Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोनोर ग्रेन्नान, लिटल प्रिन्सेस र दिलशोभा

Posted on March 6, 2014 by mysansar

-लेखनाथ काफ्ले/शिन्चु, ताइवान-

little_princess सन् २०१२ को अन्ततिर ताइपेइको मेरो एक मित्रले नेपालका केटाकेटीसम्बन्धी एउटा किताब चिनियाँ भाषामा पढ्दै गरेको भेटेँ। लगत्तै मैले त्यही किताब अंग्रेजी संस्करण पसलमा भेटेँ। अचानक नेपाल आइपुगेका एक अमेरिकी युवकले दुर्गम नेपालका केटाकेटीहरुको तस्करी र ओसारपसार र शोषणको भेउ पाएर तिनीहरुको उद्धार गर्दा आइपरेका घटनाहरुको अनुभव नै “लिटल प्रिन्सेस” (Little Princes: One Man’s Promise to Bring Home the Lost Children of Nepal) हो।

२९ वर्षीय अमेरिकी नागरिक कोनोर ग्रेन्नान आठ वर्षसम्म काम गर्दा बचाएको पैसा बोकेर संसार घुम्ने ‘एडभेन्चर’ यात्राको लागि निस्कन्छ र आइपुग्छ नेपाल। सशस्त्र द्वन्दले आक्रान्त नेपालमा उसले तीन महिना “लिटल प्रिन्सेस बालगृह” मा स्वयंसेवक भई काम गर्ने निधो गर्छ। उक्त बालगृह आमाबाबु नभएका टुहुराटुहुरीहरुको बासस्थान थियो। सशस्त्र द्वन्दले देशबासीहरुको दैनिकी कष्टमय त थियो नै, ऊ पनि त्यसमै बिस्तारै घुलमिल हुन खोज्दै थियो। खासमा त्यसको अर्को विकल्प पनि थिएन नै।

little_princess
बालगृह मै केटाकेटीहरुको हेरचाह गर्ने कामदार महिलासँग एकदिन उसको लामो कुराकानी भयो। ती महिलाबाट उसले त्यो बाल गृहको नालीबेली थाहा पायो।

त्यहाँ भएका केटाकेटीहरु त टुहुरा नभएर मानव तस्कर/दलालहरुले उनीहरुका बाउआमालाई झुक्याएर, लोभलालच देखाएर, फकाएर वा धम्क्याएर त्यहाँ ल्याइपुर्‍याएका पो रहेछन। जम्मा नौ जना मध्ये त्यहाँबाट दुई जना भर्खरै हराएका थिए र बाँकी अझै ७ जना बच्चाहरु त्यो “लिटल प्रिन्सेस बालगृह” मा थिए।

कोनोरलाई लाग्यो, यी बच्चाहरुको लागि केही न केही त पक्कै गर्नुपर्छ। होइन भने यिनीहरु पनि पहिलेका दुई जना जस्तै हराउने छन्। त्यसैले ऊ संसार घुम्ने योजना त्यागेर अमेरिका फर्क्यो।

तर अफशोच, अमेरिका फर्किनासाथ उसलाई खबर आउँछ- ती बाँकी सात जना पनि एक दिन अचानक बालगृहबाट हराए।

स्तब्ध ऊ अमेरिकाबाट तुरुन्तै नेपाल फर्कन्छ र हराएका बच्चाहरु खोज्न थाल्छ। खोज्ने क्रममा धेरै हण्डर र ठक्कर पाउँछ। मानव तस्कर र दलालले दिनु दुःख दिन्छ। तर केही मानिसहरुले सहयोग पनि गर्छन्।

अन्तमा उसले ती बच्चाहरुलाई खोजेर उनीहरुका बाउआमालाई बुझाउन सफल हुन्छ। मानव तस्कर र दलालहरुबाट बच्चाहरुलाई छुटकारा दिलाउनु गाह्रो मात्रै थिएन, खतरनाक पनि थियो। उसले ती बच्चाहरुको उद्धार गरेको कथा नै “लिटल प्रिन्सेस” हो।

केही भ्रस्ट स्थानीय एजेन्टहरुको सहयोगमा मानव दलालहरुले दुर्गम जिल्लाहरुबाट “बच्चाहरुलाई काठमाडौंमा लगेर राम्रो ठाउँमा पढाइदिने” भनी बाउआमासँग पैसा असुल्दा रहेछन। अनि कसैले आफैले खोलेको त कसैले आफ्नो च्यानलको बालगृहहरुमा केही दिन राखेर तिनीहरुको दुरुपयोग वा एक किसिमको बिक्री गर्दा रहेछन्- कामदारको रुपमा स्वदेशीलाई वा धर्मसन्तानको रुपमा विदेशीलाई।

भर्खरै दिलशोभा श्रेष्ठले संचालन गर्दै आएको ‘आमा घर’ को विवादास्पद समाचार आयो। उनी बेघरबार वृद्धाहरुको सेवा र सुसार गरेर चर्चामा आएकी हुन्। केही समय पहिला पनि कोरियाको एउटा कार्यक्रमको पैसाको बारेमा सानो विवादमा परेकी थिइन्। अहिलेको विवादास्पद समाचारपश्चात् बच्चाहरुलाई त्यहाँबाट अन्तै सारियो।

