Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उडिरहेको विमानमा मोबाइल चलाउन पाइँदैन, ‘नागरिक’को समाचार गलत

Posted on February 21, 2014February 21, 2014 by mysansar

-पाठक-

म उड्डयन क्षेत्रका गतिविधिमा चासो राख्ने व्यक्ति हुँ। भर्खरै नेपाल एयरलाइन्सको विमान दुर्घटना भएपछि एक यात्रुको ‘अन’ रहेको मोबाइलबाट लोकेसन ट्र्याक भएको खबर आएको थियो। त्योसँगै नागरिक दैनिकमा ‘जहाजभित्र मोबाइल’ शीर्षकमा एउटा समाचार छापिएको छ। त्यसमा रहेका कतिपय जानकारी गलत छन्। यसलाई म प्रमाणसहित तपाईँहरु सामु राख्दैछु।

सबैभन्दा पहिला नागरिकन्युजमा रहेको यो खबर पढ्नुस्- जहाजभित्र मोबाइल ?

त्यसमा भनिएको छ- “अमेरिकाको अमेरिकन एयरलाइन्स र डेल्टा एयरलाइन्स, बेलायतको ब्रिटिस एयरवेज, आयरल्यान्डको र्‍यान एयर, जर्मनीको लुफ्थान्सा एयरवेज लगायतले आफ्ना तोकिएका जहाज उडानमा मोबाइल फोन, इन्टरनेट प्रयोग गर्न दिइरहेका छन्।”
not
म अमेरिकामा बस्छु र माथि उल्लेख गरिएका एयरलाइन्सबाट यात्रा गरिरहेको छु। त्यसैले अमेरिकाका अमेरिकन एयरलाइन्स (एए) र डेल्टा एयरलाइन्स (डिएल)को मोबाइल फोन प्रयोग नीतिबारे राम्रै जानकारी राख्छु।

म युरोपमा बस्दिनँ र युरोपेली एयरलाइन्सहरु जस्तै ब्रिटिस एयरवेज, र्‍यान एयर, लुफ्थान्सा एयरवेजमा यात्रा गर्ने मौका पाएको छैन। त्यसैले युरोपेली एयरलाइन्सबारे माथिको जानकारी सही छ कि छैन भन्ने बारे कमेन्ट गर्न सक्दिनँ। त्यसमा यात्रा गर्नुहुने तपाईँहरु कोही हुनुहुन्छ भने बढी जानकार हुनुहोला।

तर अमेरिकी एयरलाइन्सहरुको सम्बन्धमा एए र डिएलले उडानका क्रममा मोबाइल फोन प्रयोग गर्ने अनुमति दिन्छ भन्नु सरासर झुट हो। अमेरिकाका कुनै पनि एयरलाइन्सले उडानका क्रममा मोबाइल फोन प्रयोग गर्ने अनुमति दिँदैनन्। मोबाइल फोनको प्रयोग अफलाइन एप्सहरु चलाउनमात्रै गर्न सकिन्छ तर त्यसो गर्दा मोबाइल “एयरप्लेन मोड” मा हुनुपर्छ। एयरप्लेन मोडमा मोबाइल फोन हुँदा भ्वाइस वा डेटा कम्युनिकेसन हुन पाउँदैन।

एयरप्लेन मोडबाहेक अरु कुनै मोडमा मोबाइल फोन चलाउनु गैरकानुनी हुन्छ र त्यसो गर्नेलाई अमेरिकाको कानुन अनुसार सजाय हुन सक्छ।

‘नागरिक’को समाचारमा भनिएको छ-
अमेरिकन र डेल्टा एयरलाइन्समा त प्रत्येक सिटमा फोनै राखिएको हुन्छ।
एए र डिएलका सबै विमानका प्रत्येक सिटमा फोन राखिएको हुँदैन। निश्चित विमानमा मात्रै फोन राखिएको हुन्छ। समाचारमा लेखिएको “प्रत्येक सिटमा फोनै राखिएको हुन्छ” शब्दले मोबाइल फोन हो कि जस्तो भान पार्छ। तर नझुक्किनुस्, ती मोबाइल फोन नभई तारवाला फोन हुन् र क्रेडिट कार्ड प्रयोग गरी फोन गर्नुपर्छ, निकै महँगो दरमा।

अमेरिकन एयरलाइन्सको मोबाइल फोन र व्यक्तिगत विद्युतीय उपकरण प्रयोगबारे नीतिसम्बन्धी लिङ्क यहाँ छ।

डेल्टा एयरलाइन्सको मोबाइल फोन र व्यक्तिगत विद्युतीय उपकरण प्रयोगबारे नीतिसम्बन्धी लिङ्क यहाँ छ

‘नागरिक’को समाचारमा भनिएको छ-
‘त्यस्ता फोन र मोबाइल जहाज उड्ने र अवतरण गर्ने बेला भने प्रयोग गर्न पाइँदैन,’ दुई दशकदेखि जहाज उडाइरहेका एक वरिष्ठ क्याप्टेनले मंगलबार नागरिकसँग भने, ‘धेरै उचाइमा गएपछि ती जहाजमा मोबाइल फोन प्रयोग गर्न पाइन्छ।’

वरिष्ठ क्याप्टेनले पत्रकारलाई झुक्याइदिएछन् हाइ अल्टिच्युडमा मोबाइल फोन प्रयोग गर्न पाइन्छ भन्दै। Federal Communication Commission (FCC)र Federal Aviation Administration (FAA) ले उडानका क्रममा मोबाइल फोन प्रयोग गर्ने अनुमति दिँदैन, विमानको उचाइ चाहे जतिसुकै किन नहोस्। तर माथि भनिए जस्तै मोबाइल फोन उडानका क्रममा एयरप्लेन मोडमा भने चलाउन पाइन्छ।

FCC अनुसार मोबाइल फोन प्रयोग नीतिबारे बढी जानकारी यहाँ छ।

FAA अनुसार PED को प्रयोग बारे बढी जानकारी यहाँ छ।

‘नागरिक’को समाचारमा लेखिएको छ-
यही घटनापछि अमेरिकन एयरलाइन्स, डेल्टा लगायत अन्यले मोबाइल सुविधा दिन थालेका हुन्।

लेखकले अमेरिकामा सेप्टेम्बर ११ को घटनापछि एए र डिएलले मोबाइल फोन प्रयोग गर्ने अनुमति दिएको उल्लेख गरेका छन्। तर वास्तविकता के हो भने आजसम्म पनि उडानका क्रममा अमेरिकामा मोबाइल फोनको प्रयोग प्रतिबन्धित छ FCC को नियम अनुसार।

थप प्रमाणका लागि मैले यहाँ ती आधिकारिक वेबसाइटका स्क्रिनसटहरु पनि राखेको छु-

FCC को मोबाइल फोन नीति
FCC को मोबाइल फोन नीति

FAA को PED नीति
FAA को PED नीति
डेल्टा एयरलाइन्सको नीति
डेल्टा एयरलाइन्सको नीति
अमेरिकन एयरलाइन्सको नीति
अमेरिकन एयरलाइन्सको नीति
अमेरिकन एयरलाइन्सको नीति
अमेरिकन एयरलाइन्सको नीति

[यो ब्लग माइसंसारका पाठकले अमेरिकाबाट पठाएका हुन्। उनले आफ्नो नाम खुलाउन चाहेका छैनन्।]

34 thoughts on “उडिरहेको विमानमा मोबाइल चलाउन पाइँदैन, ‘नागरिक’को समाचार गलत”

  1. Shreeram says:
    February 23, 2014 at 4:06 am

    अनि यो पनि हेरम है त:
    http://news.cnet.com/8301-1035_3-57615473-94/fcc-vote-opens-door-to-end-ban-on-in-flight-calls/

    http://www.bloomberg.com/news/2013-12-12/ending-plane-phone-ban-right-thing-to-do-fcc-chief-सयस.html

    http://www.fcc.gov/guides/wireless-devices-ऐर्प्लनेस

    Reply
    1. Hari says:
      February 24, 2014 at 3:13 am

      weblink हरु पनि चल्ने दिनु पर्यो नि मित्र! bloomberg को link त चल्दैन. cnet को लिंक पनि december को पुरानो हो. अनि FCC को लिंक मा छै कुन मा गएर click गर्ने?
      jpt हावा लिंक न हलौना…

      Reply
      1. Hanuman says:
        February 24, 2014 at 11:19 am

        http://www.fcc.gov/guides/wireless-devices-airplanes

        सहि लिंक चाहिं यहाँ छ है साथी!

        Reply
  2. Shreeram says:
    February 23, 2014 at 4:02 am

    आज़ सम्म मैले मेरो सेल फोन कहिलेइ पनि off गरेको छैन fly गर्दा; plane crash पनि भाको छैन | Recently rule पनि change भाको भन्ने सुनेको हुनाले, म यो सबै analyses पाठक हरु र लेखक कै जिम्मा मा लगाएँ है !

    Reply
    1. suresh says:
      February 24, 2014 at 3:29 am

      कति ठुलो काम गर्नु भयेछ. यहाँ लै त पुरस्कार पो दिनु पर्ने हो आज सम्म fly गर्दा फोन off नगरेकोमा . नियम मिचेर बडो गौरबको कम गर्य जस्तो लग्यो??

      तपैले गर्दा plane crash भएको भए आफु त जानु हुन्थियो, तपाई को बहादुरी अनि मुर्खता ले गर्दा plane मा सबार सबै लै लानु हुन्थियो आफु संगै.

      त्यो सानो plane पनि कतै तेही सेल फोन ओन गरेको ले crash त भएको हैन? नेपालका अनुसन्धानकर्ताले त क नै पट्टा लागौलन र??? लास्टमा मरेको pilot लै नै सबै जिम्मा थुपर्चन ….CFIT ….Controlled Flight Into Terrain भनेर

      वायियत link हरु राखेर पाठक अनि लेखक लै जिम्मा लाउनु भन्दा तेती धेरै तह भएको मान्छे ले त औता लेख लेख्नु नि. अल्छी मान्छे

      Reply
  3. Shreeram says:
    February 23, 2014 at 3:55 am

    मेरो बिचारमा, लेखक पनि wrong र misinformed लाग्यो| किन भने, मेरो जानकारी अनुसार recently त्यो rule change भएको छ | म भर्खरै फ्लोरिडा र कोलोराडो को यात्रा United Airlines मा गरेर फर्केको हो | म Denver बाट Canada उड्दा pilot ले के announce गरे भने – “recently change भएको rule अनुसार, you can now use your phone to make calls during the flight, but we request you to not make any calls while taking off and landing; you are welcome to keep your electronic devices on at all times”. अब, म लेखक लाइ नै एसको verification को जिम्बेवारी सुम्पन्छु है त …!

    Reply
    1. Hariram says:
      February 24, 2014 at 3:18 am

      “म भर्खरै फ्लोरिडा र कोलोराडो को यात्रा United Airlines मा गरेर फर्केको हो | म Denver बाट Canada उड्दा pilot ले के announce गरे भने”

      यात्रा चै Florida र Colorado को अनि plane छाडेको चै Denver ,Colorado बाट Canada रे????? कति गफ हान्न सकेको धोति फुस्केको ाहा भएन कि कसो??

      Reply
  4. kishor says:
    February 23, 2014 at 3:19 am

    My experience – In December, AA requested to turn-off all electronic devices during take off and landing, but in February Delta told phone can be on airplane mode even during take off and landing……Nice change eh……….

    Reply
  5. Bhusan says:
    February 22, 2014 at 10:18 am

    All commercial airlines in America allow the use of all kinds of electronic devices including cellphones on-board except for landing and takeoff, period!

    BUT,
    None of the phone career signal reaches to the normal flying height of a plane. These days few airlines offer free wifi onboard, like southwest. You can pay few dollars for wifi during entire flight duration and do facetime if you want unless you are bothering other people. Few airliners have phone provided at every seat, you can use them as pay per call using credit card. Also, you can use credit card and purchase TV channels to watch on the screen right in front of you…… How nice is that?

    These are the things I do to have fun onboard, flying at least twice a month within USA!

    Reply
    1. Ram says:
      February 22, 2014 at 8:17 pm

      “All commercial airlines in America allow the use of all kinds of electronic devices including cellphones on-board except for landing and takeoff, period!”

      If you read the original article in its entirety, you will know then that the journalist has only talked about “cell phone being allowed to use in the flight” but has not clarified if cell phones can be used from take-off to landing.

      Does not matter whether cell phone signals reach up in the air, the FCC does not allow voice and data communication through your OWN cell phone provider. Yes, airlines offer Wifi onboard for a small fee but the internet you get is commercial and approved by the FCC FAA and the airlines. In other ways, it is secure communication that will not interfere with the communication and navigational equipment of the aircraft. FCC, FAA and the airlines do extensive test of such wifi technology and only approve when deemed safe. on the other hand, the voice and data signals from your provider does not meet the safety standards of FCC and FAA and thus is not allowed.

      It does not matter whether you travel twice a month of everyday, you have to know the technical details and also the difference between onboard wifi and your data packets!

      Reply
  6. Shailendra Dhakal (म्याउ ) says:
    February 22, 2014 at 6:19 am

    सबै त होइन केहि नया जहाज कम्पनिहरुले अहिले internet र फोन कल गर्ने सुबिधा दिदा रहेछन. क्रेडिट कार्डबाट पैसा तिरेपछि आफ्नै फोन वा तेह रहेको मोनिटरबाट नेट चलाउन मिल्ने रहेछ.फोन कल चाही रोमिङ्ग सहित तिर्ने गरि गर्न मिल्ने रहेछ.उड्ने र ल्याण्ड गर्ने बेला चै बन्द हुने रहेछ. मैले OMAN air मा तेस्रो पटक यात्रा गर्दा बल्ल त्यो सुबिधा देखेको.

    Reply
  7. nisan says:
    February 22, 2014 at 3:34 am

    Manchhe haru kina plane मा हुदा मोबिले को प्रयोग गर्नु पर्यो ..फु लगाएत sabai को ज्यान जोखिम मा हुन्छा भनेपोछि.२ ४ होउर मोबिले नखोले हुन्न …मान्छे लै चेतन्सिल भान्छा नचलाऊ भनेपोछि banda गर्नु नि

    Reply
  8. janak bhatta says:
    February 22, 2014 at 3:30 am

    Some airlines allow using VOIP.
    http://thepointsguy.com/2013/12/in-flight-phone-callstexts-roundup-which-international-airlines-allow-talking-and-texting-on-the-phone/

    Reply
  9. Binod says:
    February 22, 2014 at 1:12 am

    साथी अनि Delta, AA को onbord मा हरेक seat माथि टासेको wifi को sticker चहि ठन्डाराम हो र ? अनि निस्चित height लिए पछि, “Now you can turn on your electronic devices भनेको चै के नि फेरि ? Land हुने बेला मा भनेको Please switch off all elctronics devices चहि के हो फेरि ? Online ticket किन्दा ticket मा भएको wifi को लोगो चै के ? म पनि अलि अलि त english त बुझ्छु हौ ।

    मैले बुझे अनुसार, उड्ने र ल्यन्ड हुने बेला मा चै OFF हुनु पर्छ ।

    Reply
    1. रविकिरण says:
      February 22, 2014 at 10:24 am

      अलि अलि इङ्ग्लिस बुझ्ने मान्छेले नियम के छ भनेर त क्लिक गरेर पढ्नु नि नानाथरि कूतर्क गर्नुभन्दा

      अमेरिकन एयरलाइन्सको नीति
      https://www.aa.com/i18n/travelInformation/duringFlight/onboardTechnology.jsp

      डेल्टा एयरलाइन्सको
      http://www.delta.com/content/www/en_US/support/faqs/during-your-trip/personal-electronic-devices.html

      वाइफाइ र सेल फोनको भिन्नता बुझ्न पनि अलि अलि अङ्ग्रेजी जानेकोले गुगल गर्दा हुन्छ हौ

      Reply
    2. Ram says:
      February 22, 2014 at 8:24 pm

      Binod sir

      Half knowledge is dangerous……रविकिरण साथीको लिंक हेर्नुस कुरा बुज्ञुहुञ्छ

      Reply
  10. Sanjiv says:
    February 21, 2014 at 9:34 pm

    ए ए लगायत येहाका प्राय सबै airlines मा उडान सुरु र अवतरण गर्दा सेल फोन turn off गर्न लगाई राखिएको छ . Sanjiv

    Reply
  11. Narayan says:
    February 21, 2014 at 9:17 pm

    नोभेम्बरमा मलाई युएस एअर चढ्दा प्रयोग गर्न दिएको थियो ओर्लने र उड्ने बेला बाहेक तर टावर हुने नहुने कुरामा मोबाइल चलाउने नचलाउने मात्र कुरो होकि?

    Reply
  12. Arohan says:
    February 21, 2014 at 8:02 pm

    First, restriction on mobile phone usage applies during take off and landing only, at least in Europe. As Planes reach their cruising altitude, cellular network signals get lost, thus rendering the phone’s service offline. The only system that works is the inflight data communication arrangement (airline specific), which lets you make payg calls, and that is significantly expensive. Second, GPS tracking unit fitted in a mobile device can work irrespective of the cellular network functioning or not, coz they are totally different entities. Clue: Little knowledge is a dangerous thing.

    Reply
  13. Saagar says:
    February 21, 2014 at 7:58 pm

    हुन त मैले नागरिक को समाचार त पढेको छैन तर पाठक साथी ले यत्रो ब्लग लेखे, screenshot नि राखे तर हाम्रो साथी ले Delta Airlines चै धेरै नै भयो होला नचदेको जस्तो लायो | आजकल Delta उड्ने र ऒराल्ने बेला फोन लै airplane mode मा राख मात्र भन्छ बन्द गर्न भन्दैन आनी माथि गए पछि इन्टरनेट मजाले चलाउन पाइन्छ तर फोन को tower चै तिप्दैन र फोन बाहेक अरु सबै अरु सबै electronic device भने बन्द गर्नु नि पर्दैन |

    Reply
    1. रविकिरण says:
      February 21, 2014 at 8:12 pm

      साथीले नागरिकको समाचार मात्र हैन यो ब्लग पनि राम्रोसँग नपढी हेडलाइन पढेर हचुवा कमेन्ट हानेको देखियो । पहिला पढौँ अनि लेखौँ र हाँसोको पात्र बन्न बाट बचौँ ।

      Reply
  14. suman says:
    February 21, 2014 at 7:37 pm

    FCC just voted that its safe to use mobile phones after certain altitudes. Its up to the individual airlines whether to allow cell phones use. But congress has decided to not allow the use of cell phone and a bill has just passed from the house committee. Internet has been allowed for a while now. You’ve to pay for the internet though.

    Reply
  15. suman says:
    February 21, 2014 at 7:34 pm

    while travelling to and from Doha London, I have used my mobile in Qatar Airways Dreamliner Flight, They too screen this on their inflight entertainment system. Although you have to pay for this service but you can use your mobile for internet/sms.

    Reply
  16. Rajesh rai says:
    February 21, 2014 at 7:33 pm

    नेपालको मौसम बिभाग र पत्रकार हात्ती चाप र हात्ती जस्तै हो /यिनीहरुलाई वास्तविकता केहि थाहा हुन्दैन /

    Reply
  17. nimesh, bkk says:
    February 21, 2014 at 7:00 pm

    प्लेन उडिरहेको बेलामा मोबाईललाई एयरप्लेन मोडमा राख्नु जाति. प्लेन उड्ने र ल्यान्दिङ्गको बेलामा झन यसमा होशियारी अपनाउनु पर्छ . कोहि कोहि नेपालीहरु (अरु देशका) पनि प्लेन ल्यान्दिङ्ग हुन लाग्दा हतार-हतार आफन्तलाई फोन गरेको देखेको छु . यो राम्रो बानि हैन, र यसले दुर्घटना निम्त्याउन सक्छ .

    Reply
  18. Yubraj says:
    February 21, 2014 at 4:13 pm

    कुशल पत्रकार भन्दा नि “अलपत्रकार” ले समाचार लेखेपछि यस्तो हुन्छ . आजको सूचना प्रबिधि को युगमा इन्टरनेट मा खोज्दा धेर- थोर जानकारी पुन सकिन्छ. आम जनताले राष्ट्रिय पत्रिका को कुरालाई आत्मसाथ गरेर पढ्ने हुनाले नागरिक जस्तो राष्ट्रिय पत्रिकाले अलि ध्यान दिन जरुरि छ

    Reply
  19. KUBER TAMANG norway says:
    February 21, 2014 at 3:20 pm

    अरु धेरै कुरा थाहा छैन तर Norwegian air मा भने इन्टरनेट चलाउन पाइन्छ यो उरोपमै पहिलो जहाज कामपनि हो जसले इन्टरनेट on board सेवा प्रदान गर्दछ,

    Reply
  20. Siyan says:
    February 21, 2014 at 3:05 pm

    कतार बाट नेपाल यात्रा गर्दा SMS सेवा त मैले पनि प्रयोग गरेको हो, बाकी फोन सेवाको लागि Qatar Airways ले कतार सरकार संग र सेवा प्रदायक संग कुरा गर्दै गरेको जानकारी आएको छ.

    Reply
  21. Arjun says:
    February 21, 2014 at 2:12 pm

    I am not sure about other but I am going to share my personal experience. Last month in january when I was returning back to London from abudhabi, I reaf in information pack that after the plane takes its required altitude anyone can switch their mobile phone on and use the roaming facilities provided by Aero Mobile. I was so excited that I turned my roaming on called my home abe talked for abouot 2 minutes. It was bit expensive though. I had also alsalpurchased

    Reply
  22. Rb says:
    February 21, 2014 at 11:46 am

    Well, I live in Japan and a frequent flyer within Europe, America and Asia. The author is right , and FAA is proposing to eliminate the mobile phone restriction onboard except while taking off and landing. In my personal view, I do not think there is any problem with the mobile phone. In fact there is no mobile signal once you reach the certain altitude on bigger planes. I am not sure about the low altitudes flight in Nepal. They do have wireless internet service available during the American and Japanese airlines and yes I have used viber to make phone call from my mobile phone.

    Reply
  23. narayan sydney says:
    February 21, 2014 at 11:29 am

    नेपाल का धेरै जान्ने पत्रकार महोदय हरु ले कुनै खोजीनिती नगरी बकम्फुसे कुरा लेख्छन….

    Reply
  24. Kamal says:
    February 21, 2014 at 11:22 am

    हाहा खुबै ठुलो गल्ति पत्ता लगाए जस्तै….. आजकल नेपाली पत्रिकाले लेखेकोकुरा कसले पो गम्भीर तरिकाले लिन्छ र? यस्ता गल्ति खोतल्ने हो भने समाचार पिछे पाइन्छ….Google को जमानामा पत्रिकाले लेख्दैमा कसले पत्याउछर… Just Google to find the truth!

    Reply
    1. Ram says:
      February 21, 2014 at 1:08 pm

      गल्ति ठुलो र सानो हुदैन,गल्ति गल्ति नै हुन्छ मित्र! ागरिक जस्तो राष्ट्रिय इश्तरको पत्रिकामा लेखेको कुरा त सहि हुन पर्यो नि, अरु झोले online site मा भएको भए पो बाल!
      पत्रकारको धर्म भनेको जनतालाइ सहि सूचना दिनु हो. सुसुचित हुने अधिकार जनताको हो भने, सहि निस्पक्ष सूचना प्रवाह गर्नु पत्रकार को जिम्मेवारी.
      तपैले भन्नु भएको छ कि एस्त गल्ति समाचार पिछे हुन्छ भनेर, तपाई लै जानकारी छ भने तपाई पनि एस्त कुरा अगाडी ल्यानुस अनि पो गल्ति दोहोरिदैन.
      गूगल को जमाना भए पनि तपाई हामी ले त पढ्ने नेपाली पत्रकारले लेखेको नेपाल सम्बन्दि समाचार नै त हो नि.
      Just google to find the truth भनेर पनचिन्न नखोज्नु. भोलि तपाइको छोराले आफ्नो हजुरबुवाको नाम सोध्यो भने पनि just google and find it out त पकै भन्नु हुदैन होला?
      येही ारणले हो नेपाल बिग्रेको……भइ हाल्छा नि….मिलि हाल्छ नि…..येति सानो कुरामा के किचकिच …….कुरा सानो ठुलो भन्दा पनि मान्यता को हो….principle को हो.
      बुढी मरी भन्दा पनि काल पल्कियो भन्ने बुज्नु….सानो सानो गल्ति छुट दिने बानि ले नै भोलि बित्यास पार्छ ……सानो पाकेटमार चोर लै आज सतर्क गरयेना भने भोलि बैंक लुत्छ. हामी सबै ले आफ्नो तर्फ़बाट आफ्नो भागको काम गर्यो भने मात्र बनछ देश.

      Reply
  25. Ganesh Acharya says:
    February 21, 2014 at 11:04 am

    म एम्सटर्डमबाट आबुधाबी आउँदा ४० हजार फिटमा पुगेपछि हल्याण्डमै रहेको साथीलाई फोन गरेको छु । एयर इतिहादको जहाजमा उसकै मोबाइल फोन सर्भिस प्रोभाइडर छ । आफूसंग भएकै मोबाइल फोन र सिमकार्डबाट मज्जाले फोन गर्न पाइन्छ, नम्बरका अगाडी शुन्य अंक डायल गरेर । पैसा चाहीं रोमिङ् सहितको कट्छ । युरोपियन मापदण्ड अनुसार धेरै प्लेनमा अहिले यो सुविधा छ । मैले केही समय अघि यही विषयमा ब्लग पनि लेखेको थिएँ ।
    http://tinyurl.com/qdgbxms
    धन्यवाद ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme