Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उपसचिवले करोड घुस खाएको उजुरी

Posted on March 10, 2014March 10, 2014 by mysansar

ciaa अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार सरकारी अखबार गोरखापत्रमा एउटा गजबको विज्ञापन छापेको छ।

विज्ञापन अनुसार शिक्षा मन्त्रालयका उपसचिव बेणिमाधव भट्टराईले २०६८ सालको पुस/माघ महिनामा भएको एमबिबिएस परीक्षा पास गराइदिन्छु भनी १०/१२ जनासँग १ करोड रुपियाँ घुस खाएर फरार भएको उजुरी परेछ।

त्यही उजुरीबारे जानकारी लिन ३० दिनभित्र उपस्थित हुन आयोगले सार्वजनिक सूचना जारी गरेको रहेछ।

ciaa

कुरा अचम्मको छ।

एमबिबिएस परीक्षाका अनेक थरिका धन्दाको बारेमा सुनिएको थियो। तर पास गराइदिन्छु भनेर पैसा असुल्ने कुरा चाहिँ सुनिएको थिएन अहिलेसम्म।

फेरि यहाँ त ‘फरार’ भन्दै तीन पुस्ते नामसमेत छापियो त।

के रहेछ कुरा हँ यस्तो ?

21 thoughts on “उपसचिवले करोड घुस खाएको उजुरी”

  1. Chetan Nepali says:
    March 13, 2014 at 12:31 am

    यो त भयो बाहिर आएको कुरा, नाका कति होलान कति !

    Reply
  2. बरुण says:
    March 12, 2014 at 10:13 am

    किशोर गुरुङजी,
    जागिर खाँदा तिन पुस्ता लेखाए पछि त्यस्तै हुने भयो घुस खाएको आरोप लागेर बेपता हुँदा पनि|
    तर यो नियममा सुधार ल्याएर पत्नी र छोरा छोरीको नाउँ पनि राखे घुस खानेलाई अलि निरुत्साह गर्न सकिने थियो| घुसको धनमा रमाउने सोझै परिवार नै हुन्, व्यर्थमा बितिसकेको वा बित्न लागेको हजुरबालाई समेत किन मुछ्ने?

    Reply
  3. Hari Krishna Wagle says:
    March 12, 2014 at 3:00 am

    धेरै जानासित पैसा लिएको बुझिन्छ. अहिल फसे पनि यो एक किसिम को ‘बाठो ठगि’ हो. किन ‘बाठो’ यहाँ सुन्नुस:

    २००५ मा मैले लोक सेवा पास गरेको थिएँ. हामी टेक्निकल तिर धेरै कम्पिटिसन नहुने, तर पहिले मोरङमा मेरै स्कुल पढेको एउटा कुनै प्रशासनिक पदको दावेदार भाइसित त्यहिताका अन्तर्वार्ताको केहि दिन अघि कमलपोखरीमा भेट भयो. प्रक्रिया लामै हुने भएकोले त्यो दौरान भेट्ने र कुराकानी भैरहन्थ्यो. ठ्याक्कै उसको अन्तर्वार्ता हुने केहि अगाडी उसले अनौठो कुरो सुनायो. एउटा पूर्वेली लवज भएको, अनि आफूलाई शिक्षक बताउने मान्छेले उसलाई अरुलाई अन्तर्वार्ता दिनेलाई पैसा देउ, च्यानल मलाइ थाहा छ, नाम निकाल्दिन्छु भन्दो रहेछ.

    धादली नहुने भए त पक्कै नाम निकाल्थे दाइ, के गर्ने पैसा दिनुपर्छ कि के हो भनेर सोध्यो. फेरी त्यो ठगले धेरै त सक्दिन तर १-२ नम्बर तलमाथि गर्न सकिन्छ. निस्केन भने फिर्ता दिन्छु पनि भन्छ भनेर सुनायो. लोक सेवामा त्यस्तो कसरि होला जस्तो लाग्यो. फेरी रकम ठ्याक्कै त याद भएन तैपनि पनि १०-१५ हजार मात्र मागेजस्तो लागेको थियो र त्यति दिन पनि गार्हो कुरो थिएन. मैले पनि फिर्ता त देला भन्ने आशा नगर तर मन लाग्छ भने देउ भन्दिए. पछी उसले पैसा दिएनछ तैपनि राम्रो मान्छे थियो, उसको नाम भने निस्कियो!