उनीविरुद्ध गम्भीर आरोपसहितका उजुरी परे। उजुरीमा राखिएका त्यहाँका बच्चाहरु र वृद्धहरुको भिडियो पनि हेरियो (यहाँ क्लिक गरी हेर्नुस्)। ती बच्चा र वृद्धाको कुरा र दिलशोभाको सार्वजनिक रुपमा बुझिएको छवि एकदम नै नमिल्दा पाइएका छन्।

धेरै नेपालीहरुले त दिलशोभाको बारेमा आएको उक्त विवादलाई सहज रुपमा लिनै सकेका छैनन्। तर पनि केही न केही त पक्कै गडबड छ भन्नेमा अब शंका रहेन। किनकि उनले पनि बच्चाहरु जुम्लातिरबाट नै ल्याएकी रहिछन्, जुन बच्चाहरु कोनोरले उद्दार गरेका जस्तै बच्चाहरु नै हुन् भन्नेमा कुनै शंकै नगरे हुन्छ। दिलशोभालाई मानव तस्करहरुले प्रयोग गरेका पनि हुन सक्छन वा उनले पनि कुनै भुलभुलैयामा वा पैसाको लोभमा ती बच्चाहरु लिएर आएकी पनि हुन सक्छिन्। जसरी ल्याए पनि तिनीहरुलाई पठाउनेहरु भने सफा नियतका होइनन्।

“आमा घर” मा सरकारी औपचारिक अनुमति नै नलिई बच्चाहरु वर्षौ राखिनु, विदेश पठाइनु र तिनीहरुले उचित सुविधा प्राप्त नगर्नुलाई सामान्य रुपमा लिन सकिँदैन।

केटाकेटीहरु र वृद्धाहरुको दुःखद अवस्था देखाएर दाताहरुसँग माग्नु काठमाडौंका अधिकांश बालगृह र वृद्धाश्रम संचालकहरुको धन्दा हो। त्यसमा दिलशोभाले आँसु र रोदन पनि मिसाएकी थिइन्। त्यसैले हामीहरु ज्यादा भावुक बनेका हौँ उनको कुरा र काममा।

दाताहरुले दिएको दान बेच्नु अत्यन्तै दुःखद कुरा हो। दाताले दिएको राम्रो कपडा वा राम्रो चामल त्यहीँ बस्ने केटाकेटी र वृद्धाहरुले नै मिठोमसिनो खाउन् र राम्रो लगाउन् भनेरै दिएका हुन्। ती मालसामान, लत्ताकपडाहरु माथिको पहिलो हक दिलशोभाको होइन, केटाकेटी र वृद्धाहरुको नै हुन्छ। त्यो बेचिनु ‘भावनात्मक बेइमानी’ नै हो।

त्यसैले दिलशोभालाई पनि कानुनभन्दा बाहिर राखेर, उनका भावनात्मक कुरामा बगेर, उनले गरेका कामहरुको प्रशंसा गरेर मात्रै हुँदैन। गहिरो गरी छानबिन हुनु पर्दछ। यो प्रकरण साँच्चै नै असत्य रहेछ भने उनीप्रतिको सम्मान झन् बढ्ने नै छ।

यो प्रकरणले धेरै नेपालीहरु स्तब्ध भएका छन्। तर पनि बच्चाहरूको लागि “आमा घर” कोनोरले देखेको “लिटल प्रिन्सेस” को अनुहारसँग कहीँकतै मिल्दो त थिएन ? ब्लगहरुमा आएका प्रतिक्रियाहरु र केही लेखहरुले देखाउँछ- मानिसहरु दिलशोभामाथि आरोप मात्रै लागेको र त्यो सत्य हुन नसक्ने भन्दै आक्रोशित छन्। त्यो आफूले अति नै विश्वास गरेको मान्छेमाथि अचानक उठेको प्रश्नचिन्ह प्रतिको विरोध संकेत हो। दिलशोभा माथिको मान्छेहरुको अन्धभक्ति र विश्वासले गर्दा नै हो।

उनी पनि मान्छे नै हुन् र हाम्रो नेपाली समाजकै एक हिस्सा हुन्। उनले जानीनजानी केही गल्ति गरेकी पक्कै छन्। ती गल्तीहरुलाई कानुनसम्मत् सच्याउनु नै अहिलेको पहिलो काम हो। उनले कम्तिमा पनि विगत पाँच वर्षको र नसके तीन वर्षको दाताहरुको नामसहित दानदातव्य र खर्चको फरफारक दुरुस्त र पारदर्शी गराएमा उनीमाथिको प्रश्नको धेरै उत्तर मिल्नेछ।

उनले विदेश पठाएका बच्चाहरुको अवस्था र पठाउँदा गरिएको प्रक्रियाको पनि यथार्थ जानकारी सार्वजनिक गर्नु पर्दछ। यो दिलशोभाको मात्रै इज्जतको कुरा होइन, लाखौं नेपालीहरुको विश्वास र भरोसाको कुरा पनि जोडिएको विषय हो।

केही हल्लाहरु अनुसार उनले आफ्नो वृद्धाश्रममा निश्चित जातजातिलाई मात्रै राख्छिन् रे भन्ने सुन्नमा आयो, यदि त्यो सत्य हो भने त्यो साच्चिकै विडम्बना हुने छ। डाक्टरले बिरामीको जात हेरेर उपचार गर्दैन, आपतमा परेकालाई बचाउन छालाको रंग हेरिदैन। यदि दाताहरुले गरेको दानलाई त्यसरी जात हेरेर उनले काम गरेकी रहिछन् भने उनलाई गरिएको बिश्वासमा बादल लाग्ने छ। आशा गरौ त्यो भएको छैन। त्यस्तै ल्याइएका बालबालिकालाई जबर्जस्ती अनिवार्य चर्च पठाउने कुरा पनि आएका छन्। कसैको धार्मिक विश्वासलाई त्यसरी कुठाराघात गर्नु उचित हैन।

यी र यस्तै केटाकेटीहरुलाई अगाडि सारेर बालगृहको पसल थाप्ने घटनाहरूलाई यत्तिकै सामसुम पारियो भने कोनोरले भत्काउन खोजेको मानव तस्करको जालो जोगिने छ। तर गहिराइमा पुग्यो भने त्यो जालो नराम्रो गरी भत्किने छ। तर त्यस्ता जालो बुन्नेहरु नै शक्ति र पहुँचको वरिपरि घुम्ने हुँदा त्यस्तो जालो साँच्चिकै भत्केला भन्नेमा विश्वास गर्न गाह्रो छ।

मानव दलालको कब्जामा जोखिम अवस्थामा रहेका ११ हजार जति बच्चाहरुलाई कोनोरले केही स्वयंसेवीहरुको मद्दतबाट मात्रै उद्धार गर्न पक्कै सक्ने छैन। अझै पनि धेरै “लिटल प्रिन्सेस बालगृह” हरू नेपालका कुनाकुनामा छन् तर नेपालका दिलशोभाहरूले के साँच्चै कोनोरको बाटो पछ्याउन सक्लान् त ? कि बाहिरबाटै थप कोनोरहरु आउने आशामा बस्नु पर्ने हो ?

36 thoughts on “कोनोर ग्रेन्नान, लिटल प्रिन्सेस र दिलशोभा”

  1. Ramprasad Ghimire says:
    March 8, 2014 at 8:49 am

    उपयोगी र खोजमुलक लेख । निकै मन पर्यो । कसैमाथिपनि पुरै बिस्वास गर्नु हुदैन । यो हक दिलाशोवामा पनि लागु हुन्छ ।

    Reply
  2. Pranita Bhujel says:
    March 7, 2014 at 8:58 am

    Important is THE ONE WHO IS FOUND GUILTY FROM DEEP INVESTIGATION MUST BE PUNISHED either who surfaced this issue or Dil Shova.

    Reply
  3. Ram Adhikari says:
    March 6, 2014 at 11:15 pm

    पहिला त मलाई पनि दिल शोभा दिदी गलत हुनुहुन्न भन्ने नै लागेको थियो जब २ जना बालक हरुको टेप सुने अनि चै मलाई पनि लग्यो दालमा कालो चै पक्का पनि छ. हाम्री दिल शोभा दिदी ले सुरु मा त राम्रै सोचेर यो काम गर्नु भयको होला तर पनि “धन मा शिब को पनि तिन नेत्र ” भने जस्तै भएर यस्तो घटिया काम गर्न थाल्नु भएछा. सकिन्छा भने ति अरु बुढी आमा हरुलाई पनि तुरुन्त उद्दार गर्नु पर्यो .

    Reply
  4. Rajesh says:
    March 6, 2014 at 11:10 pm

    यहाँ दिल्शोवा को पक्ष्य र बिपक्षयमा कमेन्टहरु देखेर केहि लेख्न मन लग्यो |

    कुरो दिल्शोवाको मात्र होइन, दिल्शोवा त एक पात्र हुन् , जो सत्य सावित्री पनि हुन सक्छिन वा दानावताकि प्रति मुर्ति, त्यो त भविष्य ले नै बताउला |

    मूल कुरो चै, नेपालमा संचालन भैराखेका एस्त कैयन बालगृहहरुको हो | दिल्शोवा काण्ड हुनु भन्दा धेरै वर्ष पहिला देखीनै मलाई येस्ता बालगृह प्रति अबिश्वश र संखा लाग्छ | किनकि के बालगृह चलाउने मान्छे सचीकै, समाजसेवामा प्रतिबद्द, उच्च नैतीकता भाको, मानवता प्रति उच्च मूल्य र मान्यता भाको मान्छे हो भने मात्र उसले सहि सेवा गर्न सक्छ, तर “मुखमा राम राम र बगलीमा छुरा”, भाको भयो भने के होला ?
    नेपालमा तेस्तो नैतीकता भाको मान्छे पाउन, मुस्किल त होइन तर धेरै गारो छ, जहाँ देश चलाउने नेता र कर्मचारी नै अति नैतिकहिन छन् त्याह जनताको के कुरा |

    र सभै भन्दा महत्तोपूर्ण कुरा, हामी सबै नेपालीले के बुज्नु पर्छ भने, बरु भोको, नागों भएर बाच्नु, अरुको गुलाम भएर, दाश भएर र मानव तस्करीको सिकार हुनु भन्दा १००० गुना राम्रो हुन्छ | स्वतन्त्र भएर बाच्न पाउनु, हरेक मानवको पहिलो अधिकार हो, र बालबालिकाको लागि त यो मुख्य हो | तेसैले सबै नेपालीले यो स्वतन्त्र नागरिकको भावनालै आत्मा साथ् गरेर मात्र पक्ष्य र बिपक्ष्य को कुरा गरौ |

    नेपाल जस्तो गरिब मुलुकमा नै मानव तस्करी मौलाउछ, महिलाहरुलाई भारतको कोठी हरुमा बेच्ने, देखी अरबसम्म बच्ने, नेपालीहरुलै युरोप र अमेरिका तस्करी गरेको, २१ सताब्दीको दाश, कतारमा काम गर्न गएका नेपालीको बिजोग त हामी सबैले पदेकैछौ पत्रपत्रीकामा | तेसैले हामी सधै सजग हुनु पर्छ, हामी त दाश भयौ भयौ, के हाम्रा सन्तति, हाम्रा आउदो पुस्ता, नया नेपाली पनि दाश बनाउने ??

    Reply
  5. rajesh npj says:
    March 6, 2014 at 6:51 pm

    balanced artical.

    Reply
  6. Nirmal B. says:
    March 6, 2014 at 2:32 pm

    खन खन खेदो खन तिम्रो फुटेको आखाले केहि देख्दैन , न त तिमि हरुसंग मानवता नै छ.

    Reply
    1. shiva says:
      March 6, 2014 at 10:58 pm

      त्यहि त, यति दुख गरेर खोजि गरि गलत कामलाइ प्रकाशमा ल्याउदा पनि उल्टो पत्रकारकै खन खन खेदो खन्ने ! कति अन्धा हुन् कुनै नेपालि आखा फुटे जस्तै | दुखि बच्चाहरु लाइ गाउ बाट ल्याई फाटेको लुगा देखाएर पैसा झार्ने काम गर्नेकुराको पनि बिरोध गर्न नहुने, मानवता नै छैन |

      Reply
  7. Binod says:
    March 6, 2014 at 1:43 pm

    दिलासोभाको अन्य गल्ति technical वा intentional त छानबिनपछि अबश्य थाहा होला | तर उनको बारेका negative कुरा गर्ने सबैको सबभन्दा ठुलो रिस उनी christian भएकोमा भएको data analysis गर्दा result आयो |

    Reply
    1. Nirab says:
      March 6, 2014 at 10:00 pm

      उनि क्रिस्टियन भएको मा होइन बिनोद जी, छलकपट गरेर क्रिस्टियन धर्मको पर्चार गरेको भएर हो. त्यो बच्चा हरुलाई किन चर्चमा पठाएको? पठाएकै भए पनि दाताहरुलाई तेस्को जानकारी दिनु पर्थ्यो कि पर्दैनथ्यो? बच्चा हरुको अभिभाबकलाइ जानकारी दिन पर्त्यो कि पर्दैनथ्यो? तपाई सहयोग गर्नु हुन्छा ‘आमघर’ लाई येदि बच्चा हरुलाई क्रिस्टियनकरण गरेको जान्दाजान्दै? येदि ‘मिसिनरी’ को मान्छे होइन भने येति बुझे पछि गर्नु हुन्नाहोला. ‘आमाघर’ मात्र होइन अरु पनि धेरै छन् बिनोद जी येस्ता Orphanage भनेर बच्चा हरुको धर्म परिवोर्तन गराउने सस्था. अनि जबसम्म मुलुक सम्पन्न हुदैन यिनीहरु येस्तै छदम भेषमा यो काम गरिरहनछन. बुझ्नुभो?

      Reply
  8. zon shrestha says:
    March 6, 2014 at 1:34 pm

    न आमा पटी को न बाउ पटी को के को लिनु दिनु!!!!आ नेपाली क्रिकेट पो हेरिन्छ

    Reply
  9. रबिन्द्र राज गिरी says:
    March 6, 2014 at 1:13 pm

    सन्तुलित विश्लेषण लाग्यो | लेखको लागि धन्यबाद छ | नागरिक जस्ता नेपालका मुख्य पत्रिकाहरुको यसरि सन्तुलित रुपमा लेखेर वास्तविकताको खोजि गर्ने क्षमता रहेनछ | यो चाहिं अति नै दुखको कुरा हो |

    Reply
  10. tek raj timalsina says:
    March 6, 2014 at 12:55 pm

    True there should be an investigation. But again this article is also trying to establish Dilshova as a culprit before it is proven. With should not hurry to support all the things done by Dilshova, but at the same time we should not rush to conclude that she is a culprit and is a part of a big mafia of child traffickers with out any proofs. There was an article in Kantipur recently that the kids Dilshova had in her Aama ko Ghar were sent from the Government agency. So your question should rather be directed to the Government agency who sent those children to Dilshova’s place if they were from Karnali or were they street kids.

    I believe what might have happened is: Dilshova started small, she just wanted to help old and helpless by bringing them to her home and taking care of her. And that is exactly what she was doing. But with media attention and the support from Nepalese all over the world, it soon grew so large that the management and the legalities it required went beyond her capacity. She still have a good intention but could not meet all the legal requirements required. But the kind of allegations she got was way too much.

    Reply
  11. बिदुर says:
    March 6, 2014 at 11:13 am

    यौन दुराचारको आरोप समाचारलाई बढी बिकाउने उदेस्यले लगाएको देखिञ्छ / अरु आरोपमा सत्यता भएको कुरा स्वोएं दिल्शोभाले स्वीकारेको अवस्ता छ /उनले गरेका सेवाको कामको र जनविश्वास माथिको कुठाराघातको उचित मुल्यांकन हुनुपर्छ /
    बिदुर

    Reply
  12. bijay lama says:
    March 6, 2014 at 10:44 am

    यौटा कुरालाइ के हजारौ पटक लेख्नु पार्छ??? अरु कुनै समाचार पाएन?पाएन ??? गल्ति गर्नेले सजाए पाउछ यदि गल्ति prove भएर पनि कारबाही भएन भने बोल्नुस लेख्नुस फरक पर्दैन. यदि निर्दोस रहेछ भने ???? तपैले खुट्टा ढोगेर माफ माग्नु हुन्छ मैले गल्ति बोलेछु भनेर?? तर आफ्नो लागि मात्र सोचेर समाचार नबनाऊ.. यदि दिलशोवा दिदि निर्दोस रहेछनभने सराप लाग्नेछ ति बुडी आमहरुको होस् गर्नुस. बालबालिका संगै बसेका बुडी आम हरुलाई किन उद्दार गरेन ?? यदि दिल्शोबा दिदि ले कानुन को fallow नगरेको भए | के ति बुडी आमाहरु मान्छे होइन के ति आमा हरुलाई समान अधिकार छैन | सत्य जति ढाकछोप गरे पनि एकदिन बाहिर आउछ यसरि सत्य लुकौना नलाग्नुस जसको कोहि हुदैन तेस्लाई इशोर ले मदत गर्छ| धन्न्यबाद

    Reply
  13. डिल्ली says:
    March 6, 2014 at 10:21 am

    लेखनाथजीको लेख सन्तुलित र गहन लाग्यो । विषयको गाम्भीर्यता भन्दा आम पाठक राजनीति जस्तै विभाजित बुझाइ र अवस्थामा छन् । मानसिकता र आवस्यकता एउटा प्रचार प्रसार यौटा तथ्य फरक फरक भएकोले सहज बिश्वास गर्न सबैलाई गाह्रै कुरा हो । तर जे भए पनि दलिशोभाको एनजिओमा आश्रित बच्चा तस्करीको जालोमा फलेका बालगृह चलाउने एनजिओको जस्तै पाउँदा साँच्चै टुहुरा सडक बालक बनेर हिड्नेहरू लाभान्वित भएको देखिएन । चलाउने साँच्चै आत्मीय मन भए दिलशोभाले पनि फोहोरको डङ्गुर उघारेर भुँडी भरिरहेकाहरू तिर आँखा पुर्याउथिन होला । विदेशमा उठाएको पैसा सुन किन्नमा खर्चेको समाचार पढ्दा नै उनको मानसिक दशा प्रष्टिन्छ । अहिले केही दिन यता उक्त विषय उठान गर्ने पत्रकार केपी ढुङ्गानालाई ज्यान मार्ने धम्की आउन थालेबाट पृष्ठभूमी पहुँच, सङ्गत र ल्याकत कति र कस्तो छ भन्ने झन ठूलो माकुरे जालो बाहिर आउँने क्रममा छ । आशा गरौँ कानुनीरूपमा दिलशोभा शु्द्ध देखिउन उनी अवश्य सहृदयी उचो देखिने र सबैको मान्य हुने नै छिन् नत्र दोषी देखिइन भने त कानुन कार्यान्वयन नगर भन्ने त कुरै भएन कार्यवाही अपरिहार्य बन्छ ।

    Reply
  14. Ramesh says:
    March 6, 2014 at 10:19 am

    The biggest mistake Nagarik news (and columnist KP Dhungana) did was to accuse Dil Shova of sexual misconduct. This has now been completely discredited. This “assumption” on the columnist’s part on such a serious nature of the issue has put his credibility on the line and also has, unfortunately, sidelined other nearly as serious issues as mentioned above by Lekhnath ji. I do not disagree with the points brought forward by Lekhnath ji that investigation should have been done on other possible “misconduct” that may have happened at Aama Ghar but I also do not think it was fair to slander Dil Shova ji’s name when the accusations were not substantiated.

    Reply
  15. Bhusan says:
    March 6, 2014 at 10:16 am

    एक्कासी यस्तो बाहिर आएको भएर भावनात्मक रुपले धेरै नेपालीहरुलाई यो पत्याउन गारो भै रहेको छ. यौन दुराचारीको आरोपत मलाई पनि पत्याउन गारो भैराको छ. तर सहयोगको समान बेचेर पैसा कमाउने धन्दा, दाताहरुले दिएको पैसाको ब्यापक हिनामिना, बच्चाहरुलाई श्रम शोसन र अस्वस्थकर वाताबरण खानापिनामा राखिएको कुरामा चै मलाइ ९० प्रतिसत बिस्वास लाग्छ.
    जे होस्, यो कुराको पूर्ण रुपले अनुसन्धान र दोषीलाइ कारबाही अत्यावस्यक छ.

    Reply
  16. Nirab says:
    March 6, 2014 at 10:10 am

    खै केलाई charity भन्ने केलाई नभन्ने. दिल्शोवाले बच्चा हरुलाई गरेको कामलाई charity भन्ने हो भने त पश्चिम नेपालको कम्लरी प्रथालाई सबैभन्दा ठुलो scale को charity भने भै हाल्यो नि. कम्लरी पर्थामा पनि त खाने मुस्किल पर्ने किसोरी हरुले अथाह काम गरेबापत खान त पौञ्छन. कति दिलदार ति कम्लरी राख्ने मालिक हरु, charity अवार्ड हुने भए तिनीहरुलाई पनि दिए हुने

    Reply
  17. शशङ् लामा, न्युयोर्क says:
    March 6, 2014 at 8:49 am

    दिलशोभा देउता हो भनेर कसैले भनेकै छैन| सामान्ती संस्कारमा हुर्किएको उनमा पनि कमजोरीहरु प्रयाप्त होलान र छन् पनि | तर उनले गरेका गल्तीलाई औंल्याएर तिललाई पहाड बनाउने काम झन् महागल्ती हो|
    दिलशोभाले दिनदुखी,ब्रिद्वा र बालबालिकाहरुकाबारे अन्य एन जि ओ ले जसरी फुलबुट्टा भरेर कागजी काम गर्न जानिन| सरकारी कर्मचारी र पत्रकारहरुलाई भोजमा डाक्न ढंग पुर्याइन| बाल कल्याणेहरुलाई चाडबाडमा कोसेली पुर्याएनन| परजिविहरुको निमित त यि कुराहरु जघन्य अपराध भैहाले ! अनि बित्थाको मापदण्डले उनलाई डाँडन खोज्या हो भन्ने हाम्लाई लाग्या छ!

    Reply
    1. रैथाने says:
      March 6, 2014 at 8:12 pm

      हो हो न्युयोर्के मित्र,
      तपाइले भन्या जस्तो तेती तेही कुराहरु गर्न त भ्यायनछन तर आश्रममा ब्रिद्दा र बालक हरुलाई सहयोग स्वोरुप आयको राम्राराम्रा र सद्दे कुरा बेच्न त भ्यायाकै रहिछिन नि कसो?
      साथीले फेरी पंडितहरुलेनि त् गाइ सुन लुगाफाटो खाट चामल आदि उनीहरुलाई दिएको दान बेच्छ त यी दिलासोभाले बेच्दा के फरक भो त भन्नेर मलाइ ट्वाल्ल पारिदिनुहोलानी हो!
      सार्बजनिक रुपले स्थापित भयर सार्बजनिक कुरा कार्य गर्नेहरुलाई कसैले पनि संका र आसंका गर्न सक्छ र पाइन्छ अनि तेस्को पारदर्शी छानबिन हुनु जरुरि छ!
      कसैलाई पनि आबस्यकता भन्दा बढी बिश्वाश गरि देवत्वोकरण गर्नु उचित हुदैन!
      यौन दुराचारको बारेमा लागेको आरोप अलिक बढी लान्क्षना होला (त्यो अनुसन्धानले बताउने छ) तर यहा दिलाशोभाले थुप्रै दाता हरुको बिश्वाशलाई हल्का ब्याटिङ्ग गरि चौका हानेको रहेछ भनेर बुझिसक्यो!
      हुन त खोझ्दै गयो भने यो देशमा पशुपति पनि चोखो छैन दिलसोभाको त के कुरा तर तेसो भनेर के दिलशोभा र आमाघरको छानबिन नगर्ने त? तेसो भय अरुलाई र अरु संस्थालाई चाहि किन गर्ने?

      Reply
      1. Ramesh Bhandari says:
        March 7, 2014 at 5:25 am

        मान्छेलाई आफ्नो आफु दुइ आफ्ना दुइ पालन गार्हो छ काठमाडौँ मा भने लगभग पचासको हाराहारीमा रहेका मानिसको लालनपालन गर्न कति गार्हो होला !!! अनि दाता ले दिएको कुनै समान ले दस जनालाई काम गर्ला बाकी चालिस चाही हेरेर बस्ने? त्यसैले सबैलाई बराबर होस् भनेर बेचेको पनि हुन् सक्छ / अनि दाता हरु त हरेक दिन त हुदैनन् बाकी को पनि त जोहो गर्नु पर्योनि भोलिको लागि चाहिएला त्यसैले मुटु माथि ढुंगा राखेरै भए पनि दिलशोभा दिदीले बेच्नु भाको जस्तो मलाई लाग्यो / नमिठो नै खाउ तर सधै पाइयोस / यो मेरो सोचाई हो !!!!!

        Reply
  18. Tika Gurung says:
    March 6, 2014 at 8:28 am

    अनुसन्धान सक्किन दिउ, हुन त आन्धोभाक्ति देखाउने नेपाली को जात नै त हो, भगवान लै नि दिक्क लाग्छ नेपाली को बानी देखेर

    Reply
  19. Ram B Adhikari USA says:
    March 6, 2014 at 7:36 am

    केही न केही त पक्कै गडबड छ भन्नेमा अब शंका रहेन। किनकि उनले पनि बच्चाहरु जुम्लातिरबाट नै ल्याएकी रहिछन्, जुन बच्चाहरु कोनोरले उद्दार गरेका जस्तै बच्चाहरु नै हुन् भन्नेमा कुनै शंकै नगरे हुन्छ। दिलशोभालाई मानव तस्करहरुले प्रयोग गरेका पनि हुन सक्छन वा उनले पनि कुनै भुलभुलैयामा वा पैसाको लोभमा ती बच्चाहरु लिएर आएकी पनि हुन सक्छिन्। जसरी ल्याए पनि तिनीहरुलाई पठाउनेहरु भने सफा नियतका होइनन्।

    Reply
  20. cRIS says:
    March 6, 2014 at 6:19 am

    लेख राम्रै भए पनि यो परिघटनालाई “जातिय र धार्मिक” कुरोको सिम्रिक छर्केर बहुरंगी बनाउन खोजेको चै मन परेन! यसरी पाठकको भावानामा लगाम लगाउनु खोज्नु राम्रो हैन, अहिलेको अनुसन्धान भैरहेको परिबेशमा| अरु त राम्रै लाग्यो| धन्यबाद|

    Reply
  21. abhinav says:
    March 6, 2014 at 5:59 am

    काम गर्दैं जाने क्रम मा विभिन्न आशय- दुराशयले आरोप हरु खेप्न पर्ने नै हुन्छ
    चर्को अन्ध बिरोध वा चर्को अन्ध समर्थन यो हाम्रो देशको बिशेषता नै भएको छ
    हामि सबैको हृदयमा दिलशोभाको सहयोगी मातसल्य मुर्ति बसेको छ
    तेही मुर्तिको विश्वसनीयतामा जब प्रश्न उठ्यो मुर्ति खण्डित हुनलाग्यो जसको नतिजा
    चर्को बिरोध यो हुनै सक्दैन आदि आदि
    किन धैर्य नगर्ने ? किन जाच हुन नदिने ?
    के सत्य बाहिर आएको राम्रो होइन ?
    जाच पछि दिलशोभा झनै प्रेरणाकि स्रोत बन्नु हुनेछ
    अन्यथा भएमा सबैलाई चेतावनीको कारण पनि बन्नु हुनेछ
    दुवै अवश्था मा निरिह बाल बालिका र बृद्ध हरु लगायत सबै लाइ राम्रो हुनेछ

    Reply
  22. Lal shrestha says:
    March 6, 2014 at 5:52 am

    Now what ? She’s been investigating … Truth will come out soon, what is the point of this article ? Why are u bringing totally nonsense stories ? This above story has nothing to do with dilshova. Okay got it… Maybe you are trying to compare dilshova with those Mafia ? Isn’t its too early to start comparing people by writing such article…?

    Reply
  23. Tanka Basel says:
    March 6, 2014 at 5:37 am

    सरकारले गठन गरेको छानविन आयोग र प्रेस काउन्सिलले गठन गरेको आयोगको निचोड फरक देखिन सक्छ; किनकि यस घटनामा पत्रकार बुद्धिजिवि र सर्वसाधारण मान्छेहरु चुनावमा जस्तो दुई खेमामा देखिन्छन। हामी चाहन्छौ अनुसन्धान राजनीति जस्तो गुट उपगुट नभई निश्पक्ष होस।

    Reply
  24. sujan says:
    March 6, 2014 at 5:24 am

    दिलशोभा बारे पुलिसलाई अनुसन्धान गर्न र अदालत लाई फैसला गर्न दिउ हामि आफै न्यायधिष भएर दोषी वा निर्धोष छिन नभनौ । सत्यता के पनि हो भने एउटा बच्चा अमेरिका वा क्यानाडा पुर्याउन पचास हजार डलर सम्म लागेको कुरा सुनियो भने कतै कतै बाल गृह र कृषि फारम एकै जना ले खोलेको पनि भेटियो, चर्च को त झन् फ़ाउण्डर नै उनि……बच्चा र चर्च देखाएर डलर आउनि बच्चा ले हुर्काएको कुखुरा साग सब्जी बेचेर दाम पनि हुनी……अनि बच्चालाई किन काम लाको भनम भने येत्रो बच्चा पालेको छ खान लाउन दिनु परेन ? त्यसैले राज्यले नजिक बाट आर्थिक गतिबिधिहरुको निगरानी गर्नु पर्ने हरुमा
    १ ब्यापारी / दलाली
    २ नेता /कार्यकर्ता
    ३ NGO / INGO का संचालक
    ४ पेसाकर्मी ( पत्रकार, अधिबक्ता….इत्यादी )

    Reply
  25. दीप says:
    March 6, 2014 at 4:52 am

    Excellent article ..
    thanks Lekhnath jee…

    Reply
  26. kedar says:
    March 6, 2014 at 4:35 am

    जसलाई जती धेर बिश्वास गरो तेस्ले त्यो भन्दा धेर घात गर्नु पर्ने हाम्रो संस्कृति छ |
    १. राजालाइ बिष्णु बनाएर बिस्वास गर्यौं उनले जनता होइन रैती बनाएर घात गरे |
    २. प्रचण्डलाइ महान सर्बहारा नेता बनाएर बिस्वास गर्यौं तर तिब्रगतीमा नेपालका Top Ten अरबपतीमा उक्लिएर घात गरे |
    ३. राष्ट्रबादी र भ्रस्टाचार बिरोधि महान बुद्धिजिबी नेता भनेर मुस्ताङ्ग संगै बाबुरामलाई बिश्वास गर्यौं गडेंउला र एरपोर्ट काण्ड मच्चाएर घात् गरे |
    ४. जसरि पनी लास्ट आवरमा त संबिधान देलान कि भनेर ६०१ को जम्बो संबिधान सभालाई बिश्वास गर्यौं बेवारिशे लाश जस्तै संबिधान सभा १ मारेर घात गरे
    ५. अब दिल शोभाले गुल खिलाका कहानीहरु बाहिर आएपछि मात्रै कचेराले छोपिएका आँखा खुल्नेछन |

    Reply
  27. mukti says:
    March 6, 2014 at 4:26 am

    नागरिक न्युज ले एउटा गल्ति गरेको हो, यौन को कुरालाई highlight मा ल्याएर | तर, दिल शोभा पनि पथिको ओभानो छैनन् जस्तो लाग्छ मलाई त |

    Reply
  28. Santosh says:
    March 6, 2014 at 3:45 am

    लेखक ले लेखेका कुराहरु कति सत्य छन् या छैनन् त्यो आफ्नो ठाउमा छ तर लेखकले आमाघर को बारेमा मात्र भन्नु चै उचित नहोला | अहिले आमाघर को चर्चाले मात्र यो कुरा हरु अघि आएको पक्कै हो तर कति अरु NGO हरुमा एस्तो भैरहेको भन्ने न कुनै data छ न कुनै चर्चा भैरहेको छ | My point is all NGO must go under audit and same rule. Whatever is coming now was/is happening not only in one place but lots of other places too. Why don’t bureaucracy investigate other NGO? Is government sure that this is not happening in other NGO? Do they have answer? Government should not only investigate after someone report the problem but must govern rule before it happens.

    Reply
  29. Derwent says:
    March 6, 2014 at 2:53 am

    I would appreciate the writer taking courage to give another view point.

    Reply
  30. kumar shrestha says:
    March 6, 2014 at 2:45 am

    guys , Have you checked how people are behind Dilshove. Some people are intentionaly chasing Dilshove’s work. they are influenced by something not by genuien thought . In society there are some people who reguraly and knowningly critcise to get market but it does not last long later it disappears itself..Becareful from such kinds of people.

    Reply
  31. Sharan says:
    March 6, 2014 at 2:18 am

    Thank you Lekhnath ji , there should be fair investigation on Dilshova and her NGO . Human (child) trafficking is serious crime . it is unfortunate how people are easily brainwashed by ‘Big’ media and so- called senior journalist and trying establish that Dilshoba is ‘goddesses of mercy ‘ and she can’t make any mistake. It seems like People are ready to accept her serious crimes as minor mistakes and accept her as ‘above law’ ? Please guys don’t let your emotion win logic and common sense , instead of abusing Nagarik news or mysansar , let police investigate this matter throughly and wait , since truth will speak for itself ..

    Reply
  32. rajkc says:
    March 6, 2014 at 1:56 am

    यदी यस्तै अवश्था रह्यो भने कुनै राम्रो काम गर्ने अनि राम्रो काम गर्ने खोज्नेहरुका लागी अभिषाप बन्न सक्छ त्यसैले मिडीयाहरु पनि आरोप प्रत्यारोपमा भन्दा अनुसन्धान अनि सत्यको खोजीमा लाग्नु पर्छ, दोषी जो भए पनि कानुनको कठाघरमा उभिनु पर्छ , गल्ती गरेर कानुन जान्दिन भनेर वा भाबुक बनेर सजायवाट माफी पाउनु हुन्न यस्तै हालत रह्यो भने कोही राम्रो काम गरेका अनि गर्ने चाहानेको पनी सहयोग रोकीने छ । नेपाली र नेपालको नाम सुन्दा पनि बालबालीकालाई नाममा धन्दा गर्ने देश भनेर नेपाल चिनीने छ। **बिदेशी अनि दाताहरुले दिएको सहयोगको गलत उपयोग गर्ने अरु पनि यस्ता सँस्थाहरुको पर्दाफास गर्नु पर्छ अब लडाई लड्नेहरुले पनि ईतिहास बनाउनु पर्छ, दुई चारजाना भातेहरुले धम्क्याएको भरमा आफ्नो लडाई रोक्नु हुन्न समाजमा जसले राम्रो काम गर्छ उसको लागी अब करोडौ जनताको साथ हुनेछ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme