-रवि रोषी, दोहा-
पारिवारिक अवस्था अति नाजुक भएका कारण कमाउने सपना बोकेर २०६८ साल असारमा मलेसिया हिँडेको छोरो मलेसियामा नै एकाएक हराएको खबर पाएपछि कतार बसेका उनका बुवा वीरबहादुर तामाङ र नेपालमा रहेकी आमा सन्तुमाया तामाङलाई अहिले दिउँसै रात परेको जस्तो भएको छ।
ओखलढुंगा जिल्लाको मूलखर्क गाविस कोप्चे २ वासी बाबु वीरबहादुर र आमा सन्तुमायाको २० वर्षीय माइलो छोरा राजेन्द्रकुमार तामाङ मलेसियाको जोहर सहरमा रहेको एक कम्पनीमा डिउटीमा जाँदै गर्दा त्यहाँको प्रहरीले उनलाई समातेर लगेकोसम्म जानकारी कतार बस्ने उनका बाबुले पाएको बताउँछन्।
उसो त राजेन्द्रकुमारले मलेसियाकै केटीसँग ६ महिना अघि बिहे गरेका रहेछन्। कामको सिलसिलामा जाँदै गर्दा प्रहरीले समातेर लगेको राजेन्द्रकी श्रीमतीले राजेन्द्रका बाबुलाई फोनमा बताएका रहेछन्।
‘छोरो हराएको फरियाद कहाँ गएर सुनाउँ हजुर’, कतारबाट करिब १ घन्टा गाडीको यात्रापछि पुगिने सहानियामा अवस्थित मरुभूमि बीचको एक मजरामा कार्यरत वीरबहादुरले हतास हुँदै मलाई सोधे।
पहिलो पटक कतार पस्दा दोहा टेकेका उनले त्यसपछि अहिलेसम्म दोहा देख्न पाएका छैनन्। न त नेपाली दुतावास नै कहाँ छ भन्ने नै उनलाई जानकारी छ।
कतै राजेन्द्रले बिहे गरेकी त्यहीँकै मलाया केटीले पो कुनै ब्यूह रच्यो कि, मैल जिज्ञासा राखेँ। बिहे गर्नुअघि नै उनीहरु दुवैले आफूसँग सल्लाह लिएको उनले बताए।
तपाईंकी बुहारीले नेपाली बोल्न जान्दिनन् भने कुन भाषामा तपाईंको छोरालाई प्रहरीले समातेर लिएर गएको कुरा तपाईंलाई सुनाइन् त ? मैले सोधेँ।
मैले त अंग्रेजीमा पुलिस र क्याच भनेको मात्र बुझेँ। त्यसपछि अंग्रेजी बोल्न जान्नेलाई फोन लगाएर कुरा गर्न लगाएपछि प्रहरीले नै आफ्नो कब्जामा लिएको पक्का हो भन्ने जानकारी पाएँ।
मलेसियामा छोरा हराएको पीरको भारी एकातिर छ भने अर्कोतिर ओखलढुंगाबाट श्रीमती सन्तुमायाले मेरो छोरो खोजेर ल्याईदे भनेर दिनैपिच्छे फोन गर्दा मन बेस्सरी दिक्दारिएर आएको उनले बताए।
हरेक पल माइलो छोरा राजेन्द्रको पिरले रन्थनिएकी सन्तुमायाले के मात्र गरिनछन् ! ज्योतिष हेराउनेदेखि लिएर हराएको छोराको कपडा जाँतोमा हालेर उल्टो घुमाएपछि कुनै यत्नले पनि घर फर्केर आउँछ भन्ने छिमेकीले सुनाएपछि त्यसो गर्न पनि बाँकी राखिनन् रे।
आफु त छोरा मान्छे भएको स्वाङ पार्दै मन दरो बनाएर सन्तुमायालाई छोरोलाई केहि भएको छैन, साथीभाइले भेटिरहेका छन् भनेर जसोतसो सम्झाउँछु। सन्तुमायालाई सम्झाएर फोन राखिसकेपछि यही छोरामान्छेको मन त्यो कलिलो छोरोको बाउ बनेर कलिलो माया पलाउँछ र त्यही माइलोको पिरले एक्लै आँसु झारेर बस्छु। उसको बाउ हुँ, छोरा हराउँदा मन त बेस्सरी रुँदो रहेछ बाबु, उनले बताए।
एक महिनाअघि मात्र दोहाबाट रासन पानी ल्याइदिने ड्राइभरले सामान ल्याउँदा पोको पारेर ल्याएको नेपाली पत्रिका भेटेछन् र सो पत्रिकामा कुनै सन्दर्भमा छापिएको एउटा संस्थाको मोबाइल नम्बर भएको पत्रिकाको सानो टुक्रा भेटेर उनले धेरै पटक फोन गरेर सहयोगको याचना गर्ने प्रयास पनि गरेछन्। त्यो फोन नउठेपछि निराश भएर उनले त्यो कागज पनि फालिदिएछन्।
कतारमा हरेक जिल्लाहरुको संस्था भएको घोइरो घोइरो सुनेका उनले सोधे, मलेसियामा पनि त हुँदो होला हगि? छोरो हराएको खबर मलेसियामा बस्नेलाई पठाएर छोरो खोजिदिनु न।
प्रहरीले समातेर लिएर गए लगत्तै साँझमा राजेन्द्रकी श्रीमती प्रहरी कार्यालयमा गएर बुझेको र उसलाई जाँचपड्ताल पछि नेपाल फर्काइने प्रहरीले बताएको कुरा फोनमार्फत् कतारमा रहेका ससुरा वीरबहादुरलाई जानकारी दिएकी पनि थिइन् रे। पटक-पटक प्रहरी कार्यालय गए पनि राजेन्द्रका मलाया श्रीमतीले राजेन्द्रलाई भेट्न नपाएपछि त्यसको एक हप्तापछि प्रहरी कार्यालयमा पुनः बुझ्न जाँदा नेपाल फर्काइएको जानकारी प्रहरीले दिएको बताउँछन्।
पहिले सन्तुमायाको मात्र छोरो खै भन्ने पिरलो थेग्दै आएका वीरबहादुरलाई उनकी मलाया बुहारीले मेरो श्रीमान् नेपाल गएको भए मलाई फोनमा भए पनि सम्पर्क गराइदिनू भनेर हैरान पार्छिन् रे। छोरो हराएको पिरले यसै गलेको म सन्तुमायालाई त सम्झाउने हुति छैन, हराएको मेरो छोरो त्यो बुहारीलाई कहाँबाट खोजेर दिउँ? भक्कानिँदै उनले भने।
मजराबाट आउने क्रममा उनले मेरो दाहिने नाडी कामे जस्तै भएका तर बलिष्ठ दुवै हातले जोडले समातेर भने, ‘बाबु, मेरो छोरो हराएको सूचना लेखेर छोरो खोजिदिनू न।’
म माइसंसारबाट त्यही गर्दैछु। के तपाईँले यो फोटोमा देखिएको हुलिया भएका राजेन्द्रकुमार तामाङलाई कहीँ कतै देख्नुभएको छ ? छ भने यहीँ कमेन्टमा जानकारी पाउँ, म उसको दुःखी बुबालाई तपाईँले दिएको जानकारी सकेसम्म छिटो पुर्याउने प्रयास गर्नेछु।
मलेसियामा प्रकाशित हुने श्रम साप्ताहिक पत्रिकामा यो मान्छेको सुचना प्रकाशित गर्न लगाउनु प¥यो । सबै भन्दा छिटो पत्ता लाग्ने उपाय त्यही हो । मेरो पनि एक जना आफन्त १० वर्ष पछि पत्रिकामा सुचना राखे पछि सम्पर्कमा आयो । त्यस पछि पनि नभेटिए अन्य प्रक्रियातिर लाग्दा बेस हुन्छ ।
कान्तिपुर, नागरिक, अन्नपुर्ण , समाचारपत्र , राजधानी लगाएत का राष्ट्रिय दैनिक का पत्रकार/सम्पादक/प्रकासक आदि,
कृपया तपाई वा मेरो नभनी यदि आफ्नो घरको दाजु भाइ एसरी हराएको भए केगर्नुहुन्थ्यो त्यसै गर्नुहोस please . १-२ घण्टा समय ति हाम्रै आमा सम्झेर उनको निम्ति समाचार बनाउने, वा सम्बन्धित ठाउमा फोन इमेल आदि गरेर कोसिस गरौन | यो जिन्दगीमा कुनै पनि बेला एस्तो उपकार फेर्केर आउछ जब तपाई लै तेस्को एकदम जरुरि पर्छ
Can someone translate this article in Malayan language and publish in local/regional Newspaper in Malaysia? It would be much better and helpful to find him!!!!
यो काम चाहि उहाकै श्रीमती ले गर्न सक्नु हुन्छ होला. जोहोर भन्ने ठाउको लोकल प्रहरी शाखामा सम्पर्क गरे सब भन्दा छिटो पत्ता लगाउन सकिन्छ.
यसरी नेपाली मान्छेहरु धेरै हराई रहेका छन् मलेसियामा. पहल गरेर उद्दार गर्ने कोहि निस्केको सुनिएको छैन. यति धेरै नेपालीहरु यति गैरकानुनी तरिकाले त्यो देश छिर्छन कि, आफ्नो देशको दुताबासले पनि केहि तथ्याङ्क राख्न सक्दैन. जादा दुताबासलाई नबताउने, मर्का परे पछि मात्र बताए पछि कसरि समन्वय हुन सक्छ त ! सबै नेपालीले विदेश जानु भन्दा अगाडी एक चोटी सोच्नु पर्छ, म कहाँ जादै छु, त्यहाँ नेपाली दुताबास छ कि छैन, मेरो बारेमा कस कसलाई थाहा दिनु पर्छ, भाषा तथा प्राबिधिक कठिनाइ परेको खण्डमा के गर्ने भन्ने सोच्नु पर्छ. अर्को महत्वपुर्ण कुरा- मानव तस्कर दलालले भनेको र छल्न खोजेको कुरा पनि बुझ्न सक्नु पर्छ.
अहिले त हाम्रो देशमा लसुन, अदुवा, कफी, अलैची, आलु, मुला, गोलभेडा, आदि इत्यादि उत्पादन गरेर लाखौ कमाएको सुनिन्छ, त्यहि गरेर बस्यो भने देश आत्मनिर्भर पनि हुन्थ्यो, जनताको आर्थिक स्थिति पनि माथि जान्थ्यो जस्तो मलाई लाग्न थालेको छ. विदेश गएर चिल्ला भवनहरु हेरेर मरुन्जेल काम गरेर केहि नापिदैन ! त्यति परिश्रम आफ्नै देशमा गर्यो भने सन्तुस्टी मिल्छ, त्यति बराबर पैसा पनि कमाइञ्छ है साथी हो. खाडी मुलुक, मलेसिया, क्याम्बोडिया, टर्की, इन्डोनेसिया, आदि इत्यादि देशमा जाने काम नगरौ. आफ्नै देशमा बसेर त्यो डेढलाख पैसा आफ्नै देशमा लगानी गरौ! यसमै सबैको भलाइ छ!
राजेन्द्र तामांगका बाबुले पनि यो सोच्न जरुरी छ, अर्को छोरा पनि विदेश जाने तरखरमा होला, होशियार तामांग जी !
हाम्रो देशको राजदुतावास भन्ने चिज छैन कि क्या हो? राजदुत र राजदुतावासको काम के हो? संकट पर्दा राजदुतावासलाई सम्झिन पनि नागरिकले छाडिदिनुको अर्थ राजदुतावासमा विश्वसनीयता हराएर हो| राजदुत र राजदुतावासको काम देशका नागरिकको हित सर्बोपरि राखेर काम गर्नु होइन?
दश वटा देशको एउतै राजदुत बनाए पनि केही फरक पर्दिन| केहि काम छैन| पर्यटनबाट बिदेशी मुद्दा आर्जन गर्ने भनिन्छ अनि त्यसरी आर्जन गरेको बिदेशी मुद्रा अनुत्पादक राजदुत र राजदुतावासमा खर्चाउञ्छ| काठमान्डौबाट कुनै ठालु चालु र राजनीतिमा कनेक्सन भएको भालुको संदेश आयो भने मात्र काम गर्ने मानसिकता छ हाम्रा राजदुत र राजदुतावासका जागिरेहरुको| नागरिकका हित मुखी कहिले हुने हो हाम्रा फरेन पलिसीका सर र म्यामहरु|
बीर बहादुरको बिलौना पढेर दुख लाग्यो| मन रोयो| बिदेशमा दुख आपद पर्दा नागरिकका सरोकारवाला व्यक्तिले पुकारने कसलाई होला?