    पछी त्यो भाइको नाम निस्केको देखेर फोन गर्दा कुरो सुनेर म छक्क परें. उसले त पैसा दिएनछ, तर जातिले दिए ती मध्ये एकै जानाको मात्र नाम निस्के पनि त त्यो ठग ले १५-२० हजार त पैसा कमायो. फेरी थोरै नम्बर मात्र तलमाथि गर्न सक्ने भनेपछि अलिक कमजोर ले पैसा पनि लगाउने भएनन्, जो अलिक राम्रा छन् तिनै बढी डराएर पैसा खुवाउने भए. नाम ननिस्किनेलाइ झुलाउने र केहि नलागे फिर्ता दिएर के गयो र?

    यो उपसचिवले पनि त्यस्तै खेति धेरै चलाएको हुनुपर्छ. कता चुकुल खुस्कियो र अहिले फस्यो.

    Reply
  4. निर्वाण says:
    March 11, 2014 at 10:12 pm

    प्रमाण फेला परे यस्तोलाई खोजी खोजी चौतारीमा झुनडयाउन पर्छ| भगौडा हुन् परने कारण भएरै सरकारी जागिर छाडेर भागेका हुन्सकछ| शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालय बाहिरबाट हेर्दा सज्जन देखिने घुस खोरीहरुको अड्डा हुन् गएको छ| अर्थ र भुमि आदि कुख्यात मन्त्रालयहरु को के कुरा गर्नु हो| सयकडा ९० घुसखोरी छन्|
    यो स्टोरीमा फलो अप गर्दै रहनु होला|

    Reply
  5. Roshan Sharma, Australia says:
    March 11, 2014 at 7:24 am

    Kishor गुरुङ ji, CIAA ले ३ पुस्ते निकाल्नु कानुन ले दिएको अधिकार प्रयोग गरेको ले हुन सक्छ/
    तर,
    Innocent until proven guilty हुन को लागि त – सरोकार वालाले ‘अदालत’ छदै छ नि . बरु ३ पुस्ते मा छाही छोरा छोरी को नाउ पनि हुनु पर्यो भनेर – अध्यादेश बाट नियमा बलि बनाएर लागु गर्नु पर्यो भन्ने माग गर्नु पर्यो !
    आजभोलि त – भ्रस्ताछारी र भुत्ते डा. हरु सब विदेश तिरै भेटिन्छन/ ति भट्टराई पनि ‘अस्ट्रेलिया’ तिरै पो छन् कि
    बरु’ नेपाली राजदुताबास’ NRN र Migration agents हरुलाई पत्राचार गरेर पत्ता लगाउनु पर्यो भने यतै अस्ट्रेलिया तिरै पट्ट लाग्लान नि – छोरा छोरि यतै – नर्सिङ्ग पढाई होलान /
    नत्र, केहि समय पछि त्यै पैसा NRN बनेर कर तिर्न नपर्ने गरि नेपालमा नै लगानी गर्नु पर्यो भन्दै ‘रामशरण’ संग बढी नाफा हुने योजना मिलाइदिन पर्यो भन्दै मन्त्रि र पार्टी हरु को agents संग पो बैठक बस्दै गरेको भेतियेलान नि ???

    Reply
  6. मदनमणि says:
    March 11, 2014 at 6:43 am

    शिक्षा क्षेत्रमा नि ठूलो भ्रष्टाचार छ भनेको। थेसिस पास गराउने देखि गोल्डमेडल पाउन सम्म पैसा खुवाउन पर्छ। अब पास हुन र सरकारी छात्रवृतिमा पढ्न पाउनलाई घुस खुवाउनुपर्ने त नयाँ कुरै भएन नि

    Reply
  7. Shankar says:
    March 10, 2014 at 10:10 pm

    ये खाएछ रे , मोटै रकम खाएछ भन्नु सिबाय हाम्रो के हुन् सक्छ भूमिका ?
    खान कै लागि यो मन्त्रालय चाहियो , त्यो मन्त्रलाय चाहियो भन्दै धेरै समय सम्म सरकार बनेन | बल्ल बन्यो बनेपछि के हुदैछ ? धमाधम थाल मा पस्कने , खुलेर चपाउने ,लुकेर चपाउने , कुना पसेर चपाउने , पोको पारेर राख्ने | खाइसकेपछि अनि पार्टी भित्रकै भन्छ अब पहिलेकोले केहि गरेन ,गर्न सकेन हाम्रो पालो | त्यो भनेको मतलब तैले खाइस अब हाम्रो भुडी भर्ने पालो |
    संबिधान अरु धान जस्तो हो र भन्ना साथ रोप्यो र ६,७ महिनामा फल्ने ?
    संबिधान ६०१ को भुडी भर्ने पोस्टर हो | पहिले ६०१ गयो ,यो आयो ,यो ६०१ जान्छ आर्को आउछ |
    धान को लागि मरिहत्ते गरे रेडिमेड भारतीय सुपर फाइन छदै छ |

    Reply
  8. samir says:
    March 10, 2014 at 11:41 am

    येस्तै डाक्टरहरुले गर्दा होला, टाउको दुखदा नाइतोमा लगाउने औषदी दिने गरेको. अब आफै सचेत हुनु जरुरि छ , डाक्टरको मात्र भर पर्नु हुन्दैन रहेछ हाम्रो देश नया नेपालमा./

    Reply
  9. Bijay says:
    March 10, 2014 at 8:33 am

    घुस खाने र घुस दिने दुवै देस का सत्रु हुन् तसर्थ

    घुस खाने र घुस दिने दुवै लाइ कारबाही हुनु पर्छ !!!

    Reply
  10. Ram B Adhikari says:
    March 10, 2014 at 7:06 am

    एमबिबिएस जस्तो परीक्षामा पास गराइदिन्छु भनी घुस लिने र दिने दुवैलाई कारबाही हुनु पर्छ |घुस लिने र दिने दुवै देशका सत्रु हुन्!

    Reply
  11. Kishor Gurung says:
    March 10, 2014 at 6:52 am

    Innocent until proven guilty. But why CIAA named his father and forefather’s name? Is that not blasphemy? Why the reasons of whole complaint need to mentioned in such notice ? Why not say ”we have sensitive issue to discuss with you in regards to your decision while you were in education ministry?

    The current chief of CIAA is absolutely rubbish man. He got that post by bribing Prachanda and others any way.

    Reply
  12. abhinav says:
    March 10, 2014 at 6:08 am

    यो डाक्टर बनाउने फेसनले पनि गर्नु गर्ने भो
    नेपालमा झिंगा जस्तै डाक्टर बनाउने भो
    हरेक बाउ आमाको इक्ष्या छोरा छोरी डाक्टर बनाउने
    काम होस् नहोस भोलि उसले कमाउन सकोस नसकोस
    डाक्टर त बनाउने नै
    ३ करोड जनतामा ३ करोड नै डाक्टर हुन के बेर
    अनि चल्दैन त घुश !!!!!!!!!!!

    Reply
    1. suzee says:
      March 10, 2014 at 3:25 pm

      यो अति पुरातन जिर्ण अनि संकीर्ण मानसिकता बाट कहिले आफ्ना सन्तान लै जसरि भएनी, ###अभिनव जी ले भने जस्तै झिंगा सरि धेरै ### , डाकडर नै बनाउनु पर्छ भन्ने
      सोच को अन्त हुने हो !!!!
      ###३ करोड जनतामा ३ करोड नै डाक्टर हुन के बेर###बहुत सहि कुरा गर्याका !!!!!!

      Reply
  13. eklavya says:
    March 10, 2014 at 4:07 am

    कर्मचारीतन्त्रको अनुपम उदाहरण हो यो ….यसरि बनाइयका डाक्टरहरुले घाटीको उपचार गराउन जाँदा आमाशयको ओपरेसन गरिदिन्छ माथिल्लो बांग्रा निकाल्न जाँदा तल्लो उखेलिदिन्छ ज्वोरो आएकालाई परमधामको टिकट कताइदिञ्छ …जबसम्म नेपालमा कर्मचारीतन्त्रको बोलबाला रहन्छ देशको हालत कुनैपनि नया सरकारले सुधार्न सक्दैन ….

    Reply
  14. विकाश says:
    March 10, 2014 at 3:37 am

    घुस माग्यो भनेर उजुरी गरेको हो वा घुस पैसा दिएर पनि काम गरेन भनेर उजुरी परेको हो बुझ्न सकिएन| यो सोझै जनताको ज्यान र स्वास्थ्य संगको खेलवाड भयो|
    यो काण्डमा घुस लिन्यालाई भन्दा दिन्यालाई अझ धारिलो सजाय हुनपर्छ|
    यो दिलशोभा प्रकरण भन्दा यो कम गम्भीर र पेचिलो मुद्दा होइन| मेडिया र जनताले दिलशोभा प्रकरणमा समय दिनेहरुले यो राष्ट्रिय हितको गम्भीर मुद्दामा पनि ध्यान दिने नै छन्|
    अहिले सम्म कतिले घुस खुवाएर पास गरेका छन्, ती को को हुन्, त्यसको पनि छानवीन हुनपर्यो|
    देशको प्रशासनमा, शिक्षामा घुस खुवाएर लोकसेवा पास गर्ने र बढुवा हुनेहरु र कीर्ते शैक्षिक प्रमाण पत्र बुझाएर जागिर खानेहरु निश्फिकरी छन् भन्ने सुन्नमा आएको छ तर कसैले सो खोतल्न चाहदैनन्| कसैले भन्दा त्यसमा मेडिया समेत आउँछ| लहरो तान्दा पहरो गर्जन्छ|
    आरोप लाउने बित्तिकै चोर र घुसखोरी होइन्छ भन्ने होइन तर उपसचिव भट्टराईज्यु भगौडा हुनपर्ने कारण के थियो?
    जसले घुस लिएको सावित हुन्छ वा श्रोत नखुलेको सम्पति आर्जन गरेको हुन्छ सरकारी जागिरमा बसेर, उनीहरुको पेन्सन रोक्का मात्र होइन, श्री सम्पति कुर्की गरिन पर्छ र चिहानसम्म पनि खोदले अमानवीय हुने छैन|
    माईसंसारले यस्ता समाचार हरु खोतली खोतली जनसमक्ष ल्याइदिनु भएकोमा ध्यांवाद|

    Reply
  15. Ramesh says:
    March 10, 2014 at 3:01 am

    घुस खाने भन्दा घुस दिने देशको सबैभन्दा ठुलो सत्रु हो | पहिला घुस दियो काम भएन अनि उजुरी दियो | यो नेपाली जनताको लागी खुशीको कुरा हो | येदि पास गरीदिएको भए हामी नेपालीहरुको आकालमा स्वोगाबास हुन्थियॊ | आब सरकारले यस्तो एस्तो घुस देनेहरुको डेटा खोजेर कारबाही गर्नुपछ | घुस देयेरा नै देस यो अबस्थमा पुगेको हो |

    Reply
  16. ashok says:
    March 10, 2014 at 2:17 am

    गोरखापत्र जस्तो पत्रिकाले पनि पैसा आयो भन्दैमा १०-१२ जना भनेर किन छापेको होला? १०-१२ जना भनेको कति हो? विज्ञापनको कन्टेन्ट हेर्दा पनि उपसचिवलाई कानुनी कारबाही भन्दा पनि बढी बदनाम गर्न गरेको बिज्ञापन जस्तो लाग्छ ! कारबाहीको लागी पनि कहिँ बिज्ञापन गरिन्छ? यो त लिलामी म्याद दिएको सूचना जस्तो पो भो त !

    हाम्रै नेपाल रहेछ नौटंकी देश: कोहि कानुन नजानेर मनले समाज सेवा गर्न खोज्ने, कोहि बिज्ञापन छापेर कारबाही गर्न खोज्ने, कोहि लोनसार्क धन्दा गर्ने ! अर्को तिर रमेश खरेल छ- मुसाले मङ्सिरमा धान बटुले जस्तो गुन्डाहरु समातेको समातेकै, तर सुन्दै छु… गुन्डाहरु धरौटी बुझाउदै, निस्कदै छन् रे… सब नौटंकी !

    Reply
  17. Suman says:
    March 10, 2014 at 2:12 am

    ३ पुस्ते नाम त जागिर खादा फारम मा हुन्छ, अरु धेरै ठाउँ मा त्यस्तो record राखिएको हुन्छ, त्यहि बाट लिए होला अख्तियारले.

    Reply
  18. kedar says:
    March 10, 2014 at 1:45 am

    लौ न हौ कुरो को चुरो खोज्नु परो हौ सालोक्य जी, कतै अहिले पनी डाक्टर त तेसरी नै निक्ली त राखेका छैनन् | मार्ने भए अकालमै |

    Reply
  19. nischal says:
    March 10, 2014 at 1:41 am

    खायो भट्टराईले खायो…………खायो खायो मिठो खायो……….यो खानेलाई भन्दा पनि दिनेलाई चाई पहिला कारवाही गर्न पर्ने……..

    Reply
  20. Gopal says:
    March 10, 2014 at 1:12 am

    घुस खाने र घुस दिने दुवै देस का सत्रु हुन् / तसर्थ यो केस मा पनि , एमबिबिएस जस्तो परिछा मा घुस देयर पास हुन्छु भन्ने र पास गराउछु भन्ने दुवै लाइ कारबाही हुनु पर्छ / होइन र ?

    Reply

Leave a Reply to बरुण Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme