मिलन पुन सात वर्ष मात्रै टेकेका थिए। गाउँको एक जना दलालले काठमाडौँको बोर्डिङ स्कूलमा लगेर पढाइदिन्छु भन्दै ३० हजार रुपियाँ आमासँग असुलेर मिलन र उनकी बहिनीलाई लिएर गए।
तर त्यो दलालले उनीहरुलाई स्कूलमा हैन, अनाथालयमा पो पुर्याए। स्वयंसेवा पनि गर्ने अनि घुम्न पनि आउने विदेशीहरु अर्थात् voluntourism उद्योगसित सम्बन्ध थियो त्यो अनाथालयको। उनीहरु अनाथ थिएनन्, तर बालबालिका तस्करको हातमा परेर नेपालका बच्चाहरुलाई सहयोग गर्न चाहने विदेशीहरुको स्पन्सरसिप र चन्दाबाट नाफा कमाउने गिरोहको माध्यम बन्न पुगे।
छ वर्षसम्म मिलनले आफ्नी आमालाई भेट्न पनि पाएनन्।
त्यति मात्र हैन, मिलन र उनी जस्तै अन्य नक्कली अनाथ बालबालिकाहरुलाई त्यो बालगृहमा पिटिन्थ्यो। उनीहरुलाई स्कूल पनि राम्रोसँग पठाइँदैन थियो।
कहिलेकाहीँ बालगृहका मालिकहरु गायब हुन्थे। पछि त्यहाँका हर्ताकर्ता बनेर अर्कै मान्छेहरु आउँथे।
बालबालिकालाई मान्छे हैन, पैसा कमाउने साधनका रुपमा उपयोग गर्ने, परिवार भएर पनि अनाथ भन्दै बालगृहमा राख्ने गरेका घटनाबाट अब विदेशी पनि सतर्क हुन थालेका छन्। अस्ट्रेलियाको न्युमाटिल्डामा निशा ब्रेम्नरले गएको साता ‘पश्चिमी स्वयंसेवकहरुबाट नाफा कमाउँदै नक्कली अनाथालय’ शीर्षकमा एउटा समाचार छापेका छन्। त्यसैको अंश हो माथिको घटना।
लेखमा उनले जानाजानी बालबालिकाहरुलाई खराब स्थितिमा राखेर विदेशीहरुबाट डलर झार्ने नक्कली बालगृहहरु र बालबालिका तस्करी उद्योगलाई अस्ट्रेलियाली स्वयंसेवकहरुले थाहा नपाइकनै सहयोग गरिरहेको हुनसक्छ है भनी सतर्क गराएका छन्।
राष्ट्रिय मानवअधिकार आयोगको राष्ट्रिय प्रतिवेदनमा पनि मुगु, हुम्ला जस्ता जिल्लाहरुमा एजेन्टहरुले राम्रो शिक्षा दिन्छु भन्दै लोभ देखाएर काठमाडौँका बालगृहहरुमा बच्चाहरु ल्याउने प्रवृत्ति रहेको उल्लेख छ।
बालअधिकार नियमन र बालगृह अनुगमन गर्ने अधिकारप्राप्त सरकारी निकाय केन्द्रीय बालकल्याण समितिको पछिल्लो प्रारम्भिक अध्ययन–प्रतिवेदनले पनि राजधानीमा सञ्चालित बालगृहमा आश्रित ८० प्रतिशत बालबालिकाका आमा वा बाबु वा दुवै रहेको देखाएको छ।
खासमा बालअधिकार ऐन, २०४८ अनुसार अनुमतिप्राप्त बाल गृहले बेवारिस वा बाबु, आमा (अभिभावक) नभएका बालबालिकालाई मात्र आश्रय दिन मिल्छ। तर बालगृहहरूले अनाथ वा सडकबाट उद्धार गरेको भन्दै आमाबाबु भएका बालबालिका राख्ने गर्छन्।
स्वयंसेवकका रुपमा आउने विदेशीहरुले स्वदेश फर्कँदा पनि ती बालगृहहरुको मार्केटिङ गर्ने गर्छन्, वेबसाइट बनाउने गर्छन्। त्यसबाट डलर झर्ने काम जारी रहन्छ।
तर त्यसरी आउने सहयोग बालबालिकाले भने पाउँदैनन्। विदेशीको अगाडिमात्रै उनीहरुलाई दिएको जस्तो गरिन्छ। त्यसपछि खोसिन्छ।
माथिको उदाहरणमा उल्लेख गरिएका मिलनले पनि भनेका छन्- यहाँ धेरै भोल्युन्टियर्स आउँथे। कहिलेकाहीँ चकलेट, मिठाइ ल्याउँथे, हामीसँग खेल्थे। तर अङ्ग्रेजी नबोल्ने भएकोले हामी बोल्दैन थियौँ।
मिलनका अनुसार त्यहाँ बस्ने बालबालिकाको स्थिति निकै खराब थियो। बाँच्नैका लागि अलि ठूला केटाहरु खानेकुरा र पैसा चोर्नेसमेत गर्थे।
त्यस्ता बालबालिकालाई परिवारसित पुनर्मिलन गराउने उद्देश्य बोकेको नेक्स्ट जेनेरेसन नेपालका कन्ट्री डाइरेक्टर मार्टिन पुनाक्सका अनुसार बालगृह सञ्चालकहरु तस्करहरुलाई बच्चाहरु ल्याइदिन समेत भन्ने गर्छन्। धेरै आर्थिक सहयोग आउँछ भनेर बच्चाहरुलाई जानाजानी फोहर र दयनीय अवस्थामा राख्ने गरेको प्रमाणसमेत देखेको उनी बताउँछन्।
यही संस्थाले दिएको चेतावनीलाई ध्यानमा राख्दै स्विट्जरल्यान्ड, अमेरिका र फ्रान्सेली दूतावासहरुले नेपालका बालबालिकासँग स्वयंसेवा गर्न चाहने उनीहरुको देशका नागरिकलाई सावधान रहन सूचना जारी गरेका छन्।
१४ वर्षको उमेरमा रेस्क्यु गरिएका मिलन (नाम परिवर्तन) अहिले २१ वर्षका भए र रोजगारी गरिरहेका छन्। भोल्युन्टरिङ गर्दा भोल्युन्टियरहरु सावधान हुनुपर्ने उनी बताउँछन्। संस्था कस्तो हो, आफूहरु कहाँ गइरहेका छौँ भनेर उनीहरुले सोच्नु पर्छ, बुझ्नु पर्छ, कहिलेकाहीँ मलाई यो सब कुरा सम्झिँदा निकै रिस उठ्छ, उनी भन्छन्।
सम्बन्धित लिङ्क
Fake Orphanages Profit From Western Volunteers
कमाउ धन्दाका रुपमा बालबालिका आश्रय कसरी?
यो ब्लग मा त दिलशोभा को दि पनि नलिखिऐको अबस्था मा दिलशोभा दिदी भन्दै चित्त दुखाउने दिलशोभा का भाई र बहिनी हरु यस्लाई भन्छन ” चोर को खुट्टा काट “
अब एक पछी अर्को यस्ता समाचार आउन थाले पछी, दुइ चार छोडेर धेरै हरु गरिबी र बिबसता बेचेर डलर कमाउन लागेको कुरा मा कुनै संका छैन| यसको पछाडी ठुलै गिरोह ( अति निच बेक्ती र राज नीति का फटाहा) संजाल नहोला भन्न सकिन्न|
चाए जो सुकै होस् राम्रो संग अनुशन्धान गरेर; नियेल्म पुराएर र बेबस्थित तरिकाले चलाउने लाई छाडेर अरुलाई कारबाई गर्नु पर्ने अबस्यककता देखिन्छा र सम्बन्धित निकाएहरुले अब आँखा चिम्लेर बस्यो भने अपराधी हरुले तेत्तिकै आमा बाबु भएका लागि पनि अनाथ बनाउने क्रम झन् बद्नेछा|
नेपाल मा जता हेरो उतै अपराध ! विधिको बिधान को जिम्मा लिनेहरु कसको के हेरेर अथवा खेलाएर बसेका छन्?
यस्ता समाचारहरु पड्दा नै सरिर जिरिङ्ग हुने हुनाले, कसै अगाडी नेपाली भनेर परिचय दिन पनि लाज हुने अवस्था आएको छ|
१०-१२ बर्ष पहिले नेपालीहरुको हरेक बोलीमा सत्यता हुन्थ्यो, उनीहरु गलत कुरा गर्न डराउथे ! उनीहरुमा नैतिकता थियो ! यो गएको दश-बार बर्षको अन्तरमा समय धेरै परिबर्तन भएको छ ! अहिले मान्छेमा लाज-शरम छैन; डर छैन; अहंकार बढेको छ ! हामी अधिकांस नेपालीहरु सिर्जनात्मक कार्यमा भन्दा अपराध तर्फ ज्यादा उन्मुख हुदै गईरहेका छौ !
एम.ए. पढ्दाको मेरो एकजना साथी अहिले भागेर दिल्लीमा बस्ने गरेको सुनेको छु ! पहिला जग्गा दलाल गर्थ्यो, पछि मान्छे विदेश पठाउने पेसामा लागेको थाह पाए ! पोहोरको साल म नेपालमा थिए ! मेरो एकजना साथी र म एउटा मेनपावर एजेन्सीमा अचानक पुग्यौ ! उनीहरुको कुरा र व्यापार बुझेर म एकदम निरास भए- पैसाको लागी उनीहरु जे पनि बोलिरहेका थिए ! गाउका निर्दोस केटीहरुलाई कसरी लोभ्यईन्छ भन्ने कुरा एकै छिनमा प्रतक्ष देखियो !
मेरो साथीको दाई पर्नेले २०-२२ जना बच्चाहरु बटुलेर पालेको छ ! डोनर कहाका हुन्, थाह छैन ! तर, एकछिनको बसाइ पछि थाह भयो- बच्चाहरु उनको मागी खाने भाँडो रहेछन ! फेरी अर्को निरास !
एक असल नेपाली भएर यो धर्तीमा बस्न हामीलाई गार्हो हुदै गैरहेको मैले महसुस गर्न थालेको छु ! स्वदेश-विदेश नेपालीहरु जहि पनि हेर्नुस- ठग नै ठग छन् ! हाम्रो पुस्ताको त समय र परिस्थितिले गर्दा बाध्यता भयो भन्ने आधार रहला, तर हामीले बनाउदै गरेको समाजको ब्याख्या हामीले कसरी गर्ने? म त आत्तीने थालेको छु, किनभने हामीले समाजमा नराम्रा कुराहरु मात्र रोप्दैछौ !
यसको श्रेय प्रचनडेलाई जान्छ ! सर्बहाराको नारा लगाएर मान्छे मार्यो, आन्दोलन सकिने बित्तिक्कै आफ्नो असली रुप देखायो- हामी जनताले सिक्ने त्यस्तैहरुबाट त हो नि !
कुरा जसको जे भएपनि, सत्य कुरा बोल्न र राख्न सबैलाई छुट छ , यो हाम्रो अधिकारको कुरा भयो | आव माइसंसार हेर्नु र नहेर्नु, घरमा राम्रो परिकार पाकेको छैन भने, आज म खान खान्न वा बाहिर खान्छु भन्नु आफ्नो मर्जी हो |
केशब खनाल जी,
माईसंसारले सत्य तथ्य लेखेकैले मईसंसार नहेर्ने निर्णय गर्नु भएको हो? कि माई संसारले दिल्शोभाको बिपक्षम फैलेसा सुनायो? सत्य पच्न कति गाह्रो हुने रहेछ भन्ने कुरा पो प्रनाणित गर्नु भो त, हँ !
http://www.youtube.com/watch?v=_gBPDb2Txew यो video सहितको समाचार channel 4 लण्डन बाट अस्ति भर्खर मात्र बिश्वो भर प्रसारित भएको ,,,यो समाचार हेर्दा म स्तब्ध पनि भए हाम्रो देशमा dollar कमाउ धन्दा गर्नलाइ येति सम्मको निच धन्दा गर्दो रहेछ ,,,अभिभाबक भएको बालबालिकाहरु लाइ अनाथ बनाएर संस्थाहरु चलाएर त्येस समबन्धिको बेतिथी र अवस्थाहरु देखाएर बिदेशीहरु संग पैसा लिनी संस्थाहरु धेरै रहेछ त्यसमा पनि नक्सालको बाल मन्दिर जस्तो संस्थाले पनि यो धन्दा गरेको देख्दा मलाई असैध्य दुख लागेर आयो यो समचारले बिस्वो भरि जसले charity गरेर नेपालमा त्येस्त थुप्रै राम्रो संस्थाहरु लाइ पनि सहयोग गैरहेको छ उनीहरुलाई पनि अबस्य यसले असर गरेको छ भन्नि मलाई लाग्छ,,, ,,एस्त कुनियत राखेर संस्था चलाउनि र कृतिम अनाथहरु बनाएर बालबालिकाको भबिस्य माथि खेलबाड गर्नीहरु प्रति सबै सचेत नागरिक र पत्रकार ज्युहरुको ध्यान जावोस भन्नि सुभेक्छ्या राख्छु ,,,,,,,,,मेरो भन्नको मतलब सबै सस्था नराम्रो छ भन्नि हैन कुनै राम्रो हुदा र गर्दा गर्दा पनि अरुको कारणले हाम्रो त देशको बेजत नै हुनी भयो त्येस माथि राम्रो संस्था हरु प्रति हेरनी दृस्टीकोणमा पनि असर गर्नी हुदा एस्त संस्थाहरु को कुनियत उजागर गरि samaye ma सचेत गराउनु पर्दछ यो पत्रकारिताको धर्म पनि हो
किन हो साथि you tube video लै private मा राखेको .
अब मेरोसंसार को कुनैपनि बल्ग नहेर्ने निर्णय गरियो अप्रतछ्य रुपमा दिलशोवा दिदि माथि प्रहार गरिराख्यो मेरोसंसार ले !
ए साथी केशव, खोया दिलशोवा भनेर पछि लागि रा यार, दिलशोवा काण्ड भनेको त एउता समाचार मात्र हो, येस्ता कुरा को सत्य तथ्य को लागि खोज तलास हुनु एकदम जरुरि छ. ब्लग ले जे लेखे पनि दिलशोवा दिदि लाई प्रहार गर्यो भन्ने. येस्ता दलाल हरु ले हाम्रा देश का ग्रामिण छेत्र का बालबालिका र उनीहरुका अविभावक माथि प्रहार गरेको कुरा चै कसैले पनि बोल्न नपाउने साथी ?
तथ्यलाई बिस्लेषण गर्न नसक्ने, भावनामा डुबुल्की मार्दा आनन्द आउने, सत्य पचाउन नसक्नेले किन मेरो संसार मात्रै समाचार दिने कुनै पनी माध्यमहरु नहेरेकै राम्रो | ति सबैले तपैले खोजे खोजे जस्तो सममाचार र लेख संधै पस्किन सक्दैनन् पक्कै पनी, कुनै कुनै दिन मेरोसंसारले जस्तै तिनले पनी तपैले नखोजेको र नसोचेको लेख समाचार त पक्कै पनी छाप्छन नै | ना रहे बाँस ना बाँसुरी |
ल बधाई छ | अब youtube पनि नहेर्ने निर्णय गर्नुभयो भने बेश | अप्रतछ्य रुपमा दिलशोवा दिदि माथि प्रहार
http://www.youtube.com/watch?v=XhIMw0ZT8mc
थुक्क, पढ-लेख गर्न जान्ने नेपालिको बुद्धि के भाको हो ?
हेर्नु नहेर्नु तपाइको मर्जी तपाई लाइ झैँ मलाई पनि तेस्तै लागेको थियो तर दिलाशोभा प्रकरण जे जस्तो भए पनि कुइरेलाइ झुक्काएर डलर खानेको दिन जाला जस्तो छ , जो कसैलाई पनि अति बिश्वास गरेर , अन्ध भक्त भएर देबत्वकरण गर्नु तपाई हामी सबैको कमजोरी हो , भोलि अनुसन्धानले सबै देखाउला तर अहिलेसम्म हेर्दा दिलासोभा प्रकरणमा यौन दुराचार प्रमाणित नभए पनि अन्य केहि न केहि गल्ति अबस्य भएको छ जसलाई अज्ञनता र सोझोपनको कमजोरी भनेर ढाकछोप मात्र गर्ने कि गल्तीलाई पनि सच्चाएर नियम अनुसार चल्ने ? आखिर मान्छे नै हो , धन देख्दा महादेव को झैँ तीन नेत्र हुन्छ भनेर माफी दिने कि नदिने ?
नेपाल धेरै खालका अपराधिहरूको अखाडा बन्दै गैरहेको छ । किसिम किसिमका अपराध कर्म गर्नेहरू सडकका साँढे सरह निर्धक्कसंग हिड्न पाउनुले उनीहरूको महोबल बढेको हो । यस्तो कर्तुत गर्ने र गराउने ढाक छोप गर्ने नेता, कर्मचारी, सुरक्षा निकायकै उपल्लो स्तरका व्यक्तित्वहरूको बाहुल्यता झल्किन्छ । प्रत्यक्षमा आफूले हात हाल्दा बद्नामी हुने डरले गुण्डाका माध्यमबाट गराउँछन् । मान्छे मारेर खातको विस्तारा लगाउनेहरू हाम्रा “पू्ज्य नेताहरू” छन् । अपराधिका गुणगान गाउने हामी जनतामाझको लर्को अझै छुटेको छैन । हामी नागरिक नै त्यस्तालाई आँखाको नानीमा राख्ने गर्छौ चुनावमा अमूल्य मत दिएर बहुमतले त्यस्तै अपराधिलाई जिताइ दिन्छौँ । ठूल्ठूला आर्थिक अपराध गर्ने नेतालाई सर्वोच्च महानायक ठान्छौँ । अपराध गरे पनि फँसाएक हो विरोधिले भन्ने भ्रम पाल्छौँ । अनाथालयका अलावा बालबालिकाहरू राजधानीबाटै अपहरण गरेर भारतमा पुर्याइएका घटना समेत प्रकाशमा आइरहेका छन् । गरिवी र सोझो पनको फाइदा लिन पल्केकाहरूले यस्तो किसिमको बाल शोषणको अन्त्य चाहने कुरै भएन । फलतः नेपाल अपराध साम्राज्य बन्दै छ । दाता हराए भने ती बालबालिकाको मृगौला बेच्ने अर्को अपराधि सञ्जाल खडा बन्ला त्यो थाहा पाउन अरु केही वर्ष लाग्ला । यो अथाहा श्रृङ्खला चलिरहने छाट देखिन्छ घट्ने भन्दा पनि नयाँ नयाँ रुप लिएर । कहिलेदेखि दुर्गममात्र हैन सुगमकै घर घरबाट बाबुआमाका सामुन्नेबाटै बालबच्चा लगेर माग्न वा अनाथालयमा राखिदेलान् वा अङ्ग झिकिदेलान् भन्ने डर मान्नु पर्ने स्थिति छ ।
दुखको कुरा, यी सबै कुरा थाहा हुदा हुदै सरकार आखा चिम्लेर बस्ने गर्छ.
सरकारले आँखा चिम्लने मात्र हैन साथी इनिहरु कै संरकछेन
गर्छ, गच्छेदार जस्ताहरुको हाली मुहाली भएको देस छ हाम्रो…….
मैले पनि ललितपुरको थसिखेल को Ranibu height मा त्यसतै बालगृह देखेको छु .. बल गृह हो वन्थ्यो … name बालगृह वनेर .न .. बॉर्द्म नै लेखेको
छ …बल गृहको मालिक सरर कार मा …. चढेको देख्छु … घर पनि … थपेर अहिले 4-5 तले पुर्याएको देख्छु …. आज वन्दा ..4-5 वर्षा पहिले त्यहा एउटा female child ले suicide पनि गर्यो भन्ने घाइघुइ सुनेको थिए ….. त्यो नानीहरुले बेजोड काम गरिराहुन्छां .
कानून सबैले जानेका हुँदैनन्। असल नियतले गरेको कामलाई मूलुकि ऐनले पनि अपराध मान्दैन। खड्ग ओलीले धर्म पुत्र पालेका छन। उनि न दर्तावाला हुन न कानूनी प्रक्रिया पुरा गरेका । उनले पनि असल नियतले धर्म पुत्र पालेका हुन। दिलशोभाले धेरै र खड्ग ओलीले थोरै पालेका हुन। मेडियाले दिलशोभालाई मात्र प्रस्तुत गरेका छन। नेता ,साहु महाजन र बरिष्ठले पालेका धर्म सन्तान बारे पनि मेडियाले लेखुन।
यहाँ दिलशोभाको कसले कुरा गरेको छ ? बालगृहको शोषणको कुरा गर्ने नहुने हो कि कसो हो ?
यो कलियुग कि ”पुतना ” (दिलसोभा ) को नाउ कति जपी रहेको भन्या ? नर्क जाने बिचार छ कि के हो ?
छिटो भन्दा छिटो पुलिस ,प्रसासन मिलेर कारबाही चलाए भयो नि |
दुर्गमबाट बच्चा किनेर ल्याउने अनि सडकबाट बच्चाको उद्दार गरेको भनेर देखाउने, राम्रो संग खान लाउन नदिने तर डलर झारेर आफुले कुम्ल्याउनेहरुलाई पापीहरुलाई सक्त कारवाई होस् — चाहे त्यो नाम त्यति नसुनेको बालगृह होस् या नाम चलेको सम्मानित बालगृह होस् | खराब काम गर्ने कसैलाई पनि छुट हुनुहुन्न |
हे राम !!! आइडिया पनी कती जानेका हुन् जति फोहोर बनाएर बच्चाहरुलाई बालगृहमा राखो उतीधेर डलर झर्ने !!! अन्धभक्तहरुको आँखा खुल्नेवाला छैन | बरु त्यहि मिलनको भाइको उछित्तो काडिन्छ यहाँ |
यदि नेपालमा अनाथालयको यस्ता दुरावस्था छन् भने सम्बन्धित निकायहरु किन मौन छन् किन तिनलाई दिल्शोवा झैँ कानुनको दायरामा ल्याइदैन ….कुनै एकजना को बारेमा संसनिखेज रिपोर्ट बनौदैमा यो समस्या हल त हुन्न होला बरु यस्ता खबर आइनैरहनेछ जब सम्म ति निकायहरुको कर्यान्वोयन सम्बन्धि प्रस्न गरिनन् तिनका बारेमा खबर बनाइन्नन किनकि रोग लग्नु अघि नै सतर्क हुनु जाति रोग लागे पछि उपचार गरेर साध्य …..