Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जिल्ला अदालतमा घुस खुवाएर दिक्क भएँ

Posted on February 20, 2014 by mysansar

-युरिका श्रेष्ठ-

अहिले मलाई काठमाडौँ जिल्ला अदालत धाउने काम आइपरिरहेको छ। त्यसै क्रममा यहाँ मौलाएको घुसखोरी देखेर छक्क परेको छु। सबैलाई यसबारे जानकारी दिन यहाँ लेख्ने जमर्को गर्दैछु।

सबैभन्दा पहिलो दिन मेरो मुद्दाको प्रत्युक्तर पेश गर्नुपर्ने दिन थियो। त्यस दिन वकिलले तयार गरेको प्रत्युक्तर दर्ता (मुद्दाको म्याद बुझ्न गएको दिन) गर्न अदालती कामको बिल तिरेपछि नौ नम्बर फाँटमा दर्ता गर्न गएँ। त्यहाँ एक महिला कर्मचारीसित भेट भयो। मसँग मेरो वकिल पनि थिए। ती महिला कर्मचारीले मेरो मुद्दा दर्ता गर्ने क्रममा मेरो वकिलसित हाकाहाकी पैसा माग्यो खाजा खर्च भन्दै। तर मेरो वकिलले उनलाई हामी खाजा खुवाउँछौँ भने।

यसरी मैले मेरो जीवनमा पहिलो पटक अदालतमा नियमित प्रक्रियाको काम गर्न पनि घुस (खाजा खर्च) माग्दा रहेछन् भन्ने थाहा पाएँ। पहिलो दिन अदालतको काम सकियो। त्यसपछि सुरु भयो तारिख बुझ्ने दिनहरु।

तारिख बुझ्ने दिनको डेट एउटा कागजमा लेखिदिँदा रहेछन्। म त्यस तारिखको दिन बिहान ११ बजे पुग्न थालेँ। तर अदालतका कर्मचारीले विपक्षी आएको छैन, त्यसैले कुर्नुस् कि २ बजेपछि आउनुस् भन्न थाले।

हुन्छ भनेर म २ बजे पुग्छु त विपक्षीसँग मेरो भेट हुँदैन। बरु अदालतका कर्मचारीले नयाँ तारिख/पेशीको डेट दिएर पठाउँछन्।

अहिले आएर पो बल्ल बुझ्न थालेँ कि मैले ११ बजे पुगेर कर्मचारीलाई खाजा खर्च (घुस) दियो भने मात्र उनीहरुले मेरो लागि उपयुक्त तारिख/पेशी डेट दिने रहेछ। भनेपछि अदालतमा घुस नखुवाई काम नहुने रहेछ।

मालपोत कार्यालय र अदालतमा घुस खानको लागि कोभन्दा को कम भन्ने प्रतिस्पर्धा पो चलेको रहेछ। त्यति मात्र हैन हालको नयाँ भवनमा रहेको अन्डरग्राउन्ड अभिलेख शाखामा पनि अस्ति एउटा डकुमेन्ट हेर्नु पर्‍यो भनेर गएको, त्यहाँको कर्मचारीले १३० रुपियाँ घुस खाइहाल्यो।

अब यसरी जुनै पनि फाँट र शाखामा घुस दिएर म त अदालतबाट दिक्कै भइसकेँ। फेरि काम गरिदिएनन् भनेर कम्प्लेन गर्ने ठाउँ पनि मैले त्यहाँ कतै देखिनँ।

[यो सामाग्री माइसंसारका पाठकले पठाएका हुन्। तपाईँसँग पनि यस्तै अरु ठाउँमा घुसखोरीको अनुभव गर्नुभएको छ वा माइसंसारका पाठकलाई रोचक लाग्न सक्ने अन्य सामाग्री छन् भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]

28 thoughts on “जिल्ला अदालतमा घुस खुवाएर दिक्क भएँ”

  1. Prabin says:
    February 21, 2014 at 4:50 pm

    सरकारी कार्यालय मा कि त ढिला सुस्ती हुन्छा कि त घुस हुन्छा

    Reply
    1. जयप्रताप says:
      February 22, 2014 at 8:15 am

      किनभने त्याँहा बाजे संस्कार व्याप्त छ| पैले जदौ गरेर माङ्ग्थ्यो| अहिले सरकारी अड्डा आफ्नै बाबुको सम्पति जस्तो हाँकाहाँकी घुस माङ्ग्छ| घुस नखाई माथि पुग्दैन र सन्तानको कल्यानै हुँदैन जस्तो|
      सबैलाई चेतना भया|

      Reply
  2. Sindhulung subha says:
    February 21, 2014 at 4:05 pm

    लोभी बाहुनहरुले बिगारेको देशमा के पो हुदैन र ? अव अलिकति देसको माटोछ त्यो पनि औपचारिक रुपमा भारतलाई बेच्नेछन l नेपालको कहानी सकियो …

    Reply
  3. keshav says:
    February 21, 2014 at 8:37 am

    पाए त म पनि खान्छु नि घुस | चान्स पाए कर छल्छु| चोर नेता भएको देश लाई किन कर तिर्नु भन्छु | मन लागेको गर्छु आफु ले भने जस्तो भएन भने फेरी देश लाई नेता लाई गाली गर्छु| काम परे फेरी तेही नेता को चाकडी गर्न जान्छु| महिना को तलब ले खान नपुग्ने देश म के सरकारी जागिर खानु वानी विदेश तिर भाग्छु अनि फेरी देश लाई र नपुग्ने तलब खाने सरकारी कर्मचारी लाई सराप्छु जय होस्!!!

    Reply
  4. Bayan says:
    February 21, 2014 at 6:20 am

    यो त के घुष/ अस्ति भरतपुर हस्पिटलको अगाडीपट्टि रहेको रेडक्रसमा रक्त दान गर्न गएको थिए/ रक्त दान सिद्दिएको दस मिनेट भैसक्दा पनि केहि पिउनेकुरा ल्याएनन/ एक ग्लास पानी पिउन दिएको भए पनि मेरो आँत रसौन्दथ्यो होला/ पछि अगाडिको पसलमा गएर एक बोतल पानी किनेर पिएँ/ पछि बुझ्दा थाहा लाग्यो मलाई रक्त दान पछि दिनुपर्ने खाने पिउने कुरा त मेरो नाममा चढाई पछि बाहिर बेच्दा रहेछन/

    Reply
  5. Hillman Myagdi says:
    February 21, 2014 at 4:35 am

    बाहुनबाले बिगारेको देश।

    Reply
    1. Naresh says:
      February 21, 2014 at 9:15 am

      यो ध्रुब सत्यलाई जब सम्म स्वीकारेर सुधार गर्दैनन् तब सम्म केही बनिनेवाला छैन|
      हरे! साँचो कुरा भन्दा पनि कति धेरले रातो टीको धसेछन| मनभित्र त् चिसो पसेका होलान|
      आखिर जे भए पनि मन त् नेपाली हो|
      अहिले सपारेको भए पनि श्रेय बाजेहरुलाई नै चडाउने थियौ| तर दुखको कुरो, सप्रने होइन, दिनहु बिग्रदो छ|

      Reply
      1. Basant says:
        February 23, 2014 at 11:18 am

        सत्य सधै तितो हुन्छ र यसलाई जो कोहिले पचाउन पनि गारोह हुन्छ

        Reply
  6. Shankar says:
    February 20, 2014 at 11:56 pm

    इन्डिया स्वतन्त्र भयो १९४७ मा , आज २०१४ आएर अन्ना हजारे , केजरिवाल आम आदमी पार्टी घुस खोरी को बिरोध गर्दा बाल्ल हिट भैरा छ |
    त् हामीकहा त् बल्ल उसको जस्तो लोकतन्त्र आएको छ | यहा पनि अन्ना हजारे जस्तै कोइ कोइ ले सिको गरेर अनसन बसिसके ( हालै पढेको थिए ), भ्रास्टाचार बिरोधि भेस्ट लगाए ,
    चेतना बढ्दै छ | लामो समय लाग्न सक्छ |
    कर्मचारी संगठन छ , सिक्ष्यक संघ छ प्रत्यक्ष अक्ष्यर मा घुस खोरिको बिरोध गर्छ , ब्यबहार मा तेसैको संरक्ष्याँन गर्छ |
    अब चौरासी बा ( सुसिल दा ) ले आफ्नो खस्न लागेको सुराल को तुना समाउने कि
    तपाइको देश लाइ घुस खोरी मुक्त बनाउने ?

    Reply
  7. Regmi says:
    February 20, 2014 at 8:19 pm

    What is difference between Nepali Congress/UML Party/Leader, who wants “Home Ministry”, and government employee, who wants to transfer to Custom and/or Land Revenue Office? Let us think about this. Then only we discuss corruption in Nepal. If our leading party and leaders are not transparent, our discussion may be waste to time. I may be wrong.

    Reply
  8. mangal says:
    February 20, 2014 at 7:37 pm

    यस्तै रहेछ हाम्रो ेपाल को रिति द्धिती नै जता गए नि घूस खोर हरु मात्रै भेटिन्छ। नागरिकता बनाउदा खेरि था भो। मलाई त नेपाली राम्रो संग आउथे मेरो त बनाए दिए तर इंडिया मा बस्ने कारण ले दीदी लै नेपाली खसै औदैना थियो तेसैले नागरिकता नै बनेन तर पछि एक जना ले २०० दिए मा बनए दिन्छु भने हामीलाई ढिलो हुन लागेको थिए तेसैले दिए। १० मिनट पछि को ढोका बाट लिएर आउदा रहेछ। अब को सरकार ले केहि कडा कानून लागू गर्छ की त।

    Reply
  9. ashok says:
    February 20, 2014 at 7:36 pm

    गएको साल मेरो एकजना बिदेशी साथीको भिसा थप्नु पर्ने भयो । त्यतीबेला हामी पोखरामा थियौ । त्यसैले पोखराकै अध्यगम विभागमा गयौ । फर्म भरेर बुझायौ । मेरो साथीको नाम बोलाएपछी उ भित्र गयो । एक महिनाको भिसा थपियो, तर उसलाई रसिद दिईएन । कर्मचारीको निहेत माथी शंका लागेर मैले धोका ढकढकाए । क्रिम कलरको सारी र कोट लगाएकी महिला कर्मचारी थिई भित्र ।

    ‘भर्खरै भिसा लिएर निस्केको बिदेशी मेरो साथी हो । रशिद भेलेछ, मलाई दिनु सक्नु हुन्छ?’ भनेर मैले बिनम्रपुर्बक सोधे ।

    ‘तपाई को हो, यसरी अरुको रसिद माग्दै हिड्ने? तपाइको हैसियत के हो?’ आम..म..म हो, आइमाई त, तेतिकै बम्किन्छे बा ।

    ‘उ मेरो साथी हो.. के म बोल्न पाउदिन?’ भंगेरीले तर्साउदा म के तर्सिन्थे ।

    ‘प्रमाण के छ?’ फेरी पनि बम्की ।

    ‘प्रमाण नै चाहिने? मान्छे नै छ नि यहाँ- बोलाऊ?’

    ‘तपाई कहाँ बाट आउनु भएको? तपाईको नाम के हो?’ आम.म.म हो, पेल्नु खोजेको ।

    ‘मेरो साथीले रसिद भुलेछ भनेर तपाइलाई सम्झाउन आएको, तर तपाईले त आफ्नो निहेत देखाउनु भयो त ।’ म थोरै पड्किएको बुझेर उ थोरै नरम भई ।

    झन्डै तिन मिनेटपछी साथीले रसिद हातैमा लिएर बाहिर आयो ।

    आज म थोरै तनाबमा छु । केहीबेर अघी रसिद काट्न बिर्सेछु भन्दै क्षमा याचना गरेको कुरा साथीले बाहिर निस्केपछि सुनायो । के भन्ने र ! हो? भने ।

    Reply
  10. aryab man singh basnyat says:
    February 20, 2014 at 6:53 pm

    घुस खुवाएर अनि नाताबाद कृपाबादको आसिर्बाद बाट सरकारी कर्मचारी हुन पुगेका कपुत बाट के आशा गर्ने !!!! सछ्यम जति कि बिदेशमा बा कुनै माडेको मा काम गर्छन … हाम्रो बिडम्बना !!!

    Reply
  11. Babita Shrestha says:
    February 20, 2014 at 4:16 pm

    हो यस्तो कुरामा खोइ त रमेश खरेल को कारवाही
    बिचार निर्दोष हरुलाई पक्रेर झुटा समाचार दिएर ज्यादती भैरहेको छ..
    हो यस्तो मा हामी अन्याय पर्ने हरु बोल्ने कुनै ठाउँ हुन्न ,,,,थुप्रै प्रमाण भएर पनि सुन्नेले नसुने पछि कसको के लागोस

    Reply
    1. bibek dhakal says:
      February 20, 2014 at 6:45 pm

      निर्दोष लाइ पक्रेर रे? जस्तै?

      Reply
      1. babita says:
        February 21, 2014 at 1:53 pm

        साथी यहा कसैको पक्छ्य र बिपक्छ्य मा बोल्न खोजेको पक्कै होइन
        तर कति जना अन्याय मा परेको खुद मैले मेरै आखेल देखेको छु ..व्यक्ति को मान् हानि होला भनेर मात्रै नत्र मा व्यक्ति एक एक नाम येहन देखाउनु सक्छु..
        मैले कति आमा , श्रीमती को आसु खसेको देखेको छु जो लाचार छन् कसैको केहि नलागेर तेसै अन्याय सहेर बसेको छ त्यहाँ लेहेको हुन्छ भ्रस्टचारी छिर्न पाइन्न भनेर तर खुद आफ्नै आखाले भ्रस्टाचार भएको देख्न परेको छु ,,,,कति पिडित भन्दै गरेको सुनेको छु ..खोइ मैले त्यति पैसा खुवासके के हि भएन
        आज प्रहरी हिरासत मा कति निर्दोष परेको छन् कि तिनी हरुको मानसिकता अपराधिक गदिबिधि मै दिनपरदिन जबर्दस्ती झन थपिरहेको छ ,,
        एक जना त आत्मा हत्या नै गर्छु भनि बसेको छ , इज्जत को मतलब जसलाई नि हुन्छ
        पत्रिका जस्तो संबेदनशील मा हाकाहाकी झुटो समाचार छापेर जिउदै मर्नु न बच्नु बनाएको छ ..
        म त्यस्तो अन्याय परेका हरुको पक्च्य म़ा बोल्न खोजेको मात्र हुन्,,,

        Reply
  12. lucky awal says:
    February 20, 2014 at 4:13 pm

    नेपालमा जसले जे गरे पनि कानुन लाग्ने होइन अनि किन नखानु यी खाते घुसियाहरुले

    Reply
  13. ekraj says:
    February 20, 2014 at 3:41 pm

    नेपाल को अख्तियार आयोग र यसको प्रमुख लोकमान सिङ्ग कसको के हेरेर बसेको छ ? यी अदालत, माल पोत कार्यालय, कर कर्कलये, भन्सार, पुलिश कर्यलये मा हरेक दिन सयौं रंगे हात समात्न सकिञ्छ| कसैलाई सरोकार छ कसरि जनता पाउन पर्ने सेवा बाट बन्चित बनाएको छ? सेबा त छैन छैन, तेस माथि भातमारा सरकारी कर्मचारी हरु उल्टो येसरी जनता ठगेर बसेका छन्|
    एस्ता घुष होइन अबत मज्जाले जनताले झापट ख्याए हुन्छा| तेश पछि मात्र यी हरामहरुको नियेत ठेगान मा आउने थियो होला? बरु एस्तो अभियान ले केहि सुधार ल्याउने थियो कि?

    Reply
  14. kedar says:
    February 20, 2014 at 3:41 pm

    घुष बिना काम हुने मालपोत र अदालत हाम्रो जुनीले नेपालमा देख्न पाउदैन जस्तो छ

    Reply
  15. Santosh1 says:
    February 20, 2014 at 3:28 pm

    अदालत मा त होइन तर धादिंग को मालपोत कार्यालय मा मैले अंश बंडा गर्न जादा लेखनदास ले Rs 2000, अनि रशिद काट्ने ठाउँ मा Rs 700 extra , कित्ता काट गर्ने ठाउँ मा 1000 अनि मालपोत कार्यालय को हाकिम ले sign गर्ने बेलामा RS १००० मागे. दिन्न भन्दा अरुको काम २ दिन देखि pending छ तपाई को काम अहिले हुदैन भने. अब गाडी छाडेर family नै गाको फेरी भोलि फर्केर के आउनु. अब मैले घुस दिए भन्दा दिने नि दोषी भन्छन police मलाई समात्न आउला. अब घुस मागे पछि दिनु पर्यो कि परेन आफै guess गर्नु होला. यस्तै छ यहाको चलन.

    Reply
  16. Uttam Khadka says:
    February 20, 2014 at 2:44 pm

    इमान धर्म र नैतिकता हराएको देश!

    Reply
  17. Ramesh Shrestha says:
    February 20, 2014 at 2:29 pm

    ेपाल को सरकारी जागिर संसार को सब भन्दा राम्रो अनि भरपर्दो धन्दा हो | न कसैको दार न आक्तियार को टेन्सन …सब घोस खोर हरु को अड्डा हो….Exam पनि
    “How to corrupt the government” Subject पास गरेर आएको जस्ता छन्…

    जानी बुजी जनता लै अल्मलाउने , काम तार्ने , अनि घुस माग्ने …येइ हो उनीहरु को strategy….
    घुस नखाई कन त रति श्रीमती संग नि संगै नसुत्ने जस्ता लाग्छ मलाई नेपाली सरकारी कर्मचारी….
    एकदम ठुलो रिसिबि छ मेरो नि नेपाली सरकारी कर्मचरी हरु देखि….
    पैसा दियो भने जे पनि हुन्छ…पैसा छैन भने जायज काम नि नाजायज हुन्छ…
    कि त पैसा चाहियो कि त राजनीतिक source/force.

    Nepal बेच्न लै बसेर दलाल हरु लै कल्ले तह लगाउने यीनि हरु लै हो क्कुन्नि …

    Reply
  18. Basant says:
    February 20, 2014 at 2:28 pm

    हिले पहिले पहिले पंचायती व्यवस्था हुदा छड्के जांच हुने गर्थ्यो , यो घुसखोरी लाइ समात्न सम्बन्धित निकाय नै सेवा लिने बहानामा छड्के जांच गरि आफै सबुत प्रमाण संकलन गरि तुरुन्तै जागिरबाट निस्कासित गरि सक्छम युवा लाई अवसर दिन मिल्दैन र ?

    Reply
    1. subash says:
      February 20, 2014 at 11:54 pm

      तर छड्के जांच गर्ने कसले? छड्के जांच गर्न जान पनि त खाजा खर्च चाहिने होला. भोको पेटमा कसले पो काम गरोस.

      बिदेशमा पेट्रोल पम्पमा समेत छड्के जांच गर्छ, ग्राहक लाइ राम्रो सेवा प्रदान गरेको छ कि छैन बुझ्न. होटेलमा खानको गुणस्तर बुझ्न छड्के जांच गरीन्छ र कम्स्तरको खान भएमा जरिबाना गर्छ.

      तर नेपालमा जे पनि चल्छ. सबैलाई प्रजातन्त्र छ. नेताहरुलाई नै थाहा छैन प्रजातन्त्र भनेको के भनेर. प्रजातन्त्र जिम्मेवारीको साथ औन्छा. जिम्मेवारी बिनाको प्रजातन्त्र मनपरीतन्त्र हो, जुन अहिले नेपाल मा हाबी छ.

      Reply
    2. Ale says:
      February 21, 2014 at 3:28 am

      होइन सहि कुरो गर्दा पनि रातो लगाउने को होला? घुस्याहा नै त होला नि . तेरो कम्प्युटर मा virus लागोस |

      Reply
  19. शिव थापा says:
    February 20, 2014 at 1:20 pm

    Ureeka Jee,

    You can complain to Commission for the Investigation of Abuse of Authority -CIAA regarding this issue . Please make either audio or video of these cases and send to CIAA. They will punish them.

    Reply
    1. xyz says:
      February 20, 2014 at 6:53 pm

      Corruption inside the judiciary is outside the purview of CIAA; you have to get the attention of the judicial council and that body is too defunct, I mean corrupted. So the only way out for this lady is to bribe with bargain.

      Reply
  20. Rajendra Shrestha says:
    February 20, 2014 at 12:51 pm

    हाम्रो नया नेपाल मा विकास भएको भनेकै येहो हो अब बेकार मा यस्लाई kina बधाई चढाई गर्ने? यो त उपल्लो दर्जा को संस्कृति हो, हाम्रो नेताहरुको भाषा मा भन्ने हो भने/.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme