैले चासो लिँदैनन्।
एसोसिएसन निर्वाचनमा मत खसाल्न योग्य इन्जिनियरहरुको संख्या २५ हजारभन्दा बढी छ। तर आधाभन्दा बढी इन्जिनियरहरु विदेशमा भएका र स्वदेश मै कार्यरत इन्जिनियरहरुमा एसोसिएसनप्रति वितृष्णा भएकोले यो पटक छ हजारभन्दा बढी मत नखस्ने देखिन्छ।
यो चुनाव काठमाडौं तथा केही क्षेत्रीय सदरमुकाममा कार्यरत इन्जिनियरहरुको लागि मात्र भएको छ। विश्वसनीय अनलाइन भोटिङमार्फत् संसारको जुनसुकै कुनाबाट पनि मतदान गर्ने सक्ने पद्घतिको विकास गरेर उदाहरणीय बन्नु पर्नेमा संकीर्ण सोचबाट ग्रसित भई परम्परागत भोटिङ प्रणाली नै अपनाउदै आइएको छ।
विदेशमा रहेका इन्जिनियरहरुलाई मताधिकारबाट वन्चित गर्ने जुन निर्णय भएको छ, त्यो अत्यन्त गैरजिम्मेवारी र एसोसियसनको उद्देश्य विपरीत छ। यस निर्णयले विदेशमा रहेका इन्जिनियरहरुको भावनामा ठेस पुर्याउनुका साथै एसोसियसनको अन्तरराष्ट्रिय सम्बन्ध विस्तार र सुमधुर बनाउन तथा विदेशमा बसेर सिकेको ज्ञानलाई देशको हितमा प्रयोग गर्न विदेशस्थित केन्द्रले खेलिरहेको अहम भूमिकालाई अवमूल्यन भएको छ।
कि त एसोसिएसनको सदस्य हुनलाई नेपालमै कार्यरत हुनु पर्छ भन्ने विधान बनाउनु पर्यो, नत्र सदस्य बनाइसकेर मताधिकारबाट वन्चित गर्नु कुनै पनि हिसाबले उपयुक्त छैन।
विश्वका धेरै मुलुकहरुका यस्ता पेशागत संस्थाहरु अध्ययन अनुसन्धानको माध्यम बन्ने, प्राविधिक नीतिहरु तर्जुमा गर्न सरकारलाई सुझाव दिने, विभिन्न आचारसंहिताहरु निर्माण गरी लागू गराउन सक्रिय पहल गर्ने गर्दछन्। अमेरिकाको सिभिल इन्जिनियरहरुको संस्था अमेरिकन सोसाइटी अफ सिभिल इन्जिनियरिङ र जापानिज सोसाइटी अफ सिभिल इन्जिनियरिङ आदिले गर्ने काम त्यही नै हो।
देशको विकासमा यस्ता संस्थाहरुको धेरै ठूलो भूमिका हुन्छ र हुनु पनि पर्छ । नेपालको परिप्रेक्ष्यमा के यस्तो सोचले प्राथमिकता पाएको छ त ? कुनै पनि राजनीतिक घटनाको तुरुन्त प्रतिकृया जनाउन सक्ने एसोसिएसनले देश संघीयतामा जाँदै गर्दा प्राविधिक र द्रुत विकासको सम्भावनाको हिसाबले कुन चरित्रको तथा कस्तो भौगोलिक विभाजनको संघीयता उपयुक्त हुन्छ भनेर भनेर आफ्नो विचार प्रस्तुत गर्नुपर्ने थियो कि थिएन ?
देशमा इन्जिनियरिङसँग सम्वन्धित बिषयले प्राथमिकता पाउँदा चाहे त्यो पूर्वमा भुकम्प जाँदा होस् वा कास्कीमा जमिन भास्सिदा वा ट्रान्सफर्मरको गुणस्तरको सवाल उठ्दा होस्, त्यसको प्राविधिक अध्ययन गरी विवरण राख्ने, त्यसका कारण र निवाकरणको उपायहरु राज्य र जनतालाई जानकारी गराउने काम गर्नु पर्दछ।
यसका लागि विभिन्न बिषयको विज्ञसहितको विषयगत उपसमिति बनाउन जरुरी हुन्छ। विषयगत उपसमितिले आफ्नो विषयसँग सम्बन्धित सरकारी निकाय र त्यस विषयमा अध्ययन अनुसन्धान गर्ने संस्थान तथा क्याम्पसहरुसँग समन्वय गरी नियमित राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यशाला तथा गोष्ठीहरु गर्ने र त्यसै बिषय सम्बन्धित जर्नलहरु वार्षिक प्रकाशित गर्नु पर्दछ।
त्यस्तै बिषयगत आचार संहिता निर्माण गर्ने काम गर्नु पर्दछ। बिडम्बना नै मान्नु पर्छ अहिलेको ने. इ. ए. लाई नेपालका अध्ययन संस्थान र अन्य सस्थामा के के अध्ययन अनुसन्धानहरु भएका छन त्यसको सामान्य जानकारी पनि छैन।
दुई बर्षमा प्रायः सिभिल इन्जिनियरिङको बर्चश्व हुने एउटा खिचडी कार्यक्रम गरेर झारा टार्नु अति दुर्भाग्यपूर्ण नै हो । नेपाल ईन्जिनियरिङ एसोसीएसन (नेइए) को एउटा आफ्नो ब्यबस्थित लाइब्रेरी जसमा ईन्जिनियरिङ्ग बिधा सँग सम्बन्धित अनुसन्धनात्मक पुस्तक तथा जर्नल पढ्ने तथा हेर्ने साथै विश्वका चर्चित जर्नलहरुमा लाइब्रेरीबाटै बसेर पहुंच पुराउन सक्ने ब्यबस्था हुनु पर्दछ कि पर्दैन ? बरु यस प्रायोजनका लागि ने. इ. ए. ले छुट्टै न्युनतम शुल्क लिदा हुन्छ ।
आफ्नो वेबसाइट पनि चुस्त दुरुस्त र उपयोगीमुलक बनाउन नसक्ने ने. इ. ए. ले देश निर्माणको ठुलठुला नारा लगाउनु हास्यस्पद हुन्छ । हामी जस्ता पेशाकर्र्मी ले आफ्नो दायित्व र कार्यक्षेत्रको ख्याल नगरेर ठुला ठुला नारा दिनु अशोभनिय हुन्छ ।
माथि उल्लेखित कार्यहरु गर्न ने. इ. ए. को कार्यसमितीमा रहने ब्यक्तीहरु पनि त्यही अनुसारको अनुभव शैक्षिक योग्यता, बिशेषज्ञता उच्च र उच्च मनोबल भएका भएको हुनु पर्दछ । हाम्रो बिडम्बनानै भन्नु पर्छ, त्यस्ता अनुभव, शैक्षिक योग्यता र बिशेषज्ञता भएका ईन्जिनियरहरु चुनावमा खडा हुने गुट उपगुटको नजरमै पर्दैनन । के ईन्जिनियरिङ्ग एसोसीयसनका पदाधिकारीहरु तथा उम्मेदवारहरुले कुनै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जर्नलमा लेख प्रकाशन गरेका छन त ? के उनीहरुले कुनै अन्तरराष्ट्रिय स्तरको सेमिनारमा आफ्नो बिज्ञतालाई प्रस्तुत गर्ने हैसियत राख्न सक्छन वा आफ्नो कार्य तथा बिषयमा उच्च दक्षता हासिल गरेका छन त ?
हालसम्मका ने. इ. ए. कार्यसमितीमा भएकाहरुलाई हेर्ने हो भने केही अपबाद बाहेक त्यस्तो ब्यक्तीहरु भेटाउन सकिदैन, यो नै पेशगात बिशेष गरी हाम्रो जस्तो प्राबिधिक समुहको दुर्भाग्य हो । कसलाई आफ्नो प्यानलमा राख्यो भने बढी पैसा खर्च गर्न सक्छ तथा आफ्नो उमेर समुह, लिङ, क्षेत्र, बिभाग र जातको भोट बढी ल्याउन सक्छ भन्ने आधारलाई प्राथमिकतामा राखेर उम्मेदवार छनोट गरिन्छ जुन बौद्धिक दरिद्रताको परकास्टा हो । अनि जुनसुकै प्यानलबाट भए पनि यस्ता आधारबाट छनोट भएर चुनाव जितेको ब्यक्तीहरुबाट ईन्जिनियरिङ पेशाको सम्बृधिको आशागर्नु बिष रोपेर फलको आशा गर्नु जस्तै हो।
इन्जिनियरहरुको हकहितको लागि लड्ने र यस पेशालाई अझ बिकसीत र मर्यादित बनाउने भनेको ने. इ. ए. ले नै हो । आसन्न निर्वाचनले ईन्जिनियरहरुको आवाजलाई सम्बोधन गर्न सक्नु पर्दछ नत्र ने. इ. ए. को बिरोधमा उठीरहेका आवाजहरु आज चर्कनेछन। ईन्जिनियरिङ क्षेत्रमा देखिएका बिकृती बिसंगती तथा अश्वस्थ र गैरकानुनी कार्यको अन्त्य सदाका लागि हुनुपर्छ । एसोसीयसन प्रतिको ईन्जिनियरहरुको गुनासोलाई मन्थन गर्न दुरदर्शी तथा ब्यबसायिक, शैक्षिक र बौद्धिक क्षेत्रमा सफल तथा उदयमान नेत्रित्वको आबश्यक छ । एसोसियसन प्रती ईन्जिनियरहरुको विश्वाश पुर्नस्थापित गर्ने हो भने यो सही समय हो नेपाल ईन्जिनियरिङ्ग एसोसियसनको लागि । अब एसोसियसन प्रतिको यि बितृष्णाहरु हटाएर एसोसियसनलाई सबै ईन्जिनियरहरुको साझा थलो बनाउने जिम्मा आगामी निर्वाचन पछी भन्ने नयाँ कार्यसमितीको कांधमा छ।
लेखक क्यानाडामा इन्जिनियरिङमा विद्यावारिधी गर्दैछन्।
नेपाल मा चुनाब हुने भो , क्यानाडा मा केसब जीलाई काउकुति लागे जस्तो छ |अलि अलि नेता गिरीको हावा लागेको पारिजात को ”मैले न जन्माएको छोरा भने झैँ ” म बन्न न सकेको नेता भने झैँ आभास मिल्छ |
नेपाल मा कुन चै संगठन र एसोसिएसन ले चित्त बुझ्दो काम गरेको छ ?
डाक्टर को ? प्रधापक को ? शिक्श्यक को ? फिल्म को ?
जहा जताततै भद्रगोल छ , राजनीति कै बेहाल छ , संबिधान छैन त्यहा इन्जिनियर्स एसोसिएसन एस्तो हुन् पर्यो , उस्तो हुनपर्यो ले के महत्त्व राक्छ ?
”कौन पुछे खेसरिका दाल ?’
यो लेखक को राजनीतिक महत्त्वाकंश्या बोलेको हो |
मैले त् चिने जत्ति इन्जिनियर सरकारी सेवा समेत क्यानाडा , अमेरिका ,जापान छिरेका छन् पी आर भएर , नागरिक भएर बसेको देखेको छु त् |उहा स्वयम् पनि सायद अहिले पी आर त् भैसक्नु भा होला ?
समय सामयिक लेख को लागि धन्यवाद, कुरा आयो NEA ले के गर्दै छ भन्ने, एउटा इन्जिनियर को हैसियत ले भन्नु पर्दा आज सम्म न केहि गरेको छ न केहि गर्छ भनेर आश गर्ने ठाउँ नै छ/ यो त यसो २/४ जना बेरोजगार तथा २/४ जना अवकाश प्राप्त अनि २/४ जना केहि पाई पो हाल्छ कि भनेर पछि लाग्ने मान्छे हरु को समूह हो भन्दा फरक पर्दैन नभए हाराहारी ३०००० इन्जिनियर भएको देशमा अरुले म पैसा तिरेर परिचय पत्र बनाई दिन्छु भन्दा नि किन ७००० जना ले बनाउदैंन अनि त्यो मध्धे बाट नि ४००० जना ले चुनाब मा भोट हाल्दैन/ अनि तेही बाट मान्छे निस्कन्छ मैले NEA मा चुनाब जितेको भनेर/ चुनाब जितेको भन्न नि लाज लग्नु पर्ने हो/ कि गर्ब साथ् भन्न सक्नु पर्यो म चै १२% इन्जिनियर को प्रतिनिधि हु भनेर /
एसोसिएसनले NEA को भ्रस्टचारीहरु प्रति समर्थन जनाएकोमा सार्वजनिक रुपमा खेद प्रकट गर्नुपर्छ नत्रभने NEA को उभिने गोडा नै छैन|
दोस्रो कुरो, बाहिर बसेकोलाई के खाएर सदस्य दिने यार? त्यही माथि कति जना सरकारी खर्च वा सरकार द्वारा सिफारिश, अनुमोदित वा अध्ययन संस्था मार्फत दात्रि संस्थाको खर्चमा अध्ययन सेमिनार मा गएका र गुम भएकाहरु हुन्| त्यस्ता भगौडा मध्ये धेरैले सरकारी जागिर अझै राखेकै छन्| लेखकलाई हामीलाई पनि सदस्यता देओ भनेर माग्न पनि शरम हुनपर्ने तर शरम भन्ने चिज नै केहि बचेखुसेको भए|
हर एक सबै त्यस्ता छैन, जो छन् उसैलाई चोट पर्ने हो यो कमेन्टले|
अत्यन्तै चित्त बुझ्दो लेख लेख्नु भयो केशव शर्मा दाजु. यो नेपाल इन्जिनिएर्स यशोसियसनको चुनाब खाली पद बहाली को लागि मात्र केन्द्रित लाग्छ मलाई. वि सं २०६२ साल देखि इस्थापना भएको बेच्लोर्स इन इन्दस्त्रीअल इन्जिनिएर्स (BIE ) को ५-६ ब्याज निस्किदा पनि अझ सम्म लोक सेवामा यसको उचित मान्यता नपाउनु एउटा उचित उदाहरण हो. यो यशोसियसनको चुनाब विकासको लागि नभएर खाली स्वार्थ पूर्ति को लागि मात्र हो जस्तो लाग्न थालिसक्यो अब त. हेरौ यो नया नेतृत्व ले विकास मा कस्तो भूमिका खेल्छ.
एकदमै सान्दर्भिक लेख लाग्यो । तर NEA ले गर्नसक्ने रोजगारि सिर्जना तथा गुणस्तरियता कायमको विषयको उठान छुटेको जस्तो लाग्यो ।
बहुतै सान्दर्भिक लेख प्रस्तुत गर्नु भएकोमा केशब सर लाई धेरै धेरै धन्यवाद । आशा गरौ संबंधित पदाधिकारीहरुले यस्ता त्रुटिपूर्ण ब्यबस्थापनमा सुधार ल्याउने छन् । तर हामीले कराउन कहिले छोडनु हुन्न । यो संस्था हामी सबैको हो ।
समय सान्धर्भिक लेख को लेखक श्री केशब शर्मा तथा एसको बहस मा सहभागी सवै धन्यवाद का पात्र छन्/ यो पेशा लाइ जतिसके सेवामुलक र मर्यादित, जति छिटो बनाउन सक्यो उति देश र अन्य सवै लाइ फाइदै फाइदा हुन्छ/ तसर्थ, एस्तो अभियान मा लाग्न चाहने जो कोहि लाइ मिलेर काम गर्न म हार्दिक अनुरोध गर्दछु/ कृपया, मलाई सम्पर्क गर्नु होला: / ‘अँध्यारो लाइ गालि गर्नुको सट्टा, मिलेर बत्ति वालौं’ भन्ने मेरो अभिप्राय हो, बस /
हसाउछन यार यिनीहरुले पनि. यहाँ किन राजनीतिक पार्टीको संगठन भएर उठ्नु परेको? येसरी चुनाब उठ्दा त को कति सछ्यम वा पपुलर छ भन्दा पनि कुन पार्टीका इन्जिनिएर धेरै रैछन मुलुकमा भन्ने मात्र थाहा हुन्छ. राजनीति बाहेक अरु कुनै factor नै छैन मुलुकमा पेशाकर्मीहरु संगठित हुनको लागि?
म पनि यो संस्थाको लाइफ मेम्बर हुँ/ तर यस संस्थामा भएको यत्रो राजनैतिक खिचातानी ले गर्दा आफुलाई इन्जिनिएर भन्न पनि लाज लाग्छ/ कहिले होला यिनीहरुले इन्जिनिएर पेशालाई मर्यादित बनाउनको लागि अभियान चाल्ने न कि म यो पार्टी र तँ यो पार्टी भनेर कुस्ती खेल्ने/ मेरो बिचारमा इन्जिनियेरहरु सबै एउतै पार्टीका हुन – इन्जिनिएर पार्टी/
जति पेसागत भनेर कराएपनि यो संस्था पेशागत पटकै होइन| बिधार्थी काल देखि राजनीति गर्न पल्केका हरुको संघठांन मात्र हो यो|
येश मा उठेका पहिलेका र आइलेका सबै जना राजनीति मा मोह राख्ने हरु मात्र छन्, फलानो पार्टी को फलानो भन्दै मा दिन कटाउने|
कुरा आयो विदेश मा बसेका ले पनि भोट हाल्ने, सम्भिधान सभा मा त भोट हाल्न पाएनौ भने छुसी engineer को संस्था मा कोषले हालछ. मैले पैले एक चोटी हाले अब पुग्यो|
तिम्रो कुर्शी तिमिहरुलाई ……मोज र भोज गर…
विदेशमा बस्नेलाई यहाँ जे गरे पनि के को मतलव भन्नेहरू — “देशको बिजोग अवस्था छोडेर आफ्नो व्यक्तिगत सुख भोगको लागि विदेश पलायन हुनिहरूं” देखि रिसाउनु भएको छ, जुन स्वभाविक हो । तर सबै कुरालाई कालो र सेतो गरेर छुट्याउन मिल्दैन । विदेसिएको भन्दैमा देशको माया नै नहुने हैन । हो पलायन हुनेहरूमा देशमै बसेर केही गर्ने हिम्मत र त्यागको भावन भएन होला, तर तेसो भन्दैमा देशको मायानै छैन भन्न मिल्दैन । (फेरि म विदेशको इन्जिनियर भन्नुहोला, हैन है, म त स्वदेशमै काम गर्दै छु ) फेरि कति जना त विदेशमा केहि वर्ष पढ्न वा अनुभव लिन मात्र पनि गएका छन् । खैर जे होस्, विदेशमा बस्नेलाई, विदेशमा छँदा सम्म झन् देश भक्ति हुन्छ होला जस्तो लाग्छ । यहाँ बस्नेलाई जस्तो, — फलानोको भोज खाईयो यसलाई भोट दिउँ, ढिस्कानोले गतिलो जागिर देला यसलाई भोट दिउँ –यि वा यस्ता व्यक्तिगत स्वार्थ विदेश बस्नेलाई हुने छैन । तटस्थ रूपमा Analysis गरेर भोट दिन सक्छन् । बोरू विदेशमा बस्नेलाई भोज ख्वाएर अथवा लाभको आश्वासन दिएर प्रभाव पार्न सकिन्न भन्नेहरू उनीहरूलाई मताधिकार दिन डराउँछन् ।
नेपालमा इन्जिनियर र घुसखोरी भन्ने सब्द पर्याबाची भैसकेको अबस्था छ!
इञ्जिनेअरिङ्ग पढ़ाउदा घुस खानु भनेर पधाइदैन तर नेपालको अराजनितिको विडम्वना – एस्तो घुसखोरी अवस्था रहेछ , साएद हावा न आइ पात हल्लिदैन / तपाईं हामि मिलेर केहि उपाए गरौँ न , त, ताकि यो पेशा विसुद्द
सेवामुलक र मर्यादित होस्/ राम जी -आउनोस केहि गरौँ /
नेपाल इन्जिनिएर एसोसियसनमा नेपाल मा बसेर वा नेपाल मा कार्यरत इन्जिनिएर्सका लागि हो नेपाल बाट जगेर छोडेर विदेश पलायन भएका ले एसोसियसनमा vote गर्न पाउनु भन्ने कुरा बेतुका हो ,नेपाल को राजनीतिमा बिदेशमा बसेर खुट्टो फसाउन खोज्ने प्रबिर्ती हो
विदेश मा बसेका ले “प्रवासी नेपाल इन्जिनिएर्स एसोसियसन” बनाएर अध्यछ पड्काए भयो नि पदको लालसा हो भने
स्वदेश मा बसेकाले vote हालेर भएन अब बिदेशिएका ले vote हालेर बन्छ ??
एउटा मन्दबुद्धि फेरि कुरा नबुझिकन करायो | यो लेखमा कहा बिदेसमा बसेर ने.इ.ए को चुनाबमा उठ्न पाउनुपर्यो भनेर लेखेको छ ? चुनाबमा उठ्नु र भोट हाल्नु फरक कुराहुन् भन्ने हजुरजस्त गोरुसिंगेहरुले कहिले बुझ्ने हो ? लेख्न पायो भन्दैमा प्याच्च नलेख्नु, बस्न पायो भन्दैमा थ्याच्च नबस्नु महोदय |
VOTE हाल्ने नै चुनाव मा उठ्ने हुन्
पछाडी खुर्सानी ले पोले जस्तो छ
येस्तै येस्तै कुब्द्दी हरु … लाइ पाखा लगाएको हो
केको पेशागत हक हित र वृत्ति बिकाश? खालि आफ्नै लागि मात्रै सोच्नेहो इन्जिनियर हरुले?
इन्जिनियर्स हरुले त पहिला देश र देश निर्माण सोच्न पर्यो नि?
कुनै पनि देशको बिकाशमा त्यो देश भित्रको भौतिक संरचनाको निर्माणको महत्वो पुर्ण भुमिका हुन्छ मतलब यो देश निर्माणको आधार स्तम्भ भन्दानी हुन्छ र त्यो निर्माणमा सबैभन्दा महत्वो पुर्ण भूमिका इन्जिनियर ले खेलेको हुन्छ तेस्को योजना ढांचा आकार स्वोरुप देखि लगानी, भार र तेस्ले प्रदान गर्ने सम्भावित योगदान र क्षतिको मुल्यांकन आदि सबै मुख्यगरी इन्जिनियर हरुले आंकलन गरेको हुन्छ!
नेपालमा कस्तो किसिमको निर्माण नेपालि भुमि, समाज,अर्थतन्त्र, इतिहाश, परिवार आदिलाई तुलनात्मक रुपले सुहाउदछ र कस्तो किसिमको निर्माण महत्वोपुर्ण हुन्छ, गरिनुपर्छ भनेर कुनै नेपालि इन्जिनियर हरुले सोच्छाहोला भन्छु म त्!
आजको भन्दा त मल्लकालीन पालाको नेपालि वा काथमाण्डौ को तत्कालिन इन्जिनियर जो इन्जिनियर भन्दापनि डकर्मी सिकर्मी थिय तिनीहरुलाई पो मान्नु त!
आजका इन्जिनियर ले त डिजाइन र रुपमा रंग न ढंगको घर बनाउने त्यो भारलाई यति इट्टा यति सिमेण्टि यति गिट्टी र यति बालुवा अनि यति रड चाहिन्छ भन्दिने र बाकि ठेकेदार लाइ छाडेर नाकामा फुली ढड्काउदै भट्टी छिर्ने बस यहिहो इञ्जिनियरिङ्ग!
देशको बढ्दो आवादी र खस्किदो अर्थतन्त्र लाइ विचारण गरि नेपालि भुमि र समाजको लागि कस्तो किसिमको घर निर्माण गर्नु पर्दछ भनेर कुनै इन्जिनियर ले अध्यायन खोज अनुसन्धान गरि समाज र देश अनि सरकार लाइ सुझाब पेश गर्या छ?
यो इन्जिनियर एसोसियसनको काम आफ्नै बित्ति बिकाश र पेशागत हितको लागि मरिहत्ते गर्ने अनि एक बोरा सिमेण्टिमा पाच बोरा बालुवा हाल्न पाउनुपर्छ भनेर सडक जाम गर्ने नेपाल बन्द गराउने तोडफोड गराउने भन्दा बाहेक अर्को काम भनेको पार्टीलाई र नेतालाई नेतागिरी गर्न र भ्रस्टाचार गर्न सहयोग गर्ने बाहेक अरु केहि गर्छ जस्तो लाग्दैन!
बेकारका इन्जिनियर र इञ्जिनियरिङ्ग हाल्लाहरु!
चुनाब को बेला मात्र NEA छ भन्ने देखिन्छ | अरु बेला इन्जिनियर हरुको हक हित को लागि खासै आवाज उठाएको देखिदैन | चुनाब को बेला झैँ अरु बेला पनि बिबिध रचनात्मक कार्यक्रम लिएर सबै इन्जिनियर सामु जाने हो भने मात्र NEA प्रति आम इन्जिनियरहरुको विश्वास जगाउन सकिन्छ |
ग्यानेस्वोर जी को सकारात्मक सोंच लाई सलाम गर्दै मेरो क्यानाडा को अनुभव ले यो थप्न मन लाग्यो कि -यो संस्था जव सम्म स्वोसाषित भएर एसका सदस्य हरुलाई नियेंत्रण (REGULATE ) गर्दैन, तव सम्म केहि हुनेवाला छैन /कागती को रुख मा सुन्तला फल्दैन /
यो पनि नेपालका राजनैतिक दलहरुका भागबण्डाको एउटा थलो हो | राजनैतिक दलहरुले सबै कुरालाई दुषित बनाईसके | ईन्जिनियर भन्ने प्राणीहरु पनि किन राजनैतिक दलका घोडा बनेका होलान ? जुनसुकै आवरण र जेसुकै नारा प्रयोग गरेपनि यिनीहरुले गर्ने केहि होइन | त्यसैले यसमा टाउको दुखाउनु नै समयको बर्बादी हो भन्ने मलाई लाग्छ |
रविन्द्र जी को आंकलन शायेद ठिकै होला/ एस्तो हुनु त्यो पेशा र देश कै विडम्वना हो/ राजनीति सवै छेत्र वाट हटाइनु मात्र होइन कि निषेध नै गर्नु पर्छ / अव वांकी रह्यो, यो कसले गर्ने ? तर ओहाँको टाउको दुखाई प्रति मेरो सहमति छैन , किनकि , आफ से आफ केहि पनि हुँदैन/ विरालु को घांटीमा घन्टी न बाधुन्जेल मुसा खाई नै रहन्छ/ मिलेर, घन्टी बाध्ने हो ?
नेपालका engineer हरुको पेशागत हकहित भनेपछि यी बिदेशमा बस्ने लाइ के चाहिएर निउ खोजिरहेको? मानको खातिर मान चाइयेर त होला | केहि गर्ने बिचार छ भने नेपाल जानु, गर्नु| विदेश बसेर नेपालको राजनीतिमा लाग्ने हरु नेपालमा नै बस्ने नेताहरु भन्दा पनि खराब छन् है मेरो बिचारमा | के को विदेशको फुर्ति गर्नु ? यो engineering association भनौदो पनि कांग्रेस, एमाले, माओबादी आदि दर्जाकाहुन जस्तो छ |
सबै त नराम्रा नहोलान तर पेसागत हकहित भन्दा पनि ठेक्का पट्टा मा कमिसन बाड्नु हुन्न भन्ने आएमा राम्रो. उनीहरुले गरेको काम गुणस्तर को हुनु पर्यो. इज्जत राख्ने मान्छे आएमा राम्रो, हामी नेपालीकालागि.
उहाँ को अभिप्राय लाई सलाम गर्दै ,नेपालको एउटा जिल्ला मा भएको एउटा नमुना घटना उजागर गर्न मन लाग्यो – ठेकेदार ले गुणस्तर को काम गरेन भनेर प्र.जी.अ.लाइ निजकै आदेशानुसार खवर गरिदिदा , उल्टै इञ्जिनेअर लाइ थुनी दिएको / कुरो के भने, येस्वापत, प्र.जी.अ. ले ठेकेदार संग राम्रै घुष लिएको रहेछ/ अत : जवसम्म प्रशाशन र राजनीति स्वोच्छ हुँदैन , तव सम्म केहि हुने वाला छैन/
नेपाल इन्जिनियरिङ एसोसिएसनलाई पेसागत ब्यबसायिक संघ भन्नु सरासर गलत हो , यो बिसुद्ध राजनीतिक भात्री संगठनको अखडा मात्र हो …
नेपालमै रहेका ६०-६५ % इन्जिनियर लाई एसको मतलब छैन भने नेपाल इन्जिनियरिङ एसोसिएसनको चुनाब के का लागि ? येत्रो वर्ष यिनले के नै गरेर ? एस्तो महा पंगु एसोसिएसनको कुनै काम छैन , नेतागिरी गर्ने बाहेक . एस्लाई खारेज गरेपनि केहि फरक पर्दैन ..
सिसिर जी ले भन्नु भएको कुरा ठिक हो भने , कि त एस्लाई खारेजै गर्नु पर्यो , होइन भने एस्लाई विनाराज्निती सहि काम गराउने बनाउनु पर्यो /
भ्रस्टाचार गर्न पाउनु पर्छ भन्ने त आउने होला नि, पहिला को जस्तो /
इन्जिनिएरको पेशागत हकहित र बृत्ति विकासमा ध्यान पटक्कै गएको छैन, नेपाल इन्जिनिएर्स यशोसियसनको । यो यशोसियनको मात्र दोश होइन, वास्तवमा हामी इन्जिनिएरहरूनै मुख्य रूपमा दोशी छैा किनकी हामीले राजनीतिक दलका अन्धभक्त घोडाहरूलाइ धेरैजसो समय एसोसियसनमा जितायैा । जब सम्म हामीले भोटहाल्ने बेला पेशागत हकहितको पक्षमा उभिने इन्जिनिएरलाइ छान्न सक्दैनैा तव सम्म यशोसियसनले यो गरेन, त्यो गरेन भनेर “रोइकराइ” गर्नुको अर्थ छैन ।
सबै इन्जिनिएर नेता खराव छन् भनेर भन्नु अर्को मूर्खता हुन्छ, बरू चुनावको मतपत्रमा “कोही पनि मन परेन” भनेर भोट हाल्ने कोठाको पनि ब्यबस्था गरेर हेर्न सकिन्छ, त्यसको मत बढी नअाए सबै खराव भन्न मिल्दैन।
कुसुम ज्यु -येदि सिसिर जी ले भन्नु भएनुसार यो संस्था को औचित्य नै छैन भने किन भोट को नौटंकी गरि रहने ? ‘न रहे बाँस , न बजे बाँसुरी’/