I have sent an inquiry email to the Malaysian police. That’s the best I could do from my side. Copy of Email:
Gd’Day Everyone,
I am writing to you based on the news published in a blog (http://www.mysansar.com/2014/03/11124/#more-11124) about a missing Nepalese National in Malaysia. As per the information provided to Rajendra’s family by his wife who is a Malaysian national,about six months back, Rajendra was on his way to work and was taken into police custody from the city of Johor.
As per the information provided to Rajendra’s father by his Malaysian daughter in law, she contacted the police several times and they have informed her that Rajendra got deported to Nepal. Now the question here is Rajendra has not been in contact with his family since the day he was arrested. If he was deported to Nepal, is it possible for you organization to provide us the date and time of his flight. If he is still in the police custody, could you please let us know about his whereabouts.
Rajendra’s family is in lot of distress at the moment. The agony of a missing family member has shattered the family. Your actions in resolving this situation will be highly appreciated.
I am writing to you as a concerned individual on a humanitarian ground. Please forgive my ignorance if I have breached any protocols in contacting the Malaysian Police. I have forwarded a carbon copy of this mail to the Nepal Police as well.
Thank you very Much.
Regards
यस्तो सहायतापूर्ण कदमको निम्ति यँहालाई हार्दिक धन्यवाद| हामी मनको कुरा पोख्छौ मात्र, यंहाले त कामले नै सहयोग गर्नुभएछ| माईसंसारलाई पनि धन्यवाद|
हराएको छोरो चांडै सही सलामत पत्ता लागोस भन्ने कामना छ|
कुरो बुझियो ! इलिगल रैछ त्यस माथि लोकल बे गरेको ! नेपाल फर्काउन ता जमानी बस्ने, टिकट काटी दिने र ट्राबल डकुमेंट बनाई दिने हुनु पर्छ ! नेपाल एम्बेसी संग बुझ्दा बेस !
लौन मलेसियाका एन.आर.एन. “नारान” दाजुभाइ हरु, केहि त गरौ, सांचिकै नारायण हरी हुनुहुनेछ तपाइहरु ति आमाबाबुका लागि जो आफ़्नो सन्तानको सकुशलता लागि प्रार्थाना गरिरहेकाछन l
पहिलो कुरा, मलेसियाको प्रहरीलाई सोधेर कुन हवाई जहाजबाट कहिले पठाएको हो भन्ने बुझ्नु आबस्यक छ. नेपाल आइपुगेका छैनन भने प्रहरीले उजुरी गर्ने महिला धेरै पटक आएर झन्झट गरेको ठानेर त्यसै नेपाल पठाई सक्यौ भंदेको हुन सक्छ. अर्थात उहा मलेसियामै कतै थुनामा रहेको हुनु पर्छ. यसमा कामदार साथीहरुले कतिसम्म समय पाउनु हुन्छा र बुझ्न सक्नु हुन्छ थाहा भएन, तर मलेसियामा हुने अरु ब्यबसाय गरेर बस्ने नेपाली नागरिकको सहयोग आबस्यक छ. ब्यबसाय गर्ने समुदायको प्रहरी र प्रसाशन राम्रै जान पहिचान हुन्छ जस्तो मलाइ लाग्छ.
727 Views but no comments yet, please someone come forward and comment about his whereabouts .May God be with the poor family .
बुढा-पाकाले भने जस्तै नजाने गाउँको बाटै नसोध्नु भन्छु म त | मध्य-पूर्वका खाडी राष्ट्र र मलेसिया इन्डोनेशिया तिर स्थानियबासीहरुसंग गर्ल-फ्रेन्ड र बिहे सिहेको चक्कर मै नपर्ने क्या | अझ नेपालमै बिबाहितहरुले त नैतिकताको पनि ख्याल राख्दा राम्रो | काम गरेर पैसा कमाउन गाको मान्छे तेसै गर्दा राम्रो | यूरोप – अमेरिका भएपो मानबअधिकार र कानुन ले राज गरेको देश भएर येसो चान्समा डान्स गरि हालौं न भन्दा हुन्छ, तेता त चान्स मारेर डान्स गर्न भ्याको हुँदैन कोर्रा, डण्डा हुँदै गोलि चाकु नै डान्स गर्न थाल्छ ज्यान माथी | कतिखेर हलाल हुने हो था हुँदैन | येति मन्त्र बुझे त तेती दुख नै पाइंदैन | रै पानी उनको सकुसल फिर्तीको कामना गर्दछु |